watch first and then search

watch first and then search

Saturday, November 5, 2016

यो पढेपछि तपाइले केरा कहिलै भुल्नुहुने छैन …

केरा निकै मिठो तथा गुणकारी फल हो । फलफूलहरु मध्य धेरैनै विक्री हुने फल हो केरा ।अरु फलफुलहरुका तुलनामा केरा सस्तो भएपनि यो स्वास्थ्यका लागि उपयोगी हुन्छ । नियमित केरा खानाले शरीर तन्दरुस्त बन्नुका साथ साथै सुगर कम गर्न मद्दत पुर्‍याउँछ। करामा थाइमिन, नियासिन तथा फोलिक एसिडको रूपमा भिटामिन ए र बी पर्याप्त मात्रामा पाइन्छ । यसमा फाइबर र तीन प्रकारका शुगर हुन्छ – सुक्रोज, फ्रुक्टोज र ग्लूकोज।
केराका केहि फाइदाहरु यसप्रकार छन्
केरा नियमित रुपमा खानाले ब्लडसुगरलाई नियन्त्रण गर्दछ ।
अल्सरका बिरामीले पनि केरा खाँदा फाइदा पुग्छ ।
यसले मुटुरोगीलाई फाइदा गर्दछ । हरेक दिन दुई कोसा केरा खानाले मुटुको समस्या कम हुन्छ ।
गर्भावस्थामा महिलालाई सबैभन्दा बढी भिटामिन ‘ओ’ मिनरल्सको आवश्यकता पर्दछ । यस अवस्थामा केरा खानु उपयुक्त हुन्छ ।
केरा वृद्धवृद्धाका लागि पनि फलदायी हुन्छ, किनभने यो सजिलै पच्छ । यसमा भिटामिन बी, बी–६ र फाइबर हुन्छ, जुन उमेर ढल्केका मानिसलाई चाहिन्छ । उनीहरूको पेटको विकारलाई हटाउन पनि सहयोग गर्दछ ।
तौल बढाउन लागि पनि केरा उपयोगी हुन्छ ।
यसमा ट्राइप्टोफान नामक एसिड पाइन्छ, जसले दिमागलाई सधैँ फ्रेस राख्न मद्दत गर्छ ।
केरामा उच्च मात्रामा फाइबर पाइन्छ जसले पेटको कामलाई दुरुस्त पार्ने तथा पाचन प्रणालीलाई स्वस्थ बनाउने काम गर्छ । यसले अपच तथा कब्जियत जस्ता समस्या समेत कम गर्छ ।
यदि तपाइँलाइ कब्जियत छ भने तपाइँलाइ केराले निकै फाइदा पुर्याउँछ । दिनमा दुइवटा केरा खनुस र हेर्नुस । केरामा हुने फाइबरका कारण यो समस्याबाट मुक्ति मिल्दछ ।

काउन्सिलले तोक्यो मेडिकल कलेजको सिट सङ्ख्या



नेपाल मेडिकल काउन्सिलले चालु शैक्षिकसत्रका लागि शुक्रबार मेडिकल कलेजको एमबिबिएस र बिडिएस (डेन्टलतर्फ)को सिट सङ्ख्या निर्धारण गरेको छ ।

काउन्सिलको बिहीबार र शुक्रबार बसेको बैठकले एमबिबिएसमा अधिकतम ११५ सिट र बिडिएसमा अधिकतम ५० सिट तोक्ने निर्णय गरेको छ । यसपटकको सिट सङ्ख्या निर्धारण माथेमा आयोगको प्रतिवेदनअनुसार सिटको अधिकतम सङ्ख्या निर्धारण गरिएको हो ।

गत वर्ष अधिकतम पाउनेले एमबिबिएसमा १३५ र बिडिएसमा ६० पाएका थिए । सिट निर्धारण गर्दै काउन्सिलले आज सूचना प्रकाशित गरी मेरिटका आधारमा भर्ना लिन कलेजलाई निर्देशन दिएको छ । काउन्सिलले जनकपुरस्थित जानकी मेडिकल कलेजलाई चार वर्षपछि एमबिबिएसमा विद्यार्थी भर्ना गर्न अनुमति दिने निर्णय पनि गरेको छ ।

विसं २०६९ मा सो कलेजलाई काउन्सिलले विद्यार्थी भर्ना गर्न रोक लगाएको थियो । यस शैक्षिकसत्रका लागि जानकीले एमबिबिएसमा ८० जना विद्यार्थी भर्ना गर्ने अनुमति पाएको छ ।

यसैगरी, त्रिभुवन विश्वविद्यालयअन्तर्गतको गण्डकी मेडिकल कलेजले एमबिएसमा ९०, चितवन मेडिकल कलेजले एमबिएसमा ११५ र बिडिएसमा ३५, नेशनल मेडिकल कलेज ११५, आर्मी मेडिकल कलेजले ११५ र किष्ट मेडिकल कलेजले एमबिबिएसमा ११० र बिडिएसमा ५० कोटा पाएको छ ।

काठमाडौँ विश्वविद्यालयअन्तर्गतको नोबेल मेडिकल कलेजले एमबिबिएसमा १०५ र बिडिएसमा १५, नेपाल मेडिकल कलेजले एमबिबिएसमा ११५ र बिडिएसमा ४०, काठमाडौँ मेडिकल कलेजले एमबिबिएसमा ११५ र बिडिएसमा ४०, नेपालगन्ज मेडिकल कलेजले एमबिबिएसमा ११५, मणिपाल मेडिकल कलेजले एमबिबिएसमा ११५ र लुम्बिनी मेडिकल कलेजले एमबिबिएसमा १००, विराट मेडिकल कलेजले एमबिबिएसमा ७५ र देवदह मेडिकल कलेजले एमबिबिएसमा भर्ना गर्न २४ कोटा पाएको छ ।

कलेज अफ मेडिकल साइन्सेज भरतपुरले एमबिबिएसमा ११५ र बिडिएसमा २५, युनिभर्सल मेडिकल कलेज भैरहवाले एमबिबिएसमा ११५ र बिडिएसमा ५०, कान्तिपुर डेन्टल कलेज काठमाडौँले बिडिएसमा ४५, केडिया डेन्टल कलेज वीरगन्जले बिडिएसमा ३५, पिपल्स डेन्टल कलेज काठमाडौँले बिडिएसमा ५० र काठमाडौँ युनिभर्सल स्कुल अफ मेडिसिन काभ्रेले बिडिएसमा ४५ सिट पाएको छ ।

कारोबार दैनिकका पूर्व सम्पादक सञ्जय न्यौपानेको ४४ वर्षको उमेरमा निधन



कारोबार दैनिकका पूर्व सम्पादक सञ्जय न्यौपानेको उपचारको क्रममा निधन भएको छ ।

उनको आज ललितपुरमा निधन भएको पत्रकार नकुल अर्यालले जानकारी दिए । दुई दशकदेखि आर्थिक पत्रकारितामा क्रियाशील उनी २०७० असारदेखि २०७२ चैतसम्म कारोवार दैनिकमा सम्पादक थिए ।

४४ वर्षीय न्यौपानेका श्रीमती, एक छोरा र एक छोरी छन् । उनी गत वर्षदेखि एनाप्लास्टिक एस्ट्रोसिटोमा नामले चिनिने स्नायु प्रणाली सम्बन्धी रोगबाट पीडित थिए ।






.

पाकिस्तानले गर्दा भारतमा तनावः यसकारण नेपालसँग सुरक्षा सहयोग माग्दै भारत



इटहरी २० कार्तिक । कास्मिरमा भारत–पाकिस्तान तनाव सुरु भएसँगै भारतले नेपालसँग सुरक्षा सहयोग मागेको छ । नेपाल–भारत खुल्ला सीमानाका कारण पाकिस्तानी आत्तंकवादी भारत छिरेर हमला गर्न सक्ने भन्दै भारतले सीमा नाकामा भरपर्दौ सुरक्षा व्यवस्था मिलाउन नेपालसँग माग गरेको हो । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले खुल्ला सीमानाको फाइदा उठाउँदै अन्तराष्ट्रिय आतंकवादी संगठनका प्रतिनिधि भारत प्रवेश गर्न सक्ने अशंकामा नेपाली सुरक्षाकर्मीसँग सुरक्षा सहयोग मागेको हो । भारतको विहार राज्यस्थित अररिया, सुपौल र मधुवनी जिल्लाका सीमा सुरक्षा बल (एसएसबी)का कमाण्डरले पूर्वी नेपालका सुनसरी, मोरङ, सप्तरी र सिराहा जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका जिल्ला प्रमुखलाई भारतमा बोलाएर सुरक्षा सहयोग मागेका हुन् । एसएसबीले नेपालसँग सुरक्षा सहयोग माग्नु अगाडि नेपाल–भारत गृह–सचिव स्तरीय बैठकमासमेत भारतले सीमानाकामा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै नेपालसँग भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सहयोग मागेको थियो । भारतीय सुरक्षा बल एसएसबीले सुनसरीका प्रमुख एसपी पोषराज पोखरेल, सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयका एसपी रमेश सुवेदी, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका प्रमुख नगेन्द्र दाहाल, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सप्तरीका एसपी जयबहादुर खड्का, जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी श्याम ज्ञावाली, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सिराहाका एसपी चन्द्रप्रकास भट्ट, मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीलगायतका सुरक्षा प्रमुखलाई भारतको अररिया, सुपौल र मधुवनीमा बोलाएर सुरक्षा सहयोग मागेको हो । एसएसबीले सुनसरी, मोरङ, सप्तरी र सिराहा जिल्लाका प्रहरी प्रमुखलाई लिखित रुपमा पनि सीमा क्षेत्रको सुरक्षा व्यवस्था मिलाउन माग गरेको छ । एसबीको सुपौल जिल्लाका कमाण्डर राम अवतार बलौटिया र मधुवनी जिल्लाका कमाण्डर परिछित बेहेराले नेपाली सुरक्षा अधिकारी समक्ष अन्र्तराष्ट्रिय आत्तंकवादी संगठन (आइएस) ले भारतमा आक्रमणको निसाना बनाएको र हाल भैरहेका्े भारत– पाकिस्तान विवादका कारण सीमा क्षेत्रमा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै भारतीय सीमाना जोडिएका प्रत्येक नाकामा सुरक्षा सर्तकता अपनाई आवश्यक सहयोग गर्न अनुरोध गरेका हुन् । एसएसबीको विरपुर स्थित ४५ बटालियनका जोइन एरिया अग्रनाइजर एसएस थापाले भारत–पाकिस्तान तनावका कारण खुल्ला सीमानाको फाइदा उठाएर अन्तराष्ट्रिय आत्तंकवादी संगठन आइएस लगायत पाकिस्तानी भारत प्रवेश गर्न सक्ने भएकाले नेपालसंग सुरक्षा सहयोग माग गरिएको बताए । उनले नेपाल–भारतबीच सदिऔदेखि रोटी बेटीको सम्बन्ध रहेकाले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न र आत्तंकवादीलाई भारत प्रवेशमा रोक लगाउनका लागि नेपालसँग सुरक्षा सहयोग माग गरिएको बताए । सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले एसएसबीसँग सीमा नाकामा हुने अपराधिक घटनालाई दुवै देशका सुरक्षाकर्मीले नियन्त्रण गर्ने सहमति भएको र भारत पक्षको आग्रह बमोजिम सीमा क्षेत्रमा सुरक्षा व्यबस्था कडा पारिएको जानकारी दिए । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सप्तरीका एसपी जय बहादुर खड्काले पनि भारत पक्षको आग्रह अनुसार सप्तरीको सीमा नाकामा सुरक्षा व्यवस्था बजबुत पारिएको जानकारी दिए ।

प्रचण्ड सरकार लाइ यो भन्दा ठुलो झड्का अरु के हुन् सक्छ ? हेर्नुहोस प्रचण्ड सरकार माथि लग्यो गम्भीर आरोप | मन छुने भिडियो हेर्नुहोस



ndian President Pranab Mukherjee In Nepal

Indian President Pranab Mukherjee arrived in Nepal on a three-day state visit on Wednesday.President Bidya Devi Bhandari received her Indian counterpart at the VVIP lounge at the Tribhuvan International Airport (TIA).The state guest is scheduled to hold a bilateral meeting with his Nepali counterpart today itself.President Bhandari will also host a state banquet this evening in honour of Indian President Mukherjee.The government has announced public holiday today in honour of the visiting Indian President.Upon his arrival at the TIA, a troop of Nepal Army had provided guard of honour to Indian President Mukherjee.Vice-President Nanda Bahadur Pun and Prime Minister Pushpa Kamal Dahal will also meet Mukherjee today itself.Mukherjee will visit the Pashupatinath Temple for a puja and attend a function hosted by the Kathmandu University to honour him with an honorary degree on November 3.The Indian President will attend a civic reception in Kathmandu. - See more at: http://www.lightnepalvideo.com/videos/indian-president-pranab-mukherjee-in-nepal/#sthash.tjIdxEE8.dpuf

उत्तर भारतमा बस दुर्घटनामा सोह्रको मृत्यु, अठ्ठाइस घाइते



नयाँ दिल्ली (भारत), २० कात्तिक । उत्तर भारतको हिमाञ्चाल प्रदेशमा शनिबार एक यात्रुबाहक बस दुर्घटना हुँदा यसमा सवार १६ जनाको मृत्यु भएको भारतीय उच्च प्रहरी अधिकारीले बताएका छन् । हिमाञ्चल प्रदेशको प्रान्तीय राजधानी सिमलाबाट करिब २०० किलोमिटर दूरीमा अवस्थित माडी सहरमा क्षमताभन्दा बढी भार लिए गुडिरहेको बस ड्राइभरकोे लापरबाही र अत्यधिक भारका कारण दुर्घटनाग्रस्त भएकोे प्रारम्भिक अनुसन्धानबाट थाहा भएको आफू घटनाको रिपोर्टिङ गर्ने जिम्मेवार व्यक्ति नभएको बताउने तर दुर्घटनापछि घटनास्थल पुगेका एक प्रहरी अधिकारीले बताए । उक्त बस सडकबाट केही तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा १६ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने केहीलाई सख्त घाइते अवस्थामा अस्पताल पठाइएकाले मृतक सङ्ख्या यो भन्दा बढ्न सक्ने उनले बताए । घटनाको अनुसन्धानका लागि छानबिन समिति बनाइ सकिएको प्रहरीले बताएको छ ।

भारत सडक दुर्घटनाका कारण विश्वकै धेरै मानिसको ज्यान अकालमा गुमाउने मुलुकमध्ये एक हो । भारतीय सरकारी तथ्याङ्कअनुसार भारतमा प्रत्येक वर्ष एक लाख ३० हजार मानिसले कमजोर सडक संरचना, अत्यधिक गतिमा र मध्यपानको सेवन गरी ड्राइभिङ गर्ने गरेका कारण अकालमा ज्यान गुमाउने गरेका छन् ।

सवारी दुर्घटनामा युवकको मृत्यु



सवारी दुर्घटनामा परी मोरङको कोशीहरैचामा आज दिउँसो एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोशीहरैचा–१ खोर्सानेका चेतराज कार्की रहेको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो ।

कोशीहरैचा नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १४ प ५४२८ नं.को मोटरसाइकल र सोही दिशातर्फ गइरहेको को १७ प ९६९१ नम्बरको मोटरसाइकल ठक्कर खाएर पल्टिएपछि ९६९१ नम्बरको मोटरसाइकलका चालक कार्कीलाई विपरीत दिशाबाट आइरहेको को १ ज २४८५ नं.को भ्यानले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोबाइल सिरानी मुनी राखेर सुत्ने बानी छ ? जान्नुहोस् के हुन्छ सिरानी मुनी मोवाइल राखेर सुत्दा !



सुत्ने बेला आफ्नो मोवाइल सिरानीमुनी घुसार्ने वानी अधिकाम्शको हुन्छ । यो गलत हो । किनकी मोबाइलबाट निस्किएका कयौ हानिकारक विकिरणहरू खासगरी (900 MHz radiofrequency) मानव शरीरमा धेरै किसिमका रोगहरु उत्पन्न गराउन सक्छ। त्यस मध्य पनि मोबाइल फ़ोनबाट निस्कने माइक्रोवेव विकिरणलाई स्वास्थ्यमा धेरै प्रतिकूल प्रभाव पर्ने मानिएको छ। विभिन्न स्वस्थ्य अनुसन्धान हरुले दवागरे अनुरूप मोबाइल बाट निस्कने विकिरणले सम्भवतः उच्च रक्तचाप, टाउको दुखाइ, ब्रेन ट्यूमरस अलजाईमर्स र कैंसर सम्म पनि गराउन सक्दछ।

फिनलैंडका वैज्ञानिक दारियूस लेसजेकजिन्सकी ले गरेको अनुसन्धानमा बताए अनुरूप मोबाइल फोन को विकिरणसंग संपर्कमा आउने मानव कोषहरुको स्वरुप बदलिनुका साथ(साथै अन्य क्रियात्मक परिवर्तन पनि भएको पाईएको छ। त्यसै गारी साईखेड़कर नामका भारतीय वैज्ञानिकले गरेको अनुसन्धानमा पाइए अनुरूप मोबाइल विकिरणको प्रयोगले परीक्षित प्राणीहरुको मस्तिस्कमा एंटीऑक्सीडेंट एंजाइम र नॉन एन्जिमेटिक एंटीऑक्सीडेंटको स्तरमा परिवर्तन पाईएको र लिपिड पेरोक्सीडेशन बढेको पाइएको छ। उक्त प्राणीहरूको ब्रेन को हिस्टोलोजीकल स्टडीले हिप्पोकैम्पस, सबहिप्पोकैम्पस र सेरिब्रल करतेष्का मस्तिष्ककोषहरू पनि विगठित भई मारेको पाइएको थियो।

संविधान सशोधन चाँडै हुन्छ – मन्त्री डा महत



नुवाकोट, २० कात्तिक । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले संविधान जारी गर्न नेपाली काँग्रेसले धेरै ठूलो सङ्घर्ष गरेकाले यसको सफल कार्यान्वयनका लागि पनि काँग्रेसले अहम भूमिका लिएको बताउनुभएको छ । नेपाल तरुण दल गाउँ कार्यसमिति थानसिङ नुवाकोटद्वारा आज पार्टी कार्यालय भवनको उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री महतले संविधानमा केही असन्तुष्टि जनाइरहेका पक्षको मागलाई पनि सम्बोधन गर्ने गरी संविधान संशोधनको प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री महतले प्रमुख प्रतिपक्षी दलसहितका राजनीतिक दलहरुसँग सरकार र काँग्रेसले संविधान संशोधनका लागि परामर्श सुरु गरेको उल्लेख गर्नुभयो । नेपालको समृद्धि, विकास, संविधान कार्यान्वयनलगायतका विषयमा विदेशी राष्ट्र एवम् दाताहरुको सहयोग रहेको मन्त्री महतले उल्लेख गर्नुभयो । नेपालको विकास पनि अधिकांश वैदेशिक सहायतामा निर्भर रहेकाले नेपालमा वैदेशिक लगानी र सहयोग भित्र्याउनका लागि आफू लागेको उहाँको भनाइ थियो ।

