watch first and then search

watch first and then search

Thursday, October 27, 2016

स्क्रब टाइफस रोगबाट एकको मृत्यु



चितवन, ११ कात्तिक । स्क्रब टाइफस रोगबाट आज चितवन मेडिकल कलेजमा एक महिलाको मृत्यु भएको छ । कलेजका चिकित्सक डा शीतल अधिकारीका अनुसार पश्चिम चितवनकी ५१ वर्षीया एक महिलाको उपचारको क्रममा मृत्यु भएको हो । बाह्र दिनअघिदेखि बिरामी परेकी ती महिला तीन दिनअघि मात्रै उपचारका लागि अस्पताल आएकी थिइन् ।

शरीरका महत्वपूर्ण अङ्गहरू काम गर्न नसक्ने अवस्थामा पुगेपछि अस्पताल भर्ना भएकी उनलाई बचाउन नसकिएको डा. अधिकारीले बताउनुभयो । यसअघि सोही कलेजमा स्क्रब टाइफस रोगबाट दुई बालिका र दुई महिलाको मृत्यु भएको थियो ।

योसँगै चितवनमा स्क्रब टाइफस रोगबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि रत्ननगर र कालिका नगरपालिका एवम् भरतपुर उपमहानगरपालिकाको मङ्गलपुरका एक÷एकजनाको सोही मेडिकल कलेजमा मृत्यु भएको थियो ।

त्यसैगरी तनहुँ रुपाकोटकी एक महिलाको पनि उपचारको क्रममा सोही मेडिकल कलेजमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। असोज मसान्तसम्ममा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका एक हजार ४२ जनामध्ये ३०७ जनामा स्क्रब टाइफस रोग पत्ता लागेको छ । मुसामा हुने एक प्रकारको (माइट) सुक्ष्म किराको टोकाइबाट यो रोग लाग्ने गर्दछ ।

अब स्वास्थ्यचौकीमै मिर्गाैला परीक्षण



काठमाडौँ, ११ कात्तिक । सरकारले अब गाउँका स्वास्थ्यचौकीमा नै मिर्गाैलामा खराबी भए÷नभएको पत्ता लगाउन सकिने व्यवस्था गर्ने तयारी गरेको छ । मिर्गाैला खराब भए÷नभएको पत्ता लगाउन प्रयोग गरिने ‘डिपिस्टिक किट’ ( मिर्गौला मापक सामग्री) देशभरका सबै स्वास्थ्यचौकीमै उपलब्ध गराइएपछि सो सेवा उपलब्ध हुने भएको हो । स्वास्थ्य मन्त्रालय, आपूर्ति व्यवस्थापन विभागले मनाङ बाहेक ७४ जिल्लाका सबै स्वास्थ्यचौकीमा पहिलो चरणमा २० लाख सामग्री पठाइसकेकोे छ ।

महाशाखाका निर्देशक डा भीमसिंह तिनकरीले मनाङमा बाटाको समस्याका कारण सामग्री पठाउन नसकिएको बताउँदै एक सातामै त्यहाँ पठाइने जानकारी दिनुभयो । क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल र जिल्ला अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय लगायत गरी १३३ स्वास्थ्य संस्थामा पुग्ने गरी सामग्री वितरण गरिएको महाशाखाले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेका सामग्रीलाई स्थानीय आवश्यकतानुसार मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीमा पठाउने बताइएको छ ।

निर्देशक तिनकरीले २० मिलिलिटर पिसाबले मिर्गाैला मापक साधन भिजाएपछि देखिने रङका आधारमा मिर्गाैलाका अवस्थाका बारेमा थाहा पाउन सकिने बताउनुभयो । परीक्षणमा पहिलो पल्ट कुनै खराबी नदेखिएमा एक वर्षपछि पुनःअर्को परीक्षण गर्नुपर्ने उहाँको भनाइ छ ।

मन्त्रालयले यसै वर्ष विद्यालयमा स्वास्थ्यकर्मीसहित सामग्री पठाएर विद्यार्थीको मिर्गौला परीक्षण गर्ने तयारी समेत गरेको छ । मन्त्रालयले सबै ठाउँमा पायक पर्ने स्वास्थ्य संस्थामा गई आफ्नो मिर्गाैला जाँच गरी सेवा लिन सबैमा आग्रह गरेको छ ।

नेपाल टेलिकमद्धारा ७५ जिल्लामै वाइमेक्स सेवा विस्तार



११ कात्तिक-नेपाल टेलिकमले वाइमेक्स प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार गरेको छ ।उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यसअघि नै ७४ वटा जिल्लामा वाइम्याक्स सेवाको पहुँच विस्तार गरिसकेकोमा यही कात्तिक ७ गतेदेखि हुम्लामा समेत यो सेवाको विस्तार गरेपछि अब ७५ वटै जिल्लामा वाइम्याक्स सेवाको पहुँच पुगेको टेलिकमले जनाएको छ ।

वाइम्याक्स प्रविधि हाल मुलुकमा उपलब्ध इन्टरनेट सेवामध्ये सबैभन्दा आधुनिक फोर–जी प्रविधिको इन्टरनेट सेवा हो ।

करेन्ट लागेर एकको मृत्यु

भक्तपुर, ११ कात्तिक । मध्यपुरथिमि नगरपालिका–१७ मनोहरा सागबारीमा करेन्ट लागेर आज दिलकृष्ण तकोको मृत्यु भएको छ । अपराह्न सागबारीमा पानी हाल्नका लागि पानी तान्ने पम्पमा विद्युत जोड्दा करेन्ट लाग्दा दिलकृष्णलाई बचाउन जाने दुईजनासमेत घाइते भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिनुभयो ।


घाइते हुनेमा दिलकृष्णका श्रीमती ज्ञानमाया र छोरा चन्द्रकृष्ण छन् । त्यसैगरी यही कात्तिक ६ गते मध्यपुरथिमि–१२ का लीना श्रेष्ठको बा. ४६ प. ८०२३ नम्बरको स्कुटर चोरी गर्ने दुई जनालाई प्रहरी वृत्त थिमिले गौशाला प्रहरीको सहयोगमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा ठाडो–५ का सुरेश खड्का र मध्यपुरथिमि–२ का निरज बज्राचार्य रहेको प्रहरीले जनाएको छ ।

नेपालमाथि भारतको खतरनाक दवाब ”भारतीयलाई पनि नेपाली सरह व्यवहार गर”

काठमाडौं ११ कार्तिक | भारतले आफ्ना नागरिकलाई नेपाली नागरिक सरह नेपालमा ‘राष्ट्रिय व्यवहार’ हुनपर्ने भन्दै नेपाललाई पुनः दबाब दिएको छ ।
भारतीय विदेश मन्त्रालयले पन्ध्र दिन अघि परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै भारतीय नागरिकलाई नेपाली नागरिक सरह नेपालमा ‘राष्ट्रिय व्यवहार’ हुनुपर्ने भन्दै त्यस सन्दर्भमा नेपालको धारणा मागेको हो ।
परराष्ट्रका एक उच्च अधिकारीले त्यस सम्बन्धमा नेपालले तत्काल कुनै निर्णय गर्न नसक्ने जवाफ कुटनीतिक च्यानलबाट भारत सरकारलाई दिइसकिएको जानकारी दिए ।
यद्यपी नेपाल र भारतबीच बिहीबार नयाँ दिल्लीमा हुन लागेको एक दिने विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा उक्त एजेन्डा भारतीय पक्षले उठाउने सम्भवना रहेको ती अधिकारीले बताए ।
‘यस विषय संयुक्त आयोगको बैठकमा भारतले नउठाओस् भन्ने हाम्रो चाहना छ’, बैठककमा लागि नयाँ दिल्ली पुगेका ती अधिकारीले अन्नपूर्णसँग टेलिफोनमा भने । काठमाडौंस्थित भारतीय दूतावासका एक अधिकारीले यस सम्बन्धमा नेपालको निर्णय आफूहरूलाई मान्य हुने बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले यस विषयमा अहिले कुनै निर्णय लिन नसकिने भारतीय पक्षलाई बताइसकेको स्रोतको भनाइ छ । यद्यपी यो विषय नयाँ भने होइन । भारतले विगतदेखि नै यस मुद्दामा सहमत गराउन नेपाललाई दबाब दिँदै आएको छ ।
नेपाल र भारतबीच सन् १९५० मा शान्ति तथा मैत्री सन्धि भएदेखि नै नेपालले अव्यावहारिक भन्दै हटाउन चाहेको सन्धिको प्रावधानलाई टेकेर उक्त मुद्दालाई भारतले पुनः अघि सारेको हो ।
उक्त सन्धिको धारा ७ ले भारत र नेपालका नागरिकलाई एक अर्काको देशमा बसोबास गर्न, सम्पत्ति खरिद बिक्री गर्न, व्यापारिक गतिविधिमा संलग्न हुन, एक अर्काको देशभित्र सहज रुपमा घुमफिर गर्ने सुविधा बताउँछ । यद्यपी यस धाराको पालना नेपाल र भारत दुवैले गरेको देखिँदैन ।
धारा ६ ले नेपाल र भारतले एक अर्को देशका नागरिकलाई आर्थिक तथा औद्योगिक विकासका लागि एक अर्काको भूमिमा सहभागी हुन पाउने सुविधा दिएको छ । तर, यस प्रावधानको कार्यान्वयन हालसम्म हुन सकेको छैन । नेपालले माथि उल्लेखित प्रावधान पूर्णरुपमा अव्यावहारिक मान्दै आएको छ ।
नेपाल र भारतबीचको प्रबुद्ध समूहको बैठकमा समेत यी प्रावधानका विषयमा एक पटक छलफल भइसकेको प्रबुद्ध समूहका एक सदस्यले बताए । भारतमा अहिले ६० लाख भन्दा बढी नेपाली विभिन्न क्षेत्रमा काम गरिरहेको र उनीहरूलाई सहज सुविधा दिइराखिएको भन्दै भारतले आफ्ना नागरिकलाई पनि नेपालभित्र सहज रुपमा काम गर्न पाउनुपर्ने, उनीहरूले सम्पत्ती किनबेच र बसोबासको सुविधा दिइनुपर्ने माग गर्दै आएको छ ।
परराष्ट्र स्रोतका अनुसार भारतले नेपाली भूमि प्रयोग गरी आफ्नो एक भूभागबाट अर्को भूभागमा सडकबाट सहज रुपमा ब्यापारका लागि औपचारिक रुपमा सम्झौता गर्न समेत प्रस्ताव गरेको छ । अहिले पनि भारतीय भूमिबाट नेपाली भूमि हुँदै फेरी भारतीय भूमितर्फ नै ब्यापार हुने गरेको छ । तर यस सम्बन्धमा कुनै औपचारिक सम्झौता भने छैन ।
अन्नपूर्णपोस्टबाट

भारतका एक दिलदार हीरा व्यापारी जसले १७०० कर्मचारीलाई दिए घर र कार बोनस



एजेन्सी । भारतका एक प्रतिष्ठित हिरा व्यापारीले आफ्ना १७१६ कर्मचारीलाई यो तिहारमा घर र कार बोनसको घोषणा गरेका छन्।हरेकृष्णा एक्सपोर्ट नामक व्यवसायमा कार्यरत उत्कृष्ण कर्मचारीलाई ५नोट गरिएको थियो। जसमा १२ सय कर्मचारीहरूको तलब १० हजार रूपैयाँ देखि ६० हजार रूपैयाँसम्म छ। कम्पनीले यसपटक १६६० कामदारलाई ५१ करोड बराबरको बोनस बाँढेको हो। कम्पनीले १२६० कार र ४०० घर बोनस दिएको छ। यसका साथै ५६ कर्मचारीलाई गरगहना उपहार दिएको छ।

हिरा व्यापारी सवजी भाई ढोलकियाले हरेक वर्ष तिहारको अवसरमा दिल खोलेर आफ्ना कर्मचारीलाई उपहार र बोनस बाढ्ने गरेका छन्। अघिल्लो साल उनले आफ्ना कर्मचारीलाई ४९१ कार, २०० घर र गहना बोनस बाँढेका थिए। सवजी भाई ढोलकियाको कम्पनी आगामी वर्ष २५ वर्ष पुरा गर्ने भएको छ। सवजी भाईका अनुसार आफ्नो कम्पनीमा काम गर्ने सबै ५५०० कर्मचारीको आ–आफ्नो घर र कार हुनेछ।

हैट, यस्तो प्रश्न पनि सोध्ने हो?? हैट शब्द कसरी आयो त ?? यस्तो छ रोचक प्रसंग -हेर्नुहोस भिडियो सहित

Daya Hang Rai and Priyanka Karki starrer ‘Purano Dunga’ has released its trailer on Wednesday. Considered one of the most awaited Nepali movies of this year, thefilm has been directed by Ram Babu Gurung who had previously made two successful films – ‘Kabaddi’ and its sequel ‘Kabaddi Kabaddi’.


Set in Pokhara, the story of ‘Purano Dunga’ revolves around two brothers (Daya Hang Rai and Maotse Gurung). The elder brother, played by Gurung, is a boatman working around the Begnas Lake in Pokhara while Rai is his renegade younger brother living in the city. The film portrays the siblings’ rivalry to get hold of an old boat that happens to be a family heirloom.

बुहारीले रणवीरसँग रोमान्स गरेकी थाँहा पाएपछि अमिताभ बच्चनकी श्रीमती ऐश्वर्यसँग फायर



एजेन्सी । कुनै समयकी चर्चित नायिका जया बच्चनले आजभोली बन्ने फिल्मप्रति आपत्ति जनाएकी छन् । उतिबेला फिल्म डाइरेक्टरले कला प्रस्तु गर्ने गरेको बताउँदै उनले आजभोली केवल व्याािरमा ध्यान दिने गरेको बताइन् । ए दिल है मुस्किलमा आफ्नी बुहारी ऐश्वर्याले रणवीर कपूरसँग दिएको बोल्ड सीनबारे उनको नाम नलिइ जयाले भनिन्, ‘आजभोलीको फिल्ममा लाज नामको केही चीज नै बाँकी रहेन ।’

आजभोलीको फिल्ममा पश्चिमा सभ्यताको प्रभाव बढेको बताउँदै जयाले धनी देशको संस्कृति भारतजस्तो प्रगतिशिल राष्ट्रले पछ्याउनु ठिक नभएको उल्लेख गरिन् ।
उनले भनिन्, ‘नायिका छोटा कपडा लगाएर नाच्ने, आइटम डान्स गर्ने, बोल्ड सीन दिने फिल्म आजभोली चर्चामा छ ।’

मुस्लिमलाई अमेरिकामा कस्तो नजरले हेर्छन ? हेर्नुहोस अमेरिकामा यस्तो कपडा लगाएर हिड्ने लाइ गरेको यो व्यवहार भिडियो सहित

A Muslim, sometimes spelled Moslem, relates to a person who follows or practises the religion of Islam, a monotheistic and Abrahamic religion based on the Quran. Muslims consider the Quran to be the verbatim word of God as revealed to the Islamic prophet and messenger Muhammad. They also follow the sunnah teachings and practices of Muhammad as recorded in traditional accounts called hadith. “Muslim” is an Arabic word meaning “one who submits (to God)”. A female Muslim is sometimes called a Muslimah. There are customs holding that a man and woman or teenager and adolescent above the age of fifteen of a lunar or solar calendar who possesses the faculties of rationality, logic or sanity, but misses numerous successive Jumu’ahs without a valid excuse, no longer qualifies as a Muslim.Most Muslims will accept anyone who has publicly pronounced the declaration of faith (shahadah) as a Muslim.The shahadah states:

भारत र चीनका राष्ट्रपति नेपाल आउदा दिने बिदाको सर्वत्र आलोचना भएपछि सरकारको यस्तो स्पष्टोक्ती : सर्वसाधारणलाई दुःख नहोस् भनेर बिदा



काठमाडौं, ११ कात्तिक । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले भारत र चीनका राष्ट्रप्रमुख नेपाल भ्रमणमा आएको दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि यसबारे चर्चा परिचर्चा शूरु भएको छ । भारतका राष्ट्रपति प्रणव मुखर्जी यही कार्तिक १७ देखि १९ गतेसम्म नेपालको राजकीय भ्रमणमा आउँदैछन् । बिदेशका राष्ट्रप्रमुख नेपाल भ्रमणमा आएको दिन सार्वजनिक बिदा दिने निर्णयबारे सामाजिक सञ्जालमा बिरोध प्रकट भएको पाइएको छ ।

यसबारे प्रधानमन्त्री कार्यालयले भने ३ वटा कारण दिएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले भने–

नेपाल–भारतबिच झन्डै सत्र–अठार बर्षपछि राजकीय भ्रमण हुन लागेकोले उक्त भ्रमणलाई नेपालले उच्च महत्व दिएको जनाउन । मित्रराष्ट्रका भिभिआइपीको भ्रमणका बेला ट्राफिक ब्यवस्थापन चुस्त राख्न र सर्वसाधारणलाई दुःख नहोस् भनेर ।
दुई देशबिचको सम्बन्ध सुधार गर्न । यसअघि पनि सार्क सम्मेलन तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सार्वजनिक विदा दिइएको प्रवक्ता रेग्मीले बताए ।

यस्तै परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीले यसअघिका बिदेशी बिशिष्ट ब्यक्तिको नेपालको भ्रमणका बेला एकदिन सार्वजनिक बिदा दिने चलन रहेको बताए ।

नेपाल भ्रमणमा आँउने मित्रराष्ट्र र नेपालको मित्रवत सम्बन्धलाई महत्व दिन, कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन बिदा दिने चलन अनौठो नभएको अधिकारीको भनाई छ । पञ्चायतकालमा पनि कुनै बिदेशी उच्च पदका पाहुनाको नेपाल भ्रमणमा क्रममा बिदा दिने गरेको उनले बताए ।

अहिले मन्त्रीपरिषद्को बैठकले चलिआएको चलनमाथि किन निर्णय ग¥यो भन्नेमा आफुलाई थाहा नभएको अधिकारीको भनाई छ ।

#भीडियो साला बल्ल बल्ल २० हजार पठाएको थियो साला खाडी मुलुकको मुर्गा परेछ !ल हेर्नुहोस यी युबतिहरुले बोलेको सुन्नु भयो भने तपाई तिन छक्क पर्नु हुन्छ ?हेर्नुहोस यी युबतिहरुको चर्तिकला आजकल फेसबुक ले गर्नु गरेकोछ -हेर्नुहोस भिडियो सहित -

A new Nepali short movie has been uploaded on YouTube and it is about being misused in love. The title of the short movie is ‘Boka Sir’ and it is a kind of an awareness movie.
Social awareness Nepali short films tries to convey social message and activities in our society. If you see these kind of activities behind you. You can inform right person to stop sexual accident.


Nepali film industry has got its won history-in the field of making movies,but it has got its own trend and culture which is taken from our own tradition where we can find more than one hundred cultural diversity according to castes, geography and heritage of country. It is known as “Nepali Chalchitra” or kollywood industry. Furthermore, Nepali Movies are the key tool to give an education and awareness towards the audiences about social, political, economic,and various issues of the society.

यसकारण पदबाट गगन थापा र अन्य यी ठुला नेताहरु ले पनि राजिनामा दिने



काठमाडौं, ११ कात्तिक । स्वास्थ्यमन्त्री गगन थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महा–अभियोग प्रस्तावमा कांग्रेसले समर्थन नगरे पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

थापा निकट स्रोतका अनुसार उनले आफ्नो तयारीबारे सभापति शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन् ।
कांग्रेसमा लोकमानलाई महाअभियोग लगाउनुपर्छ भन्ने नेतामध्ये अग्रपंक्तिमा रहेका गगनले मंगलबार संसदमा सुरु भएको प्रस्तावमाथिको छलफलमा भाग लिदै महाअभियोगलाई पारित सबैमा आग्रह गरेका थिए ।
कांग्रेसले लोकमानविरुद्धको महाअभियोगबारे निर्णय लिन नसकेको अवस्थामा पार्टी नेतृत्वलाई दबाब दिइरहेका गगनले मन्त्री पदबाट राजीनामा दिने तयारी समेत गरेका स्रोतको भनाई छ ।
पार्टीका धेरै नेताहरु लोकमानलाई जोगाउन सक्रिय रहेका बेला गगनले राजीनामा दिने तयारीबारे आएको खबरले कांग्रेसमा खैलाबैला मच्चिएको छ ।
गगनसँगै को–कोले राजीनामा दिँदैछन् ?
कांग्रेसले लोकमानको पक्षमा उभिने निर्णय गरेमा गगनसँगै पार्टीका अन्य केन्द्रीय सदस्यहरु धनराज गुरुङ, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, प्रदिप पौडेल र सुरेन्द्रराज पाण्डेसमेतले राजिनामा दिने तयारी गरेको स्रोतका दाबी छ ।
हाल कांग्रेसमा ७४ केन्द्रिय सदस्यमध्ये २५ जना महाभियोगको पक्षमा र बाँकी ४९ जना लोकमानको पक्षमा उभिएका छन् । जसमा सभापति देउवा भने महाअभियोगमा पक्षमा रहेको बताइन्छ । दैनिक नेपाल बाट

Wednesday, October 26, 2016

बाहिरियो राजदरवार हत्याकाण्डको रहस्य !! सबैभन्दा पहिले मारिएका थिए दिपेन्द्र- भिडियो हेर्नुस्


Exceptionally kind and passionate sovereign
From an extremely youthful age, Birendra was depicted even by his teachers as an exceptionally kind and passionate sovereign, and is oftentimes referred to the general population of Nepal as one of most noteworthy rulers, if not the best driving ruler the Nepali subjects ever had, dissimilar to his sibling, Gyanendra. Ruler Birendra was portrayed as one of only a handful couple of Nepalese rulers who needed the Nepalese individuals to experience genuine popular government. This was seen in the 2036 B.S. Janmat Sangraha (1980 Referendum) when he needed the general population to pick whether they needed ‘Multiparty Democracy’ or an ‘Improved Panchayat System’. Additionally, in People’s Movement I, he chose to set up ‘Established Monarchy’ in Nepal as opposed to battling for autocracy.
In 1989, when the People’s Movement I was taking energy, as the state of defending the panchayat framework, India had advanced a few conditions to King Birendra went for taking control over national sway. In the event that the King had acknowledged these conditions, the panchayat framework would not have finished. In any case, the ruler said that, “It is ideal to surrender to the general population as opposed to surrender to India.”

