watch first and then search

watch first and then search

Thursday, April 26, 2018

सरकारीकार्यालयहरु जुवा घर बन्न थाले /सिंचाई विभागमा कर्मचारी रंगे हात भेटिए(भिडियो)

ललितपुर — जावलाखेलस्थित सिँचाइ विभाग कार्यालयमा कर्मचारीहरू दिनहुँ तास खेलेर बस्ने गरेका छन् । कार्यालयको मुख्य भवनमा बुधबार विज्ञहरूको उपस्थितिमा गोरखा भूकम्प २०७२ को सम्झनामा अन्तर्क्रिया भइरहेको थियो। भूगर्भशास्त्री प्राध्यापकहरूले भूकम्पको विश्व इतिहास, जापान, चीनलगायत भूकम्पीय जोखिम मुलुकले अपनाएका सावधानीलगायत विषयमा प्रस्तुति दिइरहेका थिए। त्यही बेला भवनको अर्को कोठामा भने फरकखाले जमघट थियो। कर्मचारीहरू दिउँसै खाल थापेर तास खेलिरहेका थिए। कोठाको दक्षिणपट्टि पाँच र उत्तरपट्टि नौ जना थिए। सुरुमा हजारको नोट राखेर चार जना तासमा बाजी मारिरहेका थिए। छिनमै एक जना थपिए। तीन कर्मचारी त कार्यालय पोशाकमै थिए। एकछिनपछि त्यही कोठामा एक जना कर्मचारी चुरोट तान्दै आए। पर्सबाट पैसा निकाले, अनि तासको खालमा बसे। अनि भने, ‘हिजोअस्ति पैसा हारेको हारै भयो। आज जित्ने पालो मेरो।’ उनीहरू बेला बेलामा अश्लिल शब्द पनि प्रयोग गर्थे। हिसाब नमिल्दो हो कहिलेकहिं ठुल्ठुलो स्वरले कराउँथे। त्यतिकैमा एक जना कोट लगाएका कर्मचारी तास खेलिरहेको कोठामा आए। उनले पनि बाजी थापेर खेले। एक जना कर्मचारीले फोन आएको छ भनेर तास खेलिरहेकालाई मोबाइल दिए। त्यसपछि मोबाइल लिने ति कर्मचारीले तास खेलिरहेका साथीहरूलाई इसारामा चुप लाग्न भने। अनि थपे, ‘तपाई कहाँ हुनुहुन्छ। म गाडी लिएर आउछु भनी फोन राखे।’ त्यसपछि पुन: तास खेल्नमै व्यस्त भए। बेला बेलामा फोन बजिरहन्थ्यो। कसैलाई मतलव थिएन। सबै खेल्न व्यस्त थिए। एक जना कर्मचारीसँग कान्तिपुर संवाददाताले तास खेलेको बारेमा बुझ्दा कार्यालय भवनमा प्राय: तास चलिरहने सुनाए। उनले थपे, ‘दिनहुँजसो खेल चल्छ।’ जुवा ऐन अनुसार कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न पाइँदैन। आफ्नो भोगचलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवा खेल्न वा खेलाउने काममा र जुवा खेलेको ठाउँमा बस्न नहुने कानुनी व्यवस्था छ। सिंचाइ विभागका उपमहानिर्देशक दानरत्न शाक्यले तास खेल्ने कर्मचारीहरूको पहिचान गरेर कानुन बमोजिम कारबाही गरिने बताए। ‘कार्यालयमा तास खेलेर अनुशासन उल्लंघन गर्नेहरूलाई कारबाही हुन्छ’ उनले भने, ‘विभागमा यस्तो विकृति हटाइनेछ।’ भिडियो हेर्नुहोस :

नेपाल आउन लागेका मोदीलाई ग्रेटर नेपालका फडिन्द्रले भने, “नेपालको ६० हजार बर्ग कि. भु-भाग कब्जा गर्ने प्रम नरेन्द्र मोदी राक्षस् हो” (भिडीयो)

