watch first and then search

watch first and then search

Saturday, October 15, 2016

यी १० अवस्थामा कहिल्यै नपिउनुस् पानी - जानकारी मुलक भिडियो



BirdharaThe water service were then gradually extended to few other prominent places like Amalekhgunj, Birgunj, Palpa and Jajarkot . The sector received a fair priority in the First Five Year Development Plan, which started in 1956, but the sector activities were placed under the Department of Irrigation for a long while until the Department of Water Supply and Sewerage (DWSS) was formally established in 1972. Since it’s establishment the department has been providing lead inputs in the development of water supply and sanitation programs throughout the country. Initially DWSS was limited to constructing comparatively larger water supply systems in the district headquarters and urban centers but it gradually expanded to have a nationwide network to serve all kinds of settlements – urban, semi-urban and rural areas. Today DWSS is providing a nationwide service through its 5 regionl ,48 Divisional and 22 Sub-divisional offices spread throughout the country. DWSS has strength of about 1660 staff with a fleet of more than 170 Professional who have expertise in Engineering, Chemistry, Sociology, Finance, Administration etc.

The water sector and the DWSS underwent a major restructuring in 1990 when the sector activities were streamlined by defining DWSS as the lead agency in the sector. All water supply and sanitation programs split between DWSS and Ministry of Local Development (then MPLD) were consolidated to provide one window projects delivery through DWSS. This proved a major step in sector development as demonstrated by that the existing national water supply coverage of 37% in 1990 has been expanded to over 80% as of today. Similarly, the sanitation coverage- defined as access to safe excreta disposal facility- has been expanded from about 6% in 1990 to over 62% now. After the unified program implementation approach, it has been possible to achieve worthwhile sustainability of water supply and sanitation services through active participation of benefiting community in the planning and implementation process during projects construction and by entrusting the regular operation and maintenance of these systems to the local users committees.

यस्ती युवतीसँग बिवाह नगर्नुहोस, जसले घर भाड्न सक्छन >> भिडियो सहित

One should grasp that Chanakya Niti was written during a utterly completely different era. I even have no hesiststion in expression that almost all of the data enclosed within the book is extremely relevant to current state of affairs. Still, a really few lines would possibly sound inappropriate. For this terribly reason I even have excludes a couple of Chanakya Quotes from few chapters. I in person feel that Chanakya Neeti is all regarding understanding attribute and its weaknesses. On will use it as a manual once it comes regarding facing reality of life. You wont be discomfited. Well! it should be understood that spirituality isn’t regarding golf stroke an opening on thinking. it’s additional regarding thinking the proper things. the initial book is in Indic language, that is incredibly compact and differs from English in several aspects. I even have tried my best to bring precisely the same concepts & thoughts by Acharya Chanakya. Still, the meanings of a couple of verses would possibly show some deviation.

मोटरसाइकल पल्टिँदा रसियाली नागरिक घाइते



दमौली, २९ असोज । पृथ्वी राजमार्गको दमौली–डुमे्र सडकखण्डमा पर्ने तनहुँको घाँसीकुवा गाविस वडा नं ५ मा आज अपराह्न एउटा मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा एक रसियाली नागरिक गम्भीर घाइते भएका छन् ।



घाइते हुनेमा रसियाली नागरिक एलेक्स एन्डर काएटा रहेको प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो । काठमाडौँबाट पोखरा जाँदै गरेको बा ४९ प १३९ नंको मोटरसाइकल पल्टिँदा उनी घाइते भएका हुन् ।

घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको जानकारी उहाँले दिनुभयो ।

एक महिने नेपाल भ्रमणमा आएका बेला उनी दुर्घटनामा परेका हुन् । तीव्रगतिमा गुडेका कारण सो मोटरसाइकल दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ ।

दशैंमा भेडाच्याङ्ग्रा बेचेर मुस्ताङवासीले २७ करोड रकम कमाए



दशैको समयमा भेडाच्याङ्ग्रा बेचेर मुस्ताङवासीले २७ करोड बढी रकम मुस्ताङ भित्रयाएका छन् । दशैं तिहारका लागि भनेर हिमाली जिल्ला मुस्ताङबाट करिव २५ हजारका हाराहारीमा भेडाच्याङ्ग्रा बाहिएका थिए ।


पर्याप्त चरन, बजार मुल्य र जिल्ला पशुसेवा कार्यालयको नियमित प्राविधिकसहित अनुदान सहयोगबाट भेडाच्याङग्रा पालनमा आर्कषित भएका मुस्ताङबासीको आर्कषण देखिएका विगतको बर्षभन्दा धेरै बाहिरिएकाले आम्दानी समेत बढेको हो । जिल्ला विकास समितिको कार्यालय मुस्ताङले म्याग्दीसंग नाका जोडिएको लेते गाविसको घाँसामा राखेको विवरण सङ्कलन काउन्टरबाट असोजको तेसो सातासम्म २१ हजार ४५ भेडाच्याङ्ग्रा बाहिरिएको पशुसेवा कार्यालय मुस्ताङले जनाएको छ । १३ हजार भेडा र ८ हजार ४५ च्याङ्ग्रा बाहिरिएकोमा मुस्ताङमै प्रति भेडा च्याङ्ग्रा १५ हजारसम्म विक्री भएको छ । तिहारसम्म भेडाच्याङ्ग्राको खरिद विक्री हुन्छ । सीमा आसपासका क्षेत्रबाट समेत भेडाच्याङ्ग्रा बाहिरिने भएकाले जिल्लाबाट २५ हजार भेडाच्याङ्ग्राको खरिद विक्री भएको पशुसेवा कार्यालयका कर्मचारीको भनाई छ । गतबर्ष मुस्ताङबाट १९ हजार ३ सय भेडाच्याङग्रा निकासी भएको थियो । भेडापालनलाई प्रमुख पेशा बनाएका कृषकले चरनक्षेत्र सहित चितुवाको आक्रमणबाट जोगाउन धुम्ती चरण र गोठको ब्यवस्था गरेकाले यसबर्ष कम क्षति भएको थियो । मुस्ताङबाट बाहिरिएका भेडाच्याङ्ग्राको मुल्य म्याग्दीमा १३ देखि २५ हजारमा उपभोक्तालाई विक्री गरिएको थियो । विगतमा भन्दा मुल्य बढेपछि ब्यापारीहरु गोठमै ब्यापारी पुगेर खरिद गर्ने गर्दछन् । मुस्ताङमा भेडाको तुलनामा च्याङ्ग्राको संख्या धेरै हुने गरेको छ । विगतमा हिउँ चितुवाको आक्रमणले गोठमै ठुलो संख्यामा भेडाच्याङ्ग्रा मरेपछि निराश भएका कृषकले गोठ समेत परिवर्तन र बस्ती नजिकका साथै सुरक्षाका विभिन्न उपायहरूको प्रयोग गरेका छन् । मासुका पारखीले समेत च्याङ्ग्रा रोज्ने भएकाले पनि कृषकको आर्कषण बढेको थियो ।

मिनिट्रक दुर्घटना हुँदा छजना घाइते



चरिकोट, २९ असोज । दोलखाको नाम्दु गाविस–२ को बुस्तीमा मिनिट्रक दुर्घटना हुँदा छजना घाइते भएका छन् ।

काठमाडाँैबाट जिरी जाँदै गरेको बा४ख १४७८ नंंको मिनिट्रक घुम्तीमा मोड्ने क्रममा पल्टिएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये काभ्रे गाविस–७ की निर्मला खतिवडा र नाम्दु–३ की कुमारी तमाङको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ । उनीहरुलाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ । मिनिट्रक दुर्घटना भएपछि चालक र चालकका सहयोगी फरार रहेका बताइएको छ ।

मुक्तिनाथमा दैनिक चार हजार धार्मिक पर्यटक



मुस्ताङ, २९ असोज । मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा धार्मिक पर्यटकको भीड लागेको छ । मुक्तिनाथ मन्दिरको दर्शन र १०८ धारामा स्नान गर्न देशका विभिन्न भागबाट भक्तजन मुक्तिनाथ पुगेका हुन् । दसैँंको बिदा मनाउन मुस्ताङ घुम्न आउने अधिकांश आन्तरिक पर्यटक मुक्तिनाथ पुग्ने गरेका छन् ।

दशमीको भोलिपल्टबाट मुक्तिनाथमा दैनिक चार हजार भन्दा बढी धार्मिक पर्यटक आउने गरेको मन्दिरका मूख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।



मुक्तिनाथमा हिन्दू र बौद्ध दुबै धर्मालम्बीका भक्तजन दर्शनका लागि आउने गरेको मुख्य पुजारी सुवेदीको भनाइ छ । “सोह्रश्राद्धको समय भन्दा अहिले भीड छ, बिहानैदेखि यहाँ पुजापाठ र स्नान गर्नेको भीड हुन्छ”, उहाँले भन्नुभयो, “बाटोकै कारण अझै मान्छेहरु आउनसकेका छैनन् ।”

सरकारले कागबेनी– मुक्तिनाथको १२ किलोमिटर सडकलाई कालोपत्रे बनाउने काम सुरु गरेपनि त्यसले पूर्णता पाउन सकेको छैन । “यहाँसम्म सडकको सहज पहुँचभयो भने धार्मिक पर्यटकको सङ्ख्या बढ्नेमा कुनै शंङ्का छैन”, उहाँले भन्नुभयो । खासगरी दसैँदेखि तिहारसम्म मुक्तिनाथमा धार्मिक पर्यटक ओइरिन थालेको हो । मुक्तिनाथमा दर्शन, पूजापाठ र स्नान गरेमा भित्री मनोकांक्षा पूरा हुने जनविश्वास छ । मुक्तिनाथ आउने धार्मिक पर्यटकका कारण कागबेनी, मुक्तिनाथ र जोमसोमका होटल भरिभराउ भएको मुक्तिनाथका होटल व्यवसायी सुरज गुरुङले बताउनु भयो ।

“हामीले सोचेको भन्दा बढी धार्मिक पर्यटक आएका छन्, होटलमा बास नपाएर मान्छे धर्मशालातिर बस्न बाध्य छन्”, उहाँले भन्नुभयो, “दैनिक चार हजार धार्मिक पर्यटक आउने गरेको अनुमान छ ।” अनुकूल मौसमका कारण पनि वातावरण पर्यटकका लागि सहज भएको उहाँको भनाइ छ ।

७५ जिल्लामा नेपाल टेलिकमको थ्रीजी सेवा



काठमाडौँ, नेपाल टेलिकमले ७५ वटै जिल्लामा जीएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत सो सेवा सञ्चालनमा आएपछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । कम्पनीले दुनैमा असोज १९ गते र सिमिकोटमा असोज २० गते उक्त सेवा सञ्चालन आरम्भ गरेको हो ।



टेलिकमले जीएसएम मोबाइलमा थ्रीजी सेवा विसं २०६४ जेठ ३ गतेदेखि सुरु गरेको थियो । सुरुमा काठमाडौँ उपत्यकाको चक्रपथभित्रका सीमित क्षेत्रमा मात्र सञ्चालनमा रहेको थ्रीजी सेवा पछि सबै जिल्लामा विस्तार गरेको हो । थ्रीजी सेवामार्फत उपभोक्तालाई भ्वाइस सेवाको अतिरिक्त उच्च गतिको डाटा डाउनलोड तथा अपलोड गर्ने सुविधा समेत उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

हाम्रा सेलिब्रेटिहरुको रमाईलो दसैं बिषेश (फोटो फिचर)





१.अनु शाह


२.ऋचा शर्मा


३.बिनीता बराल

४.बर्षा राउत



५.मलीना जोशी


६.जुना प्रसाई


७.करिस्मा र बिनोद मानन्धर


८.केकी अधिकारी


९.राज बल्लभ कोईराला


१०.रेखा शाह


११. ऋषि लामिछाने परिवार सँग



१२.श्रृष्टि श्रेष्ठ


१३.बच्चा सँग रीस्ता बस्नेत

चीनमा करिब दुई करोड कार प्रयोगकर्ता !



सन् २०१६ को सेप्टेम्बर अन्त्यसम्म चिनियाँ सरकारले चीनभर जम्मा एक करोड ९० लाख कार प्रयोगकर्ता रहेको जनाएको छ ।

चीनभर प्रयोगमा आएका जम्मा इन्धन र इन्जिनबाट सञ्चालन हुने यातायात दुई करोड ८० लाखमध्ये कारको सङ्ख्या एक करोड ९० लाख पुगेको चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत् जनाएको छ ।

मन्त्रालयको ट्राफिक व्यवस्थापन विभागद्वारा जारी उक्त विज्ञप्तिमा आर्थिक वर्षको तेस्रो चौमासिकमा थप ६१ लाख ८० हजार कार दर्ताका लागि आवेदन परेको जनाइएको छ ।

यस वर्ष दर्ताका लागि निवेदन सङ्ख्यामा २४.२ प्रतिशतले वृद्धि भएको मन्त्रालयको तथ्याङ्क छ ।

पछिल्लो समय मोटरबाट चल्ने सवारी साधनमा आएको वृद्धिले चीनको ट्राफिक समस्यामा चुनौती वृद्धि हुने मन्त्रालयले जनाएको छ ।

भैँसीको निर्यात बढदै



रामपुर पाल्पा, २९ असोज । जिल्लामा पालिएका भैँसी लोप हुने अवस्थामा पुगेका छन् । पछिल्लो समय उन्नत् जातका गाई तर्फ आकर्षण बढ्दै गएपछि भैँसी लोप हुन लागेको हो । भैँसी बाट सोचे अनुरुप उत्पादनलिन नसकिने र उत्पादनलिन लामो समय पर्खनुपर्ने हुँदा जिल्लामा यतिखेर भैँसी पाल्ने किसानको सङ्ख्या न्यून छ ।

उत्पादन दिन छाडेपछि किसानले सस्तो मूल्यमा मासुका लागि भैँसी बिक्री गर्ने गरेका छन् । जिल्लामा हाल उन्नत चार हजार ८२२ र स्थानीय १८ हजार ४२६ बकेर्ना भैँसी रहेका छन् । यहाँबाट बर्सेनि सरदरमा तीनदेखि चार हजारसम्म बकेर्ना भैँसी पोखरा, बुटवल, नवलपरासी, काठमाडौँमा निर्यात हुने गरेको जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत डा चन्द्रबहादुर रानाले बताउनुभयो ।

जिल्लाको कचल, सत्यवती, जुठापौवा गाविसबाट दिनहुँजसो भँैसी बजारमा निर्यात हुने गरेको स्थानीयवासी बताउछन् । सरकारले मुलुकी ऐनलाई संशोधन गरी ०५४ सालमा र ५५ सालमा मासु जाँच ऐन तथा नियमावली ल्याएपछि मासुका लागि भैँसीको प्रयोग गर्न व्यापारी तथा व्यवसायीका लागि बाटो खुलेको छ ।

पाल्पा खस्यौलीका कृष्णबहादुर सुनार आफू यस क्षेत्रको भैँसी एजेन्ट भएको बताउनुहुन्छ । व्यापारी र किसानसँग सम्पर्क मात्र गराउँदा रु एक हजारदेखि रु तीन हजारसम्म कमिसन आउने हँुदा राम्रै कमाई हुने भएपछि दिनहुँजसो गाउँ गाउँमा सम्पर्क गर्ने गरेको उहाँले बताउनुभयो ।

सुनार जस्ता पश्चिमी क्षेत्रमा दशजना भन्दा बढिरहेका छन् । उनीहरु पाल्पा मात्र नभइ छिमेकी जिल्ला गुल्मी, अर्घाखाचीसम्म पुगेर तानसेनका व्यापारीलाई सम्पर्क गराई बिक्री गर्दै आएको बताउँछन् ।