साह्रै नै हँसायो यो भिडियोले , एक पटक हेर्नुहोस मुड फ्रेश हुन्छ !


Dobate Episode 97 – Nepali Comedy Serial
Battho Manche new episode is very good to watch. It has a girl in lead role and she is beautiful with mind. Two men try to ask some questions to test her knowledge but she tricks to answer their questions. This is the brand new nepali comedy clip on youtube. The comedy series in the name Battho Manchhe is uploaded regularly by tv nepali. Actually Battho Manchhe is the term taken from Nepali language which means the man who is clever. But, this comedy clip is satirical to those who consider themselves as the Battho Manchhe. In this series of Battho Manchhe, the author wants to show that the socalled clever man actually is not clever enough but people feels irritated and agree to told him Battho Manchhe. The all rights reserved to tvnepali. Reuploading and reproduction is strictly forbidden. Embedding in websites will be heartily welcome. Please like, comment and share videos.

तेरिया मागको अहिले सम्मकै सुपर डान्स आखा झिमिक्कै न पारि हेर्न मन लाग्ने यस्तो डान्स


Dance Performance By Teriya magar
Teria Magar, an exceptionally brilliant Nepali dancer and winner of the ‘Dance India Dance Little Master-2014’ was felicitated in Belgium recently.Magar was honoured by Damodar Prasad Acharya, Europe Advisor of the Movement, at a special cultural programme organised by the World Magar Association, Belgium chapter, at Leuven in Belgium.On the occasion, Magar handed over a Buddha statute to Chairman of World Magar Association, Belgium, Marke Magar.Teriya Magar is also the peace ambassador of the Lumbini-Kapilvastu Day Movement.
Chief of social works and students department at Leuven Municipality Bike Borlinden, Chairman of Himalayan Project Paul Vann, Secretary of NRN Arjun Kumar Shrestha, NRN ICC members Chij Kumar Shrestha, Netra Magar, Janaki Gurung and representatives of different social organisations of Nepalis based in Belgium were also present during the event.The Association has said that the amount collected in the cultural programme would be provided to the earthquake survivors in Gorkha district.

एनसेलले ल्यायो ‘मोबाईल टिभी प्याक’, अब सुलभ शुल्कमा अनलाइन टिभी हेर्न सकिने



काठमाडौं, १० कात्तिक । देशको अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘मोबाईल टिभी प्याक’ ल्याएको छ । चाडपर्वको शुभ अवसरमा ल्याइएको यो प्याक अन्तर्गत एनसेलका सम्पुर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले अब सुलभ शुल्कमा आफ्नै मोबाईलमा अनलाइन टिभी हेर्न सक्नेछन् । नेपाली दुरसंचार क्षेत्रको इतिहासमा नै पहिलो पटक टिभी प्याक जस्तो नविन सेवा सुरु गर्दै एनसेलले एउटा कोसेढुङ्गा स्थापना गरेको छ । यो प्याक सुचारु गर्ने ग्राहकहरुले नेट टिभी एप मार्फत अनलाइन टिभी हेर्न सक्नेछन् । नेट टिभी, एनआईटिभी स्ट्रिम्ज् प्रा.लिको प्रोडक्ट हो र एनसेलले एनआईटिभी स्ट्रिम्ज्सँग यो मोबाईल टिभी सेवाको लागि सहकार्य गरेको छ ।यो मोबाईल टिभी प्याक बुधबार (कार्तिक १०, २०७३) देखि १५ दिनको लागि सञ्चालनमा आएको छ । एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार ३० मिनेट, १ घण्टा, २ घण्टा र ३ घण्टाको टिभी प्याक खरिद गरि नेट टिभी एप प्रयोग गर्न सक्नेछन् । ३० मिनेटको प्याकको शुल्क रु ३५ तोकिएको छ । १ घण्टाको प्याकको रु ६० पर्दछ भने २ घण्टा र ३ घण्टा प्याकको मुल्य क्रमशः रु १०० रु १५० निर्धारण गरिएको छ । प्याकका शुल्कहरुमा कर समाबेश गरिएका छन् ।

यी चारै वटा प्याकहरु ग्राहकले प्रत्येक पटक प्याक खरिद गर्नुपर्ने वा सेवा प्रयोगको अवधि सकिएपछि स्वतः नविकरण हुने दुई किसिमबाट यो सेवा सुचारु गर्न सक्छन् । प्रत्येक पटक लिन मिल्ने प्याक २४ घण्टाको लागि मात्र मान्य हुनेछ र स्वत नविकरण हुने प्याक हरेक मध्यरातमा स्वतः नविकरण हुनेछ ।

प्याक खरिद गर्नका लागि ग्राहकहरुले एस्ट्रिक १७१३३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्नेछन् । १७१३३ मा एसएमएस पठाएर पनि ग्राहकले यी प्याकहरु खरिद गर्न सक्छन् । उदाहरणका लागि प्रत्येक पटक लिन मिल्ने १ घण्टाको प्याक खरिद गर्नका लागि ग्राहकले अंग्रेजीमा १ स्पेस अंग्रजीको सानो अक्षरमा एचआर स्पेस अनि अंग्रजीमा ठूलो डी टाइप गरी १७१३३ मा एसएमएस पठाउन सक्छन् । त्यस्तै स्वतः नविकरण हुने प्याक लिनका लागि अंग्रेजीमा १ अनि स्पेस नछोडी अंग्रजीको सानो अक्षरमा एचआर टाइप गरि १७१३३ मा पठाएर प्याक सुचारु गर्न सक्छन् ।

‘‘मोबाइल टिभी सेवामा सुलभ पहुँच सुनिश्चित गर्दै ग्राहकका लागि यो नविन सेवा ल्याउन पाएकोमा हामी निकै खुसि छौ,’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । ‘‘मोबाईल डेटा सेवा र कन्टेन्ट दुवैको माग बढिरहेको बेलामा, ग्राहकले मोबाईल तथा टिभी दुवै सेवा एकतृत रुपमा लिन सक्ने हुँदा यसले ग्राहकलाई थप मुल्य प्रदान गर्नेछ ।”

आइभिआरद्वारा पनि टिभी प्याक सुचारु गर्न सकिन्छ । सुचारु गरिएको प्याकको अवधि सकिएपछि कर बाहेक प्रति एमबि रु ३ को विद्यमान शुल्क लागु हुनेछ । यदि ग्राहकलाई सुचारु गरिएको प्याक बन्द गर्नुपर्ने भएमा एस्ट्रिक १७१३३ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार प्याक सेवा बन्द गर्न सक्नेछन् । त्यसैगरी १७१३३ मा एसएमएस गरेर पनि प्याक बन्द गर्न सकिन्छ । जस्तै २ घण्टाको प्याक निष्क्रिय गर्न ग्राहकले अंग्रेजीमा ठूलो आर २ अंग्रेजीमा सानो एचआर सँगसँगै टाईप गरी १७१३३ मा पठाउनु पर्ने हुन्छ ।

हेर्नुहोस इतिहासमै फड्को मार्दै बिएमडब्लुको नयाँ बाइक : हेलमेट चाहिँदैन, स्ट्यान्ड पनि चाहिदैन -भिडीयो सहित


BMW Motorrad VISION NEXT 100 – Bike of the Future
The BMW Motorrad Vision Next 100 concept motorcycle is unveiled on the last of four international stops of the Iconic Impulses event, recognising 100 years of BMW. Picture: David McnewSource:AFPThe German automaker unveiled Tuesday its Motorrad Vision Next 100, a sleek, self-balancing prototype the company released as part of its 100th anniversary celebrations.The zero-emissions bike has self-balancing wheels designed to stand upright even at a complete stop, stability that the company says will allow riders to forgo riding a helmet.“Its self-balancing system will help protect the rider at any time,” said Edgar Heinrich, the design director of BMW’s motorcycle division. “Any late reaction from the driver will trigger and the vehicle will balance out.“In the future, motorcycle riders will be able to enjoy riding without protective gear.”
The BMW Motorrad Vision Next 100 concept motorcycle is unveiled on the last of four international stops of the Iconic Impulses event, recognising 100 years of BMW. Picture: David McnewMembers of the press gawk at the impressive looking bike. Picture: David McnewMembers of the press gawk at the impressive looking bike. Picture: David McnewSource:AFPThe world’s top maker of luxury vehicles has also premiered this year a futuristic BMW sports car with a flexible body, as well as a self-driving Rolls-Royce and an electric Mini model.
Company representatives said that riding without a helmet remains a fantasy for now, though.Many countries mandate the protective gear and self-balancing technology is still in the developmental stage — if the latest concept vehicle becomes a reality, it likely won’t be before 2030.Despite its contemporary features the bike will not be fully autonomous, the company said.

पर्वतका ग्रामिण भेगका यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य



पर्वत जिल्लाका ग्रामिण भेगमा सञ्चालित कतिपय गाविसका कच्चि धुले सडकहरुमा स्थानीयले निकै जोखिमको यात्रा गर्न बाध्य भएका छन् । पर्याप्त सवारीसाधन नहुनु, रुट परमिट बिना जथाभावि सवारी चलाउने र सीमित गुड्ने सवारीले क्षमताभन्दा तेब्बर सम्म यात्री राख्दा यात्राको जोखिम बढ्दै गएको हो । जिल्लाका ग्रामिण क्षेत्रमा ढुङ्गागिट्टी बोक्ने ट्याक्टरले समेत यात्री ओसारेर भाडा असुल्दै आएको पाइएको छ । जिल्लाको दक्षिणका पाङ्राङ, बाच्छा, रानीपानी, बेउलीबास, टकलाक, हुवास, भंगरा लगायत गाउँका धुले सडकमा गुड्ने आन्तरिक सवारीहरुले नियमकानुन र सर्वसाधारणको जिउधनको सुरक्षाको वास्तै नगरि क्षमताभन्दा बढी यात्री बोक्दै आएका हुन् । गत भदौमा स्थानीय प्रशासनले केहि ग्रामिण धुले सडकलाई अस्थाई रुट परमिट कायम गराउन निर्णय गरेको भए पनि यातायात व्यवस्था बिभागले परमिट कायम गरेको छैन ।

ट्याक्टरमा चढ्दा पनि जिपकै भाडा तिर्नूपर्ने पाङ्राङकी सिमा क्षेत्रीले बताउनुभयो । अन्य बिकल्प केहि नभएपछि आफुहरु जे पाईन्छ त्यसैमा चढेर यात्रागर्न गरेको उहाले गुनासो गर्नुभयो । नियमित सवारी नहुदा सिमित चलेका जिप, ट्याक्टरका चालकले मनोमानि भाडा असुल्दै आएको उहाको भनाई थियो ।

जिल्ला यातायात व्यवस्था समितिले धुले सडकमा प्रति किलोमिटर बसको साढे सात र जीपको साढे आठ रुपैया भाडादर तोकेको छ । तर, ग्रामिण कच्ची सडकहरुमा चल्ने सवारीले भने यात्रीसंग प्रतिकिलोमिटर १० रुपैयासम्म भाडा असुल्दै आएको पाइएको छ । ससाना जिप र ट्याक्टरका पाङ्ग्रा मात्रै मुस्किले अट्ने सडकमा क्षमताभन्दा तीन गुणा सम्म यात्री र मालसामान ओसार्दा पनि कतैबाट अनुगमन र नियमन हुन सकेको छैन ।

हेर्दाहेर्दै बुटवलको जेब्रा क्रसमा भएको यो भयानक मोटरसाइकल दुर्घटना , हेर्नुहोस र तपाई पनि साबधान हुनुहोस भिडियो सहित


A zebra crossing Accident
A zebra crossing is a type of pedestrian crossing used in many places around the world. Its distinguishing feature is alternating dark and light stripes on the road surface, resembling the coat of a zebra. A zebra crossing typically gives priority to rights of way to pedestrians.The crossing is characterised by longitudinal stripes on the road, parallel to the flow of the traffic, alternately a light colour and a dark one. The similarity of these markings to those of a zebra give the crossing’s name. The light colour is usually white and the dark colour may be painted – in which case black is typical – or left unpainted if the road surface itself is dark. The stripes are typically 40 to 60 centimeters (16 inches to 2 feet) wide. In countries such as the United Kingdom, zebra markings give pedestrians permanent right of way if accompanied by a belisha beacon or conditional right of way when accompanied by traffic lights. In other countries they are also used on pedestrian crossings controlled by traffic signals, and pedestrians have priority only when the lights show green to pedestrians.

हुकिङ गरी विद्युत् चुहावट गर्ने २१ जनालाई थुनामा पठाइयो



लहान, १० कात्तिक । हुकिङ गरी विद्युत् चुहावट गर्ने २१ जनालाई विद्युत् प्राधिकरण कार्यालय लहानले पक्राउ गरी आवश्यक कारबाहीको लागि थुनामा पठाएको छ ।

विद्युत् प्राधिकरण कार्यालय लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले मङ्गलबार साँझ लहान नगरपालिकासहित जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएका उनीहरुलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा पठाएको छ ।विद्युत् चुहावट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा लहान नगरपालिकाको विभिन्न वडाबाट १७ जना र भवानी कलाबञ्चरबाट दुई तथा गाढा गाविसबाट दुई जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि थुनामा पठाएको विद्युत् प्राधिकरण लहानका निमित्त प्रमुख त्रिभुवनकुमार यादवले जानकारी दिनुभयो । पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारबाही गरिने निमित्त प्रमुख यादवले बताउनुभयो ।

मोबाइलमा लामो गफ गर्दा दिमागमा असर,असरबाट बच्न के गर्ने ?



आदर्श प्रधान मनोपरामर्शदाता होलिस्टिक माइन्ड्स,
प्रविधिको विकास र सहज पहुँचले संसारलाई नै नजिक बनाएको छ । विकसित धेरै प्रविधिमध्ये मोबाइल हाम्रो जीवनको अभिन्न अंग बनेको छ । अडियो, भिडियो तथा समाचार प्राप्त गर्ने पहिलो माध्यम नै मोबाइल हुँदा यसको प्रयोग झन् बढेको छ । फेसबुक, स्काइप, ट्विटरजस्ता सामाजिक सञ्जालले यसको महत्व बढाएको छ । नेपालजस्तो लोडसेडिङको मारमा परेको देशलाई त ल्यापटप, कम्प्युटरभन्दा पनि मोबाइल उपयुक्त भएको छ । तर, मोबाइल धेरै प्रयोग गर्दा पुर्‍याउने असरका बारेमा भने धेरैले त्यति ख्याल गरेको पाइँदैन । यससम्बन्धी सयौँ अनुसन्धान पनि भइरहेका छन् ।

चुम्बकीय प्रदूषणविज्ञानको भाषामा पृथ्वीको हरेक क्षेत्र जस्तै हाम्रो शरीरमा पनि चुम्बकीय विद्युत् क्षेत्र हुन्छ, जसलाई मापन गर्न पनि सकिन्छ । त्यसैले प्रकृतिसँग एकाकार भएर बसेका वेला हाम्रो शरीरमा ऊर्जा भरिएको महसुस गर्छौं । प्रविधिको आविष्कारले मानव जीवन सहज बनाए पनि त्यसको प्रदूषणले निम्त्याउने असरबारे हामी चनाखो भएका छैनौँ । यो अत्यन्त सूक्ष्म हुने भएकाले थाहा नपाउने गरी असर पुर्‍याइरहेको हुन्छ । जसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ । हाई भोल्टेज तार, मोबाइल टावर, फ्रिज, भ्याकुम क्लिनर, मोबाइलफोन, कम्प्युटर, टिभी, हिटरजस्ता विद्युतीय यन्त्रहरूबाट चुम्बकीय प्रदूषण भइरहेको हुन्छ ।
मोबाइलले स्वास्थ्यमा पार्ने असर
मोबाइलले रेडियो फ्रिक्वेन्सी लिने र पठाउने वेला चुम्बकीय क्षेत्र बनाउँछ । सो चुम्बकीय क्षेत्रले मानिसलाई असर पु¥याउँछ । कमजोरी, टाउकोदुखाइ, थाइराइडको समस्या, आँखाको समस्या, डिप्रेसन, केस झर्ने, निद्रा नलाग्ने, मुटुरोग, मिर्गौलाको समस्या, उच्च रक्तचाप, मस्तिष्कको क्यान्सर आदिजस्ता गम्भीर रोग लाग्न सक्छ ।
अनुसन्धानका केही तथ्यहरू !
स्विडेन विश्वविद्यालयको अनुसन्धानअनुसार मोबाइलफोनमा दुई मिनेट गरेको कुराकानीले मस्तिष्कको रक्त प्रणालीमा अवरोध पुर्‍याउँछ । जसले स्नायुतन्त्रलाई हानि गर्ने एल्युमिन प्रोटिन मस्तिष्कमा प्रवेश गर्छ । मोबाइलको प्रयोगले अल्जाइमर, पार्किन्सन्सजस्ता मस्तिष्कसम्बन्धी रोग पनि लाग्न सक्छ । अहिलेसम्म भएका १५ हजारभन्दा बढी अनुसन्धानले यस्तो खतराको पुष्टि गरिसकेका छन् ।
न्युजिल्यान्डस्थित लिनकालिन विश्वविद्यालयको अनुसन्धानअनुसार मोबाइलफोनको विद्युत् चुम्बकीय क्षेत्रले मानिसलाई डिप्रेसन, आत्महत्या, क्रोध, हिंसा गर्ने मनस्थितिसम्म पुर्‍याउन सक्छ । मोबाइलको विद्युत् चुम्बकीय क्षेत्रले मिनरल, हरमोन, क्याल्सियम आदि तत्वमा असन्तुलन बनाएर हाम्रो मनोशरीरमा असर पुर्‍याउँछ ।
कोरियामा रेडियो फ्रिक्वेन्सीसम्बन्धी अध्यापन गरिरहेका डा। भानु श्रेष्ठका अनुसार सन् १९९३ मा मोबाइलफोनको एन्टेनाबाट निस्केको रेडियो फ्रिक्वेन्सी सुरक्षाको बारेमा वैज्ञानिक डा। जर्ज कार्लो र उनको समूहले ६ वर्षसम्म लगाएर अनुसन्धान गरेको थिए । अनुन्धानमा मोबाइलको प्रयोगले मस्तिष्कको ट्युमर हुन सक्ने अर्थात् मस्तिष्कको क्यान्सरलाई दुईदेखि पाँच गुना बढाउने तथ्य सार्वजनिक गरेको थियो । त्यस्तै, मोबाइलको एन्टेना प्रयोग गरे मस्तिष्कको क्यान्सर हुने सम्भावना रहेको पनि पत्ता लगाएको थियो ।
असरबाट बच्न के गर्ने ?
-मोबाइलफोनलाई मुटुभएको ठाउँमा नराख्ने, पाइन्टको गोजीमा राख्ने ।
-ल्यान्डलाइन फोनको प्रयोग बढी गर्ने ।
-अत्यन्त जरुरी फोनबाहेक धेरै बेरसम्म कुरा नगर्ने ।
-सकेसम्म मोबाइलमा कुरा गर्दा ह्यान्ड्स फ्री गरेर कुरा गर्ने ।
-१५ वर्षभन्दा मुनिको उमेरका व्यक्तिले मोबाइलको प्रयोग सकभर नगर्ने ।
-मोबाइलमा माइक्रो फ्रिक्वेन्सीको प्रदूषण सोस्न सक्ने चिप्स प्रयोग गर्ने ।
-मोबाइललाई सुत्ने वेलामा खाटमा वा आफूसँगै नराख्ने ।
-मोबाइलमा कुरा गर्दा ब्लुटुथ हेडसेटको प्रयोग कम गर्ने ।
-गुडिरहेको मोटर, गाडीभित्र बसेर फोनमा कुरा नगर्ने ।
-मोबाइलको सिग्नल कम आएको वेला फोनमा कुरा नगर्ने ।

पुलबाट खसेर महिलाको मृत्यु



दोलखा, १० कात्तिक । पुलबाट खसेर आज विहान यहाँ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिरकोट गाविस– १ की ५६ वर्षीय सुकमाया माझी रहेका छन् । दोलखाको भिरकोट र जफे गाविसमा पर्ने ढोलीखोलाको बेलीब्रिज पुलबाट खसेर उनको मृत्यु भएको स्थानीयवासीले बताए ।

पुलको फलामेपाता झिकेर मर्मत गरिरहेको र माझी सोही स्थानबाट आवतजावत गर्ने क्रममा लडेर पुलवाट खस्दा उनको मृत्यु भएको दाबी स्थानीयवासीको छ ।

हर्ट अट्याक सम्बन्धि ८ भ्रम र सत्यहरु



१. बेहोश नै भाको छैन कहाँ ह्दयाघात हुनु ?

