watch first and then search

watch first and then search

Tuesday, May 22, 2018

यसरी खिचिएको रहेछ - मन बिनाको धन-Making Of MAAN BINA KO DHAN | Ashok Darji | Tanka Budhathoki

यसरी खिचिएको रहेछ - मन बिनाको धन

कसरी पायो संसारले बीबीसीबाट हिटलरको मृत्युको खबर?

मे १, १९४५ मा साँझ अबेरसम्म कार्ल लेमन लण्डनदेखि ६५ किलोमिटर पश्चिम टाढा पर्ने रेडिङ नगरको बाहिरी क्षेत्रमा रहेको कार्यालयमा काम गरिरहेका थिए। सोभियत सेना बर्लिन नजिक पुग्दै थियो र जर्मनीसँगको युद्ध अन्त्यतिर आइपुगेको थियो। चौबीस वर्षीय कार्लले जर्मनीको सरकारी रेडियो सुनिरहेका बेला अचानक एउटा घोषणा गरियो। रेडियोले स्रोताहरूलाई एउटा विशेष खबर सुन्नका लागि तयार रहन भन्यो। त्यो क्षणलाई सम्झिँदै कार्ल भन्छन्, "उनीहरूले एउटा दुखद र गम्भीर संगीत बजाउँदै हिटलरको मृत्यु भएको सुनाए।" दमन कार्लले थपे, "साम्यवादविरूद्ध लड्दै हिटलर मारिएको सुनाइयो र यो कुरा निकै उदास भएर सुनाइयो।" कार्ल र उनका सानो भाइ जर्जलाई उनीहरूका आमाबुवाले यहुदीहरूमाथि नाजीहरूको बढ्दो दमनबाट जोगाउन नौ वर्ष पहिले जर्मनीबाट ब्रिटेन पठाएका थिए।
उनीहरूका बुवा जर्मन यहुदी थिए। कार्लले भने, "मलाई निकै राहत महसुस भयो किनकि हिटलरले मेरो जिन्दगी बर्बाद गरेका थिए।" कार्ल लेमन बीबीसीको मोनिटरिङ सेवाका लागि कार्यरत थिए, जुन दोस्रो विश्वयुद्धअघि शुरू भएको थियो। जर्मनी तथा उसका साझेदार अरू मुलुकहरूको रेडियो प्रसारण सुन्नु र त्यसबाट पाएका जानकारी ब्रिटिश सरकारलाई उपलब्ध गराउनु त्यसको उद्देश्य थियो। आत्मसमर्पण कार्लले भने, "ब्रिटेनमा हिटलरको मृत्युको घोषणा सुन्ने हामी पहिलो थियौँ।" "हिटलरको मृत्युको खबर सुनेर हाम्रो तलाका सबैजना उत्साहित भए। यो सूचनाको महत्त्व हामीलाई थाहा थियो। त्यसको अर्थ थियो जर्मनीविरूद्धको युद्ध अब सकियो।" तर त्यसको ६ दिनसम्म जर्मनीले आधिकारिक रूपमा आत्मसमर्पणको घोषणा गरेन। हुन त हिटलरको मृत्यु भएको कुरामा कुनै शङ्का थिएन, तर पछि मात्रै उनले आत्महत्या गरेको थाहा भयो। जर्मनीमा सैनिक ब्यारेकहरुको खानतलासी कार्ल भन्छन्, "लडाइँ गर्दा गर्दै उनी मारिएको भनेर झुटो खबर सुनाइएको थियो।"
"उनीहरूले हिटलरले आत्महत्या गरेको कुरा स्वीकारेनन् किनकि त्यसो गरेको भए तत्काल युद्ध रोकिन्थ्यो। हिटलरको मृत्युसम्बन्धी खबर जर्मन रेडियोबाटै प्रसारण गरिएको थियो।" हिटलरले कार्ल डोनित्जलाई आफ्नो उत्तराधिकारी नियुक्त गरेको पनि समाचारवाचकले सुनाए। हिटलरको पतन सन् १९४५ तस्वीर कपीराइटHULTON ARCHIVE/GETTY IMAGES एप्रिल १५-१६: सोभियत संघको सेनाले बर्लिन शहरको पूर्वी हिस्सामा जर्मन सेनामाथि बमबारी गरेपछि बर्लिनमाथि निर्णायक हमला शुरू एप्रिल २१: सोभियत संघको रेड आर्मीद्वारा बर्लिनको बाहिरी