watch first and then search

watch first and then search

Saturday, June 2, 2018

पाल्पा–बुटवल सडकबाट आयो यस्तो खबर !

पाल्पा – सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पा–बुटवल सडक बन्द गरिएको छ । सिद्धबाबामा पटक–पटक पहिरो खसेका कारण सडक मर्मत गर्नका लागि बिहान १० देखि दिउँसो ४ बजेसम्मका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले बताउनुभयो । सामान्य वर्षाद्को समयमा पनि सो सडकमा पटक–पटक पहिरो खस्ने गरेका कारण सडक सञ्चालनमा समस्या आएको छ । सडक बन्द हुँदा पाल्पाबाट बुटवल र बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, पर्वत, पोखरा, स्याङ्जा जाने सयौँ सवारी साधन सडकमै अलपत्र परेका छन् । सो सडक उत्तर दक्षिण जोड्ने प्रदेश नं ५ को मुख्य राजमार्ग हो । सडक अवरुद्ध हुदा साविक पश्चिमान्चल विकास क्षेत्रका १२ जिल्लाका यात्रुहरुलाई आवतजावत गर्न कठिनाई परेको छ ।

बुवा बिदेश गएपछि आमाले छोड्नुभयो आज दुबै मिर्गौला फेल भयो भन्दै यी बालक मिडियामा आए र भने "मर्ने कसैलाई रहर हुदैन" मलाई बचाईदिनुहोस (भिडियोसहित)

The kidneys are two bean-shaped organs found on the left and right sides of the body in vertebrates. They are located at the back of the abdominal cavity in the retroperitoneal space. In adults they are about 11 centimetres (4.3 in) in length. They receive blood from the paired renal arteries; blood exits into the paired renal veins. Each kidney is attached to a ureter, a tube that carries excreted urine to the bladder. The nephron is the structural and functional unit of the kidney. Each adult kidney contains around one million nephrons. The nephron utilizes four processes to alter the blood plasma which flows to it: filtration, reabsorption, secretion, and excretion. Via one or more of these mechanisms, the kidney participates in the control of the volume of various body fluid compartments, fluid osmolality, acid-base balance, various electrolyte concentrations, and removal of toxins. Filtration occurs in the glomerulus: one-fifth of the blood volume that enters the kidneys is filtered. Examples of substances reabsorbed are solute-free water, sodium, bicarbonate, glucose, and amino acids. Examples of substances secreted are hydrogen, ammonium, potassium and uric acid. The kidneys also carry out functions independent of the nephron. For example, they convert a precursor of vitamin D to its active form, calcitriol; and synthesize the hormones erythropoietin and renin. Renal physiology is the study of kidney function. Nephrology is the medical specialty which addresses diseases of kidney function: these include chronic kidney disease, nephritic and nephrotic syndromes, acute kidney injury, and pyelonephritis. Urology addresses diseases of kidney (and urinary tract) anatomy: these include cancer, renal cysts, kidney stones and ureteral stones, and urinary tract obstruction. Procedures used in the management of kidney disease include chemical and microscopic examination of the urine (urinalysis), measurement of kidney function by calculating the estimated glomerular filtration rate (eGFR) using the serum creatinine; and kidney biopsy and CT scan to evaluate for abnormal anatomy. Dialysis and kidney transplantation are used to treat kidney failure; one (or both sequentially) of these are almost always used when renal function drops below 15%. Nephrectomy is frequently used to cure renal cell carcinoma.

अब विदेशबाट नेपाल फर्कदा सुन र मदिरा ल्याउन पाइन्छ कि पाइदैन ? सरकारको नयाँ नियमले पार्ने भयो यस्तो समस्या

