watch first and then search

watch first and then search

Saturday, December 3, 2016

प्रदेश नं पांचलाइ टुक्राएको बिषयमा आन्दोलन चर्कियो, पांच नं प्रदेशका जिल्लाहरुमा आन्दोलन स्वरुप बन्द हर्तालमा ! (हेर्नुहोस भिडियो)


Khabar Bhitra Ko Khabar: Protest
Thousands of locals and cadres of both the ruling and opposition parties took to the street in Butwal opposing the government proposal to split Province-5 by separating hill districts from the southern


plains in course of revising the federal boundaries. Leaders from both the ruling and opposition joined the protests organized to oppose the government's move to make changes in federal boundaries in their areas. The government has proposed shifting five hill districts of Province 5 to Province 4 to make Province 5 plains-only province. Defying party lines, senior leaders from ruling Nepali. Congress (NC) Chandra Bhandari and deputy parliamentary party leader Top Bahadur Rayamajhi of CPN (Maoist Center) joined main opposition CPN-UML in the demonstrations.

डा.केसीकाे पक्षमा धरानमा र्याली : माग पुरा गरिदिन सरकार समक्ष माग



धरान, १८ मंसिर । चिकित्सा शिक्षामा भएको विकृतिको, विसगति तथा भ्रष्टाचारका विरुद्धमा अनसन बस्दै आउनु भएका प्रा.डा. गोविन्द केसीको माग पूरा हुनेमा अझै विश्वास नभएको विद्यार्थीहरुले आशंका गरेका छन् । विगतमा समेत भएका वार्ता र सहमति विरुद्ध सरकार अघि बढेको भन्दै यसपटक त्यस्तो नहोस् भन्दै आज धरानमा दबाब स्वरुप ¥यालीको आयोजना गरिएको छ ।

वरिष्ठताका आधारमा डिन बनाउनुपर्ने लगायत शैक्षिक विकृतिको विषयमा विगत २१ दिनदेखि अनसनरत प्रा.डा गोविन्द केसीको माग पूरा गराउन आज धरानमा दबाब स्वरुप ¥यालीको आयोजना गरिएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी र पूर्वाञ्चल इन्जिनियरिङ्ग क्याम्पस धरानका विद्यार्थीहरुले निकालेका सो ¥यालीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताबाट शुरु भई भानुचौक, छाताचौक हुदै पुनः भानुचौकमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्ने विद्यार्थीहरुले सरकारले केसीको उठाएका जायज माग पूरा गर्ने आश्वासन दिने अनि वार्ता गर्ने क्रम जारी रहेको भन्दै यस्तो नदोहो¥याउन सरकारसंग माग गर्दै अब भ्रष्टचारीको दिन सकिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एवविविएस पाचौ बर्षमा अध्यनरत विद्यार्थी नविन भट्टले बताउनुभयो ।

प्रेमका नाममा पैसा हात पारेर प्रेमिकाको निर्मम हत्या



नुवाकोटः सात महिनादेखि हराइरहेकी त्रिशुली बजारकी एक महिलाको प्रेम गरेर पैसा हात परेपछि हत्या भएको रहस्य खुलेको छ । गत वर्षको भूकम्पमा श्रीमानको मृत्यु भएपछि विदुर नगरपालिका ११ साँघुकी ४५ बर्षीया प्रतिमा अमात्यसँग रसुवाको ठूलोगाउँ ६ बस्ने १९ वर्षीया रमेश तामाङ नजिकिएका थिए ।

प्रतिमा भन्दा २६ वर्ष कम उमेरका रमेशले प्रतिभालाई प्रेम गरेको बहाना बनाएर पैसा हात परेपछि हत्या गरेको ढिला गरी खुलासा भएको हो । २०७३ साल जेठ ३ गतेदेखि हराएकी आफ्नी दिदी प्रतिमाको खोजीका लागि बहिनी निरा श्रेष्ठले मंसिर १३ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

अनुसन्धानकै क्रममा प्रहरीले प्रतिमा कंकाल विदुरदेखि ४० किलोमिटर पश्चिममा रहेको फिकुरी गाविस ८ को गोगने जंगलमा फेला पारेपछि घटनाबारे थप तथ्य सार्वजनिक भएको हो ।

त्रिशूली बजारमा मजदुरी गर्दै आएका रमेशले महिलासँग धेरै रकम भएको जानकारी पाएपछि प्रेमको नाटक गरेर नजिकिएको र रकम हात पारेपछि हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए ।

नौ महिनादेखि नजिकिएका प्रतिमा र रमेश गत वैशाखामा एक महिनासम्म विदुरमा लिभिङ टुगेदरको रुपमासँगै बसेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरी उपरीक्षक बोहराका अनुसार १० लाख रुपैयाँ प्रतिमासँग भएको थाहापाएपछि रमेशले उनलाई मार्ने षडयन्त्र गरेका थिए । उनले नागरिकता बनाएर विवाह दर्ता गर्न रसुवा लगेर गत जेठ २० गते फिकुरी गाविसको जंगलमा पैसाका लागि प्रतिमाको हत्या गरेको खुलेको छ ।

प्रतिमा र रमेशबीच गत वर्षको माघदेखि प्रेम सम्बन्ध रहेको रमेशको बयानबाट खुलासा भएको प्रहरी नायव उपरीक्षक ऋषिराम कर्णेलले बताए। गत वर्ष बैशाखको भूकम्पमा प्रतिमाका श्रीमान् र सासु बितेका थिए । उनका कुनै सन्तान छैनन् । उनका ससुरा र जेठाजुका परिवार भने छुट्टै बस्दै आएका छन् ।