ह्दयाघात (हर्ट अट्याक) मुटुसंग सम्बन्धित समस्या हो । ह्दयाघात हुँदा मानिसलाई छातीमा प्रचण्ड पीडा महसूस हुन्छ । छाती दुखाई ठूलो ढुंगाले थिचे जस्तो, केही कुराले छातीको वरिपरि बानेको जस्तो प्रकृतिको हुन्छ र दुखाई देब्रे पाखुरा, देब्रे चिउंडोतिर पनि सर्न सक्छ । कतिपय अवस्थामा यस्तो पीडा नभई छातीमा हल्का गहैेंपन मात्रै महसूस पनि हुनसक्छ । कतिपय अवस्थामा छाती र पेटको बीच भागमा दुख्ने हुन सक्छ । त्यसैले ह्दयाघातमा बेहोश हुनुपर्छ भन्ने छैन । तर ठूलो ह्दयाघात भएर मुटुको मांशपेशीमा ठूलो क्षति पुगि मुटु कमजोर हुन पुगेमा वा ह्दयाघात पछि मुटुको चाल तथा रक्तचाप तलमाथि भएको अवस्थामा मानिस बेहोश पनि हुनसक्छ ।

२. ह्दयाघात तीन पटक भयो भने मरिन्छ

मानिसको मृत्यु हुन ह्दयाघात तीन पटक हुन जरुरी छैन । पहिलो ह्दयाघातनै ठूलो प्रकृतिको भयो मानिसको मृत्यु हुन सक्छ । ह्दयाघात भए पछि छोटो समयमै आवश्यक उपचार नपाएमा पहिलो ह्दयाघातले पनि मानिसको मृत्यु हुनसक्छ । तर ह्दयाघातले मुटुको सानो भागमा मात्र क्षति पुर्यायो वा ठूलै ह्दयाघातको पनि तुरन्तै आवश्यक उपचार भएमा जीवन गुमाउनु पर्दैन । एकचोटी ह्दयाघात भइसकेपछि फेरि/फेरि हुनसक्ने भएकोले फेरि नहोस् भनेर विरामीलाई स्टेन्ट राख्ने (एन्जियोप्लाष्टि) वा बाइपास अपरेशन गर्ने सल्लाह पनि दिइन्छ । रक्तनलीको अवस्था सामान्य देखिएको अवस्थामा विरामीलाई जीवनभर औषधी खाने सल्लाह दिइन्छ । रक्तनलीको अवस्था हेर्नको लागि कोरोनरी एन्जियोग्राम भन्ने जांच गरिन्छ ।

३. ह्दयाघात हुँदा इसीजीमा खराबी देखिनै पर्छ

इसीजी एक किसिमको जांच हो । ह्दयाघात हुँदा धेरैजसो अवस्थामा इसीजीमा प्रष्ट देखिन्छ । तर कहिलेकाँही ह्दयाघात भइसक्दा पनि इसीजी बिलकुल नर्मल देखिन्छ । विशेषगरि ह्दयाघातको शंका लागेमा डाक्टरले विरामीको छाती दुखाइको किसिम, इसीजी रिपोर्ट तथा ह्दयाघातको लागि गरिने रगतको जांचको रिपोर्टको सहयोग लिन्छन् । इसीजी नर्मल आएको खण्डमा तर छाती दुखाई ह्दयाघातको जस्तै लागेमा अस्पतालमा कम्तीमा २४ घण्टा भर्ना गरेर २/३ पटक रगत, इसीजी आदि जांच दोहोर्याएर ह्दयाघात भए नभएको निक्र्यौल गरिन्छ ।

यो अवस्था डाक्टर तथा विरामी दुवैको लागि कठिन स्थिति हो । डाक्टर ह्दयाघात भइसकेको हो भने नछुटोस् भन्ने चाहन्छन् भने विरामी मलाई केही भएको छैन, डाक्टरले यतिकै अस्पताल भर्ना गर्न खोज्यो, अथवा आर्थिक लाभ लिन खोज्यो भन्ने सोचाइ पनि राख्ने गर्छन् । यो कुरामा विरामीलाई विश्वास गराउन सधैं नै गाह्रो परेको देखिन्छ । तर यस्तो अवस्था आइपरेमा डाक्टरको सल्लाह अनुसार कम्तीमा २४ घण्टा अस्पताल बसेर जांचहरु दोहोर्याएर ह्दयाघात भए नभएको प्रष्ट भएर मात्रै घर फर्केको राम्रो हुन्छ ।

४. ह्दयाघात भएपछि मुटुको अवस्था कामै नलाग्ने हुन्छ

मुटुका मांसपेशीमा अक्सिजन पुर्याउने काम मुटुका रक्तनलीले गर्छन् । यही रक्तनलीहरु सांगुरिंदै गएमा वा रक्तनलीमा रगत जमेर रगतको आपूर्ती नभएमा मुटुको मांसपेशी मर्न जान्छन् । यस अवस्थालाई ह्दयाघात भनिन्छ ।

ह्दयाघात भएको अवस्थामा विरामीले आवश्यक उपचार तुरुन्तै पाएमा मुटुको मांसपेशीलाई क्षति हुनबाट जोगाउन सकिन्छ । आवश्यक उपचार भन्नाले, बन्द भएको रक्तनली खोलेर रक्तसंचार गराउने नै हो । रक्तनली खोल्नको लागि नशाबाट चलाइने इन्जेक्शनको प्रयोग धेरै ठांउमा गरिन्छ भने ठूलो अस्पतालहरुमा एन्जियोप्लाष्टि गरेर स्टेन्ट राख्ने पनि गरिन्छ । यी दुवै मध्ये कुनैपनि उपाय ह्दयाघात भएपछि जति छिटो गर्यो त्यति नै बढी मांसपेशी जोगाउन सकिन्छ । ह्दयाघात भएको १२ घण्टाभित्र गर्न सके यी दुवै उपचारले विशेष महत्व राख्छ । यी दुवै मध्ये इन्जेक्सनको माध्यमबाट बन्द भएको रक्तनली ६० देखि ७५ प्रतिशतसम्म तथा एन्जियोप्लाष्टिको माध्यमबाट ८५ देखि ९५ प्रतिशतसम्म खोल्न सक्ने विश्वास गरिन्छ ।

५. म चुरोट सेवन गर्देन, उच्च रक्तचाप, सुगर पनि छैन, मलाई ह्दयाघात हुँदैन

उच्च रक्तचाप, सुगर, उच्च कोलेष्टेरोल भएका व्यक्तिहरु, चुरोट पिउने, शारिरिक व्यायाम नगर्ने, मोटोपना बढी भएका व्यक्तिहरु ह्दयाघातको उच्च जोखिममा पर्छन् । तर यी सबै समस्या नभएका व्यक्तिहरुमा ह्दयाघात हुंदैन भन्ने होइन । परिवार वा नजीकको नातामा कसैलाई ह्दयाघात भएको थियो भने त्यस्ता व्यक्तिलाई पनि ह्दयाघात हुने सम्भावना बढी रहन्छ ।

६. किन अस्पताल भर्ना हुनुपर्यो ?

ह्दयाघात भएपछिको अवस्था एकदमै खतरायुक्त हुन्छ । ह्दयाघात भएपछिको केही समय (सामान्यतया २४ देखि ७२ घण्टा) रक्त संचालन, मुटुको चाल, रक्तचाप आदि कुराहरुमा तलमाथि भइरहन सक्छ । यस्तो अवस्थामा समस्या अनुसार तत्कालै उपचार नगरेमा विरामीको मृत्यु पनि हुन सक्छ । -डा. मिलन प्रकाश श्रेष्ठ, मुटुरोग विशेषज्ञ

यो अवस्थामा आरामले विशेष महत्व राख्छ । आराम गर्नु भनेको मुटुलाई पनि आराम दिलाउनु हो ।

ह्दयाघात पछिको अवस्थामा धेरै बोल्दा पनि मुटुमा असर पर्न सक्ने हुंदा विरामीलाई पूणर््ा आरामको अवस्थामा राखिन्छ । साथै मुटुको चाल, रक्तचाप, श्वासप्रश्वास आदि हेर्दै विरामीको उपचार गर्नुपर्ने हुंदा विरामीलाई सीसीयूमा राखेर उपचार गरिन्छ । सीसीयू जस्तो वार्डमा तालीम प्राप्त चिकित्सक, नर्सिड.् स्टाफ हुने र मुटुको गतिविधि हेर्न सकिने कार्डियाक मनिटर, आवश्यक परेमा विद्युतीय झट्का दिने डिफिब्रिलेटर तथा कृत्रिम श्वासप्रश्वास दिने भेन्टिलेटर आदिकोे सुविधा पनि हुन्छ । जुन अरु वार्डमा

उपलब्ध हुंदैन । त्यसैले अस्पतालकै अरु वार्डमा त नहुने कुरा घरमा बसेर औषधी खाएर हुने कुरै भएन । तर विरामीको अवस्था सामान्य हुंदै गएर खतरामुक्त देखिएमा सीसीयूको बसाई धेरै छोटो हुन्छ ।

७ .ह्दयाघात त बुढाबुढी भएपछि हुने समस्या हो

केही वर्ष अगाडीसम्म ह्दयाघा्लाई ६० बर्ष माथिको उमेरका लाई हुने समस्या भनेर लिइन्थ्यो । तर हाल आएर ४० बर्ष भन्दा मुनिका व्यक्तिहरुमा पनि यो समस्या प्रशस्तै देखिन थालेको छ । यसको मुख्य कारणमा चुरोट तथा अन्य सूर्तीजन्य बस्तुको नियमित सेवन गर्ने व्यक्तिहरु, उच्च रक्तचाप, सुगर तथा कोलेष्टेरोलको समयमै उपचार नगर्नु, नियमित मानसिक तनावमा रहनु र वशांणुगत कारणले पनि सानो उमेरमा ह्दयाघात हुनसक्छ । यस्ता कुराहरुलाई समयमै ध्यान पुर्याउन सके ह्दयाघातको खतराबाट मुक्त रहन सकिन्छ ।

८. मलाई छाती दुखेकै छैन कसरी ह्दयाघात हुन्छ ?



ह्दयाघातको मुख्य लक्षण छाती दुखाई भएपनि कुनै कुनै समयमा छाती नदुखी सास फेर्न गाह्रो हुने मात्रै पनि हुनसक्छ । सास फेर्न गाह्रो हुनुको साथै विरामीलाई छटपटी हुने, चिट्चिट् पसीना आउने, ढुकढुकी बढ्ने आदि पनि हुनसक्छ । कतिपय अवस्थामा छाती र पेटको बीचको भागमा दुखाई लिएर आएको विरामीमा ग्याटिक भन्दै उपचार गरेका तर पछि ह्दयाघातनै भइसकेको पनि भेटिएको छ । त्यसैले जोखिममा रहेका व्यक्तिले ग्याष्टि हो भनेर लापरवाही गर्नु हँुदैन । यस्तो अवस्थामा विरामीको लक्षणहरुको साथै इसीजी तथा रगतको जांचहरुको सहयोग पनि लिइन्छ ।

मध्य अगगानिस्तानमा आइएस आक्रमणमा तीस नागरिकको मृत्यु

काबुल अफगानिस्तान, १० कात्तिक । मध्य अफगानिस्तानमा इस्लामिक स्टेट आइएस समूहसँग आबद्ध लडाकुको आक्रमणमा परी कम्तीमा ३० जना सर्वसाधारणको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ ।


अफगानिस्तानको घोर प्रान्तको राजधानी फिरोज कोहमा मङ्गलबार राति आइएस समूहमा आबद्ध अफगानी दायस समूहको आक्रमणमा अधिकांश भेडागोठालाको मृत्यु भएको घोरका प्रशासक नसीर खोजेहले बताउनुभयो ।

स्थानीयको सहयोगमा सुरक्षाकर्मीले सञ्चालन गरेको कारबाहीमा दायस समूहका कमाण्डरको मृत्यु भएपछि विद्रोहीले स्थानीय नागरिकलाई निसाना बनाएर आक्रमण गरेका थिए । स्थानीयले बुधबार बिहान स्थानीय नागरिकका ३० मृत शरीर भेटेपछि यो खबर प्रशासनलाई गरेका थिए । यद्यपि दायस समूहले समाचार तयार पार्दासम्म उक्त घटनाको जिम्मेवारी भने लिएको छैन ।

बारपाक पुनःनिर्माणले गति लिएन



बारपाक (गोरखा) । भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक गाउँको जति चर्चा चासो सुनिन्छ त्यति पुनःनिर्माणमा भने कुनै चासो र चिन्ता भएको पाइएकोे छैन । भूकम्प आएको १८ महिना हुँदा पनि बारपाकवासी टहरोमै जीवन निर्वाह गर्न बाध्य छन् । रु ५० हजारका दरले सरकारले घर बनाउन दिएको रकम हात पारे पनि उनीहरुले नयाँ घर निर्माणमा गति दिन सकेका छैनन् । सस्थानीय वडा नं १ को पोखरी, २ को स्नान र मान्द्रे, ३ को कोजे, ४, ५, ६, ७, ८ र ९ को ठूलो बारपाक गाउँमा फाटफुट घर बनेका छन् तर यतिलामो समयसम्म पुनःनिर्माण महाअभियानले जुन गति लिनुपर्ने हो त्यसो हुन नसक्दा प्रभावित गाउँले निरास छन् ।

वडा नं ५ को ४० घरधुरीका बासिन्दा विस्थापित भई वडा नं ४ मा बसे पनि उनीहरुले अब कहाँ घर बनाउने भन्ने अन्यौल भएको छ ।
छियाछिया भएको जमिनमा उनीहरुले घर बनाउने अवस्था छैन । सरकारले सुरक्षित ठाउँमा पनि स्थानान्तरण गरिदिएन । बारपाक वडा नं १ देखि ९ सम्म करिब एकहजार ४०० घरधुरी छन् । भूकम्पछि प्रायः सबै टहरा जस्तापाताले छाएको हुनाले बारपाक गाउँ टलक्क टल्किन्छ । हिउँदको जाडोमा न्यानो गरी घरमा बस्ने आशामा केही बारपाकीले परम्परागतरुपले घर बनाएपनि ती घर भूकम्पप्रतिरोधी नहुँदा पुनः भूकम्प आइहाले भत्कने अबस्थाका छन् । ढुङ्गा, माटो, काठको जोडाइले बनाइएका करिब ३० प्रतिशत नयाँ घरमा बैशाख १२ कै समस्या दोहोरिन सक्ने देखिन्छ ।

यी टहरा पुनःनिर्माणको क्रममाः बनेका घर होइनन् । ३० भन्दा बढी घर आरसीसी प्रविधि अनुसार निर्माण भइरहेका छन् । टोलटोलमा ट्याक्टर पुगेपछि निर्माण सामग्रीको ढुवानी गर्न सहज भएको भन्दै बारपाक– ४ का जीतबहादुर घलेले घर निर्माणमा गरिएको बताउनुभयो ।
बालुवा–बारपाक १५ किमी सडक स्तरोेन्नति नहुँदा साना ट्रक तथा ट्याक्टर गुडाउन पनि समस्या छ । यात्रुबहाक सबारी साधन अहिलेसम्म बारपाक पुग्न सकेको छैन् ।

जिल्लास्थित सडक कार्यालयले २०७५ सालसम्म बारपाक पुग्ने सडक कालोपत्रे गरिसक्ने योजना बनाए पनि अहिलेसम्म उक्त सडकको सामान्य स्तरोन्नति समेत भएको छैन । बर्खाको पहिरोले अवरुद्ध बनेको सडक दसैंँ अघि ट्र्याक मात्रै खुलाइएको भए पनि जिपमा सकसपूर्ण यात्रा गर्नुपरेको बारपाक गाउँ पुगेर फर्किएका सदरमुकामका विनोदमानसिंह बस्नेतको भनाइ छ ।

राङरुङखोलादेखि मान्द्रेसम्मको सडक स्तरोन्नति गर्नुपर्ने देखिन्छ । सिमेन्ट, बालुवा तथा छड बोकेका ट्र्याक्टर जोखिम मोलेरै उक्त सडकमा गुडेका छन् । भूकम्पपछि प्रधानमन्त्री, राजनीतिक दलका उच्च नेता, विभिन्न मन्त्रालयका सचिवले एकीकृत बस्ती विकास गुरुयोजना बनाएर बारपाकलाई नमुना पर्यटकीय गाउँ बनाउने भन्दै विभिन्न योजना बनाएका थिए । योजनामध्ये एक, भूकम्पस्मृति पार्कको पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बारपाक पुगेर शिलान्यास गर्नुभएको थियो ।

शिलान्यास गर्ने बाहेक उक्त पार्क निर्माणको काम अघि नबढेको स्थानीयवासी बताउँछन् । स्थानीयवासीको जग्गा लिएर प्लट बनाई पुनः स्थानीयवासीलाई हस्तान्तरण गरेपछि एकीकृत बस्ती विकास गर्ने बताए पनि अहिले जताभावी नयाँ संरचना निर्माण हुँदा पनि नियमनकारी निकायले रोक लगाएको छैन ।

अनुदान रकम लिएका बारपाकीले घर निर्माणलाई तीव्र रुपमा अघि बढाउन सकेका छैनन् । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीमा रहेको र बूढाबूढी, बालबालिका र महिला मात्रै गाउँमा हुँदा पुनःनिर्माणले गति नपाएको हो । भूकम्पले भत्काएको भगनावशेष हटाउन मात्रै एक लाख रुपैयाँ खर्च भएको स्थानीयवासी शेरबहादुर गुरुङको भनाइ छ ।

‘ढुङ्गो सार्दैमा एक लाख सकियो’ उहाँले भन्नुभयो, “सरकारले दिएको पैसाले घर बनाउन पुग्दैन ।” सरकारले दुर्गम तथा हिमाली क्षेत्रका बासिन्दालाई घर बनाउने निर्माण सामग्रीको ढुवानीमा सहुलियत दिन सके फलदायी हुने गुरुङको सुझाव छ ।

एकीकृत बस्ती विकासका लागि सहरी विकास मन्त्रालयले अध्ययन गरेपनि नक्सा गर्न ढिला गरेपछि पुनःनिर्माणले गति नपाएको समाजसेवी जीतबहादुर घलेले बताउनुभयो । “अनुदान रकम पाउन ढिला भो । सदरमुकामको बैंक पुगेर ल्याउनुपर्यो” घलेले भन्नुभयो, “गाउँमा एकीकृत बस्ती विकास गर्ने कुरा छ । नक्सा बन्दा कहाँनेर घर बनाउन मिल्छ ? सडक कता बन्छ ? विद्यालय, स्वास्थ्यचौकी, प्रहरीचौकी, खुल्ला चौर, उद्यान कता बन्छ भन्नेबारे टुङ्गो नहुँदा पुनःनिर्माणको गति सुस्त देखिएको हो ।” नक्सा पाएपछि धमाधम घर निर्माण सुरु होला भन्ने उहाँको विश्वास छ ।

वडा नं– ५ को दलित टोल, वडा नं २ को मान्द्रे र स्नान गाउँवासीले अनुदान रकम लिए पनि जग्गाको अभावले गर्दा घरको जग हाल्न नपाएको गुनासो गरेका छन् । ‘सरकारले अनुदान रकम दिनुभन्दा पहिले हामीलाई सुरक्षित ठाउँको खोजी गरिदेओस्’ विस्थापितमध्ये एक भूकम्पपीडित उत्तम विकले भन्नुभयो, “आफ्नो जग्गा भूकम्पले गर्दा चिराचिरा भयो । अर्काको जग्गामा घर बनाउन पाइँदैन । के गर्ने ?” भूकम्प र पहिरोले विस्थापित भएकालाई स्थापित गरेपछि मात्रै अनुदान रकम वितरण गर्नुपर्ने उहाँको भनाइ छ ।

करेन्ट लागेर एकको मृत्यु



रौतहट । रौतहटमा घरमा बिजुलीको चिम राख्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट लक्ष्मीनिया–९ बस्ने २० वर्षीय आलोक चौधरी रहेको प्रहरीले बताएको छ। चौधरीको मंगलबार निजगढ नगरपालिका–७ स्थित उमेश साहको घरमा बिजुलीको चिम राख्ने क्रममा करेन्ट लागेर घाइते भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि स्थानीय मेडिकल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

यी ४ कारणले तपाइँको भुँडी घट्न दिँदैन



के तपाइँ भुँडी बढेर तनावमा हुनुहुन्छ ? अझ विभिन्न कोशिस गर्दा पनि भुँडी घटिरहेक छैन ? खाना घटाउँदा पनि मोटोपन घटेको छैन ?यदि यी प्रश्नको जवाफ ‘हो’ मा आउँछ भने तपाइँले केही गल्ती गरिरहनु भएको छ । हामीले दैनिक जीवनमा गर्ने ४ कारणले हाम्रो मोटोपन र भुँडी नघट्ने तथ्य पत्ता लागेको छ ।

