watch first and then search

watch first and then search

Saturday, November 12, 2016

मस्कुलर डिस्ट्रोफी बिरामीका लागि स्वास्थ्य शिविर आयोजना



काठमाडौँ, २७ कात्तिक । मांसपेशी अशक्त भएका कारण हुने वंशाणुगत रोग मस्कुलर डिस्ट्रोफी भएका बिरामीका लागि आज काठमाडौँमा स्वास्थ्य शिविर आयोजना गरिएको छ । मस्कुलर डिस्ट्रोफी फाउन्डेसन नेपालको आयोजनामा मांसपेशी, नशा, छाती, मुटु, वंशाणुगत, बाल, मनोरोग विशेषज्ञले बिरामीको जाँच गर्नुका साथै परामर्श दिनुभएको थियो । शिविरमा ३५ जना मस्कुलर डिस्ट्रोफीका बिरामीले जाँच गराएका छन् । वरिष्ठ स्नायुरोग विशेषज्ञ तथा फाउन्डेसनका अध्यक्ष प्राडा जेपी अग्रवालले यो रोगका बारेमा धेरै अभिभावक अनभिज्ञ रहेकाले जनचेतना तथा जागरणको आवश्यकता भएकाले आफूहरुले काठमाडौँमा र विभिन्न जिल्लामा शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । शिविरमा अभिभावकलाई यो रोगको लक्षणका बारेमा रोकथामका उपाय र रोग देखिएपछि कसरी हेरविचार गर्ने भन्ने विषयमा पनि जानकारी गराइएको थियो ।

मस्कुलर डिस्ट्रोफी वंशाणुगत रोग भएकाले यसको गर्भास्थामा थाहा पाउन सकिंदैन तर बच्चा जन्मेपछि उसलाई समयमै उपचार गराई फिजियोथेरापी गराउन सकेमा व्यवस्थापन गर्न सकिने चिकित्सकको भनाइ छ । फाउन्डेसनका उपाध्यक्ष तथा हाडजोर्नी विशेषज्ञ प्राडा रोहित पोखरेलले मस्कुलर डिस्ट्रोफीका रोग प्रभावित बालबालिका एवम् अपाङ्गको गुणस्तरीय दीर्घ जीवनका लागि राष्ट्रियस्तरमा जनचेतनाका कार्यक्रम आवश्यक रहेको बताउनुभयो । शिविरमा पीडित बालबालिकाको शारीरिक रोग परीक्षण तथा आधारभूत उपचार पद्धतिबारे अभिभावकलाई परामर्श पनि दिइएको बताउनुभयो ।

डा केसीद्वारा सरकारलाई २४ घन्टे अल्टिमेटम

त्रिभुवन शिक्षण अस्पतालका डा गोविन्द केसीले आज एक विज्ञप्ति जारी गर्दै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिन दलीय भागबन्डाका आधारमा नभई वरिष्ठताका आधारमा नियुक्तिको २४ घन्टाको समय दिनुभएको छ । आफूले दिएको समय अगामी आइतबार २ बजेसम्म डिन नियुक्ति नभए दसाँै आमरण अनशन बस्ने डा केसीको भनाइ छ । डा केसीले एमबिबिएस र बिडिएसको शुल्क गत वर्षकै कायम गर्न माग अघि सार्नुभएको छ । गत वर्ष एमबिबिएस उपत्यकाभित्र ३५ लाख, उपत्यका बाहिर ३८.५ लाख र बिडिएस २० लाख तोकिएको थियो ।

आइओमको डिन पद नौ महिनादेखि रिक्त छ भने चार सहायक डिनको कार्यकाल पनि हालै मात्र सकिएको छ र आइओम पूर्णरुपमा नेतृत्वविहीन भएको उहाँले स्मरण गराउनुभएको छ ।

त्रिवि उपकुलपति तीर्थ खनियाले राजनीतिक कार्यकर्ता तथा माफियालाई नियुक्ति दिन खोजेको आरोप लगाउँदै उहाँले १२ दिने अर्को अल्टिमेटम दिएर त्रिवि उपकुलपति खनियालाई बर्खास्त गर्नुपर्ने माग गर्नुभएको छ । डा केसीले २४ घन्टाभित्र डिन नियुक्त गर्न सरकारलाई बुधबार अल्टिमेटम दिनुभएको थियो तर आजसम्म पनि डिन नियुक्त नहुँदा आज अर्को विज्ञप्ति जारी गर्नुभएको हो ।

अस्पताल भित्रका निजी औषधि पसल हटाउने निर्णय कार्यान्वयनमा आएन



अघिल्लो वर्षको साउन १ गतेदेखि सर्वोच्च अदालतले अस्पतालभित्र निजी औषधि पसल सञ्चालन गर्न रोक लगाएको भए पनि अहिलेसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन । यसले ७० प्रकारका औषधि निःशुल्क बाँड्ने सरकारको नीति भएपनि अस्पतालले फार्मेसी सञ्चालन नगरेकाले सर्वसाधारणले ती औषधि समेत किन्नुपर्ने अवस्था छ ।


सरकारले सरकारी अस्पतालमा आफ्नै औषधि पसल खोल्न २२ अस्पताललाई बीउ (सीड मनी) रकम पठाएको छ । स्वास्थ्य मन्त्रालयले दुई क्षेत्रीय, तीन उपक्षेत्रीय, दश अञ्चल र सात केन्द्रीय अस्पताललाई रु चार करोड २५ लाख बराबरको रकम पठाएको हो ।सो रकम अस्पतालका श्ययाका आधारमा सुरु गर्न अनुदानस्वरुप दिइएको र पछि आफ्नै आम्दानीबाट पसल सञ्चालन निरन्तरता गर्नुपर्ने बताइएको छ । सरकारले सबै सरकारी अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने भन्दै ‘अस्पताल फार्मेसी सेवा निर्दे्शिका २०७२’ पनि ल्याएको छ तर नीति ल्याए पनि कार्यान्वयनमा आउन सकेको छैन । सो निर्दे्शिकाको प्रस्तावनामा स्वास्थ्य सेवामा प्रभावकारी रुपमा सबैको पहुँच सुनिश्चित गर्नका लागि फार्मेसी विषयमा दक्षजनशक्तिमार्फत अस्पतालबाट आफ्नै फार्मेसी सञ्चालन गरी बिरामी एवम् सेवाग्राहीलाई सुलभ एवम् गुणस्तरीय सेवा पु¥याउन सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी निर्दे्शिका बनाइएको उल्लेख छ ।अघिल्लो वर्षको साउन १ गतेदेखि सर्वोच्च अदालतले अस्पतालभित्र निजी औषधि पसल सञ्चालन गर्न रोक लगाएको भए पनि अहिलेसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन । सरकारले ७० प्रकारका औषधि निःशुल्क बाँड्ने नीति भएपनि अस्पतालले फार्मेसी सञ्चालन नगरेकाले सर्वसाधारणले ती औषधि किन्नुपर्ने अवस्था छ । राष्ट्रिय स्वास्थ्य नीति २०७१, प्रस्तावना स्वास्थ्य मन्त्रालयको २०७० र ७१ को परिपत्रमा अस्पताल आफैँले औषधि पसल राख्नुपर्ने भनिएको छ । मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय र जनस्वास्थ्य कार्यालयलाई पत्र लेखी ती स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण हुने जिल्ला अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ३५ प्रकारका औषधिको नाम सूचना बोर्डमा अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेखी सर्वसाधारणको जानकारीका लागि राख्न परिपत्र गरिसकेको छ । सरकारी स्वामित्वका अस्पतालमा आफ्नै फार्मेसी हुने हो भने स्वास्थ्य सेवामा सबैको पहुँच भन्ने नारा केहि हद सम्म सार्थक हुने थियो ।

चार वर्षिया छोरीलाई ‘स्टेज फोर’को क्यान्सर भएपछि…



छोराछोरीलाई सामान्य समस्याहुँदा आमाबुबा निकै चिन्तित हुन्छन् । झन् त्यसमाथि गम्भिर रोग लाग्यो भने पीडा असह्य हुन्छ । यस्तै पीडामा छन् इंल्यान्डका एक परिवार । ३० वर्षिय एन्डी ह्विलानकी चार वर्षकी छोरीलाई क्यान्सर भएको छ । त्यो पनि स्टेज फोरको । इंग्ल्यान्डको ल्यान्कासायरकी चार वर्षीया बालिकालाई ‘स्टेज फोर’को क्यान्सर भएपछि उनको परिवार पीडामा हुनु स्वभाविक हो । उनका दुःखी बाबु ह्विलानले पीडाको यो समयमा सामाजिक सञ्जालमा क्यान्सरसँग लडिरहेकी छोरीको श्यामश्वेत तस्बिर हालिदिए । ‘क्यान्सरको असली अनुहार’ शीर्षक लेखेर हालेको उक्त तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

तस्बिरसँगै उनले थप लेखे, ‘मैले लिएका तस्बिरहरूमध्ये यो सबैभन्दा पीडादायी हो ।’ उनले हालेको तस्बिर र उनले लेखेको विवरणमा अहिले हजारौँले प्रतिक्रिया दिइरहेका छन् । सबैले बच्चीको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरिरहेका छन् । क्यान्सरसँग लडिरहेकी चार वर्षिया जेसिकाको तस्बिर देखेपछि धेरैले उनका अन्तिम दिनहरू रमाइला होऊन् भनेर आर्थिक सहयोग संकलन गर्ने अभियान नै थाले । उक्त अभियानको एक महिनाभन्दा कम समयमै २० हजार पाउन्ड उठ्यो । अहिलेसम्म एक लाख पाउन्डजति उठिसकेको छ।

जेसिकाका बुबाका अनुसार यसबीचमा तीन हजारभन्दा बढी इमेल, फेसबुक सन्देश प्राप्त भएका छन् । विश्वभरबाट उनलाई सान्तवना आइरहेको छ । मानिसहरूको प्रतिक्रिया, सन्देश र आर्थिक सहायता आइरहेपछि जेसिकाका बुबाले सबैलाई धन्यवाद दिँदै पुन लेखे ‘जेसिकाको स्वास्थ्य अवस्था खस्किँदो छ ।’

मृत्युलाई कुरिरहेकी जेसिकाको अहिले उपचार बन्द गरिएको छ । चिकित्सककै सल्लाहमा उनको उपचार बन्द गरिएको हो । उनको परिवारले अहिले उनको बाँकी रहेको दिनलाई सहज बनाउन लागिरहेको छ । जेसिकाको परिवारका अनुसार उनका नाममा उठेको रकमलाई च्यारिटीमा लगाउने जनाएका छन् । उनको मृत्युपछि उनका अंग तथा कोष वैज्ञानिक अनुसन्धानका लागि दिने निर्णय पनि परिवारले गरेको छ ।

देशको जर्सीमा गोल गर्दा अरु सबै दुख भुलीँदो रहेछ : विमल घर्तीमगर



काठमाडौँ । नेपाल एएफसी सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको खुशीयाली नेपाली दर्शक तथा खेलाडीहरुले मनाइरहँदा चर्चित फुटबलर विमल घर्तीमगरले नेपालीको थप उत्साह बढाउने काम गरेका छन् ।

मलेसियाको कुन्चिङस्थित सारावा स्टेट रंगशालामा लाओसलाई पराजित गरेको केही समयमा नै बिमलले फेसबुबमा स्टाटस लेख्दै भनेका छन्

‘देशको जर्सीमा गोल गर्दा अरु सबै दुख भुलीँदो रहेछ । फाइनलमा थप मेहेनत गर्नेछौँ ।’

यसपटकको ट्रफी नेपालकै हो । तस्विर ओएस नेपालका लागी बिमलको फेसबुकबाट ।

तिहार विदा सकिदा पनि विद्यालय बन्द, शिक्षक खोज्दै अभिभावक सदरमुकाम



ओखलढुंगा, कात्तिक २७– पर्व विदा सकिदा पनि ओखलढुंगाको जन्तरखानी ९ स्थित बन्दना सिंहदेवी प्राथमिक विद्यालय शिक्षक नआएपछि खुलेको छैन । विद्यालय कात्तिक २२ गतेदेखी खुल्ने भने पनि शिक्षक नआएपछि नखुलेको हो । विद्यालय नखुलेपछि पढ्न आएका विद्यार्थी दैनिक खेलेर फर्कने गरेको स्थानीय बासिन्दा ङिमा शेर्पाले बताउनुभयो । ‘भुकम्पले भत्काएको विद्यालय त बनायौ तर शिक्षक कहाँ गए, आएका छैनन्’ ओखलढुंगा सदरमुकाममा भेटिनुभएका ङिमा शेर्पाले भन्नुभयो । विद्यालय खुल्ने समय ५ दिन बिते पनि शिक्षकहरु नआएपछि आफूहरु शिक्षक खोज्दै सदरमुकाम आएको उहाँको भनाइ छ ।

सदरमुकामदेखि ८ कोषको दुरीमा रहेको उक्त विद्यालय नखुलेपछि अभिभावकहरु शिक्षक हराएको जानकारी गराउन जिल्ला शिक्षा कार्यालय पुगेका हुन् । विद्यालयमा तीन जनाको दरवन्दी भएपनि शिक्षक नहुँदा विद्यालय सुचारु हुन सकेको छैन । ‘जिल्लाका सवै विद्यालयहरु कार्तिक २२ गतेबाट सञ्चालन भएपनि यहाँको विद्यालय खुलेको छैन ।’ स्थानीय रामे तामाङले भन्नुभयो । विद्यालयमा कार्यरत शिक्षक इन्द्र मगर जन्तरखानीकै नवज्योति माविमा काज मिलाएर बस्नुभएको छ भने प्रअ समेत रहेका राजु बानियाँ अस्थायी भएकाले ‘विद्यालयलाई वास्त गर्न छाडेको’ स्थानीयको आरोप छ ।

शिक्षक नभएको विषयमा आफुले खोजी गरी विद्यालयमा पठाउने जिल्ला शिक्षा कार्यालयले जानकारी दिए पनि अझै विद्यालयमा शिक्षक नपुगेको अभिभावहरुको गुनासो छ ।

चोरी तस्करी गरि लैजान लागेको अवस्थामा काठ र ट्रकलाई नियन्त्रणमा



बाराको वनजंगल क्षेत्रबाट चोरी तस्करी गरि लैजान लागेको अवस्थामा वन गस्ती टोलीले काठ र ट्रकलाई नियन्त्रणमा लिएको छ ।


लगभग ५० क्यूफिट करिब २ लाख मुल्य बरावरको ४ वटा सालको गोलाई लोड गरि राजमार्गमा निस्कने क्रममा वन कार्यालयद्धारा खनिएको टे«ञ्च अर्थात् खाडलमा सो ट्रकको चक्का फस्दा नियन्त्रणमा लिन वन गस्ती टोली सफल भएको हो । जिल्ला वन कार्यालय बारा मातहतको निजगढ सेक्टर वनको गस्ती जीप देख्ने वित्तिकै काठ चोर तस्कर समुह ट्रकको सा“चो छोडेर फरार भएका थिए । सो ट्रकबाट गोलाई, काठसंगै आरा, गोलाई लोड गर्न प्रयोग गरिने धरानी समेत फेला परेको छ । पुर्व—पश्चिम राजमार्ग अन्र्तगत निजगढ—धन्सार सडक नजिकै फेला परेको हो । शुत्रबार राति करिब २ बजे फेला परेका ट्रक, काठलाई जिल्ला वन कार्यालय सिमरा बारामा लगिएको छ । सो ट्रकबाट ना २ ख २४१ नम्बर लेखिएको नक्कली नम्बर प्लेट भेटिएको छ भने, सक्कली नम्वर प्लेट संलग्न काठ चोर तस्करले नैं उप्काई लिएर फरार भएका छन् ।