रमेशले प्रतिमाको हत्या गरी फिकुरी गाविस ८ को गोगने जंगलमा लगेर गाडेको बयान दिएपछि प्रहरीले उक्त स्थानमा उत्खनन् गरेर बिहीबार कंकाल निकालेको हो । प्रतिमाको कंकाल सँगै प्रहरीले उनको हत्याका लागि प्रयोग भएका विभिन्न घरेलु हतियारसमेत बराबद गरेको छ । फिकुरी गाविस रसुवा र नुवाकोटको सीमा क्षेत्रमा पर्छ ।

रमेशले प्रेमिका प्रतिमाको साथमा रहेको १० लाख रुपैयाँ आफैँले लिएर खर्च गरेको बयानबाट खुलेको छ । १० लाख मध्ये दुई लाखको पल्सर मोटरसाइकल खरिद गरेको, चार लाख बैंकका जम्मा गरेको, तीन लाख रुपैयाँ साथीलाई सापटी दिएको, प्रतिमाको सुनको सिक्री र सुनको लकेट बिक्री गरेको बयान रमेशले दिएका छन् ।

प्रतिमाले त्रिशूली बसपार्कमा उनको नाममा रहेको जग्गा ६० लाख रुपैयाँमा बिक्री गरेको रहस्य खुले पनि उक्त रकमका विषयमा भने रमेशले कुनै बयान दिएका छैनन् । प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ ।प्रतिमाले लगाएको घडीका आधारमा उनको सनाखत भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए ।

प्रतिमाको हत्यापछि रमेश विदुरको कोठा छोडेर काठमाडौं भागेको बयान दिएका छन् । काठमाडौँमा ट्याटु पसल सञ्चालन गर्दै आएका उनलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो । प्रतिमाको शव भेटिए पनि उनको टाउको भने भेटिएको छैन् । प्रहरीले कंकाल पोष्टमार्टमका लागि नुवाकोटको जिल्ला अदालत त्रिशूलीमा पठाएको छ । प्रतिमाको डिएनए परीक्षणका लागि नमुना झिकेर काठमाडौँ पठाइएको छ ।

प्रतिमाको हत्यामा संलग्न रमेशलाई कर्तव्य ज्यान मुद्धामा नुवाकोट जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपालका विमललाल श्रेष्ठ आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा चौथो स्थान प्राप्त गर्न सफल



नेपालका विमललाल श्रेष्ठ आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा चौथो स्थान प्राप्त गर्न सफल भएका छन् । उनले पुरुष फिट्नेस फिजिक १७० सेन्टीमिटरसम्म उचाईमा शनिबार चौथो स्थान प्राप्त गरेका हुन् ।

विमलको स्पर्धामा विभिन्न ६ राष्ट्रका ७ खेलाडी प्रिजजिङमा सहभागी थिए । प्रिजजिङमा भारतका मंगेश गाउडी र चाइना मकाउका इयोङ वेङकुनलाई पछि पारी विमल शीर्ष ५ पाँच स्थानमा रहँदै फाइनलमा पुग्न सफल भएका थिए । विमलको स्पर्धामा सुरुमा बाँडिएको खेलाडी सूचीमा ९ खेलाडीले भाग लिने उल्लेख थियो । पछि कार्यक्रम उद्घोषकले दुई खेलाडीको नाम निर्णायक मण्डललाई हटाउन सूचित गरेपछि सात खेलाडीको अन्तिम सूची तयार गरिएको थियो । फाइनल चरणमा विमल पाँचौं स्थानमा प्रदर्शन गर्न आएका थिए । पदकबाट थोरै चुकेका विमलले फाइनलमा दक्षिण कोरियाका किम मिन वुलाई मात्र पछि पार्न सके । थाइल्यान्डका दुई खेलाडि वान्चाई कान्जानापिमिन र रत्चावत कापन्या क्रमशः पहिलो र दोश्रो भए भने इरानका शरोक कजेमी तेश्रो भए ।

भारी बोकेर कापी किन्छु,घरको आमा भनेकै मै हु ! एउटा बालकको मन छुने दैनिकी हेर्नुहोस >>>{भिडियो सहित}


The Real Story of Subas
Guaranteed vs. Non-Guaranteed Permanent Life Insurance Policies
Fifty years ago, most life insurance policies sold were guaranteed and offered by mutual fund


companies. Choices were limited to term, endowment or whole life policies. It was simple, you paid a high, set premium and the insurance company guaranteed the death benefit. All of that changed in the 1980s. Interest rates soared, and policy owners surrendered their coverage to invest the cash value in higher interest paying non-insurance products. To compete, insurers began offering interest-sensitive non-guaranteed policies. Guaranteed versus Non-Guaranteed Policies
Today, companies offer a broad range of guaranteed and non-guaranteed life insurance policies. A guaranteed policy is one in which the insurer assumes all the risk and contractually guarantees the death benefit in exchange for a set premium payment. If investments underperform or expenses go up, the insurer has to absorb the loss. With a non-guaranteed policy the owner, in exchange for a lower premium and possibly better return, is assuming much of the investment risk as well as giving the insurer the right to increase policy fees. If things don’t work out as planned, the policy owner has to absorb the cost and pay a higher premium.

