watch first and then search

watch first and then search

Friday, June 1, 2018

पहिरोले बिचल्ली पारेको बुटवल-पाल्पा खण्डमा यस्तो छ पछिल्लो अवस्था

बुटवल, १८ जेठ । बुटवल पाल्पा खण्डको सिद्धबाबा हेडबक्समा गएको पहिरो हटाउन समस्या भएको छ । पहिरो हटाउन डोजरहरु प्रयोग भईरहेपनि पहिरो खसिरहेकाले समय लाग्ने पश्चिम क्षेत्रीय ट्राफिक कार्यलयले जनाएको छ । उक्त स्थानमा राति तीन बजे पहिरो खस्न शुरु भएकोथियो । पहिरो अहिले पनि गईरहेको छ । रातिदेखि नै यातायात अबरुद्ध छ । पहिरोमा स्थानीय गोपाल रेश्मी बेपत्ता भएको आशंका गरिए पनि पुष्टि भएको छैन् । पहिरो क्षेत्रमा खटिएका ट्राफिक हवल्दार बिन बहादुर थापाले बिहान उनको मोबाईलमा घण्टी गएपनि अहिले स्विचअफ छ । सोही स्थानमा गत दशैंमा यात्रु बहाक बस पुरिएको थियो ।र,झण्डै १५ दिनसम्म पहिरो गईरहेकोथियो । यसैबिच शुक्रवार विहान भएको दुर्घटनामा पाल्पामा १२ जनाको मृत्यु भएके छ भने १५ जना घाइते भएका छन् । पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस शुक्रवार विहान दुर्घटना भएको हो । दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएको प्रहरीले जनाएको छ । लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान रम्भा गाउँपालिका–४, होमिनमा सडकबाट निकै तल खसेको हो । प्रहरीले दुर्घटनामा ठूलो मानवीय क्षति भएको जनाएको छ । दुर्घटनामा मृत्यु भएका सबैको अहिले सम्म सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तका अनुसार दुर्घटनामा ९ पुरुष र ३ महिलाको मृत्यु भएको जनाएका छन् । दुर्घटनामा परी घाइते भएका १५ जनालार्इ उद्धार गरी स्थानिय अस्पताल लगिएको छ । प्रहरीका अनुसार बसमा लक्ष्मी बचत तथा ऋण सहकारी संस्था सम्बद्ध २७ जना सवार थिए ।

No comments:

Post a Comment

watch first and then search