watch first and then search

watch first and then search

Friday, June 1, 2018

पाल्पा बसदुर्घटनामा ठूलो मानविय क्षती: १२ जनाको मृत्यु, १५ घाइते... मृतकहरुको आत्माको शान्तिको लागि १ शेयर गरी RIP लेखौ

काठमाडौं, १८ जेठ । शुक्रवार विहान भएको दुर्घटनामा पाल्पामा १२ जनाको मृत्यु भएके छ भने १५ जना घाइते भएका छन् । पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस शुक्रवार विहान दुर्घटना भएको हो । दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएको प्रहरीले जनाएको छ । लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान रम्भा गाउँपालिका–४, होमिनमा सडकबाट निकै तल खसेको हो । प्रहरीले दुर्घटनामा ठूलो मानवीय क्षति भएको जनाएको छ । दुर्घटनामा मृत्यु भएका सबैको अहिले सम्म सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तका अनुसार दुर्घटनामा ९ पुरुष र ३ महिलाको मृत्यु भएको जनाएका छन् । दुर्घटनामा परी घाइते भएका १५ जनालार्इ उद्धार गरी स्थानिय अस्पताल लगिएको छ । प्रहरीका अनुसार बसमा लक्ष्मी बचत तथा ऋण सहकारी संस्था सम्बद्ध २७ जना सवार थिए ।

No comments:

Post a Comment

watch first and then search