तानसेनका भैँसी व्यापारीले गाउँ गाउँमा एजेन्ट राखेर खरिद गरेको भैँसी पाल्पाबाट हप्तामा दुई ट्रक मासुका लागि पठाउँदै आएको उनीहरु स्वीकार गर्दछन् । व्यापारीले ढुवानी कटाएर प्रति भैँसी रु पाँच हजारदेखि रु आठ हजारसम्म नाफा गर्ने गरेको बताउँछन् ।

सरकारको नियमन गर्ने निकाय नै कमजोर भएका कारण व्यवसायीहरुले मासु जाँच ऐन नियम विपरीत भैँसी खरिद बिक्री मात्र होइन मासुको व्यापार गर्ने गर्दछन ।
मासु जाँच ऐन नियमावलीमा प्रजनन्का लागि अयोग्य पशु चिकित्सकबाट स्वास्थ्य परिक्षण गरेको प्रमाण पत्रको आधारमा ओसारपसार गर्नुपर्ने उल्लेख गरिएको छ । तर व्यापारीले प्रजनन्का लागि अयोग्यको विकल्पमा योग्य भैँसीको प्रयोग बढी गर्दछन् । तानसेन बजारमा दैनिक दुई देखि तीन वटा भैँसी मासुका लागि वध हुने गर्दछ ।

कोजाग्रत पूर्णिमामा पनि बागमती सफाइ



काठमाडौँ, २९ असोज । दसैँको कोजाग्रत पूर्णिमाका दिन पनि बागमती सफाइलाई निरन्तरता दिइएको छ । बागमती सफाइको १७९ औँ हप्तामा आज पशुपति मन्दिर परिसरमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । नेपाल प्रहरीको नेतृत्वमा पशुपति मन्दिरक्षेत्र र नेपाली सेना एवम् सशस्त्र प्रहरीको नेतृत्वमा आर्यघाटमुनिको बागमतीमा सफाइ गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले बताउनुभयो ।

तरकारी बजार वरपर फोहर गर्नेलाई कारबाही गरिएकाले कुलेश्वर तरकारी बजार सफा बनेको छ । महाअभियानमा सहभागी भएको समूहले बजार अनुगमनबाट दसैँभर रु डेढ लाख कारबाही स्वरुप उठाएको उहाँले जानकारी दिनुभयो ।

सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, चीनका लागि पूर्व नेपाली राजदूत महेश मास्के, नेपाल विज्ञापन सङ्घका अध्यक्ष सन्तोष श्रेष्ठ, पूर्व अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजकुमार भट्टराई लगायतको सक्रियता थियो ।

सफाइमा तिलगङ्गा महिला समूह, उप्रेती समाजलगायतका सङ्घ संस्थाको सहभागिता थियो । “आर्यघाटमुनिको पशुपति क्षेत्र वरपर कम फोहर भएकाले पनि दुई मेट्रिक टनमात्र फोहर व्यवस्थापन गरियो”–सदस्य श्रेष्ठले भन्नुभयो ।

रुद्रमती सफाइको १३७ औँ हप्तामा आज सिफलदेखि भत्केको पुलसम्म सफाइ गरियो ।
नख्खुखोला सफाइ सरोकार समाजले ६३ औँ हप्तामा आज भैँसेपाटीमा सफाइ गरेको छ । गुह्येश्वरीमाथिको बागमतीमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज र माकालबारी टोल सुधार समितिले सफाइ गरेका छन् ।

टेलिभिजन बहसहरुमा हिलारी उत्कृष्ट



काठमाडौँ, १५ असोज । आगामी नोभेम्बर आठमा अमेरिकाको ४५ औँ राष्ट्रपतिका लागि हुन गइरहेको निर्वाचनका अग्रपङ्क्तिमा रहेका उम्मेदवार द्वय डेमोक्र्याटिक पार्टीका अठसाठ्ठी वर्षीय हिलारी रोधाम क्लिन्टन र रिपब्लिकन पार्टीका अमेरिकी खर्बपति व्यापारी सत्तरी वर्षीय डोनाल्ड ट्रम्पबीच हालैका केही हप्तायता दुई पटकसम्म प्रत्यक्ष टेलिभिजन बहस सम्पन्न भयो । करिब ९० मिनेट सम्म चलेको पहिलो टेलिभिजन बहसलाई १० करोडभन्दा बढी दर्शकले टेलिभिजनमा प्रत्यक्ष हेरेका अनुमान गरिएको थियो । दुई उम्मेदवारबीच चलेको त्यस प्रंत्यक्ष बहस कार्यक्रमलाई अमेरिकी टेलिभिजनको इतिहासमा सबभन्दा बढी दर्शकले एकै पटक हेरेको कार्यक्रम भनी टिप्पणी गरिएको थियो ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनका उम्मेदवारको प्रत्यक्ष टेलिभिजन बहसलाई जनताको मत आफूतिर आकर्षित गर्न निकै महत्वपूर्ण र निर्णायक मानिन्छ ।अमेरिकाको विदेश मन्त्रीको पद सम्हाल्नु हुँदा १ सय १२ वटा देशको भ्रमण गर्नु भएकी हिलारीलाई पहिलो प्रत्यक्ष बहसको क्रममा ट्रम्पले अमेरिकी राष्ट्रपति बन्ने ह्याउ र आँट नभएको आरोप लगाउनु भएको थियो । त्यस प्रत्यक्ष बहस कार्यक्रम आयोजना हुनुभन्दा केही अघि अमेरिकाका बिभिन्न राज्यका विद्यालय, रेस्टुराँ र सार्वजनिक स्थलमा जथाभावी गोली प्रहारका घटनाहरु भएका थिए । सो घटनाबाट निर्दोष बालबालिकासहित धेरैजनाको ज्यान गएको थियो । अझ एक ठाउँमा त एक अश्वेतवर्णको प्रहरीले अर्का अश्वेतवर्णकै नागरिकलाई गोली हानी दिएपछि सो अश्वेतवर्णका ब्यक्तिको मृत्यु भएको ताजा घटनाका कारण गोरा र कालाबीच घृणा र बिद्वेषको बीजारोपण भै समाजिक सद्भावना खल्बलिई उग्ररुप लिई रहेको थियो ।

पहिलो प्रत्यक्ष बहस कार्यक्रममा ती घटनाहरुलाई आफ्नै ढंगले सम्बोधन गर्दै उम्मेदवार ट्रम्पले अफ्रिकी मूलका अमेरिकीहरुको बन्दुक आतङ्कले देशलाई नरक बनाएको आरोप लगाउनु भएको थियो । तर एक अफ्रिकी मूलका अमेरिकी नागरिकले दुई पटकसम्म सफल अमेरिकी राष्ट्रपतिको बन्नुभएको तथ्य चाहीँ सो बादविवादको क्रममा बिर्सिनु भएको प्रतीत भएको थियो । यस्तो सर्वविदित विषयलाई पनि विर्सिने उहाँको स्मरण शक्तिलाई विचार गर्दा कुन आँट, अठोटले अमेरिकी राष्ट्रपति पद हाँक्ने हो, यस कुरामा विश्व नै अन्यौलमा प¥यो ।
आज सम्पूर्ण विश्वलाई चिन्तित बनाई रहेको तीब्र जलवायु परिवर्तनको विषयलाई “चीनले फैलाएको हौवा” भन्ने संज्ञा दिनु भएको थियो ट्रम्पले । विश्वलाई चिन्तित बनाएको तीब्र जलवायु परिवर्तन यस्तो विषयलाई विश्वलाई हाँक्ने शक्तिशाली नेतृत्वको परिचय दिनुपर्ने अमेरिकी राष्ट्रपति पदका उम्मेदवारको यो गैह«जिम्मेवार कथनलाई अर्को सशक्त उम्मेदवार हिलारीले तत्काल विरोध गर्नु भएको थियो ।

हिलारी क्लिन्टन अमेरिकी विदेश मन्त्री हुँदा अफगानिस्तानमा नेटो सेनाको निरन्तरता, लिबियामा कर्णेल गद्दाफि विरुद्धको कारबाही, मध्यपूर्वी राष्ट्रहरुमा प्रजातन्त्रका लागि चलेको आन्दोलनमा समर्थन, आतङ्ककारी अल कायदाका नेता ओसामा बिन लादेनमाथिको कारबाही, विश्वबाटै आतङ्कबाद निर्मूल पार्न आवश्यक परेका स्थानमा अमेरिकी सहयोगको पूर्ण प्रतिवद्धता लगायतजस्ता कैयौँ अमेरिकी वैदेशिक नीति र गतिबिधिमा राष्ट्रपति ओबामा ढुक्कसँग उहाँको भर पर्नु भएको थियो । उहाँकै बुद्धिमत्तापूर्ण सहयोगका कारण यी सब सफल भएका थिए ।

हामीजस्ता एक साधारण व्यक्तिको विवेकशीलताले पनि यस्ता सबै विषयवस्तुको विश्लेषण गर्न सक्ने कुरा हो । तर अमेरिकी राष्ट्रपति जस्तो गरिमामय पदका लागि लाममा उभिनु भएका ट्रम्पले कुनै पनि बिचारणीय पक्षलाई वास्ता नै नगरी हिलारीलाई इस्लामिक स्टेट ९आइएस० लडाकूविरुद्ध कमजोर र इरानप्रति चाहिने भन्दा बढ्तै नरम भएको आरोप लगाउनु भयो ।

हिलारीले इरानप्रति नरम पन्थ प्रदर्शन गर्नु भएको अर्थ कडा नीति र रुखोपनले त्यस क्षेत्रमा थप द्वन्द्व उत्पन्न गराई क्षेत्रिय शान्ति खलबलिन्छ भन्ने ज्ञान ट्रम्पलाई नभए जस्तो देखियो । परापूर्व कालदेखि नै महिलालाई उच्च स्थानमा राखिने गरेको मानवीय मूल्य र मान्यता छ । जुन मान्यता अहिले आएर त अझै उच्च र गरिमामय भएको छ ।

विश्वलाई समानता र सभ्यताको पाठ पठाउने अग्रणी अमेरिकाको बहुचर्चित राष्ट्रपति पदका उम्मेदवारको अग्रस्थानमा रहनु भएका ट्रम्पले मानवीय मूल्य र मान्यतालाई वास्तै नगरी फोहोरी सुङ्गुर र भुस्याहा कुकुर ९डर्टि स्वाइन, स्ट्रे डग्० जस्ता शव्द प्रयोग गरी बहसको क्रममा अति तल्लोस्तरको गाली गलोजमा उत्रनु भएकोमा हिलारीले नम्रतापूर्वक सम्झना दिलाउनु परेको थियो ।

बहसको क्रममा ट्रम्पले वर्तमान राष्ट्रपति बाराक ओबामा अमेरिकामा जन्मिनु भएको होइन भन्ने विषयमा फेरी वादविवाद चर्कियो । तर यस विषयमा, सो कार्यक्रम हुनुभन्दा करिब दुई हप्ता अगाडी नै ट्रम्पले सो भनाई फिर्ता लिई सक्नु भएको थियो । रैथाने अमेरिकी र पिता, पुर्खाका पालादेखि बसाईं सरी आएका अन्य मूलका अमेरिकी अर्थात् जातीय विभेदको मुद्दालाई कोट्याइ कोट्याइ उछाल्न अत्यन्तै रुचाउने ट्रम्पको आदतको यस अघि पनि पटक पटक तीब्र आलोचना हँुदै आएको थियो ।

विश्वलाई वास दिने अमेरिकी नितीमा उदारताका कारण रैथाने अमेरिकी र विश्वका अन्य मूलका अमेरिकीबीच विभेद गर्नु भनेको म्याद गुज्रिएको डेट एक्स्पायर्ड औषधि खुवाएजस्तो वा हब्सी समुदायलाई कमारा, कमारी राख्ने ९स्लेभरिजम्० सयौं बर्ष पुरानो विचारधाराको अवशेष सँग तुलना हुन जान्छ ।

अमेरिकाको वर्तमान राष्ट्रपति बाराक ओबामाकै पहिलो कार्यकाल अघि हुन लागेको निर्वाचनमा हिलारी डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्नुहुने त्यतिबेलै चर्चा चलेको थियो । तर पार्टीका बुद्धिजीवि विश्लेषकहरुले सायद त्यस पटक अश्वेतवर्णका नेतालाई शासनको बागडोर सम्हाल्न दिनु उचित ठानेरै होला बाराक ओबामालाई अघिसारेपछि क्लिन्टनको कदम फिर्ता भयो । यही कारण नै पहिलो कार्यकालमा राष्ट्रपति ओबामाले उहाँलाई विदेशमन्त्री बनाउनुभएको थियो भन्ने चर्चा छ ।

विश्वका प्रायजसो सबैः नागरिकबीच उत्सुकता रहेको यस पटकको अमेरिकी राष्ट्रपति पदका उम्मेदवारबीच सम्पन्न प्रत्यक्ष बहसहरुका नतिजाको पूर्वानुमान गर्दा बहूसंख्यक मतदाताले डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई मन पराएका छन् । प्रत्यक्ष बहसपछिका हुन् या सोभन्दा पूर्वका विभिन्न प्रारम्भिक सर्वेक्षणले देखाए अनुसार विषयवस्तुदेखि प्रस्तुित र विचार प्रकट गर्ने क्षमता भिजनरी इम्प्याक्ट सम्मका विभिन्न पक्षबाट निरुपण गर्दा उत्कृष्टता हासील गर्न रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पको तुलनामा हिलारी क्लिन्टन निकै अगाडि र अत्यन्त सफल रहेको पाइन्छ । बहसका क्रममा क्लिन्टनलाई धेरै पटक ट्रम्पले बोल्नै नदिएर अवरोध पु¥याएका थिए । त्यस्तो अवरोध धेरैले नरुचाएको मत सर्वेक्षणमा बताइएको छ ।

भारत, दक्षिण कोरिया, अल्जेरिया, ब्राजिल, पाकिस्तान, बङ्गलादेश र पछिल्लो समयमा आएर नेपालमा समेत महिलाले राष्ट्रपति पदको जिम्मेवारी पाईसकेका अवस्थामा अमेरिकाले महिला राष्ट्रपति पाओस भन्ने विश्वको चाहना रहेको छ । प्रकारान्तरले विश्वलाई हाँक्दै आएको अमेरिकामा महिला राष्ट्रपति हुनु एक अत्यन्त गरिमामय विषय हो । गन्तव्यतर्फ दृढतापूर्वक उन्मुख हुनु भएकी हिलारीको विजय अव धेरै टाढा नभएको सबैले अडकल गरेका छन् ।

स्क्रीप्ट पढेरै सोनामले रिजेक्ट गरेकी थिईन् बाहुबली फिल्मलाई



अभिनेत्री सोनाम कपुर पनि मिडियाहरुमा चर्चामा रहने अभिनेत्रीकै सुचिमा पर्ने गर्छिन् । अभिनेता अनिल कपुरको छोरी रहेकी सोनामलाई बक्स अफिसमा रेकर्ड राख्न सफल फिल्म बाहुबलीको पहिलो अफर आएको खुलासा भएको छ ।

बाहुबलीको पहिलो अफर सोनामलाई आएको कुरा अभिनेत्री सोनाम कपुर आफैले खुलासा गरेकी हुन् । नेहा धुपियाको च्याट शो (नो फिल्टर)मा गरिएको कुराकानीमा फिल्म रिब्युको कुरा आउँदा सोनामले सबै भन्दा पहिलो लिष्टमा बाहुबलीको थियो भन्दै खुलासा गरेकी हुन् । त्यस्तै सोनामले पहिलो फिल्म नहेरीकन स्क्रीप्ट मात्र पढेकी थिईन् । उनलाई उक्त फिल्मको आएर स्क्रीप्ट पढिसकेपछि पनि सोनामले उक्त फिल्मलाई रिजेक्ट गरिदिईन् । ब्लकबस्टर बाहुबलीको दोस्रो सिक्वेल फिल्म अब चाँडै नै रिलीज हुने वालामा पनि छ ।

