लेकाली वनजंगलमा खेर गइरहेको लोक्ता(चाल्ने सिस्नो) प्रशोधन गरेर पर्वतको शालिजाका किसानहरुले राम्रो आम्दानी गर्न सफल भएका छन् । गाउँदेखि माथि रहेको हम्पालको जंगलमा पाइने लोक्ताबाट नेपाली कागज बनाउन थालेपछि गाउँमै वर्षेनी लाखौं रुपैयाँ आम्दानी हुन थालेको हो ।
दुई वर्षअघि लोक्ता प्रशोधनको तालिम लिएर गाउँमै प्रशोधन उद्योग सञ्चालन गरेपछि अहिले हरेक वर्ष दश लाख भन्दा बढी आम्दानी गर्न सफल भएका छन् । उद्योग सञ्चालन भएपछि स्थानीय महिलाहरुले गाउँमै रोजगारी समेत पाएका छन् । जंगलमा कुहिएर खेर गएको लोक्ता संकलन र प्रशोधन गरेर उत्पादन गरेको नेपाली कागजले राम्रै मुल्य पाउन थालेपछि यहाँका उद्यमीहरु उत्साहित भएका छन् । दुई हजार मिटरभन्दा माथिको जंगलमा पाइने लोक्ता विशेषगरि वर्र्षायामको समयमा निकाल्ने गरिन्छ । वर्षायाममा निकालेर राखिएको लोक्तालाई उद्यमीहरुले अनुकुल समय मिलाएर प्रसोधन गर्नेगरेका छन् । उद्योगबाट अहिले दर्जनौंले रोजगारी समेत पाएका छन् ।
पर्वतमा उत्पादन भएको नेपाली कागज काठमाडौं हुँदै बिदेश समेत निर्यात हुनेगरेको छ । कागज मात्रै बिक्रि गर्दा उचित मुल्य नपाएपछि यहाँका उद्यमीहरुले पछिल्लो समय कागजबाटै महिलाका श्रृङ्गारका सामग्रीहरु समेत बनाउन थालेका छन् । उनीहरुले लोक्ताको कागजबाट महिलाहरुले लगाउने पोते, टप, आकर्षक डायरी तथा विभिन्न गुडीयाहरु समेत निर्माण गर्दै आइरहेका छन् । आवश्यक प्राविधिक ज्ञान र लोक्ता प्रसोधनको आधुनिक विधिबारे जानकारी नहुँदा बाह्रै महिना उद्योग सञ्चलन हुन भने सकेको छैन ।
No comments:
Post a Comment