१- पहिलो कारण दिमाग
धेरै मानिसलाई लाग्छ मोटोपन घटाउने तरिका खाना घटाउनु हो । तर तपाइँको दिमागले यो कुरामा विश्वास गर्दैन । यसकै कारण खाना घटाउन खोजेपनि हामीलाई भोक लागिरहन्छ । अमेरिकाको रकफेलर युनिभर्सिटीका बैज्ञानिकहरुले मोटोपन भएर मानिसले डाइटिङ गरेर शरीर घटेपनि केही समयमै वजन दोब्बर सम्म बढ्ने तथ्य पत्ता लगाएका छन् । मोटोपन घटाएको खुसियालीमा मन लागेका खाना खाँदा मात्रा बढेको चाल नपाउँदा मोटोपन ह्वात्तै बढ्छ ।

२- खानाको भ्रम
यदि दिमागमा निरन्तर तनाव चलिरहन्छ भने यस्ता मानिसले डाइटिङ गर्दा समेत मोटोपन घटाउन सक्दैनन् । तनावका कारण मानिसको वजन आफै बढ्ने एक अध्यनले देखाएको छ । हामीले खाएको खाना तनावका कारण स्ट्रेस हर्मोनमा परिणत हुने र यसले हाम्रो भुँडी झोलिने बैज्ञानिकहरुको भनाइ छ । तसर्थ टेन्सन लिनु पनि मोटोपन बढाउनु हो ।

३- दिमागी गतिविधी
हाम्रो दिमागमा कुनै न कुनै कुरा चलिरहेको हुन्छ । यदि तपाइँ डाइटिङ गर्न चाहनुहुन्छ भने तपाइँको नजरमा मिठा मिठा खानेकुरा देखिन थाल्छन् । यो तपाइँको नभएर दिगगकै गतिविधीका कारण हुन्छ । शरीरमा हुने फ्याट हर्मोनले भुँडी झोलिने समस्या हुने बैज्ञानिकहरुले बताएका छन् । यो हर्मोनले हाम्रो दिमाग सम्म शरीरमा कति क्यालोरी छ र कति थप आवश्यक पर्छ भन्ने कुराको सन्देश गलत दिने गर्छ ।

४- डाइटिङको उल्टो असर


जसले डाइटिङको माध्यमबाट शरीरको तौल घटाउन खोजिरहेको हुन्छ उसले जीवनशैलीमा ध्यान निदिँदा उल्टै वजन बढाउँछन् । खासगरी डाइटिङकका नाममा भोकै बस्ने र कुनै बेला अनियमित तरिकाले धेरै खाने भयो भने शरीरमा वजन वृद्धी हुन्छ ।के तपाइँ भुँडी बढेर तनावमा हुनुहुन्छ ? अझ विभिन्न कोशिस गर्दा पनि भुँडी घटिरहेक छैन ? खाना घटाउँदा पनि मोटोपन घटेको छैन ?यदि यी प्रश्नको जवाफ ‘हो’ मा आउँछ भने तपाइँले केही गल्ती गरिरहनु भएको छ । हामीले दैनिक जीवनमा गर्ने ४ कारणले हाम्रो मोटोपन र भुँडी नघट्ने तथ्य पत्ता लागेको छ ।

१- पहिलो कारण दिमाग
धेरै मानिसलाई लाग्छ मोटोपन घटाउने तरिका खाना घटाउनु हो । तर तपाइँको दिमागले यो कुरामा विश्वास गर्दैन । यसकै कारण खाना घटाउन खोजेपनि हामीलाई भोक लागिरहन्छ । अमेरिकाको रकफेलर युनिभर्सिटीका बैज्ञानिकहरुले मोटोपन भएर मानिसले डाइटिङ गरेर शरीर घटेपनि केही समयमै वजन दोब्बर सम्म बढ्ने तथ्य पत्ता लगाएका छन् । मोटोपन घटाएको खुसियालीमा मन लागेका खाना खाँदा मात्रा बढेको चाल नपाउँदा मोटोपन ह्वात्तै बढ्छ ।

२- खानाको भ्रम
यदि दिमागमा निरन्तर तनाव चलिरहन्छ भने यस्ता मानिसले डाइटिङ गर्दा समेत मोटोपन घटाउन सक्दैनन् । तनावका कारण मानिसको वजन आफै बढ्ने एक अध्यनले देखाएको छ । हामीले खाएको खाना तनावका कारण स्ट्रेस हर्मोनमा परिणत हुने र यसले हाम्रो भुँडी झोलिने बैज्ञानिकहरुको भनाइ छ । तसर्थ टेन्सन लिनु पनि मोटोपन बढाउनु हो ।

३- दिमागी गतिविधी
हाम्रो दिमागमा कुनै न कुनै कुरा चलिरहेको हुन्छ । यदि तपाइँ डाइटिङ गर्न चाहनुहुन्छ भने तपाइँको नजरमा मिठा मिठा खानेकुरा देखिन थाल्छन् । यो तपाइँको नभएर दिगगकै गतिविधीका कारण हुन्छ । शरीरमा हुने फ्याट हर्मोनले भुँडी झोलिने समस्या हुने बैज्ञानिकहरुले बताएका छन् । यो हर्मोनले हाम्रो दिमाग सम्म शरीरमा कति क्यालोरी छ र कति थप आवश्यक पर्छ भन्ने कुराको सन्देश गलत दिने गर्छ ।

४- डाइटिङको उल्टो असर
जसले डाइटिङको माध्यमबाट शरीरको तौल घटाउन खोजिरहेको हुन्छ उसले जीवनशैलीमा ध्यान निदिँदा उल्टै वजन बढाउँछन् । खासगरी डाइटिङकका नाममा भोकै बस्ने र कुनै बेला अनियमित तरिकाले धेरै खाने भयो भने शरीरमा वजन वृद्धी हुन्छ ।

मधुमेह भएकालाई करेला अमृत समान



करेलाको नाम सुन्ने बित्तिकै हाम्रो मुख तितो हुने गर्छ । तर यसको तीतोपनलाई बिर्सनुभयो भने करेलाको गुणले तपाईंको शरीरलाइ नसोचेको फाइदा पुर्याउँछ । करेला खासमा ग्रीष्मकालिन तरकारी हो । यसले शरीरका धेरै बिकारहरुलाई सजिलै फाल्दछ । आर्युवेद औषधि विज्ञानका अनुसार करेलाको सयौं गुणहरुमध्ये मधुमेहका विरामीलाई झन बढि लाभदायक मानिन्छ । करेलामा प्रचुर मात्रामा फोस्फोरस पाइने भएकोले अन्य खानेकुरा सजिलै पचाउन सकिन्छ । र साथसाथै करेलाले भोक पनि बढाउँछ ।

मधुमेहका विरामीलाई के के फाइदा गर्छ त?

१. करेला रगतलाई शुद्ध गर्न सहयोग गर्ने फल भएकोले मधुमेहका विरामीले एक चौथाई करेलाको रसमा त्यतिनै मात्रामा गाजरको रस पिसाएर पिउनाले फाइदा गर्दछ ।

२. कम्तिमा हप्तामा एक पटक करेलाको तरकारी खानाले पनि मधुमेहका रोगीलाई फाइदा गर्दछ । तर करेलालाई शुद्ध तेलमा तारेर खानाले यस्तो फाइदा गर्दैन ।

३. एक मिलि पानीमा ५० ग्राम करेला उमालेर पानाी पिउनाले पनि मधुमेहका रोगीलाई फाइदा गर्दछ । एक महिनासम्म दैनिक चार पटक पिउनाले मधुमेह नियन्त्रणमा आउंछ ।

४. १० ग्राम करेलाको रसमा मह मिसाएर दैनिक पिउनाले पनि मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ ।

५. २ महिनासम्म २० देखि २५ ग्राम ताजा करेलाको रसमा थोरै नुन मिसाएर खाना खाइसकेपछि पिउने गर्नाले पनि मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ ।

६. करेलालाई सुकाएर पिनेर पाउडर चुर्ण बनाई दैनिक ६ ग्राम जति एकपटक सेवा गर्नाले पनि पिशावमा जाने चिनिको मात्रालाई नियन्त्रण गर्छ ।

७. १० ग्राम करेलाको रसमा ६ ग्राम तुलसीको पातको रस मिसाएर दैनिक बिहान पिउनाले पनि मधुमेह नियन्त्रणमा राख्न सकिन्छ ।

८. सकेसम्म मधुमेहका रोगीले करेलाको सेवन धेरै गर्नु ज्यादै लाभदायक मानिन्छ ।

तिमाङ्गमा फापर काट्दै

मनाङको तिमाङ्गमा फापर काट्दै किसान । यहाँ फापर, आलु र मकै मुख्य अन्नबाली हुन् ।

नापी कार्यालयको भवनमा सिलिन्डर विस्फोट



हेटौँडा, १० कात्तिक । आज करिब २ः३० बजे हेटौँडा उपमहानगरपालिका–५ स्थित नापी कार्यालय मकवानपुर रहेको भवनमुनि होटेलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भई सो कार्यालयको कर्मचारी र सर्वसाधारणसहित ७० जना घाइते भएका छन् ।


घाइतेमध्ये २५ जना हेटौँडा अस्पतालमा उपचार भइरहेको र एक जना गम्भीर घाइतेलाई चितवनस्थित भरतपुर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभएको छ ।

त्यस्तै अन्यको हेटौँडा का चुरेहिल अस्पताल र हातजोर्नी अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


सो नापी कार्यालयका कार्यालय प्रमुख अजयकुमार रावतसहित १० जना कर्मचारी घाइते भएको रावतले जानकारी दिनुभएको छ ।
आगो नियन्त्रण गर्ने प्रयास भइरहेको भएपनि के कति क्षति भएको छ भन्ने विवरण आउन बाँकी रहेको मकवानपुर जिल्ला प्रशासन कार्यालयका कामु प्रजिअ हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।

प्याराग्लाइडिङप्रति पर्यटकको आकर्षण, दक्ष प्याराग्लाइडिङ पाइलटको अभाव चाँडै हट्ने



पोखरा, १० कात्तिक । पर्वतीय पर्यटनमा पछिल्लो समय प्याराग्लाइडिङ प्रति स्वदेशी तथा विदेशी पर्यटककोे आकर्षण बढ्न थालेको छ ।

पर्वतीय पर्यटनको गन्तब्य बन्दै गएको नेपालमा भ्रमणमा आउने अधिकांश पर्यटक प्याराग्लाइडिङप्रति आकार्षित भएको फ्लाइङ बुद्ध प्याराग्लाइडिङ प्राइभेट लिमिटेडका सञ्चालक तारानाथ पहारीले जानकारी दिनुभयो ।

नेपाल प्याराग्लाइडिङका लागि आकर्षक गन्तव्य बने पनि त्यसको उडान गर्ने पाइलटको भने अझैसम्म पनि कमी रहेको उहाँको भनाइ छ ।
“पोखरालाई आधार बनाएर ६२ वटा प्याराग्लाइडिङ उडान गर्ने कम्पनी सञ्चालनमा आएका छन्,” उहाँले भन्नुभयो, “प्रत्येक कम्पनीले ६ जना पाइलट राख्न पाउने व्यवस्था भए पनि पोखरामा हालसम्म जम्मा १८० जना नेपाली, सात÷आठजना मात्र विदेशी पाइलट छन् ।”

प्याराग्लाइडिङको मुख्य समय अक्टोबर, नोभेम्बर भए पनि पछिल्ला वर्षमा प्रायशः सबै महिनाजसो प्याराग्लाइडिङ सञ्चालन भइरहेको सञ्चालक पहारीले बताउनुभयो ।

नेपालमा प्याराग्लाइडिङ सुरु भएको लामो समयपछि पाइलट उत्पादनका लागि बाबु एडभेन्चर स्कुल र ब्लुस्काई फ्लाइङ स्कुलले अनुमति पाएसँगै ती स्कुल यतिखेर दक्ष पाइलट तयार गर्ने लक्ष्यका साथै क्रियाशील छन् ।



बाबु एड्भेन्चर स्कुलले स्याङ्जाको स्वरेकमा स्कुल सञ्चालनमा ल्याएको छ भने ब्लुस्काई फ्लाइङ स्कुलले तनहुँको बन्दीपुरमा प्याराग्लाइडिङ पाइलट तयार गर्न कक्षा सञ्चालन गरेको छ ।
विश्वकै सर्वोच्च शिखर सगरमाथालगायतका विश्वका उच्च हिमालबाट प्याराग्लाइडिङ गरी विश्व जगतमा कीर्तिमानी कायम गरेका सानुबाबु सुनुवारले स्याङजाको पर्यटकीय गाउँ स्वरेकमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गरेसँगै उक्त स्कुलमा स्वदेशी तथा विदेशी नागरिकले प्याराग्लाइडिङ पाइलट बन्ने इच्छाका साथ तालिम लिन थालेका छन् ।



स्वरेकमा अत्यावश्यक पूर्वाधारसहितको प्याराग्लाइडिङ पाइलट तयार गर्नका लागि कक्षा सञ्चालन यसै वर्षदेखि सुरु गरिसकेको सञ्चालक सुनुवारले जानकारी दिनुभयो ।

दक्ष व्यावसायिक पाइलट बन्नका लागि लगभग साढे दुई वर्ष लाग्ने गर्दछ । बाबु एड्भेन्चर स्कुलका प्रशिक्षक बालकृष्ण बस्याल ९बालु०का अनुसार स्कुलमा दक्ष प्याराग्लाइडिङ पाइलट बन्ने उद्देश्यका साथ १४ वर्षका युवादेखिदेखि ५८ वर्षका वयस्क पनि आएका छन् ।

हाल सो स्कुलमा अष्ट्रियालगायतका विदेशी राष्ट्रका नागरिकका साथै स्वदेशी युवाले प्याराग्लाइडिङ पाइलटको तालिम लिइरहेको र अब चाँडै नै प्याराग्लाइडिङ पाइलटको अभाव समाधान हुँदै जाने उहाँले बताउनुभयो ।

स्कुल सञ्चालनसँगै स्वरेक गाउँको पर्यटकीय आकर्षण समेत बढेको छ । अत्यन्त मनमोहक चौर तथा पहाडि भू–भाग रहेको स्वरेकको उच्च भू–भागमा प्याराग्लाइडिङ उडान हेर्नकै लागि पनि पर्यटक आउने गरेको एक्सवाइजेड होमस्टे, स्वरेकका सञ्जु थापाले जानकारी दिनुभयो ।

गठबन्धन टुटेपछि किर्गिजस्तानका प्रधानमन्त्रीद्वारा राजीनामा दिने



विश्केक ९किर्गिजस्तान०, १० कात्तिक । सत्ता समीकरणमा सघाएको किर्गिज राष्ट्रपतिको दल सरकारी गठबन्धनबाट बाहिरिए पछि प्रधानमन्त्री अलमाजवेक अताम्वयवले सरकारबाट राजीनामा दिनहुने भएको छ ।



राष्ट्रपतिको दल र प्रधानमन्त्रीबीच यहाँको राजनीतिक विषयमा खिचातानी भएपछि गठबन्धन तोडिन पुगेको बताइएको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री अताम्वयवले वर्तमान् सरकारबाट राजीनामा गर्ने पत्रमा हस्ताक्षर गरिसक्नुभएको जनाइएको छ ।

यद्यपि प्रधानमन्त्री अताम्वयवले नयाँ गठबन्धनका लागि मुलुकका अन्य दलसँग पहल गरी छिट्टै अर्को सत्ता समीकरण बनाउन पहल थाल्ने विश्लेषकहरुको भनाई छ ।

राजनीतिक सङ्कटबाट ग्रस्त पूर्व सोभियत राज्य किर्गिजस्तानमा गत वर्षको संसदीय निर्वाचनपछि अप्रिलमा बनेको सरकारले स्थायित्व पाउने आशा गरिएको थियो । अताम्वयव मुलुकको छैठौँ प्रधानमन्त्री हुनुहुन्छ ।

सन् २०१० मा चलेको आन्दोलन र जातीय हिंसामा करिब ५०० नागरिकले ज्यान गुमाए पनि यी आन्दोलनमा उठाएका मुद्दा समाधान हुन नसक्दा मुलुक र राजनीतिक खिचातानीका बीच अघि बढिरहेको छ ।

इरानद्वारा आत्मघाती चालक विहीन विमान निर्माण



तेहरान ९इरान०, १० कात्तिक । इरानको विशिष्ट विभोलुसनरी गार्डले बुधबार आपूmले ‘आत्मघाती चालक बिहीन विमान’ को निर्माण गरेको बताएको छ ।



उक्त विमानले जमिनबाट जमिन र पानीमा पनि आक्रमण गर्नसकिने इरानले जनाएको छ । यो विमानले युद्धका बेला विस्फोटक पदार्थ बोक्ने बमकै रुपमा प्रयोग हुने गार्डसँग नजिक मानिने तसिम न्यूज एजेन्सीले जनाएको छ ।

पानीको सतहमाथि द्रुत गतिमा उड्न सक्ने यस ड्रोनले आफ्नो निशानामा पुगेपछि विस्फोट हुने क्षमता राख्ने वताइएको छ ।

विमानले भारी मात्रामा विस्फोटक पदार्थ राखी उड्नसक्ने क्षमता राख्छ र पानीको सतहदेखि दुई फिट माथिबाट २५० किलोमिटर प्रतिघण्टाका दरले उड्न सक्छ ।

अत्याधुनिक क्यामरा जडान गरिएको यस ड्रोनलाई रातिमा वा दिनमा कुनै समयमा पनि प्रयोग गर्न सकिने तसिमले जनाएको छ।

घुम्नैपर्ने संसारका दश देशको सूचीमा नेपाल पाँचौ स्थानमा



विश्व चर्चित ट्राभल गाइडबुक लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नै पर्ने विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल पनि समेटिएको छ । उत्कृष्ट दश देशको सूचीको पाँचौ स्थानमा नेपाल रहेको छ । दक्षिण एसियाबाट सूचीमा पर्ने एक मात्र देश नेपाल हो ।


लोन्ली प्लानेटले हरेक अंग्रेजी वर्षको अन्त्यतिर आउँदो वर्ष घुम्न योग्य विश्वका उत्कृष्ट देश तथा स्थानको सूची सार्वजनिक गर्छ । यो सूचीको पहिलो स्थानमा क्यानडा, दोस्रामा कोलम्बिया, तेस्रोमा फिनल्याण्ड तथा चौथोमा डोमिनिका छन् । यस्तै बर्मुडा छैटौं स्थानमा, मंगोलिया सातौं, ओमान आठौं, म्यानमार नवौं र इथियोपिया १० औं स्थानमा छन् ।


लोन्ली प्लानेटले हरेक वर्ष सार्वजनिक गर्ने यो सूची विशेष प्रक्रिया मार्फत गर्ने गरेको छ । यसका लागि भ्रमण गरेका पर्यटकको प्रतिक्रिया, भ्रमणका लागि पर्यटकले देखाएको चासो तथा विभिन्न तथ्यांकलाई आधार मानिने गरेको छ ।
गएको वर्षको वैशाख १२ मा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले क्षति गरेपनि नेपालमा घुम्न लायक धेरै ठाउँ रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ । यात्रुका लागि भूकम्पपछि नेपालले के गुमायो र अझै बाँकी के के छन् ? भन्ने कुरा निकै महत्वपूर्ण हुने उल्लेख गरिएको छ । यस्तै साँस्कृतिक महत्वका केही सम्पदा भत्किए पनि तिनका बारेमा बुझ्न र त्यहाँ हेर्न लायक धेरै कुरा रहेको लोन्ली प्लानेटले जनाएको छ । यस्तै विश्वकै उत्कृष्ट पदमार्गहरु नेपालमा रहेकाले यो घुम्नै पर्ने देश रहेको उल्लेख गरिएको छ ।

जात्रा फिल्मको लागि हरिवंशको पैसा गीत (भिडियो)



काठमाडौँ । कार्तिक २६ देखि प्रर्दशनमा आउन लागेका फिल्म ‘जात्रा’ को गीत सार्वजनिक गरिएको छ । हरिवंश आचार्यको शब्द तथा स्वर रहेको पैसा बोलको गीत सार्वजनिक गरिएको हो । प्रर्दशन मिति नजिकिँदै गर्दा प्रोमोशनस्वरुप गीत सार्वजनिक गरिएको ‘जात्रा’ फिल्मका निर्देशक प्रदिप भट्टराईले जानकारी दिएका छन् । भट्टराईले १२ वर्ष मह जोडीसँग काम गरिसकेका छन् । मह सञ्चारले निर्माण गर्ने फिल्म निर्देशनको जिम्मा समेत प्रदिपलाई नै दिने समाचारसमेत सार्वजनिक भइसकेका छन् ।

फिल्मको विषयवस्तुसँग मेल खाने गीतमा पैसाको महत्व र आवश्यकतालाई रमाइलो ढंगले प्रस्तुत गरिएको निर्माता एवं कलाकार रबिन्द्रसिंह बानियाले जानकारी दिएका छन् । फिल्मको लागि आफैँले गीत लेखेर गाउन पाउँदा आफुलाई निकै खुशि लागेको हरिवंश आचार्यले बताएका छन् । गाउनका लागि केहि कठिन भएपनि गीतमा एउटा कथा रहेको उनको भनाई छ । शशी रावलको समेत स्वर रहेको गीतमा रोशन थापाले संगीत भरेका छन् । यस्तो छ भिडियो

लाै हेर्नुस ‘बडि बिल्डर’ साँढे






‘बडिबिल्डर बुल’ लाई बेल्जियम बुलको नामले समेत चिनिने गर्छ। बडिबिल्डिङ गर्ने मानिसको झै मसल्स छुट्टिएको देखिने यो साँढे सामान्य साँढे होइन।सन् १९९७ मा पहिलो पटक बडिबिल्डर बुल तयार गरिएको थियो।