क्षेत्रमा प्रवेश गरी वरपरका नगरमाथि कब्जा एप्रिल २७: सोभियत र अमेरिकी सेनाको भेट जर्मनीको एल्ब नदीमा पुगेर भयो, र उनीहरूले जर्मन सेनालाई दुई तिर विभाजित पारिदिए एप्रिल २९: हिटलर र इभा ब्राउनबीच राइख चान्सलेरी मुख्यालयस्थित बंकरभित्र विवाह एप्रिल ३०: हिटलर र उनकी नवदुलहीद्वारा आत्महत्या। उनीहरूको शव जलाइयो मे १: जर्मन रेडियोबाट हिटलरको मृत्यु भएको घोषणा मे ७: जर्मनीद्वारा निःशर्त आत्मसमर्पणमा हस्ताक्षर र युरोपमा ६ वर्षदेखि चलिरहेको युद्ध सकिएको घोषणा जर्मन भाषामा आएको हिटलरको मृत्युको खबरलाई जर्मन मोनिटरिङ टीमका सुपरिवेक्षक एर्न्स्ट गोम्ब्रिखले फटाफट अनुवाद गरे। पछि गोम्ब्रिख एक प्रसिद्ध कला इतिहासकारका रूपमा स्थापित भए। उनका एक पूर्वसहकर्मी भन्छन्, "गोम्ब्रिखले हिटलरको मृत्युसम्बन्धी खबरको उल्था कागजको एउटा टुक्रामा गरेका थिए जुन कुरा ठिक थिएन किनकि त्यो यताउति पर्न सक्थ्यो।" "छिट्टै उल्था गर्नुपर्ने भएर उनले त्यसरी लेखेको हुन सक्छ। नभए उनले एकदम चिटिक्क परेको लेख्थे।" त्यसपछि गोम्ब्रिखले हिटलरको मृत्युबारे जानकारी दिन लण्डनस्थित मन्त्रिपरिषद्को कार्यालयमा फोन गरे। खुसियाली बीबीसी न्यूजरूमलाई पनि त्यसबारे सूचित गरियो ताकि उसले त्यो खबर देश-विदेशभरि प्रसारण गर्न सकोस्। हाल ९७ वर्ष पुगिसकेका कार्ल भन्छन्, मलाई स्मरण छ हिटलरको मृत्युको खबर सुनेर सिङ्गो देशले खुसियाली मनाएको थियो। व्यक्तिगत रूपमा उनका लागि त्यो खबरको अर्थ थियो - अब उनी आफ्ना आमाबुवालाई फेरि हेर्न पाउने छन्। Image caption कार्ल लेमन (बायाँबाट तेस्रो) कार्लका बुवा वाल्टर जर्मनीको कोलोन शहरमा महिलाहरूले लगाउने टोपीको थोक व्यापारी थिए। नाजीहरूले वाल्टरलाई कम मूल्यमा टोपी बेच्न वाध्य पारे। त्यसपछि उनकी श्रीमती जर्मनीबाट भागेर अमेरिका पुगिन्। हिटलरको मृत्युका बेला बीबीसीका विभिन्न मोनिटरिङ टीममा हजारौँ मानिस कार्यरत थिए।
पलायन उनीहरूमध्ये इटालियन मोनिटरिङ टीममा कार्यरत एक महिलासँग पछि कार्लको बिहे भयो। प्रथम विश्व युद्ध: पहिलो छ महिनाको घटनाक्रम हिरोशिमा परमाणु बम हमलाको ७०औँ वर्ष जर्मन मोनिटरिङ सेवामा ४० जना कार्यरत थिए। जसमा यहुदी, समाजसेवी र श्रमिक संघका नेता पनि थिए, जो नाजीहरूको दमनका कारण भागेर त्यहाँ पुगेका थिए। कार्ल भन्छन्, "उनीहरू हिटलरको मृत्युबाट खुशी थिए किनकि हिटलरका कारण उनीहरू पलायन हुन वाध्य भएका थिए।" जर्मन मोनिटरिङ सेवामा काम गर्नेहरूका लागि हिटलरको मृत्युको खबर एउटा सुखद समाचार थियो। कार्ल सम्झन्छन्, "हिटलरले लेखेको कुरालाई अनुवाद गर्न निकै कठिन थियो। उनी एक खराब लेखक थिए।" "उनका भाषणहरू पढ्दा खासै प्रभावशाली लाग्दैनथे। तर उनी बोल्दा त्यसको ठिक विपरीत हुन्थ्यो। आफ्नो भाषण कलाप्रति हिटलरलाई विश्वास थियो।"