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बेलायती उपनिवेशमा रहेको नेपाली भुभाग अब नेपालले प्राउनुपर्छ भन्दै माग गर्दै आएको संस्था हो । यो संस्थाले नेपाली भूमी फिर्ता पाउनुपर्छ भन्दै राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा कानुनी लडाई समेत लड्दै आएको छ । यो संस्थाले पछिल्लो समय बेलायतको ४ दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बेलायती प्रधानमन्त्री थेरेसा मेलाई उजुरी पत्र पठाएको छ। बेलायती प्रधानमन्त्रीलाई पठाइएको पत्रमा बेलायती उपनिवेशमा रहेको नेपाली भुभाग सन् १९४७ अगस्त १५ मा भारतसँगै स्वतन्त्र भएकोमा भारतले तत्काल उक्त भुभागमा पुन उपनिवेश कायम गरेको भन्दै सन् १९५० जुलाई ३१ को नेपाल–भारत सन्धिको धारा ८ ले सुगौली सन्धि रद्ध गरिसक्दा पनि भारतले उक्त भुभाग हालसम्म नेपाललाई फिर्ता नगरेको उल्लेख छ। ग्रेटर नेपालले भारतको यो विस्तारवादी व्यवहारमाथि अङ्कुश लगाउनुपर्ने भन्दै कानुनी लडाई लडिरहेको हो । यो संस्थाको अगुवाई फणिन्द्र नेपालले गरेका छन् । भारतीय प्रधानमन्त्री केही दिन भित्रै नेपालको राजकिय भ्रमणमा आउंदैछन् । भारतीय ज्यादती र साम्राज्यवाद विरुद्ध आवाज उठाउंदै आएका नेपालले यो विषयलाई गम्भिरताका साथ उठाएका छन् । विगत दुई दशक देखि नेपालको गुमेको भुभाग ६० हजार वर्गकिलोमिटर जमिन भारतले कब्जा गरेर राखेको छ । जसमा पुर्वमा दार्जिलिगं सिक्किम, सिलगाडीका भुभाग छन् भने पश्चिममा कुमाउ, गडवाल, नैनीताल, देहरादुन सिम्ला लगायतका क्षेत्र नेपाली भुभाग रहेको भन्दै फिर्ता पाउनुपर्ने माग राखेको छ । ग्रेटर नेपालले भारतमा समेत पुगेर आफ्ना माग राखेका छन् । नेपालले सन्धि बेलायतसंग गरेको हो । भारतसंग यसको कुनै सम्बन्ध छैन । १८१६ मार्च ४ मा बेलायतसंग भएको सुगौली सन्धिमा कुनै तेस्रो पक्ष संलग्न छैन । सुगौली सन्धि रद्ध भइसक्दा पनि भारतले सो हाम्रो जमिन भारतले आफ्नो कब्जामा राखेको छ । नेपालले औपचारीक रुपमा पुरानो भुभाग नेपाललाई चाहिन्छ भनिसकेको अवस्थामा भारतले सो क्षेत्र दिनुपर्छ । तर त्यो प्रकृया पुरा नहुंदा अहिले नेपालले मानेको सिमाना मेची र महाकालीमा समेत भारतले १ हजार ३ सय स्क्वायर किलोमिटर जमिन कब्जा गरेको छ । नेपाली भूमी फिर्ता पाउने प्रसस्तै आधारहुंदा हुंदै पनि किन भारतले सो जमिन फिर्ता गरेको छैन ? त्यो जमिन नेपालले फिर्ता पाउन के के कानुनी आधार छन् ? यसै विषयमा रतन चन्दले ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपालसंग गरेको कुराकानी भिडियो :

साउदीमा मृत्युदण्डको सजाय सुनाइएका उमेश अब छिटै नेपाल फर्कने !

काठमाडौं – १२ वैशाख- पाकिस्तानी नागरिकको हत्या अभियोगमा साउदी अरबमा मृत्युदण्ड सुनाइएका उमेश यादवले मृतकको परिवारबाट क्षमा पाएका छन् । साउदी अरबको अदालतले उमेश यादवलाई २०१८ को अप्रिल १५ का दिन मृत्युदण्ड सुनाएको र पुनरावेदनमा अपिल गर्न २८ दिन दिएकोले मृतक पाकिस्तानी नागरिकका परिवारबाट क्षमा पत्र लिन अभियन्ता सरोज राय गत हप्ता पाकिस्तान गएका थिए । साउदी अरेबियाको अदालतले यादवको टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्यान्वयन भने अहिलेसम्म गरेको छैन । एक पाकिस्तानी व्यक्तिको हत्या गरेको आरोपमा उनलाई साउदीमा विगत १२ वर्षदेखि बन्दी बनाएर कारागारभित्रै राखिएको थियो । यादव धनुषाको माची झिटकैया–४ तथा हाल कमला नगरपालिका–३ बस्ने आमा कुमारी देवी र बुबा भोला यादवका साइला सन्तान हुन् । गरिबीबाट मुक्त हुन विदेशिएका उमेशले साउदीको जिलादिन कम्पनीमा छ महिना काम गरेका थिए । केही दिनअघि लोकान्तरसँगको कुराकानीमा अभियन्ता सरोज रायले माफिपत्रमा परिवारले सही गर्ने सम्भावना रहेको बताएका थिए । मृतकको परिवारले बुधबार(आज) उमेश यादवलाई क्षमादान दिएको जानकारी दिएका छन् । अब यादव छिटै नेपाल फर्किन पाउँनेछन् । source:-ujyalo media

पाँच वर्षपछि नेपाल फर्किएर नायिका निरुताले देखाई बबाल डान्स , हेर्नुहोस पुरा भिडियोमा