लुगा सिउँदै, जीवन जिउँदै ग्रामीण महिला



महोत्तरी, २९ असोज । अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस आज नेपाललगायत विश्वभरी मनाइ रहँदा वर्षौदेखि चुलोचौको, घाँस दाउरामा सीमित महोत्तरी जिल्लाको ग्रामीण भेगका महिला लुगा सिउने सीप सिकेर घर बसिबसी मनग्य आम्दानी गरिरहेका छन् ।

वर्षौंवर्षदेखि घुम्टोभित्र जीवन जीउँदै आएका मधेसका महिला सिलाइकटाइ सम्बन्धी सीप आर्जन गरेर आत्मनिर्भर बनिरहेका छन् ।

प्रशिक्षण लिएर ग्रामीण भेगकी महिला दिदीबहिनीले मासिक हजारौँ कमाउन सफल भएका छन् । सिलाइ सिकेर टे«लर व्यवसाय सञ्चालन गरेपछि घरखर्च चलाएर उनीहरुले मासिक बचत पनि गरिरहेका छन् ।

जिल्लाको हतिसर्वा– ६ की २१ वर्षीया नगीनाकुमारी चौधरी घरको दैनिक काम पनि सिध्याउँछिन् । कक्षा ११ सम्म पढेकी उनी कपडा सिउने सीप सिकेर महोत्तरीको गौशाला बजारमा लुगा सिउने व्यवसाय सञ्चालन गरिरहेकी छिन् । लुगा सिलाएर उनले मासिक रु १० हजारदेखि रु १५ हजारसम्म हात पार्छिन् ।

गाउँमै १५ महिने सिलाइकटाईको तालिम लिएपछि नगिनाको दिन फेरिएको छ । बिहानबेलुका घरको कामकाज गर्ने र बाँकी समय पसलमा आएको लुगा सिलाउन उनी व्यस्त रहन्छिन् ।

सीप सिकेर ‘सिलाई’ व्यवसाय सञ्चालन गरेपछि नगिनालाई अरुको सहारामा बाँच्नुपर्ने बाध्यता हटेको छ । सीप सिकेपछि अब केही गर्नुपर्छ भनेर उनको मनोबल पनि बढेर गएको छ । उनी भन्छिन्, “मलाई स्वरोजगारप्रति गर्व महसुस हुन्छ । सीपले मानिसलाई परनिर्भता हुनबाट जोगाउँछ ।”

यता श्रीमान्को कमाइले घर चलाउन धौधौ पर्न थालेपछि महोत्तरी बेलगाछी– ३ की ३४ वर्षीया रुवी यादवले पनि सिलाइ सिकेर ९टेलर्स० खोलेपछि उनको पनि दिन फेरिएको छ । ‘उनी अचेल सिलाइ सिकेर घरायसी समस्याको चाङलाई छिचोल्दै सिलाइ सिकेर घरको नुन तेलको जोहो गर्न सकेकी छिन् ।’ उनी भन्छिन्,“सिलाइ कटाइको आम्दानीले घरखर्च चलिरहेको छ । सीप सिकेपछि आनन्द महसुस भइरहेको छ ।”

उता साहुसँग ऋण लिएर दुई वर्षअघि गाँउमै सिलाइकटाई व्यवसाय सुरु गरेकी गौशाला– १ की २५ वर्षीया सञ्जुकुमारी पनि टेलर्स चलाएर छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाएर उज्वल भविष्यको सपना बुन्दै छिन् ।

किसाननगर– ७ की १९ वर्षीया कविताकुमारी सिंह समयको परिवर्तनसँगै समाजमा रेडिमेड एवम् ‘फेसन ड्रेस’ लगाउने होडबाजीको समयमा प्रायः गृहिणीहरुले आफूकहाँ कपडा सिलाउन आइरहेको बताइन् ।

मेला, पर्व एवम् उत्सवमा कामको चटारो बढी हुने भएकाले अहोरात्र भ्याइनभ्याई काम गर्नुपर्ने हुन्छ, उनले भनिन्, ‘विवाह, चाडपर्वमा राति सुत्ने फुर्सद पनि हुदैन ।”

जानेका महिला सिलाइकटाई गरी स्वरोजगार बन्नु उदाहरणीय कार्य भएको जानकार बताउँछन् । फुर्सदको समय सदुपयोगसँगै आर्थिक लाभले महिलालाई स्वावलम्बी बनाउनको लागि सहयोग पुगेको गौशालाकी शिक्षिका सुनिताकुमारी महतो बताउँछिन् ।

सरकारले गृहिणी महिलालाई लक्षित गरी सिलाइकटाई लगायत अन्य सीपमूलक कार्यक्रम गाउँगाउँमा पु¥याउनुपर्ने महतोले बताइन् ।

जिल्लाको गौशाला नगरपालिका– ७ की ३० वर्षीया रिना यादव सिलाइ सम्बन्धी प्रशिक्षण दिँदै आएकी छिन् । आफ्नै घरमा चारवटा सिलाइ मेसिन राखेर प्रशिक्षण दिँदै आएकी छन् ।

एक महिला सिलाइकटाई तालिम केन्द्रबाट ६ महिने प्रशिक्षण लिएर कपडा सिलाइ गर्दैआएकी रिनाले हालसम्म सातजनालाई सिलाइ सम्बन्धी सीप सिकाइसकेको बताइन् ।
कपडा सिलाई ९टेलरिगं० व्यवसायबाट महिला दिदीबहिनीले मासिक सरदर रु १५ हजार भन्दा बढि कमाउँदै आएका छन् ।
विश्व जनसंख्याको एकतिहाई हिस्सा ग्रामीण महिलाको छ । ति ग्रामीण महिला जीविकोपार्जनका लागि प्राकृतिक स्रोत र कृषिमा निर्भर रहेका छन् । ४३ प्रतिशत ग्रामीण महिलाले कृषि मजदुरको रुपमा काम गर्ने गरेको संयुक्त राष्ट्रसंघको तथ्यांक छ ।
ग्रामीण महिलाले परिवारका लागि चाहिने खाद्यान्नको उत्पादन तथा त्यसको व्यवस्थापन गर्ने भएकाले खाद्य सुरक्षाका लागि उनीहरु योग्दान निकै महत्वपूर्ण रहेको राष्ट्रसंघले जनाएको छ ।

११ सपना जसले मृत्यु भविष्यवाणी गर्छ पढनुहोस



सपना, सुतेको बेलाको जादुगरी संसार जहाँ हामी अनौठो घटना अनि कथामा भुल्छौं। धेरै मानिसहरुको भनाइमा, कोही नजिकका, आफन्त तथा प्रियजनहरुको मृत्युको अगाडी अनौठो सपना देखिन्छ। धेरै मानिस जम्मा भएको, कोही नचली ढल्केर बसेको सपना देखेको केही दिन पश्चात प्रियजनको मृत्युको खबर आइपुग्छ। मृत्युको सपना, मरण अनि वियोग सबैभन्दा दुखद छण हुन्।तपाइको सपनाले कुनै सन्देश दिन खोजेको हुन सक्छ।

सपनालाइ न त विज्ञानले नै पुरै व्याख्या गर्न सकेको छ न त किन र कसरि देखिन्छ भन्ने कुरामा छर्लङग भएको छ। त्यसैले त सपना एक रहस्यमय भोगाइ रहदैआएको छ। परापुर्वककाल देखि सपनामा देखिने कुराहरु यो दुनियाको नभइ अर्कै संसारको घटना हुन जसमा हामी जान सक्दैनौ तर त्यो दुनियाको दृश्यहरु हाम्रो सपनामा आउछन्। त्यसैले सपनाको कुरालाइ वेवास्ता गर्न नहुने कुराहरु चलिआएको छ। सपनाको बारेमा सभ्यता अनि संस्कृति अनुसार फरक-फरक धारणा रहिआएको भएतापनि, आउनुस् चर्चा गरौं के सन्देश बोकेका हुन्छन् सपनाले,

रामायणमा पनि मृत्यु बताउने सपनाको बारेमा लेखिएको छ

वाल्मिकीले लेखेको रामायणमा पनि त्यस्ता सपनाको बारेमा उल्लेख गरिएको छ जसले भविष्यको मृत्युको घटनाको बारेमा संकेत गरेको हुन्छ। दशरथको मृत्यु भएको दिनको एक दिन पुर्व, भरतले दशरथ गाइको गोबरमा पौडी खेलिरहेको सपना देखेका थिए। भरत भने तेल पिउदै थिए। उनले कालो कपडा लगाएका थिए अनि कालै कपडा पहिरिएका महिलाहरुले घेरेका थिए भरतलाइ। दशरथ भने रातो माला अनि निधारमा टिका लगाएर यमराज तर्फ बढ्दै थिए।
मृत्युको संकेत

कालो रंग

कालो रंगको अर्थ हुन्छ, थाह नभएको, अचेतन, खतरा, रहस्य, अन्धकार, मृत्यु, शोक, तिरस्कार, घृणा वा द्वेष। यो रंगले तपाइला‍इ तपाइको अचेतनमा हेर्नको लागि उक्साइरहेको हुन्छ, तपाइलाइ आफ्नो बारेमा बुझ्न डाकिरहेको छ कालो रंगले। प्रेमको कमीलाइ पनि जनाउँछ, अनि सहयोग गर्नेहरुको कमी भएको जानकारी दिन्छ। साथै यसले सफा अनि खालीकुरा लाइ पनि जनाउँछ। तपाइमा केही सम्भावना लुकेर बसेको छ साथै केही अवसरहरु आउन बाकीँ नै छ भन्ने पनि जनाउँछ।

सर्प

अर्थ लागाउन गाह्रो संकेत हो सर्प। फरक- फरक संस्कृति अनुसार फरक फरकनै धारणा छ सर्पको बारेमा। भयाकन डरको संकेत देखि ज्ञान र शान्तिको पनि अर्थ लगाइन्छ सर्पलाइ लिएर।

कालो बिरालो

सदियौं देखि कालो बिरालोलाइ रहस्य र कालो जादुको प्रतिकको रुपमा लिइन्छ। कालो बिरालो सपनामा देख्नाले असुरक्षा बढ्ने बुझिन्छ। कुनै थाह नभएको कुराबाट तपाइमा डर पैदा हुदैछ भन्ने पनि बुझिन्छ। नराम्रो साइतको जानकारी पनि दिन्छ यस्तो सपनाले।

दाँत झर्नु

सपनामा दाँत झरेको देखेमा कोही नजिकको मानिसको मृत्यु हुन्छ भन्ने विश्वास गरिन्छ। तर दाँत दुखेको समयमा सुतेको बेला पनि यस्ता सपना देखिने हुन्छ।
कालो चरा

कालो चरालाइ ‘मृत्युको जानकार’ पनि भनिन्छ। जहाँ मानिस मरेका हुन्छन् त्यहाँ कालो रंगको चरा वा कागहरु देखिने गर्छन्।

बच्चाको स्याहार

सपनामा कुनै बच्चालाइ स्याहार गर्दै हुनुहुन्छ अनि बच्चा रुन पुग्यो भने कि सपना देख्नेको मृत्यु हुन्छ कि त कोही अत्यन्त नजिकको मानिसको मृत्यु हुन्छ।

डुब्न लागेको मानिसलाइ बचाउदा

सपनामा डुब्न लागेको मानिसलाइ बचाउदा, पानीमा हुने आत्माहरुले सजाय स्वरुप बचाउनेलाइ मृत्युको सजाय दिने मान्यता चलिआएको छ।

यात्राको योजना

यदि सपनामा कुनै ठाँउमा जान योजना गर्दै हुनुहुन्छ वा कतै जाननै लाग्नुभएको छ भने विपनामा तत्कालै त्यो ठाँउमा जान नहुने विश्वास गरिन्छ। यस्तो सपनाले मृत्युलाइ संकेत गर्ने मानिन्छ।

दोहोरिने सपना

कुनै सपना दोहोरिन्छ वा उस्तै प्रकृतिको सपना बारम्बार आइरहन्छ भने त्यस्तो सपनालाइ बेवास्ता गर्न नहुने बताइन्छ।

नाच्नु अनि गाउनु

सपनामा खुसी हुदै नाच्ने गाउने देखिन्छ भने सपना देख्ने मानिसको हत्या हुन्छ भनि विश्वास गरिन्छ।
कोहि मानिसले सपनामा शरिरमा तेल लगाइ गधा चढेर हिडेको देख्छ भने उस्को तत्काल मृत्यु हुन्छ।

एक्लै पिउनु

सपनामा एक्लै बसेर पिउदै गरेको देखिन्छ भने मृत्यु नजिक आउदैछ भन्ने बुझिन्छ।

तालबाराही मेला

पोखराको प्रसिद्ध शक्तिपीठ तालबाराही मन्दिरमा शनिबार लागेको कोजाग्रत पूर्णिमा मेलामा दर्शनार्थीको भीड ।

यहाँबाट कोही पनि जिउँदो फर्किएको छैन्, हवाई जहाज पनि हराउँछन् पढनुहोस



एजेन्सी / संसारमा यस्ता धेरै ठाउँ छन् जो रहस्यमय बनिरहेका छन् । यस्तै एउटा ठाउँको नाम हो बरमुडा ट्रयाङगल । जसलाई डेविल्स ट्रयाङ्गल पनि भनेर चित्रण गरिएको छ । जहाँ कोही पनि जान चाहँदैनन् । एट्लान्टीक महासागरमा रहेको बरमुडा ट्र्याङ्गल आफ्नो रहस्यहरुको कारण चर्चित छ । आजसम्म धेरै हवाई जहाँजहरु र पानीजहाज बरमुडा ट्रयाङ्गलबाट बिलाउछन् वा हराउछन् । यदि दोस्रो पटक मिले पनि क्रु मेम्बर्स पनि थाहा हुँदैन् । आज तपाई थाहा पाउदै हुन्हुन्छ बरमुडा ट्रयाङ्गलसँग जोडिएको केही रहस्यमय घटना, जसको जवाफ आजसम्म पनि पत्ता लगाउन सकिएको छैन् ।
सयौं जनाको ज्यान समेत गइसकेको छः
– खतरनाक जोन (ठाउँ)मा समावेश बरमुडा ट्रयाङ्गलमा बितेको १०० वर्षमा हजार जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । एउटा अनुसन्धानमा यो तथ्य पत्ता लागेको छ कि यहाँ प्रत्येक वर्ष ४ हवाई जहाज र २० समुद्री जहाज रहस्यमय तरिकाले हराउँछन् ।
– जहिले पनि यहाँबाट हराउने जहाजको अवशेष समेत फेला पर्दैन् । यसको लागि गल्फ स्ट्रिम जिम्मेवारी हुन सक्छ । यो गल्फ म्याक्सिको खाडीबाट निकलेर फ्लोरिडाको जलडमरुबाट उत्तरी एट्लान्टीकसम्म फैलिएको छ । जो आफ्नो साथ सारा मलबा उठाएर लैजान सक्छ । यो गलफ स्ट्रिम असलमा समुद्रको भित्र नदी जस्तो छ । यो धेरै गतिलो पाराले बग्छ । जसले गर्दा दुर्घटना हुने अनुमान गरिन्छ ।– अमेरिका भौगोलिक सर्वेक्षण अनुसार बरमुडा ट्रयाङ्गलको तल मिथेन हाइट्रेट नामको रसायनको विशाल भण्डार छ समुद्रमा बन्ने यो हाइड्राइट जब अचानक फाट्छ भने आफ्नो आसपासको सबै चीजलाई कब्जामा लिन्छ । यस्तोमा केहि वैज्ञानिकहरुले भनेका छन् जहिले पनि यो हाइड्रा फाट्छ भने यसबाट फुट्ने बुलबुले पानीबो डीसिंटकम गर्छ र जसले गर्दा जहाज डुब्न जान्छ ।

– बरमुडा ट्रयाङ्गललाई एलियंसको घर मानिन्छ र भनिन्छ यो ठाउँमा रहने एलियंसले आफ्नो प्लानेटसँग पनि जोडिएर रहन्छ । यसकारण यहाँ यति दुर्घटना हुन्छ । केही मानिसले यो पनि भन्छन् कियो क्षेत्रमाटाइम जोनान अनुसन्धानको लागि अमेरिकी एक धेरै ठूलो गोप्य प्रयोगशाला छ एलियनसँग जोडिएको अनुसन्धान गरिन्छ ।

– यो भित्र डाइरेक्सन बताउने कम्पासले काम गर्दैन् । त्यसको कारणले यहाँ दिशा पत्ता लाग्दैन् र यहाँ हराउछन् । कसैले यो पनि भन्छन् कि यो भित्र रहने एलियसको कारणले कम्पासले काम गर्दैन् ।
– यहाँबाट बाँच्न सफल भएका केहिले यो भित्र बादलको सुराग भएकोले भित्र व्लेनले काम गर्दैन् र यो भित्र फसेपछि बाहिरको दुनियाँ सँगको सम्पर्क समाप्त हुन जान्छ भनेका छन् ।

– केहिले भन्छन् यो ठाउँ जस्तो ठाउँ अन्त कही पनि छैन । हुनसक्छ यो एउटा सुनेर कुनेको कथामात्रै हो । यस्तो पनि भनिन्छ समुन्द्री लुटेराले यो प्रकारको कथा फैलाएको हुनुपर्छ ताकि उनीहरु आरामसँग जहाजहरु लुटन सकोस् र अरु कसैको आफूमा शंका नहोस भनेर ।

सुन कसरी बन्यो ? वैज्ञानिकहरूले पत्ता लगाए रहस्य



सुनको खपत प्रत्येक देशमा भारी मात्रामा हुने गर्छ । झन् हाम्रो जस्तो धार्मिक संस्कारहरू धेरै भएको देशमा सुनको प्रयोग अत्यधिक हुन्छ । तर कसरी बने र सुन र अन्य धातु यस पृथिवीमा ?

