watch first and then search

watch first and then search

Friday, June 15, 2018

Finding your Yoga

Finding your Yoga

from India Today | Nation https://ift.tt/2JXZAte

'We want to take Yoga to every village of India'

'We want to take Yoga to every village of India'

from India Today | Nation https://ift.tt/2LRvuEJ

Brand Yoga

Brand Yoga

from India Today | Nation https://ift.tt/2JSjXb7

Celeb Yoga

Celeb Yoga

from India Today | Nation https://ift.tt/2HPQPMk

A cure-all for the world

A cure-all for the world

from India Today | Nation https://ift.tt/2JZNOya

Thursday, June 14, 2018

किन भनियो र के छ यसमा ? महिलाहरुले नहेर्दिनु होला यो भिडियो..पुरुषले हेर्न नछुटाउनुहोला!

इस विडियो को संसार के हर पुरुष को देखना चाहिए अर्थात यस भिडियो संसारका सबै पुरुषहरुले हेर्नुपर्छ भन्ने शीर्षक दिएर टाइगर इन्डिया नामक युट्युव च्यानलबाट फेब्रुअरी २८ २०१७ मा अपलोड भएको यो भिडियो निकै नै मर्मस्पर्शी छ । ३ करोड ६२ लाख भन्दा बढी मानिसहरुले हेरिसकेको उक्त भिडीयोमा अहिलेसम्म १ हजार ४ सय ३३ वटा कमेन्टहरु आएका छन् भने उक्त भिडियोलार्इ ३६ हजार भ्युअर्सले लार्इक गरेका छन् भन ३० हजारले डिसलार्इक गरेका छन् । बिहे गरेको २ दिनमा एक दुर्घटनामा परेर जिउँदो शहिद भएका श्रीमान न त बोल्न नै सक्छन् त न हिडडुल नै गर्न । दिसा पिसाव लगायत आफ्ना अन्य नित्यकर्म गर्न अरुको साहारा चाहिने अवस्थामा पुगेका श्रीमानको हेरचाह गरिरहेकी श्रीमतीमाथी घरका ससुराले कुदृष्टि लगाउन थाल्छन् । सासुले सबै कुरा थाहा पाएतापनि श्रीमानको अगाडी उनको केही चल्दैन । त्यसपछि के के हुन्छ त भिडियोमा आफै हेर्नुहोला ।

स्टेज शोको लागि टङ्क बुढाथोकीसँग मलेशिया उडे अशोक दर्जी, उड्नु अघि यस्तो स्टाटस लेखे टकंले (भिडियो सहित)

काठमाडौँ – बालगायक अशोक दर्जी मलेशिया प्रस्थान गरेका छन्।नेपाल बाहिर आयोजना हुन लागेको आफ्नो पहिलो स्टेज कार्यक्रमको लागि गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीसँगै अशोक हिमालय एयरलाइन्सको फ्लाइटमा आज बिहान मलेशिया प्रस्थान गरेका हुन्। रातारात युट्युबमा गीत गाएर भाइरल बनेका अशोक पछिल्लो समय मन बिनाको धन ठुलो की धन बिनाको मन गाएर अत्यन्तै चर्चित बनेपछि यहि कारण देश बिदेशबाट उनको माग आएपछि पहिलो पटक मलेसिया उडेका हुन् । मलेशिया प्रस्थान गर्नु अघि आफ्नो फेसबुकमा एक सन्देश पोस्ट गर्दै टङ्क बुढाथोकीले माया र सहयोगको लागि सबैलाई धन्यवाद दिएका छन्। उनले आफ्नो फेसबुकमा लेखेका छन् ( सबैमा नमस्कार । हजुरहरुको माया साथले गर्दा आज हामी यहाँसम्म आइपुगेका छौ । हाम्रो पहिलो देश बाहिरको कार्यक्रम मलेसियामा रहेको जानकारी दिन चाहन्छु । यो माया र सहयोगको लागि हृदयबाट नै धन्यवाद दिन चाहन्छु ।मलेसियामा टकंका अलवा गायक प्रकाश सपुत पनि सँगै गएका छन् ।

कृषि मन्त्रीको खनालको सनसनीपूर्ण खुलासा – अब जमिन व्यक्तिको हुँदैन, सरकारको हुन्छ – भिडियो हेर्नुहोस

कृषिप्रधान देश नेपाल कृषिमा यति कमजोर बन्दै छ कि सबैभन्दा बढी खेती गरिने धान मात्रै वार्षिक करिब १७ अर्ब रुपैयाँ खर्चेर आयात भइरहेको छ । कुनै त्यस्तो खाद्यान्न छैन, जसमा नेपाल आत्मनिर्भर होस् । मल र बीउ नपाएकै कारण कैयौं किसान खेत बाँझै राख्न बाध्य छन् । जमिनको प्रयोगको अराजकता अझ चर्को छ । जसलाई जहाँ जे मन लाग्छ, त्यही बनाउने र काम गर्ने छुट छ । जमिनको प्रयोगमा व्यक्ति यति बलियो बनेका छन् कि राज्यले हल्लाउनसमेत सक्ने स्थिति छैन । कित्ताकाट रोक्ने घोषणा भएको छ तर पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यी सबै चुनौती कसरी सामना गरिरहेको छ ? मन्त्री चक्रपाणी खनाल ‘बलदेव’सँग नेपाल समयका लागि धिरज बस्नेतले गरेको कुराकानी जमिनको कित्ताकाट रोक्ने निर्णय भएको थियो । तर, भनसुनका भरमा कित्ताकाट अझै जारी छ । तपाईं के गर्दै हुनुहुन्छ ? कित्ताकाट रोक्ने निर्णय म भन्दाअघिका मन्त्री गर्नुभएको थियो । यसमा मेरो पूर्ण समर्थन र साथ छ । म निःस्वार्थ तरिकाले यसको कार्यान्वयनमा लागेको छु । म मन्त्रालय आएपछि अहिलेसम्म पाँच जना नापी र मालपोतका कर्मचारी कारवाहीमा परिसकेका छन् । दलालको स्वार्थअनुरूप लाभ लिएर लुकिछिपी काम गर्ने त्यस्ता कर्मचारीलाई कडाभन्दा कडा कारवाही हुन्छ । कित्ताकाटका विषयमा मैले केही दिनअघि एउटा निर्देशन दिएको छु, जुन देशैभरि लिखित रूपमै पठाइसकिएको छ । मैले उपत्यकाका माल र नापीका कर्मचारीलाई बोलाएर कित्ताकाट रोक्न कडा निर्देशन दिएको छु । कित्ताकाट रोक्दा केहीलाई असर गरेको छ तर हामी यो लामो समय रोक्दैनौं । किनकि, हामी यस्तो नीति ल्याउँदैछौं, त्यसपछि कित्ताकाट रोक्नु र नरोक्नुको कुनै अर्थ हुँदैन । म कित्ताकाट रोक्ने मात्रै होइन, जमिनको पुनर्संरचना गर्नुपर्छ भनेर लागेको छु । त्यसका लागि समग्र भूउपयोग नीति तयार भएको छ । केही दिनमै यो सार्वजनिक आउँछ । जमिनको पुनर्संरचना भनेको के हो ? कृषियोग्य जमिन खण्डीकरण भइरहेको छ, पहाडबाट तराई बसाईं सर्ने क्रमले खेतीयोग्य जमिन मासिइरहेको छ । यसलाई सम्बोधन गर्ने गरी नीति बन्दैछ । मापदण्डबिना दलालहरूले आफ्नो सुख, सुविधाका लागि मनमौजी रूपमा जमिन काट्ने, टुक्र्याउने, घर बनाउने, बाटो बनाउने काम हुँदै आएको छ । त्यो पूर्ण रूपमा रोक्ने हाम्रो नीति छ । जमिनको प्रयोग विकृत रूपमा भइरहँदा पनि रोक्न सकेनौं भने भयावह अवस्था सिर्जना हुने निश्चित छ । जमिनको उपयोगसम्बन्धी नीतिमार्फत् यी सबै समस्याको समाधान गर्दैछौं । जमिनमा राज्यभन्दा व्यक्ति बलियो देखिन्छन् । तपाईंहरूले जनयुद्धको समयमा जमिन व्यक्तिको हुँदैन, राष्ट्रियकरण गर्नुपर्छ भन्नुभएको थियो । यो पाटोलाई पनि नयाँ नीतिमा समेट्नुभएको छ ? वास्तवमा जमिन राज्यकै हो । राज्यले चाहेको बेला जमिनको एकीकरण अथवा राष्ट्रियकरण वा सरकारको नीति नियमअनुरूप लिन सक्नेछ भन्ने सधैं रहिरन्छ । नेपालको सन्दर्भमा न जमिन राज्यको नियन्त्रणमा छ, न त व्यक्तिको अधीनमा । यो त भूमाफियाको हातमा पुगेको छ । जमिन पुस्तौंदेखि व्यक्तिको हो भन्ने मान्यताका कारण राज्यको हुनसकेको छैन । लालपट्टा वा लालपुर्जा छ, त्यसैले यो मेरो हो । बाजे-बराजुले सुम्पिएका हुन्, त्यसैले यो मेरो अधिनमा हुन्छ भन्ने व्यक्तिको सोचाइ पाइन्छ , राज्यले चाहेको बखत सहजै जमिन लिएको या त्यसमा काम गरेको देख्न पाइँदैन । भूउपयोग नीतिद्वारा राष्ट्रको स्वामित्वमा ल्याउनुपर्छ भनेर म लागेको छु । स्वामित्व भनेको कुनै व्यक्तिको हक, अधिकार खोस्नुपर्दैन । कमसेकम यो जमिन यो प्रयोजनका लागि हो भनेर नीतिमै छुट्याइदिनेबित्तिकै धेरै समस्या हल हुन्छ । पुरा अन्तर्वार्ताको लागि भिडियोमा क्लिक गर्नुस

नेपाली युबहरुमा अराजकता बढ्दै – ५ जना मिलेर १ जनालाइ रामढुलाई भिडियो भाईरल १८+ ले मात्र हेर्नुहोला यो (भिडियो)

किन यस्तो हुँदै छ नेपालमा ? ५ जना मिलेर १ जनालाइ रामढुलाई भिडियो भाईरल १८+ ले मात्र हेर्नुहोला यो (भिडियो)

दिनेश डी सी लगाएत रबि लामिछानेको अपमानलाइ चुनौती दिदै बन्यो यस्तो गीत – रविको सपोर्टको लागी सक्दो सेयर गरिदिनुहोस

रबि दाइको समर्थन र अन्य भ्रष्ट , बलात्कारी चोर फटाहा घुसखोरको खबरदारीमा गाइएको यस्तो गीत ( भिडियो हेर्नुहोस ) सक्दो सेयर गरिदिनुहोस https://www.facebook.com/tek.saud.9699/videos/1844510072517470/?t=0 आफैलाई ठुलो हु भन्ने दिनेश डी सी ले रबिका बारेमा यस्तो भनेका थिए रविलाई उनले दिएको सुझाव यस्तो थियो – भिडियो हेर्नुहोस

एक पत्रकारले भैसीको अन्तरबार्ता लिएपछि – हेर्नुहोस हासो रोक्न नसक्ने यो हर्कत – भिडियो सहित

