watch first and then search

watch first and then search

Saturday, November 12, 2016

चार वर्षिया छोरीलाई ‘स्टेज फोर’को क्यान्सर भएपछि…



छोराछोरीलाई सामान्य समस्याहुँदा आमाबुबा निकै चिन्तित हुन्छन् । झन् त्यसमाथि गम्भिर रोग लाग्यो भने पीडा असह्य हुन्छ । यस्तै पीडामा छन् इंल्यान्डका एक परिवार । ३० वर्षिय एन्डी ह्विलानकी चार वर्षकी छोरीलाई क्यान्सर भएको छ । त्यो पनि स्टेज फोरको । इंग्ल्यान्डको ल्यान्कासायरकी चार वर्षीया बालिकालाई ‘स्टेज फोर’को क्यान्सर भएपछि उनको परिवार पीडामा हुनु स्वभाविक हो । उनका दुःखी बाबु ह्विलानले पीडाको यो समयमा सामाजिक सञ्जालमा क्यान्सरसँग लडिरहेकी छोरीको श्यामश्वेत तस्बिर हालिदिए । ‘क्यान्सरको असली अनुहार’ शीर्षक लेखेर हालेको उक्त तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

तस्बिरसँगै उनले थप लेखे, ‘मैले लिएका तस्बिरहरूमध्ये यो सबैभन्दा पीडादायी हो ।’ उनले हालेको तस्बिर र उनले लेखेको विवरणमा अहिले हजारौँले प्रतिक्रिया दिइरहेका छन् । सबैले बच्चीको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरिरहेका छन् । क्यान्सरसँग लडिरहेकी चार वर्षिया जेसिकाको तस्बिर देखेपछि धेरैले उनका अन्तिम दिनहरू रमाइला होऊन् भनेर आर्थिक सहयोग संकलन गर्ने अभियान नै थाले । उक्त अभियानको एक महिनाभन्दा कम समयमै २० हजार पाउन्ड उठ्यो । अहिलेसम्म एक लाख पाउन्डजति उठिसकेको छ।

जेसिकाका बुबाका अनुसार यसबीचमा तीन हजारभन्दा बढी इमेल, फेसबुक सन्देश प्राप्त भएका छन् । विश्वभरबाट उनलाई सान्तवना आइरहेको छ । मानिसहरूको प्रतिक्रिया, सन्देश र आर्थिक सहायता आइरहेपछि जेसिकाका बुबाले सबैलाई धन्यवाद दिँदै पुन लेखे ‘जेसिकाको स्वास्थ्य अवस्था खस्किँदो छ ।’

मृत्युलाई कुरिरहेकी जेसिकाको अहिले उपचार बन्द गरिएको छ । चिकित्सककै सल्लाहमा उनको उपचार बन्द गरिएको हो । उनको परिवारले अहिले उनको बाँकी रहेको दिनलाई सहज बनाउन लागिरहेको छ । जेसिकाको परिवारका अनुसार उनका नाममा उठेको रकमलाई च्यारिटीमा लगाउने जनाएका छन् । उनको मृत्युपछि उनका अंग तथा कोष वैज्ञानिक अनुसन्धानका लागि दिने निर्णय पनि परिवारले गरेको छ ।

No comments:

Post a Comment

watch first and then search