जग्गा विवादमा आफन्तले लिए ज्यान, कोरिया सपना अधुरै रह्यो



महेन्द्रनगर, २७ कात्तिक । कञ्चनपुरको बेल्डाँडी नगरपालिका ४ रतनपुरमा एक युवकको फरुवा प्रहारबाट हत्या गरिएको छ । एक छोराका बाबु लोकेन्द्र कोरियाको इपिएसमा नाम निकालेका थिए । उनी कोरिया जाने तयारी गर्दै थिए ।
शनिबार दिउँसो बेल्डाँडी नगरपालिका ४ रतनपुरका लोकेन्द्र विष्टको हत्या गरिएको हो । इलाका प्रहरी कार्यालय बेल्डाँडीका अनुसार ३२ बर्षिय विष्टको उनकै खेतमा हत्या गरिएको जनाएको छ । बेल्डाँडी प्रहरीले भने जमिन बिवादका कारण उनीहरु विच विवाद बड्दै गएपछि हत्या भएको प्रारम्भिक अनुमान गरेको छ । टेक्टरले खेती जोतिरहेका कम्मान र लोकेन्द्र विच खेतमै विवाद हुँदा विवाद चरम उत्कर्षमा पुगपछि खेतमा खन्न लगिएको फउराले लोकेन्द्रमाथी प्रहार भएको छ । घाउ हेर्दा लोकेन्द्रले पटक पटक छेकेर अन्तिम पटक छाती र मुखमा गहिरो चोट लागेपछि उनको मुत्यु भएको बुझिएको छ ।

विष्टका नातेदार मध्येका कम्मान विष्टको समुहले लोकेन्द्रको हत्या गरेको परिवारजनले आरोप लगाएका छन् । लोकेन्द्रका परिवारले उनको एक्लै व्यक्तिले नभई ठुलै समुहले हत्या गरेको जनाएका छन् । घटना स्थलमा पुगेका मृतक लोकेन्द्रका बाबु, श्रीमतीले कम्मान एक्लैले हत्या नगरेको समुहमा मिलेर हत्या गरेको गुनासो पोख्दै थिए । घटना स्थल पुगेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले घटनामा संलग्न कम्मान विष्टलाई प्रहरी पक्राउ गरेको बताए । उनका अनुसार पक्राउ परेका कम्मान र घटना स्थलको अनुसन्धान भईरहेको छ । घटना स्थलम फरुवा, लाठी बरामद गरिएका छन् । पोष्टमाष्टमका लागि प्रहरीले पीडित परिवारजन सग आग्रह गरिरहेको छ ।

पीडित परिवारले भने घटनाका सबै दोसीहरुलाई कार्बाही गर्न माग गरेका छन् । जमिनकै विषयमा आफ्नै नातेदारको हत्या गर्नु निन्दनिय भएको भन्दै छिमेकीहरुले समेत घटनाको भत्र्सना गरेका छन् । एक छोराका बाबु लोकेन्द्र कोरियाको इपिएसमा नाम निकालेका थिए । उनी कोरिया जाने तयारी गर्दै थिए । आफ्नै खेतमा छोराको दर्दनाक दुखदायी घटना देखेर उनका परिवारजन शोकमा डुबेका छन् । जमिन विवाद आपसी छलफल, समझदारी, कानुनी प्रकृयाबाट समाधान गर्नुको साटो ‘सयमितता’ अभावका कारण उनको हत्या समेत भएको अनुमान गरिएको छ ।

काठ चिर्ने क्रममा मृत्यु



भक्तपुर, २७ कात्तिक । फर्निचर निर्माण गर्ने क्रममा आज भक्तपुर नगरपालिका–१५ खौमा कृष्णराम पञ्चको मृत्यु भएको छ ।

आफ्नै घरमा काठ चिर्र्दै गर्दा मेसिनमा बेरिँदा पञ्चको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो । धूलोबाट बच्न मुख र घाँटीमा बेरेको सेतो कपडा मेशिनमा परेर बेरिएपछि उहाँको मृत्यु भएको बताइएको छ ।

सुजाताले एक करोड माग्दा पूर्वलडाकू भन्छन्- महिनामा एक बोरा चामल चाहियो !



२६ कात्तिक, काठमाडौं । देशमा यतिबेला माग्नेहरुको भीड छ । कोही एक करोड रुपैयाँ उपचार खर्च माग्दैछन्, कोही चाँहि जनयुद्धका बेला करङमा अड्किएका गोलीका छर्रा निकाली पाउँ भन्दै राज्यसँग हारगुहार गर्दैछन् । आलिशान महलमा बस्नेदेखि कमिलाकुटीसम्म सबैको नजर सरकारी ढिकुटीतिरै छ ।




नेपाल सरकार आफैं मगन्ते छ । तर, ऋणं कृत्वा घृतं पिवेत् भनेझै हामी यही मगन्ते सरकारसँग थप माग तेस्र्याइरहेका छौं । देशलाई केही दिनुपर्छ भन्ने त कोही पनि छैन । देशले मलाई दिएन भनेर गुनासो पोख्ने र माग्नेहरुको भीड बढिरहेको छ । कांग्रेसले पनि राज्यसँगै माग्न सिकाइरहेको छ । एमालेले पनि त्यसै गरेको छ । र, माओवादीले पनि आफ्ना कार्यकर्तालाई राज्यसँगै मागेर खान सिकाइरहेको छ ।

विहीबार दिउँसो नयाँ बानेश्वरस्थित होटल एभरेष्ट (हाल बन्द रहेको) अगाडि सडक पेटीमा करिब सयजनाको भीड देखियो । कालोपट्टि बाँधेर सरकारसँग माग्न बस्नेहरुमा अधिकांश महिला तथा वालवालिका थिए ।

कतिपय युवतीहरु बच्चालाई दूध चुसाउँदै थिए । छेउमा एउटा ब्यानर टाँगिएको थियो- ‘शान्तिपूर्ण धर्ना कार्यक्रम, आयोजक- बहिगर्मित जनमुक्ति सेना नेपाल ।’


तीन दिनअघि माओवादी कार्यालय पेरिसडाँडा कब्जा गरेर आन्दोलनको घोषणा गरेका यी बहिर्गमित पूर्वलडाकूहरुको माग र पीडाबारे हामीले बुझ्ने कोसिस गर्‍यौं ।

प्रचण्डज्यू, गोलीको छर्रा निकाल्न पाऔं

हातमा कलम र डायरी बोकेको देखेपछि कालिकोटका कुलप्रसाद भट्टराई हामी नजिक आए । मुखमा कालो पट्टी लगाएका उनले आफ्नो कथा यसरी सुनाए-

मेरो गाउँका सबै युवा देश परिर्वतनका लागि भन्दै युद्धमा होमिएका थिए । विकट जिल्लामा बसेकाले होला, मलाई युद्धमा होमिने हुटहुटी चल्यो । ०५८ सालमा म घर छोडेर १४ वर्षको उमेरमा तत्कालीन माओवादीमा लागेँ ।

द्वन्द्वको समयमा सबैभन्दा धेरै युद्ध लड्नेमध्येमा म पनि पर्छु होला । ०५८ सालपछिका अधिकांश ठूला युद्धमा मैले गोली चलाएको छु । थानकोटको चौकी आक्रमणदेखि बैतडीसम्म । म्याग्दीको बेनी आक्रमणदेखि रुकुमको खारासम्म । म सबैतिर पुगेको छु । ती सबै युद्धमा लडेको योद्धा हुँ म ।



तर, अहिले मलाई अयोग्य भनेर हटाइएको छ । यो सबै प्रचण्डकै कारण हो । ०६० सालमा बेनीमा भएको लडाइँमा मलाई पनि गोली लाग्यो । मेरो करङमा गोली लागेको छ (घाउको डोब देखाउँदै ) करङको पातामा गोली अड्किएको छ । तर उपचार नपाएर दौडिइरहेको छु । आफ्नो गोजीबाट ४ लाख रुपैयाँ सकिइसक्यो, तर गोली निकाल्न सकेको छैन ।

युद्धकालमा थुपै्रपटक मैले प्रचण्डको सुरक्षाको जिम्मा सम्हालेको छु सुपि्रम कमाण्डरको अघि-पछि बन्दुक बोकेर हिँड्दा गर्व लाग्थ्यो । तर, अहिले सरकार माओवादी पार्टीकै नेतृत्वमा हुँदासमेत म छातीमा गोलीको छर्रा बोकेर हिँडिरहेको छु । मलाई अरु केही चाहिँदैन, यो गोली निकाल्न पाए हुन्थ्यो । कति दिन पीडा सहेर बसौं ?’

महिनामा एकबोरा चामल मिलाइदिए पुग्छ
रेश्मी शाही

विरोध प्रदर्शनको त्यही भीडमा भेटिइन् मुगु रिख्युकी रेश्मी शाही । उनको पीडा पनि कम दर्दनाक रहेनछ । बानेश्वरको सडकमा उनी यसरी पोखिइन्-

मुगुबाट ०६० सालमा युद्धका लागि निस्किँदा म १४ वर्षकी थिएँ । म बाध्यताले युद्धमा लागेकी थिएँ । राजाको दमन देखेर गएकी थिएँ । घरमा धेरैले गाली गरे । तर, देशका र परिर्वतनका लागि भन्दै म हिँडें । मैले आफनो कलिलो उमेर युद्धमा होमें ।



सुरुमा रुकुम र रोल्पा गए पनि पछि म्याग्दी, अछाम र पिलीदेखि धनगढीसम्मका सबै मोर्चामा लडेकी छु म । ०६१ सालको खाराको कावाहीदेखि बेनी आक्रमणसम्म गोली चलाएको अनुभव छ । ०६२ साल असारमा बर्दियाको रामपुरमा म आफैं घाइते भएँ । मलाई बमले उडायो ।

अहिले मेरो दाहिने हात राम्रोसँग चल्दैन । शरीरका अंगहरु पनि ठाउँ ठाउँमा जलेका छन् । तर, अहिले यसरी सडकमा बस्नुपरेको छ । जनयुद्धले हामीलाई यही दियो ।

प्रचण्डसँग मेरो दुईपटक भेट भएको थियो युद्धका समयमा । दुबैपटक हामीलाई प्रशिक्षण दिन आएका थिए । तर, अहिले आफुलाई बस्ने महल पाएपछि हाम्रो योगदानलाई बिर्सिए । हामीलाई त्यस्तो महल चाहिँदैन, महिनामा एक बोरा चामल खाने व्यवस्था मिलाइदिए पुग्छ ।

समाजको व्यवहार देखेर मन खिन्न हुन्छ
तारा गुरुङ, ताप्लेजुङ

काखे शिशु च्यापेर विरोध प्रदर्शनमा बसिरहेकी थिइन् ताप्लेजुङकी तारा गुरुङ । राजनीतिमा लाग्दा उनी पनि १४ वर्षकी रहिछिन् । पाँच कक्षामा पढ्दापढ्दै ०५९ सालमा माओवादीमा लागेकी दुई सन्तानकी आमा ताराले आफ्नो व्यथा यसरी सुनाइन्-



हामी अलि सानै थियौं, त्यसैले सेन्ट्री बस्ने र भित्रको सुरक्षाको जिम्मा मात्रै दिएका थिए । मैले प्रचण्डलाई धेरैपछि मात्रै देखेकी हुँ बिराटनगरमा । त्यसपछि दोस्रो पटक धनगढीमा देखेँ । त्यतिबेला प्रचण्डको भाषण सुन्दा भविश्य यहीँबाट सुनिश्चत हुन्छजस्तो लाग्थ्यो । अहिले समाजमा समेत मुख देखाउन नहुने भएको छ । अयोग्य लडाकु भनेर हामीलाई कसैले काम पनि दिँदैनन् । समाजको व्यवहार देखेर मन खिन्न भएर आउँछ ।

राधाको प्रश्न- सुप्रिम कमाण्डरले नै लाठी हान्ने ?

आफूले जनयुद्धमा सुप्रिम कमाण्डर मानेका नेता प्रचण्ड प्रधानमन्त्री भएका बेला आफूहरुमाथि प्रहरी लगाएर लाठी प्रहार गरिएको भन्दै सुर्खेतकी राधा चँदराले दुःख बिसाइन् ।

पाँत वर्षीय छोरासँगै सडक पेटीमा धर्ना दिन राधा सुर्खेतबाट काठमाडौं आइपुगेकी रहिछिन् । उनले भनिन्- ‘आफूले सुप्रिम कमाण्डर मानेको व्यक्तिले नै प्रहरी लगाएर थुनेको सम्झिँदा मनै कस्तो-कस्तो हुन्छ ।’

‘आफ्नो कलिलो उमेरजति युद्धमा गयो, अहिले पार्टीका नेताहरु महलमा बसेर हामीलाई अयोग्य भन्दै लाठी हान्न लगाउँदैछन् ।’ राधाले हामीलाई प्रतिप्रश्न गरिन्- ‘मन कस्तो हुन्छ होला ? आफैं भन्नुस न ।’



राधाले थपिन्- ‘पहिलोपटक सरकारमा जाँदा एमाले र कांग्रेसले काम गर्न दिएन भन्थे, होला त नि भनियो । तर, अहिले पनि उस्तै छ । हाम्रो बिल्लीबाठ बनाएर कति रमाउन सकेका ?’

बहिगर्मित लडाकूहरुको आन्दोलनमा देखिएका अधिकांशको माग लगभग एउटै थियो- ‘अयोग्य लडाकूको बिल्ला हटाइयोस् । र, जीवन धान्ने कुनै उपायको व्यवस्था गरियोस् ।’

टिप्पणीः कसले सिकायो मगन्ते संस्कार ?

विगतमा जनमुक्ति सेनाका सुप्रिमो रहेका माओवादी अध्यक्ष प्रचण्ड यतिबेला प्रधानमन्त्री पदमा छन् ।

प्रचण्डसँग एकातिर विगतमा पार्टीलाई योगदान दिएका लडाकूहरुले एक बोरा चामल मागिरहेका छन्, अर्कातिर कांग्रेस नेतृ सुजाता कोइरालाका लागि शेरबहादुर देउवा र विमलेन्द्र निधीले एक करोड रुपैयाँ मागिरहेका छन् । कसलाई दिने ? प्रचण्ड दोधारमा छन् ।

प्रचण्डले कुलप्रसादहरुको करङको छर्रा निकाल्न सहयोग गर्छन् वा देउवाको दबावमा परेर सुजाता कोइरालालाई ५० लाख दिन्छन् ? शायद गणतन्त्र ल्याउन योगदान पुर्‍याउने पूर्वलडाकूहरुले यस विषयलाई ध्यानपूर्वक हेरिरहेका होलान् ।

तर, माओवादी नेताहरुले आफ्ना कार्यकर्ता र लडाकूलाई माग्न मात्रै सिकाउँदा र दिन नसिकाउँदा अहिले थप समस्या परेको देखिन्छ ।



के माओवादीहरुले देशका लागि बलिदानी गरेका थिए या एकबोरा चामलका लागि ? के उनीहरुले एक/दुई लाख रुपैयाँ राहतका लागि जनयुद्ध लडेका थिए ? होइन भने अहिले किन उनीहरु यो कंगाल र गरीब राज्यको कल्चौडो दुहुन खोजिरहेका छन् ? किन उनीहरुले राज्यलाई केही दिन्छु तर माग्दिनँ भन्ने संस्कार देखाउन सकिरहेका छैनन् ? किन माओवादीहरुले सुजाता कोइराला भन्दा आफूलाई फरक देखाउन सकेका छैनन् ? यसको दोष प्रचण्डलाई नै जान्छ । किनभने उनले कार्यकर्तालाई बन्दुक बोक्नमात्रै सिकाए, समाजवादी संस्कार सिकाएनन् । त्यागको संस्कार सिकाएनन् । र, यसैको परिणाम भोग्दैछन् अहिले माओवादी नेताहरु ।

हाम्रो गरीब देशमा मगन्ते संस्कारको विकास भइरहेको छ । एक पोको चाउचाउ माग्न गाडी भाडा तिरेर बजार जाने र तीन घण्टा लाइनमा बस्ने संस्कारले जरा गाडेको छ देशमा । के यसैको ‘बाइप्रोडक्ट’ हैन पूर्वलडाकूले राज्यसँग मागिरहेको एक बोरा चामल ? यसको जवाफ दिने दायित्व अब प्रचण्ड सरकारकै हो ।

आधा बोरा फलको २९ लाख रुपैया, एउटै रूखको एक करोड मोलमोलाई !