काठमाडौं, १९ जेठ । सरकारे नयाँ बजेट ल्याएसँगै विभिन्न नयाँ नियमहर पनि ल्याएको छ । जसको सधिा असर जनताको तहमा पर्ने देखिन्छ । यसमा बिदेशमा काम गर्ने लाखौं नेपाली युवाहरु पनि अब प्रभावित हुने देखिन्छ । विदेश बस्ने युवाहरु नेपाल फर्कदा कोसेलीका रुपमा विभिन्न ब्राण्डेड मदिार बोकेर आउने गर्थे । अब भने मदिरा ल्याउन नपाइने भएको छ। विगतमा १ लिटरसम्म मदिरा ल्याउन पाइने प्रावधान थियो। सरकारले बजेटमार्फत व्यक्तिगत प्रयोजनका लागि विदेशबाट मदिरा ल्याउन नपाउने नियम लागू गरेको हो। सो सुविधाले मदिरा तस्करी बढेको भन्दै यस्तो नियम लगाइएको हो। भन्सार विभागका उपमहानिर्देशक नारायण सापकोटाका अनुसार बजेटसँगै आएको अर्थ बिधेयकले विदेशबाट मदिरा ल्याउन निषेध गरेको हो। कसैले ल्याएमा त्यो भन्सारले जफत गर्ने उनले बताए। जेठ १५ गतेदेखि नै सो नियम लागू भइसकेको छ। मदिरा ल्याउन निषेध गर्दा करिब एक अर्ब राजश्व बढ्ने अनुमान रहेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए। मदिरा निषेध गरेपनि ६ केजीसम्म खानेकुरा ल्याउन पाइने प्रावधान भने यथावत् राखिएको छ। राजश्व बढाउन सरकारल सुन आयातमा समेत कडाई गरेको छ। विगतमा ५० ग्रामसम्म सुन ल्याउन पाइनेमा अब ५० ग्रासम्मको प्रति १० ग्रामको ५ हजार २ सयका दरले र ५० देखि एक सय ग्रामसम्म प्रति १० ग्रामको ६ हजार २ सयका दरले भन्सार तिर्नुपर्ने हुन्छ। एक सय ग्राम भन्दा धेरै सुन भने ल्याउन पाइन्न।

अमेरिकी सेनाले पाँच सय नागरिक मार्यो, यस्तो आयो पछिल्लो रिपोर्ट

वासिङटन – अमेरिकी सेनाले गरेको सुरक्षा कारबाहीका क्रममा सन् २०१७ भरीमा झण्डै पाँच सय नागरिक मारिएका छन् । शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार केही मानिसहरुको मत्यु ‘अपरिहार्र्य’ रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । विश्वसनीय मानिएको सो प्रतिवेदनमा झण्डै ४९९ जनाको मृत्यु भएको र १६९ जना घाइते भएका उल्लेख गरिएको छ । अमेरिकी सेनाले इराक, सिरिया, अफगानिस्तान र यमनमा गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका जनाइएको छ । “मारिनु दुखद घटना त हो तर त्यो सुरक्षाको दृष्टिकोणले आवश्यक र जिम्मेवारीपूर्ण नै थियो,” प्रतिवेदनमा लेखिएको छ । सोमालिया र लिबियामा अमेरिकी सेनाद्धारा मारिएकाहरुको कुनै पहिचान हुन नसकेको जनाइएको छ ।

Friday, June 1, 2018

Sandeep Lamichhane EXCLUSIVE VIDEO

A key objective when the Indian Premier League (IPL) was launched in 2008 was to unearth talent in the teams’ catchment areas, and help it grow in the environment of international stars. That rule was flouted by franchises from the start as domestic talent came to the fore more by chance. But the world’s biggest T20 league is tapping into another catchment area.

कतारमा आप्रवासीका लागि पीआर सुविधा

एजेन्सी । कतारले आप्रवासीलाई स्थायी बसोवास अनुमति ९पीआर० दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ । त्यहाँको मन्त्रिपरिषद्ले आफ्नो देशमा भएका विदेशी आप्रवासीहरूलाई पीआर उपलब्ध गराउने कानून पारित गरेसँगै यस प्रक्रियाले चर्चा पाएको छ । गत सोमबार त्यहाँको सरकारले पीआरसम्बन्धी कानूनको मस्यौदा पारित गरेको थियो । कतार न्यूज एजेन्सीले जनाएअनुसार, राज्यलाई आवश्यक पर्ने विशेष पेशामा आबद्ध विदेशी कर्मचारीका साथै अन्य प्रतिभावान् व्यक्तिलार्इ पीआर उपलब्ध गराइने व्यवस्था उक्त कानुनमा रहेको छ । यस व्यवस्थाले कतारमा विदेशी जनशक्त मात्रै आकर्षित हुने नभर्इ लगानी समेत भित्रिने अपेक्षा गरिएको छ । पछिल्लो समय आर्थिक नाकाबन्दी झेलिरहेको कतारलार्इ यस व्यवस्थाले विदेशी लगानी भित्रिन गर्इ आर्थिक विकासमा टेवा पुग्ने बताइएको छ । विदेशीलाई पीआर दिनेसम्बन्धी कानून अब औपचारिक रूपमा लागू हुन १ चरण मात्रै बाँकी रहेको एजेन्सीले समाचारमा जनाइएको छ । त्यहाँका अमिर ९राजा० शेख तमिम बिन हमाद अल थानीले यसमा हस्ताक्षर गरेसँगै पीआरसम्बन्धी कानुनले मान्यता पाउने र अनि मात्र आवश्यक कार्यान्वनका पक्रिया सुरू हुनेछ ।