यसको पुरै शरीरको मसल्स सामान्य साँढेको तुलनामा निकै बढी बढ्ने गर्छ। यी साँढे हाइब्रिड साँढे हुन।विशेष ब्रिडिङ प्रक्रियाबाट जन्माइएका यो साँढेका बाच्छा सामान्य झै देखिन्छन्। तर ४-५ हप्ता पछि यीनको शरीको मसल्स निकै तीव्र विकास हुन थाल्दछ।



सामान्य वयस्क साँढे ९०० किलोसम्मका हुन्छन्। यी बडिबिल्डिङ बुलभने १३०० किलोग्रामसम्मका हुने गर्छन्। यीनको उचा करिब १.५ मिटरसम्म हुन्छ।ब्रिडिङ अनुसार यीनीहरु विभिन्न रंगमा पाइन्छन्।

मनाङमा स्याउखेती






मनाङको भ्राताङ्गमा एग्रो मनाङ प्रालिले गरेको उन्नत जातको व्यावसायिक स्याउखेती । यहाँ गाला, गोल्डेन र फुजी जातका स्याउको खेती गरिएको छ ।

मोसुल कारबाही :एक हजार नागरिक सुरक्षित स्थलमा सारियो



काजर -इराक, १० कात्तिक । इराकी विशेष सुरक्षादलले मोसुलको बाहिरी भागका गाउँबाट आइएस विरोधी कारवाहीमा प्रभावित हुन सक्ने भन्दै करिव एक हजार नागरिकलाई सुरक्षित स्थलतर्फ जान निर्देशन दिएको छ ।



संयुक्त राष्ट्रसङ्घले जनाएअनुसार उक्त क्षेत्रका नागरिकमाथि विद्रोहीले अत्याचार गरेको भनी खवर आइरहेको बेला त्यहाँका नागरिकलाई सुरक्षित स्थलमा लएिको हो ।

विशेष कारवाही दस्ताका मेजर जनरल हैदर फादहिलका अनुसार मोसुलको अघिल्लो भागमा पर्ने टबजावा तथा वरपरका गाउँबाट स्थानीयलाई सुरक्षित स्थलमा सारिएको र अव छिट्टै उक्त क्षेत्रमा सैनिकलाई पु¥याइने छ ।

यहाँबाट हटाइएका नागरिकलाई मोसुलबाट केही ताढाको सरकारी नियन्त्रणमा रहेको काजर क्षेत्रमा शिविरमा राखिने छ ।

अमेरिकी नेतृत्वको पछिल्ला केही दिनमा इराकी गठबन्धन सेनाले आफ्ना करिव २५ हजार सेनाको प्रयोग गरी विद्रोहीलाई चारैदिशाबाट घेरा हाल्न सुरु गरेको छ ।

मोसुल शहर र वरपरका इलाका कब्जा गर्न केही हप्ता लागेपनि यसलाई आइएसको पञ्चाबाट छुटाएर नै छाडिने सेनाले बताएको छ ।

जम्मु कश्मिरमा २४ घण्टादेखि भारतीय पाकिस्तानी सेना बिच फायरीङ : अासपासका गाउहरूमा नराम्राे क्षती



भारतकाे जम्मु कास्मिर क्षेत्रमा २४ घण्टा देखी पाकिस्तानी सेना र भातीय सेनाबिच दाेहाेराे फायरिङ भएकाे भारतीय मिडियाहरूले जनाएका छन । उक्त फायरीङमा अहिले सम्म १२ जना भन्दा बढी सर्वसाधरणहरू घाइते भइसकेकाे जनाइएकाे छ ।

फायरीङकै कारण जम्मु कास्मिर अासपासका एलओसी र अन्तराष्ट्रिय बोर्डरका गाउहरूमा नराम्राे क्षती भएकाेपनि सञ्चारमाध्यमहरूले जनाएका छन ।

अहिले सम्मकाे क्षती विवरण अनुसार भारतीय सेनाले पाकिस्तानी सेनाकाे ५ ब्यारेक ध्वस्त बनाउनुका साथै ४ जना पाकिस्तानी सेनाकाे मृत्यु भएकाे भारतीय सञ्चार माध्यमले पुस्टि गरेकाे छ ।

पाकिस्तानी कब्जा रहेको कश्मिरको इलाकामा भारतले सर्जिकल स्ट्राइक गरपछि अहिलेसम्म ४० पटक पाकिस्तानले सिजफायर उल्लंघन गरेको बताइएकाे छ ।

आफ्नै बच्चामाथी बाबुआमाका नमुना हर्कत (फोटो फिचर)



यी तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदैछन्। छोराछोरी माथी गरिएको कार्य तस्बिर खिची बाबुआमाले नै अपलोड गरेका तस्बिर हुन। आफ्नै बच्चा माथी गरिएका यी हर्कत नमुना लाग्छन्। टेपले भित्तामा आफ्नै बच्चालाई टाँस्ने बाबुआमा कस्ता होलान्?


















पोल र तार टाँगेको दशक वित्दा पनि भोजपुरमा विजुली बलेन



केवल प्रधान , भोजपुर । भोजपुरमा विद्युतको केन्द्रीय प्रशारण लाइन विस्तार गरेको एक दशक बित्दा समेत विजुली बाल्ने काम भने हुन नसक्दा स्थानीयवासी खिन्न बनेका छन् । अझ विद्युतको प्रयोगबाट वञ्चित बनेपछि धेरै आयोजनाहरु अलपत्र परेका छन् । आव ०६३/०६४ ताका थालिएका विद्युत प्रसारणको लाइन वितरणको कार्य पोल गाड्ने र तार टाग्ने भन्दा गति लिन सकेको छैन ।


भोजपुर क्षेत्र नं. १ सांसद ज्ञानेन्द्रबहादुर कार्की जलस्रोत मन्त्री भएपछि जिल्लामा विद्युत विस्तारका आयोजना सुरु गरिएको थियो । जनआन्दोलन २०६२/६३ पछि जलस्रोत मन्त्री भएका ज्ञानेन्द्रबहादुर कार्कीपछि वर्तमान ऊर्जा मन्त्री जनार्दन शर्मासम्म १२ जनाले मन्त्रालय हाँक्ने जिम्मा पाएका छन् तर भोजपुरमा अघि बढाइएको कामलाई कसैले पार लगाउन सकेका छैनन् । विकास र निकास पाउने आशा राखेका जनताले विजुली बत्ति समेत बाल्न पाएका छैनन् । २ नगरपालिका तथा ५४ गाविसलाई झिलिमिली पार्ने योजना आश्वासनमा मात्र सीमित भएको छ ।जग बसाएर पिलर उठाउन थालेको ३ बर्ष वितेपनि विद्युत प्राधिकरण भोजपुर शाखाले समेत चासो दिएको छैन । ७ सय ५० केभिए क्षमताको सव–स्टेशन निर्माणका सामग्री पाखाभरी छरपष्ट छन् । यी र यस्ता सवै काममा विद्युत प्राधिकरण भोजपुरको मातहतमा नरहने जनाएको छ । आयोजनाहरु ठेकेदार मार्फत सम्पन्न हुने तर भोजपुर वितरण शाखा कुनै जिम्मेवार नहुने भन्दै कर्मचारीहरु पन्छिने गरेका छन् । आयोजनाका बिषयमा क्षेत्रीय कार्यालय, विराटनगर सम्पूर्ण पक्षको जिम्मेवार भएकाले उसैसंग सोधखोज गर्नुपर्ने कर्मचारीहरुको भनाई छ ।दक्षिणी भेगका रानीवास, होम्ताङ, सिन्द्राङ, पात्लेपानी लगायत एक दर्जन बढि गाविसमा ३३ केभी केन्द्रीय प्रशारण लाईन जोड्न सुरु भएको ९ बर्ष बितेको छ । ०६५ साल देखि छिमेकी जिल्ला धनकुटाको हिले सबस्टेशनबाट पोल गाड्न र तार टाग्न सुरु गरेको ९ बर्ष बितिसक्दा घोडेटार र आसपासमा पोल गाड्ने र तार टाग्ने काम मात्र भएको छ । पश्चिमी सिद्धेश्वर, गुप्तेश्वर, अन्नपुर्ण लगायत ११ र उत्तरी किमालु, साल्प लगायत ५ वढि गाविसको विस्तार पनि दक्षिणी भेगको जस्तै छ । सर्वसाधारणबाट रकम जम्मा गरेर खरिद गरेका निर्माण सामग्री बेवास्ता हुँदा समेत सम्बन्धित निकाय कानमा तेल हालेर बसेका छन् । यता प्राधिरकणले सदरमुकामको पानीट्यांकीमा निर्माण थालेको सव–स्टेसन कार्यालयको काम पनि अलपत्र छ ।

खुर्सानीको धुलो हालेर १६ लाख लुटपाट



दाङ, १० कात्तिक । दाङको तुलसीपुर बसपार्कबाट आज बिहान एकजना व्यक्तिबाट १६ लाख लुटपाट भएको छ ।



प्रहरीका अनुसार आँखामा खुर्सानीको धुलो हालेर दुर्गा लामिछानेको साथमा रहेको रु १० लाख भारु लुटपाट भएको हो । मोटरसाइकल चढेर आएका तीनजना नकाबधारीले लामिछानेको आँखामा खुर्सानीको धुलो हालेर रकम लुटेका हुन् ।

लामिछाने बुटवल वस्त्रालयमा लामो समयदेखि कार्यरत कर्मचारी हुन् । तुलसीपुर–१४ चैलाही निवासी लामिछानेलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी अनुसन्धान सुरु गरेको गरेको छ । इप्रकाका प्रमुख डिएसपी लोकनाथ तिमिल्सेनाले अनुसन्धानपछि सत्यतथ्य सार्वजनिक गरिने बताउनुभयो ।

बुटवल वस्त्रालयका मालिक राजकुमार श्रेष्ठले लामिछानेलाई उक्त रकम दिएर पसलका लागि सामान लिन पठाएको बुझिएको छ ।

रकम अभावको कारण उपचारमा समस्या

रकम अभावको कारण उपचारमा समस्या सेतो रगतको कमीका कारण विगत २ वर्ष देखि उपाचाररत तनहुँ व्यास नगरपालिका वाडा नं ४ बोरिथुम्का की १६ वर्षिया आशा अधिकारीलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । उनको सेतो रगत (रक्त अल्पता ) नभएको हुँदा रगत उत्पादन कम हुने भएकोले तत्काल निको पनि नहुने र नियमित उपचार गराउनु पर्ने अवस्था छ ।

उपाचारको क्रममा आफ्नो सबै सम्पति सकिएको र अव उपचार गराउन आर्थिक अवस्था कमजोर भएकोले असमर्थ भएको हुदा उनको वावु राजेन्द्र अधिकारी र आमा भगवती अधिकारीले अर्थिक सहयोगको अपिल गरेका छन् । यस अधि आशाको उपचारमा ९ लाख रुपयाँ खर्च भइसकेको आशाका काका रेशम अधिकारीले बताएका छन् । उनलाई यस अधि पोखरा, भरतपुर र काठमाडौँका अस्पतालमा उपाचार गराईएका थियो तर थप उपचारका लागि भारत लौजान डाँक्टरले सुझाव दिएका छन् । आशाको उपाचारको लागि थप १२ लाख लाग्ने डाक्टरले अनुमान गरेका छन् । आशालाई सहयोग गर्न चाहानेले दमौली स्थित कैलाश विकास बैँकमा आशाको नाममा रहेको खाता ०२७००९००१०७४५४०००००१ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ ।

भूकम्पपीडितलाई अनुदान वितरणको पैँतालीसदिने अभियान सन्तोषजनक : प्रधानमन्त्री



काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई अनुदान रकम वितरणका लागि समय तोकेर सञ्चालन गरिएको ४५ दिने अभियान सन्तोषजनक भएको बताउनुभएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको अध्यक्ष रहनुभएका प्रधानमन्त्री दाहालको सभापतित्वमा आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा भूकम्पबाट प्रभावित १७ जिल्लामा छिटो सर्वेक्षण गर्न केन्द्रीय तथ्याङ्क विभागलाई परिचालन गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

“भूकम्प प्रभावित १७ जिल्लाको सर्वेक्षण, प्राथमिक विद्यालय भवन निर्माण, पुरातात्विक महत्वका सम्पदाको पुनःनिर्माण, गुनासो सम्बोधन, गैरसरकारी संस्थाको अनुगमन, बस्ती स्थानान्तरण लगायतका विषयमा समय तालिका बनाएर संलग्न कर्मचारीलाई जिम्मेवारी तोकेर काम अघि बढाइनुपर्छ”– प्रधानमन्त्री दाहालले भन्नुभयो ।

बैठकमा प्रधानमन्त्री दाहालले पुनःनिर्माणमा खटिने जनशक्तिलाई प्रभावकारी रुपमा परिचालन गर्नेगरी प्रस्ताव पेस गर्न अर्थ मन्त्रालय, प्राधिकरण र प्रधानमन्त्री कार्यालयका सचिवलाई निर्देशन दिनुभयो ।

प्राधिकरणलाई अहिलेसम्म रु २३ अर्ब बजेट निकासा बढाउने सम्बन्धमा पनि छलफल गरिएको बैठकपछि समितिका उपाध्यक्ष एवम् नेकपा ९एमाले० का नेता भीम रावलले सञ्चारकर्मीलाई बताउनु भयो ।

“पुनःनिर्माणको कामलाई बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय र प्राधिकरणका बीचमा समन्वय हुनुपर्छ, यस विषयमा बिहीबारको बैठकमा थप छलफल हुनेछ”– उहाँले भन्नुभयो ।

नेता रावलले पुनःनिर्माणको कामलाई सामान्य अवस्थामा जसरी नलिन र पुनःनिर्माण तथा पुनःस्थापना ऐनको भावना एवम् मर्मअनुरुप थप स्रोतसाधन परिचालन गरी युद्धस्तरमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा मुख्य सचिव डा सोमलाल सुवेदीले पुनःनिर्माणको कार्यमा खटिने कर्मचारीलाई कार्यसम्पादन करार गरी उपलब्ध स्रोत साधनअनुरुप अतिरिक्त सुविधा दिई कार्यालय समय बाहिर पनि कार्य गर्ने व्यवस्था मिलाउन बृहत् नीति तर्जुमा गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिइएको बताउनु भयो ।

अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले पुनःनिर्माणका लागि आवश्यक थप रु २० अर्ब ८१ करोड स्वीकृत गरेको जानकारी दिँदै पुनःनिर्माणका लागि रकमको समस्या नहुने प्रतिबद्धता जनाउनुभयो ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जग्गासम्बन्धी समस्या, अति जोखिमपूर्ण बस्तीमा परेका लाभग्राहीको पुनर्वाससम्बन्धी समस्याको गुनासो व्यवस्थापन नुहँदासम्म ११ जिल्लाका पाँच लाख ३३ हजार पीडितमध्ये बाँकी रहेका घर धनीसँग अनुदान सम्झौता गर्न कठिनाइ भएको बताउनुभयो ।

“यो समस्या समाधान गर्न कानुनी र नीतिगत व्यवस्था गरिनुपर्छ, काठमाडौँ उपत्यकामा पहिचान भएका घरधनीको नामावली प्रकाशन गरी सम्झौता गर्ने प्रक्रिया अघि बढाइएको छ”–उहाँले भन्नुभयो ।

बैठकमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक महिनाअघि भएको निर्देशक समितिको बैठकले गरेका निर्णयको कार्यान्वयन अवस्थाकाबारेमा जानकारी गराउनुभयो ।

तथ्याङ्क विभागका महानिर्देशक सुमनराज अर्यालले प्रभावित १७ जिल्लाका सूचना अधिकारीको दुईदिने अनुशिक्षण कार्यक्रम गरिएकाले सर्वेक्षण सुरु गरेको ४५ दिनमा काम सम्पन्न गरिने प्रतिबद्धता जनाउनुभयो ।

बैठकमा पेस भएका विषयमा छलफल हुनेक्रम जारी रहेकाले बैठक बिहीबार अपराह्न ३ बजेसम्मलाई स्थगित गरिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।

संविधान कार्यान्वयन गर्नु नै राजनीतिक चुनौती–नेता पौडेल



कैलाली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गर्नु नै राजनीतिक चुनौती रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकारसम्मेलनमा नेता पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशीतासहितको संविधान कार्यान्वयनका लागि स्थानीय तथा प्रादेशिक तहको निर्वाचन सम्पन्न गराउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

निर्वाचनको वातावरणका लागि मधेसी मोर्चासँग संवाद भइरहेको बताउँदै उहाँले केही दिनमै संविधान संशोधनका प्रस्ताव संसदमा दर्ता हुने उल्लेख गर्नुभयो ।

नेता पौडेलले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको विषयमा संसदीय प्रक्रिया अघि बढिसकेको र संसदको प्रक्रियाले अन्तिम टु¬ङ्गो लगाउने उल्लेख गर्नुभयो ।

राष्ट्रिय आविष्कार केन्द्र स्थापनार्थ अभियानमा २ लाख ६६ हजार ५ सय हङकङ डलर संकलन



म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले महावीर पुनले सुरू गरेको राष्ट्रिय आविष्कार केन्द्र स्थापनार्थ अभियानमा २ लाख ६६ हजार ५ सय हङकङ डलर अथात् करिव ४० लाख नेपाली संकलन गरेको छ ।


दशैंतिहारको अवसरमा हालै शुभकामना आदानप्रदान सहित हङकङ मंकिहिलमा भएको कार्यक्रममा उक्त रकम संकलन गर्न सफल भएको मोना हङकङका अध्यक्ष इन्द्र एलजी थापा मगरले बताउनुभयो । हङकङमा रहेका म्याग्देलीहरुको साझा संस्था मोना हङकङको आयोजनमा भएको कार्यक्रममा हङकङमा रहेका नेपालीहरूको उत्साहजनक सहभागिता रहेको थियो । हरेकबर्ष देउसीभैलो मार्फत राष्ट्रिय तथा म्याग्दी जिल्लामा आवश्यक पर्ने सहयोगहरु जुटाइरहेको मोना हङकङले यसपटक नेपालीहरुको सहयोगमा केहीदिनमै ४० लाख संकलन गर्न सफल भएको मोना हङकङका निर्वतमान अध्यक्ष एवम् कार्यक्रम संयोजक दल सेर्बुजाले बताउनुभयो । उठेको सबै रकम नेपालमा रहेको आविष्कार केन्द्रको खातामा जम्मा गरिने छ ।

बिद्यार्थीलार्इ नैतिक शिक्षा दिने प्रधानाध्यापक नै सुधारकेन्द्रमा भेटिएपछि….



