watch first and then search

watch first and then search

Saturday, November 5, 2016

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु



बेलबारी । मोरङको कोशीहरैचास्थित खोर्सानेमा शनिबार दिउँसो ३.३० बजे गुडिरहेको मोटरसाईकललाई अर्को मोटरसाईकलले धक्का दिँदा एकजनाको मृत्यु भएको छ । को १७ प ९६९१ नम्बरको मोटरसाईकललाई को १४ प २४८५ नम्बरको मोटरसाईकलले धक्का दिँदा मोटटरसाईकलमा सवार कोशीहरैचा १ का २४ बर्षीय चेतराज कार्कीको मृत्यु भएको छ भने धक्का दिने मोटरसाईकलका चालक युवन कुमार मास्के शकुसल रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलबारीका असई लिला श्रेष्ठले जानकारी दिएका छन ।

खोर्सानेमा रहेको सिद्धार्थ इग्लिस स्कुल अगाडी सडकमा भएको दुर्घटनामा को १ ज २४८५ नम्बरको म्याजिक भ्यानमा समेत मोटरसाईकल ठोक्किएको भनिएपनि स्पष्ट भईनसकेको र अनुसन्धान भईरहेको श्रेष्ठले जानकारी दिएका छन ।

No comments:

Post a Comment

watch first and then search