काठमाडौँ । छ्याक्रयाक्क परेको रूखमा पातलो फलेका स–सना दाना । खान नहुने ती साना दाना हिरा जत्तिकै महंगोमा जोखिँदै छन् । जति सानो भयो उति ज्यादा दाम आउने यस बोधिचित्त फलको किनबेच रामेछापमा बढ्दो छ ।


बोधिचित्त लगाउनेले यति धेरै पैसा आउला भनेर सोचेका पनि थिएनन् । आफैंले पनि पत्याउन नसक्ने सपनामा जस्तो जति भन्यो त्यति पैसा दिने व्यवसायी निस्किएपछि बोधिचित्त रुखधनी रातारात लखपति हुँदै छन् ।‘मैले सोचेको पनि थिइनँ यति धेरै पैसा एउटै रुखको दानाले दिन्छ भनेर,’ आइतबार अपरान्ह आधाबोराजति बोधिचित्तको दाना बिक्री गरेर २९ लाख लिएका सुकाजोरका दुर्गाबहादुर श्रेष्ठले भने । श्रेष्ठले झन्डै तीस वर्षअघि उक्त रुख लगाएका थिए ।

दानाको महत्त्व र पैसा बुझेर नभै कान्लामा त्यसै घुसारेको रुखको कमाइ त्यसबेला ख्याल नै भएन । केही वर्ष अघिसम्म हाँगा काटेर बारको रूपमा प्रयोग गरे । जब दानाबाट पैसा आउँछ भन्ने थाहा पाएँ, त्यसबेलामा पनि मोल आएन । केही त्यतिकै खेर जाने गयो, बाँकी दुईचार माना सय दुई सयमा बिक्री गरे श्रेष्ठले ।चार वर्ष भयो बोधिचित्तको भाउ उम्लिएको । चार वर्षअघि श्रेष्ठले १० हजारमा भएजति सबै दाना बिक्री गरे । तीन वर्षअघि बढाएर ६० हजार लिए । अनि गएको साल ४ लाख हात लाए ।
४ लाख पाएपछि रौसिएका श्रेष्ठले यो साल २९ लाखको बिटो समाते । २९ लाख मूल्य पाउने दाना पुग(नपुग एक बोरा थिए । बाहिरी बोक्रो फाल्दा बिक्री हुने मुख्य दानाचाहिं आधा बोरा पनि हुँदैन ।गत वर्ष मझुवाका किसान धनबहादुर तामाङले एकै रुखबाट ३६ लाखको दाना बिक्री गरेका थिए ।

तामाङ बोधिचित्तबाट पैसा लिनेमा जिल्लामा अगुवा किसान हुन् । उनले २ वर्षअघि २३ लाख, ३ वर्षअघि १२ लाख र तीभन्दा अघिल्ला वर्षमा समेत लाखौं रुपैयाँ आर्जन गरेका थिए । यो वर्ष तामाङले लगाएको एउटै रुखमा फलेका बोधिचित्तका दानाको १ करोड मोलिएको छ ।

बोधिचित्त
रुखमै आउने व्यवसायीलाई बिक्री गर्दा थोरै दाम आउने भएकाले उनले आफैं टिपेर बिक्रीका लागि काठमाडौंतिर लगेका छन् । उनले भनेको मोलमा बिक्री भएन भने पनि दानाबाट यो वर्ष कम्तीमा पनि ६० देखि ७५ लाख कमाउने उनको लक्ष्य छ ।

मझुवाकै किसान हिरा तामाङले मंगलबार दाना टिपे । उनले गत वर्ष २ लाखको दाना बिक्री गरे । तर यो वर्ष धनबहादुरकै हाराहारीमा पैसा लिनेमा उनी पर्छन् । उनको बारीमा झन्डै २० वटा रुखमा झपक्क दाना लागेका छन् ।

साना रुख भएकाले थोरैथोरै गर्दा पनि तयारी दाना १२ पाथी हुने अनुमान उनले गरेका छन् । आउने वर्षदेखि दाना दिनेखालका सयौं बिरुवा उनको बारीमा हुर्किंदै छन् । आगामी वर्षदेखि कम्तीमा १ करोड रुपैयाँ लिनेमा उनी पर्छन् । हिराको बगैंचामा फलेका बोधिचित्तका बिरुवा कुनै त यस्ता छन् जुनमा ६ मुखेसम्मका दाना निस्किएका छन् ।

६ मुखे एउटै दानाको एक लाखसम्म मोलमोलाइ हुने गर्छ ।मझुवा गाविसमा धेरैले बोधिचित्त लगाएका छन् । तर फलेका रुख भने थोरै छन् । आउँदो वर्षदेखि फल दिने खालका बिरुवा धेरै किसानकामा हुर्किंदै छन् । उक्त गाविसका हरेक घरमा बोधिचित्तका रुख लगाइएका छन् । कसैले पुरै जग्गामा लगाएका छन् ।

केही वर्षदेखि बोधिचित्तका बिरुवा हुर्काएर बिक्री गर्दै आएका मझुवाकै प्रकाश प्रधानका अनुसार मनग्यै पैसा आउन थालेपछि बिरुवाको माग ज्यादै बढेको छ । हरेक वर्ष उनले ७ देखि १० हजारसम्म बिरुवा बिक्री गर्छन् । प्रतिबिरुवाको १५ सय रुपैयाँसम्म पर्ने बोधिचित्तको बिरुवा मागबमोजिम पुर्याउन हम्मेहम्मे परेको प्रधानले बताए ।

बोधिचित्त बौद्ध धर्मावलम्बीहरूले मन्त्र जप्ने मालाका रूपमा धेरै प्रयोग हुने गर्छ । १ सय ८ वटा दाना भएको मालामा यसको प्रयोग बौद्धधर्मावलम्बीहरूले गर्छन् । यसका अतिरिक्त बौद्ध गुम्बाहरूमा समेत बोधिचित्तको दाना प्रयोग हुने जनाइएको छ ।

कसैकसैले ब्रासलेट बनाई हातमा लगाउने, बुटीका रूपमा लगाउनेसमेत गरेको पाइन्छ । फागुनमा फूल खेलेर असारको पहिलो सातामा टिप्न हुने बोधिचित्त वर्षमा दुईपटक फल्छ । यो पहिलो लट हो । दोस्रो लट साउनमा फूल खेल्ने र कात्तिकमा टिप्ने गरिन्छ । यो लटमा भने पहिलो लटमा झैं धेरै दाना लाग्दैन ।

धुर्मुसले सुन्तलीलाई लेखेको यो मार्मिक पत्र / जसले रुवायो सारा नेपालीलाई ! भडियो सहित

धुर्मुसले सुन्तलीलाई लेखेको यो मार्मिक पत्र / जसले रुवायो सारा नेपालीलाई ! भडियो सहित

नेपालीसंग रहेको लाखौं भारतीय रुपैयां कागजमा परिणत हुने खतरा ! यदी तपाइसंग भारतीय ५०० र १००० को नोट छ भने छिटो भन्दा छिटो यसो गर्नुस






UPDATE : RBI ASKS NRB ABOUT AMOUNT OF BANNED INDIAN NOTES IN NEPAL

The Reserve Bank of India (RBI) has asked the Nepal Rastra Bank (NRB) to provide details of the stock of Indian currency in denominations of 500 and 1,000 in the Nepali financial system. The RBI’s query comes two days after India pulled 500 and 1,000 rupee notes from circulation. Indian Prime Minister Narendra Modi on Tuesday announced that 500 and 1,000 rupee notes would be withdrawn from circulation effective Tuesday midnight “to crack down on rampant corruption and counterfeit currency”. Following the Indian government’s surprise decision, the NRB also banned the use of those bank notes in Nepal effective from Wednesday.

यि खानाहरू संगै खाए तत्काल मृत्यु हुन्छ,जानी राखौ/ हेर्नेपर्ने भिडियो..


WHICH FOOD IS DANGEROUS FOR YOUR HEALTH?
Everyone knows the foods that are healthy and those that are not, right? Yet, there are still a lot of those foods on the store shelves that are being advertised as the “healthy option”, but really are far for being a decent choice. In fact, some of the worst offenders are filled with ingredients that, on top of being unhealthy, keep those inches on your waistline and won’t let you take off those extra pounds. There are still other foods that, although they actually are healthy, they are simply too dangerous to consider eating. There are dozens of foods which would make this list and it might be hard to avoid them, but let’s take a look at just the top 20 dangerous foods that you should never eat and remove from your diet if you care at all about your health.

पैसा र एक किलो सुनको लागी आफ्नै श्रीमानको हत्या गरीन श्रीमतीले ! कसरी मारीन आफ्नै श्रीमानलाइ यि महिलाले (हेर्नुहोस भिडियो)



WOMAN HIRES CONTRACT KILLER, KILLS HUSBAND IN HYDERABAD







Everyone knows the foods that are healthy and those that are not, right? Yet, there are still a lot of those foods on the store shelves that are being advertised as the “healthy option”, but really are far for being a decent choice. In fact, some of the worst offenders are filled with ingredients that, on top of being unhealthy, keep those inches on your waistline and won’t let you take off those extra pounds. There are still other foods that, although they actually are healthy, they are simply too dangerous to consider eating. There are dozens of foods which would make this list and it might be hard to avoid them, but let’s take a look at just the top 20 dangerous foods that you should never eat and remove from your diet if you care at all about your health.

घिसिङ घोषणा '‘लेखेर राख्नुहोस् अब लोडसेडिङ तालिका सार्वजनिक हुँदैन ,लोडसेडिङ तालिका प्रकाशित गरेर किन आतंक सृजना गर्ने'' हेर्नुस भिडियो ....

एकाएक लोडसेडिङ अन्त्य गराएर चर्चा बटुलेका घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेपछि चर्चामा नआएका कैयौँ यस्ता प्रसंग छन् जसले दीर्घकालिन महत्व राख्दछन् ।
देशभर लोडसेडिङ सुन्यप्राय स्थितिमा पु¥याएपछि घिसिङको चर्चा ह्वात्तै बढेको छ । घिसिङ जोसिएका छन् । ‘लोडसेडिङ तालिका अब आउदैन । तालिका प्रकाशित गरेर किन आतंक सृजना गर्ने ?

राजाहरुले बनाए, राणाहरुले बनाए अब नेताहरुले बनाउलान् त? - HIGHWAY EXPRESS

राजाहरुले बनाए, राणाहरुले बनाए अब नेताहरुले बनाउलान् त? - HIGHWAY EXPRESS

दक्षिण कोरियामा विशाल जनप्रदर्शन !



सोल, २७ कात्तिक । वर्तमान दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन हाइलाई अपदस्थ गर्ने माग राख्दै उहाँका बिरोधीहरुले राजधानी सोलमा शनिबार एक बिशाल विरोध प्रदर्शनीको आयोजना गरेका छन् । कम्तीमा लाखौं जनताको सहभागिता हुने भनिएको सो विरोध प्रदर्शनी दक्षिण कोरिया प्रजातान्त्रिकरण भएको ३० वर्ष पछिको सबभन्दा विशाल जनप्रदर्शन हुने पनि दावी गरिएको छ ।



विरोधीहरुका प्रचारप्रसार अभियानलाई दृष्टिगत गर्दा प्रहरीले सोलको सिटी हल र ओल्ड प्यालेस गेटवरपर करिब एकलाख सत्तरी हजार जनता जम्मा हुने अनुमान लगाएको छ । तर, आयोजकहरु भने कम्तीमा दसलाख मानिस भेला हुने दावी गरेका छन् ।

लामो समयसम्म आफ्ना नाता, साथी,भाई तथा निकटका भारदारलाई आर्थिक भ्रष्टाचार गर्न छूट दिएको, बहूराष्ट्रिय कम्पनीहरुसँग साठगाँठ राख्न लगाई राजश्व छल्ने, मार्ने काम गराएको, आफ्ना आसेपासेका नाममा खुलेका तथाकथित गैह«नाफामूलक संस्था, सङ्गठनहरुलाई करोडौं डलरको आर्थिक सहायता, चन्दा दिने नाममा राष्ट्रको ढुकुटीको दुरुपयोग गरेको, पर्दा पछाडी बसी राज्यशक्तिको दुरुपयोग गरेको आशंका र आरोपमा बिपक्षीहरुको एकनाशको कडा आलोचना र बिरोध खेप्दै आउनु भएकी वर्तमान राष्ट्रपति पार्कको कुर्सी हाल निकै हल्लिइ रहेको बताइन्छ ।

राष्ट्रपति पार्क विरुद्ध यसरी जन आक्रोश फैलिरहेको अवस्थामा संसदका विपक्षी दलहरुले भने राजिनामाको माग, पदच्युत गराउने प्रयास वा राष्ट्रपतिको जमेर बिरोध गर्न सकेका छैनन् । राज्य सञ्चालनमा राष्ट्रपतिले राजनीतिक हस्तक्षेप गरेमा वा गम्भीर राष्ट्रिय मामिलामा आफूलाई टाढै नराखेमा राजिनामा मागको अभियान चलाउने भनी चेतावनी दिनसम्ममा मात्र सीमित छन् संसदका विपक्षीहरु ।

आगामी वर्ष नै राष्ट्रपतीय निर्वाचन हुन गै रहेकाले हाल विरोध कार्यक्रममा लाग्दा त्यसले आफूहरुलाई पनि निर्वाचनमा नकारात्मक असर पार्ने हो कि भन्नेमा उनीहरु सशंकित छन् । सदैव आलोचनै आलोचना, विरोधै विरोध खेप्नु पर्दा आजित भएकी राष्ट्रपति पार्कले मुलुकमा राजनीतिक स्थिरता ल्याउने प्रयोजनवश विपक्षीहरुको नियन्त्रणमा रहेको संसद्लाई प्रधानमन्त्री चयन गर्न दिन सहमत भएको अभिव्यक्ति गत मङगलवार दिनु भएको थियो ।

तर, राष्ट्रपतिमा निहित शक्तिहरुमध्ये प्रधानमन्त्रीलाई अधिकांश शक्ति हस्तान्तरण गर्ने प्रतिवद्धता नआएसम्म उहाँको अभिव्यक्ति अर्थहिन हुने भनी विपक्षी दलहरुले प्रतिकृया व्यक्त गरेका छन् । वर्तमान राष्ट्रपति पार्कको पदावधि सकिन अब १५ महिना मात्र बाँकी रहेको छ । कथम् कदाचित उहाँलाई बीचैमा अपदस्थ गरिएमा ६० दिन भित्रै नयाँ निर्वाचन गरिसक्नु अनिवार्य छ ।