वैज्ञानिकहरूका अनुसार सुन तथा अन्य धातु पृथिवीमा आफैं उत्पन्न भएका होइनन् । करीब ४५० करोड वर्षअघि खगोलीय पिण्डहरू पृथिवी, मंगलग्रह र चन्द्रमा बेस्सरी ठोकिएका थिए । यो टक्करबाट पृथिवीमा अनि मंगल र चन्द्रमामा पनि सुन र प्लेटिनम जस्ता धातु पुगेका थिए ।



यो भयंकर र विनाशकारी टक्करका कारण पृथिवी आफ्नो धुरीबाट १० डिग्रीसम्म सरेको थियो । टोकियो इन्टिट्युट अफ टेक्नोलोजीमा वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय टोलीले यो खुलासा गरेको हो । कम्प्युटर सिमुलेसन प्रविधिबाट उनीहरूले यो कुरा पत्ता लगाएका हुन् । यो अनुसन्धानमा पृथिवीको उत्पत्तिदेखि लिएर पहिलो ३०० मिलियन वर्षको अध्ययन गरिएको थियो ।

इम्पिरियल कलेज लन्डनका भूगर्भविद् माथियास विलबोल्डले बताए, ‘खगोलीय पिण्डहरूमा टन्नै सुन थियो र उनीहरू पृथिवीमा ठोक्किँदा यहाँ बेस्सरी सुन जम्मा हुन पुग्यो ।’यसरी खगोलीय पिण्डहरूको टक्करबाट पृथिवीलाई नोक्सान मात्र नहुने भई कहिलेकाहीँ फाइदा पनि पुग्छ ।

चीनको यो गाउँ संसारकै सबभन्दा धनी : सबै गाउँले करोडपति



गाउँको नाम लिँदा मान्छेको दिमागमा गरीबी, अशिक्षा र कच्ची घरको छवि आउँछ । तर चीनमा एउटा यस्तो गाउँ छ जहाँ अत्यन्तै धनी मान्छे बस्छन् । चीनको उत्तरी तटमा बसेको जियांगयिनमा रहेको हुआझी देशभरिकै धनी गाउँ हो । यो गाउँमा बस्ने सबै दुई हजार मान्छेको वार्षिक आमदानी एक करोड रुपैयाँभन्दा बढी छ ।

सन् १९६१ मा बसाइएको यो गाउँमा शुरूशुरूमा स्थिति अत्यन्त खराब थियो । तर गाउँका कम्युनिस्ट पार्टीका पूर्वअध्यक्ष वु रेनवाओले गाउँमा आमूल परिवर्तन ल्याए । वुले औद्योगिक विकास योजनाका लागि पहिला त गाउँका निरीक्षण गरे अनि मल्टी सेक्टर इन्डस्ट्री कम्पनी बनाए । अनि उनले सामूहिक खेती प्रणालीको नियम बसाए । त्यसपछि उनले सन् १९९० मा कम्पनीलाई शेयर बजारमा दर्ता गराए । गाउँलेलाई कम्पनीको शेयरहोल्डर बनाइदिए ।

गाउँमा कृषि उत्पादनका अलावा फलाम र रेशम विशेष रूपमा बनाइन्छ । यो गाउँले सन् २०१२ मा ९.६ अरब डलरको फाइदा ग-यो । फाइदाको हिस्सा कम्पनीका शेयरहोल्डरहरूलाई बाँडियो ।यहाँ ५० वर्षभन्दा बढीका महिला र ५५ वर्षभन्दा बढीका पुरुषलाई हरेक महिना पेन्सनका साथसाथै चामल र तरकारी पनि दिइन्छ ।

यहाँ अन्य गाउँबाट आएका शरणार्थी मजदुर पनि २० हजार जति छन् ।यो गाउँ कुनै हाइटेक शहरभन्दा कुनै कम छैन । सन् २०११ मा यहाँ ७४ तल्ले लांग्झी अन्तर्राष्ट्रिय होटेल समेत बनेको थियो । होटेल बनाउन कुनै ऋण लिइएको थिएन, गाउँले आफैंले बनाएका थिए । यसका अलावा यो गाउँमा सबै किसिमका सुखसुविधा उपलब्ध छन् ।

डलर र सुनको मूल्यसंगै कच्चा तेलको मूल्यमा असोज महिनाभर उत्तारचढाव



अमेरिकी डलर र सुनको मूल्यसँगै कच्चा तेलको मूल्यमा असोज महिनाभर नै उतारचढाव आएको छ । अमेरिकी बजारमा रोजगारी बृद्धि भएपछि बिश्व बजारमा सुनको लगानीकर्ताहरु अमेरिकी डलर तर्फ आर्कषित भएका हुन् । रोल
नेपाली बजारमा अमेरिकी डलरको भाउ असोज ४ गते सवै भन्दा बढी १ सय ७ रुपैया ६० पैसा पुगेको थियो । गत शुक्रवार पनि अमेरिकी डलर १ सय ७ रुपैया २५ पैसामा कारोवार भएको थियो ।


त्यसैगरी असोज महिनामा सुनको मूल्यमा पनि निकै उतारचढाव आएको छ । असोजको पहिलो साता ५९ हजार प्रति तोला सम्म पुगेको सुनको भाउ असोज अन्तिम हप्तासम्म आइपुग्दा घटेर प्रति तोला ५६ हजार रुपैयामा कारोवार भएको छ । एक महिनाको बीचमा सुनको मूल्यमा प्रति तोला ३ हजार रुपैयाले गिरावट आएको छ । बिश्व बजारमा पनि सुनको मूल्यमा प्रति आउन्स १ हजार ३ सय ११ बाट प्रति आउन्स १ हजार २ सय ५५ डलर प्रति आउन्समा कारोवार भएको छ ।
बिश्व बजारमा सुनको मूल्यमा प्रति आउन्स करीव ६० डलरले कमी आएको सुन चाँदी ब्यवसायी महासघले जनाएको छ । त्यसैगरी बिश्व बजारमा कच्चा तेलको मूल्यमा पनि उतारचढाव आउने क्रम जारी रहेको छ ।

मिथिलाञ्चलमा कोजागरा पर्व मनाइँदै



जनकपुरधाम, २९ असोज । मिथिलाञ्चलमा आज कोजागरा पर्व हर्षोल्लासपूर्वक मनाइँदै छ । पारिवारिक समृद्धि र सौभाग्यका लागि यो पर्व मैथिल संस्कृतिअनुसार मनाइन्छ । मैथिल संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवम् शीतल रातिकारूपमा प्रसिद्ध मानिएको छ ।

कोजागराका राति भगवती श्रीलक्ष्मीले स्वयम् निरीक्षण गर्ने र रातिमा जाग्राम बस्नेलाई भगवतीले धनधान्यले पूर्ण गर्छिन् भन्ने जनविश्वास रहेको छ । यस अवसरमा कुँवेर र इन्द्रको पूजा पनि गरिन्छ ।

मैथिल संस्कतिको एउटा प्रमुख अङ्ग रहेको सो पर्वमा परिवारका सदस्यले पान, मखान र मिठाई खाने तथा एक अर्कासँग प्रेमपूर्वक भेटघाट गर्ने चलन छ ।

मिथिला क्षेत्रमा मङ्सिर, माघ, फागुन, जेठ र असार महिनासम्ममा विवाह भएका वरलाई कोजागरामा चुमाउने गरिन्छ । बधु पक्षद्वारा वर पक्षलाई पठाइएको सामग्रीले यो पर्वमा रमाइलो गरी पासा र पचिसी खेल्ने परम्परा छ ।

चुमाओन विधिमा शरीरका शीर्षदेखि चरणसम्म पाँचवटा प्रमुख स्थानलाई चुमाउने गरिन्छ । हातका पाँच औंँला पञ्च महाभूतका प्रतीक मानिन्छ । पाँच स्थानको स्पर्शले शरीर ऊर्जावान हुने विश्वास मिथिला क्षेत्रमा पाइन्छ ।

शरद् पूर्णिमाको चन्द्रमालाई पूर्णयौवन सम्पन्न चन्द्रमा मानिन्छ । यस दिनको ज्योत्स्नामा अमृत तत्वको वर्षा हुने विश्वास रहेको छ । कोजागरा पर्वलाई जागृति पर्व पनि मानिएको छ । त्यसैले यस पर्वलाई विष्णुत्वको प्रतीककारूपमा समाजले स्वीकार गरेको पाइन्छ ।

समस्या समाधानका लागि काँग्रेस गम्भीर छ : नेता सिंह



वालिङ, २९ असोज । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको समस्या समाधानका लागि काँग्रेस गम्भीर रहेको बताउनुभएको छ ।

काँग्रेस स्याङ्जा क्षेत्र नं ३ को पार्टी कार्यालयको आज गल्याङमा उद्घाटन गर्दै उहाँले संविधानमा केही कमजोरी रहेकाले यसलाई सबै दलको सहमतिमा संशोधन गरेर तराई मधेसको समस्या समाधान गरिने बताउनुभयो ।

नेता सिंहले “नेपाली काँग्रेसको नेतृत्वमा संविधान जारी भएका हुनाले यसको कार्यान्वयनमा पनि काँग्रेसले जिम्मेवारी लिनुपर्छ” भन्दै “संविधानको कार्यान्वयनमा देखिएका जटिलतालाई आन्दोलन भन्दा पनि वार्ताबाट निकास दिनु अहिलेको आवश्यकता हो बताउनुभयो ।”

संविधान संशोधनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०सहित अन्य दललाई पनि साथमा लिएर जानुपर्नेमा जोड दिदै उहाँले काँग्रेसले सरकार परिवर्तनलाई भन्दा पनि जनताका चाहना र आवश्यकता बुझ्नतर्फ लाग्नुपर्ने भन्नुभयो ।

पार्टीका महाधिवेशनका समयमा जे–जस्तो भए पनि अब भने सबै नेता कार्यकर्ता एकजुट भएर पार्टी सुदृढिकरणतर्फ लाग्नुपर्ने र पार्टीभित्र नमिलेका केही विषयलाई कात्तिक ४ गते बस्ने पार्टीको केन्द्रीय बैठकमा आफूले उठाउने प्रतिवद्धता पनि नेता सिंहले व्यक्त गर्नुभयो ।

बच्चाको पेट दुखेमा यी कुरा खुवाउनुस्





बच्चाहरूको स्वास्थ्य एकदमै नाजुक हुने हुनाले मातापिता खुबै ध्यान पुयाउनुपर्ने हुन्छ । बच्चाहरूले मुखमा जे पनि हाल्ने भएकाले पेटमा संक्रमण हुन सक्छ । पेट दुखेर बच्चाले रुने र झर्कोफर्को गर्ने गर्न सक्छ । पेटमा कीरा प-यो भने बच्चालाई गाह्रो हुन्छ ।

आउनुस् जानौं पेटका कीरा मार्ने घरेलु उपाय :

प्याजको रस
प्याजलाई पिसेर त्यसबाट रस निकाल्नुस् । एक चम्चा रस बिहानै खाली पेटमा पियाउनुस् । पेटका कीरा मरेर जान्छन् ।

तुलसीको पात
दिनदिनै तुलसीको पातलाई पेस्ट बनाएर त्यसमा अलिकति मह मिसाउँदै बच्चालाई चटाउनुस् ।

अनार
अनारको बोक्रालाई सुकाएर मजाले पिस्नुस् । अनि त्यसमा चिनी हालेर खुवाउनुस् ।

उम्लेको पानी
उम्लेर सेलाएको मनतातो पानीमा अलिकति नुन हालेर दिनदिनै खाली पेटमा पियाउँदा पेट सफा हुन्छ ।

गाजर
गाजरको रस वा गाजर पिसेर बिहानै खाली पेटमा खाँदा पनि पेटका कीरा मर्छन् ।

गोलभेंडा
गोलभेंडा काटेर त्यसमा कालो खुर्सानी र नुन मिसाएर खाली पेट दिनदिनै खाँदा आराम पाइन्छ ।

ल्वाङ
एक कप तातो पानीमा ल्वाङको धूलो हालेर माथिबाट छोपिदिनुस् । अनि यो पानी हप्ताको दुई तीनचोटि पियाउनुस् । कीरा मर्छन् अनि पेटले आराम पाउँछ ।

एमालेको चियापानले मुलुकको राजनीति पुनः गर्मायो



चाडपर्वले सेलाएको राजनीति एमालेको दशैँ तिहार छठ पर्वको उपलक्ष्यमा आयोजित चियापान कार्यक्रमले माहोल केहि गरम बनाइदियो । दशैँ भरि हराएका विभिन्न दलका नेताहरु शनिवार महाराजगंजको शंखपार्कमा भेला भएका थिए, जुन दृश्यले सेलाएको राजनीतिलाई तातो बनाउन सफल भयो । एमालेसँग असन्तुष्ट रहेका दल देखि कटाक्ष गर्ने दलहरु समेत उपस्थित कार्यक्रमको दृश्यले दलहरु बीच कुनै मतभेद र द्वन्द नभए जस्तो देखियो ।


राजनीतिमाथि चाडपर्व सधैँ हावी हुने गरेको छ । जव चाडपर्व आउँछ तब सबै दलहरु पनि एकजुट हुन्छन् , चियापानको आयोजना गर्छन् र जनतालाई यो भान पार्छन् कि केहि भएकै छैन भन्ने । शनिवार नेकपा एमालेले आयोजना गरेको दशैँ, तिहार,र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम पनि त्यस्तै नै देखिन्थ्यो ।



अरु बेला मधेश केन्दि«त दललाई हेपेको आरोप लगाउने नेताहरु एमालेको कार्यक्रममा चियाको चुस्की लिन पछि परेनन् भने एमालेले पनि आफनो प्रतिपक्ष भएको कार्यक्रम स्थलमा देखाउन सकेन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष सँगै बसिरहेको दृश्यले पनि यहि चरितार्थ गथ्र्यो कि सबै दलहरुबीचको सम्बन्ध ठीक छ भन्ने । तर, प्रत्येक विषयवस्तुमा भने एक अर्काको कटाक्ष नगरी बस्न नसक्ने यिनै दलहरु नै हुन् । चियापान कार्यक्रममा सञ्चारकर्मीहरुले तेर्साएको प्रश्नमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै दलहरु एक विन्दुमा पुगेको र समृद्ध मुलुक निर्माणको लागि संविधान संशोधन गरेर अघि बढ्न सबै सहमत रहेको बताउनुभयो ।