विदेश नीति जस्तो संवेदनशील विषयलाई राजनीतिक माध्यम बनाउने गरेकाले नेपालको कूटनीति कमजोर हुन पुगेको भन्दै आफूले नेपालको राष्ट्रिय स्वार्थ र आवश्यकताका पक्षमा छिमेकी भारतलगायत विभिन्न देशमा कुरा गरेको मन्त्री महतले स्पष्ट पार्नुभयो । नेपालले आफ्नो कूटनीतिक एवम् वैदेशिक नीतिलाई बलियो बनाउँदै राष्ट्रिय समृद्धि सम्भव छ भन्ने हेतुले वर्तमान सरकारले काम गरिरहेको जानकारी दिँदै मन्त्री महतले भारतीय राष्ट्रपतिको हालै भएको नेपाल भ्रमण एउटा उदाहरण हो भन्नुभयो । उहाँले भारतीय राष्ट्रपतिको भ्रमण सफल भएको र चिनियाँ राष्ट्रपतिको पनि चाँडै नै नेपाल भ्रमण हुने जानकारी दिनुभयो ।

मन्त्री डा महतले आफ्नो क्षेत्रको विकासका लागि प्राप्त बजेटको सदुपयोग भए नभएको निगरानी गर्न जनता नै जागरुक र सजग हुनुपर्नेमा पनि जोड दिनुभयो । कार्यक्रममा तरुण दल थानसिङ गाउँ कार्यसमितिका अध्यक्ष निर्भिक पाठक, काँग्रेसका जिल्ला नेताहरु रमेश महत, अर्जुनप्रसाद न्यौपाने, उत्तम पाठकलगायतका वक्ताले बोल्नुभएको थियो । सो अवसरमा वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको थियो ।

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु



बेलबारी । मोरङको कोशीहरैचास्थित खोर्सानेमा शनिबार दिउँसो ३.३० बजे गुडिरहेको मोटरसाईकललाई अर्को मोटरसाईकलले धक्का दिँदा एकजनाको मृत्यु भएको छ । को १७ प ९६९१ नम्बरको मोटरसाईकललाई को १४ प २४८५ नम्बरको मोटरसाईकलले धक्का दिँदा मोटटरसाईकलमा सवार कोशीहरैचा १ का २४ बर्षीय चेतराज कार्कीको मृत्यु भएको छ भने धक्का दिने मोटरसाईकलका चालक युवन कुमार मास्के शकुसल रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलबारीका असई लिला श्रेष्ठले जानकारी दिएका छन ।

खोर्सानेमा रहेको सिद्धार्थ इग्लिस स्कुल अगाडी सडकमा भएको दुर्घटनामा को १ ज २४८५ नम्बरको म्याजिक भ्यानमा समेत मोटरसाईकल ठोक्किएको भनिएपनि स्पष्ट भईनसकेको र अनुसन्धान भईरहेको श्रेष्ठले जानकारी दिएका छन ।

‘तरकारीवाली’ कुसुम श्रेष्ठसंगको पहिलो अन्तर्वार्ता भिडियो/ कुसुम-भन्छिन् बाआमाले हप्काउनु भयो

‘तरकारीवाली’ कुसुम श्रेष्ठसंगको पहिलो अन्तर्वार्ता भिडियो/ कुसुम-भन्छिन् बाआमाले हप्काउनु भयो – Watch Interview With TARKARIWALI

‘यो रौसी भन्ने चिजै यस्तै हो’मा शिल्पाको बेजोड अभिनय (भिडियो)



काठमाडौँ । पछिल्लो समयकी ब्यस्त नायिका हुन् शिल्पा पोखरेल । ब्यस्तताका बाबजुत शिल्पाले चलचित्रको अलावा म्यूजिक भिडियोमा पनि अभिनय गर्दै आएकी छिन् ।

उनै शिल्पाले अभिनय गरेको कमेडी शैलीको भिडियो खोया बिर्के बोलको भिडियो सार्वजनिक भएको छ । गीतले रक्सी खाएपछि हुने बेहोसीलाई मुख्य रुपमा ब्यग्य गर्दै समाजको यर्थाथ अवस्थालाई बाहिर ल्याउने काम गरेको छ ।

जसमा नायिका शिल्पाले बेजोड शैलीमा नृत्य गरेकी छिन् । निर्मलमणी भण्डारीको स्वर शब्द र संगीत रहेको गीतको भिडियोमा शिल्पालाई उमा र भिम केसीले साथ दिएका छन् ।

भिडियोलाई करिब २५०० भन्दा बढी भिडीयो निर्देशन गरिसकेका चर्चित निर्देशक कुमार के।सीले निर्देशन गरेका हुन् । पाथिभरा डिजीटलले बजारमा ल्यएको भिडियोको सम्पादन अनुप शिवाकोटीले गरेका हुन् भने अजय रेग्मीले छायांकन गरेका छन् ।

हा.हा. कति हाँस्नु !! ‘तरकारीवाली’ कै शैलीमा फेसबुकमा आएका यि १५ वाला-वालीहरु/ भिडियो सहित

हा.हा. कति हाँस्नु !! ‘तरकारीवाली’ कै शैलीमा फेसबुकमा आएका यि १५ वाला-वालीहरु/ भिडियो सहित

भारतीय राष्ट्रपतिको सम्बोधनले पूर्व गोर्खा सैनिकमा खुसी


पोखरा, कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले शुक्रबार पोखरास्थित भारतीय पेन्सन क्याम्पमा नेपाली पूर्व भारतीय गोर्खा सैनिकलाई सम्बोधन गरिरहँदा खचाखच भरिएका हजारौ नेपाली पूर्व गोर्खा सैनिक खुसी देखिन्थे ।


लगभग ११ मिनेटको सम्बोधनको अधिकांश समय भारतीय सेनाका सुप्रिम कमान्डरसमेत रहनुभएका राष्ट्रपति मुखर्जीले भारतीय पूर्व सैनिकको प्रशंसा गरिरहँदा उपस्थित पूर्व सैनिकको मुहारमा चम्किलो पन त थियो नै समय समयमा तालिको गड्गडाहट गुञ्जिएको थियो ।

आफ्नो सम्बोधनको अधिकांश समय गोरखा सैनिकका लागि भारतको कल्याणकारी योजना, गोर्खा सैनिकले देखाएको कर्तव्यनिष्ठता र बहादुरीका साथै नेपाल भारतबीचको अतुलनीय सम्बन्धको चर्चामा राष्ट्रपति मुखर्जीले बिताउनुभएको थियो ।

नेपालका कूल एक लाख २६ हजार भारतीय पेन्सरमध्ये पोखरा र यस आसपासका क्षेत्रमा मात्र ६३ हजारको सङ्ख्यामा पेन्सन लिइरहेका छन् ।
भारतीय सेनाका सुप्रिम कमान्डर स्वयम् उपस्थित भएर भूतपूर्व गोर्खा सैनिकको कर्तव्य निष्ठता, बहादुरी तथा योगदानको खुलेर प्रशंसा गर्नुले सम्पूर्ण पूर्व गोर्खा सैनिकलाई खुसी तुल्याएको एक्स सर्भिसमेन सेल पोखराका संयोजक कर्नेल कमानसिंह गुरुङले बताउनुभयो ।

“पूर्व गोर्खा सैनिकलाई भारतीय सेनाका सुप्रिम कमान्डर आफँै उपस्थित भएर सम्बोधन गर्नु हाम्रा लागि निकै ठूलो कुरा हो,” उहाँले भन्नुभयो, “राष्ट्रपतिज्यूले पूर्व गोर्खा सैनिकको योगदान, बहादुरी र कर्तव्यनिष्ठताको प्रशंसा गर्नुभयो ।”

पूर्व गोर्खा सैनिक र उनका आश्रितजनले विभिन्न किसिमका समस्या समेत भोगिरहेको बताउँदै उहाँले समस्याबारे राष्ट्रपतिलाई जानकारी गराउने योजना भए पनि समय अभावलगायतका कारणबाट सम्भव नभएको बताउनुभयो ।

सम्बोधनका क्रममा राष्ट्रपति मुखर्जीले पछिल्लो २०० वर्षदेखि गोर्खा वीर भारतमा सेवा गरिरहेको बताउँदै गोर्खा सैनिकले भारतीय सेनामा असाधारण वीरता तथा कर्तव्य निष्ठाका साथ सेवा गरेको स्मरण गरिरहँदा उपस्थित भूतपूर्व गोर्खा सैनिकका मुहारमा हर्ष त छाएको थियो नै त्यसमा गम्भीरता पनि झल्किएको थियो ।

भारतमा हाल ३२ हजार गोर्खा सैनिक सेवारत रहेका छन् भने लगभग एक लाख २६ हजार पूर्व सैनिक र तिनका आश्रित नेपालमा पेन्सनको सुविधा लिएका छन् ।
राष्ट्रपति मुखर्जीले पूर्व गोर्खा सैनिकले भारतको सीमा रक्षाका लागि दृढता र साहसका बाबजुद काम गरेको र भूतपूर्व गोर्खा सैनिक नेपाल र भारतको मित्रताको आधारस्तम्भ भएकोमा जोड दिनुभएको थियो ।

भारत सरकार र भारतीय सेना वीर गोर्खा सैनिक र पूर्व सैनिकप्रति गौरव गर्दै राष्ट्रपति मुखर्जीले भारत सरकार पूर्व सैनिकको कल्याणका लागि हरसम्भव प्रयत्न गर्न कहिलेपछि नहट्ने विश्वास व्यक्त गरिनुले सम्पूर्ण भारतीय गोर्खा सैनिकलाई आशा एवम् भरोसा जगाएको भारतीय पूर्व गोर्खा सैनिक लोकबहादुर गुरुङ बताउनुहुन्छ ।

“नेपाली पूर्व भारतीय गोर्खा सैनिकको योगदानलाई आफ्नै घरआँगनमा आएर सुप्रिम कमान्डरबाट चर्चा गरिनु सम्पूर्ण पूर्व गोर्खा सैनिकका लागि निकै खुसीको विषय हो,” – उहाँले भन्नुभयो ।

भारत सरकारबाट प्रतिवर्ष लगभग तीन हजार एकसय करोड रुपैयाँ नेपालमा पेन्सन वितरण भइरहेको छ भने चालु आर्थिक वर्षमा लगभग चार हजार करोड नेपाली रुपैयाँ वितरण गर्ने योजना राखिएको छ ।

गतवर्ष लगभग साढे ६ करोड रुपैयाँ विभिन्न कल्याण योजनामा वितरण गरिएको राष्ट्रपति मुखर्जीले बताउनुभएको थियो । वृद्ध अवस्थामा भूतपूर्व गोर्खा सैनिकको स्वास्थ्यको ख्याल राख्नका लागि नेपालमा पूर्व सेवारत योगदान स्वास्थ्य योजना लागू गर्नका लागि लगभग एक करोड रुपैयाँ गतवर्ष उपचार सहायताको रुपमा वितरण गरिएको राष्ट्रपतिको सम्बोधनमा उल्लेख छ ।

भारतीय सेनाको दश मेडिकल टिमले प्रत्येक वर्ष नेपालमा सेवा दिइरहेको र अहिलेसम्म ६४ वटा एम्बुलेन्स विभिन्न भूतपूर्व सैनिक संस्थालाई उपहारस्वरुप प्रदान गरिसकेको छ ।

भारतीय सैनिकले भूतपूर्व सैनिकको आश्रित बालबालिकाका लागि छात्रवृत्ति पनि प्रदान गरेको छ भने हालसम्म एक हजार ४९ पूर्व सैनिकको गाउँसम्म पानीको योजना पु¥याएको छ ।

त्यस्तै १७ वटा दुर्गम इलाकामा सौर्य बिजुली योजना अन्तर्गत उज्यालो बनाइएको राष्ट्रपतिको सम्बोधनमा उल्लेख छ ।

पूर्व सैनिकका लागि कल्याणकारी योजना नेपालमा पनि लागू भइरहेको बताउँदै राष्ट्रपति मुखर्जीले वन रेन्क वन पेन्सनअनुसार ३१ डिसेम्बर २०१५ मा पाउने बेसिक पेन्सनको २.५७ गुनाले एक जनवरी २०१६ बाट भारतीय सेनाले पनि पाउने जानकारी दिनुभएको थियो ।

भूतपूर्व सैनिकको योगदानलाई प्रशंसा गर्दै कर्तव्य निष्ठता तथा बहादुरी विर्सन नसक्ने भारतीय राष्ट्रपतिको सम्बोधनले आगामी दिनमा पनि आफूहरूको योगदान बाँचिरहने र त्यसको उचित कदर हुने विश्वास भूतपूर्व गोर्खा सैनिकले लिएका छन् ।

टकिङ टमले भन्यो तरकारीवालीको जोक्स ! हेर्नुहोस् भाईरल भएको यो भिडियो

टकिङ टमले भन्यो तरकारीवालीको जोक्स, हेर्नुहोस् भाईरल भएको यो भिडियो

‘संविधान संशोधनको कुरा सरकारले पुष्टि गर्न सकेन’



नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संविधान संशोधनका नाममा मुलुकमा खतरनाक खेल भइरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले सरकारले अहिलेसम्म संविधान संशोधनको कुरा गरे पनि त्यसको पुष्टि गर्न नसकेको बताउनुभयो । नेता ज्ञवालीले भन्नुभयो, “अङ्गिकृत नागरिक पनि राष्ट्रप्रमुख हुन पाउनुपर्ने, हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउनुपर्ने र प्रदेश नम्बर ५ का पहाडी जिल्ला, गुल्मी, पाल्पा र अर्घाखाँचीलाई अलग्याउन माग राखेर संविधान संशोधनका कुरा उठेको छ, यो कदापि स्वीकार्य छैन ।”

सरकारले आउँदो माघसम्म तीनै तहको निर्वाचन गराउनुपर्ने भए पनि अहिलेसम्म त्यसको कुनै प्रक्रिया समेत अगाडि बढाउन नसक्दा संविधान नै सङ्कटमा पर्ने अवस्था देखा पर्न थालेको भन्दै ज्ञवालीले त्यसतर्फ सरकार संवेदनशील नदेखिएको आरोप लगाउनुभयो ।

नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एकको मृत्यु



भोजपुर नगरपालिका ६ स्थित भोजपुर लेगुवा सडक खण्डमा शुक्रबार साँझ नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका ६ बस्ने वर्ष ३५ को दिपक सुन्दास रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

सुन्दासलाई साँझ साढे ६ बजे तिर नम्बर र पहिचान खुल्न नसकेको सवारी साधनले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन फरार भएकाले प्रहरीबाट खोजतलाश भई रहेको छ ।

‘छक्का पञ्जा’ चल्दा हलवाला मोटाए !! जान्नुहोस्- दीपक र दीपाले कति कमाउँछन् ? भिडियो सहित

‘छक्का पञ्जा’ गजबै चल्यो तर !! जान्नुहोस्- दीपक र दीपाले कति कमाउँछन् ? भिडियो सहित

कहाँ गायव भइन् उत्तर कोरियाली तानशाहकी पत्नी !



उत्तर कोरियाली तानशाह किम जोङ उन सँधै चर्चामा रहन्छन् । उनले बोलेका कुरा वा उनीसँग सम्बन्धित हरेक कुरा विश्वभरी नै हेडलाइन समाचार बन्ने गरेका छन् । पछिल्लो समयमा उनी चर्चित हुनुको कारण उनकी पत्नीको विषयलाई लिएर हो । विगत ७ महिना देखि किम जोङ उनकी पत्नी सार्वजनिकरुपमा देखा परेकी छैनन् ।
उनको विषयमा अनेकन अडकलवाजी चलिरहेको छ । किमकी पत्नी रि सोल जू पछिल्लो पटक २८ मार्चमा एक सार्वजनिक कार्यक्रममा देखा परेकी थिइन् । त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी सार्वजनिक भएको छैन । सन् २०१२ मा उत्तर कोरियाकी प्रथम महिलाकोरुपमा देखिएकी उनी पछिल्लो समयमा सार्वजनिक कार्यक्रममा अनुपस्थित हुन थालेपछि उनको खोजी शुरु भएको हो ।

हिरासतमा राखिएको अनुमान
सनकी तानशाह मानिने उत्तर कोरियाली तानशाहले आफ्ना आफन्तहरुलाई पनि सत्ता हत्याउन षडयन्त्र गरेको भनेर साहजै मार्ने वा कडा हिरासतमा राख्ने गरेको बताइन्छ । कसैमाथि शंका लागेमा उनले तत्काल हत्या गर्ने वा हिरासतमा राख्ने गरेको दक्षिण कोरियाली मिडियाको दावी छ । यस्तै कुनै शंका लागेर किम जोङ उनले पत्नीलाई पनि हिरासतमा राखेको अनुमान समेत भएको छ । त्यसैगरी किम जोङ उनको सबै प्रोपोगाण्ड सम्हाल्दै आएकी उनकी बहिनीसँग रि सोल जू मिल्न नसकेका कारण उनलाई हिरासतमा राखिएको अनुमान समेत गरिएको छ । कतिपयले भने जो कसैलाई मृत्यु दण्ड दिने भनेर चर्चा कमाएका किम जोङ उनले पत्नीलाई पनि मृत्यु दण्ड दिएको हुन सक्ने अनुमान समेत गुरेका छन् ।

अक्षय कुमारले बढाए पारिश्रमिक, कति लिन्छन् उनले एउटा फिल्म खेलेको ?