पाकिस्तानी पत्रकार अमीन हाफिज अहिले इन्टरनेटमा निकै चर्चामा छन् । उनी चर्चामा आउनुको खास कारण छ ।
वास्तवमा उनले पत्रकारिता क्षेत्रमा यस्तो कृत्य गरेका छन् जो अहिलेसम्म कुनैपनि माइकालाल पत्रकारले गर्न सकेको थिएन ।पाकिस्तानी टेलिभिजन जिओ टिभीका यी संवाददाताले भैँसीको अन्तर्वाता लिएर किर्तिमानी काम गरेका छन् । उनले भैँसीसँग अन्तरवार्ता लिँदा आफुले प्रश्नमात्र गरेनन् प्रश्नमा भैँसीले दिने मौन उत्तरलाई आफ्नो भाषामा अनुवाद गरेर झनै रोचक बनाएका छन्। टेलिभिजनमा लाहोर सहरमा मानिसलाई सडक पार गर्नका लागि बनाइउका आकासे पुलहरुमा मानिस भन्दा धेरै जनावरहरु आवतजावत गर्ने गरेको विषयमा हाफिजले एक रोचक रिपोर्ट तयार पारेका छन् । सुरक्षित रुपमा सडक पार गर्नका लागि बनाइएका आकाशे पुलहरु पैदल यात्रुले प्रयोग कम गर्ने गरेको र असुरक्षित रुपमा बाटो काट्ने गरेको तर गाइभैँसीले भने आकाशे पुलका सिँढी समेत चढेर पुल पार गर्ने गरेको सन्दर्भलाई जोड्दै उनले आकाशे पुल पार गरेको भैँसीको अगाडि गएर माइक तेर्साउँछन् र सोध्छन्, ई आकाशे पुलको सिँढी चढ्न सजिलो लाग्यो कि गाह्रो ? जवाफमा भैँसी बाँ…. गर्छ । तर उसको त्यो आवाजलाई पत्रकारले अनुवाद गर्दछन् । सिँढी चढ्नु तथा ओर्लनु जनावरका लागि सजिलो काम नभएको भनेर भैँसीले भन्न चाहेको उनी बताउँछन् ।यो रिपोर्ट टेलिभिजनमा प्रशारण हुँदा स्टुडियोमा रहने पत्रकार त मुस्कुराए नै हेर्नेहरु पनि पेट मिचीमिची हाँस्नुको विकल्प थिएन। यस्ता संकेत देख्नुभयो भने सम्झनुहोस् अवश्य केही राम्रो हुँदैछ ! – बिहानै उठेर तपाईको पहिलो नजर दुध या दहीले भरिएको भाँडोमा पर्छ भने सम्झनुहोस् केही शुभ हुनेवाला छ । – विहानै शंख, मन्दिरको घन्टीको आवाज सुनिनु पनि शुभको संकेत हो । – यदि कुनै व्यक्तिलाई विहान उठ्नेवित्तिकै उखुको बोट तथा उखु देखिन्छ भने पनि भिवष्यमा धन सम्बन्धी मामलामा सफलता प्राप्त हुने छ । – यदि कुनै व्यक्तिलाई सपनामा पटक–पटक पानी, हरियाली, लक्ष्मीको वाहन उल्लू देखिन्छ भने सम्झनुहोस् कि आउने समयमा तपाईको धनसम्बन्धी सबै समस्या हट्ने छ । – यदि तपाई कुनै काम विशेषका लागि बाहिर निस्किनुभयो र बाटामा रातो सारीसहित सोह्र श्रृंगारमा कुनै महिला देखिइन् भने यो पनि महालक्ष्मीको कृपाको इसारा हो । विहान विहानै यस्तो देख्न पाइयो भने त्यो दिन तपाईका लागि महत्वपूर्ण बन्ने छ । – नारिवल, शंख, मयूर, हाँस, फूल आदि चीज–वस्तु विहान विहानै देखिन्छन् भने यो पनि शुभ संकेत हो । – शास्त्रका अनुसार शुक्रवार महालक्ष्मीको पूजा गर्दा विशेष कृपा प्राप्त हुन्छ । यो दिन यदि कुनै कन्याले तपाईलाई सिक्का दिइन भने पनि यो शुभ संकेत हो । – यदि घरबाट निस्कदा बाटोमा गाई देखिन्छ भने पनि यो शुभ संकेत हो । यदि गाई सेतो रंगको छ भने त यो झन धेरै शुभको संकेत हुन्छ । – यदि कुनै व्यक्तिलाई सपनामा सेतो तथा सुनजस्तो सर्प देखिन्छ भने पनि यो महालक्ष्मीको कृपा प्राप्त हुने संकेत हो । – यदि घरबाट निस्कनेवित्तिकै कुनै सफाईकर्मी (सरसफाई गर्ने व्यक्ति) देखिए भने पनि यो शुभ संकेत हुन्छ ।

रबि लामिछानेलाई देशबाटै लखेट्ने खेल | सिधा कुरा जनतासँग बन्द गर्ने यस्तो षड्यन्त्र ( हेर्नुहोस् भिडियो )

न्युज २४ टेलिभिजनबाट प्रसारित कार्यक्रम सिधाकुरा जनतासँगका नेपाली टेलिभिजन इतिहासकै लोकप्रिय कार्यक्रम हो भन्दा खासै फरक पर्दैन । विभिन्न पिडामा परेका व्यक्तिहरुको बोली बोल्ने यो कार्यक्रम मन पराउनेहरुको लर्को लामै रहेको छ तर कार्यक्रम संचालक रवि लामिछानेले भने आफुलाई देशबाटै लखेट्ने सम्मको खेल भएको भन्दै त्यसबारे चाँडै नै खुलासा गर्ने बताएका छन् । उनले फेसबुकमा करिब ३ लाख ६६ हजार भन्दा बढी फलोवर्स भएको आफ्नै एकाउन्टबाट यसो भनेका हुन् । हेर्नुहोस् यो भिडियो…

मलेसियाबाट आयो डरलाग्दो घटना:संगै बस्ने नेपाली दाजुभाईबीच चक्कु हानाहान्.कोठा रगताम्य भइ स्तिथी गम्भीर.चक्कु हानाहान गरेको दृश्य(भिडियो सहित)

नेपालको दयनीय अवस्था र बेरोजगारीको चपेटामा परेर जीवन पनि धान्न गाह्रो भएका कारण लाखौ नेपाली दाजुभाई विदेश पलायन भएका हुन्छन.कसैले राम्रो प्रगती गरेर परिवारलाइ राम्रो जीवन दिएका हुन्छन तर सबैको त्यस्तो भाग्य हुँदैन.विदेशको जीवन सबैलाई फाप्दैन भनेको कुराहरु उदाहरणको रुपमा धेरै सुनिएका पनि छन्.कसैले राम्रो जागिर नपाएर खाली हात फर्केको ब्यथा र विदेशमा गइ त्यहाको दुख खप्न नसकेर फर्किएका हजारौ नेपालीहरु छन्, विदेशमा गइ बाटो बिराएर जिन्दगी बिगार्ने मध्य एक दृश्य यस भिडियोमा देख्न सकिन्छ.सामाजिक संजालमा पोस्ट गरीए अनुसार यो घटना मलेसियामा घटेको हो.सायद संगै बस्ने र संगै काम गर्ने यी नेपालीहरुलाई कुनै कुरामा चित्त नबुझेको हुनसक्छ र यसै कुरामा झगडा भएर चक्कु हानाहान भएको देख्न सकिन्छ.चक्कु प्रहार गर्दा घाटी काटेको र कोठा नै रगताम्य भएको अवस्था तल भिडियोमा हेर्नुहोस:

मन्त्री र पत्रकारको चर्काचर्की, आगो भएका मन्त्रीले बन्द गरिदिए प्रशारण (भिडियो)

काठमाडौँ । यो भिडियोमा पत्रकार र सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाबीचको त्यो घमासान प्रश्नोत्तरको हाइलाइट छ, जसका कारण पत्रकारको जागिर नै चैट भयो । नेपाल टेलिभिजनमा प्रशारित हुने सिधा प्रश्न कार्यक्रम संचारमन्त्री बास्कोटाले बन्द गराएका छन् । पत्रकार राजु थापाले चलाउने कार्यक्रममा अतिथि रहेका मन्त्री बास्कोटा प्रश्नोत्तरका क्रममा बीचबीचमा आगो भएका छन् । तर सरकारी टिभीमै कडा प्रश्न गरेर मन्त्रीलाई आच्छुआच्छु पार्ने पत्रकार राजु थापामाथि पनि आरोप छ की उनी नियत साँधेरै मन्त्री विरूद्ध एकपछि अर्को नकारात्मक प्रश्न सोधेर बबाल खडा गर्न चाहन्थे । मन्त्री र पत्रकारबीचको त्यो सनसनी प्रश्नोत्तरका हाइलाइट यो भिडियोमा उतारिएको छः

‘भारतको रेकर्ड खोस्नु छ मलाई सहयोग गर्नुहोस’ भन्दै दुई हात जोडे रविले, भिडियो जति सक्दो सबैले सेयर गरौँ

काठमाडौँ । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित भइसकेको बौद्ध दर्शनमा आधारित बुद्धवचनलाई ७५ हजार नेपालीले एकैपटक वाचन गरी विश्व कीर्तिमान कायम गराउन पहल शुरु भएको छ । मुलुकको गौरवका रुपमा रहेको बौद्ध दर्शन अन्तर्राष्ट्रिय तहमा थप फैलाउने उद्देश्यले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देशसहित यही फागुन १९ गते टुँडिखेलमा धम्मपद (बुद्ध वचन) वाचन गरिन लागेको हो । विश्व कीर्तिमान परिषद् नेपालले विभिन्न संघसंस्था र प्रतिनिधिसँगको सहकार्य र समन्वयमा पहिलो पटक हुने यस प्रकारको अभियानमा धम्मपदका श्लोकलाई बुद्धवचनका रुपमा पाठ गरिने परिषद्का उपाध्यक्ष अक्कलबहादुर तामाङले जानकारी दिनुभयो । बौद्ध साहित्यका ग्रन्थहरुमध्ये अभिधम्मअन्तर्गत धम्मपद एक महत्वपूर्ण कृति हो । बौद्ध ग्रन्थ त्रिपिटकमा सुत्र, विनय र अभिधम्म पर्दछन् । धम्मपदमा जीवन जिउने कला, सुख, शान्तिका लागि सफलताको शिक्षालाई व्यवस्थित गरिएको छ, यसमा २६ वर्ग तथा ४२३ गाथा (श्लोक) छन् । अखिल नेपाल भिक्षु महासंघले समग्र धम्मपदलाई समेट्ने गरी प्रत्येक वर्गको प्रतिनिधित्व हुने गरी २६ श्लोक नेपाली, अंग्रेजी र पाली भाषामा उपलब्ध गराएको छ । महासंघका महासचिव भिक्षु कौडण्यका अनुसार खुद्दक निकायमा खुद्दक पाठ पहिलो ग्रन्थ हो भने धम्मपद दोस्रो ग्रन्थका रुपमा लिइन्छ । संस्कृत, पाली, अंग्रेजी, हिन्दी, मराठी, जापानी, थाई, सिंहाली, भियतनामीलगायत विश्वका धेरै भाषामा यो धम्मपद अनुवाद भएको छ । इशापूर्व छैटौँ शताब्दीमा लुम्बिनीमा जन्मेका बुद्धले ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेपछि विकास भएको बौद्ध शिक्षा तथा उपदेशले विश्वमा शान्ति र अहिंसाको सन्देश फैलाएको थियो । तत्कालीन समयमा कपिलवस्तु गणराज्यका राजा शुद्धोदनका सुपुत्रका रुपमा जन्म लिएका सिद्धार्थले गहनतम् खोजपश्चात् ज्ञान हासिल गरेपछि प्रतिपादन गरेको दर्शनले अहिले अन्तर्राष्ट्रिय तहमा धेरैलाई आकर्षित गरेको र सकारात्मक प्रभाव फैलाउँदैछ । महासंघका महासचिव भिक्षु कौडण्यले बुद्धको विचारले अन्तर्राष्ट्रिय तहमा धेरै मानिसलाई आकर्षित गरिरहेको अवस्थामा बुद्ध नेपालमा जन्मेको होइन भनी सुनियोजित तरिकाबाट भ्रम फैलाउनेलाई उक्त कार्यक्रमबाट सद्बुद्धि प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । आयोजक संस्थाले कार्यक्रममा सहभागी हुन निःशुल्क पासको वितरण गरिरहेको छ भने १४ वर्ष माथिका विद्यार्थीलाई मात्र सहभागी गराउने जनाएको छ । राष्ट्रिय किर्तिमानी धावक वैकुण्ठ मानन्धरले बुद्ध र बौद्ध दर्शनको उद्गमस्थल नेपाल भएको भन्नेमा विवाद गर्नुको अर्थ नरहेको बताउँदै भारतमा कृत्रिम कपिलेश्वर तथा लुम्बिनी बनाएर बुद्ध भारतमा जन्मेको गलत प्रचार गरिएका कारण विदेशमा फैलाइएको भ्रमको अन्त्य गर्न प्रत्येक वर्ष जनस्तरबाट बुद्धलाई स्मरण गर्नुपर्ने सुझाव दिनुभयो । बुद्धको जीवन अन्त्य भएपछि करिब ८४ हजार उपदेशलाई संग्रह गरिएको बौद्ध साहित्यमा पाइन्छ । प्रेमभावले वैरभावलाई शान्त पार्छ, प्रमाद (बेहोसीपना) मृत्युको बाटो हो, चित्त दमन गर्नाले सुख पाइने, प्राणी हिंसा नगर्नका लागि सन्देश, प्रियवस्तुबाट मुक्त हुने वचन, असत्यवादीलाई सत्यले जित्नेलगायत सन्देश धम्मपदमा पाइन्छ ।