यता पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा भने एमाले अध्यक्ष केपी शर्मा ओलीले भने संविधान गतिशील दस्तावेज भएको र यो कार्यान्वयनको तहमा अघि बढाउने र जहाँ गएर समस्या देखिन्छ समाधान गर्ने बताउनुभयो । उहाँले कार्यान्वयनमा नै अघि नबढि समस्या भएको थाहापाउन नसकिने भन्दै संविधान संशोधन हुन नसक्ने घुमाउरो प्रतिक्रिया व्यक्त गर्नुभयो ।


अहिलेको राजनीतिको मुल मुद्धा भनेको संविधान कार्यान्वयन र तोकिएको मितिमा तीन तहको निर्वाचन नै हो तर यि दुई ठूला दलका नेताहरुको अभिव्यक्तिले समस्या नसल्टिएको सजिलो आंकलन गर्न सकिन्छ । चियापानमा मिलेर हाँसेर बसेझैँ समस्याहरुलाई पनि समाधान गर्नमा तदारुक्ता देखाएमा मात्र मुलुक अघि बढ्न सक्छ भन्ने विषयलाई सबै दलहरुल ख्याल राख्ने जरुरी छ ।

प्रचण्डलाई भारतमा स्वागत गर्दै मोदीले गरे नेपालीमै ट्वीट



भारतको गोवामा हुन लागेको ब्रिक्स सम्मेलनमा भाग लिन शनिबार भारत पुगेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्दै नेपालीमै ट्वीट गरेका छन् । उनले प्रचण्डको भ्रमणले भारत–नेपाल सम्बन्ध अझ मजबुत हुने बताएका छन् ।’

मोदीकोट्वीटमा भनिएको छ, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतमा न्यानो स्वागत गर्दछौँ । उनको भ्रमणले भारत–नेपाल सम्बन्ध अझ मजबुत बनाउने छ ।’

भारत र इराकमा भएका छुट्टा छुट्टै घटनामा कम्तीमा २७ जनाको मृत्यु



नयाँ दिल्ली, २९ असोज । भारतको उत्तर प्रदेशमा भएको भागदौडमा मिचिएर शनिबार कम्तीमा १२ जनाको मृत्यु भएको छ ।



एक धार्मिक कार्यक्रममा जम्मा भएकाहरु भागदौड गर्दा यस्तो घटना भएको हो । घटनामा परी अरु कैयौं घाईते भएको अधिकारीहरुले जनाएका छन् ।

यसैवीच इराकमा भएको आत्मघाती बम हमलामा परी शनिबार कम्तीमा १५ जनाको मृत्यु भएको छ । राजधानी बग्दादमै भएको सो घटनामा अरु ४५ जना घाइते भएका छन् ।

प्रचारप्रसारका अभावमा ओझेलमा छन् , पर्यटकीय गन्तव्य



पाल्पा, २९ असोज । संरक्षण र प्रचारप्रसारका अभावमा पर्यटनका लागि प्रशस्त सम्भावना बोकेका पाल्पाका पर्यटकीयस्थल अझै पनि ओझेलमा परेका छन् ।

सेनकालीनदेखि राणाकालीन समयमा निर्मित ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्व बोकेका सम्पदा तथा प्राकृतिक रुपले सम्पन्न पाल्पाका पर्यटकीय गन्तव्य ओझेलमा पर्दा पर्यटकले त्यस क्षेत्रका बारेमा अझै पनि बेखर बन्दै आएका छन् ।

प्राचीनशैलीमा निर्मित यहाँका दरबार, रानीमहल दरबार, रिब्दिकोट दरबार क्षेत्र, भैरवमन्दिर, भगवती मन्दिर, अमरनारायण मन्दिर, सिद्धबाबा मन्दिर, ताल, तालभित्र मन्दिर, आदिम मानवको दाँत भेटिएको स्थान, नेवाकोट भैरवमन्दिर, सेनकालीन दरबारको भग्नावेशष, होमस्टे, तेजपात, सामुदायिक वन, मगर समुदायको संस्कृति र लद्यु जलविद्युत् आयोजनालगायतले पाल्पा पर्यटकलाई आकर्षण गर्ने स्थल भए पनि स्थानीयवासीको अग्रसरता र प्रचारका अभावमा यो ओझेलमा पर्दै आएको छ ।


रानीमहल दरबार



तानसेनकै श्रीनगरडाँडा, भुवनपोखरीको रैनादेवी मन्दिर, अर्गली दरबार, पाल्पाको धवल पुस्तकालय, रैनादवी, बल्ढेगढी, दर्लमडाँडाको दर्लककाली मन्दिरलगायतका क्षेत्रको प्रचारप्रसार गर्नसकेको भए पाल्पामा पर्यटन क्षेत्रको विकास हुने मात्र होइन्, यो क्षेत्र पर्यटकका लागि मुख्य गन्तव्य हुने थियो ।


अर्गली दरबार

ऐतिहासिक महत्व बोकेका सम्पदासम्म पुग्न सडक सञ्जाल, खानेपानी, होटल तथा विद्युत्को उचित पहुँचका अभावमा पर्यटकीयस्थल ओझेलमा रहेको यहाँका पर्यटक व्यवसायी बताउँछन् ।

जिल्लाका ग्रामीण क्षेत्रका मठमन्दिर, दरबार, स्कुलमा काठका झ्याल, ढोका, पर्खालमा प्राचीन कलात्मकताको झल्को पाइन्छ । तर, पर्यटकीय गन्तव्यका रुपमा रहेका त्यस्ता सम्पदाको संरक्षण हुन नसक्दा स्थानीयवासी चिन्तित बनेका छन् । पाल्पा दरबार सङ्ग्रालयमा हेर्ने लायकका वस्तु अझै जुटाउन सकेको छैन ।

रानीमहल दरबार क्षेत्रमा सडकको पहुच भए पनि त्यसलाई व्यवस्थित गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आवश्यक रहेको स्थानीय ताराबहादुर श्रेष्ठले बताउनुभयो ।

यातायात, विद्युत्, सञ्चार, होटललगायतका पूर्वाधारलाई अझै सुविधा सम्पन्न ढङ्गले निर्माण गर्न खाँचो रहेको सरोकारवाला बताउँछन् ।

भैरवस्थानस्थित एसियाको ठूलो सुनौलो आकारको त्रिशूल रहेको भैरव मन्दिरमा सुनको जलप लगाइको पित्तलको त्रिशूल पर्यटकको आकर्षणका अर्को महत्वपूर्ण सम्पदा भए पनि यसको प्रचारप्रसार हुन नसक्दा धार्मिक पर्यटकको आगमन फिलतो भएको छ ।

सोहाँैं शताब्दीमा नै निर्मित मन्दिरको मोहडा पेगोडा शैलीको तीनतले मन्दिरमा पुजारीबाहेक अरु कोहीले पनि हेर्न पाउँदैनन् । तर भूइँतलाको माथिल्लो तलामा राखिएको बटुकभैरव सबैले दर्शन र पुजा गर्दै आएको मन्दिरका सञ्चालक समितिका पूर्व सदस्य लोकनाथ शर्मा बताउनुहुन्छ ।

तानसेनस्थित अमरनारायण मन्दिरमा पर्यटकले कलात्मक अनुभव लिन त्यहाँ पुग्ने गरेका छन् । मन्दिरका झ्याल, ढोका, थाम र पर्खालमा हातले कुदेका देवीदेवता र बाघका कलात्मक मूर्तिलाई पनि व्यवस्थित गर्न सकेको छैन् ।

विश्वको सबैभन्दा ठूलो शालिग्राम रहेको यस मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्व झनै रहेको ऋषिकेश मन्दिरका पुजारी चुरामणि तिमिल्सेनाले बताउनुभयो ।

पपुवा न्युगिनीमा ६.४ म्याग्नीच्युडको भूकम्प

हङकङ, २९ असोज । पपुवा न्युगिनीमा शनिबार ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ । जिएमटी समय अनुसार शनिबार विहान ८ बजेर ३ मिनेट जाँदा भूकम्प गएको अमेरिकी भौगर्भीक सर्वेक्षण संस्थाले जनाएको छ ।भूकम्पबाट भएको क्षतीको थप विवरण आउन बाँकी रहेको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

थाइ राजकुमारद्वारा राज्यारोहणको साईत निकाल्न आज्ञा



बैंकक, २९ असोज । थाइल्याण्डका नरेश भूमिबोल अदुल्यादेजको निधन भै सकेको र युवराज महा वजिरालोङ्गकोर्नले बिधिपूर्वक राज्यारोहण गरिनसकेको अन्तरिमकालका लागि थाइल्याण्डको शाही परामर्श परिषद्का प्रमुखले शाही प्रतिनिधिका रुपमा जिम्मेबारी सम्हाल्नुहुने भएको उपप्रधानमन्त्री विस्सानु क्रिङ्गमले शुक्रबार राति बताउनु भएको छ ।



थाइल्याण्डको शाही परामर्श परिषद् “प्रिभि काउन्सिल” को नामबाट पनि परिचित छ । हाल प्रिभि काउन्सिलका अध्यक्ष पदमा ९६ वर्षीय प्रेम तिन्सुलानन्द हुनुहुन्छ ।

थाइल्याण्डको संविधानमा उल्लेख भएको प्रावधान अनुसार नयाँ राजाको बिधिपूर्वक राज्यारोहण नभई राजगद्दी रिक्त रहेको अवस्थामा अन्तरिमकालका लागि प्रिभि काउन्सिलका अध्यक्षले राजप्रतिनिधिको रुपमा कार्यबाहकको भूमिका निर्बाह गर्नुपर्छ ।

उपप्रधानमन्त्री क्रिङ्गमले काउन्सिल अध्यक्ष प्रेम तिन्सुलानन्दको नाम नकिट्नु भए पनि सम्भवत तिन्सुलानन्दले नै अल्प अवधिका लागि राजकाजको अन्तरिम जिम्मेवारी सम्हाल्नु हुने थाइ सरकारको आधिकारीक वेभसाईटले जनाएको छ ।

उपप्रधानमन्त्री क्रिङ्गमले युवराजको राज्यारोहणको साइत वा तिथि मिति अहिले सम्म निश्चित भै नसकेको तर धेरै दिनसम्म राजगद्दी रिक्त राख्न नहुनेमा जोड दिनुभयो ।

विश्वमा सबैभन्दा लामो समयसम्म राज्य गर्ने राजाका रुपमा परिचित थाइ नरेश भूमिबोलको ८८ वर्षको उमेरमा गतः बिहीबार निधन भएको थियो ।

डडेल्धुरामा पहिलो पटक व्यवसायिक च्याउ खेती सुरु



डडेल्धुरा, २९ असोज । डडेल्धुरामा पहिलो पटक व्यवसायिक च्याउखेती सुरु गरिएको छ ।



तुफानडाँडामा आधुनिक प्रविधिबाट परालका चारवटा छाप्रो निर्माण गरी दैनिक १०० किलोसम्म च्याउ बिक्री गर्ने लक्ष्यका साथ च्याउको व्यवसाय सुरु गरेको च्याउ व्यावसायी तिलक हमालले बताउनुभयो ।

बजारको बढ्दो मागलाई ध्यानमा राखेर करिब रु सात लाखको लगानीमा पहिलो पटक व्यावसायिक च्याउखेती सुरु गरिएको व्यवसायी हमालले बताउनुभयो ।

डडेल्धुरासहित छिमेकी जिल्ला बैतडी, डोटी र कैलालीमा समेत च्याउ बिक्री गर्ने उद्देश्यका साथ तीन जनाको सयुक्त लगानीमा समूह निर्माण गरी च्याउ व्यवसाय सुरु गरिएको अर्का व्यवसायी केशव महताले बताउनुभयो ।

कम लागानी र थोरै परिश्रममा राम्रो आमदानी लिन सकिने भएकाले च्याउखेती तर्फ आर्किर्षित भएको उनको कथन छ । च्याउखेतीका लागि सात जनाले रोजगारी प्राप्त गरेको बताउँदै उहाँले वार्षिक करिब रु ४० लाखदेखि ४५ लाखसम्मको च्याउ उत्पादन गरी बिक्री गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । यसवाट वार्षिक रु १० लाखदेखि रु १५ लाख सम्मको नाफा हुने अनुमान उनको छ ।

काठमाडाँैबाट च्याउको बीउ आयात गरी उत्पादन सुरु गरेको बताइएको छ । २२ दिनमा उत्पादन हुने च्याउ सस्तो मूल्यमा बजारमा ल्याउने व्यवसायी हमालले बताउनुभयो ।

बाह्य जिल्ला अथवा विदेशबाट प्याकिङ्ग भएर आउने च्याउको मूल्य यहाँ प्रति किलो रु ३०० भन्दा बढीपर्ने गरेको छ । जिल्लामा उत्पादित च्याउ अहिलेको बजार मूल्य भन्दा झन्डै पचास प्रतिशत कम मूल्यमा बिक्री गरिने व्यावसायी हमालले बताउनुभयो

इलामको माइखोलामा डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो



दक्षिणी इलामको दानाबारीबाट महमाईतर्फ जादै गरेको डुंगा शुक्रबार अपराह्न माइखोलामा डुब्दा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । ति मध्ये ७ जनाको सनाखत भएको छ ।


डुङ्गा डुब्दा मृत्यू हुनेमा मोरङ मधुमल्ला २ की ६ बर्षीया अञ्जली खड्का उनकी दिदी पुष्पा खड्का, झापा शनिअर्जुनका २८ वर्षीय कृष्ण कुमार घतानी, इलाम महमाई १ का ७५ वर्षीय जसबहादुर रार्ई रहेका छन् । त्यस्तै महमाई १ का डम्बर रानामगर, हर्क बहादुर रानामगर र महमाई २ की बिष्णुमाया धमलाको पनि डुबेर मृत्यु भएको इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।
नदीमा डुबेका ५ जनाको शव शुक्रबारै घटनास्थलको १ सय मिटर आसपास र अन्यको शव शनिबार झापाको बिभिन्न स्थनमा भेटीएको हो । शनिबार दिउसो झापाको शिवसत्ताक्षीस्थित लालपानीमा भेटीएको एक पुरुषको शवको भने सनाखत हुन सकेको छैन । लगभग पचास जना यात्रु सवार उक्त डुङ्गा शुक्रबार माइखोलास्थित त्रिताल घाटमा डुब्दा ३४ जनाको तत्कालै उद्धार गरिएपनि अन्य केही ब्यक्ति हराइरहेकोले खोजी कार्य तीब्र बनाइएको जिल्ला प्रहरी कार्यालय बेपत्ताहरुको खोजीका लागि कालिध्वज गण इलाम, शसस्त्र प्रहरी बेशक्याम्प दानाबारी, इलाका प्रहरी कार्यालय दानाबारीले इलामको भूभाग र झापाका सुरक्षा निकाय झापातर्फ परिचालन गरिएको जनाइएको छ ।

बौद्ध धर्म होइन ‘धम्म’ हो, के अंतर छ धर्म र धम्ममा ?