संविधान संशोधन प्रस्तावको विरोधमा आज पनि रुपन्देही बन्द,चोक चोकमा टायर बालेर प्रदर्शन



संविधान संशोधन प्रस्तावको विरोधमा आज पनि रुपन्देही बन्दको आह्वान गरिएको छ । बन्दको स्थानीय र व्यापारीहरुले समेत समर्थन गरेका छन् । बन्दको प्रभाव प्रमुख शहर बुटवल र भैरहवाको साथै ग्रामीण भेगमासमेत परेको छ ।
बिहानैदेखि चोक चोकमा टायर बालेर प्रदर्शन भईरहेको छ ।

बन्दका कारण जिल्लामा यातायातका साधन संचालन हुन सकेको छैन भने व्यापारीहरले बजार ठप्प गराएका छन् । अखण्ड ५ नम्बर प्रदेश दबाब समूह र बिभिन्न संघ संस्थाको अगुवाईमा जिल्ला बन्द आह्वान गरिएको हो । बन्दको प्रभाव पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा पनि परेको छ । रुपन्देही बन्दको प्रभाव नवलपरासी, कपिलवस्तु र पाल्पामा पनि परेको छ । लुम्बिनी अञ्चलका पहाडी तीनवटा जिल्ला लगायतलाई पाँच नम्बर प्रदेशबाट टुक्र्याउने प्रस्ताव गरेपछि आक्रोश बढेको हो । संशोधन प्रस्ताव खारेजको माग गर्दै विद्यार्थीहरुले प्रधानमन्त्रीको राजिनामा मागेका छन् ।


यसअघि, पाँच नम्वर प्रदेश टुक्राउने गरी सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको विरोधमा हिजो बुटवलमा विशाल जनप्रदर्शन भएको थियो । प्रदर्शन तथा सभामा सत्तारुढ दलकै केन्द्रीय नेताहरुले समेत संशोधन प्रस्ताव सरकारको नभएको र विदेशी इशारामा आएको आरोप लगाएका थिए ।

चिसो भुँइमा विद्यार्थी



युवराज कँडेल, बागलुङको ढोरपाटन स्थित जनज्योति विकास निम्न माध्यमिक विद्यालयका विद्यार्थी पूर्वाधारको अभावमा चिसो भुइँमा बसेर पढ्न बाध्य भएका छन् । कक्षा कोठामा बस्ने फर्निचरको व्यवस्था नहसँदा चिसो भँुइमा बसेर पठन पाठन गरिरहेका छन् ।


२०१७ सालमा स्थापना भएको उतm विद्यालय ४ बर्ष अघिमात्रै निमावि तहमा स्तरवृद्धि भएपनि पूर्वाधारको अभाव देखिएको हो । बिद्यालयमा जिल्ला शिक्षा कार्यलय मार्फत १३ लाखको लागतमा २ कोठे भवन निमार्ण भएपनि कार्यालय र कम्युटर प्रयोगशाला व्यवस्थापन गर्नुपर्ने भएपछि विद्यार्थीहरुलाई जीर्ण भवनामा नै पढाउनु परेको विद्यालयका प्रधान अध्यापक चक्र बहादुर अदैयीले बताउनुभयो । अहिले कक्षा १ र २ का विद्यार्थी भँुइमा कार्पेटको भरमा अध्यन गरीरहेका छन् ।

हिँंउदको समयमा चिसो हावा चल्ने ढोरपाटनमा बिद्यालयका झ्याल ढोका समेत नहँदा पढ्न समस्या भएको कक्षा ६ कि छात्रा भेषमाया विकको गुनासो रहको छ । बिद्यालयको जीर्ण भवन, पर्याप्त फर्निचरको अभावको कारण गुणस्तरीय पठन पाठनमा समस्या भएको विद्यालयका शिक्षक श्यामकुमार विश्वकर्माले बताउनुभयो ।


४ सय ५३ जना विद्यार्थी रहेको उक्त विद्यालयमा ११ जना शिक्षक रहेको विद्यालयमा ३ जना शिक्षकको मात्रै प्रावि तहको दरबन्दी रहेको छ । ४ जनालाई विदेशी संस्थाको ‘एलआर डि डोनाल्जी’ फ्रान्सेली परियोजनाबाट सेवा सुविधा लिदैँ आएका छन् भने अन्य ५ जनालाई स्थानीय अभिवावकहरुबाटै चन्दा संकलन गरेर तलब भत्ता दिदै आएको छ । विद्यालयमा कम्प्युटर बिषयको पठनपाठन हुने भएपनि पर्याप्त कम्युटर नहुँदा प्रयोगात्मक सिकाइ प्रवाभित भएको विद्यालयले जनाएको छ । बागलुङको सबै भन्दा दुर्गम गाँउमा रहेको उतm बिद्यालयले सबै क्षेत्रबाट समस्या झेलिरहँदा समेत जिल्ला शिक्षा कार्यालय लगायतका सरोकारवाला निकायहरुले चासो नदिएको स्थानीयबासीको गुनासो छ ।

नेपालीलाई खुसीको खबर : सितापाइला बाट नौबिसे सम्म नेपालको पहिलो सुरुङमार्ग यसरी बन्दैछ धमाधम कसरी र कस्तो बनैदै छ नेपाल कै सबै भन्दा पहिलो सुरुङमार्ग ? || हेर्नुहोस भिडियो सहित


