watch first and then search

watch first and then search

Saturday, December 31, 2016

अधिकारकर्मीबाटै महिलामाथि निर्घात कुटपिट भएपछि…..



वैतडीमा अधिकारकर्मींबाटै एक महिला निर्घात कुटिएकी छन् । नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा अन्तरपार्टी महिला सञ्जालकी जिल्ला सचिव कान्ता चन्दको कुटाइबाट गुरुखोलाकी माधवी भट्ट गम्भीर घाइते भएकी हुन् ।

कुटपिटबाट भट्टको टाउको र शरीरमा गम्भीर चोट लागेको छ । घाँटी र कम्बरमा लागको चोटका कारण उनी हिँड्न नसक्ने स्थितिमा छन् । उपचारको क्रममा उनको टाउकोमा पाँच टाँका लगइएको छ ।

बाख्रा बारीमा पसेको निहूँमा चन्दले भट्टलाई कुटपिट गरेकी थिइन् । चन्दाले भने आफूलाई अनेक आरोप लगाएका कारण सहन नसकेर कुटेको वताएकी छन् । जिल्ला प्रशासन कार्यालयले घटनालाई निन्दनीय भनेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

नेपाली टोपी लागाएर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन सबैमा आग्रह



यसले अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रवद्र्धन र प्रसार गर्न मद्दत पुग्ने सो अभियानका डा लेखनाथ काफ्ले र शङ्कर बन्जाडेले बताउनुभयो ।

शताब्दीऔँदेखि भइरहेको विभिन्न प्रकारका नेपाली टोपीको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले सन् २०१४ जनवरी १ देखि संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आएको छ

संविधान संशोधनबारे प्रधानमन्त्री र मधेशी मोर्चाका नेताबीच बालुवाटारमा छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक गतिरोध अन्त्यको प्रयास जारी राख्नुभएको छ । दाहालले आज विहानै मधेसी मोर्चाका शीर्ष नेताहरुसंग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास वालुवाटारमा जारी छलफलमा संविधान संशोधन र संसदको अवरोधको निकासबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटमा स्थानीय तहको निर्वाचनको विषयमा पनि छलफल भइरहेको छ । बैठकमा प्रधानमन्त्री दाहालसहित मधेशी मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव लगायतका नेताहरु सहभागी छन् ।

Friday, December 30, 2016

मोरङमा बञ्चरो प्रहार गरी श्रीमानको हत्या

बेलबारी । मोरङको पाटी गाँउमा बुधबार श्रीमतिको बन्चरो प्रहारबाट श्रीमानको मृत्यू भएको छ । पाटी गाँउ १ बस्ने ३७ बर्षीय हस बहादुर राईलाई उनकी पत्नी ऐश्बर्या राईले टाउकोमा बन्चरोले हिर्काई हत्या गरेको प्रहरीले जनाएको छ । राईको शब क्षतबिक्षत अबस्थामा फेला परेको र घट्नामा संलग्नलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख मेघराज थापाले जानकारी दिएका छन ।

पुनर्निर्माण अनुदान अब सहज



भूकम्प प्रभावित ८० लाख जनताको प्रत्यक्ष सरोकार रहेको निजी आवास पुनर्निर्माण र मर्मतसम्भारका लागि अल्झिएका नीतिगत समस्या समाधान गर्ने गरी सरकारले निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार सिंहदरबारमा बसेको बैठकले भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान कार्यविधि स्वीकृत गरेपछि पुनर्निर्माणका नीतिगत समस्या समाधान भएका हुन्।

भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण अनुदान वितरणसम्बन्धी कार्यविधि २०७२ खारेज गर्दै भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान कार्यविधि २०७३ मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो। छुटेका भूकम्पपीडितलाई समेट्न, गुनासो फस्र्योटका लागि घरधनीको वर्गीकरण गर्न, नयाँ घर बनाइसकेका घरधनीलाई अनुदान प्रणालीमा समावेश गर्न, साबिक दुई लाख अनुदानमा एक लाख थप गरी तीन लाख रुपैयाँ तीन किस्तामा उपलब्ध गराउन, मर्मतसम्भार गर्न दुई किस्तामा एक लाख रुपैयाँ उपलब्ध गराउन, मापदण्डअनुसार निर्माण भएका भूकम्प प्रतिरोधी घरधनीलाई तीन लाख रुपैयाँ अनुदान वितरण गर्न नयाँ कार्यविधिले बाटो खोलेको छ।कात्तिक १० को राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको निर्णयलाई बिहीबारको मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो।

अब भूकम्पपीडितले दोस्रो किस्तामा एक लाख ५० हजार रुपैयाँ, तेस्रो किस्तामा ७५ हजार रुपैयाँ तथा शौचालय र सोलार जडान गरेपछि २५ हजार रुपैयाँ पाउनेछन्। घर पुनर्निर्माण गरिसकेकालाई एकमुष्ठ तीन लाख अनुदान उपलब्ध गराउन र घर मर्मतसम्भार गर्नेका लागि पनि नीतिगत समस्या सुल्झिएको छ। गुठी विवाद, लाभग्राहीको अनुपस्थितिमा अनुदान सम्झौता हुन नसकेका र अनुदान पाउन नसकेकाले अनुदान प्राप्त गरी निजी आवास पुनर्निर्माण गर्नसक्ने भएका छन्।