झापा । कात्तिक १० । विद्याथीलार्ई शिक्षाको ज्योति छर्दै नैतिकवान र चरित्रवान बनाउन सिकाउने शिक्षक नै लागूऔषध प्रयोगकर्ता हुन्छन् भन्दा तपाइँलाई पत्यार नलाग्ला सक्ला ! तर, सुनसरीको महेन्द्रनगर चक्रगट्टीका ५९ बर्षीय विष्णु ढकाल अहिले लागूऔषध प्रयोगकर्ताको रुपमा सुधार केन्द्रमा छन् ।

उनी महेन्द्र उच्च मावि सुनसरीमा १८ बर्षसम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका शिक्षक हुन् । २०३४ सालदेखि १८ बर्षसम्म प्रधानाध्याापक र त्यसपछि सहायक प्रधानाध्यापकको जिम्मेवारी वहन गर्दै केही समयअघि अवकास भएपछि उनी बुढेसकालमा लागूऔषध प्रयोगकर्ता बने । उनलाई अहिले बिर्तामोडस्थित शान्ति समूह नेपालमा राखिएको छ ।

अवकास पाए लगत्तै उनी कुलतमा फसे । साथी संगीको लहैलहैमा म कुलतमा पसेछु उनले भने– स्कूलमा कुलतमा फस्नु हुँदैन भनेर विद्यार्थीलाई स्वयम् सिकाउँथे तर अहिले आफै यो अवस्थामा आइपुगेको छु । एक छोरा इजरायल र अर्को छोरा यातायात व्यवसायी रहेको बताउने उनले भने नचाहेरै कुलतमा फसिँदो रहेछ ।

अहिले आफैलाई सम्झदा दुःख लाग्छ । उनले आफू १५ दिन अगाडि सुधार केन्द्रमा आएको बताउँदै उनले थपे दशैंको बेला लहैलहैमा साथीहरुसँग लागूऔषध सेवन गर्दागर्दै कुलतमा पसेछु, अब कुुसेर घर फर्किृने आफैलाई लाज लागीरहेको छ ।
उनी मात्र होइन, इलाम हर्कटेका ३४ बर्षीय सूर्य ढकाल पनि अहिले सुुधार केन्द्रमा छन् । १३ बर्ष अगाडिदेखि लागूऔषध सेवनकर्ताका रुपमा चिनिएका उनी एक महिना अघि मात्रै सुधार केन्द्रबाट घर गएका थिए ।

तर, फेरि दशैंमा साथीभाइसँग कुलतमा पसेर अहिले सुधार केन्द्रमै आइपुगे । दुई सन्तानका बुबा ढकाल आफू विग्रिएकोमा पश्चताप गर्छन् । उनी भन्छन् छोड्ने अठोट गरेर घर फर्किएको थिएँ तर, पुरानो साथीले कर गदागर्दै फेरि लागूऔषध सेवन गर्न शुरु गरेछु । अहिले मलाई पश्चात छ उनले भने बल्ल मेरो होस् खुल्यो अब त घर परिवार र छोराछोरीको भविष्यका विषयमा सोच्नुपर्छ मैले । उनी पनि अहिले शान्ति समूह नेपालमा बसेका छन् । उनी जस्तै उक्त सुधार केन्द्रमा १५ बढी व्यक्ति रहेको संस्थाका अध्यक्ष निर्मलकुमार बस्नेतले बताए ।

यसैबीच सोही कार्यालयमा पूर्व लागूऔषध प्रयोगकर्ताका लागि एक महिने विजुली वेयरिङ सम्बन्धी सिपमूलक तालिमको आयोजना गरिएको छ । नेपाल सरकार गृहमन्त्रालय लागूऔषध नियन्त्रण इकाई काठमाडौं र चेतना नेपाल भद्रपुरको आयोजनामा उक्त तालिम सञ्चालन भएको हो । तालिमको उद्घाटन प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गरे । तालिमको उद्घाटन गर्दै प्रजिअ भुजेलले भने लागूऔषध प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गइरहेको र यसलाई नियन्त्रणको लागि स्थानीय निकायबाट नै अभियान शुरु गर्नुपर्छ ।

कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षाक शैलेस क्षेत्रीले लागूऔषध प्रयोगकर्ताको संख्या घटाउन सीमा क्षेत्रमा कडाई गरिनुपर्ने र जनचेतना अभिबृद्धि गर्न जरुरी रहेको बताए । उनले भने प्रहरीले यति र उति लागूऔषध ओसारपसारमा संलग्न भएकालाई पक्राउ गरियो भन्दा पनि लागूऔषध भित्र्न नदिन नै मुख्य भूमिका हुन्छ । झापामा ८ वटा सुधार गृह सञ्चालनमा रहेका छन् । ति सुधार गृहका १० जना समूहलाई सुधार गृहले सिपमूलक तालिम प्रदान गर्ने बताइएको छ ।

न्यू होप फाउण्डेशन, डिग्निफाइड फाउण्डेशन, लाइफलाइन हेल्प ग्रप, बिर्तामोड रिकोभरी, नाइट चेस क्लब लगायतका सुधार गृहमा राखिएका लागूऔषध प्रयोगकर्तालाई तालिम प्रदान गर्न लागिएको जनाइएको छ । झापा जिल्ला युवा समिति अध्यक्ष छवि चुडाल, सामुदायिक तथा विद्यार्थी स्वास्थ्य सरोकार केन्द्रका सञ्चालक मनोरम चिमरिया लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा स्वागत शान्ति समूह नेपालका अध्यक्ष निर्मलकुमार बस्नेतले गरेका थिए ।

सामुदायिक तथा विद्यार्थी स्वास्थ्य सराृेकार केन्द्रका प्रशाुुसकीय प्रमुख अशेष चौहानले सञ्चालन गरेको कार्यक्रमको प्रशिक्षक दीर्जलाल धिमाल रहेका छन् । झापामा १ महिला सुधार केन्द्रसहित ८ वटा सुधार केन्द्रमा अझै पनि २ सय ५० बढी लागूऔषध प्रयोगकर्ता रहेको बताइएको छ ।

फाप्लु विमान स्थलमा हवाई उडान गर्ने यात्रुको चाप वढ्दो



सिमसन राई /सोलुखुम्बु – सोलुखुम्बुको फाप्लु विमान स्थलमा हवाई उडानमा यात्रुको चाप बढ्न थालेको छ । चाड पर्व नजिकिए संगै मौसम पनि सफा रहेकाले काठमाण्डौदेखी आउने तथा जाने यात्रुहरुको चाप वढेको हो ।

फाप्लु विमानस्थलमा अहिले दैनिकरुपमा आउने तथा जाने विमानले २÷२ फ्लाईट भर्दै आएको नेपाल उड्यान प्राधिकरणका निमित कार्यलय प्रमुख प्रविन श्रेष्ठले वताउनुभयो ।

फाप्लुबाट काठमाण्डोको लागी नेपाल एअरलाईनस, तारा एअरलाईन्स र गोमा एअरलाईन्सले उडान भर्दै आईरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

Tuesday, October 25, 2016

किन धुरुधुरु रोए प्रधानमन्त्री प्रचण्ड संग बन्द कोठामा उर्जामंत्री जनार्दन शर्मा ?



काठमाडौं, ९ कात्तिक । लडाकु शिविर घोटाला काण्डमा अर्बौ हिनामिना गरेको आरोप खेपिरहेका छन उर्जामन्त्री जर्नादन शर्मा यही कारणले हुनसक्छ लोकमान विरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउनेमा सबैभन्दा बढी सक्रिय उनै प्रभाकर देखिए । उनले कतिसम्म गरे भने एउटा प्रायोजनका लागि भन्दै सांसदहरुलाई हस्ताक्षर गराई सो को दुरुपयोग गरी लोकमान विरुद्ध माहाभियोगका हस्ताक्षरकर्ता बनाए ।

उर्जामन्त्री शर्माले एमाओवादी केन्द्रका सभासदहरुलाई आफ्नो मन्त्रालयअन्र्तगत विजुली पोलको लागी भन्दै हस्ताक्षर गरेर पार्टी अध्यक्षलाई समेत नसोधी एमालेसंग मिलेर महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । माओवादी केन्द्रको शनिवार बसेको केन्द्रिय कार्यालय वैठकमा पनि अधिकाशं नेताहरुले शर्माले पटक–पटक अराजक काम गरेको भन्दै कार्वाही गर्नुपर्ने धारणा राखेका थिए ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा उर्जामन्त्री समेत रहेका पार्टीका नेता जनार्दन शर्मालाई अनुशासनको कार्वाही गर्न माग उठेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत गुमराहमा पारी आफ्नै पार्टीका सभासदहरुको हस्ताक्षर समेत दुरुपयोग गरेको भन्दै उनलाई पार्टी्भित्र कार्वाही माग भएको हो ।

केन्द्रिय कार्यालयको वैठकमा पुर्व संचारमन्त्री समेत रहेका माओवादी नेता अग्निप्रसाद सापकोटाले मन्त्री शर्माले पार्टीका सभासदहरुको हस्ताक्षर दुरुपयोग गरेको र पार्टी अध्यक्षलाई समेत नसोधी अराजक काम गरेकाले उनलाई तत्काल कार्वाही गर्न माग गरेका थिए ।

पार्टीका वरिष्ट नेताहरु कृष्णबहादुर महरा,रामबहादुर थापा, शक्ति वस्नेत,देव गुरुङ,टोपवहादुर रायामाझि,मणी थापा र अग्नी सापकोटालगायतले शर्माले अराजक काम गरेको धारणा राखेका थिए ।

पार्टीमा सवै नेताले विरोध गरेपछि उर्जामन्त्री शर्माले आफ्नो हातवाट गम्भिर गल्ती भएको भन्दै बैठकमा माफि समेत मागे्का थिए । उनले कार्कीलाई कार्वाही गर्नुपर्ने पार्टी निति भएको र आफुले पनि त्यहीअनुसार काम गरेको भएपनि हस्ताक्षरमा प्राविधिक त्रुटी भएको बैठकमा स्विकार गरेका थिए । यसअघि उनले पार्टी अध्यक्ष प्रचण्डसंग आफ्नो हातवाट गम्भिर गल्ती भएको भन्दै धुरु धुरु रोएको प्रधानमन्त्री निकट स्रोतको दावी छ ।

दुर्घटनामा एकको मृत्यु





भक्तपुर, ९ कात्तिक । नम्बर नखुलेको एक सवारी साधनले ठक्कर दिँदा चाँगुनारायण नगरपालिका– १७ झौखेल घर भई हाल जगाते बस्ने वर्ष ५४ का हरि माकजूको मृत्यु भएको छ ।मध्यपुर थिमि चोक नजिकै आकासे पुलमुनि ठक्कर दिएर सवारी साधन बेपत्ता भएलगत्तै घाइते माकजूलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको तर उनको बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टका अनुसार ठक्कर दिएर भागेका सवारी र सवारी चालकको खोजी भइरहेको छ ।मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

स्वयम्भू घुम्न गएका युवतीको गहना र युवकको मोवाईल दिउसै यसरी लुटियो





काठमाडौं, ९ कात्तिक । स्वयम्भू घुम्न निस्किएका दुई युवा–युवती लुटिएका छन् । काठमाडौंको स्वयम्भुस्थित आनन्दकुटी भन्ने स्थानमा वैतडी सितड–७ स्थायी घर भएका २३ वर्षीय दिनेश प्रसाद जोशी र ओखलढुङ्गा फुलवारी– ५ स्थायी घर भएकी १९ बर्षिया मिना लुइटेल लुटिएका हुन् ।

पाँच जनाको समुहमा आएका लुटेराहरुले डल्लुमा डेरा गरेर बस्दै आएकी मिनाको १ तोलाको सुन सिक्री र दिनेको साथमा रहेको दुई थान मोवाइल लुटपाट गरेको महानगरीय प्रहरी वृत स्वयम्भुले जनाएको छ । लुटपाट कार्यमा संलग्न दोलखाका ३२ वर्षीय किरण नेपालीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत स्वयंभुका डिएसपी कोमल शाहले जानकारी दिए ।

नेपाली डल्लुमा डेरा गरी बस्दै आएका थिए । ‘उक्त घटनाको खबर प्राप्त हुनासाथ हाम्रो प्रहरी टोलीले लुटपाटमा संलग्न नेपालीलाई पक्राउ गरेको हो’ डिएसपी शाहले भने, ‘अन्य लुटेराहरुको खोजतलास भइरहेको छ ।’

प्रहरीकै मिलोमतोमा हुन्छ जमुनी नाकाबाट खुलेआम कुखुराका चल्ला तस्करी





बाँके,९ कात्तिक । भारतबाट अवैध रुपमा कुखुराका चल्ला भित्रिने गरेको खुल्नमा आएको छ । तस्करहरुले बाँके र बर्दियाका सहायक नाकाबाट कुखुराका चल्ला भित्र्याउने गरेका छन् । बाँकेको हिरमिनिया, सैनिक, बर्दियाको राजापुर, जमुनी, ताराताल लगायत सहायक नाकाबाट अवैध रुपमा कुखुराका चल्ला भित्र्याउने गरेका छन् । नेपालगन्ज भन्सारस्थित सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म गस्ती टोलीले बर्दियाको जमुनी नाकाबाट एकैदिन ७ हजार कुखुराको चल्लासहित तीन जना तस्करलाई नियन्त्रणमा लिएपछि सहायक नाकाबाट कुखुराका चल्ला भित्रिने गरेको प्रमाणित भएको हो ।


जमुनी नाका भएर भारतबाट तस्करी गरी नेपालगन्ज ल्याउने क्रममा बाँकेको सिमलघारीमा पक्राउ गरिएको गुल्मका प्रमुख डिएसपी चित्राङ्ग दाहालले जानकारी दिए । चल्ला तस्करीका लागि तस्करले माईक्रो बस प्रयोग गरेको उनले बताए । सशस्त्र प्रहरीले कारवाही गर्न नमिल्ने भन्दै बस छाडेको छ । चल्लासहित पक्राउ परेकाहरुलाई जनही १५ हजार धरौटी लिएर रिहा गरिएको छ । धरौटीमा रिहा हुनेमा गणेश बुढाथोकी, इन्द्र बुढाथोकी र किरण पाण्डे रहेका छन् ।

बाँके–बर्दियाको सीमामा पर्ने जमुनी नाकाबाट कुखुरा र चल्ला खुलेआम तस्करी हँुदै आएको पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जले जनाएको छ । केही दिनअघि सोही नाकाबाट तस्करी गरी ल्याइएको एक गाडी चल्ला पक्राउ गरिएको पशु क्वारेन्टाइन कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. शंकर पाण्डेले जानकारी दिए । उनले करिव ८ हजार बढि चल्ला क्वरेन्टाइ कार्यालयले नष्ट गरिएको बताए । क्वारेन्टाइन कार्यालयले यसअघि बाँके–बर्दियाको सिमाना मानखोला नजिकैबाट एक हजार बढि चल्ला पक्राउ गरेको थियो । ‘जमुनी नाकाबाटै तस्करी गरी ल्याइएको कुखुरा बाँकेको उढरापुर नजिकैबाट पक्राउ गरिएको थियो,’ पाण्डेले भने, ‘कुखुरा र चल्लाको तस्करी सबैभन्दा बढि जमुनी नाकाबाटै हुने गरेको छ ।’

भारतबाट अवैध रुपमा भित्रिने कुखुरा र चल्लाले क्वारेन्टाइन र प्रहरीको सवैभन्दा बढि टाउको दुखाएको छ । ‘बाँकेका सहायक नाकाबाट फाट्टफुट्ट आएपनि जमुनी नाकाबाट सबैभन्दा धेरै तस्करी भइरहेको छ ।’ उनले तस्करीका लागि त्यस क्षेत्रमा नक्कली पोल्ट्री खोलिएको बताए । जमुनी नाकामा नेपाल प्रहरीको चौकी छ । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको पनि क्याम्प राखिएको छ । तर, कुखुराको खुलेआम तस्करी भइरहेका कारण मिलोमता भएको शंका नेपालका कुखुरा व्यवसायीहरुको छ । ‘प्रहरीको मिलोमतो नभएसम्म यति धेरै परिणाममा भारतबाट कुखरा र चल्ला तस्करी सम्भव छैन । तस्करहरुले मासिक लाईन मिलाएर खुलेआम तस्करी गरिरहेका छन्,’ कुखुरा पालक संघ बा“केका अध्यक्ष लालबहादुर खत्रीले कान्तिपुरसंग भने,‘पक्राउ पर्नेहरुलाई पनि कारवाही नगर्दा तस्करी बढेको छ ।’ क्वारेन्टाईको तथ्यांकले पनि सबैभन्दा बढी जमुनी नाकाबाट तस्करीको कुखुरा पक्राउ भएको देखाएको छ । हालैसालैका ९ कुखुरा तस्करीका घटना मध्ये ५ वटा जमुनी नाकाबाट भएको देखिएको छ । जमुनी प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) जयबहादुर रानाले कुुखुरा तस्करीका घटना बारे आफूभन्दा माथिल्लो निकायका अधिकारीसंग कुरा गर्न आग्रह गरे । ‘हामीले तस्करीको कुखुरा समाएका छौ“ । बा“की कुरा सरहरुसंग सोध्नु होला,’ उनले कान्तिपुरसंग भने । कुखुरा मासु व्यवसायीहरुका अनुसार भारतबाट कुखुरा ल्याउन मासिक तीन हजार रुपैया“ प्रहरीलाई बुझाउनु पर्छ ।

त्यसरी रकम दिनेको कुखुरा पक्राउ हुने तर तस्करहरुले कुखुरा खुलेआम ल्याउने गरेको उनीहरुको आरोप छ । बर्दियाका प्रहरी प्रमुख भरतबहादुर बोहराले जमुनीबाट हुने गरेको तस्करी बारे अनुसन्धान गर्ने बताए । ‘लुकीछिपी तस्करी भएको हुनसक्छ,’ उनले भने,‘मातहातका प्रहरी चौकबाट त्यस बारे बुझेर एक्सन लिन्छु ।’

चोरीको गहना किन्ने ब्यवसायी पक्राउ



नेपालगन्ज, ९ कात्तिक । करोडौं रुपैयाँ बराबरको चोरीको हिरा जडित सुनका गहना किन्ने नेपालगन्जका सुन ब्यवसायी पक्राउ परेका छन् । १ किलो २४ ग्राम ६९० मिलिग्राम हिरा जडित सुनका गहना जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले बरामद गरेको छ । सो हिरा जडित सुनको गहना किन्ने नेपालगन्ज–५ स्थित रहेको न्यू शिवम् ज्वैलर्सका संचालक सन्तोष सोनीलाई प्रहरीले पक्राउ गरेको छ ।

२ करोड ७५ लाख मूल्य बराबरको सो गहना भारत पन्जाब लुदियानाका विजय घईको घरबाट चोरी गरि नेपाल ल्याइएको थियो । घईको घरमा काम गर्ने डोटीका अर्जुन परियार समेतका अभियुक्तले गत भदौ २६ गते घर मालिक नभएको मौका पारेर उक्त गरगहना चोरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक बीरबहादुर थापाले जानकारी दिए । चोरी गरि ल्याएको सो हिरा जडित गहना कैलाली चौमाला घर भई सुनको कालिगढ रमेश सौफले नेपालगन्जका सुन ब्यवसायी सोनीलाई बिक्रि गरेका थिए । ८० लाखको गहना सोनीले किनेका थिए । अन्य गहना काठमाण्डौमा बिक्रि गरिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक थापाका अनुसार सो चोरी गरिएको हिरा जडित गहना कैलालीको नाका हुँदै नेपाल भित्र्याइएको थियो । ‘सो गहना कैलाली हुँदै नेपालगन्ज र काठमाण्डौसम्म लगेर बेचिएको पाइएको छ,’ थापाले भने । चोरीमा संलग्न ४ जनालाई प्रहरी काठमाडौँबा पक्राउ गरिसकेको छ ।

सो गहना चोरी कार्यमा अर्जुन परियार सहित ५ जनाको संलग्नता रहेको निरीक्षक थापाले बताए । बरामद गरिको गहना जिल्ला प्रहरी कार्यालयमा दाखिला गरिएको छ । उक्त गहना आवश्यक प्रक्रिया पु¥याए सम्बन्धित हकवालालाई बुझाउने तयारी भइरहेको उनले बताए ।

बिडिसिए कप क्रिकेट प्रतियोगिताको उपाधि योङ स्टार लार्इ



बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको १६ आैँ संस्करणको उपाधि योङ स्टार क्रिकेट क्लब मेलौलीले जितेको छ । आज सम्पन्न अन्तिम खेलमा एनआरवाइसी बठ्ठालाई १९ रनले पराजित गर्दै मेलौलीले सो उपाधी जितेका हुन् ।

स्थानीय निङ्लाशैनी खेल मैदानमा टस हारेर ब्याटिङ गरेका मेलौलीले सुनिल क्षेत्रीको उत्कृष्ठ प्रदर्शनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा दुई सय रन बनाएको थियो । सुनिलले छ छक्का र पाँच चौकाको मद्दतले ३६ बलमा ७१ रन बनाएका थिए । यस्तै महेश विष्टले नटआउट २८ तथा मुकुन्द क्षेत्रीले १२ रन जोडेका थिए । एनआरवाइसिका राम चन्द र मदन चन्दले तीन÷तीन विकेट हात पारेका थिए ।

दुईसय एक रनको विजयी लक्ष्यका साथ मैदान उत्रेका एनआरवाइसीले सुरज बोहराको सर्वाधिक ३३ तथा नरेस चन्दको ३० रनको मद्दतले २० ओभर पुरै खेलेर ७ विकेट गुमाउँदै १८१ रन मात्र जोड्न सकेको थियो । मेलौलीका सञ्जय विष्टले दुई तथा मङ्गेस दयाल र वीरेन्द्र नेगीले एक÷एक विकेट हात पारेका थिए ।

मेलौलीले उपाधिसँगै रु २५ हजार, ट्रफी र प्रमाणपत्र तथा द्वितीय भएको एनआरवाइसीले रु १५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका मेलौलीका मुकुन्द क्षेत्री म्यान अफ द सिरिजका उपाधि पाए । मुकुन्दले प्रतियोगितामा भएका पाँच खेलमा ५७ दशमलव ६१ को औषतमा सर्वधिक दुई सय ८८ रन बनाएका थिए । म्यान अफ द सिरिज भएका मुकुन्दले एउटा क्रिकेट ब्याट र बल प्राप्त गरेका छन् ।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा कात्तिक २ गतेदेखि सुरु भएको बिडिसिए क्रिकेट कप प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उत्कृष्ठ खेलाडीबाट राष्ट्रिय प्रतियोगिताका लागि क्षेत्र नम्बर ६ बैतडीको टिम बनाइने बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष रमेश बोहराले बताउनुभयो ।

विजेता तथा उपविजेतालाई नेपाल क्रिकेट सङ्घ (क्यान)का निलम्बित अध्यक्ष चतुरबहादुर चन्द, प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

५ सय विद्यार्थी ठगी गर्ने आइसीएचएम कलेज बन्द, मन्त्रालयले थाल्यो छानविन

५ सय विद्यार्थी ठगी गर्ने आइसीएचएम कलेज बन्द, मन्त्रालयले थाल्यो छानविन

पर्वतको वडागाउँ–मुडिकुवा झोलुङ्गेपुलको निर्माण कार्य अन्तिम चरणमा



पर्बत जिल्लामा बन्न लागेको १ सय ५५ दशमलब ७० मिटर अग्लो वडागाउँ–मुडिकुवा झोलुङ्गेपुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दुई अग्ला र लामो पुल सम्पन्न भई अवातजावत समेत शुरु हुन थालेको छ ।



पर्वतको सदरमुकाम कुस्मालाई जिल्लाको फलेबास क्षेत्रसँंग जोड्न मोदीखोलामा निर्माण भैरहेको पुलको झण्डै ९० प्रतिशत काम पुरा भएको छ । अब केहि ठाउँमा डेग विच्छ्याउने र दवै भागमा जाली राख्ने काम मात्र बाँकी रहेको छ । कुस्माको बड्गाउँबाट मुडिकुवा जोड्ने यो झोलुङ्गे पुल मुलुककै सबैभन्दा अग्लो कालीगण्डकी नदीमा बनेको बड्गाउँ कैया झोलुङ्गे पुल भन्दा मात्रै ३० सेन्टिमीटर होचो छ । यो पुल अहिले सम्म निर्माण भएका पुल मध्ये सबैभन्दा लामोे छ । पुल ३ सय ५९ मिटर लामो रहेको पुल निमार्ण समितिले जनाएको छ ।