ईतिहासकै उत्कृष्ट प्रतियोगिता बनाउने दाउमा रुस, यस्तो छ उद्घाटको तयारी

काठमाडौं, ३१ जेठ । पुर्वी युरोपमा पहिलोपल्ट विश्व फुटबलको महाकुुम्भ हुँदै छ, जसको सौभाग्य रुसले पाएको छ । विहीबार सुरु हुने यो महाकुुम्भको सदुपयोग गर्दै ईतिहासकै उत्कृष्ट प्रतियोगिता बनाउने दाउमा छ रुस । ३२ राष्ट्र सहभागी महाकुुम्भको भब्य उदुघाटन मास्कोस्थित लुजनिगी रंगशालामा अयोजक रुस र साउदी अरेबियाको भिडन्तबाट हुँदै छ । मस्को र अन्य १० सहरमा विश्वकमका खेल हुनेछन् । मस्कोमा दुई रंगशाला लुनजिकी र स्मार्टक छन् भने अन्य १० सहरमा १, १ रंगशाला छन् । विक्वकम खेलिरहेका राष्ट्रको सुचीमा रुस र साउदी अरेविया तल्लो वरीयतामा रहेकाले यसलाई विश्वकप उद्घाटन ईतिहासकै कमजोर खेलका रुपमा हेरिएको छ ।, आजको कान्तिपुर दैनिकमा पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

Wednesday, June 13, 2018

कलाकार भीमबहादुर थापाको निधन...Comment..RIP,RIP..

रिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । गएराती २ बजे उनको निधन भएको हो । ९२ बर्षको उमेरमा उनको घरमै निधन भएको हो । लामो समयदेखि विभिन्न रोगका कारण पिडित रहेका थापाको अस्पतालमा उपचार भैरहेको थियो । उनले, आफूलाई घरमै लैजानका लागि आग्रह गरेपछि उनलाई घरमा ल्याइएको थियो । उनी, हाँस्य सिरियल ‘तितो सत्य’मा काम गरेपछि अझ चर्चित बनेका थिए । उनी, निर्देशक तथा कलाकार दीपाश्री निरौलाका ‘धर्म बा’ समेत थिए । भिमबहादुर र दीपाश्रीले सिरियल ‘देवि’देखि नै काम गरेका थिए । उनले, थुप्रै नेपाली चलचित्रमा समेत काम गरेका छन् । तर, पछिल्ला केही बर्षदेखि रोगले थलिएपछि थापाले चलचित्र अभिनय कम गरेका थिए । थापा मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट पिडित थिए । उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिनेछ । त्यसअगाडि काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको छ । पोखरामा चलचित्र ‘छक्का पन्जा ३’को छायांकनको क्रममा रहेकी निर्देशक दीपाश्री निरौला आफ्ना ‘धर्म बा’को निधनपछि काठमाण्डौ आउँदैछिन् ।

चीनबाट रेल मागेर देश बन्दैन : भुसाल

३० जेठ, बुटवल । नेकपाका नेता घनश्याम भुसालले कार्यकारी राष्ट्रपतिको असान्दर्भिक कुरा गरेको भन्दै पार्टी अध्यक्ष प्रचण्डको आलोचना गरेका छन् । प्रचण्डले अहिलेको शासकीय प्रणालीले चुनाव खर्च बढाएकाले अब कार्यकारी राष्ट्रपतिमा जानुपर्ने बताउँदै आएका छन् । यसबारे दलहरुबीच आन्तरिक सहमति भइसकेको दावी पनि उनले गर्दै आएका छन् । तर उनकै पार्टीका नेता भुसालले बुधबार बुटवलमा आयोजित साक्षात्कारमा प्रचण्डले असान्दर्भिक कुरा गरेको बताए । उनले भने, ‘अहिले संविधान कार्यान्वयन गर्ने बेला हो, पहिला यसलाई कार्यान्वयन गरौं यदि भएन भने त्यतिबेला गरौंला । यसलाई कसले रोकेको छ र, उहाँ नै अध्यक्ष हुनुहुन्छ ।’ कार्यकारी राष्ट्रपतिबारे भित्री सहमति भएको हो भन्ने प्रश्नमा भुसालले कुनै सहमति नभएको बताउँदै भने, ‘जे हुन्छ सहमति मै हुन्छ ।’ ‘विदेशी अनुदानबाट देश बन्दैन’ भुसालले विदेशीको अनुदान सहयोगले मात्रै राष्ट्र समृद्ध बन्न नसक्ने बताए । अहिलेसम्म चीनसँग नेपालको सम्बन्ध समस्यारहित रहेको भन्दै उनले भने, ‘चीनबाट पुल मागेर, हाइड्रो, रेल मागेर हामी धनी हुदैनौं, रेलमा त हामी नै हिँड्ने होला नी ।’ भुसालले भने, ‘अनुदानले देश बन्दैन, अनुदानमा केके सर्त हुन्छन्, बरु ऋण ठीक हो, देशले पचाउन सक्ने सामर्थ्य भए ऋणले राष्ट्र डुब्दैन ।’ उनले ऋण ल्याएर भत्ता बाँड्ने, भ्रष्टाचार गर्ने काम भए मुलुक बर्बाद हुने धारणा राखे । ‘कांग्रेस ऐतिहासिक रुपमा पछि पर्‍यो’ कार्यक्रममा भुसालले कांग्रेस ऐतिहासिक रुपमा पछि परेको पनि बताए । ‘हिजो कांग्रेस कति बलियो थियो, चुनाबमा यसरी हारिन्छ भन्ने त डिएनएमै सोचेकै थिएन होला,’ उनले भने, ‘अहिले कम्युनिष्टलाई ठूलो अवसर छ, ऐतिहासिक अवसर छोप्न नसके हामी पनि कांग्रेसझैं पछि पर्छौं ।’ उनले थपे, ‘कांग्रेसले नै बनाएको भए मुलुक बन्थ्यो, अब हामीले पनि सकेनौं भने मौका गुमाउछौं ।’ बिकास र नेपालको भविश्य कम्युनिष्टको हातमा आएको बताउँदै उनले सबैभन्दा पहिले पार्टीलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताए । उनले भने, ‘अब पार्टी नै भ्रष्टाचार बिरोधी छ भन्ने कुरा नेकपाले प्रमाणित गर्नुपर्छ, पार्टीभित्र भ्रष्टाचार भए बाहिर लड्न सकिँदैन, दुनियासँग लड्न सक्ने गरी हामी पार्टी निर्माण गर्छौं ।’ संघीयतालाई बलियो बनाउने गरी अहिलेको बजेट आएको भन्दै नेता भुसालले राजनीतिक प्रतिबद्धता भएमात्र बजेट कार्यान्वयन हुने प्रष्ट पारे । प्रदेशको संरचना नबनेकाले आएको बजेट कम देखिएको उनको निचोड छ । तिनाउमा संगठित भ्रष्टाचारको आशंका बुटवलको तिनाउ नदीको दोहन गरी ब्रहृमलुट मच्चाइएको भन्दै उनले आफू पनि लज्जित भएको बताए । उनले तिनाउमा संगठित भ्रष्टाचार भएको आशंका गरे । अर्बौंको लुट हुँदा मिडियामा पनि कम आयो, नेता पनि कम बोले । एक्लै भएको छैन, यहाँ पुलिस होला, कर्मचारी होलान्, अब यसलाई तत्कालै रोकिने छ,’ उनले भने । स्थानीय तहमा पुगेका अधिकार अभ्यास गर्न अन्यौल भएको भन्दै उनले अधिकार दुरुपयोग नगर्न जनप्रतिनिधिलाई आग्रहसमेत गरे । २०७५ जेठ ३० गते ११:३८ मा प्रकाशित

जडिबुटीमा ट्रिपरमाथि आगजनी, सडक अबरुद्ध

२९ जेठ, काठमाडौं । काठमाडौं जडिबुटीमा ट्रिपरमाथि स्थानीयले आगजनी गरेपछि सडक अबरुद्ध भएको छ । ट्रिपरले स्कुटरलाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले आगजनी गरेको महानगरीय प्रहरी प्रभाग, कोटेश्वरले जनाएको छ । प्रहरीका अनुसार भक्तपुरबाट काठमाडौं अाउँदै गरेको बा ४ ख ३५५८ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको बा ७० प ९३९९ नम्बर स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक रौतहट गौर घर भइ हाल काभ्रेको बनेपा बस्दै अाएकी २४ वर्षीय अस्मिता राजभण्डारीको मृत्यु भएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार दुर्घटनापछि स्थानीयले सडक अबरुद्ध गरेका कारण पेप्सिकोला , कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएका छन् । त्यस क्षेत्रमा वैकल्पिक रुटको प्रयोग गर्न ट्राफिकले सर्वसाधारणलाई सुझाव दिएको छ । हाल दुर्घटनामा संलग्न दुवै सवारी साधनसहित ट्रक चालक प्रहरी प्रभाग, कोटेश्वरको नियन्त्रणमा रहेको छन् । २०७५ जेठ ३० गते १२:४८ मा प्रकाशित