भूकम्पबाट अति प्रभावित १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधनी घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने अनुदान रकम प्राप्त गर्न सूचीकृत भइसकेका छन् भने पाँच लाख ४३ हजार एक सय सात घरधनीले अनुदान सम्झौता गरेका छन्। चार लाख ५८ हजार पाँच सय ९२ घरधनीले अनुदान रकम प्राप्त गरी घर पुनर्निर्माण गर्न तयार भएका छन्।आजको अन्नपूर्ण पाेष्टमा खबर छ ।

कार्यविधिमा सार्वजनिक, वन क्षेत्र र सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घर क्षति भएको अवस्थामा त्यस्ता घर पुनर्निर्माण र मर्मतसम्भार गर्न अनुदान नदिइने प्रस्ट पारिएको छ भने सार्वजनिक, सरकारी र वन क्षेत्रको जग्गाबाहेक विभिन्न किसिमका गुठी, बिर्ता र गुठी अधीनस्थ जग्गा, मोही लागेको जग्गा, स्वबासी, बेनिस्सा, गाउँ ब्लक, कोदाली, आँकडा, बिटौरी, उखडासमेतका जग्गामा बसोबास भई घर क्षति भएका लाभग्राहीका हकमा बसोबासीसँग घरबास भएको जग्गाको भोगसम्बन्धी कुनै निस्सा, रसिद वा पुर्जी भए उक्त निस्सा, रसिद वा पुर्जी नभएको अवस्थामा सोही बेहोराको सिफारिस एवं क्षतिग्रस्त घरबास भएको जग्गामा कम्तीमा दुईजना सँधियारले घरबास भएको जग्गाको भोगचलन गरेको हो भनी गरिदिएको सर्जमिन मुचुल्काका आधारमा त्यस्ता घरधनी लाभग्राहीसँग घर निर्माण अनुदान सम्झौता गर्न सकिने व्यवस्था गरिएको छ।

कार्यविधिमा २०७२ वैशाख १२ भन्दा पहिले सम्बन्धित जिल्ला मालपोत कार्यालयमा अंशबन्डा पास गरेका घरपरिवारलाई छुट्टै घरपरिवार गणना गरी अनुदान उपलब्ध गराउने, एकाघर परिवारको सदस्यका नाममा घरजग्गा भएको तर घरजग्गाको स्वामित्व भएको परिवारको सदस्य विदेशमा भएको अवस्थामा घर बनाउनका लागि एकाघर परिवारको नाता प्रमाणित भएका हकवाला व्यक्तिलाई तोकिएबमोजिमको अनुदान रकम उपलब्ध गराइने, कुनै ठाउँमा जग्गा नापी नै नभएको तर बस्ती बसेको अवस्थामा त्यस्ता बस्तीका घरलाई अनुदान रकम उपलब्ध गराउन त्यस्तो बसोबास भएको जग्गा व्यक्तिगत भए नापी गरीगराई सम्बन्धित व्यक्तिका नाममा नियमानुसार जग्गाधनी पुर्जा प्राप्त गरेपछि वा सम्बन्धित स्थानीय निकायको सिफारिस र सर्जमिन मुचुल्काका आधारमा तोकिएबमोजिमको अनुदान रकम उपलब्ध गराइने व्यवस्था छ।

भैरहवामा छिट्टै विशेष सुरक्षा योजना : प्रहरी महानिरीक्षक अर्याल



लुम्बिनी, १५ पुस । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भैरहवा क्षेत्रका लागि तत्कालै विशेष सुरक्षा योजना बनाउने बताउनुभएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाले बिहीबार यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा औद्योगिक तथा पर्यटकीय केन्द्र भैरहवामा आपराधिक क्रियाकलाप बढेकाले आउँदो एक हप्ताभित्र विशेष सुरक्षा योजना तयार गरी लागू गरिने जानकारी दिनुभयो ।

रुपन्देहीमा आपराधिक घटना बढेको निष्कर्ष निकाल्दै महानिरीक्षक अर्यालले आपराधिक क्रियाकलाप निरुत्साहित पार्न र आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरमा ल्याउन पनि सुरक्षा योजनाले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विशेष सुरक्षा योजनाको खाका तयार गर्न लुम्बिनी अञ्चल प्रहरी वरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेतलाई निर्देशन दिनुभएको छ ।

कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा पत्रकारले जिल्लामा शान्तिसुरक्षाको अवस्था अत्यन्तै बिगँ्रदै गएको गुनासो गरेका थिए । व्यवसायीको गुनासोलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले बिग्रिएको रुपन्देहीको शान्तिसुरक्षालाई यथास्थितिमा ल्याउने उल्लेख गर्दै जिल्लामा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउने बताउनुभयो ।

उहाँले आम नागरिकका लागि शान्ति र सुव्यवस्था कायम गर्न नेपाल प्रहरी जहिले पनि कटिबद्ध रहेको उल्लेख गर्दै सल्बलाउन खोजेको आपराधिक गिरोहको टाउको पूर्ण रुपमा निमोठेरै छाड्ने बताउनुभयो । उहाँले उद्योगी कुलप्रसाद न्यौपानेलाई गोली हान्ने, उद्योगी एवम् युवा सङ्घ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीका हत्यारा र एसएमएसबाट धम्काउनेको खोजी कार्य तीव्र गतिमा अगाडि बढेको र केही दिनमै उनीहरुलाई सार्वजनिक गरिने जानकारी पनि दिनुभयो ।

बाबु सानै हुँदा मरेको र आमा पोइला गयपछी यि नानी अहिले बिचल्लिमा परेकी छिन। सानो भाईलाई बोकेर काम को खोजिमा हिंडेकी यिनलाई १ शेहर गरी सहयोग गरौ। (भिडियो सहीत )

बाबु सानै हुँदा मरेको र आमा पोइला गयपछी यि नानी अहिले बिचल्लिमा परेकी छिन। सानो भाईलाई बोकेर काम को खोजिमा हिंडेकी यिनलाई १ शेहर गरी सहयोग गरौ। (भिडियो सहीत )

सके सहयोग गरौ नसके कृपया १ शेहर भएपनी गर्नुहोला तपाईंको धर्म हुनेछ किनकी यती सानो बाबुलाई माया नगरने को नै होला र ?