केही मान्छेहरु तर्क दिन्छन् धर्म र धम्ममा भाषाको फरक मात्र हो । धर्म नेपाली भाषामा हो र पाली भाषामा धर्मलाई धम्म भनिन्छ । यो बिषयलाई प्रस्ट पार्न बुद्ध धम्मका विद्वान् डा. भिम राव अंबेडकर, जसलाई बोधिसत्वको उपाधी प्रधान गरिएको छ, को चर्चा गर्नु बान्छनीय हुन आउँछ । डा. अंबेडकरले बुद्धिस्टहरुको महत्त्वपूर्ण ग्रन्थ बुद्ध र उनको धम्म (Buddha and his Dhamma) लेख्नुभएको छ । वहाँँले यो किताबको नाम सर्वप्रथम “बुद्ध र उनको तत्वज्ञान” (Buddh And his Gospel ) राख्नु भएको थियो तर यसै बिच वहाँले यो किताबको नाम बदलेर बुद्ध र उनको धम्म ( Buddha and his Dhamma) राख्नुभयो ।

वर्तमानकालमा संसार चार वटा ठुलो धर्म समुदाय बिभक्त छ, इसाई, मुस्लिम, हिन्दु (बाहुन धर्म) र बौद्ध । यिं तीन धर्मलाई धर्म भनिन्छ भने बौद्ध मात्र एउटा धर्म जसलाई ‘धम्म’ भन्नु उपयुक्त हुन्छ ।

अंबेडकरले धर्मलाई धर्म नभनेर धम्म भन्ने पाली शब्दलाई नै किन प्रयोग गर्नु भयो त ? यहि कुरालाई छोटकरीमा स्पष्ट गर्ने प्रयत्न गरेको छु ।

उल्लेखित तीन धर्म इसाई, मुस्लिम र हिन्दु धर्ममा महत्त्वपूर्ण रुपमा चमत्कारी कुरामा समानता पाईन्छ, जुन यिं तीन धर्मको जड हो तर बुद्ध धम्म त्यो तीन धर्मको कुरा पुर्ण रुपले बिरोध गर्दै असहमति दर्साउने गर्दछ। सबैभन्दा पहिलो फरक बुद्ध धम्म/धर्मको उद्धेश्य दुनियाँको उत्पति बारे फरक कुराहरु स्पष्ट पार्नु हो भने धम्म को उद्धेश्य प्राणीको दु:ख मेटाएर यो दुनियाँको पुर्णरचना गर्नु हो । तथागत बुद्धको कथन छ “कोही कसैले पनि यो साबित गर्न सक्दैन कि यो पृथ्वीको निर्माण ईश्वरले गराएको हो।”
दोस्रो फरक अन्य धर्ममा ईश्वरको कल्पनालाई मान्यता दिनु मात्र नभएर त्यो धर्मको सर्वोच्च स्थान प्रधान पनि गरिन्छ तर धम्ममा ईश्वरीय परिकल्पना सबै जीव-प्राणीका लागि जरुरी नभएको बताइएको छ । बुद्ध वचनमा यस्तै थुप्रै उपदेश छन् जुन ईश्वरको संकल्पनालाई स्पष्ट रुपमा नकार्दछ । अन्य तीन धर्मको संस्थापकको ब्याख्या ईश्वरलाई गरेको पाइन्छ र उसँगको नातालाइ स्पष्ट पारेको पाइन्छ तर बुद्ध धम्म त्यो ईश्वरको संकल्पनालाई खारेज गर्दछ । बुद्धले ईश्वर प्रतिको बिश्वासलाई ‘अधम्म’ बताएका छन् । ईश्वरको संकल्पनाको ठाँउमा बुद्ध धम्ममा नितिमत्ता विद्यमान छ । जसरी तीन वटै धर्ममा भुत, प्रेत, शैतान, पिचास, देउता आदिको संकल्पना पनि विद्यमान छ। जबकी बुद्धले यस किसिमको संकल्पनालाई आफ्नो उपदेशमा कुनै पनि स्थान दिएका छैनन् ।

केही मान्छेको भनाइ अनुसार धर्म र धम्ममा मात्र भाषाको फरक छ । धर्म नेपाली भाषामा हो र पाली भाषामा धर्मलाई धम्म भन्ने गर्दछ तर यसमा अलग-अलग विद्वानको अलग-अलग मत पाइएको छ । धम्मको अर्थ तथागतको शब्दद्वारा लगाउन सकिन्छ ।

बुद्ध धम्मको आजसम्मको महत्त्वपूर्ण विद्वान डा. भिम राव अंबेडकरलाई मानिन्छ । डा. अंबेडकर ‘बोधिसत्व’को पद पनि प्रधान गरिएको छ । वहाँको “बुद्ध र उनको धम्म” (Buddha And his Dhamma) लाई बौद्धमार्गीहरुको महत्वपूर्ण धर्मिक ग्रन्थ भनिन्छ । उहाँले यो किताबको नाम सुरुमा “बुद्ध र उनको तत्वज्ञान” (Buddh And his Gospel) राख्नुभएको थियो तर यसै बिच उहाँले यो किताबको नाम बदलेर बुद्ध र उनको धम्म (Buddha And his Dhamma) राख्नु भयो । त्यसको कारण के थियो ? उहाँले धम्म भन्ने पाली शब्दलाइ नै किन प्रयोग गर्नु भो ? धर्म शब्द लाई किन प्रयोग गर्नु भएन ? चर्चा गर्नु बान्छनीय हुन्छ ।

बर्तमान समयमा संसारमा मुक्य चार वटा ठुलो धर्म समुदाय छन्, इसाई, मुस्लिम, हिन्दु (ब्राह्मण धर्म) र बौद्ध (त्यस्का अलावा अहिले नास्तिक वा ‘नन बिलिभर’को संख्या पनि बढ्दोक्रममा छ) । इसाई, मुस्लिम र हिन्दु यो तीन यदि धर्म हो तर एक्लो बुद्धको शिक्षा चाँही धर्म होइन ।
तेस्रो फरक अन्य तीन धर्ममा आत्माको संकल्पना गरिएको छ भने तथागत बुद्धले आत्माको अस्तित्वमा बिश्वासले समानताको दृष्टिमार्गको बादक आउँछ भन्नु भएको छ र आत्मामा बिश्वास राख्नु पनि अधम्म बताउनु भएको छ ।

चौथो फरक तीनवटै धर्मको संस्थापक संयम मोक्षदाता/ईश्वर/भगवानको पुत्र घोषित गरेको छ, अर्थात् ईश्वरको अस्तित्वलाई मान्यता दिएिको छ र ईश्वरको साथ आफ्नो विशेष नाता स्थापित गरिएको छ । जहाँ इश्वरीय चमत्कारको बढाई-चढाइ उल्लेख गरिन्छ । जसलाइ नमानेमा मोक्ष (मृत्यु उपरान्तको स्वर्ग) प्राप्त हुने छैन भन्ने गरिन्छ । तथागत बुद्धले आफ्नो लागि धम्ममा विशेष स्थान आफैले निर्धारित गरेका छैनन् । तथागत बुद्धले आफुलाई एक जागृत मानव अर्थात बुद्ध भनेका भनेका छन् । तथागत बुद्ध चमत्कारको बिरोध गर्थे । बुद्धले कँही पनि कहिल्यै पनि यस्तो कथन गरेका छैनन् कि ‘म मोक्षदाता हुँ’ भनेर । तथागत बुद्ध सँधै आफुलाई मार्गदाता मात्र भन्ने गर्थे । तथागत बुद्धले ‘स्वर्ग अनि नर्कको कल्पनालाई मृत्यु उपरान्त अस्विकार गर्दै आफ्नो कर्मले त्यो स्वर्ग अनि नर्कलाई जिवित रहँदा नै प्राप्त गर्छौ; भनेका थिए ।

संसारमा सबैभन्दा पहिले कर्म अनि फलको सिद्धान्तको ज्ञान दिंदै हरेक व्यक्तिलाई आफ्नो कर्म अनुसारको फल मिल्दछ भन्ने आश्वासन दिएका थिए । मोक्षको कल्पनालाई छोडी सहि कर्म गर्दा जो कोहि व्यक्ति आफ्नो जिवनमा नै जिवित रहँदै मोक्ष प्राप्ती गर्न सक्छ । तसर्थ धम्ममा यहि मानिन्छ कि मृत्यु भन्दा पहिले र मृत्यु पश्चात् आत्माको कुनै अस्तित्व छैन ।

पाचौं फरक अन्य तीन धर्मको आफ्नै बिशिस्ट धार्मिक किताब छ र यस्लाइ ईश्वरक्रित मानिन्छ । अर्थात कुनै ईश्वरको नातेदारद्वारा लेखिएको भनी भन्ने गरिन्छ । तथागत बुद्धले भने कुनै पनि धार्मिक ग्रन्थलाई बिश्वास राख्नु पूर्व निम्नलिखित कुरालाई ध्यान दिन आफ्नो चेलाहरुलाई उपदेश दिदै आएका छन् :
“हे कलामो,
– कुनै पनि कुरालाई यस कारण नमान्नु कि त्यो तिमीले सुनेका छौ ।
– कुनै पनि कुरालाइकुरालाई यस कारण नमान्नु कि जुन परम्परा देखि चलिआएको छ अर्थात आफ्नो परपुर्खाको जमाना देखि चली आएको छ।
– कुनै पनि कुरालाई केवल यो कारण नमान्नु कि त्यो धर्म ग्रन्थ मा लेखिएको छ ।
– कुनै पनि कुरालाई केवल यश कारण नमान्नु कि त्यो कुनै न्यायशास्त्रको अनुसार छ।
– कुनै पनि कुरालाई यस कारण नमान्नु कि त्यो माथ्लो तहमा मान्य छ।
– कुनै पनि कुरालाइ केवल यस कारण नमान्नु कि त्यो हाम्रो बिश्वास या हाम्रो दृष्टिलाई अनुकुल लाग्ने गर्छ ।
– कुनै पनि कुरालाई यस कारण नमान्नु कि त्यो कुरा कुनै आचार्यद्वारा भनिएको छ।
कलामो:
– त्यसो भए हामीले अब के गर्नु पर्छ ?
बुद्ध :
-कलामो, परिक्षा यो हो कि स्वयं आफूसँग प्रश्न गर्नु, कि के यो कुरालाई स्वीकार गर्नु हितकर छ ?
– के यो कुरा गर्न जायज छ ?
– के यो कुरा बुद्धिजीवीद्वारा निषिद्द छ ?
– के यो कुराले दु:ख अनि कष्ट हुनेछ ?
– कलमों,यति मात्र होइन, यो पनि हेर्नूपर्ने हुन्छ कि त्यो कुराको मतले तृष्णा, घृणा, दोषको भावनाको वृद्धिमा सहायता त गर्ने होइन ?
– कलामो यो पनि हेर्नू पर्छ कि कुनै मत विशेषले कसैलाई उसको इन्द्रियले गुलाम त बनाउँदैन ?
– उसलाइ हिंसाप्रती प्रेरित त गर्दैन ?
– उसलाई चोरी गर्न गर्न प्रेरित त गर्दैन ?
– अन्तमा तिमीले यो हेर्नूपर्छ कि यो दु:ख वा अहितको लागि त होइन?
यी सबै कुरालाई आफ्नो बुद्धिले जाँच्नु, तौलनु र तिमीलाई स्वीकार गर्न लायक लागे मात्र यसलाई अपनाउनु ।

साधारणतया झुटको कारण हरेक देशको बुद्ध धम्म अलग-अलग जस्तो लाग्दछ । किनकि त्यो देशहरुमा तथागत बुद्धको शिक्षाको साथ-साथै आफ्नो देशको संस्कृति र मान्यतालाई पनि मिसाउने गरिएको हुन्छ भने तिन वटा धर्मको किताबमा जे कुराहरु लेखिएको छ त्यसलाई कसैले पनि चुनौती दिन सक्दैन वा मिल्दैन । यो धर्मको संस्थापकहरुले जे भने त्यही नै ‘अन्तिम सत्य’ मान्नु पर्ने हुन्छ ।

बुद्धले यो खाले आफू उच्च रहेको प्रसङ्ग कँही पनि नराखी मानवले आफ्नो बुद्धि र बिचारलाई प्रयोग गर्ने स्वतन्त्रता प्रदान गरेको छ र यही मात्र नभएर धम्मलाई काल अनुरुप बदल्ने स्वतन्त्रता समेत प्रदान गरेको छ । यस्तो स्वतन्त्रता दुनियाँको कुनै पनि धर्मले आफ्नो अनुयायीलाई दिन सकेको छैन । यतिसम्म बिश्वास कुनै पनि धर्मले आफ्नो अनुयायी प्रती देखाएको छैन । प्रत्येक धर्मको संस्थापकले आफ्नो विशेष स्थान निर्माण गरेको छ ।तथागत बुद्धले कहिले पनि आफ्नो लागि यस्तो विशेष स्थानको इच्छा राखेका थिएनन् । तथागत बुद्धले आफ्नो ब्यक्तिगत जिन्दगीलाई पनि कहिले महत्त्व दिएनन् । कुनै पनि धर्मको संस्थापक नजिक तपाईं पुग्न सक्नु हुन्न तर बुद्ध एक पद हो र त्यहाँ सम्म जो कोही पनि पुग्न सक्छ, आफ्नो प्रयत्न बाट । तथागत बुद्धले आफ्नो अनुयायीलाई सदैव स्वयं आफैलाई चुनौती दिन प्रेरित गरेका थिए । यस्तो गर्ने दुनियाँमा एउटै मात्र धर्म संस्थापक छ, त्यो हो बुद्ध धम्म ।

जुन समय तथागत बुद्धको अन्तिम महापरिनिवार्ण हुँदै थियो, त्यो बेला अन्तिम शब्दमा उसले भने “हे भिक्षुहरु, यदि कुनै पनि प्रकारको शंका तपाईं हरुको मनमा धम्मप्रती छ भने कृपया निशंकोच राख्नु होला । काहीँ यस्तो नहोस् कि मेरो महापरिनिर्वाण पश्चात् तपाईंहरुको मनमा हाम्रो गुरु हामी माझ हुँदा हामीले उहाँलाई हाम्रो मनको शंकालाई खुलस्त पोखेनौ भन्ने बिचार कदापी नआओस् । आफ्नो जीवनको अन्तिम घडीमा पनि आफ्नो अनुयायीलाई धम्मको बिसयमा निशंकोच कुरा राख्न उक्साएका थिए । यसो गर्ने दुनियाँमा एक मात्र धर्म संस्थापक तथागत बुद्ध थिए । जबकी अन्य धर्मले आफ्नो धर्मको गुरुको आदेश अनुसार चल्न बिवस गराउँछन् तर तथागत बुद्धले आफ्नो संघको निर्माण धम्मको आदेश अनुसार चल्ने लोकसमुदाय हो र उनीहरुले जस्तो बोल्छन्, त्यही हिसाबले धम्म चल्ने गर्छ भनेका छन् ।

अन्य धर्ममा बलि प्रथा धेरै पवित्र मान्ने गरिन्छ तर तथागत बुद्धले कुनै पनि प्राणीको हत्या गर्नलाई नउक्साएको र आफ्नो धम्ममा आउनु पहिले नै पंचशीलमा शील गरेर प्रतिबन्ध लगाउन चाहे । बुद्धले चार्वाकको तर्कलाई स्वीकार गरेका थिए । चार्वाक भन्थे- “जस्को बलि दिइन्छ, त्यसलाई यदि स्वर्गको प्राप्ती हुन्छ भने तपाईंहरु संवम आफ्नो बुवाको बलि दिनुहोस् ।”
तथागत बुद्ध भन्थे : “बलि दिनु नै छ भने त्यो प्राणीको ठाउँमा मलाइ बलि देऊ, तपाईंहरुलाई धेरै पुण्य मिल्नेछ।” राजाको अगाडि यस्तो भन्ने तथागत बुद्ध एक मात्र धर्म संस्थापक थिए ।

अन्य धर्ममा स्त्रीलाई धेरै ‘निच’को दर्जा दिएको छ । जबकी स्त्री बर्गलाई धम्ममा भिक्षुको पद दिएर स्त्रीलाई समानताको दर्जा दिने तथागत बुद्ध सबैभन्दा पहिलो धर्म संस्थापक थिए । तथागत बुद्ध आफ्नो उपदेशमा भन्थे: “स्त्रीहरु पुरुषभन्दा महान हुन्छिन् किनकि उनले चक्रवर्ती सम्राटलाई पनि जन्म दिन सक्छिन् । उनले एक बुद्धलाई जन्म दिन सक्छे । यस प्रकारको उपदेश दिएर तथागत बुद्धले त्यो बेलाको सामाजिक ब्यबस्थापनलाई पुरै हल्लाएका थिए ।

“स्त्री आफ्नो प्रयासबाट निर्वाण पद, अर्हत पद, बुद्ध पदमा पनि पुग्न सक्छिन् ।” – यो बुद्ध धम्म को मान्यता हो।
“मानवको कर्मले मानव उँच र निच सिद्ध हुने गर्छ, जन्मदै होइन।” यो कुरालाइ बुद्धले स्पष्ट भनेका छन् । त्यो समयमा धार्मिक जातियतालाई पुरै बहिष्कार गर्दै तथागत बुद्धले आफ्नो संघमा अछुत मानिने समाजलाई पनि आदर प्राप्त गर्ने अवसर दिएका थिए । हरेक पदमा पुग्ने अवसर प्रदान गरेका थिए । तथागत बुद्धले संसारलाई ‘लोकतान्त्रिक’ ब्यवस्था दिए जसमा एकल शासकको भलो, बाकी जनता दुखी नहुने बहुसंख्यक जनताको भलो हुने संघको स्थापना गरे।
धम्म संघको कयौं नियम आज पनि कयौं देशमा लोकतान्त्रिक कानुनको रुपमा लागू गरिआएको छ।
धर्म कुन मान्ने? या कुन ईश्वरको पुजा गर्ने?