गृहमन्त्रीले उद्योगी व्यापारीसँग मागे गुण्डागर्दी गर्नेको लिस्ट , see more:-

गराउन उद्योगी, व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको कार्यक्रममा उनले समृद्धि चाहने हरेकले भ्रष्ट र गुण्डागर्दी गर्नेहरुलाई समाप्त पार्ने अभियानमा साथ दिने बताए । गृहमन्त्री थापाले विकास र समृद्धिको मुख्य बाधकको रुपमा रहेको भ्रष्टाचारलाई अन्त्य गर्न सरकारले शून्य सहनशीलताको नीति लिएको पनि स्पष्ट पारे । उनले उद्योगहरुको समृद्धि र विकासका लागि सरकारले सुरक्षाको उचित व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । गृहमन्त्री थापाले असुली धन्दामा प्रहरी समेतको संलग्नता हुने गरेको उल्लेख गर्दै त्यस्ता तत्वलाई पनि निस्तेज पार्ने चेतावनी दिए । गृहमन्त्री थापाले कुशासनलाई सुशासन र भ्रष्टाचारलाई सदाचारमा नबदलेसम्म मुलुक समृद्ध हुनै नसक्ने पनि स्पष्ट परे । उनले सरकारले मुलुकको विकास र समृद्धिको मार्गमा बाधकको रुपमा रहेको ऐन, कानुनलाई परिमार्जन गर्दै लैजाने नीति लिएको समेत बताए ।

सुनकाण्डः बाजेको सेकुवामा प्रहरीको छापा

उपत्यकाकाे विभिन्न ठाउँमा रहेको बाजेको सेकुवा रेस्टुरेन्टमा छापा मारेको छ । विभिन्न क्षेत्रमा रहेको शाखाहरुमा अनुसन्धान समितिले छापा मारेको हो । रेस्टुरेन्टका मालिक चेतन भण्डारी फरार छन् । उनलाई फरार प्रतिवादी बनाएर जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएको थियो । २०७५ जेठ ३० गते १४:३९ मा प्रकाशित

धनियाँमा हुन्छ यस्तो जीवाणु, यसबाट बच्नको लागि के गर्ने ?

काठमाडौं । हरियो धनियाँ नेपालीहरुको भान्सामा प्राय : पाउन सकिन्छ । धनियाँ विभिन्न परिकारको लागि स्वादिलो र वासनादार बनाउन प्रयोग गरिन्छ । धनियाँलाई चटनीको रुपमा पनि बनाइन्छ। धनियाँ कुनै परिकारमा राख्दा, उक्त परिकार पाकिसकेपछि मात्र राखिन्छ। जसले गर्दा धनियाँ काँचो नै हुन्छ र त्यसमा जीवाणु भएमा, ती जीवाणु मर्दैनन्। त्यसैले धनियाँमा हुने जीवाणुको बारेमा सतर्क हुनु आवश्यक छ। किनकी बाहिर किनिएको र बाहिरको परिकारमा राखिएको धनियाँमा विभिन्न जीवाणु हुन सक्छन्। धनियाँको पातमा खतरनाक किरा हुन्छ। उक्त किरा हाम्रो पेटमा गयो भने , त्यो मष्तिस्कमा पनि पुग्न सक्छ। विभिन्न अनुसन्धान अनुसार, उक्त किरा मष्तिस्कमा पुग्यो भने, मानिसको मृत्यु पनि हुन सक्छ। त्यसैले धनियाँ खाँदा विचार गर्नुपर्छ /

मिस नेपाल निकिता चाण्डक चलचित्र ‘रानीमहल’मा देखिइन् यस्तो हट अवतारमा ! ( तस्विरसहित )

मिस नेपाल २०१७ निकिता चन्दकले फिल्ममा काम गर्ने भएकी छिन्। उनि ‘रानीमहल’ नामक फिल्ममा अनुबन्धित भएकी छिन्। फ्लोरमा जाने तयारीमा रहेको फिल्ममा निकिताले अभिनयका लागि सम्झौता गरेको निर्माण कम्पनी स्वस्तिक फिल्मले बाताएको हो। निर्देशक हिमाल न्यौपानेले पहिले घोषणा भएका केही नामको साटो नयाँ अनुहार भित्र्याउँदै फ्लोरमा जाने तयारीमा रहेको बताए। ‘निकिताजी फाइनल भएसँगै हामी सुटिङमा जानका लागि तयार भएका छौं।’ न्यौपानेले भने। दुई महिनाअघि नै फ्लोरमा जाने तयारीमा रहेको फिल्मको पर्याप्त तयारी नपुगेपछि निर्माण टिमले सुटिङ रोकेको थियो। भनेको समयमा सुटिङ हुन नसकेपछि वर्षा सिवाकोटी, प्रशान्त ताम्राकार र आशिष अधिकारीले फिल्म छाडेका थिए। निर्देशक न्यौपानेले वर्षाले गर्न लागेको रोलमा निकिता र ताम्राकारले गर्ने भूमिकाका लागि अर्जुनजंग शाही फाइनल भएको बताए। फिल्ममा प्रितमराजले आशिषलाई रिप्लेस गरेका छन्। करिव २ करोडको लगानीमा बन्न लागेको फिल्म पोखरा, स्याङजा, पाल्पा, बुटवल, भैरहवा र काठमाडौँमा हुने निर्माण पक्षले जनाएको छ। फिल्मका केही दृश्य विदेशमा समेत खिच्ने निर्माण टिमले जनाएको छ।

Tuesday, June 12, 2018

ल्याण्ड गरेको भिडियो खिच्न खोज्दा रेकर्ड भयो दुर्घटना (भिडियोसहित)हेर्नुहोस-

नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरको नियमित विमान ठूलो दुर्घटनाबाट जोगिएको छ। जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पङ्चर हुँदा विमान अनियन्त्रित भई धावनमार्गबाट चिप्लिएर तारको जालीमा ठोक्किएको थियो। विमानमा सवार १८ यात्रु र चालकदलका तीन सदस्य सकुशल रहेको यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले जानकारी दिए। दुर्घटनामा विमानको अगाडिको भागमा क्षति पुगेको छ। तारा एयरको विमान धावन मार्गमा अवतरणका क्रममा चक्का पङ्चर भई विमान चिप्लिएर दुर्घटना भएको र चालकदलका सदस्यसहित सबै यात्रु सकुशल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए

दुबईमा यस्तो देखियो साम्राज्ञीको सेक्सी लुक्स

काठमाडौं । दुबईमा सम्पन्न नवौं नेफ्टा अवार्डमा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहले सेक्सी पहिरन लगाएकी छन् । घुँडा माथिसम्म काटिएको गाउनमा साम्राज्ञी निकै सेक्सी देखिएकी छिन् । उनले उक्त तस्बिहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । नेफ्टामा साम्राज्ञीले नव नायिकाको अवार्ड जितिन् । सामाजिक सञ्जालमा साम्राज्ञीले आफुसँगै नायकद्वाय अनुपविक्रम शाही र नाजिर हुसेनसँगको फोटो पनि पोस्ट गरेकी छन्

चितवनको नारायणगढका होटेलमा प्रहरीको छापा, पाँच जोडी पक्राउ

चितवन, जेठ २८–चितवन प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा नारायणगढबाट पाँच जोडीलाई पक्राउ गरेको छ । शहिदचोकका विभिन्न होटलबाट आज (सोमबार) दिउँसो पाँच जोडीसहित अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँच जना केटी र सात जना केटा रहेका छन् । पक्राउ परेका मध्ये दुई जना पुरुष भने होटेल संचालक रहेको स्रोतले जनाएको छ । उनीहरुलाई अहिले सोधपुछका लागि वडा प्रहरी कार्यालय नारायणगढमा राखिएको छ । प्रहरीले दिउँसो छापा मार्दा शहिदचोकमा रहेको सौगात होटेलबाट ४ जोडी र गंगोत्री रोडमा रहेको होटेल रेसुङगाबाट एक जोडीलाई पक्राउ गरेको हो । यस बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । चितवन प्रहरीले विभिन्न समयमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गर्दै आईरहेको छ । फोटोः फाईल २९ जेष्ठ २०७५, मंगलवार ०१:१४ मा प्रकाशित

सक्दो सेयर गर्नुहोस – होसियार हुनुहोस् ! पैसाको लागि डाक्टरले नै मानिसलाई रोगी बनाइरहेका छन : डा. मनबहादुर