पाल्पा बसदुर्घटनामा ठूलो मानविय क्षती: १२ जनाको मृत्यु, १५ घाइते... मृतकहरुको आत्माको शान्तिको लागि १ शेयर गरी RIP लेखौ

काठमाडौं, १८ जेठ । शुक्रवार विहान भएको दुर्घटनामा पाल्पामा १२ जनाको मृत्यु भएके छ भने १५ जना घाइते भएका छन् । पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस शुक्रवार विहान दुर्घटना भएको हो । दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएको प्रहरीले जनाएको छ । लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान रम्भा गाउँपालिका–४, होमिनमा सडकबाट निकै तल खसेको हो । प्रहरीले दुर्घटनामा ठूलो मानवीय क्षति भएको जनाएको छ । दुर्घटनामा मृत्यु भएका सबैको अहिले सम्म सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तका अनुसार दुर्घटनामा ९ पुरुष र ३ महिलाको मृत्यु भएको जनाएका छन् । दुर्घटनामा परी घाइते भएका १५ जनालार्इ उद्धार गरी स्थानिय अस्पताल लगिएको छ । प्रहरीका अनुसार बसमा लक्ष्मी बचत तथा ऋण सहकारी संस्था सम्बद्ध २७ जना सवार थिए ।

पहिरोले बिचल्ली पारेको बुटवल-पाल्पा खण्डमा यस्तो छ पछिल्लो अवस्था

बुटवल, १८ जेठ । बुटवल पाल्पा खण्डको सिद्धबाबा हेडबक्समा गएको पहिरो हटाउन समस्या भएको छ । पहिरो हटाउन डोजरहरु प्रयोग भईरहेपनि पहिरो खसिरहेकाले समय लाग्ने पश्चिम क्षेत्रीय ट्राफिक कार्यलयले जनाएको छ । उक्त स्थानमा राति तीन बजे पहिरो खस्न शुरु भएकोथियो । पहिरो अहिले पनि गईरहेको छ । रातिदेखि नै यातायात अबरुद्ध छ । पहिरोमा स्थानीय गोपाल रेश्मी बेपत्ता भएको आशंका गरिए पनि पुष्टि भएको छैन् । पहिरो क्षेत्रमा खटिएका ट्राफिक हवल्दार बिन बहादुर थापाले बिहान उनको मोबाईलमा घण्टी गएपनि अहिले स्विचअफ छ । सोही स्थानमा गत दशैंमा यात्रु बहाक बस पुरिएको थियो ।र,झण्डै १५ दिनसम्म पहिरो गईरहेकोथियो । यसैबिच शुक्रवार विहान भएको दुर्घटनामा पाल्पामा १२ जनाको मृत्यु भएके छ भने १५ जना घाइते भएका छन् । पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस शुक्रवार विहान दुर्घटना भएको हो । दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएको प्रहरीले जनाएको छ । लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान रम्भा गाउँपालिका–४, होमिनमा सडकबाट निकै तल खसेको हो । प्रहरीले दुर्घटनामा ठूलो मानवीय क्षति भएको जनाएको छ । दुर्घटनामा मृत्यु भएका सबैको अहिले सम्म सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तका अनुसार दुर्घटनामा ९ पुरुष र ३ महिलाको मृत्यु भएको जनाएका छन् । दुर्घटनामा परी घाइते भएका १५ जनालार्इ उद्धार गरी स्थानिय अस्पताल लगिएको छ । प्रहरीका अनुसार बसमा लक्ष्मी बचत तथा ऋण सहकारी संस्था सम्बद्ध २७ जना सवार थिए ।