पछिल्ला केही वर्ष बलिउडमा निकै छाएका छन्– अभिनेता अक्षय कुमार । उनले खेलेका फिल्म पनि ‘सुपरहिट’ भइरहेका छन् । एक वर्षमा सबैभन्दा धेरै ‘हिट’ फिल्म दिने कलाकारको सूचीमा उनको नाम सबैभन्दा अगाडि आउँछ ।

त्यसैले पनि होला, उनीसँग सम्झौता गर्न विभिन्न कम्पनी अग्रसर भइरहेका समाचार आइरहेका छन् । तीमध्ये दुई हुन्– नेटफ्लिक्स र अमेजन । यी दुवैले अक्षयका आगामी फिल्मका इन्टरनेट तथा स्याटलाइट अधिकार लिन चाहेका थिए ।

अबका दुई वर्षमा अक्षयका नौ फिल्म आउँदै छन् । यी सबै फिल्मका लागि उनले एउटा कम्पनीसँग स्याटलाइट अधिकार दिने सम्झौता गरिसकेका छन् । तर, अहिलेसम्म कुन कम्पनीसँग उनले सम्झौता गरेका हुन् भन्ने खुलाइएको छैन ।

पछिल्लो समय के चाहिँ चर्चा छ भने अक्षयले पारिश्रमिक पनि बढाएका छन् । यसअघि उनले एउटा फिल्मको ३० करोड भारतीय रुपैयाँ लिँदै आएका थिए । अबका सबै फिल्मका लागि उनले ४५ देखि ५० करोडसम्म लिने चर्चा अहिले बलिउडमा निकै चलेको छ ।

सैनिक हवल्दार लाल ब.लम्तेरीले खोले, राजदरबारहत्या काण्डको रहस्य ! वास्तवमा भएको यस्तो थियो

सैनिक हवल्दार लाल ब.लम्तेरीले खोले, राजदरबारहत्या काण्डको रहस्य ! वास्तवमा भएको यस्तो थियो- भिडियो हेर्नुस्

गिरान्चौर बस्ती बनाउँदाको कथा सुनाउँदै किन भक्कानिए धुर्मुस ? हेर्नुस्, यस्तो पनि भएको रहेछ

गिरान्चौर बस्ती बनाउँदाको कथा सुनाउँदै किन भक्कानिए धुर्मुस ? हेर्नुस्, यस्तो पनि भएको रहेछ

‘कपास उद्योगमा आगलागी हुदाँ ३५ लाखको क्षती’



कलैया । कलैया–६ स्थित एक कपास उद्योगमा आज बिहान करिब २ बजे विद्युत् चुहावट भएर आगलागी भएको छ ।

आगलागीबाट करिब २५ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताउनुभयो । कलैया–१ का इन्द्रजीत यादवको उक्त कपास उद्योगमा लागेको आगो कलैया, वीरगन्जका वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको बताइएको छ ।यसैगरी बाराको खोववा गाविसको नमाकार्टेल बस्ने बच्चु पण्डितको घरमा गएराति आगलागी हुँदा करिब एक लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट नगद ३५ हजार, खाद्यान्न, लत्ताकपडा नष्ट भएको बताइएको छ ।

‘श्रीएयरको हेलिकोप्टर त्रिभुवन विमानस्थलमा सामान्य दुर्घटना’



काठमाडौं । त्रिभुवन विमानस्थलबाट दोलखाको जिरीको लागी विहान उडान गर्ने क्रममा श्रीएयरको हेलिकोप्टर सामान्य दुर्घटनामा परेको छ ।

दोलखाको जिरी क्षेत्र जानका लागि उडान भर्नेक्रममा हेलिकोप्टरको प्रोटेक्टर (पंखालाई अड्याउनका लागि राखिएको) माटोको सामान्य ढिस्कोमा ठोकिएको थियो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने-‘यो एकदमै सामान्य घटना हो । अहिलेस्थिति सामान्इ भइसकेको छ । जिरी क्षेत्रमा जाने क्रममा उडान भर्न लागेको श्री एयरको हेलिकोप्टको पछाडिएको प्रोटेक्टर सामान्य रुपमा ठोकिएको हो ।’सामान्य चेकअपपछि उक्त हेलिकोप्टर गन्तव्यतर्फ गएको पनि ठाकुरले बताए । ।

यी हुन् ल्वाँङका १० गुणहरू…









काठमाडौ । ल्वाँङलाइ नेपाली खानामा बिशेष ठाउँ दिइएको छ । यसको उपयोगबाट खानामा स्वाद आउँदछ, साथसाथै यसमा केही महत्वपूर्ण गुणहरू समेत रहेका हुन्छन । यसको उपयोग तेल तथा एन्टीसेप्टिकका रुपमा गर्ने गरिन्छ । ल्वाँङमा तपाइँको स्वास्थ्यलाइ तन्दुरुस्त राख्नका लागी कयौं गुणहरू रहेका हुन्छन ।





१. दांतहरूमा हुने पीडामा ल्वाँङको प्रयोगले राहत मिल्दछ र यही कारणले ९९ प्रतिशत टूथपेस्टमा हुने पदार्थहरूको लिस्टमा ल्वाँङको बिशेष रूपमा प्रयोग हुने गर्दछ ।




२. खोकी र गन्हाउने स्वासको उपचारका लागी ल्वाँङको प्रयोग गर्न सकिन्छ । ल्वाँङको नियमित प्रयोगले यी समस्याहरूबाट छुटकारा पाउन सकिन्छ । तपाइँ ल्वाँङलाइ आफ्नो खानामा तथा यसलाइ सुपका साथमा खान सक्नुहुन्छ ।




३. सामान्य रूपमा हुने सर्दीलाइ ल्वाँङले ठिक गर्न सक्दछ । तपाइँ ल्वाँङको तेलको दश थोपा महमा मिलाएर दिनमा दुइ देखि तीन पटक प्रयोग गर्न सक्नुहुन्छ । जसले तपाइँको सर्दीलाइ ठिक गर्न सक्दछ ।




४. ल्वाँङमा दिमागी स्ट्रेसलाइ कम गर्ने गुण पनि हुन्छ । ल्वाँङलाइ तपाइँ तुलसी, पुदीना र अलायचीका साथमा प्रयोग गरेर सुगन्धित चिया बनाउन सक्नुहुन्छ, साथै यही मिक्स तपाइँ महका साथमा प्रयोग् गरे स्ट्रेसबाट छुटकारा पाउन सक्नुहुन्छ ।




५. यदि तपाइँ त्वचा सम्बन्धी समस्याहरू जस्तै, पोतो, ब्ल्याकहेड्स,र व्हाइट हेड्सबाट चिन्तित हुनुहुन्छ भने यसको उपाय ल्वाँङको तेलमा लुकेको छ । तपाइँले यसलाइ आफ्नो फेसप्याकमा मिलाएर प्रयोग गर्न सक्नुहुन्छ किनभने यो निकै पोल्ने हुन्छ, यसको सिधै त्वचामा प्रयोग गर्न हुँदैन ।




६. ल्वाँङको तेलमा अन्य कुनैपनि तेलको तुलनामा सबैभन्दा धेरै एन्टीअक्सीडेन्ट गुणहरूले भरपूर हुन्छ । एन्टीअक्सीडेन्ट स्वस्थ त्वचा र शरीरलाइ तन्दुरुस्त राख्नमा निकै उपयोगी हुन्छ । ल्वाँङ तेलमा मिनरल्स जस्तै पोटाशियम, सोडियम, फस्फोरस, आइरन, भिटामिन A, र भिटामिन C अत्यधिक मात्रामा हुने गर्दछ ।




७. ल्वाँङको तेललाइ कुनै बिषालु किराहरूले टोकेमा घाउमा प्रयोग गर्न सकिन्छ ।




८. ल्वाँङको प्रयोग गरेर बनाइएको चियाले केशलाइ निकै फाइदा पुर्याउँछ । ल्वाँङको चियालाइ केश कलर गर्न र स्याम्पु गरेपछि लगाउन सकिन्छ । यसलाइ चिसो बनाएपछि मात्र केशमा प्रयोग गर्नु पर्दछ । तपाइँको केशलाइ सुन्दर बनाउन यो निकै उपयोगी सावित हुन्छ ।




९. ल्वाँङबाट केशका लागी कन्डीशनर पनि बनाउन सकिन्छ । यदि तपाइँको केशमा छिटै लट्टा पर्ने जस्तो समस्या रहेको छ भने, यसबाट बनाइएको कन्डीशनर निकै असरकारक हुन्छ।




१०. ल्वाँङको उपयोगबाट उलटी आउने समस्या, डराउनु र मर्निङ सिकनेसमा आराम मिल्दछ । ल्वाँङको तेलमा केही अमिलो र थोरै चिनीका साथमा पानी राखेर पिउनु पर्दछ ।

Friday, November 4, 2016

बैकल्पिक ऊर्जाबाट छत्तिस लाख घरधुरीे लाभान्वित



काठमाडौँ, कात्तिक । वैकल्पिक तथा नवीकरणीय ऊर्जाका स्रोत र प्रविधिहरुलाई प्रवद्र्धन गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरुको जीवनस्तरमा सुधार ल्याउने र परम्परागत ऊर्जा माथिको निर्भरतालाई कम गर्ने उद्देश्यले स्थापना भएको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट दुई दशकको अवधिमा ३६ लाख घरधुरीका वासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।

केन्द्रको २० औं वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा केन्द्रद्व्रारा सञ्चालित विभिन्न कार्यक्रमहरुमार्फत परम्परागत ऊर्जाको निर्भरतालाई कम गरी स्वच्छ ऊर्जामा पहँुच विस्तार हुनुको साथै जीविकोपार्जनमा सुधार ल्याउन सफल भएको भन्दै यसलाई आगामी दिनामा अझ विस्तार गर्दै लैजानुपर्नेमा सहागी वक्ताहरुले जोड दिएका छन् । केन्द्रले सरकार र विभिन्न दातृ मुलुक र निकायको सहयोगमा वायोग्यास सहयोग कार्यक्रम, ग्रामीण ऊर्जा विकास कार्यक्रम, ऊर्जा क्षेत्र सहयोग कार्यक्रम, नवीकरणीय ऊर्जा परियोजना, राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमहरु सञ्चालन गरेको छ ।

केन्द्रको हालसम्म २७ हजार ८७४ किलोवाट लघु तथा साना जलविद्युत, १० हजार ५९४ सुधारिएको घट्ट, छ लाख १७ हजार ४६६ घरेलु सौर्य प्रणाली, एक लाख दुई हजार साना सौर्य विद्युत् प्रणाली, एक हजार ४६७ संस्थागत सौर्य विद्युत प्रणाली, १६९ सौर्य पम्पिङ्ग, ५०० सौर्य ड्रायर जडान गरेको छ ।

यस्तै केन्द्रको सहयोगमा तीन लाख ६३ हजार ८४७ घरेलु बायोग्याँस, ३२१ संस्थागत बायोग्याँस, १८ सामुदायिक बायोग्याँस, एक करोड २४ लाख ५ हजार ९८ माटोको सुधारिएको चुलो, ४७ हजार ८४१ फलामे सुधारिएको चुलो, २२ किलोवाट बायोमास ग्यासिफायर विद्युतीकरण र ६४ किलोवाट वायु ऊर्जा जडान भएका छन् ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै जनसङख्या तथा वातावरण मन्त्री जयदेव जोशीले देशका सबै ठाउँमा केन्द्रीय प्रशारण लाइन पु¥याउन आर्थिक तथा प्राविधिक हिसाबले सम्भव नहुने भएकाले त्यहाँका जनताको ऊर्जाको माग पूरा गर्न नवीकरणीय ऊर्जाबाट मात्र सम्भव भएको बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनको प्रभाव कम गर्न केन्द्रबाट सञ्चालित कार्यक्रमहरु निकै प्रभावकारी रहेको र यसलाई अझ विस्तार गर्दै लैजानुपर्ने खाँचे औँल्याउँदै सरकारले ऊर्जा सङ्कट समाधानका लागि नवीकरणीय ऊर्जा प्रविधिको प्रवद्र्धनमा उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

पूर्वमन्त्री गणेश साहले नेपालमा नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना रहेको र देशका हिमाल, पहाड र तराई सबै ठाउँमा यस प्रविधिलाई विस्तार गरी जनताको जीवनस्तरमा सुधार ल्याउन केन्द्रले खोजअनुसन्धान र प्रविधि हस्तान्तरणमा जोड दिनुपर्ने बताउनुभयो ।

जनसङख्या तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीको सभापतित्वमा भएको सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्प उपाध्यक्ष तथा केन्द्रका पूर्व कार्यकारी निर्देशक प्राडा गोविन्दराज पोखरेलले आम जनताको पहुँचमा स्वच्छ ऊर्जा प्रविधि पु¥याई गरिवी निवारण र दिगो विकास लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जा प्रविधिलाई अझ विस्तार र विकास गर्नु पर्दछ भन्नुभयो ।

केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले केन्द्रको भावी दिशासम्बन्धी अवधारणा प्रस्तुत गर्दै भविष्यमा लघु तथा साना जलविद्युत्को प्रवद्र्धनको गरी ग्रामीण विद्युतीकरणलाई प्रभावकारी बनाउन तथा राष्ट्रिय प्रशारण लाइन पुगेका स्थानमा सौर्य, वायु तथा जैविक ऊर्जालाई अझ विकास र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा पूर्व वातावरण मन्त्री तथा केन्द्रको बोर्डका अध्यक्षहरु गणेश साह, मानबहादुर विश्वकर्मा, सुरेन्द्र चौधरी, बुद्धिमान तामाङ, डा केशवमान शाक्यलाई सम्मान गर्नुभएको थियो भने केन्द्रका पूर्व कार्यकारी निर्देशकहरु डा मदनबहादुर वस्नेत, डा पोखरेललगायतलाई सम्मानित गरिएको थियो ।

साथै, कार्यक्रममा विकास साझेदार, संस्थाको विकासमा योगदान पु¥याउने विशिष्ठ व्यक्तित्वहरु, केन्द्रमा सबैभन्दा लामो समय सेवा गर्ने कर्मचारीहरु तथा प्रमुख सरोकारवाला निकायका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

पर्यटक लोभ्याउँदै चम्पादेवी डाँडा

काठमाडौँ, १९ कात्तिक । पर्यटकीय क्षेत्र चम्पादेवी डाँडामा पर्यटकको चहलपहल बाक्लिएको छ । चम्पादेवी मन्दिरको पुनःनिर्माण भई पार्क निर्माणको काम सुरु भएसँगै त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् ।
हिमाल र महाभारत पर्वतको रमणीय दृश्यावलोकनका लागि उपयुक्त मौसम भएकाले पनि अहिले चम्पादेवीमा पर्यटक बढेका हुन् ।
डाँडाबाट सर्वोच्च शिखर सगरमाथासहित १२ भन्दा बढी हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । उपत्यकाको महत्वपूर्ण पदमार्ग चम्पादेवीमा खासगरी बिदाको दिन धेरै आन्तरिक पर्यटक पुग्ने गर्दछन् ।
दृश्यावलोकनका लागि कात्तिक र मङ्सिर उपयुक्त समय भएकाले स्वदेशी तथा विदेशी पर्यटक बढेको चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन समितिका अध्यक्ष जनक तामाङले जानकारी दिनुभयो ।
पदयात्रा, पारिवारिक वनभोज आदिका लागि चम्पादेवी उपयुक्त गन्तव्य भएकाले यो मौसममा बढी चहलपहल बाक्लिएको उहाँले बताउनुभयो ।
यता भूकम्पले क्षति पुगेको चम्पादेवी मन्दिर पुनःनिर्माण भएपछि चम्पादेवीको आकर्षण बढेको छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको चम्पादेवी मन्दिर पुरातत्व विभागको रु आठ लाख सहयोगमा पुनःनिर्माण गरिएको हो ।
मञ्जुश्रीले तपस्या गरेको चम्पादेवीमा हरेक वर्षको नयाँ वर्षमा मेला लाग्ने गर्दछ ।
यसैबीच धार्मिक र ऐतिहासिक महत्व बोकेको चम्पादेवी क्षेत्रमा पर्ने चम्पादेवी ऐतिहासिक पार्कको निर्माणको पहिलो चरणको काम सम्पन्न गरिएको छ ।
सहरी विकास मन्त्रालय जल तथा वातावरण संरक्षण कोषको करिब ६० लाख रुपैयाँको सहयोगमा उक्त पार्क सिमेन्टको पक्की पर्खालले घेरिएको अध्यक्ष जनक तामाङले बताउनुभयो । ५० रोपनी क्षेत्रफलमा निर्माणाधीन पार्कको दोस्रो चरणको काम छठलगत्तै सुरु हुने उहाँले बताउनुभयो ।
सहरी विकास मन्त्रालय भवन निर्माणको रु ३० करोड लागतमा सात वर्षभित्र निर्माण सकिने र त्यसका लागि अहिले गुरुयोजना बनाइँदै गरेको समितिले जनाएको छ ।
उक्त पार्कभित्र स्वीमिङ पुल, हनुमानको मूर्ति, शिव पार्वती, बुद्धको मूर्ति, वनभोज स्थल, सानो चिडियाघर र पानीका धारा निर्माण हुनेछन् ।
पुरातात्विक मन्दिरको पुनःनिर्माण, चम्पादेवी पार्क तथा रमणीय दृश्यावलोकनको आकर्षण आन्तरिक पर्यटक बढेको कीर्तिपुर पर्यटन विकास समाजका सचिव वीरेन्द्र शाक्यले बताउनुभयो ।
समुद्री सतहदेखि दुई हजार ३०० मिटर उचाइमा अवस्थित चम्पादेवी धार्मिक, सांस्कृतिक पर्यटनको उपयुक्त गन्तव्य मानिन्छ ।

अस्ट्रेलियाली जेलमा कैदीको सङ्ख्या बढ्यो


मेलबोर्न, कात्तिक । भिक्टोरियाको देश भनी परिचित अस्ट्रेलियाका कारागारमा कैदी, बन्दीको सङ्ख्यामा वृद्धि भएको छ ।


विगतका दश वर्षको तुलनामा अपराधसङ्ख्या खासै नबढे तापनि कैदीको सङ्ख्या भने ७० प्रतिशतले बढेको छ । ज्यानमारेको अभियोग र गम्भीर आपराधिक प्रकृतिका मुद्दामा धेरैजसो न्यायालयले धरौटी वा जमानत स्वीकार नगर्ने परिपाटीले गर्दा यहाँका कारागार भरिभराउ भएका जनाइएको छ ।

सन् २००६ मा देशभरका कूल कैदी, बन्दीसङ्ख्या तीन हजार ९०८ थियो भने सन् २०१५ मा योे सङ्ख्या छ हजार ५२० पुग्यो । तर, न्यायिक हिरासतमा लिइएका अभियुक्तको सङ्ख्यामा भने १५४ प्रतिशतले ह्वात्तै वृद्धि हुन पुगेको तर यस समयावधिमा भएको अपराध दर भने मुस्किलले चार प्रतिशतले मात्र बढेको “सेन्टेन्सिङ्ग एड्भाइजरि काउन्सिल”द्वारा गरिएको अनुसन्धानमूलक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सन् २०१३ मा एड्रियन बेले नामक एकजना सुरक्षाकर्मीद्वारा जिल मिगर नामकी २९ वर्षीय एउटी महिलाको बलात्कार पश्चात् हत्या भएको थियो ।

अभियुक्त एड्रियनलाई हाजिरी जमानी (सुरक्षाकर्मीको भाषामा “प्यारोल”)मा छाडिएकोमा अदालतले बोलाएका बखत त्यो व्यक्ति भागेको वा अदालतमा उपस्थित नभएको कारण भविस्यमा अरु अभियुक्तले पनि राज्यको आदेश उल्लङ्घन गर्ने आँट गर्न सक्छन् भन्ने अभिप्रायले सोही वर्ष भिक्टोरियाली सरकारले गम्भीर आपराधिक प्रकृतिको मुद्दामा धन जमानी, हाजिर जमानी, व्यक्ति जमानीजस्ता कुनै पनि जमानतमा अभियुक्तलाई छाड्न नमिल्ने कडा ऐन, कानून पारित गरेको थियो ।