काठमाडौं । हाम्रो मुटु कुनै स्वचालित यन्त्र झैं हरक्षण चलीरहेको हुन्छ, जसलाई हामी ढुकढुकी या धड्कन भन्छौं । मुटुको यही सन्तुलित चालकै कारण शरीरका हरेक कोषसम्म रगतसँगै अक्सिजन र ग्लुकोज प्रवाह हुन्छ र हाम्रो जीवन चल्छ । कहिलेकाँही मुटुको यही चालमा गडबडी उत्पन्न हुन्छ । मुटुको चालमा गडबडी भएमा राम्रोसँग विद्युतीय तरंग उत्पादन गर्न सक्दैन, जसले गर्दा मुटु छिटो चल्छ या कहिलेकाँही ढिलो चल्छ । मुटुको चालमा असन्तुलन आएपछि हामीलाई मुटु रोग लाग्न थाल्छ र शरीरमा विभिन्न किसिमका समस्या उत्पन्न हुन थाल्छन् । मुटुको चालमा समस्या आएको कसरी थाहा पाउने त ? यो प्रश्नको हल छ, शहीद गंगालाल हृदय रोग केन्द्रमा । त्यहाँ डा. मनबहादुर केसी नेतृत्वको टिमले तपाईंको मुटुको चाल सामान्य/असामान्य के छ ठयाक्कै पत्ता लगाउने छन् । र, नेपालमा मुटुको चाल गडबडीसम्बन्धी उपचारको सुरुवात गर्ने पहिलो चिकित्सक पनि पनि डा. मनबहादुर नै हुन् । नेपालमा मुटुको चाल गडबडीबारे यकिन तथ्यांक छैन । यद्यपि, गंगालालमा दैनिक ७५ देखि ८० जना विरामीको मुटुको चालमा गडबडी सम्बन्धी उपचार गरिन्छ । यो समस्यालाई ‘इलेक्ट्रोफिजियोलोजी’ भनिन्छ । मुटु रोगमध्येको प्रमुख रोग भइकन पनि यो पूर्णतया निको हुने रोगमध्येमा पर्दछ । नेपालमा इलेक्ट्रोफिजियोलोजी सम्बन्धी उपचारको सुरुआत गर्ने पहिलो चिकित्सक भएर पनि डा. मनबहादुरमा त्यो घमण्ड पटक्कै देखिँदैन । उनी जति सरल छन्, त्यति नै सहज पनि छन् । अनि आफ्नो काममा त्यति नै समर्पित पनि । यही कारण मुटु रोगको क्षेत्रमा डा. मनबहादुर एक विश्वसनीय नाम हो । त्यसैले उनी पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सुशील कोइरालादेखि प्रहरीका उच्च अधिकारीहरुको समेत रोजाइमा परे । पूर्वप्रधानमन्त्री कोइरालाद्वयको निजी चिकित्सकको रुपमा उनले काम गरे । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाको पालामा डा. मनबहादुर केसीको नेतृत्वमै गंगालालमा इलेक्ट्रोफिजियोलोजी सम्बन्धी उपचार सुरु भएको थियो । त्यसबेला नेपालमा मुटु रोग सम्बन्धी डी.एम. गर्ने पहिलो व्यक्ति डा. एन. के. श्रेष्ठ पनि सोही अस्पतालमा स्वयंसेवीका रुपमा कार्यरत थिए । डा. श्रेष्ठकै प्रेरणा तथा सहयोगमा डा. केसीले इलेक्ट्रोफिजियोलोजी सम्बन्धी ‘सुपरस्पेशियालिटी’ सेवा सुरु गरेका हुन् । प्रारम्भिक कालमा डा. केसी एक्लैको प्रयासले मात्र सेवा सुरु गर्न सम्भव थिएन । त्यसको लागि उनलाई आफ्नो कामप्रति समर्पित, इमान्दार, आचारसंहिताको पालना गर्ने, सज्जन तथा सजिलो डाक्टरको खाँचो थियो । यही मेसोमा उनको भेट भयो, डा. सुजिव राजभण्डारीसँग । डा. सुजिवमात्र उनका लागि पर्याप्त थिएनन् । डा. केसीले आफ्नो टिममा अर्का एक चिकित्सकलाई आवद्ध गरे, जसको नाम थियो, डा. रोशन राउत । उनकै टिमले अहिले गंगालालमा मुटुको चाल गडबडी सम्बन्धी सफल उपचार गर्दै आएको छ । खेत बेचेर पढाइ वि.सं २०२३ सालमा बागलुङको दुर्गम सल्यामको बर्‍याङ्ग गाउँपालिका-३ मा जन्मिएका डा. मनबहादुर केसी किसानका छोरा हुन् । सात कक्षासम्मको पढाइ गाउँमै पूरा गरेका केसीले कक्षा आठदेखि एसएलसीसम्म गुल्मीको शान्तिपुरस्थित उदय उच्च माविमा पढे । सो स्कुलबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गर्ने पहिलो विद्यार्थी पनि बने उनी । बागलुङका अधिकांश युवा ‘लाहुरे’ बन्न विदेशिन्थे । भारतीय सेनामा भर्ती हुनेहरुको ताँती लाग्थ्यो । भर्ती हुनेहरुको आर्थिक स्थिति सबल भएको देखेका मनबहादुरका बुवा ‘छोरो जसरी भएपनि लाहुरे हुनुपर्छ’ भन्थे । मनबहादुरको सपना भने विदेशी सेनामा भर्ती भएर लाहुरे बन्ने होइन, उच्च शिक्षा हासिल गरेर देशकै लागि केही गर्ने थियो । अनि बुवालाई भने, ‘म त लाहुरे बन्दिनँ, काठमाडौं गएर कलेज पढछु ।’ लाहुरे बन्न छाडेर छोराले काठमाडौं पढ्न जाने कुरा गरेको बुवालाई मन परेन । घरमा एक किसिमको अन्तरद्वन्द्व सिर्जना भयो । कारण थियो, घरको आर्थिक अवस्था । पढाइमा अब्बल भएकाले आमा चाँहि ‘छोरोलाई जसरी पनि पढाउनु पर्छ’ भन्थिन् । उता, छोरालाई राम्ररी पढाउन स्रोतसाधन कहाँबाट जुटाउने भन्ने ? बुवाको प्रश्न हुन्थ्यो । यही रस्साकस्सीबीच मनबहादुरको चाहनालाई आमा, दिदी बहिनी, आफन्त, नातागोता, शिक्षक, शिक्षिकाको समर्थन रह्यो । उनलाई पढाउनुपर्छ भन्ने सबैको मत सामु बुवाको केही जोर चलेन । ‘थानेश्वर शर्मालगायत आफन्तको हौसलाका कारण पढ्न त पाएँ, तर हामीले पढाइ खर्च जुटाउन एक-डेढ रोपनी खेत बेचेका थियौं,’ मनबहादुर सम्झन्छन् । उनले पढाइमा आफूलाई खरो उतारे । काठमाडौं आएर त्रिचन्द्र कलेजमा आईर्एस्सी भर्ना भएका उनले परीक्षामा बोर्ड तेश्रो स्थान ल्याए । त्यसपछि शिक्षा मन्त्रालयको छात्रवृत्ति पाएर चीन पढ्न गएका उनले हुबेईस्थित हुपेई मेडिकल युनिभर्सिटी स्कुल अफ मेडिसिन साइन्स -अहिलेको हुवान् विश्वविद्यालय)बाट इलेक्ट्रोफिजियोलोजी सम्बन्धी विशेष अध्ययन पूरा गरे । पचासौं पटक हिरासतमा चीनमा पढन जाँदा छात्रवृत्ति पाउँदाको प्रसंग पनि कम्ती रोचक छैन । मनबहादुर पढाइमा जति मेहनती थिए, राजनीतिमा पनि उत्तिकै रुचि थियो । राजनीतिमा रुचि भएकै कारण उनले पञ्चायत ढाल्न झण्डा बोक्नेदेखि डण्डा उचाल्नेसम्मको काम गरे । त्यस दौरान ५० औं पटक प्रहरी हिरासतमा पनि बसेको उनी बताउँछन् । प्रहरी हिरासतमा हुँदा तीनपुस्ते लेखाउने चलन थियो । तीनपुस्ते लेखाएकै कारण कतै राजनीतिक कारणले शिक्षा मन्त्रालयबाट छात्रवृत्ति नपाइने हो कि भन्ने शंका लागेको थियो । पचासौं पटक हिरासतमा बसेको मान्छेलाई पञ्चायती सरकारले छात्रवृत्ति देला भनेर कल्पना नै गर्न सकिँदैनथ्यो । ‘हरेकपटक अन्तर्वार्ता दिंदा छात्रवृत्ति पाइँदैन कि भन्ने शंका हुन्थ्यो, तर मैले जतिपटक अन्तवार्ता दिएँ, सबैमा छनोट भएँ । किनभने त्यसबेला छनौट प्रकृया निष्पक्ष थियो,’ उनी भन्छन्, ‘एक प्रतिशतमात्र बढी ल्याउने मानिसलाई कम ल्याउने विद्यार्थीले छनोट प्रक्रियामा उछिन्ने भन्ने कुरै हुँदैनथ्यो ।’ पहिलो तीनपटक छनोटमा पर्दासमेत पारिवारिक तथा भाषागत कठिनाइका कारण रसिया, क्युबालगायतका ठाउँहरु जान नसकेपनि चौथो पटकमा भने थप अध्ययनका लागि उनले चीन जाने निधो गरेका थिए । छोडाए गिरिजाबाबुको अम्मल डा. मनबहादुर गंगालाल अस्पतालमा विभागीय प्रमुख भए । वि.सं ०६३ सालदेखि ०६७ सालसम्म पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निजी फिजिसियन भए । हाई-प्रोफाइल व्यक्तिको फिजिसियन हुनु डा. मनबहादुरका लागि कम चुनौतीपूर्ण थिएन । एक त गिरिजाप्रसाद आफैमा हक्की स्वभावका थिए, त्यसमा पनि उनी त्योबेला सबैभन्दा शक्तिशाली नेता थिए । ‘गिरिजाप्रसादसित दोहोरो संवाद गर्ने हिम्मतसमेत जो कसैको हुँदैनथ्यो । यस हिसाबले उनी अन्य चिकित्सकहरुका लागि राम्रो विरामी त थिएनन् । तर मैले भनेका कुरालाई भने उनी नाई पनि भन्दैनथे,’ डा. मनबहादुर भन्छन् । आफू फिजिसियन रहँदासम्म पनि गिरिजाप्रसादले धूमपान गर्ने गरेको उनी स्मरण गर्छन् । भन्छन्, ‘त्यसलाई छुटाउन मात्र पनि मलाई झण्डै १५-२० दिन नै लागेको थियो । पछि उहाँले छोड्नु त भयो, कन्भिन्स गराउन केही समय लाग्यो ।’ गुमाएको एउटा अवसर डा. मनबहादुरलाई गंगालालमा काम गर्दा विदेश जाने अफर नआएको होइन । विदेश जाने मन नभएको पनि होइन तर पारिवारिक कठिनाइकै कारण ति अवसर लत्याउनुपर्‍यो । गंगालालमा इलेक्ट्रोफिजियोलोजी सेवा सुरु हुँदा केही विदेशीले पनि सहयोग गरेका थिए । त्यसमध्येका एक थिए, अमेरिकाको लसएन्जलसमा अवस्थित युर्निभर्सिटी अफ साउथ क्यालिफोर्निया सेडाल सेनाई मेडिकल सेन्टरका डाइरेक्टर प्रा.डा. टम पिटर । तिनै पिटरले डा. मनबहादुरलाई आफ्नै घरमा बस्ने गरी फेलोसिपका लागि अफर गरेका थिए । ‘त्यसबेला आफ्नै पारिवारिक कठिनाइका कारण एउटा राम्रो अवसर गुमाएँ भन्ने चाँही सधैं लागिरहन्छ’, उनी भन्छन् । यद्यपि, नेपालमै बसेर काम गर्न पाएकोमा भने उनलाई अहिले कुनै पछुतो छैन । बरु सन्तुष्ट छन् । ‘अहिले मलाई असन्तोष भन्ने केही छैन । मैले जुन दिनबाट गंगालालमा काम सुरु गरेको थिएँ, त्योबेला भन्दा अहिले मलाई धेरै राम्रो छ । त्यो बेलाको भन्दा दक्ष जनशक्ति अहिले अस्पतालमा छन्,’ उनी भन्छन् । उनको विश्वासमा यस्ता मानिससमेत गंगालालमा छन् जो अर्को केही वर्षसम्म उनीहरु त्यहाँ निरन्तर बस्छन् । र, त्यस्ता दुई जना उत्तराधिकारी तयार गर्न सफल भएकोमा उनी खुशी पनि देखिन्छन् । चिकित्सक नै बनाउँछन्, रोगी डा. मनबहादुरको अनुभवले भन्छ, विरामीले त्यही चिकित्सक खोज्छन्, जो राम्रो हुनुका साथै इमान्दार पनि छ । ‘राम्रो, इमान्दार र दक्ष चिकित्सक त्यही हो, जो विरामीप्रति जिम्मेवार छन् । विरामीलाई जे समस्या भएको छ त्यही भन्ने गर्छन् । उनीहरु उपचारको नाममा जसले विरामीलाई अस्पतालको सट्टा क्लिनिकमा आउन भन्दैनन् । एउटा उपचार गर्ने नाममा अन्य थुप्रै जाँच गर्न विरामीलाई भन्दैनन्’, उनको मूल्यांकन छ । हुँदै नभएको कुरामा पनि ‘तपाईंको शरीरमा यस्तो भएको’ भनेर रिपोर्ट लेखिदिने, सानो समस्या हुँदा पनि विरामीलाई दुई-चार महिनामा बोलाएर विभिन्न जाँचहरु गर्न लगाउने परिपाटी हावी छ । जुन उनलाई पटक्कै मन पर्दैन । ‘चिकित्सकहरुको यस्तै प्रवृतिका कारण बलियो मुटु भएका मानिसले त्यस्ता कुरामा ध्यान नदिए पनि कमजोर मनस्थिति भएकाहरु भने रोगको चपेटामा पर्ने गरेका छन्,’ डा. मनबहादुर भन्छन् । उनका अनुसार चिकित्सकबाट विरामी बनाइएका यस्ता रोगीहरु पनि छन् जसमा कुनै रोग छैन, विशेषगरी मुटुको हकमा । ‘चिकित्सकबाट रोगी बनाइएकै कारण हामीले दिनमा २-४ जना विरामीको सामना गरिरहनु पर्छ,’ उनी भन्छन् । – onlinekhabar बाट सभार

३ बर्षसम्म गर्नु मस्ती गरेर बिराज भट्टले अन्त्यमा छोडेपछि क्षमता आइन मिडियामा – भिडियो सहित