सके सहयोग गरौ नसके कृपया १ शेहर भएपनी गर्नुहोला तपाईंको धर्म हुनेछ किनकी यती सानो बाबुलाई माया नगरने को नै होला र ?

पाल्पा बाराअङ्दिका कमल बस्यालको १ बर्से छोरालाई बलड क्यन्सर भएको र अप्रेसन गर्नलाई पैसा को अभाब भएको जानकारी आएको छ

रातो नम्बरबाट आएको फोन उठाउँदा मरिने हल्लाले देशभर त्रास, यस्तो छ वास्तविकता



काठमाडौं, १४ पुस । कवि भूपी शेरचनले भनेका थिए, ‘नेपाल हल्लैहल्लाको देश हो ।’ सायद ठीकै भनेका थिए उनले । नेपाल हल्लैहल्लाको भरमा बेलाबखत तरङ्गित हुने गरेको छ । यस्तै एउटा हल्लाको पछिल्लो संस्करणले केही दिनयता देशभर त्रास फैलिरहेको छ ।

सायद तपाईंले पनि सुन्नु भएको होला, ‘रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मर्‍यो रे !’ अहिले यो हल्ला ‘दिन दोगुना, रात चौगुना’ भनेझैँ फैलिरहेको छ । मानिसहरुले एसएमएस गरेर, फोन गरेर तथा सामाजिक सञ्जालमार्फत आफ्ना आफन्त र साथीभाइलाई सचेत रहन भनिरहेका छन् । हल्लामा मान्छे मरेको भनिएका क्षेत्रहरुचाहिँ कसैले नुवाकोट, कसैले धादिङ त कसैले मकवानपुर भनेका छन् ।

त्यसैगरी फोन आएका भनिएका मोबाइलहरु एनसेल छन् ।यो हल्ला अहिले यति भाइरल बनिसक्यो कि कन्ट्रोल गर्नै नसकिने अवस्था छ । आम मानिसहरु त्रसित बन्न थालेपछि यसको वास्‍तविकताबारे बुझ्ने प्रयास यसरी गरीएकाे छ ।

एनसेल भन्छ, ‘हल्लाको पछि नलाग्नुस्’




हामीले यसबारे एनसेलसँग बुझ्ने प्रयास गर्‍यौँ । सुरुमा ग्राहक सेवा प्रतिनिधिसँग कुरा गर्दा उनी यो हल्लाले वाक्कदिक्क भइसकेका रहेछन् । दिनमै सयौँ कल यस्तै चासो राख्नेहरुको आउँदो रहेछ । उनले यसबारे अफिसमा पनि कुरा भइसकेको, यो हल्लामात्र रहेको निष्कर्ष निकालिएको जवाफ दिए ।

सामाजिक सञ्चालका एक प्रयोगकर्ताले एनसेलको आधिकारिक पेजमा नै जिज्ञासा राखेका रहेछन् । त्यहाँ पनि एनसेलले यो हल्लामात्र भएको जवाफ फर्काएको छ ।‘रातो नम्बरबाट आएको फोन उठाए मरिने हल्ला छ के हो यो ?’ केदार पौडेल नाम गरेका फेसबुक प्रयोगकर्ताले सोधेको प्रश्नमा एनसेलले आफ्नो आधिकारिक फेसबुक पेजबाट जवाफ फर्काएको छ, ‘कृपया यस्तो हल्लाको पछाडि लाग्न नहुन ग्राहक बर्गहरुमा अनुरोध छ ।’

धादिङ प्रहरीलाई जानकारी छैन
गाउँ-गाउँमासमेत सानातिना घटना घट्दा पनि प्रहरीलाई जानकारी हुन्छ । त्यसैले हामीले हल्लामा नाम जोडिएको जिल्ला धादिङका डिएसपी दिपेन्द्र पञ्जियारलाई सम्पर्क गर्‍यौँ । उनले त हल्लासमेत सुनेका रहेनछन् । ‘मैले त हल्ला पनि सुनेको छैन । केही भएको भए त आउँथ्यो । सायद हल्लामात्र हो यो,’ साझापोस्टसँग उनले भने ।

धादिङ प्रहरीकै सञ्चार शाखामा भने यस्तो हल्ला पुगेको रहेछ । सञ्चार विभागमा कार्यरत प्रहरी अधिकृत भन्दै थिए, ‘हल्ला त मैले पनि सुनेको हो । मकवानपुर तिर रे भनेर फेसबुकमा लेखेको देखेको थिएँ । तर, हामीकहाँ त्यस्तो कुनै जानकारी आएको छैन । भए त आइहाल्थ्यो नि !’