मिगर हत्याकाण्ड पश्चात् आफू अप्ठ्यारोमा पर्न नचाहेका कारण अदालतले सुरक्षित विकल्प चयन गरी जमानत इन्कार गर्ने परिपाटीले गर्दा न्यायिक हिरासतमा लिइने अभियुक्तको सङ्ख्यामा भने भारी वृद्धि भएको भनी स्थानीय फेयरफ्याक्स सञ्चारमाध्यमलाई सेन्टेन्सिङ्ग एड्भाइजरी काउन्सिलका अध्यक्ष एरी फ्रिबर्गले दिएको अभिव्यक्ति विहीबार प्रकाशित भएको छ ।

यसरी कैद वा न्यायिक हिरासतमा रहने कैदी, बन्दी वा अभियुक्तलाई पाल्नु पर्दा गरिने प्रतिव्यक्ति दैनिक खर्च पनि अस्ट्रेलियाली सरकारलाई निकै महँगो पर्न गएको छ । प्रतिव्यक्ति औसत दैनिक राष्ट्रिय खर्च १७१ अस्ट्रेलियाली डलर रहेको तुलनामा उनीको हकमा प्रतिव्यक्ति दैनिक औसत २२७ अस्ट्रेलियाली डलर खर्च भएको जनाइएको छ ।

अस्ट्रेलियामा अदालतले मुद्दाको अन्तिम फैसला गर्नुपूर्व एउटा अभियुक्तले औसत सात महिना जति न्यायिक हिरासतमा बस्नुपर्छ भन्ने तथ्य सो एड्भाइजरी काउन्सिलको प्रतिवेदनले उल्लेख गरेको छ ।

प्रधानमन्त्री दाहालले र एमाले अध्यक्ष ओली विच भेट वार्ता



काठमाडौँ, १९ कात्तिक । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँग आज भएको भेटवार्तामा नयाँ संविधानमा असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन सरकारले गरिरहेको पहलबारे जानकारी गराउनुभएको छ ।
प्रधानमन्त्री कार्यालय सिंंहदरबारमा आज भएको सो भेटमा प्रधानमन्त्री दाहालले संविधान संशोधन र स्थानीय तहको निर्वाचनका पक्षमा प्रमुख दल एक ठाउँ उभिनुपर्ने प्रस्ताव राख्नाका साथै संविधान कार्यान्वयनमा सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा दुवै नेताबीच संविधान संशोधन, स्थानीय तहको निर्वाचन, संविधान कार्यान्वयन लगायत समसामयिक विषयमा सकारात्मक ढङ्गले छलफल भएको बताइएको छ ।

Thursday, November 3, 2016

धरानमा यात्रुवाहक बस र स्काेरपियाे ठाेकिदा एककाे मृत्यु , १९ घाइते



धरान, १८ कार्तिक : धरानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । धरान ८ तीनकुनेदेखि तल सेउती खोलापुलमाथि आज मध्यान्ह १२ बजेको समयमा भएको यात्रुवाहक बस र स्र्कापियो एक आपसमा ठोकिदा स्र्कापियो चालक
बराहक्षेत्र गाविस वडा नं. ६ का ३६ बर्षीय बाबुराम तामाङको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

धरानबाट सुनसरीको महेन्द्रनगरतर्फ जादै गरेको को १ च ८७७३ नम्बरको महेन्द्रनगर खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको स्र्कापियो र विपरीत दिशाबाट आउदै गरेको मे १ ख ९७४ नम्बरको धरान विराटनगर चल्ने यात्रुवाहक बस एक आपसमा ठोकिदा स्र्कापियाका चालक तामाङको मृत्यु भएको हो भने टेम्पोचालक सहित बसमा यात्रा गर्ने १९ जना घाइते भएका हुन् ।


घाइतेमध्ये टेम्पोचालक बेलबारी मोरङका तोयानाथ दाहाल गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको बताइएको छ । उनीहरुका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकषिक कक्षमा उपचार भइरहेको छ । विराटनगरबाट धरान आउदै गरको यात्रुवाहक बसले नम्बर नभएको नया टेम्पोलाई ओभरटयाक गर्दा बस अनियन्बित भई स्काईयोमा ठोकिन पुगेको र टेम्पोलाई समेत ठक्कर दिएको प्रत्यक्ष दर्शीले बताएका छन् ।



ठक्करबाट दुवै यात्रुवाहक सवारी साधनको अगाडिको भाग पूरै क्षतिग्रस्त भएको छ भने टेम्पो भने सडकदेखि करिब १ मिटर तल झरेको छ । दुर्घटना बसरको लापारबाहीका कारण भएको ट्राफिक प्रहरीको भनाई छ ।

मूल्य घट्दा किसानलाई चिन्ता



इलाम । चिराइतोको मूल्य घट्न थालेपछि किसान चिन्तित भएका छन् । आलु, मकै, गहुँ जस्ता खाद्यान्न बाली मासेर चिराइतो सुरु गरेका किसान बर्सेनि चिराइतोको मूल्य ओरालो लागेपछि चिन्तित भएका हुन् । जिल्लाको २६ गाविसका किसानले खाद्यान्न बाली मासेर नगदेबालीका रूपमा चिराइतो लगाएका हुन् । “उचित मूल्य नपाउँदा लगानी समेत उठ्ने अवस्था छैन,” ९३ रोपनी जमिनमा चिराइतो लगाएका माबु–७ का फुर्वा शेर्पाले भन्नुभयो ।

उहाँले गत वर्ष १९ मन चिराइतो रु १८ हजारका दरले बिक्री गरे पनि यसपालि रु १४ हजार मात्र मूल्य पाएको बताउनुभयो । यस्तै करिब ३०० रोपनीमा चिराइतो खेती गर्दैआउनुभएका जमुनाका उमेश गुरुङ मूल्य घट्न थालेपछि जिल्लाको उत्तरी क्षेत्रका किसान मारमा परेका बताउनुहुन्छ ।

खाद्यान्न बाली मासेरै चिराइतो खेती गरेका किसान खाद्यान्न सङ्कट आइपर्ने भन्दै चिन्तित छन् । माइमझुवा–६ का दिलबहादुर गुरुङ चिराइतोको मूल्य बर्सेनि घट्दै गएकाले समस्यामा परेको बताउनुहुन्छ । चिराइतोसहित अन्य जडीबुटी लगाएर गरेको आम्दानीले नै वर्षभर घर खर्च चलाउने, छोराछोरी पढाउने र अन्य आर्थिक गतिविधि गर्ने गरेको उहाँ बताउनुहुन्छ । जिल्लाका सुलुबुङ, माइपोखरी, माइमझुवा, माबु, जमुना, प्याङ, चमैता, नयाँबजारलगायतका गाविसका चार हजारभन्दा बढी किसानले चिराइतो खेती गर्दैआएका छन् । आव २०७२÷७३ मा ४२ हजार ८९५ किलो चिराइतो निकासी भएको जिल्ला वन कार्यालयले जनाएको छ ।

आक्रोशित हुदै सडकमा निस्किए जनता - ए सरकार बिरामी महत्त्वपूर्ण कि प्रबण मुखर्जी महत्त्वपूर्ण ?? हेर्नुहोस भिडियो सहित



Indian President Pranab Mukherjee’s visit to Nepal

Indian President Pranab Mukherjee’s visit to Nepal denote an imperative occasion in Nepal-India relations. It comes in the background of warming ties between the two nations after two-sided relations had hit a low point over India’s disappointment with Nepal’s new constitution and the ensuing undeclared fringe barricade. A long-term Nepal turn in New Delhi, Mukherjee is generally known in Nepal’s political circles. As a senior pioneer of the Indian National Congress, he held different clerical portfolios in the Government of India and stayed one of the gathering’s major political columns. Before he turned into India’s thirteenth President in July 2012, he was Union Finance Minister from 2009 to 2012. As India’s External Affairs Minister, he assumed a key part in Nepal’s move to peace that began in 2005 with the marking of the 12-point understanding between the seven-party union and the Maoists in Delhi. What is wonderful about the present visit is that, other than Kathmandu, Mukherjee is additionally booked to visit two different towns—Pokhara and Janakpur. In a meeting with Akhilesh Upadhyay and Sudheer Sharma, Mukherjee said that Nepal and India share interesting two-sided ties, and that the private divisions of both sides ought to be urged to extend linkages in assembling and administrations and advantage from India’s development story. He likewise recommended that Nepal could take helpful lessons from the Indian equitable experience as Nepal moves towards a government majority rule republic.

दोस्रो विश्वयुद्धका दिन



अमरसिंह थापाका दाजुतर्फका सन्तान हौँ हामी। असाध्यै राम्री हाम्री सेती जिजुहजुरआमालाई गल्कोटे राजकुमारले भगाएपछि तिनलाई हाम्रा जिजुहजुरबुबाले छप्पै काटेका थिए रे ! त्यसपछि श्रीमती सेतीको नाक काटी युवराजकै श्रीमती भगाएका थिए। तिनै युवराज्ञीका सन्तान हौँ हामी।

हाम्रो चारै पुस्ता ब्रिटिस सेनामा भर्ती भयो। हजुरबुबा दिलबहादुरले गोर्खा रेजिमेन्ट स्थापना नहुँदै दक्षिण अफ्रिकाको बोर युद्ध लड्नुभयो, बुबा ललितबहादुर पहिलो विश्वयुद्धका क्रममा मेसोपोटामियामा लडेर सेते जमदारका रूपमा प्रख्यात हुनुभयो। प्रथम विश्वयुद्धमा लडेबापत उहाँले चारवटा मेडल पाउनुभएको थियो। म दोस्रो विश्वयुद्धमा सरकि भएँ र पाँचवटा मेडल प्राप्त गरेँ। मेरो छोराले खाडी युद्धमा मिसाइल टू मिसाइल युद्ध लड्यो।

त्यसो त दोस्रो विश्वयुद्ध सन् १९३९ मै औपचारकि रूपमा सुरु भइसकेको थियो। तर, पूर्वी ब्रह्मपुत्रमा त्यसको घोषणा २३ जनवरी १९४१ मा भयो। २६ जनवरी १९४१ मा म ब्रिटिस सेनामा भर्ती भएँ र बलुचिस्तानको क्वेटामा नौ महिना तालिम लिएँ। थप एक महिना भरुभूमिमा र केही समय मोहनबगानको जंगलमा पनि तालिम गराइयो। त्यसपछि फिल्ड फायरङि्का लागि कमिला अर्थात् इस्ट बंगाल हुँदै हामीलाई बर्माका लागि 'मुभ' गराइयो। र, दोस्रो विश्वयुद्धको समाप्ति (१९४५ साल)सम्मै त्यहाँ तैनाथ थिएँ। ९ सय ३२ जनाको एक बटालियन हुन्थ्यो। त्यस्ता ३० बटालियन त गोर्खा सैनिक मात्र थिए त्यहाँ।

घोषित युद्ध साम्प्रदायिक लडाइँजस्तो होइन। घोषित युद्ध त त्यस्तो हो, जसले धेरै गोली-बारुद चलाउन सक्यो, उसैले जित्ने। हामीले जापानी सेनालाई खुबै पेल्यौँ। कतिचोटि बर्माको आराकान क्षेत्रमा हामी आफैँ पनि घेरामा पर्‍यौँ। तर, हामीभन्दा माथि रहेको नवौँ डिभिजनले आएर हामीलाई घेरामुक्त गरायो। त्यसपछि त हामीले जापानी सेनालाई पेलेको पेल्यै गर्‍यौँ, पछि हट्नै परेन। मणिपुरको इम्फाल सीमामा जापानी र इन्डियन नेसनल आर्मी, जो ब्रिटिसविरोधी थिए, का बीचमै क्लेश उत्पन्न भयो, त्यसपछि त ब्रिटिस सेनाले विजय प्राप्त गरेरै छाड्यो।

ब्रिटिस सेनामा भर्ती भई जिम्मेवारी बाँडफाँटका क्रममा म सप्लायर्स टुकडीमा परेको थिएँ। तसर्थ, गन बोकेर युद्धमा सरकि नभएकाले विपक्षी सेनालाई मार्दा वा आफ्नै आँखाअगाडि ढल्दाको खुसी अथवा आफ्नो तर्फका साथीभाइ मर्दाको दुःखको अनुभूति प्रत्यक्ष रूपमा गर्न पाइनँ। तर, युद्धका क्रममा ब्रिटिस सेनामा भर्ती भएका हाम्रा गोर्खाली साथीभाइले खानपिन, आराम, निन्द्रा केही नभनी युद्धमा आफूलाई जसरी होमे, त्यो ज्यादै बफादार र प्रशंसनीय कार्य थियो।

सानो उमेरमै बाबुआमा बितेकाले टुहुरो जीवन मामाघरमा बिताएको थिएँ। त्यसैले जीवनप्रति त्यति धेरै माया लाग्दैनथ्यो। तर, १६-१७ वर्षको उमेरमा सुरुसुरुमा त्यस किसिमको युद्ध र फायरङि् देख्दा कतिपटक एक्लै क्वाँ क्वाँ गर्दै रोएँ। त्यसैबीच मलेरियाले समात्यो, पाँच किसिमका मलेरिया भयो। तर, सबै पचाएँ। त्यसपछि जीवनको चिन्ता केही रहेन।

जंगलको बासमा हामीले आगोमा पकाएर कहिल्यै खाएनौँ। न त त्यस्तो ताजा खानेकुरा आफ्ना साथीभाइलाई वितरण गर्न सक्यौँ। किनभने, जंगलमा आगो बाल्दा विपक्षीको निसाना बनिने पक्का हुन्थ्यो। तसर्थ, तयारी खानाकै भर अझ भनौँ डग बिस्कुट, फलफूलका साथै जंगली कन्दमूल खाएरै हाम्रा साथीहरूले करबि चार वर्ष त्यो युद्ध लडे।

प्याकेटका खानेकुरा ल्याउन पनि ज्यादै सास्ती खेप्नुपथ्र्यो। कतिपय ठाउँमा गाडीमा ल्याउँथ्यौँ। वर्षायाममा हिलो-चिप्लो ठाउँमा गाडी फसेर सास्ती हुन्थ्यो। टायरमा बाहिरबाट चेन लगाएर पनि सामान ढुवानी गथ्र्यौं। कहिलेकाहीँ गधा-खच्चडको सहायताले पनि खाद्यान्न ओसारपसार गथ्र्यौं। तर, धेरैजसो भरियाकै भर पथ्र्यौं। भरियाको काम गर्नेमा भारतीय र बर्मेलीका साथै नेपालीको संख्या पनि अत्यधिक थियो।

युद्धका क्रममा पानी पिउनका लागि पनि तर्सिनुपर्ने अवस्था थियो। बर्मामा जापानी सेनासँगको त्यस युद्धमा सहभागी भइरहँदा उनीहरूले पिउने पानी र हामीले पिउने पानीको मुहान एउटै थियो। जब पिउने पानी संकलन गर्ने कुरा आउँथ्यो, तोपखानालाई खबर गथ्र्यौं, त्यसपछि त्यहाँबाट निरन्तर गोलीको वर्षा हुन्थ्यो। त्यहीबीचमा हामी पानी संकलन गरेर क्याम्पमा फिर्ता हुन्थ्यौँ। उनीहरू पनि पानी संकलन गर्नुपर्‍यो भने सोही विधि अपनाउँथे। युद्धमै सहभागी भइरहे पनि सायद त्यति बेला दुवैतर्फका सेना 'कम्प्रमाइज' गर्थे कि ! जापानी र गोर्खा फौजका मानिसहरूको अनुहार मिल्दोजुल्दो हुनाले पनि कतिपय बेला आफ्ना साथी भन्ठानेर दुस्मनतर्फकै टुकडी भए पनि उम्किने मौका मिल्थ्यो।

त्यस युद्धमा कति गोर्खा सैनिकको मृत्यु भयो भन्ने यकिन संख्या अहिलेसम्म पनि बाहिर आएको छैन। न त भर्ती भएको संख्या नै यकिन छ। युद्धमा सहभागी भइरहेका सैनिकका छाती र बायाँ हातमा आइडेन्टिटी डिस (ट्याग), जसमा नाम, नम्बर र रेजिमेन्ट उल्लेख हुन्थ्यो, झुन्ड्याइन्थ्यो। जब कुनै सैनिकको मृत्यु हुन्थ्यो र विरोधीहरूले ती लास ठेगान नलगाउँदै हामीले देख्यौँ भने मृत्यु भएका ती सैनिकका ट्याग काटेर हेडक्वार्टरमा बुझाइन्थ्यो। युद्धका क्रममा त्यसैका आधारमा मृत्यु भएका सैनिकको संख्या यकिन गरिन्थ्यो। तर, लास उठाउने र चिहान बनाएर गाड्ने फुर्सद नै कहाँ मिल्थ्यो र ?