चार अर्ब ७४ करोड ठगीमा संलग्न म्यानपावर व्यवसायी श्रेष्ठ पक्राउ ( यस्तो छ नालीबेली)

काठमाण्डौं, ८ जेठ । रोजगारीका लागि मलेसिया जाने नेपाली युवालाई ठग्दै आएका हार्भेस्ट मुन ग्रुप अफ कम्पनीका अध्यक्ष राम श्रेष्ठलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ठगीमा संलग्न म्यानपावर व्यवसायीलाई पक्राउ गर्न आग्रह गरेपछि गृह मन्त्रालयको निर्देशनमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । उनले वाइड स्पेस म्यानपावर कम्पनी र हारभेष्ट मुन ट्राभल्सका पनि मुख्य मालिक हुन् । श्रेष्ठले भीएलएन र वानस्टप सर्भिसका नाममा मलेसिया रोजगारीमा जाने नेपाली युवाबाट पैसा उठाउँदै आएका थिए । श्रेष्ठले प्रतिव्यक्ति सात हजार सात सय ८० रुपैयाँ असुल्दै आएका थिए । तर, उक्त रकमको कर तिर्ने गरेका थिएनन् ।श्रेष्ठले मलेसियन सरकारी अधिकारीसँगको मिलेमतोमा अवैध तरिकाले नेपाली कामदारबाट पैसा असुल्दै आएका हुन् । असुलेको पैसामध्ये सात सय रुपैयाँ काठमाडौंस्थित मलेसियन दूतावासको खातामा जाने र बाँकी पैसा श्रेष्ठले आफैंले लिने गरेका थिए । श्रेष्ठले प्रतिव्यक्ति सात हजार ८० रुपैयाँ आफैं राख्ने गरेका थिए । चार वर्षको अवधिमा छ लाख ७० हजार नेपाली कामदार मलेसिया गएका छन् । सबैसँग उक्त रकम उठाइएको थियो । यसरी उठाउँदा श्रेष्ठले पाँच अर्ब २१ करोड २६ लाख रुपैयाँ उठाइसकेका थिए । उक्त रकममध्ये ४६ करोड ९० लाख मात्र मलेसियन दूतावासमा जम्मा गरेका थिए । बाँकी चार अर्ब ७४ करोड ३६ लाख रुपैयाँ आफैंले राखेका थिए । उक्त रकममध्ये केही मलेसियन अधिकारीलाई श्रेष्ठले दिने गरेको सरकारी दाबी छ । यसरी ठगी गरेको उजुरी केही वर्षअघि संसद्का समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परे पनि छानबिन भएर कारबाही भएको थिएन । श्रेष्ठले आफूले उठाएको रकम राजनीतिक दलका उच्च नेतृत्व, अख्तियारलगायतका सबैतिर पु¥याएको कारण उनीमाथि कारबाही भएको थिएन । उक्त ठगीमा श्रेष्ठका साथै नेपाली कांग्रेस नेता तथा पूर्वश्रमराज्यमन्त्री टेकबहादुर गुरुङ संलग्न भएको बताइए पनि प्रहरीले श्रेष्ठलाई मात्र पक्राउ गरेको हो । गुरुङकै योजनाअनुसार त्यसरी नेपाली कामदारबाट पैसा असुल्ने धन्दा सुरु भएको बताइएको छ । मलेसियामा महाथिर मोहम्दको सरकार आएपछि नेपालका श्रममन्त्री गोकर्णराज विष्टले मलेसिया जाने नेपालीबाट पैसा उठाउन खडा भएका सबै संस्था खारेजको घोषणा गरेपछि केही व्यवसायी आन्दोलनमा छन् । उनीहरुले मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण पनि रोकेका छन् । प्रहरीले आइतबार भीएलएनको कार्यालयमा छापा मार्ने क्रममा श्रेष्ठलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गर्ने क्रममा हिसाब राख्ने ल्यापटप र कागजात पनि प्रहरीले बरामद गरेको छ । श्रेष्ठलाई छाड्न दबाब आउन थाले पनि श्रममन्त्री विष्ट हत्तपत्त गल्ने अवस्था छैन । यातायात क्षेत्रको सिन्डिकेट तोडिएपछि विष्ट वैदेशिक रोजगारीमा पनि आमूल परिवर्तन गर्ने पक्षमा छन् । त्यही भएर उनले दबाबमा आफ्नो सुधार अभियान रोक्ने सम्भावना कम छ । ४८ जना समातिए :- मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाका केही सञ्चालक आइबार पक्राउ परेक छन् । उनीहरुले मिलेमतोमा महंगो शुल्कमा स्वास्थ्य परीक्षण गर्दै आएका थिए । बायोमेट्रिकका नाममा मेडिकल धन्दा चलाईरहेका व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने भनेर सेटिङ्गमा माइग्राम भन्ने संस्था खडा गरेर ठग्नेकाम व्यवसायीले गर्दै आएका थिए । उनीहरुले प्रतिकामदार तीन हजार दुई सय रुपैयाँ उठाउँदै आएका थिए । प्रहरीले एकै दिन वैदेशिक रोजगारीमा ठगी गर्ने करिब ४८ जनालाई पक्राउ गरिसकेको छ । प्रहरीले मुकुन्द भट्टराई, देवेन्द्र आचार्य, केदार थापा, मुना शाक्य, सरिता गिरी, मोनिक श्रेष्ठलगायतका व्यक्तिलाई पक्राउ गरेको हो । आर्थिक दैनिकबाट ।