Thursday, May 31, 2018

अब हस्तलिखित नागरिकता नचल्ने, १८ हजार नागरिकता नष्ट गरियो

पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालय प्रयोजनमा ल्याउन नमिल्ने १८ हजार नागरिकताका प्रमाणहरु नष्ट गरेको छ । कार्यालयले बुधबार प्राङगणभित्रै १७ हजार ९५३ वटा नागरिकताका पुराना प्रमाण नष्ट गरेको हो । जिल्ला प्रशासन कार्यालय, पर्वतबाट २०६९ साउन महिनाबाट सिम्स सफ्टवेयर प्रयोग गरी कम्प्यूटर प्रणालीबाट नागरिकता वितरण गर्न शुरु गरेपछि अहिले उक्त फाइल रेकर्ड नष्ट गरिएको हो । गत वर्षसम्म जिल्लाको दुर्गममा आयोजना गरिने घुम्ती शिविरमा ती हस्तलिखित नागरिकता कार्ड प्रयोजनमा ल्याइएको भए पनि अहिले घुम्ती शिविरमा समेत कम्प्युटर प्रणालीबाट नागरिकता वितरण गर्न थालिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । सोसँगै जिल्ला प्रशासन कार्यालय, पर्वतले कार्यालयको स्टोरमा थन्किएका पुराना कागजातसमेत नष्ट गरेको छ । स्टोर शाखा प्रमुख नारायण अधिकारीका अनुसार पुनःप्रयोगमा ल्याउन नसकिने छापहरु तथा २०५० देखि ०६५ सालसम्मका चलानी रजिष्ट्रारसमेत नष्ट गरिएको बताए । प्रविधिको विकाससँगै हस्तलिखित कागजात नष्ट गरिने भएको छ । अहिले गाउँगाउँमा सञ्चालन हुने घुम्ती शिविरमा समेत कम्प्यूटरकै प्रयोग हुने गरेको छ । यसैबीच, जिल्ला प्रशासन कार्यालयले विकट गाउँका बासिन्दालाई गाउँमै सेवा दिने उद्देश्यले शुक्रबार र शनिबार महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा नागरिकता वितरण घुम्ती शिविर आयोजना गरेको जानकारी दिएको छ ।

जब केपी ओली र प्रचण्डले एउटै मञ्चबाट अंग्रेजीमा भाषण गरे ! प्रचण्ड र ओलीमा देखियो धेरै फरक (भिडियोसहित)

काठमाडौँ, १६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाका आधारमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताउनुभएको छ । विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मसाल) ले आयोजना गरेको “माक्र्सवाद र समाजवाद” विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले माक्र्सवादको मार्गदर्शनमा नेपालमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको ऐतिहासिक एकताबाट निर्मित नेकपाले राजनीतिक स्थिरता, आर्थिक समृद्धि, सामाजिक न्याय र समानता कायमसहित समाजवादतर्फको यात्रा तय हुने बताउनुभयो । उहाँले जनताको बहुदलीय जनवादले कम्युनिष्ट आन्दोलनलाई दिएको लोकप्रियता र वैधता तथा माओवादी जनयुद्धले दिएको राजनीतिक चेतनाको जगमा जनताको सर्वाेच्चतालाई स्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न सरकारले कार्यक्रम अघि बढाएको धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेकपाले सामान्तवाद र साम्राज्यवादको विरोध गर्दै लोकतान्त्रिक आन्दोलनमा सफलता हासिल गरी अब श्रमिक वर्गको चाहनालाई पूरा गर्न समृद्ध समाजवादी यात्राका लागि बाटो तय गर्नेछ ।” विश्व पूँजीवादले नवउदारवादलाई नियन्त्रण गर्न नसकी संकटमा परिरहेको सन्दर्भमा समाजवादी यात्राको विकल्प नभएको तर कम्युनिष्टहरुले सामाजिक र राष्ट्रिय परिवेशका आधारमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रधानमन्त्री ओलीले माक्र्सवादको प्रभावका कारण सामाजिक न्याय, समानता, स्वतन्त्रता र प्रबन्धमा विश्वमा सकारात्मक प्रभाव परेको तथा एक्काइसांै शताब्दीमा पनि माक्र्सवाद उत्तिकै सामयिक विज्ञानका रुपमा रहेको बताउनुभयो ।

डा. बाबुराम भट्टराई र उपेन्द्र देवकोटालाई पढाएका ८१ बर्षका बृद्ध बिदेशी नागरीक कलिन स्मीथ पोखरामा यस्तो अवस्थामा भेटीए ! उनि भन्छन्,’म नेपाली भएर मर्न चाहन्छु ‘मलाई सेतीमा जलाइदिनु’ (भिडियोसहित)