काठमाडौं । बिगत एक दशकदेखि लण्डनमा ट्यारोट कार्ड मार्फत भबिष्य हेर्ने पेसा गर्दै आएकी क्षमता ढकालले आफूमाथि शोषण भएको भन्दै राजधानीमा पत्रकार सम्मेलन गरेकी छन् ।
ढकाल फिल्म निर्माता लक्ष्मीप्रसाद ढकालकी छोरी क्षमताले आईतबार एकाएक पत्रकार सम्मेलन गर्न पुग्दा सबै पत्रकार केही अच्चममा परेका थिए । क्षमताले पत्रकार सम्मेलनमा उक्त साप्ताहिकले कपोकल्पीत झुटा समाचार लेखेर आफ्नो बदनाम गरेको भन्दै कारवाहीको माग गरेकी छन् ।
नितान्त व्यक्तिगत जिवनका कुरालाई बंग्याएर आफुलाई बदानाम गर्न खोजिएको उनको आरोप छ । एक जना महिलामाथि एकपक्षीय रुपमा न्यूनतम पत्रकारिताको धर्म समेत निर्वाह नगरी आफुमाथि गम्भीर आरोपसहित चरित्र हत्या गरेको उनको आरोप छ । गत बैशाख ५ गते प्रकाशित उक्त साप्ताहिकले “सुन्दरीको जालमा धेरै सखाप“ शिर्षकमा समाचार लेखेको थियो ।
‘हाल बेलायतमा बसोबास गर्दै आएकी ढकाल पहिलो विवाह सफल नभएपछि सम्बन्ध विच्छेद गरी लन्डनमा बसोबास गर्दै आएकी थिइन् । बेलायतकै नेपाली व्यापारी विराज भट्टसँग विवाह गर्ने सर्तमा विगत ३ बर्ष देखि लिभिगं टुगेदर बस्दै आएकी थिइन् । क्षमताका अनुसार पहिलो विवाह असफल भएका भट्ट्ले ३ बर्षसम्म आफुलाई विवाह गर्ने भन्दै सँगै राखेर पछिल्लो समयमा अर्कै केटीसँग विवाह गर्न लागेको थाहा पाएपछि सम्बन्ध विग्रिएको उनले बताएकी छन् ।’
सोही विषयलाई लिएर विराजले उक्त साप्ताहिकलाई प्रभावमा पारेर आफ्नो चरित्र हत्या गर्न खोजेको उनको आरोप छ ।
पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘पत्रिका सञ्चालक स्वयम प्रेस काउन्सील नेपाल जस्तो संस्थाको कार्यबाहक अध्यक्ष रहेको बेला एउटा महिलाको चरित्र हत्या गरिनु कति सम्मको अन्याय हो ?एउटा साप्ताहिक छ जुन सधै महिलाहरुको विरुद्धमा लेखेर महिलाहरुलाई आत्मा हत्यासम्म गर्न बाध्य बनाउदै आएको छ ।’
साप्ताहिकमा प्रकाशित समाचारको विषयमा प्रेस काउन्सील नेपालमा उजुरी दिएपनि कुनै सुनुवाइ नभएको भन्दै ढकालले पत्रिका संचालकलाई कडा कारवाही हुनु पर्ने माग राखिन् । यता जनआस्था साप्ताहिकका संचालक एव प्रेस काउन्सील नेपालका कार्यबाहक अध्यक्षसँग प्रकाशित समाचारको विषमा बुझ्न जादाँ आफु विदेश गएको बेला समाचार प्रकाशित भएको भनेर खासै चासो नदिएको ढकालले बताइन् ।
आफ्नो नितान्त गोप्य फोटो र मेरो बारे भ्रामक अस्त्य एक तर्फि समाचार सम्प्रेषण गरेर सिङ्गो पत्रकारिताकै खिल्ली उडाएको आरोप लगाएको छ । प्रकाशित फोटो आफ्नी गोप्य मेलमा भएको र उक्त फोटो मेल हयाक गरि चोरी गरेर भरामक मन गढन्ते समाचार छापेर पत्रकार आचार सहिताकै धज्जी उडाएको आरोप समेत लगाएकि छन ।
अरु पत्रकारलाई पत्रकारिता पत्रकार धर्म र आचार संहिताको पाठ सिकाउने प्रेस काउन्सिल जस्तो मर्या्दित ठाउँको अध्यक्ष जस्तो पदमा बसेर किशोर श्रेष्ठले आफू आबद्ध रहेको पत्रिकामा त्यस्तो कपोकल्पित एकतर्फी समाचार सम्प्रेषण गरेर पत्रकारिता पेशा माथिनै नाङ्गो नाच प्रदर्शन गरेको भन्दै आक्रोश ब्यक्त गरेकी छन् ।
प्रकाशित समाचार प्रति प्रेस काउन्सिलमा उजुरी गरि खण्डन छाप्न दिदा खण्डनलाई पाठक पत्रमा छापेर हाँसोको पात्र बनाएको र पीडितमाथी पीडा थप्ने काम गरेको क्षमताको आरोप छ ।
पीडित ढकालले झुठो समाचार प्रकाशित गरेर आफ्नो मान हानी गरेको भन्दै समाचार प्रकाशित गर्न प्रायोजन गर्ने लण्डनमा बसेर ब्यापर ब्यवसाय गर्दै आएका आफ्नो पुर्बप्रेमी सहितलाई केहीलाई मानहानी मुद्दा दायर गरीसकेकी पनि जानकारी गराएकी छन् ।

हरेक पुरुषले हेर्नैपर्ने -यी ५ बानी छ भने तुरुन्तै हटाउनुहोस – युवतीले पटक्कै मन नपराउने पुरुषका ५ बानी – पुरा हेर्नुहोस

लैङ्गिक हिसावले हरेक नारी पुरुषप्रति आकर्षित हुन्छे । तर यसो भन्दैमा सबै नारी हरेक पुरुषप्रति आकर्षित भैहाल्छन् भन्ने चाँहि छैन । अझ एक अध्यनले त पाँच प्रकारका पुरुषलाई महिलाले घृणा गर्ने देखाएको छ । घमण्ड देखाउनेः हुनत समाजलाई अझै पनि पुरुष प्रधान भन्ने गरिन्छ तर अहिलेका स्त्रीले आफू ठूलो हुँ भनेर रवाफ प्रस्तुत गर्ने पुरुषलाई मन पराउँदैनन् । यदि तपाइँअझै पनि म पुरुष हुँ भन्ने भाव राखेर महिलासँग ब्यवहार गर्नु हुन्छ भने तपाइँका जमाना गए । रचनात्मकरुपमा सम्झाउने वा सिकाउने पुरुषलाई पराएपनि होच्याउने र जिस्काउनेलाई भने मन पराउँदैनन् । महिला विज्ञहरुले महिलालाई मायाँ गर्ने र सम्मानजनक ब्यवहार गर्ने पुरुष मन पराउने बताएका छन् ।
रिसाहाः चलचित्रमा रिसाहा र साहसी एवं जे कुरामा पनि कडारुपमा प्रस्तुत हुने युवक राम्रो लागेपनि वास्तविक जीवनमा स्त्रीको रोजाइमा यस्ता युवक पर्दैनन् । यस्ता युवकलाई प्रेमिका पाउन समेत गाह्रो पर्ने अध्यनले देखाएको छ । यस्ता पुरुषहरु घरमा श्रीमती र छोराछोरीसँग पनि बढी रिसाउने यो अध्ययनले देखाएको छ । त्यस्तै रफ टप बनेर हिड्ने भन्दा बजारमा चलेको फेसन गर्ने पुरुषलाई नै मन पराउने गरेको पनि अध्यनको निष्कर्ष छ । सेक्समा मात्र ध्यान दिनेः महिला र पुरुषको सम्बन्धमा यौनिक विषय प्राथमिक हुने गरेपनि महिलाहरु यौन भन्दा बढी प्रेम र हेरचाह चाहन्छन् । सेक्सलाई बढी जोड गर्ने र अन्य कुरामा ख्याल नगर्ने पुरुषलाई महिलाले मन पराउँदैनन् । महिला विशेषज्ञहरु भन्छन् महिलाहरुलाई पनि यौन चाहाना नहुने होइन तर उनीहरु प्रेमिल यौन सम्बन्ध चाहन्छन् । लैङिक चेतना बढी हुनेः म पुरुष हुँ । म यसो गर्नु पर्छ मेरो जुँगा हुनु पर्छ वा छातिमा रौं देखिनु पर्छ भन्ने खालको सोंच राख्ने पुरुषलाई महिलाले मन पराउँदैनन् । तर कुनै पनि पुरुषको सामान्य भूमिका निर्भाह गर्नु र पुरुषवादी हुनुबीच धेरै दुरी भने नभएको विश्लेषकहरुको भनाई छ । अश्लिल बोल्नेः केटीहरु स्मार्ट केटाहरुसँग नजिकिन चाहन्छन् । तर फोहोर शब्दहरु प्रयोग गर्नेहरुसँग भने टाढै बस्छन् । विज्ञहरु भन्छन् केटीहरुको नजर जहिले पनि सम्मान देखाउने र राम्रो ब्यवहार प्रस्तुत गर्ने केटाहरुमा हुन्छ । झर्रो भाषा बोल्ने वा फोहोर शब्द समेत प्रयोग गर्ने केटाहरुबाट केटीहरु टाढिँदै जान्छन् । यो पनि पढ्नुहोस कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी राम्रो ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण मानिन्छ । पछिल्लो समयमा सम्बन्धहरु सहजै विग्न थालेपछि यसको महत्व झनै बढेर गएको छ । जन्मदिनको मुलाङ्क अनुसार कुन केटा केटीको जोडी बन्ने कि नबन्ने निर्धारण गर्छन् ज्योतिषहरु । के हो मुलाङ्क ? कुनै पनि ब्यक्तिको मुलाङ्क उसको जन्मदिनको गतेको संख्याको कुल हो अर्थात तपाइँको जन्म मिती १० गते हो भने तपाइँको मुलाङ्क १ हो तर ११ गते हो भने १+१= २ हुन्छ । १४ गते जन्मदिन हो भने मुलाङ्क १+४= ५ हुन्छ । ९ सम्मको मुलाङ्क भएका केटी राम्रा मानिन्छन् । ९ सम्म मुलाङ्क भएका केटीहरुसँग सम्बन्ध गाँस्दा राम्रो हुने र जीवनमा सुख प्राप्ती हुने ज्योतिषको दावी छ । तर १ मुलाङ्क भएका केटालाई २ देखि ८ सम्मका जोर मुलाङ्क भएकी केटी जोडी परेमा यस्तो जोडीको जीवन दुःख र कलहले भरिएको हुन्छ । यिनीहरुको जीवनमा सँधै झगडा हुन्छ । यदि केटाको मुलाङ्क २ छभने त्यस्ता केटालाई १ देखि ७ सम्म मुलाङ्क भएका केटी ठिक हुँदैन । अन्य मुलाङ्क भएका केटी खोजेर सम्बन्ध जोड्नु उपयुक्त हुन्छ । जुन पुरुषको मुलाङ्क ३ हुन्छ त्यस्ता पुरुष ३, ४ र ५ मुलाङ्क भएकी केटीसँग टाढै बसेको राम्रो । तत्र जीवनभर कलह भोग्नु पर्ने हुन सक्छ ।जुन पुरुषको मुलाङ्क ४ हुन्छ त्यस्ता पुरुष २, ४ र ५ मुलाङ्क हुने केटीसँग बँचेकै राम्रो । जसको मुलाङ्क ५ हुन्छ त्यस्ता पुरुषले १, २, ५, ६ र ८ मुलाङ्क मध्ये जुनसुकै भएकी केटीसँग सम्बन्ध जोड्दा पनि हुन्छ । जुन केटाको मुलाङ्क ६ हुन्छ त्यस्ता केटाले १ वा ६ मुलाङ्क भएकी केटीसँग सम्बन्ध राख्नु राम्रो हुन्छ अन्यथा जीवन तनावपूर्ण हुने खतरा हुन्छ । मुलाङ्क ७ हुने केटालाई मुलाङ्क २, ४ वा ७ हुने केटी जोडी मिल्छ । ८ मुलाङ्क हुने केटाका लागि १, ४, ८ या ९ मुलाङ्क भएकी केटी जोडी ठिक हुन्छ । जुन पुरुषको मुलाङ्क ९ हो यस्ता पुरुषलाई १, २, ३, ६ वा ९ मुलाङ्क भएकी केटी राम्रो मानिन्छ । तर यो मुलाङ्क हुनेले ४ र ८ मुलाङ्क हुनेसँग भुलेर पनि सम्बन्ध राखुन् हुँदैन ।