निर्माण समितिका अनुसार कुल १ करोड ७६ लाखको लागतमा निर्माण हुने पुल २०७३ भदौ मसान्त सम्म सक्ने लक्ष्य राखिएकोमा केही समय ढिला भई कार्तिक तेस्रो सतासम्ममा पुर्ण रुपमा सञ्चालनमा आउने बताईएको छ । यसैवीच पर्वतमा थप पाँचवटा झोलुंगे पुल निर्माणको चरणमा रहेका छन । यस बर्ष लमायखोलामा दुई वटा झोलुंगे पुल र अर्गार्से खोलामा एक, शालिजा गाविसको ओकादी खोलामा एक र भोर्ले गाविसमा एक गरी पाँचबटा साना पुल निर्माण हुने जिविस पर्वतले जनाएको छ ।

दाङमा मौरीपालन



दाङको गीठेपानीमा मासिक रु ६५ हजार भाडामा चरण क्षेत्र लिएर व्यावसायिकरुपमा गरिएको मौरीपालन ।

ट्राफिक प्रहरीद्वारा नौ लाख राजस्व सङ्कलन



ट्राफिक प्रहरी कार्यालयले गत असोज महिनामा रु नौ लाख ६४ हजार राजस्व सङ्कलन गरेको छ ।सवारी चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने ठूला तथा साना एक हजार ५५१ सवारी साधनका चालकलाई कारबाही गरी सो रकम असुल गरेको हो । एक सय चारवटा बसका चालक, २६९ वटा ट्रकका चालक तथा २५५ वटा जिप, कार र टेम्पोका चालक कारबाहीमा परेका थिए ।

त्यसैगरी ५७ वटा ट्र्याक्टरका चालक, मादक पदार्थ सेवन गरी सवारी चलाउने १२, छतमा आवश्यकताभन्दा बढी लगेज बोक्ने दुई, क्षमताभन्दा बढी सामान बोक्ने १४३, बेल्ट र हेल्मेट नलगाउने ६७, छतमा यात्रु बोक्ने दुई, कागजपत्र नबोकेका ६८९, लाइसेन्स नभएका २७५, बत्ती बिग्रेका २८, प्रयोजन विपरीत हिँडेका ३६ तथा सिट क्षमताभन्दा वढी यात्रु बोक्ने ४५ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ ।

असोज महिनामा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

चिनी मिलको क्षमता विस्तार



बेलौरी नगरपालिकाको शिवनगरस्थित महाकाली चिनी मिलले उखु क्रसिङ गर्ने क्षमता विस्तार गरेको छ । मिलले उखु क्रसिङ गर्ने क्षमता प्रतिदिन १५ हजार क्विन्टलबाट बढाएर १८ हजार क्विन्टल पु¥याएको छ । उखुको उत्पादन वृद्धि भएपछि मिलले क्षमतामा विस्तार गरेको हो । मिलका प्रबन्धक राजेश्वरप्रसाद शाहका अनुसार मिलले गत वर्ष १५ लाख ६३ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो ।

“यस वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएका छौँं,” उहाँले भन्नुभयो । मिलले कालागौंँडी, दैजी र दोधारा–चाँदनीमा उखु खरिदबिक्री केन्द्र खोल्ने योजना बनाएको छ । उखु बिक्री गर्न ल्याउने किसानलाई बैंकमार्फत भुक्तानी दिने व्यवस्था गरिएको छ । करिब २२ बिघा जग्गामा फैलिएको उक्त मिलमा १५० भन्दा बढी कामदार कार्यरत छन् ।

बाँसका भाँडाकुडा बेचेर मनग्य आम्दानी



गौशाला । छठ पर्व नजिकिँदैं जाँदा महोत्तरीको डोम समुदायले बाँसका भाँडाकुडा बनाएर मनग्य आम्दानी गर्न थालेका छन् । डोम समुदायले बर्सेनि छठ पर्वमा बाँसका भाँडाकुडा बेचेर यथेष्ट आम्दानी गर्दै आएको छ । छठमा बाँसबाट तयार गरिएका डालो, नाङ्लो, टपरी लगायतका भाँडाकुडाको प्रयोग गरिन्छ । भरतपुर गाविसकी ५५ वर्षीया कामिनी डोमिन कात्तिक लाग्ने बितिक्कै बच्चादेखि बूढासम्मले डालो, नाङ्गलो र टपरी बनाउने गरेका बताउनुहुन्छ ।

छठ पर्वमा छठमाता र सूर्यदेवलाई बाँस र बेतबाट निर्मित डालो, नाङ्गलो र टपरीमा अर्घ दिनुपर्ने हुन्छ । त्यसैले प्रत्येक परिवारले बाँसका भाँडाकुडा किन्ने गर्छन् । भटौलिया गाविसका ५० वर्षीय रामा डोम छठ पर्वमा आफूहरु दिनरात व्रतालुको निम्ति बाँसका भाँडा बनाउने गरेको बताउनुहुन्छ ।

“बाँसका भाँडा बेचेर वर्षभरिको ऋण चुक्ता गछौँ,” उहाँले भन्नुभयो । उनीहरुले डालो नाङ्गलो बेचेर रु ५० हजारदेखि रु ८० हजारसम्म आम्दानी गर्ने गरेका छन् । अहिले गाउँ÷गाउँमा डोम जातीको घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबै सदस्य विभिन्न सामग्री बनाउन व्यस्त देखिन्छन् । उनीहरुलाई ती सामग्री बनाउन भ्याइनभ्याई भएको छ ।

रुवाबासीमै दसँैतिहार बेपत्ता परिवारको



लिबाङ (रोल्पा) । “दशवर्षे माओवादी सशस्त्र युद्धका समयमा बेपत्ता पारिएका बेपत्ता परिवारका सदस्यका लागि यो दसँै रुवाबासीमै बित्यो । तिहार र छठ पर्व नजिकिँदै गर्दा पनि खुसीयाली थपिनुको साटो उनीहरूलाई बेपत्ता पारिएका आफन्तको सम्झनाले चोटैचोट मात्र दिएको छ । जवानीमै सिउँदो पुछिएका श्रीमती, बूढेसकालको सहारा गुमाएका आमाहरु, आफूलाई धर्ती देखाउने र शिक्षा दिक्षाको उज्यालो बाटोमा हिँडाउने मातापिता गुमाएका सन्तान वा दाजुभाइ तथा दिदीबहिनी गुमाएका आफन्त सबैमा यो दसँै तिहारले थप पीडा दिएको परिवारका सदस्यले बताएका छन् ।

दसँै तिहार र छठजस्ता महान चाडपर्व नजिकिन थालेपछि परदेसीएका प्रवासी घर सम्झेर आउन थालेसँगै बेपत्ता परिवारमा रुवाबासी सुरु हुन थालेको हो । यसरी अन्य परिवारका प्रवासी घर फर्कदा बेपत्ता पारिएका आफन्तको सम्झनाले थप पीडा दिने गरेको बेपत्ता परिवारका सदस्यले बताए । अझ दसैँको टीका जमरा र तिहारको देउसी भैलोले बेपत्ता परिवारमा उत्साहको साटो पीडा थप्ने उनीहरुको भनाइ छ । “हाम्रा आफन्त पनि बेपत्ता नपारिएको भए यसरी नै धन कमाएर चाडपर्वका बेला घर फर्कन्थे होल बडाचौर– ८ रोल्पाका भक्तबहादुर सुनारले निराश हुँदै भन्नुभयो ।”

सुनारका जेठा छोरा सशस्त्र युद्धका बेला गाउँबाटै बेपत्ता पारिनुभएको थियो । “म त बाहिर काममा निस्कन्छु मन बुझाउँछु तर उसकी आमाको रुँदारुँदा आँखा बसिसके । जीउ कमजोर बन्दै गएको छ । भक्कानो फुटेर निस्केको आँसु रोक्न सकिदो रहेनछ उहाँले भन्नुभयो । यो दसँै तिहारले सुनारको परिवारमा अझ थप पीडा निम्त्याएको छ । यस्तै उमेरले ७० वसन्त पार गरिसकेकी जेलवाङ– ४ रोल्पाकी गौना बूढाले वर्षाै बितिसक्दासम्म पनि छोरो नफर्किएपछि छोरालाई भेट्ने आशा मारिसक्नु भएको छ । अब छोरो मरेको खबर सुन्न पाए मन बुझाउने थिएँ उहाँले भक्कानिदै भन्नुभयो । कहिलेकाँही छोरो सपनामा आएको देख्दा निकै खुसी हुन्छु । तर सपनाबाट ब्यूझिँदा मन बुझाउन निकै गाह्रो हुन्छ । उहाँ भक्कानिनुभयो ।

विसं २०५५ दशवर्षे सशस्त्र युद्धका समयमा गाईवस्तु चराउन गएको १४ वर्षीय छोरा नलै बूढालाई गोठबाटै माओवादीले अपहरण गरेर लगेपछि आजसम्म पनि उहाँको अत्तोपत्तो छैन । बूढेसकालमा जन्मिएको एक मात्र छोरो बाँचुञ्जेल पालोस मरेपनि चितासम्म पु¥याओस् भन्ने बूढाको सपना थियो । तर बिचमै तोडियो । उहाँका १२ सन्तान जन्मिएकोमा आठजना मरे, बचेका तीन छोरी विवाह गरेर गएँ । आफ्नो बूढेसकालको साहारा सम्झेको छोरा बेपत्ता पारियो । केही महिनाअघि श्रीमान् शङ्करे बूढाको पनि छोराको यादमा तड्पि÷तड्पि मृत्यु भएपछि गौना बूढा असहाय बन्नुभएको छ ।
छोरो भएको भए बुहारी हुन्थी, नाती नातिनी हुन्थे यो तिहारको रमझममा घर कति उज्यालो हुँदो हो उहाँँले मीठो कल्पना सुनाउदै भन्नुभयो कति हिउँद बिते कति वर्षाऋुतु मौसम बदलियो, ऋतु बदलियो तर मेरो मन बदलिन सकेन” । यस्तै सशस्त्र युद्धका समयमा पढ्न गएको एकमात्र छोरालाई नेपाली सेनाले बाटोबाटै अपहरण गरेपछि भिजेका जंकोट रोल्पाकी ८९ वर्षिया सोमरा पुनका आँखा पनि अझै ओभाएका छैनन् । हाल कान्छी छोरीसंग बस्दै आएकी पुन भन्नुहुन्छ सबैका छोराहरु चाडपर्वका बेला धन कमाएर विदेशबाट फर्कदा मन धर्कन्छ । छोराले पढ्यो भने बुढेसकालमा हेर्ला भन्ने आशाले पढ्नका लागि दाङ पठाएका थियौं ।

विनाकारण बाटोबाटै अपहरणमा परी बेपत्ता पारियो अझै सम्म पनि छोराको अत्तोपत्तो छैन । अरुका लागि दशै आयो तिहार आयो तर हाम्रा लागि दशा उसकै यादमा रुवाबासी छ घरमा । यी त प्रतिनिधि पात्रमात्र हुन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका अनुसार सशस्त्र युद्धका समयमा रोल्पा जिल्लाका ३० गाविसका ६९ जना बेपत्ता पारिएका छन् । हाल सम्म पनि उनीहरुको अवस्था अज्ञात छ । बेपत्ता पर्नेहरुमा सबैभन्दा बढी कोर्चाबाङ गाविसबाट ७ जना र तत्कालिन लिबाङ गाविस हालको लिबाङ नगरपालिकाबाट ६ जना रहेका छन् । आफन्तको जिउदो मर्दाे खवर नपाउँदा अझैपनि बेपत्ता परिवारका सदस्यहरु तड्पी रहेका छन् ।

आखिर हाम्रो आफन्तलाई बेपत्ता पारेर के पायो माओबादीले के पायो सरकारले आफन्तहरुको एकमात्र प्रश्न यही नै छ । यस तर्फ सरकारले समयमै चासो दिनुपर्नेमा उनीहरुको जोड छ । यो तिहार र छठ पर्व अगाडि कि बेपत्ता पारिएकाहरुको ज्यान देऊ कि चिहान देऊ । सरकारसंग बेपत्ता परिवारका सदस्यहरुले यही माग राखेका छन् ।

नत म सिनेमा छाडन सक्छु न नाटक नै : दयाहाङ रार्इ



दयाहाङ राई अहिले नेपाली रजतपटका सफल अभिनेता हुनुहुन्छ । घरपरिवार सदस्यहरुलाई विदेश जान्छु भनेर ढाँटेर मनभित्र भने लेखन तथा नाटक निर्देशन गर्ने सपना बोकेर काठमाडौ आएका उनी काठमाडौ आएपछि ‘शिरुमारानी’नाटकबाट रंगमन्चमा प्रवेश गरेका राईले करिब डेढ दर्जन नाटकमा अभिनय गरिसकेका छन् भने ‘जिरो जिरो जेड’ ‘बैतरणी क्याफे’ लगायत आधा दर्जन नाटकहरुको लेखन तथा निर्देशन पनि गरेका छन्। रंगमन्चमा सशक्त अभिनयले जम्दै गर्दा ‘अनागरिक’ चलचित्रबाट नेपाली चलचित्र उद्योगमा डेब्यू गरेका राईले लुट,लोफर, कबड्डी, झोले, कबड्डी कबड्डी, राहदानी जस्ता दर्जनौं लोकप्रिय चलचित्रहरु दिएका छन्। मण्डला थिएटर नेपालले लेट्स इन्टरटेन्टमेन्ट प्रा.लि सँगको सहकार्यमा पुर्वाञ्चल नाट्य यात्रा २०७३ जारी रहेको छ । नाट्य यात्रा अन्तर्गत पुर्वाञ्चलका पाँच विभिन्न सहरहरुमा नाटक तथा घुम्ती नाटक मन्चन भईरहेको छ । यसै सन्दर्भमा अभिनेता दयाहाङ राईसैग पुर्वेलीन्यूजले गरेको कुराकानीः–
तपाइकाे नेतृत्वमा मण्डला थिएटरले नाटक प्रदर्शन गरीरहेकाे छ । यसकाे मुख्य उद्धेश्य चै के हाे ?

यसरी नाटक देखाउनुकाे मुख्य उद्ध्येस्य भनेकाे चै दर्शकलार्इ नाटक देखाएर उहाँहरूसंग एक प्रकारकाे सुमधुर सम्बन्ध कायम गर्नु हाे भने अर्काे कुा नाटक जहिले पनि काठमाण्डाैमा मात्रै सिमित हुने हुँदा कमसेकम बर्षमा १ पटक भएपनि काठमाण्डाै बाहिर लान पाए माेफसलका दर्शकहरूमाझ प्रस्तुत हुने माैका मिल्छ र नाटकले देखाएकाे दृष्यहरूकाे बारेमा दर्शकहरूसंग प्रत्यक्ष प्रतिकृया लिएर सुमधुर सम्बन्ध कायम गर्नुनै हाम्राे मुख्य उद्ध्येश्य हाे ।
तपाइकाे मतलब नाटकलार्इ माया गर्ने दर्शकहरू बढी पूर्वाञ्चल क्षेत्रमा छन हैन त ?



पूर्वमा त्याे त पक्कै हुन सक्छ । पूर्व पश्चिम हामिलार्इ त्यती नै माया गरिरहनुभएकाे छ दर्शकहरूले । हाम्रा अाधार नै कला र साहित्य हाे । यि अाधार बाेकेर हामि दर्शकहरूमाझ अाएका हाै । हामि पूर्वकाले मात्रै माया गर्ने अनी पश्चिमकाले चै नगर्ने त्यस्ताे हैन हामिलार्इ पश्चिमका दर्शकहरूले पनि उतिनै माया गर्नुहुन्छ । तर यसपाली चै हामि पश्चिम भन्दा पूर्वलार्इ फाेकस गर्दै अाएकाे ले त्यस्ताे देखिएकाे हाेला तर त्यस्ताे चै हइन ।

नेपाली सिनेमा क्षेत्रमा सर्वाधिक सफल नायककाे रूपमा एउटा चर्चानी बटुलनु भयाे तपाइकाे चलचित्रहरूले पनि राम्रै बजार पाए तर एकाएक सिनेमा क्षेत्र छाडेर नाटकतिर अाउनुभयाे किन ?

हैन हैन म नाटकमा मात्रै त कहाँ सिमित छु र मेराे नाटक र सिनेमामा अाफ्नै समय तालिका छ । जसमा म समय र टिमसंग सल्लाह गरेर मात्रै निर्णय लिने गर्छु । यि दुवै कुरा मेरा जिवनकालागि अति अावश्यक पनि हाे नत म सिनेमा छाडन सक्छु नत नाटक नै । नाटकमा म निर्देशन पनि गर्छु र अभिनयपनि , सिनेमामा भने अभिनय मात्रै गरिराछु ।
तपाइलार्इ नाटक र चलचित्र बिधा मध्ये कुन एक राेज्नुस भन्दा कुन राेज्नुहुन्छ ?

साह्रै अफ्ठेराे प्रश्न मेरा लागि दुबै प्रिय हुन । बिशेष गरेर म अभिनय गर्छु र एक अभिनेता पनि हु मैले कुनै एक छान्नु भन्दा पनि दुवैलार्इ अंगालेर लैजाने छु र लगिरहेकै पनि छु ।
चलचित्र लुटले यहालार्इ नेपालीदर्शक र बजारमा चिनाउन सफल भयाे पछिल्लाे समय लुट २ पनि अाउदै छ । तपाइ अभिनित चलचित्र थुप्रै बजारमा अाए तरपनि पछिल्लाे समय तपाइ अभिनित चलचित्रहरू त्यती सफल भएनन भन्ने गुनासाे पनि छ त्यसकाे कारण के हाेला ?

मैले सुरूवातदेखिनै भन्दै अाएकाे छु कि सबै सफल चलचित्रहरू ब्यवसायिक रूपमा राम्रा हुदैनन । र सबै ब्यवसायिक रूपमा राम्रा मानिउका चलचित्रहरू सफल पनि हुदैनन । मुख्य कुरा त सिनेमा भनेकाे नै समयकाे डकुमेसन अर्थात एउटा निर्देशकले समयलार्इ सम्बाेधन गरे जस्ताे मलार्इ लाग्छ । ब्यवसायिक रूपले कुन सफल र कुन असफल भन्दा पनि त्याे सिनेमाले देखाउन खाेजेकाे र बुझाउन खाेजेकाे दृष्य चै के हाे ? त्याे बुझनु पर्छ भन्ने मलाइ लाग्छ । अर्काे कुा मैले गरेकाे चलचित्र मात्र असफल हैननी नेपालमा सर्वाधिक चर्चा पाएका नायकहरूकाे पनि चलचित्रहरू ब्यवसायिक रूपमा असफल चै भएका छन नी ।
हामि फेरी तपाइले निर्देशन गरेकाे नाटक डिग्री माइला तिरै जाउँ । अहिले याे नाटक लिएर तपाइ स्वयम पूर्वाञ्चलका बिभिन्न सहरहरूमा प्रदर्शन गराइरहनुभएकाे छ । याे नाटकले समाजमा के कस्ताे शन्देश दिन्छ ?

पहिलाे त याे डिग्री माइला भनेकाे हामिले भाेगेकाे समयकाे एउटा घटनाले असर पारेकाे पात्रले भाेगेकाे दैनिकी हाे । जुन हामिले पनि भाेग्दै अाइरहेका छाै । हाम्राे देशमा राजनीतिक , अार्थीक तथा बिविध कारणले धेरै कुराहरू परिवर्तन भइरहेका छन । ति परिवर्तनसंगै समाजमा बिभिन्न घटनाहरूपनि भइरहेका हुन्छन । त्यहि घटनाले समाजमा बस्ने पात्र एवम बिभिन्न ब्याक्तीहरूलार्इ कस्ताे असर परिरहेकाे छ ? मुख्य हामिले त्यस्लार्इ दर्शाएका छाै भने डिग्री माइलाले त्याे समय कसरी पार गर्ला त ? समाजसंग उ कसरी संघष गर्ला त त्यही देखाउन खाेजीएकाे छ ।
डिग्री माइला किन हेर्ने ? दर्शकहरूलार्इ के सन्देश दिन चाहनुहुन्छ ?

डिग्री माइला भनेकाे अाज भन्दा ५ बर्ष अघिकाे समयमा मैले जे भाेगे त्यस्लार्इ अलिकती छुवाएर दर्शाउन खाेजिएकाे छ । त्याे भाेगाइ दर्शहरूमाझ प्रस्तुत गरीदा उहाहरूलार्इ केही महसुस हुन्छ त्यसैले डिग्री माइला नाटक हेर्न सबै दर्शकहरूलार्इ म अनुराेध गर्दछु ।

लोकल रक्सी ठानेर एसिड पिउँदा….