विश्वयुद्धमा सरकि हुनुपूर्व क्वेटाको बलुचिस्तानमा तालिम लिइरहेको बेलाको कुरा हो। शाही थरका मेरा एक अभिन्न मित्र थिए। युद्धमा सहभागी हुन गइरहेकाले मृत्यु र जीवनका बारेमा यकिन थिएन। यसो मन बहलाउन बाहिर घुम्न निस्किएका थियौँ। यसैबीच फिल्म हेर्‍यौँ। त्यसपछि हामी दुवैले केही चिनो साटासाट गर्ने कुरा गर्‍यौँ। तर, त्यस्तो स्थायी के कुरा थियो र जुन साटासाट गर्न मिल्छ? घुम्दै बजार निस्किँदा झन्डै हामी क्याम्पबाट चार किलोमिटरको दूरीमा पुगिसकेका थियौँ। एक पन्जाबीले ट्याटु खोपिरहेको देख्यौँ। यसो गम्यौँ, ट्याटु त कहिल्यै मेटिँदैन। त्यसपछि त्यही ट्याटु खोप्ने निधो गर्‍यौँ। दुवैले बायाँ हातमा ट्याटु खोप्यौँ। मेरो पैसा उनले तिरे, उनको मैले तिरेँ। पन्जाबीमा ॐ लेखिएको यो ट्याटुमा जब मेरो नजर पुग्छ, म त्यस युद्धको सम्झना गर्छु। त्यस साथीलाई त्यस युद्धमा गुमाउनुपर्दाको पीडा सम्झन्छु। एउटै पल्टनबाट खटिएका हामीमध्ये त्यो साथीले दोस्रो विश्वयुद्धकै क्रममा बर्मामा ज्यान गुमायो, म भने बाँचेर फर्किएँ।

भिभिआइपी उडानले डेढ घन्टा प्रत्यक्ष असर






कार्तिक १८, २०७३- नौं वटा मात्रै जेट विमान पार्किङ क्षमता भएको ‘सानो’ अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भारतीय राष्ट्रपति प्रणव मुखर्जीको राजकीय भम्रणका लागि एक घण्टा विमानस्थल बन्द गरियो । यसको प्रत्यक्ष असर कम्तीमा डेढ घन्टा पर्‍यो । उडानहरू एकदेखि डेढ घण्टासम्म डिले भए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बिहान १२ बजेर १० मिनेटदेखि १२ बजेर ५५ मिनेट (४५ मिनेटका) लागि नोटाम (नोटिस फर एयरमेन) जारी गरेको थियो । विमानस्थलका निर्देशक सुधीर चौधरीका अनुसार यो समयभित्र भारतीय राष्ट्रपति प्रणव मुखर्जीको विशेष विमान काठमाडौं अवतरण गर्ने भएकाले अन्य विमानलाई यो समयमा नउड्न सूचना जारी गरिएको थियो । तर, अघिल्लो दिन जारी गरिएको नोटामको समय बुधबार लागू हुन सकेन । विमानस्थलले १० मिनेटअगाडि अर्थात १२ बजेदेखि नै विमानस्थल बन्द गरेर १ बजे मात्रै अन्य कमर्सियल उडान खुला गरेको थियो ।







राष्ट्रपति मुखर्जी इन्डियन एयरफोर्सको बोइङ ७३७ विमानबाट काठमाडौं ओर्लिएका थिए । राष्ट्रपति सवार राजदूत नामको विमानले १२ बजेर २० मिनेटमा अवतरण गर्नुअघि भारतीय सञ्चारकर्मीसहित भीभीआईपी डेलिगेसन बोकेर एयर इन्डियाको चार्टर विमानले बिहान ११ बजेर ३५ मिनेटमा अवतरण गरेको थियो । राष्ट्रपति बोकेर आउने विमान शुक्रबारसम्म काठमाडौंमै रहनेछ भने चार्टर विमान बुधबारै दिल्ली फर्किसकेको छ । राष्ट्रपति चढेर आएको विमानलाई दिउँसो पहिलो पार्किङ–वेबाट आन्तरिक विमानस्थल सँगैको नौ नम्बर पार्किङ वेमा सारिएको छ ।

भीभीआईपी उडानका कारण बुधबार विमानस्थल व्यवस्थापनमा नागरिक उड्डयन प्राधिकरण र ग्राउन्ड ह्यान्डलिङ गर्ने नेपाल वायु सेवा निगमलाई हम्मे परेको देखिन्थ्यो । राष्ट्रपतिको सवारीका क्रममा काठमाडौंको सडक सवारीमा समेत असर पर्ने कारणले बेलुकीको उडान भएका यात्रुहरू बुधबार बिहानै विमानस्थलमा पुग्न बाध्य भएका थिए । पार्किङ वेको अभावले बिहान दिल्लीबाट आएको जेट एयरवेजले ३ जना यात्रु छाडेर उड्नुपर्‍यो ।

‘भीडभाडमा तीन जना यात्रु नै नलिईकन जेट एयरवेज दिल्लीतर्फ उड्यो,’ विमानस्थलका एक अधिकारीले भने । उता, थाइल्यान्डको राजधानी बैंककबाट आएको थाई एयरवेजको विमान ४५ मिनेट आकाशमै होल्डमा बस्नुपर्‍यो । नोटाम जारी भएका बेला आन्तरिक विमान भने उडेनन् ।

राष्ट्रपतिको विमानलाई १ नम्बर पार्किङ–वेमा राखिएको थियो । सुरक्षाका कारण उक्त पार्किङ वेको अघिल्तिरका दुइटा बोर्डिङगेट भएका एक र दुई नम्बर यात्रु वेटिङ रुममा यात्रुलाई बस्न दिइएको थिएन ।

ती दुइटा कोठाको यात्रुको चाप ३ र चार नम्बर वेटिङ रुममा परेको थियो । विमानस्थल खुलेपछि सवा एक बजे इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सले यात्रु र चालक दललाई हिंडाएर जहाज चढाएको थियो ।

‘नेपाल वायु सेवा निगमले ग्राउन्ड ह्यान्डलिङ राम्ररी गर्न सकिरहेको थिएन, उनीहरूको र्‍यामबस नपाइएपछि हामीले यात्रु/चालकदललाई वेटिङ रुमबाट हिंडाएर जहाज चढाउनुपर्‍यो,’ टर्किसका एक कर्मचारीले भने । भीभीआईपीको सवारीको सुरक्षालाई कारण देखाउँदै विमानस्थलले मंगलबारदेखि नै पास पनि रोक्का गरेको थियो ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार, राजकीय भम्रणमा आएका दुइटा विमानमा गरी ६५ हाराहारी यात्रु थिए । राष्ट्रपति सवार विमानमा एक मन्त्रीसहित २० जना थिए भने बाँकी एयर इन्डियाको चार्टर विमानमा थिए । विमानस्थलका एक निर्देशकका अनुसार राष्ट्रपतिको विमानले ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्क तिर्नु पर्दैन । तर यसले यात्रु सर्भिस शुल्क भने तिर्नुपर्छ ।

यात्रुवाहक बस र जीप जुध्दा एकको मुत्यु


दुर्घटनापछि क्षतिग्रस्त भएको यात्रुवाहक बस र जीप ।तस्बिर : प्रदीप मेन्याङ्बो/कान्तिपुर




कार्तिक १८, २०७३- धरानको तीनकुने नजिकै कोशी राजमार्गमा बिहीबार मध्यान्ह भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

धरानबाट इटहरी तर्फ गइरहेको को१च ८७७३ नम्बरको स्कर्पियो जीप र इटहरीबाट धरानतर्फ आइरहेको मे१ख ९७४ नम्बरको यात्रुवाहक बस एक आपसमा ठोकिदा स्कर्पियो चालकको मृत्यु भएको हो । बसचालक मोरङको सुन्दर दुलारी बस्ने ४५ वर्षीय कालुराम चौधरीको खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ ।

राजमार्गमा बस र स्कर्पियो दुर्घट्ना भएपछि करिव दुई घण्टा सडक अवरुद्ध भएको थियो । प्रहरीले जेभिसी प्रयोग गरेर जीप र बस सडकबाट हटाएर सडक सुचारु गरेका थिए ।

बसमा सवार मध्ये १९ जना घाइते भएका छन् । प्रहरीका अनुसार सुनसरीको महेन्द्रनगर खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको स्कर्पियो चालक बराहक्षेत्र–६ बस्ने ३६ वर्षीय बाबुराम तामाङको मृत्यु भएको हो ।

घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकषिक कक्षमा उपचार भइरहेको छ ।

घट्नास्थलमा रहेका इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकास श्रीमलका अनुसार विराटनगरबाट धरान आउँदै गरेको यात्रुवाहक बसले अनटेस्टमा रहेको नयाँ टेम्पोलाई ओभरटेक गर्दा बस अनियन्त्रित भइ आफ्नै साइडमा गइरहेको स्क्रोपियोमा ठोकिन पुगेको र टेम्पोलाई समेत ठक्कर दिएको हो । टेम्पो चालक मोरङको बेलबारी बस्ने तोयानाथ दाहालको अवास्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ठक्करबाट जीप र यात्रुवाहक बसको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । टेम्पो भने सडकदेखि करिब पाँच मिटर पर हुत्तिएको थियो ।

प्रहरी निरिक्षक श्रीमलले भने, ‘दुर्घटनास्थल हेर्दा बस चालकको लापरवाही जस्तो देखिएको छ । तिव्रगतिमा आएको यात्रुबाहक बससँग आफ्नै साइडमा भएपनि बसभन्दा तिव्रगतिमा रहको जीप ठोकिएर दुर्घटना भएको जस्तो देखिएको छ । थप अनुसन्धान हुन बाँकी नै छ ।’

दुई युवाको हत्यापछि सिङ्गो गाँऊ शोकमग्न



कार्तिक, १८ मोरङ ।

उत्तरी मोरङको लेटाङ भोगटेनी नगरपालिका ५ तुर्केमा सोमबार राति हुर्रा नाचका क्रममा दुई युवाको निर्मम हत्या पछि यतिबेला सो क्षेत्र शोकमग्न बनेको छ ।

बिहिबार घटनास्थल पुग्दा आसपासका गाँउका मानिसहरुको अनुहार मलिन थियो कोही पनि घटनाका बारेमा खुलेर बोल्न चहादैन थिए ।

उनका आफन्त,साथीभाई र छिमेकीहरु घटनाको बारेमा कुरा गर्ने बित्तिकै भावविब्हल हुन्थे । खाउँ खाँउ र लाँउ लाँउ उमेरका कलिया युवाहरुको निर्मम हत्यापछि सो क्षेत्र नै यतिबेला शोकमा डुबेको छ ।

तिहारको उपलक्ष्यमा मगर समुदायले आयोजना गरेको हुर्रा नाचमा सहभागी हुन गएका केराबारी–९ घंघरुका १८ वर्षीय सनम गुरुङ र १५ वर्षीय दीपेन गुरुङको गुप्ताङग लगायत शरिरका बिभिन्न भागमा छुरीले रोपेर अर्को समुहमा रहेका युवाहरुले निर्ममतापुर्वक हत्या गरेका थिए ।

मृतक दिपेनलाई उनकै साथीहरुले बोलाएर अन्धाधुन्द छुरी प्रहार गर्न थालेपछि छुटयाउन गएका सनमलाई पनि उनीहरुले छुरी हानेका थिए ।

लेटाङको बुधबारेमा रहेको एक बोर्डिङ स्कुलमा अध्यायनरत उनीहरुको हत्या भएपछि उनका साथीभाई र सिंगो बिद्यालय यतिबेला शोकमा परेको छ ।

असुरक्षाका कारण घटना

सो घटना हुनुमा असुरक्षा प्रमुख कारण भएको स्थानीय बताउँछन । यदि प्रशासनले सो क्षेत्रमा सुरक्षा अपनाएको भए घटना नहुने स्थानीयको तर्क रहेको छ ।

बि.स २०४८ सालमा सो क्षेत्रमा स्थापना भएको प्रहरी चौकी २०५२ सालमा असुरक्षा भएको भन्दै हटाईएको थियो ।

बेलबारीबाट १० किलोमिटर र लेटाङबाट ५ किलोमिटरको दुरीमा रहेको सो क्षेत्रमा पटक पटक स्थानीयले सुरक्षाका लागी पहल गर्दा समेत प्रहरी चौकी पुर्नस्थापना हुन नसकेको स्थानीय अगुवा तेज प्रसाद तिम्सिनाले बताए ।

लेटाङको दोस्रो ब्यापारिक केन्द्रका रुपमा स्थापित सो क्षेत्रमा करौडौको कारोबार गर्ने सहकारी संस्थाहरु लगायत पसलहरु रहेका छन ।

सो क्षेत्रमा सुरक्षा नहुँदा सो क्षेत्र यतिबेला अपराधीहरु लुक्ने सुरक्षित ठाँउ बन्दै गएको समेत तिम्सिना बताउँछन ।

राति १२ बजेसम्म नाचका लागी अनुमति दिने प्रशासनले सुरक्षा दिन नसक्दा सो घटना भएको भन्दै स्थानीयले प्रहरी प्रशासन प्रति आक्रोश समेत पोखेका छन ।

उपचार नपाएरै मृत्यु

राति करिब १२ बजे सो घटना भएको थियो । घटनापछि भागाभाग भएपछि सो स्थान सुनसान बन्यो । युवाहरु २ घण्टासम्म मृत्युसँग जुधिरहे ।

तर उनीहरुको कोही कसैले उद्धार गर्न सकेन । बाटो भन्दा निक्कै तल अप्ठयारो र सवारी साधन पुग्न नसक्ने ठाँउमा मेला लागेका कारण पनि समयमा उनीहरुको उद्धार हुन सकेन ।

राति २ बजे बेलबारीबाट घटनास्थल पुगेको बेलबारीको एम्बुलेन्स र केही ब्यत्तिहरुले उनीहरुको उद्धार गरे जतिबेला सम्म अत्याधिक रगत बगेका कारण युवाहरुको ज्यान गईसकेको थियो ।

त्यतिबेला सम्म पनि प्रहरी त्याँहा पुगेन जसका कारण निर्दोष दुई युवाले ज्यान गुमाउनु पर्यो ।

घटनापछि घंघरुबाट बिवाह गरेर तुर्केमा रहेकी एक महिलाले राति माईती गाँउमा घटनाबारे सुनाएपछि घटनाको बारेमा उनीहरुका आफन्तहरुलाई जानकारी भएको थियो ।

घटनाको हुनुको कारण के थियो ?

मृतकहरु र उनीहरुलाई हत्या गर्ने समुहका युवाहरुबिच पुरानो बिवाद रहेको थियो । दिउँसो उनीहरु बिच मिलापत्र पनि भएको थियो ।

तर राति हत्या गर्ने समुहका नाईकेले आफना साथीहरुलाई लिएर सोही ठाँउमा पुगी मृतकलाई बोलाएर अन्धाधुन्द छुरी प्रहार गरेका थिए ।

मृतक दिपेनलाई छुरी हानेपछि छुटयाउन गएका सनमलाई समेत छुरी प्रहार गरिएको थियो ।
अर्को घटनाको त्रास

करिब २ दशकअघि सो क्षेत्रमा सामान्य झगडाले जातिय रुप धारण गर्दा केहीले मृत्युवरण मात्र गर्नुपरेन ।

लाखौ धनजनको क्षति भयो भने थुप्रैले सो ठाँउबाट बिस्थापित समेत हुनुपरेको थियो । अहिले भएको घटनाले पनि त्यही रुप लिने आशंकाले स्थानीय थप त्रसित समेत बनेका छन ।

यो घटनालाई लिएर त्यस्ता किसिमका घटना नहुन भनेर संयमता अपनाउन समेत स्थानीयले सबैमा आग्रह गरेका छन ।

- See more at: http://paschimnews.com/archives/15540#sthash.IRkpBk3q.26k7tE2k.dpuf

सुगाले खोल्यो पतिको परस्त्रीसँग सम्बन्धको पोल



कुवेत । कुवेतमा एक व्यक्तिलाई घरमा सुगा पाल्नु निकै महंगो परेको छ । घरमा पालेको सुगाले उनको अवैद्य सम्बन्धको पोल खोलेपछि ती व्यक्तिले कानुनी झमेला बेहोर्नु परेको छ ।

मिरर अनलाइनका अनुसार कुवेतमा भएको उक्त घटनामा सुगाले घर मालिक र काम गर्ने महिलाबीचको सम्बन्धको खुलासा गरेको हो । सुगाले ति व्यक्ति र काम गर्ने महिलाबीच भएको अन्तरंग कुराकानी पत्नीको अगाडी जस्ताको तस्तै बोल्न थालेपछि समस्या भएको थियो ।
सुगाको कुरा सुनेपछि पत्नीले सुगालाई प्रमाण स्वरुप प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्न पुगेकी थिइन् । कुवेतमा परस्त्रीगमनलाई अवैद्य मानिन्छ र त्यहाँ कडा सजाय पनि दिइन्छ ।

स्थानीय पत्रिकार अल सहेद दैनिकसँग कुरा गर्दै ती व्यक्तिकी पत्नीले पतिमाथि आफूलाई लामो समयदेखि शंका रहेको बताएकी थिइन् ।
तर, भाग्यमानी ति व्यक्तिले मुद्दा भने जिते ।

सुगाले टिभी वा रेडियोबाट त्यस्तो कुराकानी सुनेको हुनसक्ने भन्दै मुद्दालाई खारेज गरिएको बताइएको छ ।

साउदी अरबका राजकुमारलाई जेलमा कोर्रा







साउदी अरबका एक राजकुमारलाई कोर्रा हानी सजाय दिइएको छ। साउदी अरेबियाको सत्तासीन अल साउद परिवारका एक राजकुमारलाई जेलभित्रै कोर्रा दिइएको हो।

अदालतको फैसलाअनुसार उनलाई सो सजाय दिइएको साउदी समाचारपत्र ओकाज दैनिकले जनाएको छ। यसअघि हत्या अभियोगमा अर्का राजकुमारलाई मृत्युदण्ड दिइएको थियो।

राजकुमारलाई लागेको अभियोगबारे सो पत्रिकाले विस्तृत रुपमा खुलासा गरेको छैन। तर, ती राजकुमारलाई यसअघि नै कैद सजायको फैसला गरिएको पत्रिकाले उल्लेख गरेको छ।

राजकुमारलाई एउटा प्रहरीले सोमबार कोर्रा हानेको पत्रिकाले जनाएको छ। कोर्रा हान्नुअघि उनको शारीरिक र मानसिक परीक्षणसमेत गरिएको सो पत्रिकाले जनाएको छ।

यस विषयमा साउदी सरकारका न्यायमन्त्रीले भने टिप्पणी गर्न अस्वीकार गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

स्यालको आक्रमणबाट मृत्यु भएकालाई शहिद घोषणा गर्न माग गर्दै चक्काजाम !