नुवाकोट प्रहरीमा केही व्यक्ति मोबाइल फाल्यौँ भन्दै आएका थिए
त्यसपछि हामीले नुवाकोट प्रहरीका डिएसपी ऋषिराम कंडेललाई सम्पर्क गर्‍यौँ । उनले हल्ला मज्जैसँग सुनेका रहेछन् । ‘हल्ला त मैले पनि सुनेको हो । अस्ति दुईतीन जना युवा ‘रातो नम्बरबाट फोन आयो त्यसपछि मोबाइल फाल्यौँ’ भन्दै हामीकहाँ आएका थिए ।

तर फोन आएको हामीले देखेनौँ । उनीहरुले नै भनेका थिए, ‘कताकता मान्छे पनि मरे रे !’ तर यो हल्लामात्र हो । यस्तो फोन रिसिभ गर्दा मरेको भनिएको कुनै पनि व्यक्तिबारे जानकारी छैन ।’यो कुरा हल्लामात्र हो भन्ने निष्कर्षमा उनी पनि पुगिसकेका रहेछन् ।



मकवानपुर प्रहरीलाई जानकारी छैन
मकवानपुरका प्रहरी इन्सपेक्टर सुरक्षा केसीले भने यस्तो हल्लासमेत आफूले नसुनेको बताइन् । ‘मैले त हल्ला पनि सुनेका छैनौँ, त्यस्तो कुनै उजुरी पनि आएको छैन,’ उनले भनिन् ।

आजभोलि ठेस लागेर लड्दा मान्छे मरेको जानकारीसमेत प्रहरीकोमा आउँछ । सानासाना घटनाबारे पनि प्रहरीलाई जानकारी गराउने प्रचलन छ । प्राकृतिक ढंगको स्वभाविक मृत्युबाहेक अन्य जुनसुकै कारणले मानिस मरे पनि पोस्टमार्टम बिना शवको दाहसंस्कारसमेत हुँदैन ।

पोस्टमार्टम अघि प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाउनुपर्छ । अब तपाईं आफैँ भन्नुस्, सम्बन्धित जिल्लास्थित प्रहरीलाई समेत जानकारी नभएको कुरा वास्तविक कसरी हुन सक्ला त ? आफ्नो परिवारका सदस्यको फोन उठाउँदा मृत्यु भयो भने चुपचाप दाहसंस्कार कसैले गर्ला ? पक्कै पनि गर्दैन ।

बरु हामीकहाँ त लास सडकमा राखेर पैसाका लागि बार्गेनिङचाहिँ हुनसक्छ । माथिका तमाम जानकारीहरुबाट पनि निष्कर्ष निकाल्न सकिन्छ, यो हल्ला मात्र हो । हल्लाको पछि नलागौँ । बाँकी रहे सामाजिक सञ्जालमा रेड नम्बरबाट फोन आएको देखाइएका स्क्रिनशर्टहरु, ती फोटोशप्ड हुन सक्छन् ।

कङ्गोमा बाढीका कारण कम्तिमा पचासको मृत्यु (कृपया १ शेयर गरी सहयोगि हाथ सम्म पुर्याउन मद्दत गरौ)



कङ्गो, १५ पुस । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा भीषण वर्षापछि नदीमा आएको बाढीका कारण कम्तिमा ५० जनाको मृत्यु भएको र हजारौँ विस्थापित भएको कङ्गोको दक्षिणमा अवस्थित एक प्रान्तका गभर्नर ज्याक्स मादुले बिहीबार जानकारी गराउनुभयो । मसुलधारे वर्षापछि कालामु नदी उर्लेर आएपछि दक्षिणी सहर बोमामा नदीको पानी पसेको र शहरलाई डेवानमा पारेको बताइएको छ ।

बाढीका कारण एटलान्टिक सागरको किनारस्थित कङ्गोको एक मात्र बन्दरगाह क्षेत्रमा करिब एक मिटर माटो जम्मा भएको बताइएको छ । सोमबारदेखि मङ्गलबार रातसम्म परेको वर्षा कारण बोमा सहरमा मात्रै ५० जनाको मृत्यु भएको प्रान्तीय गभर्नर मादुले बताउनुभयो । बाढीका कारण अन्य क्षेत्रमा पनि क्षति भएका अपुस्ट खबरहरु प्राप्तभएको उहाँको भनाई थियो ।

मुसलधारे वर्षापछि नदीमा नियमित सतहभन्दा करिब दुई मिटर पानी उर्लेर आएको र बोमा सहरलाई डुबानमा पार्दै कङ्गो नदीमा प्रवेश गरेको मादुले बताउनुभयो । कङ्गोको राजधानी किन्सासा सहरबाट करिब ४७० किलोमिटर टाढा अवस्थित बोमा सहरमा करिब डेढ लाखदेखि दुई लाख मानिस बसोबास गर्दछन् । सहरका गहिरो क्षेत्रमा रहेका अधिकांश घरहरुमा बाढीले ल्याएको माटो थुप्रिँदा बाढीबाट बाँच्न सफल हजारौँ नागरिक पनि विस्थापित जीवन बिताउन बाध्य भएका बताइएको छ ।

टेलिकमको फोर-जी सेवा आइतबारदेखि सुचारु हुने , तत्काल आइफोनमा नचल्ने ..........कसरी तपाईंको मोबाईल मा सेट गर्ने??? पुरा पढ्नुहोस्