Naubise-Nagdhunga stretch can take what seems like an eternity
The 14-km Naubise-Nagdhunga stretch can take what seems like an eternity to traverse for the weary passengers trying to enter the national capital by road. Long lines of vehicles, big and small, wind their way down from the chicken-neck of Nagdhunga check-post, waiting for the police inspection at the check-post after which they can roll into Kathmandu Valley. On an average day, you will spend at least an hour on this stretch, queued up, as your vehicle inches its way forward. But there would have been no need to wait for so long had there been a straight road between Naubise and Nagdhunga. In fact, when (if) the proposed 2.5-km tunnel road between the two destinations is completed by its 2022 deadline, this travel time will be cut to no more than 10 minutes. So it comes as great news to frequent travelers on this dusty and dilapidated road that the cabinet has just approved a soft loan for the road tunnel worth Rs 18 billion that is being extended by the Japan International Cooperation Agency (JICA). The Department of Roads will now start working on what will be the first tunnel road project in Nepal.
This is not a big project. But if it is completed, as and when desired, it will represent one more significant step to make road travel in Nepal safe and hassle-free. Only yesterday, we had welcomed the addition of 30 new buses to Sajha Yatayat fleet. Sajha’s cheap, convenient and timely bus service, which includes long-distance buses, could in fact revolutionize road travel in Nepal. Meanwhile, Kulman Ghising, the new chief of Nepal Electricity Authority (NEA), has shown how small power projects, together, can completely do away with the perennial bugbear of Nepalis: the long hours of load-shedding. NEA under Ghising is a living proof of the power of small. And this is how we also see the Naubise-Nagdhunga tunnel road project. Nepal’s road transport will improve only if we get these little projects right. The tunnel project is even more important because it will be the first of its kind in Nepal and if it is a success it will open the door to significantly reduce travel times to other hilly areas of Nepal—for it is now possible to tunnel even the hardiest mountains.

बस र यात्रुलाई यस्तो छ नयाँ नियम, उल्लंघन गरे पैसा तिर्नुपर्ने

काठमाडौं, १८ मंसिर । बस, माइक्रो बस वा टेम्पोमा यात्रा गरिरहेको बेला झ्यालबाट पानीको बोतल, खानेकुराका अवशेष वा प्लास्टिक फाल्ने गर्नुभएको छ भने अब आफ्नो बानी सुधार्नुहोला । किनकि, सार्वजनिक सवारीमार्फत यात्रा गर्ने यात्रुहरूले झ्यालबाट फोहोर फालेको पाइएमा सरकारले फोहोरमैला व्यवस्थापन ऐनबमोजिम जरिवानासहित कारबाही गर्ने तयारी गरेको छ । राजधानी दैनिकले समाचार छापेको छ ।
सार्वजनिक सवारीमा यात्रा गर्नेहरूले जुनसुकै बेला जथाभावी रूपमा फोहोर फाल्नाले सहर तथा सडक झन् फोहोर बनेको भन्दै सरकारले आगामी १ पुसदेखि नै झ्यालबाट फोहोर फाल्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुहरूले उत्पादन गरेको फोहोर व्यवस्थापनसम्बन्धी शुक्रबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच ११ बुँदे सहमति भएको छ । मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले हस्ताक्षर गरेको सहमति पत्रमा आगामी १ पुसदेखि काठमाडौं उपत्यकासहित देशभर चल्ने प्रत्येक सार्वजनिक सवारीसाधनमा महासंघले फोहोर फाल्ने डस्टविन वा झोलाको व्यवस्थापन गर्ने डस्टविन राखिएको सूचना दिने र सूचना पाएपछि पनि कसैले झ्यालबाट फोहोर फालेको पाइए सरकारले कारबाही गर्ने उल्लेख छ ।
हाल देशभर करिब ३ लाख भाडाको साधन रहेको बताइएको छ । सहमति पत्रमा प्रत्येक भाडाको सवारीमा डस्टविन राखिने र झ्यालबाट फोहोर नफाल्न यात्रुहरूलाई बारम्बार सूचना दिइने उल्लेख छ । ‘लामो दुरीमा चल्ने सार्वजनिक सवारीसाधनले भने पहिलो पटक सूचना जारी गरेपछि प्रत्येक ३ घण्टामा त्यस्तै जानकारी गराउने, रात्रिकालीन सेवाका बसले भने राति ८ बजेपछि खाना खाने समयमा बाहेक थप सूचना जारी गर्न आवश्यक नहुने,’ सहमति पत्रमा उल्लेख छ, ‘यो अभियानमा अटेर गर्नेहरूलाई सम्झाउने र नमानेमा फोहोरमैला व्यवस्थापन ऐन ०६८ बमोजिम सवारीचालक र यात्रुलाई कारबाही गर्ने ।’ फोहोरमैला व्यवस्थापन ऐनमा सार्वजनिक स्थानमा फोहोर फाल्ने व्यक्तिलाई ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।
तर, सुरुवातमा सिधै कारबाही गर्नुभन्दा अगाडि एक महिनासम्म अर्थात् आगामी पुस महिनाभरि देशभर चल्ने प्रत्येक सार्वजनिक सवारीमा फोहोरमैला व्यवस्थापनसम्बन्धी प्रचार तथा जनचेतना जगाउने र त्यसपछि अटेर गरेमा कारबाही गरिने मन्त्रालयका सचिव अधिकारीले बताए ।

फिफा फुटबल अवार्ड : उत्कृष्ट तीनमा को को ?



मंसिर १८ – विश्व फुटबलको प्रशासकीय निकाय फिफाले आउँदो जनवरी ९ मा प्रदान गर्ने फिफा बेस्ट अवार्ड अन्तर्गत वर्ष पुरुष खेलाडी, प्रशिक्षक, महिला खेलाडी प्रशिक्षक तथा वर्षको उत्कृष्ट गोलका लागि मनोनयमा पर्ने अन्तिम तीन प्रतिस्पर्धीको नाम सार्वजनिक गरेको छ । वर्ष पुरुष खेलाडीमा क्रिष्टियानो रोनाल्डो, एन्टोनी ग्रिजम्यान र लियोनल मेस्सी अन्तिम तीनमा परेका छन् ।
कुन विधामा को को परे ?
उत्कृष्ट वर्ष प्रशिक्षक (पुरुष)
क्लाउडियो रानिएरीः लिसेस्टर सिटी
फर्नान्डो सान्तोसः पोर्चुगल
जिनेदिन जिदानः रियल मड्रिड