कार्तिक, १८ रौतहट ।

स्यालको आक्रमणबाट ज्यान गुमाएका गरुडा नगरपालिका ३ स्थित महमदपुरका शिक्षक बसन्त यादवलाई शहिद घोषणा र घाइते अरु डेढ दर्जनलाई उपचारको माग गर्दै रौतहटको व्यापारिक केन्द्र गरुडामा बिहिबार तीन घण्टा चक्काजाम गरिएको छ ।

पीडितका आफन्तले स्यालको टोकाईबाट गम्भीर घाइते ५५ वर्षीय मगरु भन्ने रामफल महतोलाई टायरगाडासहित गरुडाको मुख्य बाटोमा राखेर बिहान ९ बजे देखि १२ बजेसम्म चक्काजाम गरेका थिए ।

पीडितपक्ष र स्थानीय प्रशासन बिच मृतकलाई सहिद घोषणा गर्नेबाहेक घाईते सबै १८ जनालाई थप उपचारका लागि आजै एम्बुलेन्सबाट काठमाण्डौ पठाउने सहमति भएपछी चक्काजाम खुलाइएको थियो ।

बैठकमा सहभागी एसपी गणेश रेग्मीका अनुसार स्यालको आक्रमणबाट शिक्षक बसन्त यादवको मृत्यु हुनुका साथै अर्का घाईते रामफलको अवस्था नाजुक भएपछि स्थानीयले प्रदर्शन गरेका हुन् ।

मानविय संवेदनालाई दृस्टीगत गर्दै घाईतेसबै १८ जनालाई सरकारी खर्चमा काठमाडौ पठाई उपचारको ब्यवस्था मिलाईएको रेग्मीले बताए ।

असोजको दोस्रो साता स्यालको आक्रमणबाट गरुडा नगरपालिका र अन्य केही ठाँउमा गरी २५ जना घाईते भएका थिए ।

आन्द्रिज हाइड्रोले नेपालमा कार्यालय विस्तार गर्ने



काठमाडौँ । जलविद्युत् गृह निर्माणका लागि उपकरण आपूर्ति गर्ने अन्तर्राष्ट्रिय साझेदार कम्पनी आन्द्रिज हाइड्रोले नेपालमा कार्यालय विस्तार गर्ने उद्देश्यले पहिलो पटक ग्राहक दिवस‘कस्टमर डे’ मनाएको छ । ‘हाइड्रोपावर सोलुसन फर नेपाल’ नाम दिइएकोे उक्त कार्यक्रमको यहाँ आज आयोजित कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले शुभारम्भ गर्नुभयो । दुई दिनसम्म चल्ने उक्त गोष्ठीले कम्तीमा दुई÷तीन महिनाभित्र नेपालमै यसको कार्यालय खोल्ने कुरा तय गर्ने बताइएको छ ।

अस्ट्रियामा मुख्य कार्यालय रहेको उक्त कम्पनीले विश्वका करिब ६० देशमा आफ्नो कार्यालय विस्तार गरिसकेको छ । विश्वभरमा जलविद्युत् निर्माणका लागि आवश्यक विद्युतीय सामग्री उपलब्ध गराउँदै आएको उक्त कम्पनीले नेपालको कुलेखानी जलविद्युत् परियोजनाका लागि काम गरिसकेको छ । यसबाहेक माथिल्लो तामाकोसी, मध्य मस्र्याङ्दीलगायत राष्ट्रिय गौरवका मुख्य आयोजनासहित करिब १००० मेघावाटका लागि आन्द्रिजको सहकार्य छ । जसमध्ये १२० मेघावाटको काम भइसकेको छ ।

उपप्रधान तथा अर्थमन्त्री महराले आन्द्रिजको कार्यालय विस्तारले नेपालमा जलविद्युत् लगानीको सम्भावनामा वृद्धि हुने बताउँदै यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो ।

किशोरी बलात्कारको अभियोगमा गुरुङविरुद्ध मुद्दा दर्ता



गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको कटारी नगरपालिका–५ बस्ने १८ वर्षीय टेकबहादुर गुरुङविरुद्ध आज इलाका प्रहरी कार्यालयले एक १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । प्रहरीले अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरेको जनाएको छ । पाँच दिनअघि साँझपख घरमा कोही नभएको मौका पारेर गुरुङले किशोरीको घरभित्र प्रवेश गरी मुख थुनेर प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताउनुभयो ।

किशोरी चिच्याएको आवाज सुनेर छिमेकी आएपछि गुरुङ जङ्गलतर्फ भागेर एक स्थानीयको घरमा लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेकोे थियो ।

सुर्खेतमा बस दुर्घटनाः ३१ जना घाइते (नाम र ठेगानासहित)




कार्तिक, १८ सुर्खेत ।

सुर्खेतमा दुईवटा यात्रुबहाक बस एक आपसमा जुध्दा ३१ जना यात्रु घाइते भएका छन् । रत्नराजमार्ग अन्तरर्गत सुर्खेत कोहलपुर सडक खण्डको सानो विउरेनीमा आज बिहीबार दिउसो तीन बजे बस दुर्घटनामा भएको हो ।

दुर्घटनामा परी १३ जना यात्रु गम्भीर घाइते भएका छन् भने अन्य १८ जना सामान्य घाइते रहेका छन् । बिहीबार दिउसो सुर्खेत सदरमुकाम वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख २९८ नम्बरको बस र नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको ना ४ ख ६५४१ नम्बरको बस ठोक्किएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

दुर्घटनाम परी घाइते भएकाहरुको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ र स्थानीय दुईवटा नर्सिङहोम उपचार भइरहेको छ । क्षेत्रीय अस्पतालमा १८ जना समान्य घाइतेहरुको उपचार भइरहेको छ भने, गम्भीर प्रकृतिका ८ जनाको माया नर्सिङहोम र देउती नर्सिङहोममा २ जनाको उपचार भइरहेको छ ।

गम्भीर घाइतेमध्येका तीनजनालाई थप उपचारका लागि कोहलपुर शिक्षण अस्पतालमा रेफर गरिएको छ । देउती नर्सिङहोममा उपचार गराइरहेका दैलेख बाँसगडी का १८ वर्षिय इन्द्रबहादुर अधिकारी, वीनपा १८ सुर्खेत कि १५ वर्षिया पवित्रा शाही र नन्दा शाहीलाई थप उपचारको लागि रेफर गरिएको हो ।

गम्भीर घाइते हुनेहरुमध्ये दैलख बाँसगडीका १८ वर्षिया मनिसा आचार्य, २१ वर्षिय कविन्द्रसिंह ठकुरी, सुर्खेत लेखपराजुल २ का २७ वर्षिय सन्दीपकुमार रेग्मी, लेखपराजुल १ का २१ वर्षिय हरी विसी, बाँके नेपालगन्ज उप–महानगरपालिका २६ का ३१ वर्षिय भिमबहादुर थापा, वीनपा १८ का ३६ वर्षिय लक्ष्मी देवकोटा, वीनपा ५ बस्ने ६० वर्षका नरबहादुर राम्जालीमगर, बर्दिया बानियाभार ६ का २२ वर्षिय रामकुमार थारु, २० वर्षिया सकुन्तला चौधरी र वीनपा १८ का ३३ वर्षिय जीतबहादुर विसी रहेका छन् ।

सामान्य घाइतेहरुमा राधा सुनार, सुशिला खड्का, टिकाराम खड्का, गौरी शाही, लोकन्द्र विसी, भिमबहादुर विसी, भक्तबहादुर खड्का, नानकुमारी खड्का, जयराम खड्का, सावित्री खड्का, तुल्सी गौतम, भिमबहादुर रावल, निरु परियार, नफिस आलम, मानसिंह खत्री र दयाराम खत्री रहेका छन् । उनीहरुको क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

ना ५ ख २९८ नम्बरका चालक भिमबहादुर थापाका अनुसार आफ्नो गाडीको ब्रेक फेल भएको र मोडमा उताबाट आएको गाडिले हर्न नबजाएकोले दुर्घटना भएको बताउनुभयो ।

ना ४ ख ६५४१ नम्बरको गाडिका चालक भने फरार रहेका छन् । प्रहरीका अनुसार मोड भएको ठाउँमा चालकले लापरबाहीपूर्ण तरिकाले तिव्र गतिमा गाडि चलाएको र दुवैले हर्न नबजाएकोले नै दुर्घटना भएको हुनसक्ने जनाएको छ ।

माओवादी सांसद भक्तिप्रसाद पाण्डेको अवस्था गम्भीर





नेकपा माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।

क्यान्सर पीडित पाण्डेको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । गत वर्ष भारतमा उपचारका क्रममा पाण्डेलाई क्यान्सर भएको थाहा भएको थियो ।

र, उनको क्यान्सर चौथो स्टेजमा पुगिसकेको थियो । फोक्सोबाट फैलिएको क्यान्सर दिमागसम्म पुगेको चिकित्सकहरुले बताएका छन् । भारतबाट नेपाल फर्किएपछि पनि सांसद पाण्डे अस्पताल बस्ने र डिस्चार्ज हुने क्रम चलिरहेको थियो ।

पछिल्लो समय टिकाको दिन डिचार्ज भएका उनले गाह्रो भएपछि बुधबार विहान अस्पताल भर्ना भएका हुन् ।

बिहीबार नै प्रधानमन्त्री प्रचण्ड, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई लगायतले अस्पताल पुगेर पाण्डेको स्वास्थ्यउ अवस्थाबारे जानकारी लिएका छन् ।

- See more at: http://paschimnews.com/archives/15578#sthash.crEcJUgs.dpuf

मन्त्री गिरीद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण



सङ्खुवासभा । सिँचाइ मन्त्री दीपक गिरीले मादी नगरपालिका–४ मा आज आगलागी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभयो । निरीक्षणका क्रममा मन्त्री गिरीले अग्निपीडित परिवारलाई पुनर्वासको व्यवस्थाका लागि पहल गर्ने आश्वासन दिनुभयो । गएको सोमबार उक्त ठाउँमा आगलागी भई स्थानीयवासी नरेन्द्र गुरुङ, भुवन जिमी, गोपाल जिमी, सुरेश जिमी, बलबहादुर जिमी, रामबहादुर जिमी र मोहनमणि दाहालको घर जलेको थियो । आगलागीबाट पाँच करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गौतम कुमार केसीले बताउनुभयो

अग्निपीडित परिवारलाई बुधबार सांसद दीपक खड्काले जनही रु १५ हजारका दरले सहयोग उपलब्ध गराउनुभएको थियो । आजै, मन्त्री गिरीले सदरमुकाम खाँदबारीमा नेपाली काँग्रे्रसको पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट समेत गर्नुभयो । भेटघाटका क्रममा उहाँले पार्टीलाई एक ढिक्का बनाएर लैजाने वचनबद्धता प्रकट गर्नुभएको थियो । सरकार २०७४ सालभित्र तीनै तहको निर्वाचन सम्पन्न जुटिरहेको बताउँदै उहाँले सबै पार्टी कार्यकर्तालाई चुनावका लागि तयार रहन आग्रह गर्नुभयो ।

चुम्लुङ जापानको एकता घोषणासँगै वलिहाङ तङ्नाम सम्पन्न



जापानको टोकियो,सिन-ओकुबो स्थित बारकाडे नेपाली रेष्टुरेन्टमा 2016,October,30 तारिख आईतबार ,देबि बहादुर इङ्नामको नेत्रृत्वमा किरात याक्थुङ चुम्लुङ,जापानको एकता घोषणासँगै वलिहाङ तङ्नाम गरी दुई चरणको कार्यक्रम सम्पन्न गरिएको थियो ।







पहिलो चरणको वलिहाङ तङ्नाम शुभकामना आदान-प्रदान, कार्यक्रम संयोजक रिद्दि बहादुर तुम्बाहाम्फेको संयोजकत्वमा,चुम्लुङ सचिब लक्ष्मिहाङ आङबोले सन्चालन गरेका थिए भने दोस्रो चरणको औपचारिक एकता घोषणा कार्यक्रम भने, 2016,October,23th मा एकता सम्पन्न भेलाका संयोजक भगिश्वर इङ्नामको संयोजकत्वमा 2016,October,30th मा औपचारिक कार्यक्रम गरी,देबि बहादुर इङ्नामको नेत्रृत्वमा एकता घोषणा गर्दै,तेस्रो अधिबेशनसम्म निरन्तरता गरेर जाने र अधिबेशन संयोजक रिद्दि बहादुर तुम्बाहाम्फे रहने घोषणा गर्यो।



महासचिबमा क्रम:श चन्द्र कुमार जबेगु,भेषराज चेम्जोङ रहने र अन्य पदाधिकारी तथा सदस्य लगायत सल्लाहकारहरू दुबै पक्षका यथावत आ-आफ्नै जिम्मेवारीमा रहने महासचिब चन्द्र कुमार जबेगुले जानकारी गराएका थिए। घोषणा कार्यक्रममा लालधोज मादेम्बाले स्वागत मन्तब्य गरेका थिए। शुभकामना मन्तब्यको क्रममा सल्लाहकार योगेश ईधिङ्गो,मुक्साम लावती,लिम्बू बिद्यार्थी मन्च जापानका अध्यक्ष दुर्गा नेम्बाङ,पूर्बि नेपाल बिकास सहकार्य केन्द्र जापान,ताप्लेजुङका संयोजक कुमार कार्कि,नेपाल जापान डट कमका सम्पादक आनन्द कोईरालाले किरात याक्थुङ चुम्लुङ,जापानको एकता सँगसँगै वलिहाङ तङ्नामको शुभकामना ब्यक्त गरेका थिए।

चुम्लुङ जापानले,जापानमा रहेका सबै लिम्बूहरूलाई एकताबद्द गर्दै, लिम्बू भाषा,धर्म,संस्क्रृति,पहिचानको संरक्षण,संबर्द्दन गर्नमा एकजुट भएर अघि बड्नु एकतानै बल हुने भएको उद्रृत गर्दै,उच्च मनोबलका साथ लागिपर्न सुझाब दिनुहुँदै,प्रमुख अथिती सुमन लिम्बूले धन्यबाद र शुभकामना ब्यक्त गरेका थिए।संस्था एकताले सम्पूर्ण परिवारहरूमा खुशि र उत्साह छाएको महशुष गर्दै,आफ्नो पनी खुशिको ऐतिहासिक दिन भएको अनुभुती ब्यक्त गर्दै,अधिबेशन संयोजक रिद्दि बहादुर तुम्बाहाम्फेले खुशी बाड्दै धन्यबाद दिएका थिए।

2016,October,30th, चुम्लुङ,जापानकै ऐतिहाँसिक एकता दिवस र किराँतीहरूको महान पर्बहरू मध्येको दोस्रो चाडको रूपमा मनाईने वलिहाङ तङ्नामको संयोगले पनी उतिक्कै महत्वपूर्ण रहेकोले,भबिष्यका दिनहरूमा बलिहाङको बिजय उत्सबको आशिर्बाद चुम्लुङ,जापानलाई लागेकोले हामी एक ठाउँमा आउन सफल भएको अध्यक्ष देबि बहादुर इङ्नामले बताउँदै, संस्थालाई यहाँसम्म डोर्याएर साथमा सहयोग गर्दै एकताको अथक प्रयास पछिको परिणामसम्म निरन्तर खटिरहनुहुने भबिन लावती,उज्वल थेबे,भेषराज चेम्जोङ,देबेन्द्र लावती,लालधोज मादेम्बा,सुदीप पालुङ्वा,रिना तिगेला,पदम चेन्जी माबो,लगायत सम्पूर्ण सल्लाहकार, कार्यसमिती महानुभबहरूको सामुहिक प्रयासबाट संस्थालाई एक ढिक्का बनाएर लाने अवसर बन्न/बनाउनमा अतुलनिय भूमिका रहेकोले एकताको श्रेय कर्ता पनी तपाईहरू नै हुने भएकोले धेरै-धेरै धन्यबाद दिदै,अथिती लगायत सम्पूर्ण महानुभबहरूलाई वलिहाङ तङ्नामको शुभकामना ब्यक्त गरेका थिए।

कार्यक्रम सन्चालक महासचिब भेषराज चेम्जोङले संस्था एकताको अर्थ र मर्मले सबैको परिभाषा प्रकास पार्ने भएकोले,हामी सबैले मनन गर्दै,सामाजीक सद्भाबको बिचार र भावनाले ऐक्यबद्दता अपनत्व गर्दै,सही गन्तब्यको ड्राईभ हुने बिश्वास गर्दै,अबका दिनहरूमा केही प्रृथक उच्च मनोबलका साथ अघि बड्न प्रेरित गरेका थिए।तेस्रो अधिबेशन भने,2017 को जनवरी भित्रमा हुने, तर अधिबेशन मिती भने कार्यसमितीको बैठकले तय गर्ने भेषराज चेम्जोङले उद्घोष गरेका थिए।

कार्यक्रममा देबेन्द्र लावती र लालधोज मादेम्बाले बेजोड मनोरन्जनात्मक प्रस्तुतीहरू देखाएका थिए। लालधोज मादेम्बाले राजनैतिककर्मिहरूको क्यारीकेचर गरेर मन्त्रमुग्ध बनाएका थिए भने, देबेन्द्र लावतीले तिब्र केलाङको तालमा लारिङ्गेक,नाम्लिङ्गेकको लिम्बू संस्कार मुन्धुम अनुसार माहुलको उत्साहनै रोमान्चक बनाएको थिए।यसरी लारिङ्गेक,नाम्लिङ्गेक खेलेपछि,स्वैच्छिकरूपमा नाङलोमा बिभिन्न परिकार सेलरोटी,दियो कलासको दक्षिणा राखिसकेपछि लिम्बू मुन्धुम अनुसार मुक्साम लावतीले आशिर्बाद दिदै बिट मारेका थिए।लिम्बू जातीको संस्कार धाननाच लिम्बू पहिरनमा सजिएका ठुलो समूहको गोलो घेरामा पालाम भन्दै नाचेको प्रस्तुती निक्कै नै मार्मिक थियो।

पालाममा भने योगेश ईधिङ्गोलाई सहकर्मि देबेन्द्र,लालधोज लगायत समूहले साथ दिएका थिए। किरात याक्थुङ चुम्लुङ,जापानको एकता घोषणा तथा वलिहाङ तङ्नामको औपचारिक कार्यक्रममा उत्साहपूर्ण सहभागी भई सम्पन्न गर्न सहयोग गर्नुहुने अथिती लगायत सम्पूर्ण महानुभबहरूलाई बिशेष धन्यबाद र वलिहाङ तङ्नामको शुभकामना ब्यक्त गर्दै, संयोजक भगिश्वर ईङ्नामले समापन गरेका थिए।

सुत्केरी महिलालाई सडकमा पैदल हिडाएर मुर्खर्जीको स्वागतमा जुटेको प्रचण्ड सरकार



काठमाडौं १८ कार्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै राजधानीमा अघोषित कर्फ्यु लाग्यो । सडकमा नेपाली सेनाले स्थल गस्ती गरेको थियो भने आकाशमा हेलीकोप्टरले हवाइ गस्ती गरेको थियो ।


मुखर्जीको सवारी हुने रुटमा सडक ठप्प बनाइको थियो । पैदल यात्रीलाई समेत सडकमा हिँड्न दिइएको थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिनामंगल, तीनकुने, वानेश्वर, माइतीघर हुँदै राष्ट्रपति भवन जाने क्रममा सडक ठप्प पारिएको थियो ।सरकारले मुखर्जीको सबारीलाई मात्र ध्यान दियो तर आफ्नै देशका बिरामी आसय र सुत्केरी लाई समेत बेवास्ता गर्दै यातायात ठप्प पर्दै नेपाली जनता दुख दिनेकाम गर्यो ।



सुत्केरी र बिरामीहरु सरकारले गरेको यातायात बन्दको कारणले सडकमा पैदल हिँडिरहेका थिए । सुत्केरी महिलालाई सडकमा पैदल हिडाएर स्वागतमा जुटेको सरकार संग नेपाली जनताले के आशा राख्ने रु नेपाली जनता को स्वास्थ्य संग पनि खेलबाड गर्ने गरि गरिएको सबारीसाधन बन्दले गर्दा कयौ सर्वसाधारण मर्कामा परेका थिए ।

सडकमा पैदल हिँडिरहेका पैदलयात्रुहरुलाई मूल सडकमा निस्कन रोक लगाइएको थियो । कतिपय घरहरुका छतबाट मुखर्जीको सवारी हेर्न बसेकाहरुलाई समेत प्रहरीले हटाएको थियो ।

पाँचथर र धनकुटाको सीमानामा रहेको बुधबारेका स्थानीय मर्कामा



कविन्द्र शेर्मा , पाँचथर । पाँचथर र धनकुटाको सीमानामा रहेको ६ नम्बर बुधबारे पाँचथर सदरमुकाम फिदिमदेखि २० कोष टाढा छ । जिल्लाको सीमावर्ती गाविस दूरदिम्बा वडा नम्बर १ र धनकुटा जिल्लाको वडा नम्बर ६ मा अवस्थित बुधवारेका स्थानीय अहिले सम्वन्धित जिल्लाका राजनीतिक दल र सरकारी कार्यालयको वेवास्ताका कारण विभिन्न सेवा लिनबाट बञ्चित भएका छन् ।

पाँचथर र धनकुटाको सीमानामा रहेको ६ नम्बर बुधबारेमा जिल्ला प्रहरी कार्यालय धनकुटाले प्रहरी चौकी त राखेको छ तर चौकीले धनकुटाका नागरिकको मात्रै शान्ति सुरक्षामा मात्र ध्यान दिने गरेको पाँचथरवासीको गुनासो छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले त्यस गाविसमा प्रहरी चौकी नराख्दा त्यस क्षेत्रका स्थानीय ६ घण्टाको पैदल दूरीमा रहेको लिम्बा गाविसमा अवस्थित खान्द्रोङ प्रहरी चौकी धाउन वाध्य छन् । पाँचथरबासीको तर्फबाट पटक पटक प्रहरी चौकी माग गर्दा पनि गृह मन्त्रालयले कुनै वास्ता नगरेको स्थानीय गणेश वाजी वताउनुहुन्छ ।

