watch first and then search

watch first and then search

Tuesday, May 22, 2018

चार अर्ब ७४ करोड ठगीमा संलग्न म्यानपावर व्यवसायी श्रेष्ठ पक्राउ ( यस्तो छ नालीबेली)

काठमाण्डौं, ८ जेठ । रोजगारीका लागि मलेसिया जाने नेपाली युवालाई ठग्दै आएका हार्भेस्ट मुन ग्रुप अफ कम्पनीका अध्यक्ष राम श्रेष्ठलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ठगीमा संलग्न म्यानपावर व्यवसायीलाई पक्राउ गर्न आग्रह गरेपछि गृह मन्त्रालयको निर्देशनमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । उनले वाइड स्पेस म्यानपावर कम्पनी र हारभेष्ट मुन ट्राभल्सका पनि मुख्य मालिक हुन् । श्रेष्ठले भीएलएन र वानस्टप सर्भिसका नाममा मलेसिया रोजगारीमा जाने नेपाली युवाबाट पैसा उठाउँदै आएका थिए । श्रेष्ठले प्रतिव्यक्ति सात हजार सात सय ८० रुपैयाँ असुल्दै आएका थिए । तर, उक्त रकमको कर तिर्ने गरेका थिएनन् ।श्रेष्ठले मलेसियन सरकारी अधिकारीसँगको मिलेमतोमा अवैध तरिकाले नेपाली कामदारबाट पैसा असुल्दै आएका हुन् । असुलेको पैसामध्ये सात सय रुपैयाँ काठमाडौंस्थित मलेसियन दूतावासको खातामा जाने र बाँकी पैसा श्रेष्ठले आफैंले लिने गरेका थिए । श्रेष्ठले प्रतिव्यक्ति सात हजार ८० रुपैयाँ आफैं राख्ने गरेका थिए । चार वर्षको अवधिमा छ लाख ७० हजार नेपाली कामदार मलेसिया गएका छन् । सबैसँग उक्त रकम उठाइएको थियो । यसरी उठाउँदा श्रेष्ठले पाँच अर्ब २१ करोड २६ लाख रुपैयाँ उठाइसकेका थिए । उक्त रकममध्ये ४६ करोड ९० लाख मात्र मलेसियन दूतावासमा जम्मा गरेका थिए । बाँकी चार अर्ब ७४ करोड ३६ लाख रुपैयाँ आफैंले राखेका थिए । उक्त रकममध्ये केही मलेसियन अधिकारीलाई श्रेष्ठले दिने गरेको सरकारी दाबी छ । यसरी ठगी गरेको उजुरी केही वर्षअघि संसद्का समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परे पनि छानबिन भएर कारबाही भएको थिएन । श्रेष्ठले आफूले उठाएको रकम राजनीतिक दलका उच्च नेतृत्व, अख्तियारलगायतका सबैतिर पु¥याएको कारण उनीमाथि कारबाही भएको थिएन । उक्त ठगीमा श्रेष्ठका साथै नेपाली कांग्रेस नेता तथा पूर्वश्रमराज्यमन्त्री टेकबहादुर गुरुङ संलग्न भएको बताइए पनि प्रहरीले श्रेष्ठलाई मात्र पक्राउ गरेको हो । गुरुङकै योजनाअनुसार त्यसरी नेपाली कामदारबाट पैसा असुल्ने धन्दा सुरु भएको बताइएको छ । मलेसियामा महाथिर मोहम्दको सरकार आएपछि नेपालका श्रममन्त्री गोकर्णराज विष्टले मलेसिया जाने नेपालीबाट पैसा उठाउन खडा भएका सबै संस्था खारेजको घोषणा गरेपछि केही व्यवसायी आन्दोलनमा छन् । उनीहरुले मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण पनि रोकेका छन् । प्रहरीले आइतबार भीएलएनको कार्यालयमा छापा मार्ने क्रममा श्रेष्ठलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गर्ने क्रममा हिसाब राख्ने ल्यापटप र कागजात पनि प्रहरीले बरामद गरेको छ । श्रेष्ठलाई छाड्न दबाब आउन थाले पनि श्रममन्त्री विष्ट हत्तपत्त गल्ने अवस्था छैन । यातायात क्षेत्रको सिन्डिकेट तोडिएपछि विष्ट वैदेशिक रोजगारीमा पनि आमूल परिवर्तन गर्ने पक्षमा छन् । त्यही भएर उनले दबाबमा आफ्नो सुधार अभियान रोक्ने सम्भावना कम छ । ४८ जना समातिए :- मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाका केही सञ्चालक आइबार पक्राउ परेक छन् । उनीहरुले मिलेमतोमा महंगो शुल्कमा स्वास्थ्य परीक्षण गर्दै आएका थिए । बायोमेट्रिकका नाममा मेडिकल धन्दा चलाईरहेका व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने भनेर सेटिङ्गमा माइग्राम भन्ने संस्था खडा गरेर ठग्नेकाम व्यवसायीले गर्दै आएका थिए । उनीहरुले प्रतिकामदार तीन हजार दुई सय रुपैयाँ उठाउँदै आएका थिए । प्रहरीले एकै दिन वैदेशिक रोजगारीमा ठगी गर्ने करिब ४८ जनालाई पक्राउ गरिसकेको छ । प्रहरीले मुकुन्द भट्टराई, देवेन्द्र आचार्य, केदार थापा, मुना शाक्य, सरिता गिरी, मोनिक श्रेष्ठलगायतका व्यक्तिलाई पक्राउ गरेको हो । आर्थिक दैनिकबाट ।

No comments:

Post a Comment

watch first and then search