    जिल एलिसः अमेरिका
    सिल्भिया निइदः जर्मनी
    पिए सनधागीः स्वीडेn
    मेलनी बेरिङ्गरः जर्मनी र बार्यन म्युनिख
    कारली लाइडः अमेरिका र हटसन डास
    मार्टाः ब्राजिल र एफसी रोसेनगार्ड

डा. केसीको अनशनः वार्ता निष्कर्षबिहीन, आज फेरि वार्ता हुने



काठमाडौं, मंसिर १८ – अनशनरत डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्न शुक्रबार राति अबेरसम्म भएको वार्ता निष्कर्षबिहीन भएको छ ।

राति अबेरसम्म शिक्षा मन्त्रालयमा भएको त्रिपक्षीय वार्ताबाट निष्कर्ष ननिस्किएपछि शनिबार बिहान ९ बजे फेरि वार्ता हुने गरी वार्ता स्थगित भएको हो ।

वार्ताबारे जानकारी दिँदै शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले डा. केसीले उठाएका वरिष्ठताका आधारमा डिन नियुक्त गर्ने मुख्य मागलाई तत्काल सम्बोधन गर्न प्राविधिक कठिनाइ भएको बताउनुभयो । ‘प्रक्रिया पु¥याएर डिनको नियुक्ति गर्न आज समयले पुगेन’ उहाँले भन्नुभयो ‘त्यसका लागि त्रिविका पदाधिकारीसँगको छलफलमा जतिसक्दो चाँडो टुङ्गो लगाउन सहमत भइयो ।’

उहाँले भन्नुभयो, ‘त्रिवि स्वायत्त निकाय भएकाले उसको आफ्नै प्रक्रियाअनुसार डिनको नियुक्ति गर्नुपर्ने हुन्छ तर पनि राज्यसत्ता सरकारको नियन्त्रणमा हुने भएकाले त्यसलाई अगाडि बढाउन सरकारले सक्रियता लिएको हो, डिनको नियुक्ति सरकारले गर्ने होइन त्रिविले गर्ने हो ।’

निरन्तरको छलफलपछि सरकार र अनसनरत केसीको वार्ता टोलीले तयार पारेको सहमतिको मस्यौदाका विषयमा डा. केसीले त्रिविका उपकुलपतिको राजीनामालाई मुख्य शर्तका रुपमा उठाएपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो । यो मागका सन्दर्भमा वार्तामा छलफलै नभएको सचिव श्रेष्ठले बताउनुभयो ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठका अनुसार दुई वार्ता टोलीबिच १० बुँदे सहमतिपत्र तयार भएपनि हस्ताक्षर हुन बाँकी छ । सहमतिअनुसार केही दिनअघि नियुक्ति हुनुभएका चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन डा. केपी सिंहले राजीनामा दिइसक्नुभएकाले शनिबार नै डिन नियुक्त गर्नेलगायत विषयमा सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।

वार्तामा सहभागी स्वास्थ्य मन्त्री गगन थापाले डिनको नियुक्तिको विषय स्वास्थ्य मन्त्रालयको क्षेत्राधिकारभित्र नपर्ने भएकाले वार्तामा आफूले सहजकर्ताको भूमिका मात्र निर्वाह गरेको प्रतिक्रिया दिनुभयो ।

वार्तामा स्वास्थ्यमन्त्री थापा, स्वास्थ्य र शिक्षा मन्त्रालयका सचिवद्वय डा. सेनेन्द्रराज उप्रेती र शान्तबहादुर श्रेष्ठलगायत त्रिवि उपकुलपति डा. तीर्थ खनियाँ सहभागी हुनुहुन्थ्यो ।

विमान दुर्घटनामा बाच्न सफल निटोले फेरि फुटबल खेल्ने सम्भावना

मंसिर १८ – कोलम्बियमा भएको जहाज दुर्घटनामा बाच्न सफल भएका एक खेलाडी फेरि खेल्न सक्ने उनका बुवाले बताएका छन् । गएको मंगलबार कोलम्बियामा विमान दुर्घटना हुँदा ब्राजिलको क्लब चापेकोएन्सका धेरै खेलाडीको ज्यान गएको थियो ।खेलाडी, पत्रकार, चालकदलका सदस्य तथा अरु यात्रु गरी ७७ जना रहेको विमान कोलम्बियाको मेडल्लिन शहर नजिक दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनमा ६ जना बाँच्न सफल भएका छन् । त्यसमध्ये चापेकोएन्सेका डिफेन्डर ३१ वर्षका हिलियो हर्मिटो जाम्पिएर निटो उपचारपछि फेरि खेलमा फर्किन सक्ने उनका बुवाले बताएका छन् । निटोको फोक्सो, घुँडा, नाडी र टाउकोको शल्यक्रिया भएको छ । अहिले उनको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् । बोलिभियाबाट उडेको विमान साथथ अमेरिकी क्लब कपको फाइनल खेल्न चापेकोएन्सेका खेलाडी कोलम्बिया जाँदै थिए । दुर्घटनामा टिमका १९ खेलाडीको ज्यान गयो । इन्धन सकिएकाले विमान दुर्घटना भएको लिक भएको अडियो रेकर्डिङबाट खुलेको छ । कोलम्बियाका अधिकारीले पनि इन्धन सकिएका कारण विमान दुर्घटना भएको प्रमाण बलियो हुँदै गएको बताएका छन् । दुर्घटनामा निटोसहित अरु दुई खेलाडी पनि बाँच्न सफल भएका छन् । २४ वर्षका गोलरक्षक ज्याक्सन राग्नर फोल्लमानको बायाँ खुट्टा काटिएको छ भने डिफेन्डर एलन रुसेलको स्पाइनल शल्यक्रिया भएको छ ।