धम्म ब्यक्तिगत नभएर सामाजिक ब्य्वस्था हो । एक्लो मान्छे धम्मको कुनै काम छैन तर जब मान्छेको बिचको सम्बन्धको कुरा आउने गर्छ तब धम्म बिना समाज हुने सम्भावना छैन । किनकि नितिमत्ताको अर्थ धम्म, धम्मको अर्थ संविधान, संविधानको अर्थ कानुन र न्यायको नजरमा सबैजना समानता छ । चाहे त्यो जुनसुकै धर्म या ईश्वर लाई मानोस् या नमानोस् । मानव बिचको सम्बन्धबाट नै धम्मको सुरुवात हुने गर्छ ।

धम्मको बिना समाज जंगली हुन्छ त्यसैले तपाईंलाई नितिमत्ता समाज प्रस्थापित गर्नको लागि धम्मलाई अपनाउनु पर्दछ । धम्ममा दुई ब्यक्ति बिचको सम्बन्धलाई महत्त्व नदिएर स्वंमको मोक्षलाई बढी महत्व छ। अनिश्वरबादी तथा निरिश्वरबादी रहने खालका व्यक्तिलाई धर्म गद्दार सम्झन्छ । उदाहरण नास्तिक (जसले कुनै ईश्वरको अस्तित्व स्विकार्दैन), काफ़िर (जो मानवताको लागि गद्दार हो ) यस्तो शब्द निरीश्वरवादि मान्छेको लागि धार्मिक मान्छेहरु प्रयोग गर्ने गर्छन् । यस प्रकारको शब्द प्रयोग गरि धर्मले निरिश्वरबादीलाई घृणा गर्ने गर्छन् । धम्म निरिश्वरबादलाई मान्यता दिन्छ र यति नभएर बिरोधलाई सधैव स्वागत गर्दछ । धर्म, ईश्वर, नर्क जस्तो कुराको डर देखाएर हरेक कुरामा मानव उपर धर्म लाद्ने गर्छ । तथागत बुद्ध आफ्नो बुद्धिको प्रयोग गरेर परिक्षा लिनु भन्ने कुरालाई जोड दिन्छ । धर्मको हिसाबमा हरेक काम ईश्वरद्वारा पूर्वनियोजित गरेको हुन्छ । धर्ममा यस्तो पनि मान्छन् कि सबै कुरा पहिलेबाटै ईश्वरले तोकेर राखेका हुन्छन्, मानव त एक कठपुतली मात्र हो, मानवको जन्मलाई धर्मले कुनै प्रयोजन स्पष्टिकरण गर्दैन । धम्म यो कुराहरुलाई पुरै नकार्दै बताउँछ कि निसर्ग ब्यबस्था मानवको कर्म ब्यबस्थासंग निर्भर हुन्छ र मानवको जन्म त्यो ब्यबस्थालाई सम्हाल्नको निम्ति भएको हो । धम्म मानवको जन्मलाई ध्येयधम्मले स्पष्ट पारिदिन्छ । धर्म पुजा-अर्चना, ईश्वर प्रतिको कर्मकाण्डमा बिश्वास गर्छ । प्रकारका कुरालाई बढी महत्त्व दिने गर्छ । धर्ममा आफ्नो मोक्ष प्राप्तिकोको लागि ईश्वरको डर देखाने गरिन्छ तर धम्ममा सबैलाई सुखी राख्न र स्वयं आफू पनि सुखी भई निर्वाण सम्म पुग्ने आचरण लाई महत्त्व दिने गर्छ । धर्म अज्ञानता या श्रद्धामा टिकेको हुन्छ तर धम्म कुनै पनि कुरालाई जाच्ने, अनुभव गर्ने प्रयोग गरेर हेर्ने कुरालाई राख्दछ । धम्म कुनै पनि कुरालाई अन्धाधुन्द बिश्वास गर्ने र मान्ने कुरालाई नकार्दछ । धम्म स्वयं आफैलाई पनि जाच्नु, तौलनु भन्ने कुरालाई जोड दिन्छ । धम्म गरिबीलाई दु:ख मान्दछ । धम्म शिललाई महत्त्व दिन्छ । धम्म समस्त प्राणिको अगाडि मायाको भावाना व्यक्त गर्न सिकाउँछ । यसै कारण हामीमा कुनै पनि प्राणी हिंसा गर्न इच्छा जाग्दैन । धम्मले पंचशिल दिन्छ जुन सारा मानव प्राणीलाई सुखी हुनको लागि जरुरी छ । धर्म यस्तो कुरा समाजलाई सिकाउदैन, सबै अनुयायीलाई रटेर आफुमा लाग्न भन्छ।

धम्मको कुराहरु कहिले पुरानो र अनावश्यक कहिले हुँदैन । जति-जति बिज्ञानले फड्को मार्दै जान्छ धम्मको शिक्षा उतिनै स्पष्टीकरण हुँदैजान्छ ।जबकि धर्मको कयौं शिक्षा गलत साबित हुँदै गएको छ। यिनै महत्त्वपूर्ण फरक भएको कारण दुनियाँका विद्वानहरु धम्मलाई धर्म मान्नको लागि तयार छैनन् । यस्तै तर्कहरुलाई मध्यनजर गर्ने हो भने बुद्धद्वारा पाली भाषामा कहलिएको “धम्म” नै योग्य हुने गर्छ न कि बुद्ध “धर्म”।

वास्तवमा धर्मको पाली शब्द उचारण धम्म नै हुने गर्छ तर दुनियाँको कुनै पनि धर्मसंग बुद्ध धम्म तुलना गर्दा धेरै नै फरक पाउन सकिन्छ । त्यसैले स्वत: प्रश्न यो आउने गर्छ कि बौद्ध लाई धर्म भन्नू उचित हुन्छ या हुदैन ?

एक विशिष्ट महामानवको उपदेशमा चल्ने मानव समूहलाई त्यस धर्म अन्तर्गत चल्ने मानव भनिन्छ । यस्तै ब्याख्या यदि धर्ममा पनि लगाइन्छ भने बुद्धको धम्मलाई पनि धर्म भन्नू उचित नै होला । भाषा भिन्नता को कारण आजको दुनियाँमा यदि धम्मलाई धर्म भन्छ भने ठिक हो तर यति ठुलो फरक देख्दा-देख्दै पनि हामी धम्मलाई धर्म संग तुलना गर्छौ भने हामीले सम्पूर्णरुपले तथागत बुद्धलाई चिन्न सक्दैनौं ।

शिक्षालाई प्रविधिसँग जोडेर लैजानुपर्छ – शिक्षा मन्त्री धनीराम पौडेल



भक्तपुर, २९ असोज । शिक्षा मन्त्री धनीराम पौडेलले अबको शिक्षालाई प्रविधिसँग जोडेर लैजानुपर्ने बताउनुभएको छ ।



शिल्पकार समाज नेपालले आज भक्तपुरमा आयोजना गरेको सम्मान तथा सांस्कृतिक कार्यक्रममा बोल्दै उहाँले प्राविधिक शिक्षालाई मुख्य विषय बनाएर लैजान शिक्षा मन्त्रालय लागेको बताउनुभयो ।

प्राविधिक शिक्षा र सीपलाई सँगै लैजान सकेमात्र विश्व बजारमा नेपालको शिक्षाले स्थान पाउने उहाँको भनाइ थियो ।

भूकम्पका कारण भत्किएका विद्यालयको पुनःनिर्माणका क्रममा इतिहास एवम् सम्पदालाई जोगाउनुपर्नेमा जोड दिँदै उहाँले पुनःनिर्माणमा शिल्पकारहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गर्नुभयो ।

कार्यक्रममा २०७२ सालको प्रवेशिका परीक्षामा शिल्पकारहरुबाट एसएलसी उत्तीर्ण हुने ४७ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।

त्यस अवसरमा कार्यक्रम संयोजक रत्नप्रसाद शिल्पकार, कार्यक्रमका सभापति पुरुषोत्तम शिल्पकार, नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापा, माओवादी केन्द्रका जिल्ला संयोजक देवेन्द्र श्रेष्ठलगायतले शिक्षालाई निःशुल्क गर्नुपर्नेमा जोड दिनुभयो ।

विश्वमा कसले गर्‍यो मोबाइल फोनमा पहिलो पटक कुराकानी ? यस्तो छ इतिहास



बिश्व इतिहांसमा सन् १९७३ मा मोटोरोलाका इन्जिनियर मार्टिन कपूरले आफ्नो प्रतिद्धन्द्धी कम्पनीका कर्मचारीसंग पहिलोचोटी गरेको कुराकानी नै मोबाइल फोनमा गरिएको पहिलो कुराकानीको रुपमा लिइएको छ । त्यसको १० बर्षपछी मोटोरोलाले मोबाइल फोन बजारमा ल्यायो । जसको मुल्य थियो, दुइ लाख रुपैया । यही मोटोरोला मोबाइल फोनको हाल बजारमा छ अर्व उपभोक्ता रहेका छन् ।

मोटोरोलाको पहिलो हैंडसेटको नाम थियो डायना टीएसी । यसको ब्याट्रीलाई एकचोटी रिचार्ज गरेमा मात्र ३५ मिनेट मात्रै कुरा गर्न सकिन्थ्यो । यसको तौल ७ सय ९४ ग्राम सम्मको थियो । सन् १९८५ मा बेलायतका हांस्य कलाकार एरिन वाइजले सैन्ट कैथरिन बन्दरगाहबाट वोडाफोनको कार्यालयमा फोन गरी बेलायतमा पहिलो पटक मोबाइल फोनको शुरुवात गरको इतिहास छ ।

यसपछी ओ–२ नामको मोबाइल सेटले आफनो सेवा सुरु गर्‍यो सोही सालमा । वोडाफोनको १० लाख ग्राहक बनाउनका लागि डेढ सालको समय लाग्यो । फ्रांसीसी ब्यबसायी फिलिप खानले सन् १९८७ को जुन ११ तारिखमा आफ्नो नवजात छोरी सोफीको फोटो लिएसंगै क्यामरा जडान गरिएको मोबाइल फोनको सुरुवात गरियो ।

एरिजोनाको एक प्रतिष्ठानले सन् २००७ को सेप्टेम्बरमा कुकुरका लागि मोबाइल फोन बजारमा ल्यायो । करिब २५ हजार रुपैयाँ मुल्य पर्ने यो मोबाइलको जीपीएस सैटेलाइट सुबिधा भन्दा कम थियो । सन् १९९३ मा आयोजित वायरलेस वल्र्ड कम्फरेन्समा आई.बी.एम सिमान नामको पहिलो स्मार्टफोन बजारमा आयो ।

यसको सुरुवातीका दिनमा टचस्क्रीन वाला थियो । जसमार्फत इमेल, इलेक्ट्रिकल पेजर, क्यालेन्डर, क्यालकुलेटर र एड्रेस बुकका रुपमा काम गर्ने खालको बनाइयो । यसैगरी मोबाइलमार्फत टेक्स मेसेज पठाउने तरिका र यसका अक्षर १ सय ६० को सीमा सहितको नयाँ प्रविधि फ्रीडेलहम हेलीब्रान्ड नामका एक जर्मन इन्जिनियरले सुरु गरे ।

सन् २०१२ मा एक अर्व ७९ करोड वटा मोबाइल हैंडसेट बिक्री भयो । जसमा नोकिया, सामसुङ र एप्पेलका रहेका छन् । सन् २०११ म मोबाइल फोन उपभोक्ताहरुले डेढ सय अर्व एस।एम।एस पठाए । जसमा १२ देखि १५ बर्ष उमेर समूहका बालबालिकाको संख्या अत्याधिक थियो ।

शास्त्र भन्छ : प्रेम र बिवाह ग्रहकै खेल हो, कुन अवस्थामा प्रेम र कुन अवस्थामा बिवाह हुन्छ जानी राखौ !



काठमाडौं / जव कुनै केटा र केटि बीच प्रेम हुन्छ तव उनीहरु साथ साथ जीवन बिताउन चाहन्छन । विबाह गर्न चाहन्छन । केहि प्रेमी आफ्नो प्रेम लाई जीवन को रुपमा पाउन सक्छन भने केहि असफल हुन्छन । ज्योतिषीय रुपमा हेर्ने हो भने यो सबै ग्रह को खेल हो । ग्रह योग कुण्डलीमा के देखिन्छ ? ज्योतिष शास्त्रमा शुक्र ग्रह प्रेमको कारक मानिन्छ ।कुण्डलीमा लग्न पन्चम सप्तम तथा एकदास भावमा शुक्रको सम्बन्ध हुदा व्यक्ति प्रेमी स्वभाव को हुन्छ । प्रेम हुनु र बिबाह हुनु अलग कुरा हो । ज्योतिष शास्त्र अनुशर पन्चम भाव प्रेम को भाव हो र सप्तम भाव बिबाहको । पन्चम भावको सम्बन्ध सप्तम भाव मा हुदा जोडी बिबाह बन्दनामा बाधिन्छन । नवम भावमा पन्चम भाव को शुभ समन्ध हुदा पनि दुइ प्रेमी पति पत्नी बनेर दाम्पत्य जीवनमा सुख प्राप्त गर्दछन ।

यदि तपाइको कुण्डलीमा यो अवस्था बनिएको छैन भने हुन सक्छ अन्य कुनै स्थीति को कारण तपाइको प्रेम सफल भइ पति पत्नी को रुपमा पाउन सक्नुहुन्छ । शुक्र यदि लग्न स्थान मा स्थिर छ अनि चन्द्र कुण्डलीमा पन्चम स्थानमा शुक्र छ भने पनि प्रेम बिबाह सफल हुन सक्छ ।
नवमाम्स कुण्डली लग्न कुण्डलिको शरीर अनि नवमाम्स कुण्डली मा सप्तम र नवामेश युक्ति छ भने प्रेम बिबाह पूर्ण रुपमा सफल हुन्छ । शुक्र ग्रह लग्नमा स्थित छ र लग्नेश पनि लग्नमा छ भने प्रेम बिबाह निश्चित हुन्छ ।