Niruta singh Dance Niruta Singh is a singer and one of the leading actress of Nepali cinema. Born in Darjeeling, she started her career with the 1993 Tulsi Ghimire classic Dakshina and later in 2001, the duo Tulsi Ghimire and Niruta Singh back with Darpan Chayya which became the highest-grossing movie of all time in Nepali Film Industry. Eventually she became popular overnight by the appreciation for her work in Darpan Chayya and made her the Top actress in Nepali Film Industry. Niruta moved to Kathmandu after she started acting in films. Her father was a friend of director Tulsi Ghimire and it was Tulsi who brought her into the film industry with Dakshina . She went on to become the only actress of the Ghimire camp, first since legendary actress Tripti Nadakar, and went on to play such hits as Rahar. Niruta had come to everyone’s attention from her first film but it was another Tulsi Ghimire film Darpan Chaya that brought Niruta into the limelight. Playing a college girl with just six months remaining to live, her performance received huge appreciation and Darpan Chaya went on to become a huge blockbuster of Nepali film industry.

ब्रिटिश लाहुरे पुत्र जिरोबाट करोडपति बन्दै गरेका नेपालकै सफल युवा ब्यबसायीको रोजाईमा अशोक दर्जी (भिडियो सहित)-

Tankaraj Kulung Interview Music of Nepal alludes to the different musical kinds heard in Nepal. With more than fifty ethnic gatherings, the music of the nation is very various. Kinds like pop, shake, Nep-bounce ko bato, society, and Classical music are broadly found, yet numerous less basic classifications are yet to be inventoried. Rap additionally once in a while shows up on the Nepalese music diagrams. A number of the nation’s musical groups are situated in Kathmandu – particularly the late ones concentrated on pop and shak.Neplese Music Contain different musical kinds of Nepal. With more than fifty ethnicity, the music of this nation is a profoundly scattered wonder. In spite of the fact that sorts like pop, shake, society, and Classical music exist, an enormous number of such classifications are yet to be inventoried. Numerous musical groups exist in Nepal, with a tremendous number in Kathmandu – the vast majority of the late ones centered in pop and shake. Rap has been known not on the graphs every now and then.In Nepal there are diverse sort of music. Among them one social sort of melody is called dohori. Dohori is Nepali Folk melody.

साउदीमा पाकिस्तानी नागरिक हत्या अभियोगमा नेपालीलाई मृत्युदण्डको फैसला

काठमाडौं, १३ बैशाख । साउदी अरबको दमामस्थित पुनरावेदन अदालतले पाकिस्तानी नागरिक मोहम्मद लतिफ बसिरको हत्या अभियोगमा झिटैया, धनुषाका उमेश यादवलाई मृत्युदण्ड दिने फैसला गरेको छ । उनलाई जुवेलस्थित केन्द्रीय कारागारमा राखिएको छ । त्यस जेलमा उमेशसहित २२ नेपाली छन् । आजको कान्तिपुरले दास्रो पृष्ठमा यो समाचार छापेको छ । जुबेलस्थित ‘जनरल कोर्ट’ ले सुनाएको फैसलालाई उल्टाउँदै पुनरावेदन अदालतले वैशाख २ गते (अप्रिल १५) मृत्युदण्डको फैसला सुनाएको हो । यसअघि जनरल कोर्टले १५ मार्च २०१७ मा यादवलाई ११ वर्ष कैद, ११ सय कोर्रा र साउदीबाट निकाला गर्ने फैसला सुनाएको थियो । जनरल कोर्टको फैसला चित्त नबुझेपछि सरकारी वकिलको कार्यालयले पुनरावेदन गएको हो । रियादस्थित नेपाली दूतावासले उमेशको जीवनरक्षाका लागि अदालतसमक्ष पुन: पुनरावेदन गर्ने तयारी गरेको छ । ‘अदालतले आफ्नो फैसला चित्त नबुझेमा पुनरावेदन गर्न ४८ दिनको समयसीमा तोकेको छ,’ उपनियोग प्रमुख आनन्दराज शर्माले भने, ‘हामी भोलि नै निवेदन दर्ता गर्दै छौं । त्यसको तयारीका लागि दूतावासका प्रतिनिधि जुवेल पुगिसकेका छन् ।’ जुवेल पुगेका दूतावासका प्रथम सचिव विजयकान्त राउतको टोलीले बुधबार उमेश यादव र फैसला गर्ने न्यायाधीशलाई भेटेको छ । ‘फैसला आएदेखि नै उमेश निराश छन् । चिन्ताले खाना पनि खाएका छैनन् । बचाइदिन आग्रह गर्दै धेरैबेर रोए,’ राउतले भने, ‘दूतावासले जीवनरक्षाका लागि सक्दो प्रयास गर्ने विश्वास दिलायौं ।’

watch first and then search