चितवनमा उत्तरपुस्तिका बोकेको गाडी तोडफोड



चितवन, २७ कात्तिक । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको बिएस्सी एजीको प्रवेश परीक्षाको उत्तरपुस्तिका लिएर भरतपुरबाट रामपुर जाँदै गरेको गाडी तोडफोड भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार विश्वविद्यालयको बा १० च ९३४५ नंको उत्तरपुस्तिका बोकेको उक्त गाडी विश्वविद्यालय नजिक दिउँसो २ बजे अज्ञात समूहले तोडफोड गरेको हो ।

चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार ढुङ्गा प्रहारबाट गाडीको सिसा फुटेको छ । घटनापछि अनुसन्धानका लागि १० जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको श्रेष्ठले बताउनुभयो । उत्तरपुस्तिका सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो । कसले किन तोडफोड गरेको हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।

नून नपाइने हल्लापछि बाँकेमा खोसाखोस, १८ रुपैयाँ किलो पर्ने नूनलाई




कार्तिक, २७ नेपालगन्ज ।

नूनको हाहाकार हुने हल्ला फैलिएपछि नेपालगन्जमा मूल्य आकासिएको छ ।सर्वसाधारणहरु पसलपसलमा खोज्दै महङ्गोमा नून किनेर भण्डारण गरिरहेका छन् ।

१८ रुपैयाँ किलो (एक प्याकेट) पर्ने नूनलाई सर्वसाधारणहरुले ४० रुपैयाँमा किनिरहेका छन् । ५ सय र १ हजार भारतीय रुपैयाँ प्रतिबन्धपछि नागरिकलाई नूनसमेत किन्न समस्या भइरहेको समाचार भारतीय मिडियाहरुले प्रशारण गरेपछि नेपालगन्जमा अनावश्यक हल्ला फैलिएको हो ।

साल्ट ट्ेरडिङ कम्पनी लिमिटेड अञ्चल कार्यालय नेपालगन्जका प्रमुख मनोज चौधरीले हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । उनले हाल ६ हजार मेट्रिक टन नून स्टक रहेको र ६ महिनालाई पुग्ने भएकाले भ्रमको पछि नपार्न अनुरोध गरेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले नून अभाव नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।

दैलेखबाट काठमाडौं जाँदै गरेको बस कपासे नजिकै दुर्घटना



कार्तिक, २७ सुर्खेत ।

दैलेखबाट काठमाडौं जाँदै गरेको बस शुक्रबार साझ सुर्खेतमा दुर्घटना भएको छ ।

दैलेख सुर्खेत सडक खण्डको कपासे नजिकै ना ५ ख ४४९१ को नम्बरको बस दुर्घटना हुँदा ६ जना यात्रु सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

ओरालोमा ब्रेक फेल भएर बस दुर्घटना भएको थियो । बस सडकमा नै पल्टिदा केही घण्टा सडक अवरुद्व भएको थियो ।

घाइतेहरुको स्थानीय अस्पताहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कार दुर्घटनामा मृत्यु भएका चार नेपालीको अमेरिकामै दाह संस्कार




कार्तिक, २७ वाशिंगटन डिसी ।

गत शुक्रबार नोवेम्बर ४ तारिख दुखदायी कार दुर्घटनामा निधन भएका चार नेपालीहरूको आज जर्जिया राज्यको डेकाटोर सहरमा हिन्दु परम्परा अनुसार दाह संस्कार सम्पन्न भयो ।

निसान अल्टिमा नामक कारमा सवार गरिरहेका उक्त गाडी दुर्घटना करिब शुक्रबार राति ९ बजे घट्न पुगेको थियो भने २९६ नामक जर्जिया राजमार्गको उत्तरतर्फ गइ रहेको अवस्थामा ८८ राजमार्गमा १८ पाङ्ग्रे ठूलो मालबाहक गाडीसँग ठोकिन पुगेको थियो ।

एस टर्नेर एन्ड सन्स, डेकाटोरमा आयोजित अन्त्येष्टि कार्यक्रममा निधन भएका चिरन्जीवी खनाल, श्यामा खनाल र रिचा पन्त खनालको शवमा जेष्ठ सुपुत्र समिर खनालले दागवत्ती दिएका थिए । त्यस्तै उक्त दुर्घटनामा निधन भएकी प्रतिमा सुवेदीलाई दाजु प्रतिक सुवेदीले दागबत्ति दिएको जानकारी भर्जिनियाका उनका नातेदार तथा समाज सेवी सुनिलमणि दाहालले जर्जियाबाट बताए ।

खनाल परिवारका कान्छा छोरा सुवास खनालको स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको र उनी उपचारका क्रममा अगस्ता अस्पतालमा रहेको पारिवारिक सुत्रले बताएका छन् ।

उक्त अन्त्येष्टि कार्यक्रममा खनाल तथा सुवेदी परिवारका आफन्तहरूले निधन भएकाहरूका बारेमा स्मरणका आफ्ना भनाईहरू प्रस्तुत गरे ।

अन्त्येष्टि कार्यक्रममा सहभागिता जनाई श्रद्धान्जली दिन जर्जिया, भर्जिनिया, सिकागो, क्यालीफोर्नीया, टेक्सासलगायत अन्य राज्यहरूवाट आफन्तजन र साथीभाईहरूको उल्लेखनीय उपस्थिति थियो ।

यस दुखद घडिमा निधन भएकाहरूप्रति हार्दिक समवेदना दिँदै घाईते समिर खनाल र सुवास खनालको शीघ्र लाभको कामना गरियो , त्यस्तै यस विपतीमा भोक प्यास नभनी खट्ने जर्जिया विश्वबिद्यालयस्थित नेपाली विद्यार्थी समूह तथा सहयोग र सहानुभूति दर्शाउनुहुने सम्पूर्ण नेपाली समुदायहरूलाई धन्यवाद ज्ञापन गरियो ।

कोदालो प्रहार गरी दाजुले गरे भाइको हत्या




कार्तिक, २७ महेन्द्रनगर ।

कञ्चनपुरको वेल्डाडीमा एक जनाको हत्या भएको छ । शनिवार दिउसो बेल्डाडि नगर पालिका ४ रतनपुरका ३५ वर्षिय लोकेन्द्र विष्टको हत्या गरेको हो ।

हत्यामा संलग्न भन्दै मृतक दाजु नाता पर्ने कमान सिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जग्गा सम्वन्धि पुरानो विवाद रहदै आएको र शनिबार दिउसो गहुँ छर्न जोताई गररिहेका बेला दाजु कमान सिंह विष्टले भाइ लोकेन्द्रलाई कोदालो प्रहार गरी हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

नियन्त्रणमा लिएका विष्ट जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । हत्या वारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लाल बहादुर बमले जानकारी दिए ।

सिरहामा चार राउण्ड गोली सहित तीन पक्राउ



सिरहा । सिरहाको मिर्चैयाबाट चार राउण्ड गोली सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा शसस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाबाट खटिएको प्रहरीको गस्ति टोलीले मिर्चैयाको कटारी चौकबाट आज (शनिबर) २ राउण्ड गोली र २ थान गोलीको खोका सहित ३ जनालाई पक्राउ गरिएको छ ।

ज ५ प १२९ नम्बरको मोटरसाइकल चेकजाच गर्ने क्रममा मोटरसाइकलको एयर फिल्टरमा लुकाई राखेको अबस्थामा ८ एमएमको २ राउण्ड गोली र २ थान गोलीको खोका बरामद भएपछि मोटरसाइकलमा सबार रहका ३ जनालाई नियन्त्रणमा लिईएको प्रहरीले बताए । पक्राउ पर्नेहरुमा मिर्चैया २ मल्हनिया पिरारी बस्ने २१ बर्षीय नरेश कुमार कापर, २२ बर्षीय २२ जयकिशोर कापर र २४ बर्षीय बिनोद कापर रहेको प्रहरीले बताए ।

पक्राउ परेकाहरुको साथबाट एक लाख ३५ हजार नेपाली रुपैया, एक थान ट्याब र तीन थान मोबाइल बरामद भएको छ । पक्राउ परेकाहरुलाई आबश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय मिर्चैयाको जिम्मा लगाइएको छ । घटनाको सम्बन्धमा थप बिबरण आउन बाँकी रहेको छ ।

हाम्रो भविष्य सिंहदरबारले लुटेको होईन, प्रचण्डले लुटेका हुन्: लेनिन बिष्ट



काठमाडौं । बहिर्गमित सेना नेपालका अध्यक्ष लेनिन बिष्टले आफुहरूको भविष्य माओवादी नेतृत्व र प्रचण्डले लुटेको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा बहिर्गमित सेना नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बिष्टले बाल्यकालमा आफुहरूलाई बन्दुक बोक्न लगाउने सिहंदरबार र बालुवाटार नभएको भन्दै पार्टि नेतृत्व भएको आरोप लगाएका छन् ।

अध्यक्ष बिष्टले विगत सात बर्षदेखि उठाउँदै आएका आफुहरूका मागलाई मुर्त रुप दिनको लागि माउ पार्टीको केन्द्रिय कार्यालय अघि शान्तिपूर्ण तरिकाले धर्ना बस्दा प्रशासन लगाएर धरपकड गर्न लगाउनुजस्तो अप्रिय काम गर्नु पार्टीको लागि फाईदा नहुने बताए ।

उनले अघि थपे,“हाम्रा हरेक गतिविध र कामहरू आज राज्यको प्रशासनले नियालीरहेको छ, के हामीले आफ्ना मागहरू राज्य सामु उठाउने नपाउने हौ ? यहाँ मानव अधिकारकर्मीहरु र पत्रकारहरु कता छन् ?

हिजोका दिनमा आफूहरुलाई युद्धमा सहभागी गराउने तर आज आएर घर न घाटको बनाउने काम माउ पार्टीले गर्न खोजेको आरोप लगाउँदै उनले भने,‘‘हाम्रो आग्रह छ, राज्य र माओवादी केन्द्र हाम्रा माग प्रति संम्वेदनशिल भएभने अप्रियस्थितिको सामना गर्नुपर्ने छ, हिजो हामीलाई बालक र अयोग्यताको विल्ला लगाएर हटाईएको थियो तर आज हामी ठुला भैसक्यौ, केटा केटी त हुने भनेर हेप्न नखोजियोस् ।”

त्यस्तै कार्यक्रममा बहिर्गमित सेना नेपालका सल्लाहकार सुनिल लिम्बुले देशमा आएको परिर्वतनमा आफुहरूले ठुलो योगदान रहेको बताउदै भने,“गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता लगायत उपलब्धिहरू योग्य हुने तर हामी चाँहि अयोग्य हुने ? हामी वार्ता र सहमती अनुसार माग सम्बोधन भएको देख्न चाँहन्छौ, यदि मागहरू सम्बोधन नभए आईएसआईको उदाहरण यहाँ नदेखिएलान भन्न सकिदैन ।”

त्यस्तै केन्द्रिय सदस्य भीम तामाङले पनि माग सम्बोधनको लागि आफूहरु निर्णायक आन्दोलनको तयारीमा जुटेको उल्लेख गर्दै भने,‘अरुका लागि पटक पटक लड्यांै, अब आफ्नोलागि लडौं एकपटक भन्ने मुलनाराका साथ आन्दोलन सुरु भएको छ, जबसम्म माग सम्बोधन हुँदैन, तबसम्म हामी कुनैपनि हालतमा पछि हट्दैनौंं ।

पत्रकार सम्मेलनमा राज्य सामु उनीहरुले विभिन्न सात बुँदे मागहरु समेत अघि सारेका छन् । उनीहरुले अघि सारेका मागहरुमा सरकारले तत्काल हामी माथि लगाइएको “अयोग्य” पदावली फिर्ता गरोस र हामीहरुलाई गणतन्त्रका योद्दा घोषणा गर्नुपर्ने, बिहिर्गमनमा परेका ४ हजार ९ जनालाई जनसेनाको सरह ब्यबहार गर्नुपर्ने, सरकार, तत्कालिन माओबादी नेतृत्व र सरोकार वाला पक्ष्यले बाल सैन्य भर्तिबाट भएको अधिकारको उलंघनको जिम्मेवारी लिनुपर्ने, युद्धमा बाल अधिकारको उलंघन गर्ने राज्य र बिद्रोही पक्ष्यलाइ घरेलु तथा अन्तरास्ट्रिय सिद्दान्तका आधारमा न्याय स्थापना गर्नुपर्ने, बाल सैन्यहरुका लागि शिक्षा पाउने बिशेष अधिकार खोसिएकोले नेपाल सरकारले उनीहरुको ब्यबहारिक चासो सम्बोधन गर्ने गरि सामाजिक न्यायको आधारित भएर एक मुस्ठ सामाजिक र आर्थिक कार्यकम बनाएर लागु गर्नुपर्ने लगायत छन् ।

अफगानिस्तानमा बम विस्फोट



काबुल । अमेरिकी र नेटो शिविरनजिकै अफगानिस्तानको ब्यागरम विमानस्थलभित्र भएको बम विस्फोटनमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने पर्वान प्रान्तमा अवस्थित सो विमानस्थलमा शनिबार विहानै बिस्फोट भएको जनाइएको छ ।

सरकारको प्रान्तीय प्रवक्ताका अनुसार सिन्ह्वालाई दिएको जानकारी अनुसार विस्फोटको प्रकृति हेर्दा अज्ञात व्यक्तिले आत्मघाती विस्फोट गराएका र तर यस बिस्फोटबाट भएको मानवीय हताहतीको भने एकिन सङ्ख्या प्राप्त भएको छैन् । यस घटनाको विस्तृत विवरण भने पछि बताइने पनि प्रवक्ताले जानकारी दिएका छन् । यसैबीच तालिवानीका एक प्रवक्ताले यस आक्रमणको आफूहरुले जिम्मेबारी लिएको बताएका छन् ।

भारतीय राजधानीको वायु प्रदूषणले विश्व झक्झक्यायो



संयुक्त राष्ट्रसङ्घ । भारतको राजधानी नयाँदिल्लीमा गतहप्ता देखिएको वायु प्रदूषणको असरबाट सचेत हुन राष्ट्र सङघीय बाल कोष (युनिसेफ)ले विश्वलाई नै आह्वान गरेको छ । युनिसेफले हालै जारी एक प्रेस विज्ञप्तिमा नयाँ दिल्लीको भर्खरैको अनुभवबाट संसारले सिक्नु पर्ने तर्फ ध्यानकर्षण गराएको छ । प्रदूषणबाट हुने असर र समस्याबाट सतर्क हुने बच्ने उपायहरु पनि अपनाउन युनिसेफले आग्रह गरेको छ ।

“दिल्लीका बालबालिका हरेक पटक स्वासप्रश्वास गर्दा प्रदूषणको समस्याबाट पिडित छन्,” विज्ञप्तीमा भनिएको छ । “यो चुनौती दिल्लीको मात्रै होईन, विकासको उकालो चढ्दै गरेका विश्वभरका अरु थुप्रै सहरहरुको पनि हो,” राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजार्रिकले संवाददाताहरुलाई भन्नुभयो । “दिल्लीले विश्वलाई नै झस्काएको छ,” उहाँले थप्नुभयो ।

राष्ट्रिय समस्या समाधान हुने गरी संविधान संशोधन गरिनुपर्छ : अध्यक्ष यादव






काठमाडौं, २७ कार्तिक – सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको राष्ट्रिय समस्या समाधान हुने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गरिनुपर्ने बताएका छन् ।

नेपाल संवत् ११३७ को अवसरमा सङ्घीय समाजवादी नेवाः सङ्घले आज यहाँ आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा अध्यक्ष यादवले आफूहरुको सहमति बेगर संशोधन दर्ता गरिए त्यसको प्रतिकार गरी सङ्घर्षमा जाने चेतावनी दिए ।