काठमाडौं । नेपाल टेलिकमले आगामी आइतबार अर्थात् जनवरी १ तारिखबाट काठमाण्डौमा चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) सुरु गर्ने भएको छ । तर, आइफोन र आइप्याड प्रयोगकर्ताले भने तत्कालै नेपाल टेलिकमको फोरजी सेवा प्रयोग गर्न पाउनेछैनन् । नेपाल टेलिकमले एप्पलसँग टेलिकम नेटवर्क कोड इनेबल सम्झौता बेलैमा नगर्दा यस्तो समस्या आउन लागेको हो ।


हाल फोरजी सेवाको परिक्षण गरिरहेको नेपाल टेलिकमको सो क्रममा आइफोनमा फोरजी सेवा नचल्ने जानकारी पाएको हो । हाल नेपाल टेलिकमका झण्डै दुई लाख प्रयोगकर्ताले एप्पलले उत्पादन गरेका आइफोन प्रयोग गर्छन् । जसमध्ये करिव १ लाख ७० हजार आइफोनमा फोरजी चलाउन सकिन्छ ।


डिभाइसको सुरक्षाप्रति संबेदनशील एप्पलले आफ्ना सेटमा सम्बन्धित सेवा प्रदायकको लोकेसन इनेबल नगर्दासम्म फोरजी नचल्ने बनाएको छ । जसका कारण संसारभरिका सवैजसो टेलिकम सेवा प्रदायकले फोरजी सेवा सञ्चालनका लागि एप्पलसँग बेग्लै सम्झौता गर्नुपर्छ र त्यस्तो सम्झौतापछि एप्पलले सेवा प्रदायकको लोकेसन इनेबल गर्छ । एप्पल बाहेकका अन्य स्मार्टफोन ब्राण्डमा भने फोरजी सेवा स्वतः चल्छ । एप्पलसँग जस्तै कोड इनेबल गर्ने सम्झौता गरिराख्नु पर्दैन् ।


नेपालका लागि आइफोनका आधिकारिक वितरक जेनरेसन नेक्स्ट कम्युनिकेसनका प्रबन्ध निर्देशक पवन भिमसरियाले नेपाल टेलिकमबाट लोकेसन इनेबलका लागि अनुरोध आएको र सोहीअनुसार आफुले एप्पलको सिंगापुरस्थित कार्यालयलाई पत्र पठाएको जानकारी दिए ।


‘त्यस्तो समस्या आएको थाहा पाएपछि टेलिकमले गत बिहीबारमात्र हामीलाई अनुरोध गरेको थियो’ भिमसरियाले भने-‘अहिले त्यहाँ क्रिसमस र नयाँ बर्षको लामो बिदा छ, रेस्पान्स आउन कम्तीमा एक साता कुर्नुपर्छ होला ।’ टेलिकमका सहप्रवक्ता शोभन अधिकारी आइतबार नै फोर-जीबारेको सबै विवरणहरु सार्वजनिक गर्ने बताए ।

स्वर्गीय नायक श्रीकृष्णलाई सम्झिदै नायिका श्वेताले चालिन् यस्तो कदम



काठमाडौं । अभिनेत्री श्वेता खड्काले घरआँगन नेपाल नामक सामाजिक संस्थालाई साढे एक लाख रुपैयाँ सहयोग गरेकी छिन् ।

आफ्ना दिवंगत पति श्रीकृष्ण श्रेष्ठको जन्मदिन पारेर पुस १४ गते बिहीबार उनले सामाजिक कार्यमा सक्रिय सो संस्थाका अध्यक्ष दीपक सिलवाललाई चेक हस्तान्तरण गरेकी हुन् ।

श्वेताले पति श्रीकृष्णले आफ्नो जन्मदिनमा समाज सेवाको कार्य गर्ने गरेको स्मरण गर्दै उनकै चाहनालाई निरन्तरता दिएको बताइन् । श्वेता र श्रीकृष्णले ०७१ साल असार २३ गते बिहे गरेका थिए । श्रीकृष्णको उपचारको क्रममा ०७१ सालकै साउन २४ गते भारतमा निधन भएको थियो ।

तरकारी खेतीबाट बुबाको सपना साकार पार्दै हिदराज (बिदेशमा रहेका नेपाली दाजुभाइले पुरा पढ्नुहोला र सबै नेपाली ले शेयर गर्नुहोला)



बाँके, १५ पुस । नेपालगन्ज उपमहानगरपालिका–२४ बन्जाडे गाउँका हिदराज अली बेहनाले तरकारी खेती गरी आफ्नो बुबाको सपना साकार पार्नुभएको छ । आजभन्दा ५ वर्षअगाडि वैदेशिक रोजगारका लागि आफूलाई थाहै नदिई राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय नेपालगन्ज पुग्नुभएका आफ्ना बुबाको ‘छोराले धेरै पैसा कमाओस्’ भन्ने चाहनालाई आफूले स्वदेशमै व्यावसायिक तरकारी खेती गरेर पूरा गरेको बेहनाले बताउनुभयो ।

“त्यतिबेला हाम्रो घरको स्थिति निकै कमजोर थियो,” बेहनाले भन्नुभयो – “बुबाले रुपैडियाबाट तरकारी किनेर अनि त्यसलाई बेचेर हामीलाई पढाउनुहुन्थ्यो ।” उहाँका अनुसार विदेश गएर धेरै पैसा कमाओस् र खेत किनोस् भन्ने बुबाको चाहना थियो ।