विमान दुर्घटनामा बाच्न सफल निटोले फेरि फुटबल खेल्ने सम्भावना

मंसिर १८ – कोलम्बियमा भएको जहाज दुर्घटनामा बाच्न सफल भएका एक खेलाडी फेरि खेल्न सक्ने उनका बुवाले बताएका छन् । गएको मंगलबार कोलम्बियामा विमान दुर्घटना हुँदा ब्राजिलको क्लब चापेकोएन्सका धेरै खेलाडीको ज्यान गएको थियो ।खेलाडी, पत्रकार, चालकदलका सदस्य तथा अरु यात्रु गरी ७७ जना रहेको विमान कोलम्बियाको मेडल्लिन शहर नजिक दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनमा ६ जना बाँच्न सफल भएका छन् । त्यसमध्ये चापेकोएन्सेका डिफेन्डर ३१ वर्षका हिलियो हर्मिटो जाम्पिएर निटो उपचारपछि फेरि खेलमा फर्किन सक्ने उनका बुवाले बताएका छन् । निटोको फोक्सो, घुँडा, नाडी र टाउकोको शल्यक्रिया भएको छ । अहिले उनको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् । बोलिभियाबाट उडेको विमान साथथ अमेरिकी क्लब कपको फाइनल खेल्न चापेकोएन्सेका खेलाडी कोलम्बिया जाँदै थिए । दुर्घटनामा टिमका १९ खेलाडीको ज्यान गयो । इन्धन सकिएकाले विमान दुर्घटना भएको लिक भएको अडियो रेकर्डिङबाट खुलेको छ । कोलम्बियाका अधिकारीले पनि इन्धन सकिएका कारण विमान दुर्घटना भएको प्रमाण बलियो हुँदै गएको बताएका छन् । दुर्घटनामा निटोसहित अरु दुई खेलाडी पनि बाँच्न सफल भएका छन् । २४ वर्षका गोलरक्षक ज्याक्सन राग्नर फोल्लमानको बायाँ खुट्टा काटिएको छ भने डिफेन्डर एलन रुसेलको स्पाइनल शल्यक्रिया भएको छ ।

वि.सं. २०७३ साल मंसिर १८ गते। शनिबार। इश्वी सन् २०१६ डिसेम्बर ३ तारिख।







मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

बिहान धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षण हुनेछ । आज कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । आम्दानीमा कमी आउने छैन ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

गरेका प्रयासमा ढिलै भए पनि सफलता आर्जन गर्न सकिने छ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघि बढ्नेछन् । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । दिउँसोबाट भाग्य स्थानमा चन्द्रमा पुग्नाले परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्नसक्छ । पारिवारिक समस्याहरू हल हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

मध्याह्नसम्म दाम्पत्य जीवन र प्रणय सम्बन्धमा शुभफल प्राप्त हुनेछ, तर दिउँसो आठौं घरमा चन्द्रमा जाने भएकाले मायाप्रेम, रतिराग र भावुकताका क्षेत्रमा खराब ऊर्जा प्राप्त हुने सङ्केत छ, संयम र सचेत रहनुपर्छ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनुपर्ने छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । दिन छिप्पिंदै जाँदा समय भाग्यशाली हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ, घरपरिवार र सन्ततिपक्षको सहयोग मिल्नेछ । यसरी बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आउने छ यद्यपि आजको चिन्तनले थोरबहुत काम गर्नेछ । तर दिउँसोबाट सन्तुष्टि प्राप्त हुनेछ । पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

चौथो घरमा चन्द्रमा भए दिन लाभदायक रहनेछ । नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अनुकूलता मिल्नेछ । व्यापार व्यवसायबाट मिहिनेत गरेबमोजिम लाभ लिनसकिने छ । सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

सामाजिक काममा दौडधूप हुनसक्छ र धार्मिक÷सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

दिन रमाइलो गरी बित्नेछ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । स्वास्थ्य सबल छ । बन्दव्यापारमा फाइदा छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सुरुमा साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन । स्फूर्ति र उमङ्गको कमी हुनेछ तर अपराह्नतिर विलासिता र रमणीयतातर्फ मन आकर्षित हुनेछ । भोगविलास र रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ । प्रारम्भमा मनमा दोधार भए पनि अन्त्यमा जोस र जाँगर बढ्ने दिन छ, महत्त्वाकाङ्क्षा त्यागी अघि बढेमा लाभ मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । कृषिजन्य व्यवसायमा गरिएको मिहिनेतबाट लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ । सानातिना कामको झमेला आउनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ, गरेका काम सफल हुनेछन् । सम्मान र साख आर्जन गरिने छ । अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ ।

निमोनिया कसरी हुन्छ र जोगाउने कसरी ?