एसपी खड्काका कारण माफिया र डनहरूको निद हराम, अबैध व्यवसाय यसरी भयो चौपट

बनेपा, २९ जेठ । अवैध रूपमा सञ्चालन भएका काभ्रेका विभिन्न ठाउँका क्रसर र खानी बन्द गर्न प्रहरीले सात दिने अल्टिमेटम दिएको छ । काभ्रे प्रहरी प्रमुख एसपी रविराज खड्काले पदवहाली गरेसँगै दश वर्षदेखि चल्दै आएका अवैध खानी र क्रसरलाई बन्द गर्न सात दिने अल्टिमेटम दिएको हो । ४० खानी अवैध रूपमा चल्दै आएको प्रमाण जिल्ला प्रहरी कार्यालयले फेला पारेको छ । मापदण्ड पूरा नभएका ति खानी र क्रसरलाई सात दिने भित्र मापदण्ड पुरा गर्न वा बन्द गराउन प्रहरीले उर्दी जारी गरेपछि अहिले खानी र क्रसर माफियाको भागाभाग भएको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ । जिल्लामा अधिकांश क्रसर उद्योग विगत दश बर्षदेखि मापदण्ड विपरीत चल्दै आएका छन् । तर जिल्ला प्रहरी कार्यालयमा नयाँ प्रमुख एसपी खड्काको सरुवासँगै काभ्रे प्रहरीले अवैध क्रसर र खानीमा धावा बोल्न थालेका हुन । एसपी खड्काले गत साता अवैध रूपमा खोलामा उत्खनन्मा प्रयोग भएको स्काईभेटरलाई नियन्त्रणमा लिएपछिे अवैध उत्खनन् पनि रोकिएको छ । प्रहरीले जिल्ला भरका क्रसर र खानीमा अनुगमनको तयारी गरेको एसपी खड्काले जनप्रहारलाई बताए । अनुगमन पछि अवैध रूपमा सञ्चालन भएका ढुंगा खानी र क्रसर मापदण्ड पुरा नभएसम्म बन्द हुन्छन् । जिल्लाको मंगलटार र पनौती क्षेत्रमा अधिकांश मापदण्ड विपरितका क्रसर उद्योग र ढुंगाखानी सञ्चालनमा छन् । चार बर्ष अगाडी तत्कालिन एसपी अरुण बिसीले बन्द गराएका अवैध खानी र क्रसरसपी पुजा सिंहले मोटो रकम लिएर सञ्चाल गर्न दिएको आरोप लाग्ने गरेको छ । स्रोतका अनुसार जिल्लामा क्रसर माफियाको नामले चिनिने राजभक्त श्रेष्ठले एसपी सिंहलाई खुशी पार्न जिल्ला प्रहरी कार्यालयको प्रहरी बस्ने व्यारेकसमेत बनाई दिएका थिए । एसपी सिंहलाई प्रत्येक क्रसर ढुंगा खानीबाट मासिक रकमको कुरा मिलेपछि एसपी बिसिले बन्द गराएका अवैध क्रसर र ढुंगा खानी सुचारु भएका थियो । श्रेष्ठको मापदण्ड विपरितका एक दर्जन क्रसर उद्योग संचालनमा छन् । पक्कि सडक, खोला नाला र गाँउबस्तीबाट एक किलोमिटर पर स्थापना गर्नुपर्ने क्रसर र खानी माफियाहरूले सडक, नदी र गाँउसँगै जोडेरै सञ्चालन गर्दै आएका छन् । उता काभ्रे प्रहरीले जिल्लाका विभिन्न स्थानमा गुण्डागर्दीको सूची तयार पारेर स्वप अप्रेशनको तयारी गरेको छ । काभ्रेमा गुण्डागर्दीमा संलग्न हुने तथा काठमाडौंमा गुण्डागर्दी गरी काभ्रेलाई सेल्टर बनाउनेको सूची तयार गरेर काभ्रेका एसपी खड्काले स्वप अप्रेशन चलाउने तयारी गरेका छन् ।

गायिका प्रिती आलेको ‘बइना’मा साल्साको फ्युजन (भिडियो)

काठमाडौं । स्टाइलिस गायिका प्रिती आलेले ‘बइना’ बोलको लोक शैलीको आधुनिक गीत रिलिज गरेकी छिन् । गायिका आलेलाई गायक माधव थापाले स्वरमा साथ दिएका छन् । शब्द र संगीत पनि थापकै हुन् । नयाँ बाजाहरूको फ्युजनसहित तयार गरिएको ‘बइना’ले युट्युबमा राम्रो भ्यु पाएको छ । म्युजिक भिडियोमा गायिका आले आफैले अभिनय गरेकी छिन् । उनको नृत्य पनि साल्सा शैलीमा देख्न सकिन्छ । म्युजिक भिडियोमा निर्देशक मैसम हिमालीले पनि राम्रो कौशल देखाएका छन् । म्युजिक भिडियोमा गायिका आलेको साल्सा नृत्य उत्कृष्ट रहेको प्रतिक्रिया युट्युबमा देख्न सकिन्छ । गीतका एरेञ्जर कमल सौराग हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन् ।

प्रधानमन्त्री ओलीसँग भारतले गरेको सहमति यसरी पूरा गर्दै छ

वीरगञ्ज, २९ जेठ । बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्म ७० किलोमिटर लम्बाइमा पाइपलाइन बिछ्याउने काममध्ये १२ किलोमिटरसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि बिछ्याउने काम सम्पन्न भएको छ । गत चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट मोतिहारी—अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको संयुक्तरुपमा शिलान्यास गरेपछि यसको निर्माण कार्यले गति लिएको थियो । भारतको मोतिहारीदेखि बारा जिल्लाको अमलेखगन्जसम्म ७० किलोमिटर लम्बाईको पाइपलाइन निर्माणको लागि रु २७५ करोडको लागतमा सो काम द्रुतगतिमा भइरहेको छ । सोमध्ये भारत सरकारको रु दुईसय करोड तथा नेपाल सरकारको रु ७५ करोड लगानी रहेको मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन कार्यालय, सिमराले जनाएको छ । नेपालतर्फको ३६ दशमलव २ किलोमिटर भूभागमध्ये हालसम्म १२ किलोमिटरसम्म पाइपलाइन जमिनमुनि राख्ने काम सम्पन्न भइसकेको छ । वीरगञ्जको बाइपास क्षेत्र, जीतपुर, सिमरा गरी ठाउँ ठाउँमा जमिनमुनि पाइप राख्ने काम सम्पन्न भएको छ भने जीतपुर र परवानीपुर बजारमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा भत्काएपछि सो क्षेत्रमा पनि पाइप राख्ने काम गरिने समाचारमा जनाइएको छ । नेपालतर्फ भारतको रक्सौलदेखि अमलेखगन्जसम्म ३६ दशमलव २ किलोमिटरमध्ये १२ किलोमिटरसम्म हाल जमीनमुनि पाइप बिछ्याउने काम सम्पन्न भइसके पनि कतिपय ठाउँमा वर्षाका कारण खाल्डो खन्न समस्या भएको सिमरा कार्यालयका इञ्जिनियर शरदप्रसाद पौडेलले बताए । पाइपलाइन बिछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भण्डारण गर्नका लागि अमलेखगञ्जस्थित आयल निगमको कार्यालयमा तीन हजार ९०० किलोलिटर क्षमताका दुईवटा तथा चार हजार १०० किलोलिटर क्षमताका दुईवटा गरी चारवटा ट्यांकीको मर्मत सम्भार कार्यसमेत भइरहेको जनाइएको छ । पथलैयादेखि अमलेखगञ्जसम्म आठ किलोमिटर पाइप लाइन विस्तार गर्न त्यस क्षेत्रमा पर्ने पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच हजार हरियो रुख काट्नु पर्ने भएकाले सोका लागि वन तथा वातावरण मन्त्रालयले निर्णय गरेपछि मात्र सो क्षेत्रमा कार्य अघि बढाइने इञ्जिनियर पौडेलको भनाइ छ । पाइपलाइन निर्माण कार्य सम्पन्न भएपछि पाइपबाट प्रतिघण्टा दुईलाख लिटर पेट्रोलियम पदार्थ भित्रिनेछ । निर्माण सम्पन्न भएपछि पहिलो चरणमा पाइपमार्फत डिजल ल्याउने र अमलेखगञ्जस्थित आयल निगममा भण्डारण गरिने लक्ष्य लिइएको छ । आयल निगमको लाइफलाइनका रुपमा रहेको यो प्रोजेक्ट सञ्चालनमा आएपछि नेपाल भारतको सीमा क्षेत्रमा देखिने जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने अनियमिततासमेत हटेर जाने विश्वास सम्बन्धित पक्षले लिएको छ । रासस

Monday, June 11, 2018

रातभरी अशोकलाई भेट्न जागाराम, अशोक र टंकको झापाको धमाकेदार कार्यक्रममा हजारौको उपस्थिति (भिडियोसहित)

झापा । झापा दमकका अशोक दर्जी पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन् । निम्न वर्ग परिवारमा जन्मिएका दर्जीमा सानो उमेर मै निकै अदभूत गायन क्षमता भएको छ । जसले गर्दा छोटो समयमा नै उनी चर्चामा रहेका छन्। आजभोली दर्जीको चर्चा चुलिएका छन्। आफ्नो प्रतिभा प्रस्तुत गरिरहेको भिडियो मार्फत उनी एकाएक चर्चामा आएका हुन्। दर्जीले बाटोमा, होटलमा दिनभर गीत गाउँथे र जम्मा भएको थोरै रकमले परिवारको सामान्य आवश्यकता धानिरहेका थिए। उनी भाइरल भएपछि थुप्रै मिडियाहरू अन्तर्वार्ता र उनको प्रतिभालाई सबैमाज पु¥याउनको लागि पछि लागेका छन् । अन्तर्वार्तामा उनले आफ्नो प्रतिभापनि देखाउँदै आएका छन् । दर्जीले एक अन्तर्वार्तामा एउटा राज खोले । दर्जीले भने , ‘दिदिले मलाई पढाई दिन्छु भनेर लग्दा बाबाले रातको १२ बजे लिन आउनु भो ।’ पढ्न रूचि देखाएका दर्जी आर्थिक अवस्था कम्जोर भएकै कारण पढ्न नपाएको हो । अहिले दर्जीलाई उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले १० कक्षासम्म निःशुल्क पढ्ने र बस्ने व्यवस्था मिलाइएका छन् । उनी स्कूल पनि जान थालिसकेका छन्। अहिलेको घर नजिकै अशोकको परिवारका लागि नयाँ घर निर्माण गर्न लागिएको हो । घर निर्माणका लागि खरिद गरिएको १० धुर जग्गामा बिहीबार शिलान्यास गरिएको छ । करिव १० लाखको लागतमा ३ कोठे घर निर्माण गर्ने योजना रहेको निर्माण समितिका संयोजक पूर्ण वाईवाले जानकारी दिए । दर्जीको घर आगामी एक महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । घर निर्माणका लागि देशविदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गर्ने कार्य भइरहेको आर्थिक समितिका संयोजक तथा गायक टंक बुढाथोकीले जानकारी दिए ।