“बुबाको विदेश पठाउने इच्छा त मैले पूरा गर्न सकिनँ तर तरकारी लगाउने खेत किन्ने र तरकारी खेती गर्ने सपना भने पूरा गरँे,” बेहनाले भन्नुभयो । पाँच वर्षअघि कक्षा ८ मा पढ्ने १८ वर्षीय बेहनाले बुबालाई तरकारी खेतीबाट आम्दानी हुन्छ भन्ने विश्वास दिलाउँदै सुरुमा अरूको दुई कट्ठा जमिन ठेक्कामा लिएर तरकारी खेती सुरु गर्नुभयो । “सुरुमा ३० हजार रुपैयाँ लगानी गरी दुई कट्ठा जमिनमा टमाटर मात्रै लगायौँ,” बेहनाले भन्नुभयो – “त्यो टमाटर खेतीबाट ६० हजार आम्दानी भयो ।”

पहिलो खेतीबाटै सफलता प्राप्त भएपछि बिस्तारै अरू तरकारी लगाउन थप दुई कट्ठा जमिन ठेक्कामा लिई तरकारी खेती गरेको उहाँले बताउनुभयो । “बिस्तारै रकम जम्मा गरेपछि हामीले तरकारी खेतीबाटै नौ कट्ठा जमिन किन्यौँ, अहिले आफ्नै नौ कट्ठा जमिन र चार कट्ठा ठेक्कामा गरी १२ कट्ठा जमिनमा भन्टा, गोभी, टमाटर, फर्सी लगायतका तरकारी खेती गरिरहेका छौँ,” बेहनाले भन्नुभयो ।

तरकारी खेतीबाटै आफ्नो र बहिनीको बिहे सम्पन्न गर्नुभएका बेहनाले अहिले घर बनाउन इँटासमेत किनिसक्नुभएको छ । “म विदेश गएको भए यसरी कमाउन सक्थें कि सक्दिनथें थाहा छैन तर आफ्नै परिवारसँग बसेर तरकारी खेती गर्न पाउँदा निकै सन्तुष्ट छु,” बेहनाले रासससँग भन्नुभयो – “तरकारी खेतीमा अहिले परिवारका सबै बुबा, आमा, श्रीमती, बहिनी, भाइ र म खटिरहेका छौँ ।” तरकारी खनजोत गोडमेलका लागि दैनिक तीन–चारजना कामदारसमेत राखिएको छ ।

वर्षमा दुई याम तरकारी लगाउने बेहनाले घरखर्च, कामदार, बीउबिजन, भाइबहिनीको पढाइ सबै खर्च कटाएर चोखो रु दुईदेखि अढाइ लाखसम्म आम्दानी गरिरहनुभएको छ । “मैले उत्पादन गरेको तरकारी बेच्नलाई समस्या छैन, बारीमै तरकारी किन्न ग्राहक आउँछन्,” बेहनाले भन्नुभयो – “बाँकी तरकारी यहाँबाट नेपालगन्ज रानीतलाउ तरकारी मण्डीमा साइकलमा लैजान टाढा हुने भएकाले अब अटो रिक्सा किन्ने सोचमा छु ।” व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गरिरनुभएका उहाँ युवालाई वैदेशिक रोजगारको मोह त्यागी स्वदेशमै केही आयमूलक कार्य गर्न सुझाव दिनुहुन्छ ।

आजको रासिफल – बि.स.२०७३ पौष १५ गते । शुक्रबार । ईश्वी सन् २०१६ डिसेम्बर ३० तारिख ।



क्यालिफोर्निया, अमेरिका – बि.स.२०७३ पौष १५ गते । शुक्रबार । ईश्वी सन् २०१६ डिसेम्बर ३० तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके १९३८। पौष शुक्ल पक्ष । तिथि प्रतिपदा, १६ घडि ३६ पला,अपरान्ह्र १३ बजेर ३४ मिनेछ उप्रान्त द्धितिया । नक्षत्र पूर्वाषाडा, १६ घडि ३८ पला, अपरान्ह १३ बजेर ३५ मिनेट उप्रान्त उत्तरषाडा । काठमाडौंमा सूर्योदय ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुका ०५ बजेर १७ मिनेट जादा । दिनमान २५ घडी ५३ पला । चन्द्ररासि धनु बेलुका १९ बजेर ५७ मिनेट उप्रान्त मकर ।

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो, अ) काम गर्ने सवालमा बिभिन्न किसिमका बाधा तथा अवरोधहरुको सामना गर्दै अगाडि बढ्नु पर्नेछ । सामाजिक काम गर्ने सवालमा कामहरु समयमा सम्पन्न नहुँने हुँनाले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । शैक्षिक तथा धार्मिक यात्राका क्रममा प्रभावशालि ब्याक्तिहरु सँग भेटघाट भएपनि तपाईले प्रस्तुत गर्नु भएको योजनाको खुलेरै आलोचना गर्नेछन् । ब्यापार ब्याबसायमा नाफा कमाउँन बढीनै समय दिनु पर्नेछ । अन्य क्षेत्रमा ब्यास्त रहनाले पढाई लेखाईमा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । साथिभाई तथा आफन्तहरु तपाईलाई प्रयोग गरेर फाईदा लुट्न अनवरत लागिरहनेछन् ।
शुभ अंक — १,५ शुभ दिशा — पुर्व
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ अं अंगराकाय नम :

बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वा) आर्थिक संकटको सामना गर्नु पर्नेछ भने आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । ब्यापार ब्याबसायमा नाफा कमाउन बढीनै समय दिनु पर्नेछ । बैक तथा बित्तिय सस्था तथा शेयर बजारको कारोबार भने फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँन सक्ने हँुनाले ज्यानको ख्याल गर्नुहोला । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हावि हुँनेछन् भने नतिजा अरुकै हातमा पर्नेछ । पति पत्नि बिच घरायसि कुरामा मनमुटाब बढ्नेछ भने माया प्रेममा धोका हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना शुरु गरिने कुनै पनि कामबाट लाभ भन्दा घाटा लाग्नेछ ।
शुभ अंक — २,६ शुभ दिशा — पश्चिम
शुभ रंग — खैरो कार्य सिद्धि मन्त्र — ॐ चामुण्डाय नम :

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) साझेदारि ब्याबसायमा साझेदारहरुबिच सौहार्दपुर्ण सम्बन्ध सिर्जना हुँने हुँनाले लगानि गर्ने वाताबरण सिर्जना हुँनेछ । ब्याबसायिक तथा रमाईलो गर्नको लागि लामो दुरिको यात्रा तय हुँनेछ । पारिवारिक माहोलमा सहभागि भई आफन्तहरु सँग रमाईलो गरि दिन कटाउँन सकिनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । माया प्रेम तथा पति पत्नि बिच को सम्बन्धको गाठो कसिलो भएर जानेछ । तपाईको ब्याक्तित्व देखि सबै मोहित हुनेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारि घर परिवार तथा गुरुवर्गहरुलाई सकारात्मक सन्देश दिन सकिनेछ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुने हुँनाले मन प्रशन्न रहनेछ ।
शुभ अंक — ३,७ शुभ दिशा — पश्चिम
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ देवमाताय नम :

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) ऋण,रोग तथा सत्रुबाट छुटकारा मिल्नेछ । संकट ब्याबस्थापनका लागी चालिएका कदमहरु बाट सकारात्मक नतिजा आउने हुँनाले मन प्रशन्न रहनेछ । अधिकार प्राप्तिका लागि हुने संघर्षहरुमा तपाईको बलियो पकड रहनेछ भने पर्तिपर्धिहरु हार खानेछन् । अदालत तथा न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनेछन् । खर्च बढेता पनि आम्दानिका स्रोतहरु फराकिला हुने हुँदा दैनिक कामकाजमा खासै फरक पर्ने छैन । ब्यापार ब्याबसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । मामा तथा मावल पक्षबाट तपाईको काममा सहयोग तथा सद्भाव रहनेछ ।
शुभ अंक —५,७ शुभ दिशा — उत्तर
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ साम्ब शिवाय नम :

सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू ,टे) माया प्रेममा रमाउने जोडिहरुले आजको दिन टाठानै बस्नु उचित हुनेछ किनकि भेटघाट हुँदा अबिश्वास तथा शंका पैदा हुन सक्छ । समाज बिकासका लागि जोस जागर बढेर आएपनि ईष्टमित्र,आफन्त तथा साथिभाईको खासै समर्थन पाईने छैन । बौद्धिक तथा प्राज्ञिक ब्याक्तित्वहरुसँग शिक्षा क्षेत्र सँग सम्बन्धित बिषयमा बिवाद हुन सक्छ ख्याल गर्नुहोला । स्वास्थ्य सम्बन्धि बिशेषगरि पेट सम्बन्धि समस्याले सताईरहनेछ । पढाई लेखाईमा आफ्नो पक्षमा नतिजा हात पार्न अलि बढि संघष गर्नु पर्नेछ । ब्यापार ब्याबसायमा भने जस्तो आम्दानि नहुँने हुँनाले दैनिक कामहरु प्रभावित हुँनेछन् ।
शुभ अंक —५,८ शुभ दिशा — पश्चिम
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ घृ सूर्याय नम :

कन्या (टो, पा, पी,पु,ष,ण,ठ,पे,पो) सामाजिक,राजनितिक तथा सास्कृतिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुनेछ किनकि त्यस्ता बिषयसँग सम्बन्धित मुद्दाहरु आज किनारा लाग्ने छैनन् । आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम थाति रहनेछन् । पढ्ने लेख्ने काममा आज खासै मन नजाने हुँनाले शिक्षा क्षेत्रमा अरु भन्दा पछि परिनेछ । घर परिवार तथा आफन्त सँग छुट्टिएर यात्राको तय गर्नुपर्दा मनमा खिन्नता पैदा हुँनेछ । घरजग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट सन्तोषजनक नाफा कमाउँन सकिनेछ । आधुनिक कृषि प्रणालि तथा पशुपालन ब्याबसायमा लगानि गर्न सके आम्दानि बढाउँन सकिनेछ ।
शुभ अंक —६,७ शुभ दिशा — पुर्व
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ चित्तरुपाय नम :

तुला ( रा, री रु, रे, रो, ता, ती, तू ,ते) पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । न्यायलयबाट हुने न्यायिक सम्पादन तपाईकै पक्षमा हुनेछन् । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । ब्यापार ब्याबसाय अरुदिन भन्दा फस्टाएरु जाने हुँनाले थप लगानि गर्न आट आउँनेछ । छोटो तथा रमाईलो आन्तरिक यात्रा हुनेछ भने यात्राका क्रममा नयाँ ठाउँहरुको अवलोकन गर्न सकिनेछ । लेखन कलामा सुधार भएर जानेछ भने सामाजिक सञ्जाल तथा सञ्चारको माध्ययमबाट आफ्नो लेख रचनाहरु जनमानसमा लैजान सकिनेछ ।
शुभ अंक —७,८ शुभ दिशा — पुर्व
शुभ रंग —निलो कार्य सिद्धि मन्त्र — ॐरत्नप्रियाय नम :