“अब, हुने संविधानको संशोधन मूलभूत राष्ट्रिय सवाल, सङ्घीयता, समावेशीता, पहिचान, स्वायत्तता र सुशासनसम्बन्धी सवाल हल गर्ने गरी संशोधन गरिनुपर्छ, चलाखीपूर्ण तरिकाले हाम्रा मुद्दालाई ओझेलमा पार्ने गरी संशोधन लगियो भने त्यसको कुनै अर्थ हुदैन र फेरी आन्दोलनमा उत्रनुको विकल्छ हुन्न,”–उनले भने ।

सङ्घीय गठबन्धनका संयोजकसमेत रहनुभएका अध्यक्ष यादवले सरकार गठनका बेला भएको त्रिपक्षीय सम्झौताअनुरुप संशोधन लैजानुको साटो सङ्घीय आयोगमार्फत विवादास्पद जिल्लाको टुङ्गो लगाउने भन्ने विषय सङ्घीयता समाप्त पार्ने षडयन्त्र हो भन्दै, त्यो कदापि मान्य नहुने स्पष्ट पारे ।

समाजवादी फोरमकै सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मुलुकको पहिचानको मूल आधार मानिने नेपाल संवत्लाई वैज्ञानिक मापदण्ड बनाएर प्रयोगमा ल्याइनुपर्नेमा जोड दिए ।

नेपाली युवती छोड्न थालेपछि विदेशी युवासंग विवाह दर्तामा कडाइ - See more at:







काठमाडौं, २७ कार्तिक, जिल्ला प्रशासन कार्यालय काठमाडौंले विदेशी युवासँग नेपाली युवतीले गर्ने दर्ता विवाहमा कडाइ गरेको छ ।

नेपाली महिलालाई विदेशी नागरिकले विवाह गरी उनीहरुको देशमा लगेर यौन शोषण गर्ने, हिंसालगायत चरम यातना दिनेजस्ता घटना बढेपछि प्रशासनले कडाइ गर्न थालेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता गणेशकुमार भट्टराईले विवाह गरेर विदेश गएका युवतीले गम्भीर खालका समस्या भोग्नुपरेको गुनासो बढेपछि दर्ता विवाहमा कडाइ गरिएको जानकारी दिए ।

अहिले नेपाली युवतीलाई चीन र दक्षिणा कोरियाका नागरिकसँग विवाह गर्न पूर्ण रुपमा रोकिएको छ ।

यसअघि भने जिल्ला प्रशासन कार्यालयमा कोर्ट र पोस्ट म्यासरज गर्न आउनेमध्ये सबैभन्दा बढी कोरियाली केटा र नेपाली केटीकै बढी हुने गरेको थियो ।

जिविसको हदैसम्मको लापरबाही, किसानका खेत बाँझै (यो खबर लाई शेयर गरेर नेपाली किसान को माद्दत् गर्नु होला)







काठमाडौं, २७ कार्तिक, जिल्ला विकास समिति झापाले जथाभावी खोला उत्खनन गर्न अनुमति दिएका कारण अबको पाँच वर्षमा सिँचाई सुविधा पुगेका झापाका करिब दुई हजार हेक्टर जमिन बाँझो हुने सिँचाई विकास डिभिजन कार्यालय झापाका प्रमुख इश्वरीप्रसाद तिवारीले चेतावनी दिएका छन्।

उनले झापाको बुधबारेको उर्बर जमिनमा सिँचाई गर्ने बिरिङ खोलामा जथाभावी उत्खनन भइरहेकाले बुधबारेकै धान फल्ने जग्गा बाँझो हुने बताएका छन्।

शुक्रबार जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा छलफल कार्यक्रम आयोजना गरेर उनले यस्तो चेतावनी दिएका हुन् ।

विरिङ खोलाबाट खेतमा सिँचाइ पुर्याउन आधा दर्जन योजना सञ्चालित छन् । केही योजना आउने क्रममा रहेको उनले जानकारी दिए ।

सेमिफाइनलमा नेपाल विजयी, लाओस ३-० गोलअन्तरले पराजित watch video:-







मलेसिया, २७ कार्तिक, मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज नेपाल विजयी भएको छ । लाओससँगको खेलमा निर्धारित २(२ गोलको बराबरी भएपछि पेनाल्टी सुटमा नेपाल ३(० गोलले विजयी भएको हो । खेल मलेसियाको नेगेरी रंगशालामा शनिबार दिउँसो २ः१५ बजेबाट भएको थियो ।

समूह ए को समूह विजेता नेपालले समूह बी को उपविजेता लाओससँग खेलेको हो । नेपालले समूह चरणमा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको थियो भने ब्रुनाइलाई ३–० ले हराएको थियो ।

त्यसैगरी लाओसले समूह चरणमा श्रीलंका र मंगोलियालाई हराउँदा मकाउसँग पराजय बेहोरेको थियो ।

नेपाली प्रशिक्षक ग्योतोकु कोजीले समूह विजेता बनेसंगै नेपाल फाइनलमा पुगेको बताएका छन् । कोजीले नेपाल मलेसियामा उपाधि जित्नकै लागि आएको स्पष्ट पार्दै भनेका थिए ‘लाओस राम्रो खेल्छ तर हामी उपाधि लिन मलेसिया आएका हौं ।’

अर्को सेमिफाइनलमा आजै साँझ ५ः१५ बजे ब्रुनाई र मकाउ भिड्ने छन् । ब्रुनाई नेपालको समूहको उपविजेता हो भने मकाउ समूह बी को विजेता हो ।

खेल लाइभ हेर्न पाउनु भएन भने यहाँ हेर्नुहोस्:

बारामा ४० लाख मूल्य बराबरको अखाद्य खाने तेल नष्ट



जिल्ला अनुगमन समन्वय समिति बाराले बरामद गरेको करिब ४० लाख मूल्य बरावरको म्याद नाघेको १७ हजार लिटर खाने तेल नष्ट गरेको छ । उक्त परिमाणको खाने तेल बकैया खोला बगरको खाडलमा जलाएर नष्ट गरिएको हो ।


बारा निजगढ नगरपालिका ८ बकैयाटोलस्थित कृष्णप्रसाद दंगालको गोदामबाट गत कात्तिक ११ गते उक्त परिमाणको म्याद नाघेको रिफाईन सोयाविन तेल फेला पारेपछि तेल र खाली जर्कीन भएको गोदामका दुई वटा ठुला कोठालाई सोही दिन सिलबन्दी गरिएको थियो । भारतीय सदावहार ब्राण्डको म्याद नाघेको सो तेल बिक्री गर्ने मनशायले दर्जनौं जर्कीनमा भरी राखेको र दर्जनौं खाली जर्कीन समेत भेटिएपछि जिल्ला अनुगमन समिति बाराले दंगालको गोदाममा सिलवन्दी गरेको थियो । अखाद्य तेल विक्रेता ईशा सप्लार्यस निजगढका रमेश दंगाललाई सोही दिन अनुगमन टोलीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको थियो । तेल नष्ट गर्दै बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले यस घटनाको अनुसन्धान नटुङ्गिएको र अन्य त्रुटी भेटिए कडा कारवाही गरिने बताउनु भयो । उहाँले सो तेलमा पेरो अक्साईड भ्यालु ४० देखिएकोले यो मानव स्वास्थ्यका लागि अति नैं हानीकारक रहेको परीक्षणबाट पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार पेरो अक्साईड भ्यालु १० भन्दा बढी भएका मानव स्वास्थ्यका लागि हानीकारक हुन्छ ।
कालोबजारी र गुणस्तरहीन बस्तु बिक्री गर्ने मनशायले राखेको भन्दै ईशा सप्लार्यसका दंगाललाई बारा प्रशासनले १२ दिन सम्म नियन्त्रणमा लिई गत कात्तिक २३ गते १ लाख रुपैया धरौटी लिई तारेखमा छोडेको छ ।

Friday, November 11, 2016

हेर्नुहोस्, यो हो अमेरिकाका नयाँ राष्ट्रपति ट्रम्पको सुविधासम्पन्न घर, १२६ कोठा भएको यो महलका विशेषता यस्तो



अमेरिकाका नव निर्वाचित रायट्रपति डोनाल्ड ट्रम्प अत्याधुनिक सुविधासम्पन्न जीवनशैलीका लागि परिचित छन् ।

राष्ट्रपति ट्रम्प रियल स्टेटका ठूला व्यवसायी हुन् । उनी अरबौं सम्पत्तिका मालिक हुन् र अहिले उनी सयभन्दा बढि कम्पनीका मालिक हुन् । फ्लोरिडा र क्यालिफोर्नियामा थुप्रै विलासी घरहरु भएका उनको सबैभन्दा विशेष घर मार–ए–लागो हो । १७ एकडमा फैलिएको उक्त घरमा १ सय २६ वटा कोठा छन् ।

सन् १९२७ मा बनेको यो महललाई ट्रम्पले सन् १९८५ मा खरिद गरेका थिए । उनले यो घरलाई व्यक्तिगत र व्यवसायिक रुपमा प्रयोग गर्ने गर्दछन् । ट्रम्पले यहि घरबाट तीनवटा स्टेट प्रिमरिज जितेपछि भाषण दिएका थिए । उनको यो घरमा नीजि क्लब र स्पा छन् जसको मूल्य करिब २० करोड डलर हो । ट्रम्पलाई यसमार्फत एक वर्षमा १.५ लाख डलरको फाइदा हुन्छ ।

फोर्ब्सका अनुसार ट्रम्पको सम्पत्ति करिब २४ हजार करोडको आसपास छ । उनी अमेरिकाका धनी व्यक्तिमध्ये १५६ औं स्थानमा पर्दछन् । उनीसँग सुनको लेपन लगाइएको मोटरसाइकल छ । यति मात्र होइन उनको सुनले लेपन गरिएको नीजि हेलिकोप्टर पनि छ ।

ट्रम्प आफू रक्सी नपिउने बताउँछन् तर उनीसँग भोड्काले भरिएको यस्ता बोतल छन् जुन शुद्ध २४ क्यारेट सुनले बनेको छ । ट्रम्पले आफ्नो एस–७६ हेलिकोप्टरका लागि ७० लाख डलरको सुन यसमा प्रयोग गरेका छन् ।

ट्रम्पको न्यूयोर्कको चर्चित म्यानहट्टनस्थित उनको पेन्टहाउसको मूल्य ६५० करोड रुपैयाँ भन्दा बढि छ । ट्रम्पको उक्त पेन्टहाउसमा हिराजडित मैनबत्ती छ भने सुनको पत्र लगाइएको पर्दा राखिएका छन् । उनको उक्त पेन्ट हाउस सजाउनका लागि थुप्रै ठाउँमा २४ क्यारेट सुनको प्रयोग गरिएको छ ।



यसका साथै उनको अर्को सुविधासम्पन्न घर ‘प्रिन्सेस याट’ मा फिल्म हलदेखि २ सय १० वटा टेलिफोनसम्म राखिएका छन् । तीनवटा लिफ्ट राखिएको उनको यो घर १ सय ५० देखि २ सय मिलियन डलरको हो ।

ट्रम्प एक सफल व्यापारी हुनुका साथै एक लेखक र टेलिभिजन व्यक्तित्व पनि हुन् । ट्रम्पको एक किताब ‘आर्ट अफ द डील’ ५१ हप्तासम्म सर्वाधिक बिक्रि हुने किताब बनेको थियो ।

बिहान उठ्नासाथ यी १० चीज देखिए भाग्य खुल्छ



व्यक्तिको पैसासंग जोडिएको इच्छा कहिले पुरा होला, महालक्ष्मीको कृपा कहिले मिल्छ, यो जान्नको लागि ज्योतिषमा केही संकेत बताइएको छ।
मान्यता छ कि जब यी संकेत मिल्छन् तब सम्झनुपर्ने छ कि व्यक्तिलाई लक्ष्मीको कृपा मिल्ने छ र पैसाको समस्या टाढा हुनेछ।

१. यदि कसैलाइ बिहान-बिहानै उखु देखाइ पर्छ भने निकट भविष्यमा धन सम्बन्धी कार्यमा सफलता मिल्नेछ।
२. यदि घरबाट बाहिर निस्कनासाथ गाई देखा पर्छ भने यो शुभ संकेत हो। गाई यदि सेतो रंगको भए झनै शुभ हुनेछ।
३. नरिवल, शंख, मयुर, हास, फूल आदी चिज बिहान बिहान देखिए निकै शुभ मानिन्छ।
४. निन्द्रा बाट उठ्ने बित्तिकै पहिलो नजर दुध वा दही राखिएको भाँडामा पर्छ भने निकै शुभ संकेत मानिन्छ।
५. बिहान उठ्नासाथ शंख, मन्दिर वा घन्टीको आवाज सुनाइ दिनु शुभ मानिन्छ।
६. यदि कसैको सपनामा पटक पटक हरियाली, लक्ष्मीको बहान उल्लु देखाइपरेमा निकट भविष्यमा धनको समस्या टाढा हुनेछ।
७. कुनै काम विशेषले बाहिर निस्कदा बाटोमा रातो साडीमा पुरै श्रृंगार गरेकी स्त्री देखिएमा महालक्ष्मीको कृपाको इशारा बुझ्न सकिन्छ। यस्तोमा त्यो दिनको कार्य सफल हुने अधिक सम्भावना हुन्छ।
८. शास्त्रको अनुसार शुक्रबार महालक्ष्मीको पुजा गर्नाले विशेष कृपा मिल्छ। यो दिन कुनै कन्याले सिक्का दिएमा सो शुभ संकेत मानिन्छ।
९. यदि कोही व्यक्ति सपनामा सेतो सर्प, सुन रंगको सर्प देख्छ भने लक्ष्मीको कृपाको संकेत बुझ्नु पर्छ। यस्तो भएमा निकट भविष्यमा कुनै विशेष उपलब्धी हासिल हुनेछ।
१०. यात्रामा जाँदा सर्प, बाँदर, कुकुर या कुनै पंक्षी देखाइपरे शुभ सकेत हो। यात्रा मंगलमय रहनेछ।

सामान्य घरयासी बिवाद हुदा तेह्रथुममा दाजुले अाफ्नै भाइ खुकुरीले काटे



तेह्रथुम / तेह्रथुमको म्याङलुङ नगरपालिका ४ पिप्लेमा आफ्ने दाजुले भाईलाई खुकरी प्रहार गरी गम्भीर घाईते बनाएका छन । सामान्य घरयासी बिबाद हुँदा २६ बर्षिया खेम बहादुर बिश्वकर्माले आफ्नै भाई २० बर्षिया राम बहादुर बिश्वकर्मालाई आज बिहान १० बजे खुकरी प्रहार गरी गम्भीर घाईते बनाएको जिल्ला प्हरी कार्यलय तेह्रथुमले जनाएको छ ।

खुकरी प्रहार गरी घाईते भएका राम बहादुरको जिल्ला अस्पातलमा उपचार हुन नसके पछि थप उपचारका लागी बिपी कोईराला बिज्ञान प्रतिष्ठान धरानरिफर गरीएको छ । खुकुरी प्रहार गरी फरार भएका खेम बहादुरप्रहरीको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यलयमा बुझाइएकाे प्रहरीले जनाएकाे छ ।

