watch first and then search

watch first and then search

Tuesday, August 14, 2018

भीर फुटेर खसेको पहिरोले २ वटा घर बगायो, ५ घर उच्च जोखिममा

जाजरकोट । जाजरकोटमा दुईवटा घर पहिरोले बगाएको छ भने पाँचवटा उच्च जोखिममा परेको छ । नलगाड नगरपालिका–१२ ठुलाबगरमा पहिरोले दुईवटा घर बगाएको हो । अविरल वर्षापछि खसेको पहिरोले भविन्द बस्नेत र ककबहादुर बस्नेतको घर पुर्णरूपमा पुरेको हो । यस्तै अन्य ५ जना स्थानीयका घर जोखिममा परेका छन्। घरदेखि माथि भीर फुटेर आएको पहिरोले यहाँका स्थानीयहरुका घर पुर्नुका साथै जोखिममा पारेको स्थानीयले बताएका छन् । यस्तै पहिरोले रुकुमको गोतामकोट र जाजरकोट ठुलोवगर जोड्ने भेरी नदीको पुलसमेत जोखिममा पारेको छ।

Thursday, August 9, 2018

अाफ्नाे म्यूजिक भिडीयाे हिट बनेपछि यसरी अंग्रेजी बाेले भुईकटहर(भिडियोमा हेर्नुहोला)

Kathmandu, 9th August, Ashok is not a new name for audience who are active on social media as Ashok Darji has created a storm over YouTube. His most of the interview are on trending and his first recorded song is also in trending. Ashok Darji who is from a poor family has become a star on social media. We need to discover other many talent and provide proper platform. Ashok Darji is going to perform in US soon. Recently Ashok Darji, AR, DJ Rupak and Tanka met PM KP Sharma Oli. His second song is in you tube trending, Here is a a video report about Ashok’s friend

Tuesday, July 31, 2018

बाहिरियो डरलाग्दो तथ्यांकः १ हजार २९ जनाको बलात्कार, परे ७ वर्षकी बालिकादेखि ६२ वर्षीया वृद्धासम्म



प्रदेश नम्वर १ मा बलात्कार घटना बढ्दै गएको अधिकारकर्मीहरुले बताएका छन् । पछिल्लो तथ्यांक अनुसार प्रदेश नम्वर १ मा बलात्कारका घटना बढ्दै गएको अधिकारकर्मीहरुले बताएका हुन् । तीन वर्षमा १ हजार २९ जना बलात्कारको शिकार भएको प्रदेश नम्वर १ को कार्यलयले जानकारी दिएको छ ।

१४ जिल्ला रहेको प्रदेश १ मा दैनिक १ भन्दा बढी महिला बलात्कारको शिकार हुने गरेको तथ्य बाहिरिएको छ । बलात्कृत हुनेमा ७ वर्षकी बालिकादेखि ६२ वर्षीया वृद्धासम्म छन् । बलात्कारको शिकार सबैभन्दा बढी किशोरी भएका छन् । प्रदेश १ अन्तर्गतका १४ जिल्लामा दैनिक १ भन्दा बढी बलात्कारको घटना हुने गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

मोरङ जिल्लामा मात्र यो वर्ष १ सय ३ वटा बलात्कारको घटना भएका छन् । ३ वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष ०७४÷०७५ मा ३ सय ८४ वटा बलात्कारको घटना भएका छन् आर्थिक बर्ष ०७२–०७३ मा कुल २ सय ९४ बलात्कारका घटना भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।

छक्का पन्जा ३ को नयाँ गीत सार्वजनिक ..."पहिलो नम्बर मा" कस्तो लाग्यो ?? प्रतिकृया दिनुहोला ।

Pahilo Number Maa | CHHAKKA PANJA 3 Song

watch first and then search