निमोनियाको संक्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकाहरुलाई हुन्छ र त्यो उमेर समूहमा मृत्युको पहिलो कारक पनि निमोनिया नै हो।बालबालिकाहरुको मृत्यु गराउने प्रमुख रोगहरु मध्ये निमोनिया मुख्य रोग हो।

निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको खराबी हो, जसमा फोक्सोका कोषहरू सुनिन्छन् अनि श्वासप्रश्वासमा बाधा पुग्दछ । ब्याक्टेरिया र भाइरसले निमोनिया गराउँछ। निमोनिया धेरै जसो सुक्ष्म किटाणूहरु जस्तै विभिन्न ब्याक्टेरियाहरु भाइरसहरु वा फंगसहरुले गराउदछन् । उमेर तथा अन्य स्वास्थ्य अवस्थाहरुले गर्दा यी विभिन्न किटाणुहरुको संक्रमणले प्रभाव पार्दछ ।

जस्तो कि समुदायमा हुने निमोनियामा ३ हप्ता को उमेर देखि ४ बर्षको उमेरसम्मका बालबालिकाहरुमा स्ट्रेप्टोकोकस निमोनिया नामक ब्याक्टेरीयाको संक्रमण बढी हुन्छ । त्यस्तै पाँच बर्ष भन्दा पछिको बालबालिका हरुमा माइकोप्लास्मा निमोनिया र क्लामाइडीया भन्ने किटाणुको संक्रमण बढी हुन्छ । यी बाहेक अरु स्वस्थ्य बच्चाहरुमा हेमोफिलस इन्फ्लुएन्जा, ग्रपु ए स्ट्रेप्टोकोकस र इस्टाफाइलोकोकस ले निमोनिया गराउँदछन् । एचआईभी एड्स भएका बच्चाहरुमा टिवि वा निमोसिसटिस जेरोवेसी, साल्मोनेला, ई कोलाई तथा एटिपिकल माइको ब्याक्टेरियाले निमोनिया गराउँदछन् ।

विश्वभर वर्षेनी ५ वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु निमोनियाले गर्दा हुन्छ भने नेपालमा ५ वर्ष मुनिका ३५ लाख वच्चाहरु मध्ये ५६ सय जनाको मृत्यु हुन्छ। मृत्यु हुनेहरु मध्ये ९८५ बालबालिकाहरु नेपाल जस्तो कम विकासोन्मुख देशका पर्दछन्। आँखाले देख्न नसकिने सुक्ष्म जिवाणुहरु हो जुन प्रत्येक मानिसको नाक र घाँटीमा हुन्छ तर यी जिवाणुहरु जब फोक्सो भित्र पस्छ यसले संक्रमणले निमोनियाँ गराउँछ।

निमोनिया रोगका लक्षणहरु

सुरुमा खोकी लाग्ने, नाकबाट सिंगान बग्ने र हल्का ज्वरो आउने साधारण रुघाखोकी लाग्ने र पछि छिटो छिटो सास फेर्ने वा सास फेर्न गाहो हुनु। ज्वरो (१०२ भन्दामाथि) कडा निमोनिया भएमा वच्चा खान पिउन नसक्ने, सुस्त वा बेहोस हुने, आमाको दूध चुस्न नसक्ने हुन्छ र कसै कसैमा सास फेर्दा अस्वाभाविक आवाज सुनिने पनि गर्दछ।छिटो छिटो सास फेर्ने कोखा हान्ने निलो हुने जस्ता लक्षणहरु रोगको अबस्था बिग्रदै जाँदा बढ्दै जान्छन ।

निमोनियाको उपचार कसरी गर्ने ?

केहीलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ भने केहीलाई औषधि दिएर घर पठाउन सकिन्छ। अवस्था सामान्य भएकाहरूलाई भने घरमै सामान्य हेरविचार गरेर राख्न सकिन्छ। निमोनियाको उपचार एन्टिवायोटिक र सरल तरिकाबाट गर्न सकिन्छ। शिशुहरुमा विशेषत नवजात शिशुहरुलाई भर्ना गरेर उपचार गर्नु पर्ने हुन्छ । शिशुहरुमा विशेषत नवजात शिशुहरुलाई भर्ना गरेर उपचार गर्नु पर्ने हुन्छ। बच्चाले छिटो छिटो श्वास फेरेमा, बच्चाको कोखा हानेमा, बच्चाले झोल खाने कुरा खान नसकेमा, बच्चाले आमाको दूध चुस्न नसके समयमै उपचार नगरे बिरामीको स्वास्थ्य अत्यन्त बिग्रने हुँदा अस्पताल जान जरुरी छ ।

डा. अरुण कुमार सिंह, बालरोग विशेषज्ञ, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान

बिचरा पसिना बगाएर दुइ छाक खाने रिक्सा ड्राइभरलाई नेपाल प्रहरीले लात्तै लात्तले हाने >>> {भिडियो सहित}


Challenging Nepali Police By A Boy
Policeman are those person who stays for the security of people but in some time they becomes so complicated that it is very hard to deal with them.



They just be so stubborn that they don’t listen anyone and holds their thought and words. Here Street Nepal presents a video of street where you can see how police and a man who collects a coward are quarreling.The man who collects co.

५ नम्बर प्रदेश टुक्र्याउँदा तराई–मधेसमा बेखुसी’



प्रदेश नम्बर ५ अन्तर्गतको तराई–मधेस र पहाड अलग्याउने गरी भएको संविधान संशोधन प्रस्तावले तराई–मधेसमा असन्तुष्टि छाएको छ ।५ नम्बर प्रदेशका पहाडी जिल्लालाई अर्को प्रदेशमा गाभ्ने प्रस्तावले बर्दियामा मधेसी अगुवाले विरोध गरेका छन् ।

यो प्रस्तावले हिाल, पहाड र तराईबीचको सम्बन्ध तोड्न खोजिएको उनीहरुको भनाइ छ ।स्थानीय मधेसी अगुवा समिम अन्सारीले पहाडलाई टुक्र्याउँदा समावेशी सिद्धान्तविपरीत हुने बताएको आजको नागरिक दैनिकमा समाचार छ ।

गुलरिया १२ का अगुवा महावीर गोडिया प्रस्ताव फिर्ता नभए मधेसी पनि आन्दोलनमा उत्रिने बताउँछन् ।प्रदेश टुक्र्याउन खोजिएको भन्दै शुक्रबार युवा संघले गुलरियामा दुई घण्टा चक्काजमा गरेको थियो ।