धनकुटाको नेपाली सेना पनि पाँचथरको जग्गामा बसेर धनकुटाबासीको सेवामा तल्लीन छ । यस ठाउँका स्थानीयले घर जग्गा खरिद विक्री गरी जग्गा रजिष्ट्रेशन गर्नुप¥यो भने दुवै जिल्ला मालपोत कार्यालय धाउनुपर्ने वाध्यता छ । आधा जग्गा पाँचथर र आधा धनकुटामा पर्ने हुँदा दुवै मालपोत कार्यालयमा गएर जग्गा पास गर्नुपर्ने उनीहरुको गुनासो छ । ऐतिहासिक र पर्यटकीय स्थलहरु समेत रहेको ६ नम्बर बुधबारेलाई एकले अर्को जिल्लाको मुख ताकेर वस्ने गर्दा आफूहरु मर्कामा परेको स्थानीय हेमकर्ण तुम्साले बताउँनुभयो ।

यस क्षेत्रमा सडक पुगे पनि स्तरोन्नति नहुँदा बर्खाको समयमा प्राय बन्द नै हुने गर्दछ । यस क्षेत्रका स्थानीय सदरमुकाम फिदिम आउनुपर्दा मोरङको लेटाङ हुँदै उर्लाबारी, त्यसपछि झापा, इलाम हुँदै आउनुपर्ने समस्या छ । राँके रवि हुँदै ६ नम्बर बुधबारेको सडकको कालोपत्रे चाडो भइदिए आफूहरुलाई सहज हुने स्थानीय कर्ण लिम्वूको भनाई छ ।

दुई जिल्लाको साँधका रुपमा रहेका बुधवारेका स्थानीयहरु सरोकारवाला निकायको बेवास्ताका कारण वर्षौंदेखि सास्ती भोग्न बाध्य छन् । तर यसबारेमा पटक पटक गुनासो राख्दा पनि कतैबाट सुनुवाई नभएपछि उनीहरु थप चिन्तामा छन् ।

मेची–महाकाली ज्योतिर्लिङ्ग यात्रा


काठमाडौँ, कात्तिक । मुलुकमा शान्ति तथा स्थायित्व कायम गर्ने उद्देश्यले शिव सेना नेपालले मेची–महाकाली ज्योतिर्लिङ्ग यात्रा गर्ने भएको छ ।


यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ज्योतिर्लिङ्ग यात्रा समितिका संयोजक अरुण सुवेदीले आदि तथा अनादिकालदेखि नेपालमा सनातन वैदिक परम्पराको अभ्यास तथा पहिचानलाई कायम गर्न सकेमा मुलुकमा शान्ति तथा स्थायित्व कायम हुने बताउनुभयो ।

उहाँले यही कातिक २१ देखि पशुपतिनाथ मन्दिर परिसरबाट यात्रा सुरु गर्न लागिएको जानकारी दिँदै सम्पूर्ण नेपालीकाबीच सामाजिक सद्भाव तथा कल्याणका सन्देश प्रचार गर्न सो यात्रा महत्वपूर्ण हुने बताउनुभयो ।

अभियान पहिलो चरणमा पहाडका करिब ४० जिल्लामा धर्म जोगाउन, हिन्दू राष्ट्र संरक्षणका लागि प्रचार गरिने र त्यसपछि बाँकी जिल्लामा सो अभियान सुरु गरिनेछ । सो यात्राअन्तर्गत हिन्दू धर्मावलम्बीको पवित्र धार्मिक ग्रन्थ गीताको प्रचार तथा सो ग्रन्थ वितरण गरी हिन्दू दर्शनको ज्ञानकाबारेमा प्रवचनसमेत गरिने छ ।

के लेखे पशुपतिनाथको आगन्तुक पुस्तिकामा भारतीय राष्ट्रपति मुखर्जीले ?

मन्दिरलाई सांस्कृतिक धार्मिक र ऐतिहासिक महत्वको स्थान भन्दै उनले नेपाल भारत पशुपतिनाथ धर्मशाला परियोजनाको स्थापनाका लागि भारत सरकारले गरेको सहयोगमा प्रसन्नता व्यक्त गरेका छन्। आगन्तुक पुस्तिकामार्फत् पशुपति मन्दिर आसपासमा घाटको पुनर्निर्माण र नवनिर्माण गर्न भारत सरकारले सहयोग गर्ने घोषणा समेत मुखर्जीले गरेका छन्।काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाएकोमा प्रसन्नता व्यक्त गरेका छन्। उनले पशुपतिमा रहेको आगन्तुक पुस्तिकामा पशुपतिको विशेष पूजा गर्दा आफूलाई आनन्द महसुस भएको उनले लेखेका छन्।

पोखरामा भारतीय राष्ट्रपति मुखर्जीको पोखरा नजादै हुन् थाल्यो अपमान, लागि सक्यो ठुलो झड्का



पोखरा,१८ कात्तिक । पोखरामा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतार्थ बनाइएको स्वागतगेट तोडफोड भएको छ । गएराति अज्ञात समूहले गेट तोडफोड गरेका हुन् ।
शुक्रबार हुने राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणका क्रममा स्वागतका लागि इन्द्रचोक नजिकै बनाइएको स्वागत गेट तोडफोड गरिएको हो ।



स्वागत छ पोखरामा भनेर लेखिएको फ्लेक्स च्यातिएको छ भने राष्ट्रपति मुखर्जीको फोटो पनि च्यातिएको छ । तर प्रहरीले भने सामान्य च्यातिएको बताएको छ । ‘सामान्य च्यातिएको हो, तर यो इन्टेनसनल्ली भएको देखिदैन’, कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले भने ।

यसैबीच, सो स्थानमा च्यातिएको फ्लेक्स निकालेर नयाँ फ्लेक्स लगाइसकिएको छ । फ्लेक्स च्यातिएको खबर पाएलगत्तै पुगेको प्रहरी टोलीले तुरुन्तै नयाँ फ्लेक्स लगाएको हो ।

अण्डाको उत्पादन घट्यो



चितवन, १८ कात्तिक । नेपालमा विगत एक दशकयता वैधानिक रुपमा बिक्री गर्नका लागि छिमेकी मुलुकबाट अण्डा आयात गरिएको छैन ।

देशको उत्पादनले माग धानिरहेको व्यवसायीले बताइरहेका छन् । सरकार औपचारिक रुपमा नेपाल अण्डामा आत्मनिर्भर भएको भनेर घोषणा गर्ने तयारीमा छ । तर यतिबेला अण्डाको उत्पादन भने निकै घटेको छ ।

सरकारको तथ्याङ्क अनुसार ६४ जिल्लामा २१ हजार ९५६ फार्म,किसाने व्यावसायिकरुपमा कुखुरापालन गरेको पाइएको छ । मुलुकमा करिब ६९ लाख अण्डा उत्पादन गर्ने लेयर्स कुखुरा पालिँदै आएको छ । चितवनमा मात्रै ४० लाख ६८ हजार लेयर्स कुखुरा पालिएका छन् । यो कुल सङ्ख्याको ५८ दशमलव प्रतिशत हो ।

त्यस्तै, मुलुकमा गत आवमा एक अर्ब २० करोड २१ लाख ६६ हजार गोटा अण्डा उत्पादन भएको अनुमान गरिएको छ । चितवनमा ८१ करोड १९ लाख वटा अण्डा उत्पादन गरिएको थियो । यो देशको कुल उत्पादनको ६८ प्रतिशत हुन आउँछ ।

तर पछिल्लो समयमा अण्डा उत्पादनमा ह्रास आएको छ । नेपाल अण्डा उत्पादक सङ्घका महासचिव त्रिलोचन कँडेल चितवनमा अण्डाको कुल उत्पादनको ३० प्रतिशत ह्रास आएको बताउनुहुन्छ । देशभरको तथ्याङ्कलाई हेर्दा २५ प्रतिशतले अण्डा उत्पादनमा कमी आएको छ ।

जिल्लामा अण्डा उत्पादन गर्ने क्रम घट्दो छ भने बाहिरी जिल्लामा अण्डा उत्पादन बढ्दै गएको छ । मुख्य रुपमा नाकाबन्दीको समयमा किसानले खोरमा चल्ला हाल्न नपाउँदा समस्या भएको महासचिव कँडेलले बताउनुभयो । अण्डा पार्ने कुखुराको चल्ला उत्पादन गर्ने माउ ९प्यारेन्ट० तेस्रो मुलुकबाट ल्याउनु पर्ने हुन्छ । नाकाबन्दीले चल्ला बिक्री नभएपछि ह्याचरी उद्योगले चल्ला पुर्ने र चल्ला नै उत्पादन नगरी अण्डा नष्ट गर्न बाध्य भएका थिए । यसको प्रभाव आउँदो असार महिनासम्म पर्ने पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराई बताउनुहुन्छ ।

नेपाल विगत १२ वर्षदेखि अण्डामा आत्मनिर्भर रहेको भन्दै डा भट्टराईले अण्डा घटेका बेला सरकारले आत्मनिर्भर घोषणा गर्न लागेको बताउनुभयो । उहाँले तथ्याङ्क संयोजन मात्रै अहिले गरिएको बताउनुभयो । जग्गाको मूल्य अस्वाभाविक वृद्धि भएका कारण पनि व्यवसायीले फार्म गरिएको जग्गा प्लटिङ गरेर बिक्री गर्ने, कुखुरा पाल्ने साना किसान जग्गाको व्यापारमा दौडिने गर्दा उत्पादनमा कमी आएको व्यवसायीको भनाइ छ ।

पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट कुखुरामा देखिने रुघाखोकी एच ९ को खोप ल्याउन नपाउँदा कुखुरा मरेर उत्पादन घटेको बताउनुहुन्छ । “सरकारले कुखुरालाई अत्यावश्यक पर्ने खोप ल्याउन नदिँदा व्यवसाय प्रभावित बनेको हो,” उहाँले भन्नुभयो । अण्डाको उत्पादनमा कमी आएसँगै माग बढेको छ भने मूल्यमा पनि वृद्धि भएको छ । अण्डाको फार्म मूल्य प्रतिक्रेट रु ३२५ देखि रु रु ३०० रहेको छ ।

दुई महिनादेखि महानिर्देशक नहुँदा महत्वपूर्ण काममा समस्या



काठमाडौँ, १८ कात्तिक । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा दुई महिनादेखि महानिर्देशक नहुँदा महत्वपूर्ण काममा समस्या हुने गरेको छ ।

विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य भदौ २१ को मन्त्रिस्तरीय निर्णयअनुसार वन विभागको महानिर्देशक भएर सरुवा भएपछि उक्त विभाग महानिर्देशक विहीन बनेको हो ।

विभागका प्रवक्ता किशोरकुमार मेहताले महानिर्देशक नहुँदा विभागको महत्वपूर्ण निर्णय गर्न अप्ठ्यारो हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र संरक्षण क्षेत्रका प्रमुखले गरेका कतिपय निर्णय सच्याउनुपर्ने हुन्छ यस्तो अवस्थामा महानिर्देशक नहुँदा समस्या पर्ने गरेको छ ।”

महानिर्देशक नहुँदा विभागलाई कुन रुपले अगाडि लैजाने, कुन नीति तथा कार्यक्रमलाई प्राथमिकता दिने भन्नेबारेमा समेत निर्णय लिन गाह्रो भएको प्रवक्ता मेहता बताउनुहुन्छ ।

विभागमा हाल गोपालप्रसाद भट्टराईलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ । महानिर्देशक नहुँदा दैनिक पाँच÷सातजना सेवाग्राही फर्कने गरेको विभागले जनाएको छ ।

कति हाँस्नु :D तेरी छोरी च्याखुरी भन्दा च्वाँक भित्राउछु भन्छन धुर्मुस, भिडियो ले हाँसो रोक्न गार्हो हुने भो :) भिडियो सहित


Sita Ram Kattel(Dhurmus) Comedy


Meri Bassai is a Nepali sitcom television series that began in 2006. It is one of the most viewed television programs in Nepal. Sitaram Kattel[2] is the script writer, co-director and one of the major actors of this sitcom. The most interesting fact of this sitcom is that Sitaram Kattel has performed more than 24 roles alone due to which he has been considered as one of the Nepal’s most talented and best comedian ever.Meri Bassai revolves around the daily happenings of a small village in hilly region of Nepal.

Generally, Sitaram Kattel as Dhurmush does some bad evils like theft or lies everybody in villages. Everytimes he escape from punishment and at last when he is caught, he is put at prison in “Thokthake Prahari Chauki”, Kusunde by Himal Ashahi. But somehow he escapes from the jail. At last he learns lesson from that but continuous his next crime. His wife Suntali and his father tells him not to do so.Kedar Ghimire as Magne Budho always borrows things from others. He has no front teeth and always says “aile lattale dera bariko patama puryaidinxu.”Kunjana Ghimire plays as Suntali, Dhurmush’s wife as she is his wife in reality. She also plays as Fatauri amai who always ask money or goods from others and the most talkative in those villages.

तिहारको दिन काश्मिरले लियो २१ बर्षीय नेपाली यूवाको ज्यान, भारतले लास पनि दिन मानेन -हेर्नुहोस भिडियो सहित


Nepali Man killed in India Kashmir


The least four protesters had been killed and 60 injured in Indian-administered Kashmir Saturday after thousands defied a curfew following the death of a pinnacle insurrection commander, officers said.Clashes unfold throughout the disputed territory as protesters indignant at the killing on Friday of Hizbul Mujahideen (HM) leader Burhan Wani torched police stations and threw rocks at army camps inside the south of the restive place.“four have died of bullet wounds and 60 injured have been introduced in up to now, six of them are in a critical situation,” a group of workers member at a hospital inside the southern city of Anantnag informed AFP, asking to stay nameless.
Wani, a 22-year-old commander of Kashmir’s biggest rebellion organization HM, became killed along with two other rebels during a short gun war with authorities forces.government handed the frame of Wani, considered via locals as a hero since he joined the rebel institution on the age of 15, over to his family early Saturday morning.He changed into buried as tens of hundreds attending the funeral chanted independence slogans and suspected rebels fired pistol shots in his honour, witnesses stated.“It was a sea of people shouting slogans in favour of freedom from India,” one stated.

गोली काण्डमा संलग्नहरु पक्राउ, आर्थिक लेनदेनका कारण गोली चलेको खुलासा



सन्तोष काफ्ले ,इटहरी । सुनसरीको इटहरीमा मंगलबार भएको गोली काण्ड आर्थिक लेनदेनका कारण भएको खुलेको छ । इलाका प्रहरी कार्यालय इटहरीले गोली काण्डमा संलग्नहरुलाई पक्राउ गरे सगै यो रहस्य खुलेको हो । तर प्रहरीले घटानाका मुख्य नाइकेलाई भने पक्राउ गर्न सकेको छैन ।


इटहरी २४ स्थित तरहरामा रहेको भोजपुरे होटलमा गोली चलाउने भोजपुर नेपालडाँडाका मिसन बिष्टसगै उनलाई भगाउन सहयोग गर्ने उदयपुर त्रियुगा नगरपालिकाका प्रसान्त कार्की र हतियार लुकाउन सहयोग गर्ने विराटनगर उपमहानगर पालिकाका अंकित कुमारलाई पक्राउ गरि सार्वजनिक गरेको छ । संखुवसभाको खादबारी नगरपलिका २ ठेगान तथा रबिन्द्र थापा नाम लेखाएका विष्टले मंगलबार धनकुटाको चानुवा ५ का तोर्ण पौडेलमाथि अन्धाधुन्द गोली प्रहार गरेका थिए । विष्टले अन्धाधुन्द गोली चलाउदा पौडेलसगै होटल सञ्चालक जंगमान राई घाइते भएका थिए । घाइते पौडेल घटानाका योजनाकार भनिएका बद्रि रिजालबीच आर्थिक कारोबार रहको र रिजालले विष्टलाई नगद दिइ पौडेल माथि गोली हान्न लगाएको प्रारम्भिक अनुसन्धानवाट खुलेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी नरेश राज सुवेदीले जनाकारी दिनुभयो ।
घटनाका मुख्य योजनाकार भनिएका रिजाल फरार रेहेकोले उनको खोजी भइरहेको तथा पक्राउ परेकाहरुलाई हातहतियार खर खजना ,संगठित अपराध तथा ज्यानमार्ने उद्योगमा समेत मुद्धा चलाइएको डिएसपी सुवेदीको भनाई छ । पक्राउ परेका विष्टले यस अघि पनि गत असोजमा १० हजार लिएर भोजपुरमा अन्धाधुन्द गोली चलाएर फरार रहेको तथा यो घटानमा समेत अग्रिम २० हजार लिएर गोली चलाएको प्रहरीले जनाएको छ । घाइते दुवै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पछि घर फर्किएका छन् । घाइते मध्ये होटल सञ्चालक राईलाई तीन ठाउमा गोली लागेको छ । उहाँको देब्रे छातिदेखि माथिको भाग, छातीदेखि एक इन्च तल र पेटमा गोली लागेको छ भने घाइते पौडेलेका दाहिने हातको पाखुरामा दुई वटा गोली र दाहिने खुट्टामा एक गोली लागेको छ ।

Tuesday, November 1, 2016

भाइको चिठ्ठी दिदीलाई



कार्तिक ८, २०७१-प्यारी दिदी,

अर्थोक केही गर्न नपाए पनि, सुदूर देशमा बसेर, यसपालिको तिहारमा पनि तिमीलाई खुब सम्झिरहेको छु। भौगोलिक दूरी जतिसुकै टाढा किन नहोस् ? माया त आफ्नै शरीरमा भएको छातीभित्रै रहिरहने रै'छ। चार वर्ष भएछ, तिमीसँग भेट हुन नपाएको। हिजोआज तिहार केवल सम्झनामा मात्र सीमित हुन थालेको छ। फेसबुक, स्काइप र आक्कलझुक्कल सपनामा मात्र छ्यौ तिमी।

सुदूर देशमा आएर पाएको के छु ? हिसाबकिताब गर्न मन लाग्दैन। गुमाएको के छु ? गनेर साध्य छैन। बाल्यकालमा तिमीसँग बितेका हरेक तिहारलाई सम्झँदै धित मार्नु र टीकाको दिन फेसबुकमा दुनियाँले हालेका तस्बिर हेरेर एकपल्ट तुरुक्क आँसु चुहाउनु मेरा विगतका चारवर्षे तिहारका बाध्यता हुन्।