डा. बाबुराम भट्टराई र उपेन्द्र देवकोटालाई पढाएका ८१ बर्षका बृद्ध बिदेशी नागरीक कलिन स्मीथ पोखरामा यस्तो अवस्थामा भेटीए ! उनि भन्छन्,’म नेपाली भएर मर्न चाहन्छु ‘मलाई सेतीमा जलाइदिनु’ (भिडियोसहित) पोखरा – पोखरा लामागाँउ को जंगलको नजिकै एउटा सानो टिनले छाएको एउटा मात्र कोठा भएको घर छ । जहाँ ८१ बर्षका बृद्ध बेलायती नागरीक कलिन स्मीथ एक्लै बस्दछन । नेपालमा ५२ बर्ष बिताएका उनी शरीर हेर्दा यस्तो लाग्छ – शरीरमा मासु नै छैन, हड्डी मात्र छन । यतिबेला उनी रोगले थलिएका छन । सुन्दा अचम्म लाग्न सक्छ – उनले कुनै बेला नेपालको स्कुलमा डा. बाबुराम भट्टराई र उपेन्द्र देवकोटा लाई पढाएका थिए । उनै कलिन स्मीथको एउटा मन छुने भिडियो सार्वजनिक भएको छ । उनी किन नेपाल आए ? यो उमेरमा अहिले नेपालमा किन एक्लै छन ? कसरी दैनिकी चलाइरहेका छन ? उनी के चाहन्छन ? सम्पुर्ण नालिबेली सहितको तलको मन छुने भिडियो हेर्नुहोस ः

काभ्रेमा भेटिए- संसारकै १ नं को जुवाडे दाई | यिनलाई तास खेल्न र दोहोरी गाउन कस्ले जित्ला ?(भिडियो सहित)

काभ्रेमा भेटिए- संसारकै १ नं को जुवाडे दाई | यिनलाई तास खेल्न र दोहोरी गाउन कस्ले जित्ला ? Amazing talent hidden in our country . So share this video

किन माया बस्थ्यो र करले-New Lok Dohori 2075/2018 - Yagya BK & Dipika Paudel Ft. Ramji & Chitra

New Lok Dohori 2075/2018 | Kina Maya Basthyo Ra Karale - Yagya BK & Dipika Paudel Ft. Ramji & Chitra

सर्टिफिगेट धितो राखेर लिएको ऋण नतिरे के हुन्छ ? अर्थमन्त्री भन्छन्- यस्तो कारबाही गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार सार्वजानिक गरेको बजेटमा अध्ययनका लागि विद्यार्थीले शैक्षिक प्रमाणपत्र धितो राखेर बैंकबाट ७ लाख रुपैयाँसम्म ऋण पाउने छन् । र, यस्तो ऋणको ब्याज ५ प्रतिशत मात्रै हुनेछ । यो कार्यक्रम बजेटमा पहिलोपटक भने आएको होइन । आर्थिक वर्ष २०७३÷०७४ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको बजेटमा उल्लेख भएको कार्यक्रमको निरन्तरता मात्रै हो । त्यसबेला खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए । बजेट निर्माणमा उनको सक्रिय सहभागिता थियो । जे भए पनि सरकारले नै थप अध्ययनका लागि प्रमाणपत्र धितोमा ऋण मिलाइदिने घोषणा गरेपछि लाखौं विद्यार्थीहरु खुसी भएका छन् । पैसा नभएकै कारण अध्ययन पूरा गर्न नसकिरहेकाहरुलाई त सरकारको यो कार्यक्रमले निकै ठूलो राहत दिन्छ । कसरी पाइन्छ ऋण ? अर्थमन्त्री खतिवडाका अनुसार अब विद्यार्थीहरुले थप अध्ययनका लागि प्रमाणपत्र धितो राखेर बैंकबाट ऋण पाउने छन् । ७ लाख रुपैयाँ ऋण पाउनका लागि स्नात्तक पास गरेको हुनुपर्छ । कनिभने यो ऋण जुनसुकै विषयमा स्नात्तकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई मात्रै दिइन्छ । ५ प्रतिशत ब्याजमा विद्यार्थीले ऋण पाउने व्यवस्था मिलाउनका लागि सरकारले कार्यविधि बनाएर बैंकहरुलाई ब्याज अनुदान पनि दिन्छ । ‘यसरी बैंकले प्रवाह गरेको ऋणको बीमा कम्पनीहरुले बीमा गरेका हुन्छन्, त्यसैले बैंकहरुलाई आफ्नो लगानी डुब्छ कि भन्ने चिन्ता पनि भएन,’ बजेटको ब्रिफिङ गर्न बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खतिवडाले प्रष्ट पारे । सरकारले देश र जनताको पक्षमा काम गर्दा कसैले असहयोग गर्छ भने त्यसलाई नछाड्ने चेतावनी पनि अर्थमन्त्रीले दिए । ऋण नतिरे के हुन्छ ? अर्थमन्त्री खतिवडाका अनुसार यसरी शैक्षिक प्रमाणपत्र धितो राखेर लिएको ऋण यदि कसैले तिरेन भने कडाभन्दा कडा कारबाही गरिनेछ । ‘कसैले ऋण तिरेन भने सरकारले उसको पासपोर्ट रोक्का गर्छ, चुनाबमा भोट हाल्न दिँदैन, प्रमाणपत्र जफत गर्छ,’ उनले भने, ‘त्यतिमात्रै होइन, राज्यबाट पाउनुपर्ने सबै प्रकारका सुविधाबाट त्यो व्यक्ति बञ्चित हुन्छ ।’ क्लिक मांडू बाट