लोकल रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि एक महिला जीवन मरणको अवस्थामा पुगेकी छन् । कैलालीको अत्तरिया नगरपालिका– १० बाँसखेडाकी सुनिता चौधरीले घरमा बनाएको लोकल रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि उपचारमा लापरबाहीका कारण उनको स्वास्थ्य जोखिममा परेको छ । चौधरीको एसिडले आन्द्रा पोलिसकेको अवस्थामा चिकित्सकले त्यसैमा इन्डोस्कोपी गर्दा झनै ठूलो घाउ भएपछि अवस्था चिन्ताजनक भएको उनका श्रीमान् हेमराज चौधरीले बताए ।

उपचारका लागि सेती अञ्चल अस्पताल पु¥याइएकी चौधरीलाई अस्पतालमा रहेको इन्डोस्कोपी मेसिन बिग्रिएको भन्दै सिटी पोलिक्लिनिकमा लगिएको थियो । सिटी पोलिक्लिनिकका डाक्टर मेराज आलम अन्सारीले इन्डोस्कोपी गरेलगतै उनको अवस्था झन चिन्ताजनक भएको परिवारजनले आरोप लगाएका छन् ।

ढाकाटोपीको उत्साहजनक व्यापार



पछिल्लो पुस्तामा ढाकाटोपी लगाउने क्रम घट्दै गए पनि तिहारका कारण यतिखेर पोखरामा ढाकाटोपीको व्यापार उत्साहजनक रुपमा बढेको छ । पसलमा ढाकाटोपी किन्न आउनेको चाप देखिन्छ । अघिपछि ढाकाटोपी नलगाए पनि तिहारमा लगाएर दिदीबहिनीसँग टीका थाप्ने चलनका कारण ढाकाटोेपीको माग अत्यधिक बढेको हो । तीन दशकयता पोखरामा ढाकाटोपीको व्यापार गर्दै आएका राजेशमान पालिखे पछिल्ला समयमा युवा पुस्ताले ढाकाटोपी लगाउन छाडिसकेको बताउनुहुनछ ।

“पछिल्ला वर्षमा ढाकाटोपी लगाउने चलन हराउँदै गएको छ,” उहाँले भन्नुभयो । विशेष गरी तिहार, अन्य चाडपर्व, विवाह, व्रतबन्धमा मात्र ढाकाटोपीको खोजी हुनेगरेको छ । तिहारको समयमा रु २५ लाखदेखि रु ३० लाखसम्मको कारोबार हुने गरेको पालिखेले बताउनुभयो । “वार्षिक रु एक करोडसम्मको व्यापार हुन्छ,” उहाँले भन्नुभयो ।

सामान्यतः रु ३५ देखि रु पाँच हजार दुई सयसम्मका ढाकाटोपी बिक्री हुने गरेको छ । पोखरामा दौरा सुरुवाल लगाउनेतर्फ भने विस्तारै आकर्षण बढ्न थालेको छ । “बालबालिकालाई ढाकाको दौरा सुरुवाल बनाएर लगाइदिने चलन बढ्दै गएको छ,” चिप्लेढुङ्गाकी ढाका पसल सञ्चालिका कोकिला जोशीले भन्नुभयो । बिबाह ब्रतबन्धलगायत कार्यक्रममा ढाकाका कपडाको खोजी हुन्छ ।

पोखरामा विशेष गरी दमक, धरान, तेह्रथुम, बुटवल लगायतका ठाउँबाट ढाकाको कपडा आयात गरिन्छ । पाल्पाबाट आयात गरिने ढाकाको कपडाबाट चोलो, ब्लाउज, सल आदि निर्माण गरिन्छ । ठूलाबडा तथा मान्इजनबाट टोपी लगाएर टिका थाप्ने र आशिर्वाद लिने चलन भएपनि ढाकाटोपी नै लगाउनु पर्छ भन्ने कतै उल्लेख नरहेको संस्कृतिविद् सत्यमोहन जोशी बताउनुहुन्छ । उहाँका अनुसार बंगलादेशको राजधानी ढाकाबाट ढाकाको कपडा बुन्ने प्रचलन सुरु भएको र त्यसले विस्तारै अन्य देशमा स्थान पाएको हो ।

विस्फोटमा १४ को मृत्यु, १४७ घाइते



चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने सान्सीमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी १४ को मृत्यु भएको छ भने, १४७ जना घाइते भएका छन् । फुगु राज्यको छिङमिन शहरमा निर्माणाधिन घरहरुलाई लक्ष्यगरी स्थानीय समयाअनुसार मध्याह्न २ बजे सो विस्फोट भएको थियो ।

घाइतेहरु मध्ये १०६ जनालाई अस्पतालमा भर्ना गरिएको छ भने ४१ जना उपचारपछि घर फर्किएको मङ्गलबार जनाइएको छ । मङ्गलबार विहान मात्रै उद्धार कार्य सकिएको थियो । आवासका लागि घर बनाईरहेका ठाउँमा बम विस्फोट भएको हो । विस्फोटबाट ५८ वटा घर र ६३ वटा कार ध्वस्त भएको छ । ती घरहरु स्थानीय गाँउलेहरुले नै बनाएका थिए । घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

औद्योगिक व्यापार मेला हुने



आगामी मङ्सिर २३ गतेदेखि पुस ३ गतेसम्म तेस्रो पश्चिमाञ्चलस्तरीय औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ ।
उद्योग वाणिज्य सङ्घ नवलपरासीको आयोजनामा ‘शान्ति, समृद्ध उद्योग व्यापार, राष्ट्र निर्माणको बलियो आधार’ नाराका साथ जिल्लाको सुनवलमा मेला आयोजना गर्न लागिएको हो ।

मेला कृषि, पर्यटन, उद्योग, व्यापार एवम् सूचना प्रविधिको बृहत् प्रदर्शनीमा केन्द्रित रहने सङ्घका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिनुभयो । जिल्लालाई कृषि, पर्यटन एवम् औद्योगिक जिल्लाका रुपमा परिचित गराउनु मेलाको उद्देश्य रहेको छ ।

मेलामा विभिन्न विषयवस्तुका करिब ३०० कक्ष रहने तथा करिब तीन लाख दर्शकले अवलोकन गर्नुका सार्थै रु सात करोडसम्मको आर्थिक कारोबार गर्ने अनुमान आयोजकको छ । उद्योग वाणिज्य सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ, व्यापार तथा निकासी प्रवद्र्धधन केन्द्र, जिविस नवलपरासी, सुनवल नगरपालिका र रामग्राम नगरपालिका सहआयोजक रहका छन् ।

भारतले भ्रम छरेर के भयो ? अब लुम्बिनीको वास्तविकता यस्तो बन्दैछ !






lumbini-pilgrimage-toursरोहित के. सी./ मनोज श्रीवास्तव, यो बुद्ध जन्म स्थल ,यो पूण्य भूमी लुम्बिनी । विश्व जगतमा शान्तिको सन्देश फैलाइरहेको शान्तिको केन्द्र । मूल स्रोत । जब अहिंसाको कुरा आउँछ तब भगवान गौतम बुद्धको याद गरिन्छ र यस क्षेत्रको महिमाको चर्चा हुन्छ । यसको ऐतिहासिक पृष्ठभूमीको ब्याख्या भइरहन्छ । बौद्ध धर्मालम्बीको प्रमुख तिर्थ स्थल मात्र होइन हरेक शान्तिप्रेमीले पुग्नै पर्ने यस क्षेत्रको महत्व अहिले झन् झन् बढिरहेको छ । यस्ता क्षेत्रमा इतिहासको साक्षी भएर बसेको थुप्रै प्रमाण हरु छन् । आधारहरु छन् । जसले यस क्षेत्रको सभ्यता विकासको अबस्थालाई झल्काउँछ ।

आजका दिनमा विश्व बौद्धमार्गीले यस्ता क्षेत्रमा जीवनमा एक पटक पुग्नै पर्ने अनिवार्यता जस्तै बनाएका छन् । कम्तिमा यहाँको दर्शनले मात्र पनि शान्तिको सन्देश फैलाउन थप मद्धत गर्नेमा उनीहरु आशावादी भएको देखिन्छ । यससँगै उनीहरुको सन्देश अर्को पनि छ कि यस्ता क्षेत्रको संरक्षण र प्रर्बद्धनमा समेत टेवा पुग्ने छ । त्यसै कारण यहाँ वर्षेनी लाखौको संख्यामा बौद्ध मार्गी मात्र होइन अन्यहरु पनि आइरहेका हुन्छन् । उनीहरुको भ्रमणले यस क्षेत्रको प्रचार प्रसारमा समेत ठूलो योगदान पुगिरहेको छ भने आस्थाको आधार अझ बलियो बनेर गएको छ ।
यहाँ आउने धेरैको चासो र चिन्ता उहि हो कि यस्ता क्षेत्रको व्यबस्थापन र संरक्षणमा राज्य गम्भिर बन्नुपर्छ । उसका नीति र योजनको प्राथमिकतामा यस्ता क्षेत्र पर्नुपर्दछ । हुन त राज्यले यसको नाममा गुरुयोजना समेत तयार पारेको छ । यसमा अन्य विभिन्न देशले पनि आर्थिक सहायता उपलब्ध गराएका छन् भने विभिन्न अन्तराष्टिृय गैरसरकारी निकायको पनि सहयोग देखिन्छ । र निरन्तर पनि छ ।
चार भागमा विभाजित लुम्बिनी गुरुयोजनाको पवित्र उद्यान क्षेत्रमा निर्माणका काम करिव सकिएका छन् । यहा उद्यानलाई परिक्रमा गरेको पोखरी सफागर्ने काम मात्र बाँकी छ । पोखरीको वरिपरि रहेको भिरालो जमिनमादुवो, फूलतथा छहारी दिने स–साना रुख रोप्ने काम शुरु भएको छ । आगामीवर्षभित्र यो काम सम्पन्न भएपछि पर्यटकहरुले परिक्रमापोखरी वरिपरि बसेर आनन्द लिनेछन् । पोखरीको डिलमा बनेको परिक्रमापथमा ईंटा छाप्ने कामपनि पुरा भएको छ ।


पवित्रउद्यान क्षेत्र भित्रकरिव ७० लाखको लागतमा पुरातात्विककार्यालय भवननिर्माण गरिएको छ । शान्तिदीप र परिक्रमापोखरी जोड्ने दुइवटा पोखरी र त्यसको छेउँमाआकर्षक मिनिपर्यटक सूचना केन्द्र तयार भएको छ । यसलाई सिम्वोलिक पेभिलियनवा विश्राम घर समेत भनिएको छ । पर्यटकका लागि खानेपानी, शौचालय र विश्राम केन्द्रहरुको ब्यवस्था यो पेभिलियनमा गरिएको छ । लुम्बिनी गुरुयोजना क्षेत्रभित्रमात्रै यस्ता पेभिलियन ८ वटा बन्नेछन् । एउटा पेभिलियन निर्माणका लागि साढे ३ करोड लाग्ने अनुमान छ ।
पूर्वी विहार क्षेत्रमा १३ वटा मूलुकहरुले आकर्षक विहारहरुको निर्माण पुरा गरेका छन् । पश्चिमीविहार क्षेत्रमाविहार निर्माणका कामजारी छन् । २९मध्ये २६ वटा मुलुकहरुले विहार निर्माण गरिरहेका छन् । विहार क्षेत्रमा केन्द्रिय नहरको दाया बाया अत्याधुनिक सुविधा सम्पन्न चार वटा शौचालय बन्दैछन् । एउटा शौचाल यनिर्माणमा ५० लाख लगानी गरिनेछ ।
न्यू लुम्बिनी भिलेज क्षेत्रमाभने निर्माणका ठूला कामबाकी छन् । गतआर्थिक वर्षदेखि यस क्षेत्रका महत्वपूर्ण संरचनाहरुको निर्माण कार्य शुरु भएको छ । पर्यटक सूचना केन्द्र र लुम्बिनी विकास कोषको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगिसकेको छ । म्यूजियमको शैलीमा लुम्बिनी क्षेत्रभित्र यस्ता ८ वटा भवनहरु बन्ने छन् । लुम्बिनी विकास कोषले यी भवनहरुलाई लुम्बिनीको धरोहरका रुपमा लिएको कोषका सूचना अधिकृत हरिध्वज राइले बताए । अनुसन्धान केन्द, म्यूजियम, प्रशासनिक काम बाहेक यस्ता भवनहरु बैंक, प्रहरी, उपचार, ट्राभल एजेण्ट र रेष्टुरेष्टकालागि प्रयोग हुनेछन् ।

गुरुयोजना क्षेत्रभित्र ९ वटा गेटमा आधुनिक सुरक्षापोष्टहरुको निर्माण कार्य समेत शुरु भएको छ । १६ किलोमिटर लामो सुरक्षापर्खाल निर्माण कार्य पुरा भएको छ । न्यू लुम्बिनीभिलेज क्षेत्रमा ३५ करोडको लागतमा अग्लो खानेपापानी टंकी, ३५ करोडकै लागतमा अन्डरग्राउन्ड टेलिकम्युनिकेशन र विद्युतविस्तार, ३५ करोडकै लागतमा ढल निकासको प्रबन्ध समेत गरिनेछ । यीवाहेक केही ठूला पोखरी र केन्द्रियनहरको विस्तारकाकाम समेत बांकी छन् ।

कोषले यी सबै योजना पुरा भएपछि लुम्बिनी स्वर्गको टुक्रा जस्तै सुन्दर, शान्त र पवित्र स्थलको रुपमाविकास हुने दावी गरेको छ । आगामी ५ वर्ष भित्र लुम्बिनी गुरु योजनाका सवै कामहरु सक्ने योजना रहेको कोषले जनाएको छ । जापनीवास्तुकलावीद् प्रोफेसर केन्जो टाङ्गेले सन् १९७८ मा बनाएको लुम्बिनी गुरु योजना पुरा गर्न सरकारले लुम्बिनी विकास कोषमार्फत काम गरिरहेको छ ।
कोषमार्फत खर्च भएको ४ अर्ब भन्दा बढी रकममध्ये आधा रकम अन्तरराष्ट्रिय दातृ निकाय र विदेशी मुलुकहरुले लगानी गरेका छन् । लुम्बिनी गुरुयोजना पुरा गर्न अझै पांचअर्व रुपैयाखर्च लाग्ने अनुमान लुम्बिनी विकास कोषको छ ।
लुम्बिनी गुरु योजना भित्र विहार क्षेत्रमा सवैभन्दा बढी १ अर्व ३८ करोड ८२ लाख ८८ हजार खर्च भएको छ । १२ वटा विहारहरु नेपालले निर्माण गरेको छ । सबैभन्दा बढी आकर्षक मानिने चाइना र जर्मनीविहार निर्माणका लागितिमुलुकहरुले ५२ करोड ८० लाखलगानी गरेका छन् । अर्को मुलुक थाइल्याण्डले १० करोड २५ लाखको लागतमाविहार बनाएको छ । विहार क्षेत्रमाअझै २२ करोड लगानीहुने अनुमान छ ।
लुम्बिनी विकास कोषकापुर्व कोषाध्यक्ष ओम अर्यालले गुरुयोजना अनुसार न्यू लुम्बिनीभिलेज क्षेत्रमा १ अर्ब २७ लाख ६० हजार लगानीभएको बताए । यो क्षेत्रमानिर्माण भएकाहोक्के होटल र होटल कासाइले ३० करोड ७० लाखलगानी गरेका छन् ।यस क्षेत्रकाआकर्षक संरचनामानिने लुम्बिनी संग्रहालयभारत सरकारको ३१ करोड ६८ लाख सहयोगमा निर्माण भएको छ भने जापानको अन्तरराष्ट्रिय संस्था रेयूकाइले ३० करोड ८० लाखको लागतमा अन्तरराष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र निर्माण गरेको छ ।
यो क्षेत्रमा अझै २ अर्व ३५ करोड ५२ लाखको लागतमा विभिन्न भौतिक संरचनाहरु निर्माण हुनेछन् । लुम्बिनीको सबैभन्दा बढी सुन्दर, आकर्षक र महत्वपूर्ण मानिने पवित्रउद्यान क्षेत्रमा ३८ करोड ८१ लाख लगानी भएको छ । यो क्षेत्रमा परिक्रमा पोखरी निर्माणका लागि १३ करोड ३७लाख लगानी गरिएको छ भने मायादेवीमन्दिर निर्माणका लागि७ करोड रुपैयाँं लगानी भएको थियो । आखिर शान्ति क्षेत्रको सुन्दरता बढाउने योजना जति सक्यो त्यति छिटो सम्पन्न भए यहाँ आउनेले यसको बास्तविकतासँग साक्षात्कार हुने छन् ।

बुद्ध जन्म स्थल लुम्बिनीको संरक्षण र प्रचारप्रसारको चासो विभिन्न क्षेत्रबाट भएको देखिन्छ । कतिपय समयमा यसका सम्बन्धमा भारतले फैलाउने भ्रमपूर्ण प्रचारबाजीले पनि यसको अस्तित्वमा धावा बोलिरहेको हुन्छ । जै जस्तो भएपनि यसको महत्व र गरिमा विश्व जगतले राम्रोसँग बुझेको छ । बुझिरहेको देखिन्छ ।
खासगरी बुद्ध जन्मस्थल लुम्बिनी गुरुयोजना केन्जो टाङ्गेले १९७८ मा तयार गरेको गुरुयोजनाले कल्पना गरे अनुसार लुम्बिनी सुन्दर र भब्य देखिएको छैन । ७० प्रतिशत बढी काम सकिएको छ । अझै ३० प्रतिशत जति काम बाँकी नै छ ।
लुम्बिनीको विकासमा अन्तरराष्ट्रिय संस्थाहरु कोइका, यूनेस्को, यूएनडिपी, एडिवी, डब्लुडब्लुएफ लगायतले सहयोग गर्दै आएका छन् । र गुरुयोजना क्षेत्रभित्र निर्माण हुने ठूलो लागतका आयोजनाहरु अलिहले बांकी रहेकाले लुम्बिनी गुरुयोजना पुरा गर्न अझै ५अर्ब लाग्ने अनुमान गरिएको छ । २० प्रतिशत काम पुरा हुन बाकी हुदा सम्म लुम्बिनीमा ४ अर्बभन्दा बढी लगानी भइसकेको छ ।
लुम्बिनी गुरुयोजनाले समेटेको उत्तर दक्षिण साढे ४ कि.मि.र पुर्ब पश्चिम डेढ कि.मि. मा अहिले सम्म पुरै भनेको क्षेत्रफलमा बिकास निर्माणका बाटो घाटो, ठुला ठुला मन्दिर अधुरा रहेको कोषले जनाएको छ । पछिल्ला वर्षहरुमा लुम्बिनी गुरुयोजनाका ७० प्रतिशत बढी काम सकिएका महत्वपूर्ण संरचनाहरुको निर्माण कार्य धमाधम भै रहेको छ । नेपाल सरकारले लुम्बिनी गुरुयोजना पुरा गर्न ठुलो धन रासी खर्च गरेकोले योजना छिटो समपन्न हुने लुम्बिनी विकास कोषका सुचना संयोजक राजन बस्नेतले बताएका छन ।

नेपालको राजनैतिक अस्थिरता र कर्मचारी तन्त्रले गर्दा लुम्बिनी गुरुयोजनाको काम पुरा नभएको नेपाल मन्दिर राजकिय बुद्ध बिहार लुम्बिनीका भिच्छु सागर धम्माले बताएका छन । यस्ता क्षेत्रमा राज्यको गम्भिरता अलि बढी देखिनुपर्ने तर्फ उनको सुझाव छ ।

गुरुयोजना अनुसार पवित्र उद्यानको सुन्दरता थप्न र केही उत्खननका कामगर्न ५२ करोड रुपैयालाग्ने अनुमान छ । त्यस्तै लुम्बिनीको मेरुदण्ड मानिने केन्द्रियनहर क्षेत्रमा २९ करोड ७३ लाख लगानी गरिएको छ । यो क्षेत्रमानहर निर्माणमा मात्रै २४ करोड खर्च भएको थियो ।
यहा गुरु योजना अनुसार नहर निर्माण, नदी डाइभर्सन, सांकेतिक पेभेलियन निर्माण, विद्युतीय ब्यवस्थापन र पानी ट्यांकी निर्माणका कामहुन सकेको छैन् । यस्कालागि २ अर्ब ५२ करोड ८६ लाख थप लगानी लाग्ने अनुमान छ ।लुम्बिनी गुरुयोजनाको पूर्ण आकार आइसकेको र लुम्बिनी संसारकै एक सुन्दर धार्मीक र पर्यटकीय क्षेत्रको रुपमा घुम्न लायक त भएको छ तर पुरै सुन्दरता नियाल्न भने अझै केही समय पर्खनुपर्ने छ ।

लुम्बिनीको सुन्दरता थप्न विभिन्न भौतिक निर्माणका काम बांकी रहे पनि यस्ता काममा धेरै रकमखर्च हुने भएकाले सरकारले पर्याप्त बजेट पठाए ५वर्ष भित्र लुम्बिनी गुरु योजना पुरा गर्न सकिने छ । अन्तरराष्ट्रिय स्तरमा लुम्बिनीको चर्चा बढ्दै गएको र बार्षिक १० लाख पर्यटक भित्रयाउन सकिने सम्भावना रहेको भन्दै सरकारले ग्रेटर लुम्बिनीको परिकल्पनागर्दै विस्तृत पर्यटन योजनाबनाएर कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको भएपनि यसको सार्थकताको परिकल्पनामा आम नागरिक आत्तुर छन् । देशकै गौरवको योजना भएकोले देशको गरिमाको पनि ख्याल गर्न र बौद्धमार्गीको प्रमुख तिर्थ स्थल भएकोले यसमा राज्यको चासो र चिन्ता थप देखिन आवश्यक छ ।

watch first and then search