साँच्ची ! कत्ति रमाइलो हुन्थ्यो हगि हाम्रो गाउँको तिहार ? हामी दुवैलाई दसैंभन्दा पनि तिहार मन पथ्र्यो। तिमी महिनौ अघिदेखि तिहारलाई भन्दै सयपत्री र मखमलीको बीउ छथ्र्यौं। करेसाबारीभरि फुलेको सयपत्री मेरो भाइलाई भन्दै साँच्थ्यौ। सयपत्री त्यतिबेला करेसाबारीमा भन्दा तिम्रो मुहारमा बढी फुलेको देख्थें म। भैली खेल्न जाने बेलामा म तिम्रो पछिपछि लाग्थेँ। मेरो केटाकेटीपन—एकपटक तिमीहरू भैली खेल्न जाँदा, तिम्रो जामा चोरेर लगाइ पछिपछि लागेको थिएँ। तिमी र तिम्रा साथीहरू मिलेर कम्ती जिस्काएका थिएनौ मलाई ! रातभरि भैलो खेलेर कमाएको पैसा भाइका लागि भनेर छुट्याउँथ्यौ, मलाई मन पर्ने मिठाईहरू, अनि मेरै रोजाइका लुगा किनिदिन्थ्यौ। बरु म नालायक ! तिमीलाई आमाले दिनुभएको दक्षिणामाथि पनि भ्रष्टाचार गर्थें म। तिमीले कहिल्यै गुनासो गरिनौं।

दिदी, तिमी मेरी दिदी मात्र थिइनौं। आमा थियौ, गुरु थियौ, साथी थियौ। कसरी सहन सकौं त प्रत्येक तिहारमा यति धेरै व्यक्तित्वकी धनी तिमीसँगै हुन नपाउँदा। कसैसँग झगडा परे सबैभन्दा पहिले आएर तिमीलाई सुनाउँथें। म स्कुल जाने बेलामा केशमा चिपिक्क तेल लगाएर कोरिदिने तिमी थियौ। मेरो स्कुलमा गएर फिस तिरिदिने पनि तिमी थियौ। म म्याथमा फेल हुन्थें। मलाई म्याथ सिकाएर पास गराउने पनि तिमी नै थियौ। मलाई कसैले केही भने झगडा गर्ने पनि तिमी। तिमीले आफूलाई कहिल्यै सानी बनाएनौ। सधैं परिपक्वझैं, प्रौढझैं आफूलाई प्रस्तुत गर्‍यौ। मलाई पनि केही कुराको डर लाग्दैनथ्यो, जब म तिमीसँग हुन्थें।

त्यहाँ सयपत्री फुलेका होलान्, म यहाँ ओइलाइएको छु। सबैतिर झिलिमिली होला, म पूरै निभेको छु। मनमा चर्को लोडसेडिङ छ। सबैले निधारमा इन्द्रेणी टाँसेर हिँडेका होलान्, म फिक्का-फिक्का छु। गलामा सयपत्री र मखमली झुण्ड्याएर हिँडेका होलान्, म फगत परिचयपत्र झुण्ड्याएर ड्युटी जाँदैछु। चोक-चोकमा मादल घन्किएको हुँदो हो। तन्नेरीहरू देउसी र भैलो खेल्न जाने तयारी गर्दै होलान्, म भने ड्युटी जाने तयारी गर्दैछु।

रहरहरू ओखरजस्तै फुटे। छिनमै उज्यालिन्छन् आशाहरू झिरझिरेजस्तै अनि छिनमै निभ्छन्। किन बलिरहन सक्दैनन् दियोजस्तै ती आशाहरू ? किन मखमलीजस्तै नओइलाई बस्न सक्दैनन् खुसीहरू ?

मिस गरिरहेछु दिदी तिमीले पकाएको सेलरोटीको गन्ध। मिस गरिरहेछु तिम्रो कोमल हातले स्पर्श गरेको मेरो खाली निधार। खुब मिस हुन्छन्, देउसी खेल्न जाने साथीहरू। मोबाइलको रिंङ्गटोन सुनेर चित्त बुझाउनुपरेको छ देउसी रे को धुन। तिहारका पुराना तस्बिर हेरेर हाँस्छु, क्षणभरलाई भए पनि। चार वर्ष अघि खिचिएको तिमीसँगको तस्बिरलाई हरेक वर्ष यसैपालिको हो झैं पारेर फेसबुकमा पोस्ट गरेर आत्मरतीमा रमाउने गरेको छु। मेरी दिदी, तिमी मलाई पूजा गर्दा, यमराजलाई त मरिगए लान दिन्न भन्थ्यौ। तर खै, यमराजले नलगे पनि त्यस्तै अर्थोक के ले हो, तानेर, अझ चुँडाएरै लगेछ तिमीबाट। चाहेर पनि र्फकन नसक्ने गरी। सायद, देशै छाडेर जानुको सजाय भोग्नु परेको हुँदो हो। मलाई माफ गर मेरो देश। माफ गर मेरी दिदी। यसपालिको तिहारमा पनि आउन सकिनँ है !

तिम्रो प्यारो भाइ

तिहारका अनेक दाउ



समय र उमेरसँगै हरेक कुरालाई हेर्ने दृष्टिकोण बदलिँदै जान्छ । ठूलाबडाहरू भन्छन्, जे पनि केटाकेटी छँदै रमाइलो । नेपालमा मनाइने सबै चाडवाडका आ–आफ्नै विशेषता छन्, चाहे ती जुनसुकै धर्म र सम्प्रदायका किन नहुन् ! तिहार त्यस्तै विविधताले भरिएको चाड हो । यसको सांस्कृतिक विशेषता त आफ्नै छ, साथै तिहारमा हुने आर्थिक चलखेल, धनको पूजा एवं खेलवाडले पनि मानिसको मनोविज्ञानमा तरंग ल्याउँछ । तिहार घरका केटाकेटीदेखि लिएर बूढाबूढीसम्मलाई उत्तिकै लाग्छ । केटाकेटी छँदा देउसी–भैलो खेलेर पाइएको आफ्नो भागको पैसा समात्नुको मज्जा बेग्लै हुन्छ । ठूलो वा धनीको घरमा देउसी–भैलो खेल्दा धेरै पैसा दिन्छन् भन्ने मनोविज्ञान हुन्छ । धेरैले धक र मन फुकाएर दिन्छन् पनि, तर कतिले मैले त यति दिएँ नि भनेर रवाफ देखाउन पनि बढी पैसा दिन्छन् ।


कतिले चाहिं सम्पन्नै भए पनि हैसियतअनुसार दिन पनि कन्जुस्याइँ गर्छन् । देउसी–भैलो खेल्दा कसले कति राम्रो वा मीठो शब्दले भट्याएर वा गाएर घरबेटीलाई प्रभावित पार्न सक्छ त्यसले पनि दक्षिणा कति झर्छ भन्ने निर्धारण गर्छ । अन्तिममा दिइने आशीवार्दले पनि सकारात्मक भाव उत्पन्न गराउँछ ।



केटाकेटी छँदा थोरै पैसा दिए भने वा ढोका खोलेनन् भने आशीर्वादको ठाउँमा भुतभुताउँदै हिंड्नु वा उपद्रो गर्नुको रमाइलो पनि बेग्लै हुन्छ । कति घरबेटीमा चाहिं पैसा दिनुपर्छ भनेर निदाइसकेको बहाना बनाएर बेवास्ता गर्ने बानी हुन्छ । सम्पन्न घरमा जाँदा पैसा धेरै संकलन गर्न दस जनाको समूह छ भने पाँच/पाँच जना भएर बेग्ला–बेग्लै देउसी खेल्ने जुक्ति पनि धेरैले लगाउँछन् ।



तिहारमा जुवा–तासमा रमाउने वयष्कहरू पनि उत्तिकै हुन्छन् । अहिले गैरकानुनी मानिन्छ, तर राणाकालमा त तिहार सुरु भएपछि जुवा फुकुवा गर्ने चलन थियो । रमाइलो गर्न चाडका बेला सीमित स्तरमा खेल्ने चलन एकातिर छ भने घरखेत नै जुवामा हारेर विचल्ली भएका उदाहरण पनि उत्तिकै सुन्न पाइन्छ ।



अझ बूढापाकाहरू त महाभारतमा जस्तै फलानाले श्रीमतीसमेत जुवामा हारेर फलानोले लगेको हो नि भनेर कहानी सुनाउन पछि पर्दैनन्, जुन कदापि राम्रो होइन । जुवातासमा सबैलाई जितौंला भन्ने नै हुन्छ । जुवा खेल्ने क्रममा जित्नेलाई अझ जितौं भन्ने लाग्छ भने हार्नेलाई भुइँको टिपौंला भन्दाभन्दै गोजीको पनि रित्तिइसक्छ ।


सानो खेल खेल्दा होस् वा ठूलो खेल खेल्दा उमंग र तनाव उस्तै हुन्छ । कत्तिको चाहिं अरूले खेलेको हेरेर धीत मार्ने बानी हुन्छ । कतिको जितौरी पाइएला भनेर जित्नेको छेउमा बस्ने उसको पैसा गन्दिने, चिया–चिसोको चाँजो मिलाइदिने बानी हुन्छ । जुवामा च्याँखे थापेर रमाइलो गर्नेहरू पनि उत्तिकै हुन्छन् । दसैं–तिहारमा लङ्गुर–बुर्जा खेल्ने चलन पनि छ ।



केटाकेटी तथा पाका उमेरकाहरू यसमा अलि बढी रमाउँछन् । पहिले त महिलाले जुवातास खेल्न हुँदैन भन्ने थियो, तर समयक्रमसँगै हिजोआज तास खेलेर आनन्द लिन महिलाहरू पनि पछि पर्दैनन् । खेलसँगै मदिरा सेवन गर्ने बानी पनि धेरैमा हुन्छ जसले उत्तेजना बढाएर झगडासमेत निम्त्याउन सक्छ । ख्यालख्यालमै खेलले हिंसात्मक मोड लिएका कैयन् उदाहरण छन् ।



त्यसैगरी बजारमा व्यापारीहरूको दाउ भने कसरी फूलमाला, मरमसाला, फलफूल, झिलीमिली बत्ती, पटाका, कपडा, मदिरा आदिको व्यापार बढाएर पैसा कमाउने भन्ने हुन्छ । चाडवाडमा धेरैले धक फुलाएर खर्च गर्ने भएकाले अनेक खालका छुट दिएर व्यापारीहरूले ग्राहक आकर्षित गर्छन् । सहरबजारका व्यापारिक स्थलमा लाखौं खर्च गरेर सिँगारपटार गर्ने तथा झलमल्ल पार्ने होडबाजी नै चल्छ ।



लक्ष्मीपूजा गरे धन बढ्छ भनेर घर, कार्यस्थलको सरसफाइ गरी साँझ पूजाआजा गर्ने चलनले धेरै मानिसमा धनको लालसा हुन्छ भन्ने देखाउँछ । नेपालमा हिन्दूहरूको बाहुल्य भएकाले दसैंतिहारमा अर्थतन्त्र चलायमान हुन्छ र सबैमा यही मौकामा कमाउनुपर्छ भन्ने ध्याउन्न हुन्छ ।



भाइटीका लगाउँदा दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा दिने चलन छ, तर नचाहिंदो रवाफ देखाउनुचाहिं आडम्बर सिवाय केही होइन । पैसा र उपहारका लागि भन्दा पनि दिदीबहिनी एवं दाजुभाइमा आपसी प्रेम तथा भावनात्मक सम्बन्धलाई बलियो बनाउन तिहारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।


खाए पनि खेले पनि रमाइलोका लागि हो भने हानि गर्दैन तर स्वास्थ्य नै बिग्रने गरी परिवार र आफैंलाई तनाव हुने गरी खानु–खेल्नु तथा परिवार–समाजमा कलह निम्त्याउनु एवं झैझगडा गर्नुचाहिं कसैको हितमा हुँदैन । कमाउने सबैको दाउ हुन्छ तर दाउ हान्दैमा पर्छ नै भन्ने छैन । चाडबाडका मौलिकतालाई संरक्षण गर्दै स्वस्थ तरिकाले कमाउने र चाडबाड मनाउने संस्कारको विकास गरौं— सबैलाई तिहारको शुभकामना ।

बाख्रो चर्ने बन छैन , बोल्न पनि मन छैन !



– इश्वर देवकोटा

गाइ चराउने चउर
बाख्रो चर्ने बन छैन
बोल्न पनि मन छैन !!

तामे ताउलो काँ पर्यो
कुँडो पानी घोल्नुछ
क्यै न क्यै त बोल्नुछ !!


तागत छैन गल्या छ
भित्र भित्रै जल्या छ
मनमा आगो बल्याछ !!

अलि अघि सरेर
ज्यानमा जोश भरेर
गाऊ गमक्क परेर !!

ढुङ्गोलाई दुध तुर्क्याउछौ
कहिले चाहिं घुर्क्याउँछौ
आज फेरी फुर्क्याउँछौ !!

लौन मलाई सिध्या’ हो ?
तिम्रो आरोप मिथ्या हो
मेरो मनै रित्या’ हो

डढ्यो मकै भुटेको
बिर्स्या छैन दुखेको
सपनीमा कुटेको !!

नामले साथ द्यो भनेर
माग्छौ भजन गनेर
कति गाउँ त कनेर ?

दिनमा सुर्य छउन्जेल
रातमा चन्द्र रहुन्जेल
तनमा प्राण बहुन्जेल !!

कम्पुटरमा बेट्री गो !
च्याटको लईन रेट्टी गो
बरु पाँच रूप्पे भेटी भो !

सिसाकलम चुच्चो भो
समय नि छुच्चो भो
कति सारै लुच्चो हो !!

आफ्नो भाको सान झर्यो
मैले हार्या भान् पर्यो
मोबाइल तिर ज्यान सर्यो

शत्रु लाग्छन यस्तै
सोचे कतै व्यस्तै हो
के गर्ने त त्यस्तै हो !!

मोबाइल ले घात गर्छ
युनिकोडले लात मार्छ
म कसरी बात मार्छ !!

टल्क्यो ऐना सिसाको
मन किन चिसा भो
छैन आफु रिसाको !!

भाइटीकाको उत्तम साइत मध्याह्न ११ बजेर ५२ मिनेटमा’



काठमाडौँ। यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दाजुभाइलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । “भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि मध्याह्न ११ बजेर ५२ मिनेटको समय उत्तम छ,–उहाँले भन्नुभयो ।लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा माकण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आजा गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिनुभयो । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मसला र सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा छ ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन भएपनि गत वर्षको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्बिर राखेर पूजा एवम् दर्शन गर्ने व्यवस्था मिलाइएको छ । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

“विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाई र दाजुभाई नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाईटीकाका दिन भक्तजनको भीड लाग्छ”–उहाँले भन्नुभयो ।

२०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । गत वर्षको भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाई नहुने भक्तजनको भीड लाग्न थालेको छ ।

बलिउडमा पनि प्रयास त गरियो तर सम्भावना देखिएन : जीवन लुइँटेल



कलाकार हरुले थुप्रै फिल्ममा काम गरेता पनि केही फिल्महरुले उनिहरुको पहीचान बनाइ दिन्छन ।नायक जिबन लूइटेलको करीयरलाई पनि फिल्म नाइ न भन्नु लले एकाएक माथि उठायो ।नाइ न भन्नु लको सिरीयजको पहीलो फिल्ममा देखीएका जिबन लुइटेल पछि बनेका नाइ न भन्नुल ल को सिरीजमा भने देखीयनन ।नाइ न भन्नु ल फिल्मलाई बिभिन्न चार वटा सिरीजमा निर्माता र एबं निर्देशक बिकास आचार्यले निर्माण गरी सकेका छन।पछिल्लो फिल्महरुमा आफु अटाउन नसकेता पनि फिल्मका निर्माता एबं निर्देशक बिकाश आचार्य संग सम्बन्ध नबिग्रेको जिबनको भनाई रहेको छ ।न्युज ट्वान्टीफोर टेलिभिजनको कार्यक्रम ६ प्रस्नमा कुरा गर्दै जिबनले उनि अटाउन नसक्नुको कारण सायद फिल्मको कथा बस्तु रहेको बतएका छन ।सायद भबिस्यमा उनलाई सुहाउदो कथा आयमा फेरी नाइ न भन्नुलमा अभिनय गर्न आफु तयार र आतुर रहेको पनि जिबन बताउछन ।

महिला पनि लामो दूरीको गाडी हाँक्दै



इनरुवा, कात्तिक । सामान्यतया लामो दूरीको यात्रामा महिला चालक रहँदैन तर मोरङ्गको मधुमल्ला–३ तोरी बारीकी लक्ष्मी पाण्डेले असोज २४ गतेदेखि टाटा सुमो चलाएर काठमाडौँदेखि दमकसम्मको यातायात सेवा दिन थाल्नुभएको छ ।

पछिल्लो समय दमक–१३ मा बस्दै आउनुभएका पाण्डेले १२ जना अट्ने सवारी साधनको पूर्णकालीन चालकको कठिन भूमिका निर्वाह गर्नुभएको छ । दुईवर्ष अगाडि साना तथा मध्यम सवारी साधन चालक अनुमति पत्र लिई छोटो दूरीको साधन चलाएर सेवा दिँदै आउनुभएका उहाँले दशैंदेखि लामो दूरीको सवारीमा हात हाल्नुभएको हो ।

करिव तीन हप्तायतादेखि पाण्डेले मे १ ज २०६३ नम्वरको गाडीबाट दमकदेखि काठमाडौँ र काठमाडौँदेखि दमकसम्म यात्रु ओसार्न थाल्नुभएको हो ।
पाण्डेले चलाउँदै आउनुभएको गाडीमा चढ्न सुरुमा डराउने, हिच्किच्याउने र लजाउनेहरु महिला पुरुष दुबैले अहिले निर्धक्कसँग उहाँको गाडी चढ्न थालेका छन् ।

महिला भएर लामो दूरीमा सवारी साधन चलाउन पाएकामा खुसी देखिएका पाण्डे लामो दूरीको गाडी चलाउँदा आफूमा कुनै त्रास नरहेको बताउनुहुन्छ ।

राति, बिहान वा दिउँसो जुनसुकै समय ट्राफिक नियम पालना गर्दै यात्रुहरुलाई गन्तव्यमा पु¥याउन पाएकामा उहाँ सन्तोष मान्नुहुन्छ ।

लामो दूरीको यात्रामा एक्लैले ७÷८ घण्टासम्म लगातार गाडी कुदाउने गरेको र आवश्यकता परे २४ घण्टामा २ पटकसम्म दमक–काठमाडौँबीच ओहोरदोहोर गर्ने साहस आफूसँग रहेको उहाँले राससलाई बताउनुभयो ।

Sunday, October 30, 2016

यी बार जन्मने मानिस जीवनमा धेरै सफल हुन्छन



ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो ।
मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।

आइतबारः

पुरुष
आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ ।

स्त्री
आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।

सोमबारः

पुरुष
सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।

स्त्री
सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।

मंगलबारः

पुरुष
मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ ।

स्त्री
ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।

बुधबारः

पुरुष
बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ ।

स्त्री
बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबारः
पुरुष विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।

स्त्री
जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबारः

पुरुष
शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ ।

स्त्री
कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।

शनिबारः

पुरुष
जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ ।

स्त्री
शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।

watch first and then search