watch first and then search

watch first and then search

Saturday, October 15, 2016

नेपालमा दैनिक सरदर २५ बालबालिकाको मृत्यु : तथ्यांक



नेपालमा एक वर्षयता पाँच वर्षमुनिका आठ हजार आठ सय ३४ बालबालिकाले विभिन्न रोगका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य सेवा विभाग, स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको अध्ययन तथ्यांकअनुसार दैनिक सरदर २५ बालबालिकाको मृत्यु हुने गरेको छ ।


आर्थिक वर्ष ०७२ र ७३ मा चार हजार दुई सय ५६ बालबालिकाको बिरामी भएर स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य चौकीमा उपचार गर्दागर्दै र स्वास्थ्य संस्थामा नपुगी मृत्यु भएको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीले जनाएको छ । अस्पताल पुगेपछि पनि चार हजार आठ सय २१ बालबालिकाले ज्यान गुमाएको तथ्यांक छ । सबैभन्दा जोखिम समूह जन्मदेखि २८ दिनसम्म रहेका छन् । एक बर्ष भित्र देशभरमा २९ दिनदेखि ५९ दिनसम्मका चार सय ६८ बालबालिकाको मृत्यु भएको छ, भने दुई महिनादेखि पाँच वर्षका पाँच हजार १३ बालबालिकाको मृत्यु भएको उल्लेख छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरको प्रमुख कारण केही वर्षअघिसम्म झाडापखाला थियो । तर अहिले निमोनिया नै बालबालिका को मृत्युको प्रमुख कारण बनिरहेको छ । त्यसैगरी दादुरा, मलेरिया र कुपोषण पनि बालबालिकाको मृत्युको कारण रहेका छन् । पाँच बर्ष मुनिका बालबालिकामध्ये एक हजार बालबालिकामा सात सय ६५ जनामा निमोनियालगायत श्वासप्रश्वासजन्य रोगको संक्रमण हुने गरेको छ निमोनिया कै कारण पछिल्लो समय बालबालिका मो मृत्युदर बढेकोले यस प्रति सचेत बन्न चिकित्सकहरुले सुझाएका छन् ।

No comments:

Post a Comment

watch first and then search