शनि र केतु पाप ग्रह हुन् तर सप्तम भाव मा यिनको युक्ति प्रेमीको लागि शुभ संकेत हो । राहु यदि लग्नमा स्थित छ भने नवामम्सा कुण्डली वा जन्म कुण्डली मध्ये कुनैमा पनि सप्तम तथा पंचामेस का कुनै प्रकारको दृस्टी वा युक्ति सम्बन्ध भएमा प्रेम बिबाह हुन्छ ।
लाग्न भावमा लग्नेश र चन्द्रको युक्ति भएमा पनि प्रेम बिबाह योग बन्दछ । सप्तम स्थानमा सप्तमेश को साथमा चन्द्रमा भए पनि प्रेम बिबाह योग बन्दछ । एकदश भाव पापी ग्रहको भाव हो तव प्रेमीको मिलन हुदैन अनि पापी ग्रहको अशुभ दृस्टी बाट मुक्त छ भने आफ्नो प्रेमी को साथ सात फेर लिन्छ । प्रेम बिबाहका लागि सप्तमेश वा एकादसेश मा परिबर्तन योग का साथ मंगन त्रिकोण वा नवम भावमा हुन्छ या फेरी द्वासेश तथा पंच्मेश को मध्य राशि परिबर्तन हुदा पनि शुभ योग बन्दछ ।

पद्मश्री सम्मान र पुरस्कार बैरागी काइँला र कार्कीलाई



काठमाडौँ, २९ असोज । नेपाली साहित्य तथा संस्कृतिको क्षेत्रमा अमूल्य योगदान पु¥याएबापत पद्मश्री साधना सम्मान–२०७२ वरिष्ठ साहित्यकार बैरागी काइँलालाई प्रदान गरिएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान–२०६२ ले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार–२०७२ भने यसवर्ष ‘चीरहरण’ उपन्यासका लेखिका नीलम कार्की ‘निहारिका’ लाई प्रदान गरिएको छ ।

जनही रु दुई लाख राशिको सम्मान र पुरस्कार यहाँ आज आयोजित एक समारोहका बीच प्रतिष्ठानका संरक्षक जीवा लामिछानेका आमा हरिकला लामिछानेले प्रदान गर्नुभयो ।

सम्मानित वरिष्ठ साहित्यकार काइँलाले साहित्य लेखन स्वतन्त्रताको चेतना बोधले लेखिने हुनाले सदा अन्याय, अत्याचार र असमानताका विरुद्ध लड्छ भन्नुभयो ।

लेखिका कार्कीले ‘चीरहरण’ उपन्यासलाई पुरस्कृत गरेर प्रतिष्ठानले नेपाली साहित्यको क्षेत्रमा थप जिम्मेवारी थपिदिएको छ भन्नुभयो ।
प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले पद्मश्री साहित्य पुरस्कारका लागि पुस्तक वा निवेदन पेस गर्नुपर्ने प्रचलनलाई यस वर्षदेखि हटाइएको बताउनुभयो ।

लेकाली वनजंगलमा खेर गइरहेको लोक्ताबाट राम्रो आम्दानी गरिदै



लेकाली वनजंगलमा खेर गइरहेको लोक्ता(चाल्ने सिस्नो) प्रशोधन गरेर पर्वतको शालिजाका किसानहरुले राम्रो आम्दानी गर्न सफल भएका छन् । गाउँदेखि माथि रहेको हम्पालको जंगलमा पाइने लोक्ताबाट नेपाली कागज बनाउन थालेपछि गाउँमै वर्षेनी लाखौं रुपैयाँ आम्दानी हुन थालेको हो ।


दुई वर्षअघि लोक्ता प्रशोधनको तालिम लिएर गाउँमै प्रशोधन उद्योग सञ्चालन गरेपछि अहिले हरेक वर्ष दश लाख भन्दा बढी आम्दानी गर्न सफल भएका छन् । उद्योग सञ्चालन भएपछि स्थानीय महिलाहरुले गाउँमै रोजगारी समेत पाएका छन् । जंगलमा कुहिएर खेर गएको लोक्ता संकलन र प्रशोधन गरेर उत्पादन गरेको नेपाली कागजले राम्रै मुल्य पाउन थालेपछि यहाँका उद्यमीहरु उत्साहित भएका छन् । दुई हजार मिटरभन्दा माथिको जंगलमा पाइने लोक्ता विशेषगरि वर्र्षायामको समयमा निकाल्ने गरिन्छ । वर्षायाममा निकालेर राखिएको लोक्तालाई उद्यमीहरुले अनुकुल समय मिलाएर प्रसोधन गर्नेगरेका छन् । उद्योगबाट अहिले दर्जनौंले रोजगारी समेत पाएका छन् ।
पर्वतमा उत्पादन भएको नेपाली कागज काठमाडौं हुँदै बिदेश समेत निर्यात हुनेगरेको छ । कागज मात्रै बिक्रि गर्दा उचित मुल्य नपाएपछि यहाँका उद्यमीहरुले पछिल्लो समय कागजबाटै महिलाका श्रृङ्गारका सामग्रीहरु समेत बनाउन थालेका छन् । उनीहरुले लोक्ताको कागजबाट महिलाहरुले लगाउने पोते, टप, आकर्षक डायरी तथा विभिन्न गुडीयाहरु समेत निर्माण गर्दै आइरहेका छन् । आवश्यक प्राविधिक ज्ञान र लोक्ता प्रसोधनको आधुनिक विधिबारे जानकारी नहुँदा बाह्रै महिना उद्योग सञ्चलन हुन भने सकेको छैन ।

नेपालमा दैनिक सरदर २५ बालबालिकाको मृत्यु : तथ्यांक



नेपालमा एक वर्षयता पाँच वर्षमुनिका आठ हजार आठ सय ३४ बालबालिकाले विभिन्न रोगका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य सेवा विभाग, स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको अध्ययन तथ्यांकअनुसार दैनिक सरदर २५ बालबालिकाको मृत्यु हुने गरेको छ ।


आर्थिक वर्ष ०७२ र ७३ मा चार हजार दुई सय ५६ बालबालिकाको बिरामी भएर स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य चौकीमा उपचार गर्दागर्दै र स्वास्थ्य संस्थामा नपुगी मृत्यु भएको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीले जनाएको छ । अस्पताल पुगेपछि पनि चार हजार आठ सय २१ बालबालिकाले ज्यान गुमाएको तथ्यांक छ । सबैभन्दा जोखिम समूह जन्मदेखि २८ दिनसम्म रहेका छन् । एक बर्ष भित्र देशभरमा २९ दिनदेखि ५९ दिनसम्मका चार सय ६८ बालबालिकाको मृत्यु भएको छ, भने दुई महिनादेखि पाँच वर्षका पाँच हजार १३ बालबालिकाको मृत्यु भएको उल्लेख छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरको प्रमुख कारण केही वर्षअघिसम्म झाडापखाला थियो । तर अहिले निमोनिया नै बालबालिका को मृत्युको प्रमुख कारण बनिरहेको छ । त्यसैगरी दादुरा, मलेरिया र कुपोषण पनि बालबालिकाको मृत्युको कारण रहेका छन् । पाँच बर्ष मुनिका बालबालिकामध्ये एक हजार बालबालिकामा सात सय ६५ जनामा निमोनियालगायत श्वासप्रश्वासजन्य रोगको संक्रमण हुने गरेको छ निमोनिया कै कारण पछिल्लो समय बालबालिका मो मृत्युदर बढेकोले यस प्रति सचेत बन्न चिकित्सकहरुले सुझाएका छन् ।

Friday, October 14, 2016

एमाले महासचिव पोखरेल अष्ट्रेलिया प्रस्थान



काठमाडौँ, २८ असोज । नेकपा ९एमाले० का महासचिव ईश्वर पोखरेल अस्ट्रेलिया प्रस्थान गर्नुभएको छ ।


एमाले निकट प्रवासी नेपाली मञ्च अस्ट्रेलियाले सिडनी, मेलबर्न र ब्रिसबेनमा आयोजना गर्ने पर्यटन मेलामा शुक्रबार राति उहाँ त्यसतर्फ जानुभएको महासचिव पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । महासचिव पोखरेलले पर्यटन मेलाको उद्घाटन गर्ने कार्यक्रम छ । यही असोज २९ गते सो मेला सुरु हुँदैछ ।
उहाँले मेलवबर्न र ब्रिसबेनमा आयोजना हुने विभिन्न कार्यक्रममा सम्बोधन तथा त्यहाँ रहेका नेपालीसँग भेटघाट गर्ने कार्यक्रम पनि छ । महासचिव पोखरेलका साथ पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल पनि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँहरु आगामी कात्तिक १२ गते स्वदेश फर्कनुहुने छ ।

नेकपा माओवादी केन्द्रको कात्तिकमा गर्ने भनिएको राष्ट्रिय भेला स¥यो



नेकपा माओवादी केन्द्रकोे बैठकले कार्तिक १० र ११ गते काठमाडौंमा गर्ने भनिएको पार्टीको राष्ट्रिय भेला मंसीर २ गते सार्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल को अध्यक्षतामा बसेको कार्यालयको बैठकले राष्ट्रिय भेला मंसीर २ गते सार्ने निर्णय गरेको हो ।


बैठकले मधेशी, थारु, जनजाति लगायतका शक्तिहरुसँग छलफल र वार्ता गर्नुपर्ने कामको चापलाई मध्यनजर गरी कार्तिक १० र ११ गते गर्ने भनिएको पार्टीको राष्ट्रिय भेला मंसीर २ गते गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकमा चीनका राष्ट्रपति, श्रीलङ्काका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीसँग भेटको कार्यक्रम रहेको जानकारी दिँदै रुसका राष्ट्रपतिसँग भेटको सम्भावना रहेको प्रधानमन्त्री दाहालले जानकारी दिनुभएको थियो ।

‘संविधान सबैको सर्वस्वीकार्य बनाउनका लागी परिमार्जनको आवश्यकता’:नारायणकाजी श्रेष्ठ









महोत्तरी। नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संविधानलाई सर्वस्वीकार्य बनाउन यसमा परिमार्जनको आवश्यकता रहेको बताउनुभएको छ ।




दसँैं, तिहार, छठ र मोहर्रम पर्व –२०७३ को उपलक्ष्यमा नेकपा (माओवादी केन्द्र) नगर समिति बर्दिवासले शुक्रबार वर्दिवासमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले असन्तुष्ट पक्षको मागलाई सम्बोधन हुनेगरी संविधानलाई संशोधन गर्नु आवश्यक रहेको छ भन्न्ुभयो ।नेता श्रेष्ठले विश्वको संविधान भन्दा नेपालको संविधान मौलिक अधिकारको सवालमा उत्कृष्ठ रहेको बताउँदै ‘उत्पीडित वर्गको केही अधिकार र माग छुटेको छ, त्यसको सम्बोधनका लागि संविधान परिमार्जन आवश्यकता छ, यो भए मात्र संविधानलाई सर्वोत्कृष्ट भन्न मिल्छ’ भन्नुभयो ।

संविधानमा नागरिकताको सवालमा कुनै विवाद छैन् भन्दै उहाँले विश्वका कुनै पनि देशमा अङ्गिकृत नागरिकता लिएको व्यक्ति देशको उच्च पदमा जान पाउनुपर्ने व्यवस्था नभएको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता तथा सांसद गिरीराजमणि पोखरेलले ‘संविधान संशोधनप्रति नेकपा एमाले सकारात्मक भई यसको कार्यान्वयनतर्फ गम्भीर हुनुपर्छ’ भन्दै ‘२०७४ माघभित्र निर्वाचित निकायको हातमा जिम्मा लगाई देशलाई समाजवादतर्फ डो¥याउनुपर्छ’ बताउनुभयो ।

‘संविधान कार्यान्वयन नभए देश दुर्घटनामा फस्न सक्छ’ उहाँले भन्नुभयो– संविधान कार्यान्वयन गरी मुलुकमा सङ्घीयातालाई संस्थागत गर्नुपर्दछ ।

स्याम संग बिबाहनै नभएको रन्जनाको भनाइ,नयाँ जिबन साथिको खोजिमा रंन्जना



पछिल्लो समय चलचित्र कर्मीहरुको अमेरीका आकर्शण बड्दो छ ।यस्तैमा नेपाली चलचित्र क्षेत्रमा उदाउदै गर्दा अमेरीका तिर लागेकी कलाकार हुन रन्जना शर्मा ।छोटो समयमानै मोडलिङ ,सिरीयल र फिल्महरुमा आफुलाई ब्यस्त बनाइ रहदा उनि अमेरीका तिर लागिन ।टेलिचलचित्र गहना र जानकीमा संगै काम गरेका निर्देशक स्याम भट्टराई र नायिका रन्जना शर्माले बिबाह गरेको चर्चा चल्यो ।अहीले सात बर्ष अघि नेपाल छाडेर गएकी उनि दशै मनाउन नेपाल आएकी छिन । स्याम संग केही समय संगै बसेको भएपनि औपचारीक रुपमा बिबाह नगरेकाले बिबाहनै नभएको उनि बताउद छिन ।न्युज ट्वान्टीफोर टेलिभिजनको दैनिक प्रस्तुती कार्यक्रम छ प्रस्नमा कुरा गर्दै उनले आफ्नो बिबाहनै नभएको कुरा बताएकी हुन ।


केही महीना संगै बसेपनि बिबाह भने बिबाह भने नगरेको उनी बताउछिन ।केही समयको लागि नेपाल आएकी उनले परीबारले केटा हेर्ने ब्यबस्था समेत मिलाएकाले छिट्टै बिबाह गर्ने योजना पनि उनको रहेको कार्यक्रम मार्फत सार्बजनिक गरीन ।

निर्वाचन गराउन सरकार प्रतिवद्ध छ :आपूर्ति मन्त्री दीपक बोहोरा



बुटवल ९खस्यौली०, २८ असोज । आपूर्ति मन्त्री दीपक बोहोराले संविधानले तोकिएकै समयमा तीन तहको निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।


आपूर्ति मन्त्री दीपक बोहोरा

रुपन्देहीको तिलोत्तमा नगरपालिका कोटीहवामास्थित पशुपति बचत तथा ऋण सहकारी संस्थाको १७ आँैं साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो – संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ गते सम्म गाउँपालिका÷नगरपालिका, प्रादेशीक र संसद गरी तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले यसप्रति सरकार प्रतिवद्ध छ ।

मन्त्री बोहोराले निर्धारित मितिमा निर्वाचन गराउन सकिएन र संविधान कार्यान्वयन हुनसकेन भने मुलुकमा ठूलो सङ्कट सिर्जना हुने भएकाले पनि सरकारले निर्वाचनलाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो ।

नेपालको अर्थतन्त्रलाई गतिशिल बनाउनका लागि सहकारी आन्दोलनलाई सशक्त बनाउनु आवश्यक रहेको बताउँदै उहाँले ठूलो पुँजी सर्वसाधारणलाई आवश्यक नपर्ने र बैंकले सानो पुँजी लगानी नगर्ने सन्दर्भमा सहकारी विपन्न वर्गका लागि सारथी बन्न सफल भएको भन्नुभयो ।

सहकारीमा केही विकृति रहेपछि त्यसलाई व्यवस्थापन गर्दै अगाडि बढाउने हो भने समृद्धिको ढोका खोल्न सकिनेमा उहाँले जोड दिनुभयो ।

संस्थाका अध्यक्ष डोलराज बस्यालको सभापत्तिवमा सम्पन्न उक्त कार्यक्रममा तिलोत्तमा २० का वार्ड सचिव मानबहादुर खाती, छिमेकी सहकारीका मीनादेवी पाण्डे, बाबुराम भट्टराई, सेयर सदस्य भोजनाथ पाण्डे, उक्त सहकारीका उपाध्यक्ष कृष्णप्रसाद घिमिरे र सचिव अर्जुन बस्याललगायतले दुःख गरेर बचत गरेको रकमबाट सरकारले २० प्रतिशत कर लिने काम गरिब तथा विपन्न वर्गका लागि अन्याए भएकाले यो व्यवस्था हटाउनुपर्ने माग सरकारसंग गर्नुभयो ।

सो अवसरमा मन्त्री बोहोराले सहकारीको नवनिर्मित कार्यालय भवनको उद्घाटन तथा असल कारोबार गर्ने चारजना सेयर सदस्यलाई सम्मान गरिएको थियो ।

watch first and then search