Wednesday, May 30, 2018

फुटबलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले रियाल मड्रिड छोड्दै !

लिभरपुलमाथि ३–१ को जित हात पारेपछि रियालका अन्य खेलाडी क्लबको १३ अाैं च्याम्पियन्स लिग उपाधिको खुसी मनाइरहँदा रोनाल्डोले भने केही दिनमै आगामी गन्तव्यका बारेमा निर्णय लिने भन्दै सान्टियानो बर्नाबेउ बसाइमा दुबिधा जनाएका थिए।
 ‘रियाल बसाइ सुखद बन्यो,’ रोनाल्डोले क्लबबाट बिदाइको संकेत गर्दै भने, ‘म आगामी केही दिनमै क्लब बसाइका बारेमा निर्णय सार्वजनिक गर्नेछु।’ विगत केही महिनादेखि रोनाल्डो र उनका एजेन्ट रियालसँगको नयाँ सम्झौतामा सन्तुष्ट छैनन् । त्यस्तै रोनाल्डो र क्लब अध्यक्ष फियोरेन्टिनो परेजको सम्बन्ध पनि केही समययता सन्तोषजनक छैन। रोनाल्डोले क्लब छोड्ने संकेत गरिरहँदा परेजले भने यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । ‘हामी अहिले च्याम्पियन्स लिगको कीर्तिमानी लगातार तेस्रो उपाधिको खुसीयाली मनाइरहेका छौं । त्यसैले यो कुनै खेलाडीको आगामी भविष्यका बारेमा निर्णय दिने समय होइन,’ परेजले भने, ‘सबै खेलाडी आफ्नो भविष्यका बारेमा निर्णय गर्न स्वतन्त्र छन्। हामीसँग यस विषयमा निर्णय लिने समय बाँकी छ । क्रिस्टियानो रोनाल्डो पनि अहिले उपाधि जितको खुसी मनाइरहेका छन् । उनी रियालमै खुसी छन् र आगामी दिनमा पनि यहीँ बस्नेमा म विश्वस्त छु।’ त्यस्तै रियालका प्रशिक्षक जिदनेदिन जिदानले पनि रोनाल्डोले क्लब छोड्ने संकेतबारे प्रतिक्रिया दिन अस्वीकार गरे । ‘म अहिले क्लबले पाएको सफलतामा रमाइरहेको छु र आगामी दिनमा योभन्दा राम्रो नतिजा कसरी ल्याउने भन्नेमा केन्द्रित छु,’ जिदानले भने, ‘रोनाल्डो क्लबमा बस्नेमा म आशावादी छु।’

सन्दीप लामिछाने खेल्ने विश्व–११ को कप्तानी अफ्रिदीले गर्ने, लर्डसमा भोली हुँदैछ खेल

