watch first and then search

watch first and then search

Wednesday, October 26, 2016

बिद्यार्थीलार्इ नैतिक शिक्षा दिने प्रधानाध्यापक नै सुधारकेन्द्रमा भेटिएपछि….



झापा । कात्तिक १० । विद्याथीलार्ई शिक्षाको ज्योति छर्दै नैतिकवान र चरित्रवान बनाउन सिकाउने शिक्षक नै लागूऔषध प्रयोगकर्ता हुन्छन् भन्दा तपाइँलाई पत्यार नलाग्ला सक्ला ! तर, सुनसरीको महेन्द्रनगर चक्रगट्टीका ५९ बर्षीय विष्णु ढकाल अहिले लागूऔषध प्रयोगकर्ताको रुपमा सुधार केन्द्रमा छन् ।

उनी महेन्द्र उच्च मावि सुनसरीमा १८ बर्षसम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका शिक्षक हुन् । २०३४ सालदेखि १८ बर्षसम्म प्रधानाध्याापक र त्यसपछि सहायक प्रधानाध्यापकको जिम्मेवारी वहन गर्दै केही समयअघि अवकास भएपछि उनी बुढेसकालमा लागूऔषध प्रयोगकर्ता बने । उनलाई अहिले बिर्तामोडस्थित शान्ति समूह नेपालमा राखिएको छ ।

अवकास पाए लगत्तै उनी कुलतमा फसे । साथी संगीको लहैलहैमा म कुलतमा पसेछु उनले भने– स्कूलमा कुलतमा फस्नु हुँदैन भनेर विद्यार्थीलाई स्वयम् सिकाउँथे तर अहिले आफै यो अवस्थामा आइपुगेको छु । एक छोरा इजरायल र अर्को छोरा यातायात व्यवसायी रहेको बताउने उनले भने नचाहेरै कुलतमा फसिँदो रहेछ ।

अहिले आफैलाई सम्झदा दुःख लाग्छ । उनले आफू १५ दिन अगाडि सुधार केन्द्रमा आएको बताउँदै उनले थपे दशैंको बेला लहैलहैमा साथीहरुसँग लागूऔषध सेवन गर्दागर्दै कुलतमा पसेछु, अब कुुसेर घर फर्किृने आफैलाई लाज लागीरहेको छ ।
उनी मात्र होइन, इलाम हर्कटेका ३४ बर्षीय सूर्य ढकाल पनि अहिले सुुधार केन्द्रमा छन् । १३ बर्ष अगाडिदेखि लागूऔषध सेवनकर्ताका रुपमा चिनिएका उनी एक महिना अघि मात्रै सुधार केन्द्रबाट घर गएका थिए ।

तर, फेरि दशैंमा साथीभाइसँग कुलतमा पसेर अहिले सुधार केन्द्रमै आइपुगे । दुई सन्तानका बुबा ढकाल आफू विग्रिएकोमा पश्चताप गर्छन् । उनी भन्छन् छोड्ने अठोट गरेर घर फर्किएको थिएँ तर, पुरानो साथीले कर गदागर्दै फेरि लागूऔषध सेवन गर्न शुरु गरेछु । अहिले मलाई पश्चात छ उनले भने बल्ल मेरो होस् खुल्यो अब त घर परिवार र छोराछोरीको भविष्यका विषयमा सोच्नुपर्छ मैले । उनी पनि अहिले शान्ति समूह नेपालमा बसेका छन् । उनी जस्तै उक्त सुधार केन्द्रमा १५ बढी व्यक्ति रहेको संस्थाका अध्यक्ष निर्मलकुमार बस्नेतले बताए ।

यसैबीच सोही कार्यालयमा पूर्व लागूऔषध प्रयोगकर्ताका लागि एक महिने विजुली वेयरिङ सम्बन्धी सिपमूलक तालिमको आयोजना गरिएको छ । नेपाल सरकार गृहमन्त्रालय लागूऔषध नियन्त्रण इकाई काठमाडौं र चेतना नेपाल भद्रपुरको आयोजनामा उक्त तालिम सञ्चालन भएको हो । तालिमको उद्घाटन प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गरे । तालिमको उद्घाटन गर्दै प्रजिअ भुजेलले भने लागूऔषध प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गइरहेको र यसलाई नियन्त्रणको लागि स्थानीय निकायबाट नै अभियान शुरु गर्नुपर्छ ।

कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षाक शैलेस क्षेत्रीले लागूऔषध प्रयोगकर्ताको संख्या घटाउन सीमा क्षेत्रमा कडाई गरिनुपर्ने र जनचेतना अभिबृद्धि गर्न जरुरी रहेको बताए । उनले भने प्रहरीले यति र उति लागूऔषध ओसारपसारमा संलग्न भएकालाई पक्राउ गरियो भन्दा पनि लागूऔषध भित्र्न नदिन नै मुख्य भूमिका हुन्छ । झापामा ८ वटा सुधार गृह सञ्चालनमा रहेका छन् । ति सुधार गृहका १० जना समूहलाई सुधार गृहले सिपमूलक तालिम प्रदान गर्ने बताइएको छ ।

न्यू होप फाउण्डेशन, डिग्निफाइड फाउण्डेशन, लाइफलाइन हेल्प ग्रप, बिर्तामोड रिकोभरी, नाइट चेस क्लब लगायतका सुधार गृहमा राखिएका लागूऔषध प्रयोगकर्तालाई तालिम प्रदान गर्न लागिएको जनाइएको छ । झापा जिल्ला युवा समिति अध्यक्ष छवि चुडाल, सामुदायिक तथा विद्यार्थी स्वास्थ्य सरोकार केन्द्रका सञ्चालक मनोरम चिमरिया लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा स्वागत शान्ति समूह नेपालका अध्यक्ष निर्मलकुमार बस्नेतले गरेका थिए ।

सामुदायिक तथा विद्यार्थी स्वास्थ्य सराृेकार केन्द्रका प्रशाुुसकीय प्रमुख अशेष चौहानले सञ्चालन गरेको कार्यक्रमको प्रशिक्षक दीर्जलाल धिमाल रहेका छन् । झापामा १ महिला सुधार केन्द्रसहित ८ वटा सुधार केन्द्रमा अझै पनि २ सय ५० बढी लागूऔषध प्रयोगकर्ता रहेको बताइएको छ ।

No comments:

Post a Comment

watch first and then search