मेची–महाकाली, काठमाडौँ–वीरगञ्ज, रसुवागढी–लुम्बिनी रेलमार्ग निर्माण हुने

काठमाडौँ, जेठ ७–सरकारले महत्वपूर्ण राष्ट्रिय राजमार्गलाई द्रुतमार्गका रुपमा स्थापित गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷२०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सडकको रेखांकन, सुरुङमार्ग र राजमार्गका पुल निर्माणलाई प्राथमिकता दिइने उल्लेख गर्नुभयो । पाँच वर्षभित्र काठमाडौँ–निजगढ द्रुतमार्ग, मध्यपहाडी (पुष्पलाल) लोकमार्ग र हुलाकी राजमार्गको सम्पूर्ण निर्माण सम्पन्न गरिने छ । चुरे तथा भित्रीमधेशका उपत्यकालाई आर्थिक तथा औद्योगिक कोरिडोरका रुपमा विकास गर्न पूर्व झापाको शान्तिनगरदेखि पश्चिम डडेल्धुराको रुपालसम्म मदन भण्डारी राजमार्ग निर्माणलाई तीव्रता दिइने उल्लेख छ । पाँच वर्षभित्र स्थानीय तहका केन्द्रलाई कालोपत्र सडकले जोडिने छ । सरकारले नदी किनारमा सडक निर्माण गर्ने नीति पनि लिनेछ । मेची–महाकाली, काठमाडौँ–वीरगञ्ज, रसुवागढी– काठमाडौँ–पोखरा–लुम्बिनीसम्मको रेलमार्ग निर्माण अघि बढाइने भएको छ । कोशी, गण्डकी र कर्णाली नदीमा जल यातायात सञ्चालन गर्न कानूनी, नीतिगत र संस्थागत व्यवस्था गरिने भएको छ । पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारीलाई प्रोत्साहन गर्ने नीति सरकारको रहनेछ । पूर्वाधार विकासका लागि सार्वजनिक खरिद, जग्गाप्राप्ति, वन क्षेत्रको प्रयोग र वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी नीति, कानून र प्रक्रियालाई सरल बनाइने नीतिमा उल्लेख छ ।

watch first and then search