काठमाडौं, १६ जेठ । नेपालका सन्दीप लामिछानेसहित रहेको विश्व–११ को कप्तानी पाकिस्तानी खेलाडी साहिद अफ्रिदीले गर्ने भएका छन् । बिहीबार राति इङ्ल्यान्डको लर्डसमा वेस्ट इन्डिजविरुद्ध हुन लागेको टीट्वेन्टी च्यारिटी खेलमा विश्व–११ को कप्तानी यसअघि इङ्ल्यान्डका इयान मोर्गनले गर्ने भनिए पनि उनी घाइते भएपछि अफ्रिदीलाई कप्तानीको जिम्मेवारी दिइएको हो । आसीसीले दिएको खबर अनुसार उनको सट्टा विश्व–११ टोलीमा इङ्ल्याण्डकै विकेटकिपर व्याट्सम्यान साम बिलिङ्सलाई समावेश गरिएको छ । गत साल आएको आँधीबाट क्याराबिन राष्ट्रहरुका भत्किएका क्रिकेट स्टेडियम निर्माणमा सहयोग जुटाउन आईसीसीले वेस्ट इन्डिज र विश्व–११ बीच लर्डस्मा खेल खेलाउन लागेको हो । साहिद अफ्रिदीको कप्तानीमा खेल्ने टोलीमा, साम बिलिङ्स, तमिम इकबाल, दिनेश कार्तिक, रासिद खान, मिचेल म्याक्लिघन, सोयव मल्लिक, हार्दिक पाण्डेय, थिसारा परेरा, लुक रोची, मोहमद सामी र सन्दीप लामिछाने छन् । कार्लोस ब्रेथवेटको कप्तानीमा मैदान उत्रने वेस्ट इन्डिज टोलीमा सामुयल बद्री, क्रिस गेल, इभिन लेविस, मार्लोन सामुयल्स र आन्द्रे रसेल, एस्ले नर्स, आन्द्रे फ्लेचर, किमो पाउल, रोभमन पावेल, दिनेश रामदिन र केस्किर विलियम्स छन् । वेस्ट इन्डिजविरुद्ध हुने च्यारिटी खेलमा सहभागी हुन युवा क्रिकेटर सन्दीप लामिछाने मंगलबार नै लन्डन प्रस्थान गरेका छन् । बिहीबार राति लर्डस्मा हुने एकमात्र टीट्वेन्टी खेलमा सन्दीपले विश्व–११ बाट प्रतिस्पर्धा गर्नेछन् । मंगलबार इङ्ल्यान्ड जानुअघि आयोजित पत्रकार सम्मेलनमा सन्दीपले विश्व–११ बाट खेल्न पाउनुलाई एउटा अवसरका रूपमा लिएको बताए । ‘लर्डस् हामीजस्ता खेलाडीका लागि ठूलो प्लेटफर्म हो’, त्रिवि क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मैले आफ्नो तर्फबाट शतप्रतिशत दिनेछु ।’ १७ वर्षीय सन्दीप विश्व–११ टोलीका कान्छा खेलाडी हुन् ।

५ दिनदेखि १ नम्बर ट्रेडिङमा निशानको ‘भुन्टी’(भिडियोसहित)

काठमाडौं, १६ जेठ । लोकप्रिय संगीतकार तथा र्यापर राजेन्द्र भट्ट ‘मिस्टर आरजे’को शब्द संगीतमा तयार पारिएको गीत ‘भुन्टी’ले नेपाली गीत संगीतको ईतिहासलाई नयाँ उचिई दिएको छ । राजेन्द्रले एक पछि अर्को गरि निरन्तर नयाँ पन झल्किने गीतहरु सार्वजनिक गर्दै आइरहेका छन् । उनका हरेक गीतहरुले उच्च स्थान रच्दै आइरहेका छन् । राजेन्द्रले पछिल्लो समयमा ‘भुन्टी’ बोलको गीत सार्वजनिक गरेका थिए । जुन गीतमा निशान भट्टराईको स्वर रहेको छ । विगत ५ दीन देखि युटुवको नम्बर १ ट्रेडिङमा छ । उक्त गीतको म्युजिक भिडियोमा निशान भट्टराईले ‘भुन्टेको भूमिका निभाएका छन् । भुन्टीको भूमिकामा चर्चित नायिका तथा मोडल एलिशा राई रहेकी छन् । निशानको यो म्युजिक भिडियोलाई टेकेन्द्र शाहले निर्देशन र सम्पादन गरेका छन् । रामकुमार केसीको छायाङ्कन गरेका हनु ।

सम्वन्ध विच्छेद गरेको एक महिना नपुग्दै पुन: उहि श्रीमान चाहियो !