छालाको दाग, खत र डण्डीफोर हटाउन मन छ ? दालचिनीलाई यसरी प्रयोग गर्नुहोस्…



अनुहार आकर्षक देखाउने रहर जोकोहिलाई पनि हुन्छ । आफ्नो मुहार सुकोमल पार्नका लागि विशेषगरि महिलाहरु अनेकौ प्रकारका कस्मेटिक उत्पादनको सहायता लिने गर्छन् । हुनत छाला सुकोमल तथा आकर्षशक बनाउने भन्दै अनेकौ प्रकारका उत्पादनहरु बजारमा उपलब्ध छ । तर यी उत्पानहरु महंगो हुनाका साथै कतिपय अवस्थामा छालालाई कुरुप समेत पार्न सक्ने हुन्छ । तसर्थ आज हामी अनुहार सुकोमल पार्न र छालामा भएका दाग, डण्डिफोरबाट छुटकारा पाउन सकिने घरेलु उपायका बारेमा जानकारी गराउँदै छौं । कतिपय अवस्थामा छालाको स्वरुप बिग्रिनबाट छुटकारा पाइयो भनेर ढुक्क भएता पनि छालामा दाग तथा खत भने बाँकीनै रहन्छ । अनि एउटा प्रख्यत भनाइ छ, यदि कुनै कुरा मुखमा हाल्न सकिन्न भने त्यसलाई अनुहारमा पनि दल्नु हुँदैन ।

आज हामीले जानकारी गराउन लागेको यो घरेलु छाला लेपले पनि यो पुरानो भनाईलाई चरितार्थ गरेको छ । दालचिनी छालाको संपर्कमा आएपछि यसले अनौठो तथा हल्का श्रृङ्ग पार्ने खालको उत्तेजना श्रृजना गर्छ जुन केही क्षणमै हराएर जान्छ । दालचिनीमा फंगल तथा जिवाणु बिरुद्ध लड्न सक्ने गुण लुकेको हुन्छ । यसमा छालालाई हानि पुर्याउन सक्ने अन्य विषादी बिरुद्ध लड्नसक्ने क्षमता पनि लुकेको हुन्छ । दालचिनीलाई यसरी प्रयोग गनुंस्

आवश्यक सरदामहरु:
१) आधा चम्चा दालचिनीको धुलो २) आधा चम्चा जाईफलको धुलो ३) एक चम्चा मह ४) एक चम्चा ताजा कागतीको रस

तयार पार्ने बिधि
एउटा सानो कचौरामा यी सबै सरदामहरु मिसाउनुहोस् । सरदामको लेप तयार पार्नुहोस् । अव रुमाल तथा कपासको सहायताले लेपलाई नाक, निधार, गाला तथा चिउँडोमाथि दल्नुहोस् ।

ध्यान दिनुपर्ने कुराहरु:
मुख तथा आँखाको नजिक लेप दल्नु भने हुँदैन । अप्ठ्यारो महसुस हुँदैन भने लेपलाई करिव आधा घण्टासम्म अनुहारमा छोडिदिनुहोस् होइन भने कमसेकम दश मीनेट सम्म लेपलाई अनुहारमा छोडिदिनुपर्छ । त्यसपछि आफ्नो अनुहारलाई मनतातो पानीले सफा गर्नुहोस् ।

स्कुल जान थाले भूकम्पलाई जित्ने सोनिस/ जो पुरिएको २२ घण्टा पछि झिकिएका थिए(भिडियो)

यस्ता भए सोनिस-
स्कुल जान थाले भूकम्पलाई जित्ने सोनिस/ जो पुरिएको २२ घण्टा पछि झिकिएका थिए(भिडियो)


सोनिसको उज्वल भविष्यको कामना गर्दै भिडियो हेरौं र सेयर गरौं

स्कुल जान थाले भूकम्पलाई जित्ने बालक/ जो पुरिएको २२ घण्टा पछि झिकिएका थिए(भिडियो) 

तालिवानी संग लडेर भिक्टोरिया क्रस पाएका यी नेपालि बिर को कथा



तालिवानी संग लडेर भिक्टोरिया क्रस पाएका यी नेपालि बिर को कथा

ब्रिटेनकी महारानी एलिजावेथ द्वितीयले हवल्दार पुनको बहादुरीका लागि ‘बकिंघम प्यालेस’मा एक समारोह आयोजना गरि पुनलाई ‘कान्सक्यिुअस ग्यालेन्ट्री क्रस’ पुरस्कारले सम्मानित गरेका थिए तालिवानी संग लडेर भिक्टोरिया क्रस पाएका यी नेपालि बिर को कथा(भिडियो) सक्दो सेयर गरि सबैलाई जानकारी दिनुहोस

भगवान शिवको पुजा गर्नलाई बेलायती प्रधानमन्त्री साडीचोलोमा मन्दिर पुगे पछि (भिडियो)



Prime Minister Theresa May donned a sari on the final day of her visit to India, as she declared the trade mission a success in her drive to build “global Britain”.
Mrs May wore the traditional Indian clothing as she visited the Sri Someshwara Hindu temple in Bangalore, the southern city which has become the IT sector hub of the sub-continent.
The PM went to India at the head of a 33-strong business delegation with the aim of bringing down barriers to commerce and paving the way for a free trade agreement following Brexit.Speaking to Sky News at the end of her three-day visit, she said: “Leaving the EU presents us with a world of opportunities and I’m determined to seize them.
“That’s why I’m here in India, delivering on global Britain. And I have to say the response has been very good.





“During this visit, we’ve seen £1 billion worth of deals being signed and we’ve come to an agreement with the Indian government that we will work together with them on developing our trade relationship for the future.

२०० बर्षसम्म सुगौली सन्धीबारे लुकाइएको तितो सत्य बाहिरियो.सिमाना फिर्ता हुने सम्भावना(भिडियो)

२०० बर्ष अघी बनाइएको सुगौली सन्धि अनुसार नेपाल र भारतको सिमानामा फेरबादल भएको पुष्टी.१५० बर्षमा खारेज हुने गरी बनाइएको उक्त सन्धिको नियम किन पालना गरिएको छैन,बर्षौदेखी सिमाना मिच्दै आएका भारतको षड्यन्त्र अब पर्दाफाश हुदै.कसरी फिर्ता हुदै छन् सिक्किम र दार्जीलिंग,हेर्नुस भिडियोमा==>

The Treaty of Sugauli (also spelled Sugowlee, Sagauli and Segqulee), the treaty that established the boundary line of Nepal, was signed on 2 December 1815 and ratified by 4 March 1816 between the East India Company and King of Nepal following the Anglo-Nepalese War of 1814-16. The signatory for Nepal was Raj Guru Gajraj Mishra aided by Chandra Sekher Upadhayaya,the signatory for the Company was Lieutenant Colonel Paris Bradshaw. The treaty called for territorial concessions in which parts of Nepal would be given to British India, the establishment of a British representative in Kathmandu, and allowed Britain to recruit Gurkhas for military service. Nepal also lost the right to deploy any American or European employee in its service (earlier several French commanders had been deployed to train the Nepali army). Under the treaty, about one-third of Nepalese-controlled territory was lost including all the territories that the King of Nepal had won in wars in the last 25 years or so such as Sikkim in the east, Kumaon Kingdom and Garhwal Kingdom (also known as Gadhwal) in the west and much of the Teraiin the south. Some of the Terai lands were restored to Nepal in 1816. More Terai lands were restored to Nepal in 1860 to thank Nepal for helping the British to suppress the Indian rebellion of 1857

चिनमा एक गगन चुम्बी बिल्डिङ लाई वरिपरी कुनै क्षेती नगरी यसरी ढालियो - हेर्नुहोस >>> {भिडियो सहित}


TALLEST BUILDING DEMOLISHED IN AROUND 13 SECONDS IN NW CHINA -
The building, 26 floors in all, fell down northwards as had been planned, with the protecting net set around it standing completely intact”The operation worked quite well. For one thing the building collapsed in the correct direction and for another thing it fell down at a low height and was fully exploded.

Both the noise and trembling of the demolition were under controllable range,” said Zhao Fuxing, a demolition expert and professor from the Xi’an Jiaotong University.On Sunday morning in Xi’an City, northwest China’s Shaanxi Province, a 118 meter high building was demolished in around 13 seconds. 26 floors in all the building fell down northwards. As planned, the protecting net was set around it standing completely intact. Zhao Fuxing, a demolition expert and professor from the Xi’an Jiaotong University said, ‘ The operation worked quite well. For one thing the building collapsed in the correct direction and for another thing it fell down at a low height and was fully exploded. Both the noise and trembling of the demolition were under controllable range. A bar is located only seven meters away from the building and it hadn’t been affected at all. There wasn’t even a piece of stone dropping on the bar. I’m quite satisfied with the operation. It worked well.’

चिन र भारतको सीमामा तैनाथ दुइ सेना बीच मुडभेड - भारतीय सैनिक को पक्षमा फ्रन्ट लाइनमा गोर्खाली देखियो >>> {भिडियो सहित}


Indian and Chinese Soldiers Faceoff in Arunachal Pradesh
This is not your bloody area. This is our area. And you are doing recce [reconnaissance], and patrolling this area with so many people? 10 people can do patrolling. Why so many?” Angry words from an Indian Army Officer to a Chinese officer as soldiers of both sides came face to face in Ladakh in Northeast Kashmir.

“The line is very clear,” says the Chinese officer in halting English. The Indian officer replies, “This is Indian territory. You are in Indian territory.”

This is all part of a video of a tense standoff that the Army says took place more than two years ago. And though the Army says there haven’t been recent flare-ups like this, the fact remains, young men from either side tasked with holding the line are often involved in situations where frayed tempers, miscommunication and contradictory claims to territory pose a very serious threat to the overall peace between that exists between the two countries.

As the face off becomes more volatile, the Chinese officer repeats, “The line is very clear.”

The Indian Army officer counters this and wagging his finger tells his Chinese counterpart, “The line is very clear to me. It is not clear to you.”

With both sides refusing to budge an inch, Chinese soldiers form a protective cordon behind their officer preventing the Indian Army from moving forward. Indian soldiers do the same to prevent the Chinese moving closer to Indian positions.

मूर्ति फिर्ता ल्याउने प्रहरी सम्मानित




काठमाडौं–पाटनको देवदत्त बिहारबाट चोरिएको ४ सय वर्ष पुरानो बुद्धमूर्ति खोजी गरी फिर्ता ल्याउने प्रहरीलाई बिहारले सम्मान गरेको छ । बुधबार विशेष कार्यक्रम आयोजना गरेर विहार सञ्चालकले महानगरीय प्रहरी परिसर ललिपुरका १० जना प्रहरीलाई सम्मान गरेको हो ।

विहार प्रशासनले बुधबार क्षमा पूजा गरेर चोरी भएका मूर्ति र गहना विहारमा प्रतिस्थापन गरेको थियो । सोही समारोहमा मूर्ति र गहना फिर्ता ल्याउन सफल भएको भन्दै परिसरका एसएसपी पिताम्बर अधिकारी सहित १० जना प्रहरी सम्मानित भएका हुन ।

बिहारबाट सम्मानित हुनेहरुमा परिसरका डिएसपी ईश्वर कार्की, महानगरीय प्रहरी प्रभाग मंगलबजारका प्रहरी निरीक्षक रेशम बोहरा, अपराध शाखा ललितपुरका सई अजय खनाल, कृष्ण गैरे, रेशम आचार्य, असई सन्दिप ज्योति, मीनबहादुर परियार, हवल्दार नवराज भण्डारी र जवान पान्डुपराज थपलिया रहेका छन ।

हाम्रो छात्तीमा बुट र लात्ती बर्जान पो प्रचण्डलाई महलमा पुर्याएका रहेछौं



महिनामा एक लाख तलब भन्दा बढी तलब बुझ्छन प्रधानमन्त्री प्रचण्ड । तर हामी दवाई किन्ने पैसा नभएर रोग पालिरहेका छौं । आधी बाँचेका छौं,आधा मरेका छौं । प्रधानमन्त्री प्रचण्ड अहिले महलमा पुगे आफ्नो विगत बिर्सिए । हामी त केवल भर्याङ भयौं । हाम्रै ढाडमा टेकेर उनी अहिले प्रधानमन्त्रीको आसनमा छन । हामी अयोग्य लडाकु भनि हुर्याइयौं,फालियौं । आज न्याय खोज्न आँउदा हाम्रो छात्तीमा बुटमा बजारीयो,लाठीले हानियो ।

रेश्मी शाही, मुग

अहिले यस्तो होला भन्ने सोचेकी थिइन । म त्यतिबेला १४ वर्षकी थिएँ । कुरा २०६० सालको हो । म बाध्यताले युद्धमा लागेकी थिएँ । देशमा राजाको अत्यचार सहन नसकेर युद्धमा होमिएको थिए । देश परिवर्तन गर्ने जोसले घरका सदस्यहरुको वास्ता भएन । मेरो कलिलो उमेर युद्धमै मिसिन पुग्यो ।

कुलप्रसाद भट्टराई

हामी युवा देश परिवर्तनका लागि युद्धमा होमिएका थियौं । त्यसभित्रको एक म पनि थिए । विकट जिल्लामा बसेकाले होला, मलाई युद्धमा होमिने हुरी चल्यो । १४ वर्षको उमेरमा तत्कालीन माओवादीमा जनयुद्धमा होमिन पुँगे ।
सायद द्वन्द्वको समयमा सबैभन्दा धेरै युद्ध लड्नेमध्येमा म पनि एक हुँ । ०५८ सालपछिका ठूला युद्धमा मैले गोलीबारुद बर्साएको छु । थानकोटको चौकी आक्रमणदेखि बैतडीसम्म । म्याग्दीको बेनी आक्रमणदेखि रुकुमको खारासम्म । म सबैतिर पुगेको छु । ती सबै युद्धमा लडेको योद्धा हुँ म ।

सुप्रिम कमाण्डरको अघि पछि बन्दुक बोकेर हिँड्दा गर्व लाग्थ्यो । तर, प्रचण्ड सरकारले अहिले मलाई अयोग्य भनेर हटाएको छ । उनलाई के थाहा ? ०६० सालमा बेनीमा भएको लडाइँमा करङको पातामा लागेको गोली अझै अड्किएको अड्किएकै छ । उपचार नपाएर दौडिइरहेको छु । आफ्नो गोजीबाट ४ लाख रुपैयाँ सकिइसक्यो, तर गोली निकाल्न सकेको छैन । मलाई अरु केही चाहिँदैन, यो गोली निकाल्न पाए हुन्थ्यो । कति दिन पीडा सहेर बसौं ?

