watch first and then search

watch first and then search

Friday, June 1, 2018

कतारमा आप्रवासीका लागि पीआर सुविधा

एजेन्सी । कतारले आप्रवासीलाई स्थायी बसोवास अनुमति ९पीआर० दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ । त्यहाँको मन्त्रिपरिषद्ले आफ्नो देशमा भएका विदेशी आप्रवासीहरूलाई पीआर उपलब्ध गराउने कानून पारित गरेसँगै यस प्रक्रियाले चर्चा पाएको छ । गत सोमबार त्यहाँको सरकारले पीआरसम्बन्धी कानूनको मस्यौदा पारित गरेको थियो । कतार न्यूज एजेन्सीले जनाएअनुसार, राज्यलाई आवश्यक पर्ने विशेष पेशामा आबद्ध विदेशी कर्मचारीका साथै अन्य प्रतिभावान् व्यक्तिलार्इ पीआर उपलब्ध गराइने व्यवस्था उक्त कानुनमा रहेको छ । यस व्यवस्थाले कतारमा विदेशी जनशक्त मात्रै आकर्षित हुने नभर्इ लगानी समेत भित्रिने अपेक्षा गरिएको छ । पछिल्लो समय आर्थिक नाकाबन्दी झेलिरहेको कतारलार्इ यस व्यवस्थाले विदेशी लगानी भित्रिन गर्इ आर्थिक विकासमा टेवा पुग्ने बताइएको छ । विदेशीलाई पीआर दिनेसम्बन्धी कानून अब औपचारिक रूपमा लागू हुन १ चरण मात्रै बाँकी रहेको एजेन्सीले समाचारमा जनाइएको छ । त्यहाँका अमिर ९राजा० शेख तमिम बिन हमाद अल थानीले यसमा हस्ताक्षर गरेसँगै पीआरसम्बन्धी कानुनले मान्यता पाउने र अनि मात्र आवश्यक कार्यान्वनका पक्रिया सुरू हुनेछ ।

No comments:

Post a Comment

watch first and then search