. प्रेम सुनार
गुल्मी । कतिपयले महिला अधिकारको दुरुपयोग गर्दै आफैले आफुलाई विचलित पार्दै गएका छन् । गुल्मीकी एक महिलाले अघिल्लो महिना आफु श्रीमानको ज्यादती सहन नसकेको भन्दै जिल्ला अदालत गुल्मीबाट सम्वन्ध विच्छेद गरेकी थिईन । फेरी अहिले एक महिना नपुग्दै उनै महिलाले श्रीमान संग पुनः नाता कायम गरी पाउँ भनि फिराद जाहेरी दिएको जिल्ला अदालतका श्रेस्तेदार दुर्गाप्रसाद वस्यालले जानकाकारी दिए । ‘उनका वालवालिकामा नकरात्मक असर नपरोस भनि उनिहरु श्रीमान श्रीमतिको नाम गोप्य राखिएको छ ,– श्रेस्तेदार बस्यालले भने–‘ प्रवेशिका परिक्षा दिएका एक छोरा सहित उनि दुई सन्तानकी आमा हुन ।’ हामीले र उनका श्रीमान सहितका परिवारले सम्वन्ध विच्देद नगर भनेर निकै सम्झाईयो तर पनि उनले उति वेला मानिन , अहिले एक महिना नपुग्दै पुनः उसै श्रीमान संग नाता कायम गरी पाउँ भनि फिराद दिएकी छन्’– बस्यालले भने । बैशाख ७ गते उनिहरु विच मेलमिलापमा सम्वन्ध विच्छेद भएको थियो भने जेठ ११ गतेका दिन फेरी उनै महिलाले नाता कायम गरी पाउँ भनि फिराद दिएको त्यस अदालत प्रशासन तथा रजिष्टेशन शाखा प्रमुख ना.सु. सिता घिमिरेले जानकारी दिईन । घर परिवारको सहमति विना केहि वर्ष देखि अर्को जिल्लामा वसेर एक व्यापार–ब्यबसाय समुहमा वसेको बताउँने उनले त्यहाँबाट फर्के पछि आफु श्रीमान संग सम्वन्ध विच्छेद गरी स्वतन्त्र रुपमा उक्त ब्यवसाय चलाउने भन्दै एक पैसा नलिई सम्वन्ध विच्छेद गर्छु भनेर मुद्धा दायर गरेकी थिईन । उनि अन्दाजी ३५ वर्षिया पढालेखा महिला हुन् । श्रेस्तेदार बस्याल भन्छन् अंश नलिई सम्वन्ध विच्छेद गरिदैन भनेर हामीले अर्को मुद्धा लेख्न लगायौं , उनका श्रीमानले सम्वन्ध विच्छेद नगर , हिड घर जाउँ भनेर धेरै पटक कर गरे । छोराहरु रोएर आमा त्यसोा नगर्नुस भनेर हात जोडे । फोनमा हामीले उनकी आमालाई समेत सम्झाउन लगाऔं । तर कसैको केहि सिप लागेन अन्ततः विना पैसा सम्वन्ध विच्छेद गरेकी हुन् । सम्वन्ध विच्छेद नगर्न सम्झाउनेहरु मध्येकी एक अधिकारकर्मीले भनिन्–‘ महिलालाई अधिकार अलि बढि नै भएको हो कि भन्ने महशुस पनि गरेका छौं । आफु खुशी अन्यत्रै गएर आत्मानिर्भर पनि हुन पाउनु पर्छ भन्ने र फेरी उता तालमेल निमले पछि उहि श्रीमान संग नाता कायम गरी पाउँ भन्नु महिलालाई प्राप्त अधिकार आफु खुशी प्रयोग गर्न खोज्नु हो ।’ सम्वन्ध विच्छेद गरेको केहि दिन पछि वकिल र अदालतले आफुलाई झुक्काएर आफुलाई सम्वन्ध विच्छेद गराएको आरोप लगाउँदै आफु विक्षिप्त भएर न्याय खोज्न आएको यहाँका अधिकारकर्मी महिलाहरु संग भनेकी थिईन । अधिकारकर्मीहरुले सञ्चारकर्मीहरुलाई समेत बेलाएर उनि संग साक्षत्कार गराएका थिए । त्यस वखत उनि प्रत्येक शव्दमा आँशुका ढिंका खसाल्दै गलाअवरुद्ध पारेकी थिईन । श्रीमानले आफु संग पशुतुल्य यौनहिंसा गर्ने गरेकोले आफु विक्षिप्त भएको समेत बताएकी थिईन । पछि अधिकारकर्मी सहित अदालतमा बुझ्न जाँदा अदालतले उनका लागि निकै प्रयास गर्दा पनि उनले बरु आफु जोगी भएर हिड्छु , एक पैसा नलिई सम्वन्ध विच्छेद गर्छु भनेर ढिपी नछाडेको पाईयो । श्रोतका अनुसार उनि बढि महत्वकांक्षी बनेर कसैको लहडमा लागेर आवेशमा आई सम्वन्ध विच्छेद गरेको तर जव सम्वन्ध विच्छेद भयो तव उनि न यता नउताको अवस्थामा पुगेपछि फिराद दायर गरेकी पाईएको छ ।

watch first and then search