Friday, December 2, 2016

को को होलान् यो वर्षका उत्कृष्ट ११ फुटबलर ? हेर्नुस् मनोनयनमा परेका ५५ जना



मंसिर १७ – सन् २०१६ को अन्तिम महिना सुरु भइसकेको छ । सन् २०१६ मा उत्कृष्ट प्रशर्दश गर्ने ११ जना खेलाडीलाई फिफा ११ बाट सम्मानित गरिन्छ । जसका लागि सुरुवाती चरणमा ५५ जना खेलाडी मनोनयनमा परेका छन् । यो चरणमा आफ्ना खेलाडीका समर्थकले भोट दिन पाउने छैनन् । अर्को चरणबाट भने समर्थकले एउटा गोल किपर, चार जना डिफेन्डर, तीन जना मिडफिल्डर र तीन जना फरवार्डलाई भोट गर्न सक्ने छन् । त्यस्तै उनीहरुले आफूलाई मन परेको टिमलाई पनि भोट गर्न सक्नेछन् ।
मनोयनमा परेका ५५ खेलाडी

क्लाउडियो ब्राभो – बार्सिलोना, – चिली

जियानलुइजी बुफोन – युभेन्टस, – इटाली

डेभिड डि गे – म्यानचेष्टर युनाइटेड, – स्पेन


केलोर नाभस – रियल मड्रिड, – कोस्टरिका


म्यानुल नेउर – बायन म्युनिख, – जर्मनी


डेभिड अल्बा – बायन म्युनिख, – अष्ट्रिया


जोर्डी आल्बा – बार्सिलोना, – स्पेन


सेर्ज आयुर – पेरिस सेन्ट जर्मेन, – कोटडिभोर


हेक्टर बेल्लेरिन – आर्सनल, – स्पेन


जेरोमी बोन्टेज – बायन म्युनिख, – जर्मनी


लियानार्डो बोन्युसि – युभेन्टस, – इटाली


डानी कार्भाजाल – रियल मड्रिड, – स्पेन


जर्जियो चिलिनी – युभेन्टस, – इटाली


डानी अल्भेस – ब्रासिलोना, युभेन्टस – ब्राजिल


डेभिड लुइज – पिएसजी, चेल्सी, – ब्राजिल


डिएगो गोडिन – एथ्लेटिको मड्रिड, – उरुग्वे


म्याट्स ह्यूमेल्स – ब्रोसिया ड्रटमन्ड, वायन म्युनिख, – जर्मनी


फिलिप ल्हाम – वायन म्युनिख, – जर्मनी


मार्सेलो – रियल मड्रिड, – ब्राजिल


जेभियर मस्चेरानो – बार्सिलोना, – अर्जेन्टिना


पेपे – रियल मड्रिड, – पोर्चुगल


जेरार्ड पिके – बार्सिलोना, – स्पेन


सर्जियो रामोश – रियल मड्रिड, – स्पेन


थिएगो सिल्भा – पेरिस सेन्ट जर्मेन, – ब्राजिल


राफेल भाराने – रियल मड्रिड, – फ्रान्स


जाभि अलन्सो – वायन म्युनिख, – स्पेन


सर्जियो बुसक्वेट्स – बार्सिलोना, – स्पेन


केभिन डि ब्रुयन – म्यानेचेस्टर सिटी, – बेल्जियम


इडेन हाजार्ड – चेल्सी, – बेल्जियम


आन्द्रे इनियस्टा – बार्सिलोना, – स्पेन


एन्गुलु कान्ट – लिसेस्टर सिटी, – फ्रान्स


टोनी क्रुस – रियल मड्रिड, – जर्मनी


लुका मोडरिक – रियल मड्रिड, – क्रोयसिया


मेजुट ओजिल – आर्सनल, – जर्मनी


डिमिट्रि पायट – वेष्ट ह्याम युनाइटेड, – फ्रान्स


पौल पोग्बा – युभेन्टस, म्यानचेस्टर युनाइटेड, – फ्रान्स


इभान र्‍याकेटिक – बार्सिलोना, – क्रोयसिया


डेभिड सिल्भा – म्यानचेस्टर सिटी, – स्पेन


मार्को भेर्राट्टी – पेरिस सेन्ट जर्मेन, – इटाली


अर्टुरो भिडाल – युभेन्टस, – चिली


सर्जियो अग्युरो – म्यानचेस्टर सिटी, – अर्जेन्टिना


गारेथ बेल – रियल मड्रिड, – वेल्स


करिम बेन्जामा – रियल मड्रिड, – फ्रान्स


क्रिष्टियानो रोनाल्डो – रियल मड्रिड, – पोर्चुगल


पाउलो डिबाला – युभेन्टस, – अर्जेन्टिना


एन्टोनी ग्रिजम्यान – एथलेटिको मड्रिड, – फ्रान्स


गोन्जालो हिग्वेन – नापोली, युभेन्टस, – अर्जेन्टिना


जाल्टन इभ्राहिमोभिच – पिएसजी, म्यानचेस्टर युनाइटेड, – स्वीडेन


रोबर्ट लेवान्डोस्की – वायन म्युनिख, – पोल्याण्ड


लियोनल मेस्सी – बार्सिलोना, – अर्जेन्टिना


थोमस मुलर – वायन म्युनिख, – जर्मनी


नेयमार – बार्सिलोना, – ब्राजिल


एलेक्सिस सान्चेज – आर्सनल, – चिली


लुइस स्वारेज – बार्सिलोना, – उरुग्वे


जेमी भार्डी – लिसेस्टर सिटी, – इंग्ल्याण्ड

watch first and then search