रुकुम र रोल्पा,म्याग्दी, अछाम र पिलीदेखि धनगढीसम्मका सबै मोर्चामा देश परिवर्तनका लागि लडेँ । २०६२ असार महिनामा मलाई बमले भण्डै उडाई लग्यो तर जसोतसा बाँचे । अहिले यस्तो हालतमा छुँ । मेरो दाहिने हात राम्रोसँग चल्दैन । शरीरका अंगहरु पनि ठाउँ ठाउँमा जलेका छन् । तर, अहिले यसरी सडकमा बस्नुपरेको छ । जनयुद्धले हामीलाई यही दियो ।

मैले प्रचण्डसँग दुईपटक भेट गरिसकेको छुँ । दुबैपटक हामीलाई प्रशिक्षण दिन आएका थिए । तर, उनले बस्ने महल पाएपछि हाम्रो योगदानलाई बिर्सिए । हामीलाई त्यस्तो महल चाहिँदैन, महिनामा एक बोरा चामल खाने व्यवस्था मिलाइदिए पुग्छ ।

तारा गुरुङ, ताप्लेजुङ

अहिले समाजमा मुख देखाउन सकेको छैंन । त्यतिबेला प्रचण्डको भाषण सुन्दा भविष्य बन्यो भन्ने लागेको थियो । मैले प्रचण्डलाई पहिलापटक बिराटनगरमा देखेकी हुँ । दोस्रो पटक धनगढीमा देखेँ । अहिले,अयोग्य लडाकु भनेर हामीलाई कसैले काम पनि दिँदैनन् । समाजको व्यवहार देखेर मन खिन्न भएर आउँछ । अरु के भन्नु ? मनमा शव्द हजार छन् तर भनेर के गर्नु ।

राधा चँदरा, सुर्खेत

पहिलोपटक सरकारमा जाँदा एमाले र कांग्रेसले काम गर्न दिएन भन्थे, होला त नि भनियो । तर उल्टै मलाई नै सुप्रिम कमाण्डर प्रचण्डले नै लाठी हाने ? आफ्नो कलिलो उमेरजति युद्धमा गयो, अहिले पार्टीका नेताहरु महलमा बसेर हामीलाई अयोग्य भन्दै लाठी हान्न लगाउँदैछन् । अहिले पाँच बर्षको छोरालाई काखीमा च्यापेर सडक पेटीमा धर्ना बस्दै छु । मलाई केही चाहिँदैन,जीवन धान्ने कुनै उपायको व्यवस्था गरियोस् ।

पर्वत जिल्ला अस्पतालमा औषधिको अभाव, विरामी परे मर्कामा



जिल्ला अस्पताल पर्बतमा औषधि अभाव भएको छ । सरकारले सर्वसाधारण नागरिकलाई निशुल्क वितरण गर्ने औषधिको पर्बतमा अभाव भएको हो । पर्बतमा ज्वरो आउँदा खाने सिटामोल, गर्भवती महिलाले प्रयोग गर्ने आइरन चक्की, मेट्रो जस्ता अति आवश्यक औषधिको समेत अभाव भएको जिल्ला अस्पताल पर्बतले जनाएको छ ।


जिल्ला अस्पताल पर्बतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सरोज दाहालले पर्बतमा हाल १७ किसिमका औषधि अस्पतालमा नरहेको जानकारी दिनुभयो । उहाँले भएका औषधि समेत पर्याप्त नरहेको बताउनुभयो । सरकारले ७० किसिमका औषधि निशुल्क वितरण गर्ने जनाए पनि जिल्ला जनस्वास्थ्य कार्यालय पर्बतले प्राथमिक स्वास्थ्य केन्द्र मार्फत ५८ किसिमका र स्वास्थ्य चौकी मार्फत ३५ किसिमका औषधि वितरण गर्दै आएको छ । पर्बतमा दुई प्राथामिक स्वास्थ्य केन्द्र र ५२ वटा स्वास्थ चौकी रहेका छन् । जिल्ला अस्पताल पर्बतमा हाल दममा प्रयोग हुने औषधि साईलब्युटामोल ४ एमजी, दुखाई कम गर्ने आईब्रोफिन, पुष्कोपान, सिप्रो ट्याब्लेट २ सय ५० र ५ सय एमजी, बिषेशगरी बच्चालाई ज्वरो आउँदा खुवाउने झोल औषधिलगायतका औषधिको अभाब भएको डाक्टर सरोज दाहालले जानकारी दिनुभयो ।
त्यसै गरी आँखामा प्रयोग हुने झोल औषधि, एनटिभाईटिक औषधि र बिषेशगरी बिरामीको लागि बढी मात्रामा प्रयोग हुने स्लाइनको पनि अभाब रहेको अस्पतालले जनाएको छ । त्यस्तै, आलमुनियम हाइड्रोसाइड (डाइजिन) लगायतका औषधि केहि मात्रै मौज्दात रहेको छ । भिटामिन बि कम्प्लेक्स, जीवन जल, जुकाको औषधि पनि पर्याप्त नभएको कार्यालयले जनाएको छ । डाक्टर दाहालका अनुसार मौज्दात नरहेपनि औषधिको हाहाकारको अवस्था भने नरहेको बताउनुभयो । उहाँले गत बर्ष टेण्डर आव्हान गरेर फागुनमा ७० प्रकारका औषधि खरिद गरिएको उहाले जानकारी दिनुभयो । यस बर्ष पनि टेण्डर आव्हान प्रक्रियामा गए पनि औषधि आउन अझै दुई हप्ता लाग्ने अस्पतालले बताएको छ । स्वास्थ्य संस्थामा औषधि अभाव भएपछि सर्वसाधरणले निशुल्क पाइने औषधिसमेत निजी औषधि पसलबाट किनेर खान बाध्य भएका छन् । यसअघि पनि पर्बतमा पटक–पटक औषधि अभाव हुँदै आएको छ ।

११ बर्षे दियाले युएईमा ९ सय भारतीयलाई पछारिन्/ हेरौं र सेयर गरौं- साहसी दियाको भिडियो

११ बर्षे दियाले युएईमा ९ सय भारतीयलाई पछारिन्/ हेर्नुहोस्, साहसी दियाको भिडियो

सय दिने सम्बोधनका रोचक ६ तस्विर



काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार साँझ सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर सय दिनको प्रगति सार्वजनिक गरे ।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा संविधान संशोधन, संविधान कार्यान्वयन, भुकम्पपिडितहरुको पुनस्थापना र विभिन्न विकाश कार्यक्रमहरुको बारेमा चर्चा गरेका थिए । सोही कार्यक्रमका विभिन्न छ दृश्यहरुः
दृश्य १.पत्रकार बाहिर
प्रधानमन्त्री कार्यालयमा सुरक्षा जाँच र झोलाको ऐक्स–रे गरेर पत्रकार कार्यक्रमस्थलमा बसेपछि सुरक्षा फेरि सुरक्षा जाँच गर्न बाहिर पठाइएको थियो ।
दृश्य २.कुकुरले ग¥यो सुरक्षा जाँच
सधै विभिन्न कार्यक्रम हुने प्रधानमन्त्री कार्यालयमा पत्रकार सम्मेलनका लागि कुकुर प्रयोग गरेर सुरक्षा जाँच गरिएको थियो ।
दृश्य ३.प्रचण्डको अभिवादन
कार्यक्रमको सिलसिलामा विराटनगर र सिराहा पुगेका प्रचण्ड फर्कदा आधा घण्टा ढिलो सहभागी हुन आइपुगे । कार्यक्रमस्थलमा प्रवेशका गर्दा प्रचण्ड फरक ढंगले प्रस्तुत हुँदै पत्रकारहरुलाई नमस्कार गरेर अभिवादन गरेका थिए ।
दृश्य ४.कुर्सी मिलेन
प्रधानमन्त्री प्रचण्ड कुर्सीमा बसेपछि कुर्सी होचो भयो । कुर्सी मिलाउन सुरक्षाकर्मी कर्मचारी र मन्त्रीहरुले सहयोग गरे ।
दृश्य ५.सम्बोधन दोहोरियो
प्रधानमन्त्री प्रचण्डले आफ्नो सम्बोधनको क्रममा लेखिएको विवरणहरु दोहो¥याएर पढिरहेका थिए । कार्यक्रममै उनले आफ्नो दस्तावेजहरु दोहोरिएको गुनासो गरिरहेका थिए ।
दृश्य ६.धमला प्रश्नमा प्रचण्डको गुनासो
संविधान संशोधनको प्रश्न सोधेका पत्रकार ऋषि धमलालाई उत्तर दिइसकेको प्रश्न सोधेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि पोखे । तर प्रधानमन्त्रीले संविधान संशोधनका महत्वपूर्ण रहस्यहरु उनको उत्तरसँगौ खोलिदिएका थिए ।

'एक चीन नीतिमा काँग्रेस अडिग'






कार्तिक २६, २०७३- कांग्रेसले एक चीन नीतिप्रति पार्टीको स्पष्ट दृष्टिकोण रहेको जनाएको छ ।

कांग्रेसले शुक्रबार विज्ञप्ति जारी गरी पार्टी पञ्चशीलको सिद्धान्तमा दृढ रहेको जनाउँदै कांग्रेसको चीन सरकारसँगको सम्बन्धका विषयमा भ्रम सिर्जना गर्ने दुष्प्रयास गर्नु दुर्भाग्यपूर्ण हो भनी उल्लेख गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'पार्टीको एक चीन नीतिप्रतिको दृष्टिकोण कांग्रेस पार्टी र सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई कसैले सिकाइरहनु पर्दैन ।'

सभापति देउवाको भारत भ्रमणका सम्बन्धमा केही छापामाध्यममा भ्रामक र कपोलकल्पित प्रचार भएको भन्दै कांग्रेसले त्यसको निन्दा गरेको छ । सभापति देउवा इन्डिया फाउन्डेसनद्वारा आयोजित कार्यक्रमको प्रमुख अतिथिका रुपमा भाग लिन भारतको गोवा गएका थिए । कांग्रेसले नक्कली तस्बिरसहितका समाचार सम्प्रेषण गरेर सभापति देउवालाई बदनाम गर्ने कुत्सित उद्देश्यले दुष्प्रचार गरिएको भन्दै दुःख व्यक्त गरेको छ ।


मधुमेहका रोगीले खानै पर्ने १० खानेकुरा…



मधुमेह अर्थात चिनीरोग, रगतमा चिनीको मात्रा कम भएपछि लाग्ने एक जटिल रोग हो । केहिसमय अघिसम्म उमेर ढल्किएका पाका पुस्तालाई लाग्ने रोगका रुपमा चिनिएको यो रोग पछिल्लो समय युवा पुस्तामा पनि देखिन थालेको छ । मधुमेह निमुर्ल पार्ने आजसम्म कुनै औषधि पत्ता लागेको छैन । यो रोग लागेपछि रोगीले धेरै खाने कुरालाई त्याग्नु पर्ने हुन्छ । यो एक दीर्घ रोग भएकाले रोगीले खाना खाँदा निकै होस पुर्याएर खानुपर्छ । यसका साथै यस्ता रोगीले सिमित खानेकुराहरु नियमित र ठिक्क मात्रामा खान आवश्यक छ । मधुमेहका रोगीले कस्तो खानेकुरा कुन मात्रामा खानु हुन्छ ? यहाँ हामी तपाईंलाई यस्ता खानेकुराको बारेमा जानकारी दिँदै छौँ जुन मधुमेह नियन्त्रणका लागि खान अत्यावश्यक छ ।

१. स्याउ
स्याउमा गुलियो पना हुने हुनाले मधुमेहका रोगीले खानु हुँदैन भन्ने भ्रम छ । तर, सहि मात्रामा स्याउको सेवन गर्नाले यो रोगका रोगीलाई निक्कै फाइदा हुन्छ । सन् २०१२ मा ओहियो स्टेट युनिभर्सिटीले प्रकाशित गरेको जर्नलमा चार हप्तासम्म दिनमा एउटा स्याउ सेवन गर्नाले नराम्रो कोलेस्ट्रोललाई ४० प्रतिशतले घटाउने गर्दछ । कोलेस्ट्रोल एउटा यस्तो तत्व हो जसले मुटु रोगलाई सहयोग गर्दछ । यसका साथै स्याउमा मधुमेह कम गर्ने तत्व पनि पाइने गर्दछ । हाभार्ड स्कुल अफ पब्लिक हेल्थले दुई लाख मानिसहरुको स्वास्थ्य स्थिती जाँच गर्दा हप्तामा पाँच वा सो भन्दा बढि स्याउ खाने मानिसहरुमा मधुमेहको खतरा २३ प्रतिशतले कम हुने गर्दछ ।



२. कुरिलो
कुरिलो धेरै सिजनमा धेरै नेपालीको भान्सामा पाक्ने तरकारी हो । स्वादका हिसावले पनि यो धेरैको मनपर्ने सुचीमा पर्छ । तर, यति धेरै मन पराएर कुरोलो सेवन गर्ने धेरैलाई यसका गुणका बारेमा थाहा नहुन सक्छ । कुरिलोमा ५ ग्राम कार्बोहाइड्रेट, २० क्यालोरी र करिब २ ग्राम फाइबर पाइने गर्दछ । यसमा विशेषगरि ग्लुताथायन नामक एन्टिअक्सिडेन्ट पाइने भएकाले यसले बुढ्यौलीको असरलाई फिक्का बनाउने गर्दछ भने विभिन्न रोगबाट मुक्त गराउँछ जस्तै मधुमेह, मुटुरोग र क्यान्सर । सन् २०१२ मा ब्रिटिश जर्नल अफ न्युट्रिसनले गरेको एक अनुसन्धानका अनुसार कुरिलोले रगतमा चिनीको मात्रालाई राम्रो अवस्थामा राख्ने गर्दछ भने इन्सुलिनको मात्रालाई बढाउने कार्य गर्दछ ।

३. एभोक्याडो
नास्पाती जस्तो देखिने फल एभोक्याडो स्वास्थ्यको दृष्टिकोणले निकै फाइदाजनक मानिन्छ । यो फलमा प्रोटिन, फाइबर, नियासिन, थाइमिन, राइबोफ्लेबिन, फोलिक एसिड र जिंकलगायतका तत्वहरु प्रचुर मात्रामा पाइने गर्दछ । एकेडेमी अफ न्युट्रिसन एण्ड डाइबिटिजका अनुसार यसले कोलेस्ट्रोलको मात्रालाई घटाउनुका साथै मुटुरोगलाई पनि टाढा राख्ने गर्दछ । यसका साथै एभोक्याडो र मधुमेह बिच निकै सकारात्मक सम्बन्ध रहेको छ । सन् २००८ मा अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनले प्रकाशित गरेको एक रिपोर्ट अनुसार एभोक्याडो खाने महिलाहरुमा दोस्रो प्रकारको मधुमेह हुने खतरा २५ प्रतिशतले कम हुने गर्दछ ।

४. सिमी
सिमीमा प्रचुर मात्रामा फाइबर पाइन्छ । साथै, यो प्रोटिनको राम्रो स्रोत मानिन्छ जसका कारण यसलाई मधुमेहका रोगीले आफ्नो खानामा संलग्न गर्न आवश्यक छ । सन् २०१२ मा गरिएको एक अनुसन्धानको अनुसार टुसा उम्रिएको सिमीको तरकारी दिनमा एक कप खाने गर्नाले रगतमा चिनीको मात्रा सन्तुलित हुने गर्दछ भने ब्लड प्रेसर पनि कम गर्ने गर्दछ । अमेरिकन हर्ट असोसियसनका अनुसार धेरै मात्रामा फाइबरको सेवनले हृदयघात हुनबाट पनि बचाउँछ ।

५. निलो बयर
निलो बयर अथवा ब्लुबेरी त्यस्तो फलको परिवारमा पर्दछ जसमा फ्लेभोनोइडको मात्रा अत्यधिक रहेको हुन्छ । फ्लेभोनोइड एउटा यस्तो तत्व हो जसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ । ‘निलो बयरमा फाइबरको मात्रा अत्यधिक हुने भएकाले मधुमेहको खतरालाई कम गर्दछ भने रगतमा चिनीको मात्रालाई संतुलित राख्ने गर्दछ ।

६. ब्रोकोलीमा बेटा
ब्रोकोलीमा बेटा–क्यारोटिन नामक एन्टिअक्सिडेन्ट पाइन्छ जसले मधुमेह रोगीलाई फाइदा पुर्याउँछ । यसमा भिटामीन ‘ए’ प्रचुर मात्रामा पाइने हुँदा दाँत, हड्डी, छाला र आँखालाई फाइदा पुर्याउने गर्दछ । यो फोलेट र फाइबरको खानी भएका कारण स्वस्थ्यको लागि निकै लाभदायक मानिन्छ ।

७. गाजर
गाजरलाई भिटामिन ‘ए’को खानीको रुपमा लिइन्छ । यो भिटामिन रोग प्रतिरोधात्मक क्षमता वृद्धिको लागि आवश्यक तत्व मानिन्छ । यसले मधुमेह रोगलाई राहत प्रदान गर्दछ भने केहि क्यान्सरबाट मुक्ति दिने मायो क्लिनिकले बताएको छ ।