बृश्चिक (तो, ना, नी, नू ,ने,नो, या,यी, यू) ब्यापार ब्याबसायमा नाफा कमाउन प्रसस्त समय खर्चिनु पर्नेछ । बोल्ला ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुन सक्छ । गलत ब्यात्तिहरुले प्रभावमा पारेर गलत निर्णय गराउँन बाध्य पार्ने तथा ति निर्णयहरुको सर्बत्र आलोचना हुने हुने हुँनाले सोच बिचार गरेर काम गर्नुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ ।
शुभ अंक ४,५ शुभ दिशा — दक्षिण
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सिद्धिबिनायक नम :

धनु (ये, यो,भा, भी,भू ,ध, फा,ढा,भे) योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुँदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । गित संगीत तथा मोडलिङ पेशा ब्याबसायमा समय दिनेहरुका लागि आजको दिन राम्रो रहेको भने प्रशस्त आम्दानि गर्न सकिनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । निति निर्माण तहमा तपाईको उपस्थितिले समाज तथा राष्ट्र निर्माणमा ठुलो सहयोग पुग्नेछ भने प्रतिश्पर्धिहरु तपाईको क्षमता देखेर आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुवर्गहरु खुसि भई तपाईको प्रशंसा गर्नेछन् ।
शुभ अंक —१,५ शुभ दिशा — दक्षिण
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ पार्वतीपतय नम :

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो,गा,गी) मान सम्मान तथा प्रतिष्ठामा दाग लाग्न सक्छ सजक रहनुहोला । सुधारात्मक कार्यमा खर्च बड्नेछ भने अनाबस्यक ठाउँमा बल तथा बुद्धि प्रयोग हुनेछ सजक रहनुहोला । बिदेशबाट आयात हुने सामानको ब्यापार ब्याबसाय बाट प्रशस्त नाफा कमाउन सकिनेछ भने बैदेशिक यात्रा तथा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा खासै ध्यान नजादा नतिजा अरुकै पक्षमा जानेछ । प्रेम प्रशंगमा सामान्य घटपट हुँने तथा पति पति बिच अबिश्वासको बाताबरण सिर्जना हुँनेछ
शुभ अंक — १,२ शुभ दिशा — पुर्व
शुभ रंग — कालो कार्य सिद्धि मन्त्र — ॐ बिश्णवे नम :

कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा) लुवाई खुवाईमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्नेछ । आर्थिक ब्याबस्थापनका निम्ती चालिएका कदमहरु आफ्नै कमजोरिले उपलब्धि बिहिन हुनेछन् । शिक्षा क्षेत्र तथा पढाई लेखाईमा समय दिन सक्दा राम्रै प्रगति गर्न सकिनेछ । आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । तपाईको प्रगतिमा जल्नेहरु प्रशस्त भेटिनेछन् भने काममा बाधा पु¥याउन सक्छन् । योजना अनुरुप कामहरु सञ्चालित नहुँदा बिचमै रोक्नु पर्ने हुन सक्छ । दाजुभाई तथा आफन्त सँग सानातिना घरायसि कुरामा बिवाद हुने सम्भावना रहेको छ ।
शुभ अंक —३,८ शुभ दिशा — दक्षिण
शुभ रंग — कालो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम :

मीन (दी दू थ झ ञ दे दो चा ची) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ भने महत्वपुर्ण जिम्मेवारि सम्पादन गर्ने जिम्मा तपाईको काँधमा आउनेछ । कला,साहित्य तथा नृत्य प्रतियोगितामा सहभागि भई प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिने हुँनाले आफन्त तथा साथिभाईहरु खुसि हुनेछन् । सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाँफा कमाउन सकिनेछ । माया प्रेम तथा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ ।
शुभ अंक —१,५ शुभ दिशा — पुर्व
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ निलकण्ठाय नम :

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं

आजदेखि मादीको साढे १२ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिँदै



पोखरा । कास्कीको सिल्दुजुरे–९ बाहुनडाँडामा निर्माण सम्पन्न अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको साढे १२ मेगावाट विद्युत् आजबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

मादी खोलाबाट निकालिने कुल २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको दुईमध्ये एउटा मात्र टर्वाइन आजदेखि सञ्चालन गरिन लागेको आयोजनाका को–अर्डिनेटर राजकुमार बरालले जानकारी दिए ।


आयोजनाबाट उत्पादन गरिएको विद्युत् लेखनाथ नगरपालिकास्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । करिब रु पाँच अर्ब २८ करोड बराबरको स्वदेशी तथा वैदेशिक सहयोग जुटाई निर्माण सुरु गरिएको सो आयोजना अवधिमा नाकाबन्दी, मधेस आन्दोलन, महाभूकम्प र सुरुङ खन्ने क्रममा पहिरो जाँदा लागत बढेर सात अर्ब रुपैयाँ पुग्न गएको बताइएको छ ।

कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० र चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशत लगानीमा विसं २०६९ को पुस महिनादेखि आयोजना सुरु गरिएको थियो ।

ऊर्जामन्त्री जनार्दन शर्माले नवनिर्मित आयोजनाको आज उद्घाटन गर्ने कार्यक्रम छ ।

watch first and then search