८. माछा
सन् २०१० को डायटरी गाइडलाइन फर अमेरिकाले हप्तामा दुईपटक माछा खान सुझाएको छ । माछामा ओमेगा–३ फ्याटी एसिड पाइने हुँदा यसले अरहाथमियास (असामान्य मुटुको धड्कन) को जोखिमलाई कम गर्ने गर्दछ । मधुमेहका रोगीले माछाको सेवन गर्नु लाभदायक मानिन्छ ।

९. लसुन
खानालाई मिठो बनाउन हालिने लसुनमा औषधीय गुणसमेत रहेको छ । यसले उच्च कोलेस्ट्रोल, मुटु रोग, उच्च रक्त चाप र क्यान्सरको खतरालाई टाढा राख्ने गर्दछ ।

१०. प्याज
प्याजमा एन्टिअक्सिडेन्टको मात्रा बढि हुने भएकाले यसले मधुमेहका रोगीलाई फाइदा पुर्याउँछ । प्याजमा मुटुलाई फाइदा पुर्याउने फाइबर, पोटासियम र फोलेटजस्ता तत्व हुने भएकाले यसलाई खानामा संलग्न गर्न अत्यावश्यक छ । सन् २००२ मा अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनले गरेको अनुसन्धान अनुसार प्याजमा पाइने फ्लेभोनोइड क्वेरसेटिनले दीर्घ रोग लाग्न बाट बचाउँछ ।

अब जनतानै अघि सर्नुपर्ने बेला आएको छ: बिजुक्छे



भक्तपुर, २६ कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भ्रष्टाचार उन्मूलन नगरेसम्म देश विकासमा अगाडि नबढ्ने बताउनुभएको छ । वागीश्वरी माविको ५८ औँ र वागीश्वरी कलेजको नवौँ वार्षिक उत्सव कार्यक्रममा उहाँले भ्रष्टाचारलाई जरैदेखि उन्मूलन गर्न अब जनता नै सक्रिय हुनुपर्ने बताउनुभयो ।भक्तपुर नगरपालिकाले गरिब जनताको छोराछोरीलाई सस्तोमा डाक्टर पढाउने उद्देश्यले ख्वप विश्वविद्यालय सञ्चालन गर्न अनुमति मागेको बर्साैँ बित्दा पनि अझै सम्बन्धन नपाएको गुनासो गर्दै उहाँले सबै भौतिक पूर्वाधार पुगे पनि अल्झिनाले शङ्का उत्पन्न गराएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् पूर्व सांसद सुनिल प्रजापतिले देशको कुल बजेटको २४ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्न सके शिक्षा क्षेत्रलाई पूर्ण रुपमा निःशुल्क बनाउन सकिने बताउनुभयो । नेमकिपाका केन्द्रीय सदस्य एवम् सांसद अनुराधा थापा मगरले शिक्षा नियमावलीमा निजी विद्यालय र शैक्षिक माफियाले चलखेल गरेको टिप्प्णी गर्नुभयो ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले जिशिका भक्तपुरबाट प्राप्त गरिब तथा जेहेन्दार र दलित छात्रवृत्ति प्रदान गर्दै २२ बुँदे कार्यक्रम लागू गर्न विद्यालयहरुसँग आग्रह गर्नुभयो । कार्यक्रममा कलेज प्राचार्य धनकुमार श्रेष्ठ र विद्यालयका प्रअ कृष्णप्रसाद धन्छाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै विद्यार्थीलाई सिद्धिबहादुर स्मृति अक्षय कोष छात्रवृत्ति, नारायणी छात्रवृत्ति र शिक्षक कर्मचारी छात्रवृत्ति कोषबाट छात्रवृत्ति वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले जानकारी दिनुभयो । त्यसैगरी प्रवेशिका, दश जोड दुई र स्नातक तहका स्वर्णपदक विजेतालाई पदक तथा पुरस्कार वितरण गरिनाका साथै कक्षा ११ र १२ का विद्यार्थीलाई कक्षागत पुरस्कार प्रदान गरिएको थियो ।

सो अवसरमा विद्यालयमा २५ वर्षभन्दा बढी सेवा गरेबापत प्रअ कृष्णप्रसाद धन्छा, सहायक प्रअ ज्ञानसागर प्रजापति, शिक्षक दामोदर सुवाल र विश्वराम प्रजापतिलाई दीर्घसेवा पदकबाट सम्मान गरिनाका साथै शिक्षक र कर्मचारीबीच भएको आन्तरिक ब्याडमिन्टन प्रतियोगिताका विजयी विद्यार्थीलाई पदक तथा पुरस्कार वितरण गरिएको थियो ।

भाडावाला र घरवालाको बिषयमा आम सभा हुने



काठमाडौं । भाडावाल सरोकार समाज नेपालले वैज्ञानिक भाडादर निर्धारण गर्न सरकार समक्ष माग राखेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा भाडावाला सरोकार समाज नेपालले पत्रकार सम्मेलन गरेर आगामी मंसिर ३ गते राजधानिको खुल्लामञ्चमा आम सभा गर्ने जानकारी गराउँदै वैज्ञानिक भाडादर कामय गर्न सरकार समक्ष माग गरेको छ ।

कार्यक्रममा समाजका अध्यक्ष विष्णुजंग बस्नेतले घरवालाहरूले मनोमानी रुपमा भाडादर बृद्धि गरेको भन्दै सरकार यस विसयमा गम्भीर हुन नसकेको आरोप लगाए । फरक प्रसँगमा घरवाला र भाडावाला बिचको सम्बन्ध सुमधुर बनाउनको लागि २०६४ सालमा संस्था स्थापना गरेको जानकारी दिदै उनले भने ‘प्रचारमा यो संस्था घरवालाको बिरूद्धमा खडा भएको हो भन्ने गरिएको छ, यो सत्य होेइन, भाडावालासँग घरवालाले चर्को रकम लिने तर सरकारलाई कर बुझाउँदा खेरी कर छलि गर्ने गरेको

सत्यलाई सरकारले किन नियगमन गर्दैन् ?’

बस्नेतले अगि थपे ‘हामी पनि घरवाला नै हौँ, सुकुम्वासि हैनौ, तर राजधानीमा कामको सिलसिलामा आएका तमाम मानिसहरू घरवालाको नमिठो व्यबहार खेप्न बाध्य छन्, घरवाला र भाडावाला बिचको सम्बन्ध प्रगाढ बनाउन र वैज्ञानिक भाडादर कायम गर्नको लागि मंसिर तिन, भाडावालाको दिन भन्ने मुलनाराका साथ आससभा सम्पन्न हुँदैछ, सबैलाई उपस्थितिको लागि आग्रह गर्दछु ।’

नाकाबन्दीकै झल्को दिने गरि पुर्वाञ्चलमा पेट्रोलियम आयात ठप्प (भिडियो)


Purbanchal ma petrol aayat thappa


Nov 11, 2016-The Supreme Court (SC) is set to hear every one of the five bodies of evidence against Lok Man Singh Karki, the suspended head of the Commission for the Investigation of Abuse of Authority, on December 1.

A full seat of Justices Jagadish Sharma Paudel, Ishwar Prasad Khatiwada and Ananda Mohan Bhattarai on Thursday set the date for the hearing.

The seat was reacting to a writ recorded by Advocate Om Prakash Aryal.

“The court has chosen to begin hearing on all cases identified with Karki starting December 1,” said Bishwaraj Poudel, joint representative for the SC. Poudel likewise educated that Karki on Thursday had sent his legitimate delegate to the court to look for extra time for a situation that difficulties his arrangement.

On October 17, Karki was served a court see requesting that he show up under the watchful eye of the court in connection to an appeal to recorded at the SC in which his arrangement as the head of the counter unite body has been tested. Advocate Aryal had tested Karki’s arrangement as the CIAA head, saying the whole arrangement process was unlawful as “Karki’s residency in taxpayer supported organization misses the mark concerning what has been provisioned in the constitution and he doesn’t hold high good character to lead the counter join body” as revered in the constitution.

केहि बर्ष अघि मात्र कतारमा लेबर काम गर्नु गएका यी नेपाली दाजुभाई कसरी अहिले बने मिलिनियर ? हेर्नुहोस >>> {भिडियो सहित}

14 years ago Rajendra Kumar Sharma had little money and a dream of having his own business. Now he employs over 1,500 people *By Usha Wagle Gautam* Twelve years ago, Rajendra Kumar Sharma had no plans of coming to Qatar. He hadn’t even imagined Qatar as a suitable place for a business. Now he employs more than 1,500 people in companies spanning Qatar, UAE, Nepal and the United States. But he was a businessman at heart and the lack of opportunities at home sent him to India, where he started a travel agency in 2000. The business did not do so well. A whole lot of people owed him money and not a lot many of them were paying their dues back. He came to Qatar chasing a few of his debtors. Though he was unable to recover any money, Qatar gave him room to grow and establish himself as a reputable businessman.
“I had heard that business is the hardest game to play in Gulf countries. But, when I came here, I saw rich new possibilities and a good environment for business in Qatar.” He decided against going back and instead settled on trying his luck here in Qatar. His first venture here was the Manakamana Restaurant, which he opened in 2003 as a joint investment with a number of Qatari sponsors, who also owned the bulk of the share in the business. Despite Sharma’s best efforts, the restaurant failed to do well. He then took up a job in an Indian-Qatari company, which itself was in a crisis due to mismanagement. The owners were quick to notice Sharma’s skills and put him in charge of the accounts. He did well in his new role, earning the trust of his superiors and in turn getting more responsibilities. Sharma had already left the restaurant business by then, but was still in touch with his former partner. Together they started Al Maymoon Trading And Services Co in 2004, this time as equal partners. Skill alone though is not sufficient to get a business off the ground and Sharma had to put up 16-18 hours a day to get the company off ground. Later, his existing partner decided to leave the company. New Qatari partners joined Sharma in his venture. He met Essa Salman J A al-Kuwari and Hussain Salem Bajubair. Together, the three worked hard to grow the company from 40 people in 2004 to more than 300 workers in 2006. “The more space we get the more ways we can find. Qatar and its people really provided me more space and [helped me grow]. I will always be indebted to Qatari people who taught me how to grow,” Sharma said in an interview with Community.

यस्ता छन्- संसार हल्लाउने गोर्खा सैनिकका ८ बहादुरी कथा/ हेर्नुहोस् नेपालीको शान बढाउने भिडियो-

यस्ता छन्- संसार हल्लाउने गोर्खा सैनिकका ८ बहादुरी कथा/ हेर्नुहोस् नेपालीको शान बढाउने भिडियो-

गुच्छी च्याउ प्रति किलो २५ देखि ३० हजार भारुमा बिक्ने



बजारको मामुली तरकारीको भाउले समेत आकास छोइरहेको परिप्रेक्ष्यमा गृहिनीहरुलाई दुनियाकै सबैभन्दा महंगो यस तरकारीको बारेमा सुनाइदिने हो भने साँच्ची आफ्नै कानमाथि विश्वास गर्न सक्दैनन् होला । तरकारी किन्न बजारमा जाने गृहिणीहरुको दैनिकजसो गुनासो हुनेगर्छ की तरकारीको भाउले आकास छोइसक्यो । दुनियाको सबैभन्दा महंगो तरकारीको भाउ सुन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्दछ । दुनियाकै सबैभन्दा महंगो तरकारी गुच्छी च्याउ हो । गुच्छी च्याउ प्रति किलो २५ देखि ३० हजार भारुमा बिक्ने गरेको जानकारी गराईएको छ । वैज्ञानिक नाम मार्कुला एस्क्यूपलेटा रहेको गुच्छी च्याउ औषधिय गुणले भरिपुर्ण मानिन्छ ।


भारतमा ठूला ठूला कम्पनी तथा होटेलहरुले यसलाई महंगोमा किन्ने गरेका छन् । त्यसैले भारतमा गुच्छी पाइने क्षेत्रका मानिसहरु फेब्रुअरी देखि अप्रिलसम्म गुच्छी खोज्न पहाडतिर धाउँछन् । यो च्याउको माग भारतसँगै अमेरिका, युरोप, फ्रान्स इटाली तथा स्विजरल्याण्ड सम्मै रहेको छ ।
नेपालमा समेत उच्च पहाडि तथा हिमाली भेगमा पाइने तर खासै महत्व नपाएको गुच्छी च्याउ भारतमा भने सुनको भाउमा बिक्ने गरेको छ । खासगरी हिमाचल, कश्मीर लगायतका क्षेत्रमा पाइने गुच्छी च्याउ प्रति किलो २५ देखि ३० हजार भारुमा बिक्दछ ।
भारतीय सचार माध्यमका अनुसार बिजुली चम्किएको बेला हिउँ पग्लिएपछि हिउँमुनिबाट यो च्याउ बाहिर निस्किन्छ । यसलाई मानिसहरुले टिपेर जम्मा गरेर राख्ने तथा जाडोको मौसममा पकाएर खाने गर्दछन् ।

यी चिसोमा मुटुरोगीले ध्यान दिनुपर्ने कुराहरु !



मुटुरोगका प्रमुख लक्षण निम्न रहेका छन् ।
बायाँ छाती भारी हुने

बायाँ छातीभित्र असह्य दुखाइ

दुखाइ कुनै पनि अवस्थामा कम नहुनु

दुखाइ बढेर बायाँ पाखुरासम्म दुख्नु

छातीभित्र दुख्दा पसिना आउने

वाकवाकी लाग्ने, वान्ता हुने

मुटुमा रगत घटेर बेहोस हुने

हार्टफेलियर (मुटुमा समस्या)

खुट्टा सुनिने

श्वास फेर्दा स्वाँस्वाँ हुने

रिंगटा लाग्ने

आलस्य भई कमजोरी हुने

कुनै काम नगरेको अवस्थामा पनि स्वाँस्वाँ हुने

आफूसरहको मान्छेजस्तो हिँड्न नसक्नु

पिसाब कम हुनु
चिसोमा मुटुरोगका बिरामीले निम्न कुरामा ध्यान दिनुपर्छ

चिकित्सकका अनुसार पहिला नै मुटुमा समस्या भएकालाई हार्टफेलियरको समस्या हुन्छ भने पहिला मुटुमा समस्या नभएकालाई पनि हृदयघात हुन्छ। जाडोमा शरीर तताउन मुटुले थप काम गर्नुपर्ने र कमजोर मुटुले पूर्ण रुपमा काम गर्न नसक्नाले हार्टफेलियर हुन जान्छ। ‘पूरै शरीर तताउन जाडोमा रक्तसञ्चारको माग बढी हुन्छ जुन पहिला बिग्रेको मुटुले गर्न सक्तैन ।तसर्थ चिसोमा मुटुरोगीहरुले निम्न कुराहरुमा ध्यान दिनुपर्दछ ।

निमोनिया र फ्लुको भ्याक्सिन लगाउने

रुघा तथा इन्फ्लुएन्जाको खोप प्रत्येक वर्ष लगाउने

चिसोमा बाहिर नडुल्ने

खानपिन नियन्त्रण गर्ने

बढी शारीरिक परिश्रम नगर्ने

मकालु एयरको विमान सिमिकोटमा दुर्घटना



मकालु एयरको विमान हुम्लाको सिमिकोटमा दुर्घटना भएको छ ।

विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो । विमानको पाङग्रा पञ्चर भएर दुर्घटना भएको बताइएको छ ।

सुर्खेतबाट समान लिएर हुम्ला गएको ९ एन एजेजी कल साइनको विमान अवरतणका क्रममा बिहान ८ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनाबाट विमानमा सामान्य क्षति पुगेको छ । अन्य कुनै क्षति भएको छैन । सामान बोकेर गएको कार्गो विमानमा पाइलट र कोपाइलट दुईजनामात्र सवार थिए ।

watch first and then search