नेपालीको छाती चौडा हुने इतिहास – बि पी ले माओलाइ यसरी झापरेपछी – चीनले सगरमाथाको बिषयमा-हाम्रो उच्च शिर , सग..... { पुरा पाठ हेर्नुहोस }

चिनियाँ नेता माओत्सेतुङले ५८ वर्षअघि, १८ मार्च १९६० मा चीन भ्रमणमा रहेका नेपालका तत्कालीन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालासँग भेटवार्ता गरे। भेटमा माओले चीनविरुद्ध संयुक्त सुरक्षा निर्माण गर्ने भारतको प्रस्तावमा नेपाल सहमत नहुँदा खुसी लागेको मात्रै बताएका छैनन्, भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु र चीनका प्रधानमन्त्री चाउ एन लाइलाई काठमाडौं निम्त्याउने कोइरालाको प्रस्तावमा धन्यवाद पनि दिएका छन्। विश्वको सर्वोच्च शिखर सगरमाथाको विवाद समाधान गर्न कोइरालाको अडानमा लचिलो पनि देखिएका छन्, माओ। बिपी र माओबीचको त्यो दुर्लभ वार्ता चीनको परराष्ट्र मन्त्रालयले आफ्नो पुस्तक ‘माओत्सेतुङ अन डिप्लोमेसी’ मा प्रकाशित गरेको छ। प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको सन्दर्भमा प्रस्तुत छ बिपी–माओ वार्ताको पूर्ण पाठको अनुवादः अध्यक्ष माओत्सेतुङ: भारतसँग हाम्रो सम्बन्ध खराब छ। तर चिन्ता नगर्नुस्। चाँडै यो समाप्त हुनेछ। हामी दुवैको साझा स्वार्थ छ, किनभने हामी दुवै अविकसित राष्ट्र हौँ। हामीले भारतमा आक्रमण गरेको भन्ने आरोप झुठो हो। हामी अर्काको जमिन एक इन्च पनि चाहन्नौँ। हामीसँग ९६ लाख वर्ग किलोमिटरको विशाल क्षेत्रफल छ। जसको ठूलो हिस्सा उपयोगविहीन छ। आफ्नो देश चाहिँ राम्ररी सञ्चालन नगर्नु अनि अरुको जमिन खोस्नु भनेको अपराध हो। के हामीले नेपालमा आक्रमण गरेका छौँ त? हामीलाई नेपालको जमिन एक इन्च पनि चाहिँदैन। के हामी सीमा सन्धिमा हस्ताक्षर गरेर सीमा चिन्ह राख्न सक्छौँ?
प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला: सक्छौँ। यसबारे मैले प्रधानमन्त्री चाउ एन लाइसँग छलफल गरेको छु। माओः तपाईंहरुबीच सहमति भयो त? बिपीः आधिकारिक सीमा चिन्ह आवश्यक छ। माओः सीमा निर्धारण गर्न आवश्यक छ। एक पटक सीमारेखा कोरेपछि गस्ती नगरिने क्षेत्र तोक्न सकिन्छ। सल्लाहमै दुवैतर्फ गस्तीमुक्त क्षेत्रको लम्बाई कायम गर्न सकिन्छ। भारत र पाकिस्तानबीच यस्तो सन्धि छ। तर दुवै देशबीच गस्तीमुक्त क्षेत्र एक किलोमिटर मात्रै छ। हामीले एक पटक भारतसँग त्यस्तो क्षेत्र २० किलोमिटर राख्ने प्रस्ताव गरेका थियौँ। त्यो क्षेत्रमा न हामी जान्छौँ, न उनीहरु जानेछन्। तर उनीहरु सहमत भएनन्। तपाईं चाहनुहुन्छ भने गस्तीमुक्त क्षेत्रको प्रावधान सन्धिमै उल्लेख गर्न सक्छौँ। सीमाको दुवैतर्फ २०–२० किलोमिटर राख्ने हो भने जम्मा ४० किलोमिटर गस्तीमुक्त क्षेत्र बन्छ। त्यसरी नै १०, २० जतिपनि राख्न सकिन्छ। यो कुरा तपाईंको सुविधामा भर पर्छ। तपाईंको के विचार छ? बिपीः यो विचार गर्न लायक कुरा हो। माओः तपाईं यसमा सोच्न सक्नुहुन्छ। यसको हेरविचार गर्ने काम दुवै पक्षका स्थानीय नागरिकहरुले गर्न सक्छन्। स्थानीयबाटै केही प्रहरी र मिलिसिया गठन गर्न सकिन्छ। त्यहाँ औपचारिक सैन्य शक्ति राखिनुहुँदैन। यदि दुवै देशले आफ्नो सेनालाई सीमाक्षेत्रबाट टाढा राख्ने हो भने दुवै पक्ष सहज हुन सक्छन्। सीमा रेखा कोर्ने र गस्तीमुक्त क्षेत्र बनाउने कुरा सीमानामा शान्ति र मित्रता कायम गर्ने उद्देश्यले गरिएको हो। ताकि दुवै पक्ष आनन्दले बस्न सकून् र अर्कोले आक्रमण गर्ने हो कि भन्ने चिन्ताबाट मुक्त रहन सकून्। तपाईं इच्छुक हुनुहुन्छ भने हामीले बर्मासँग गरेजस्तै अनाक्रमण सन्धिमा हस्ताक्षर गर्न सक्छौँ। सन्धिमा हस्ताक्षर गरिसकेपछि त्यसको उल्लंघन गर्यौंभने हामी गलत हुन जान्छौँ। हामी ठूलो देश भएकोले तपाईंहरुले आक्रमण गर्ने आशंका हामीलाई हुँदैन। तर तपाईंहरुलाई त्यस्तो आशंका हुनसक्छ। सन्धिमा हस्ताक्षर गरिसकेपछि त्यसलाई उल्लंघ गरे त्यो हाम्रो भयानक गल्ती हुनेछ। बिपीः हाम्रो कुराकानीमा प्रधानमन्त्री चाउ एन लाइले मैत्री सन्धिको मस्यौदा अघि सार्नुभएको थियो। त्यो मस्यौदालाई पहिले हामीले मन्त्री परिषदबाट पास गराउनुपर्छ। त्यसमा केही संशोधन हुनसक्छ। सायद यसमा प्रधानमन्त्री चाउ एन लाइको अप्रिल अन्तिममा भारतपछिको नेपाल भ्रमणका क्रममा काठमाडौँमा हस्ताक्षर हुनसक्छ। माओः धेरै राम्रो। हामीले नेपालका दुई प्रधानमन्त्रीलाई स्वागत गरिसक्यौँ। त्यसैले यसलाई बराबरी बनाउन अब हाम्रो प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नुपर्छ। हामी तपाईंहरुलाई धन्यवाद दिन्छौँ। यसैवर्ष तपाईंको राजधानीमा हामी दूतावास खोल्दैछौँ, जुन अत्यन्त राम्रो कुरा हो। तपाईंले पनि यहाँ धेरै मान्छे नराखी दूतावास खोल्न सक्नुहुन्छ। तीनचार वा सातआठ जना राख्दा हुन्छ। यो त्यति खर्चिलो हुनेछैन। ८० लाख मान्छेबाट त्यति मान्छे खोज्न गाह्रो पर्दैन। बिपीः हामी धेरै मान्छे पठाउँदैनौँ किनभने हामी धेरैको खर्च धान्न सक्दैनौँ। माओः हामीले सुनेअनुसार हाम्रो देशसम्म तपाईंहरु सीधा राजमार्ग निर्माण गर्दै हुनुहुन्छ अरे। बिपीः होइन। हामी दुई वर्ष अगाडि चाहिँ त्यो राजमार्ग बनाउन चाहन्थ्यौँ। तर कोषको अभावका कारण काम अघि बढ्न सकेन। अहिले सोभियत संघका प्राविधिकहरुले पूर्व–पश्चिम राजमार्गको सर्वेक्षणमा सघाइरहेका छन्। माओः अहिले हाम्रो देश आउनुपर्यो भने तपाईंले अर्को देश हुँदै आउनुपर्छ। बिपीः होइन। हामी नेपाल र तिब्बतबीचको हिमाल नाघेर आउन सक्छौँ। तर त्यो औपचारिक मार्ग होइन। माओः एक वर्ष, दश वर्ष वा बीस वर्षमा ढिलो वा चाँडो हामीबीच सीधा सडक हुनैपर्छ। बिपीः हाम्रो देशमा हामीले आर्थिक विकासको सम्भावना भएको क्षेत्रमा सडक बनाइरहेका छौँ। देशभर हामीले ९ सय माइल (१३०० किमी) सडक निर्माणको योजना बनाएका छौँ। माओः गज्जब। बिपीः मैले जवाहरलाल नेहरु र प्रधानमन्त्री चाउ एन लाइलाई वार्ताका लागि हाम्रो राजधानी काठमाडौँमा निम्त्याएको थिएँ। तर उहाँहरु आउन सक्नुभएन। माओः त्यस्तो किन भयो भने हाम्रो प्रधानमन्त्री उनकै राजधानी दिल्ली आउन् भन्ने नेहरुको चाहना थियो। पहिले हामीले रंगुनको प्रस्ताव गर्यौं तर नेहरु सहमत भएनन्। अहिले हामी दिल्ली जान सहमत भएका छौँ, त्यसैले उनी नेपाल जान सक्दैनन्। तपाईंको हार्दिकताका लागि धन्यवाद। तपाईंको अभिप्राय धेरै राम्रो छ। बर्माका प्रधानमन्त्रीको आशय पनि राम्रो थियो, जो चीन र भारतका प्रधानमन्त्री रंगुन पुगेको हेर्न चाहन्थे। तर जब नेहरुले यो कुरा आफूलाई सुविधाजनक नहुने बताए, त्यति सुविधा हामीले उनलाई दिनै पर्यो। अहिले बर्माका प्रधानमन्त्रीले हाम्रो प्रधानमन्त्रीलाई रंगुन बोलाएका छन्। महामहिमले पनि आफ्नो देशमा बोलाउनु भएको छ। त्यसैले प्रधानमन्त्री चाउ एन लाइ पहिले बर्मा जानुहुन्छ, अनि भारत गएर त्यहाँका प्रधानमन्त्रीसँग वार्ता गर्नुहुन्छ। त्यसपछि तपाईंको देशमा जानुहुन्छ। उहाँले यसपटक भ्रमण गर्ने चौथो देश चाहिँ कम्बोडिया हो, जसले हामीलाई अनेक पटक निम्ता गरिसकेको छ। उहाँ पाँचौँ देश पनि जानुहुन्छ, त्यो हो चि मिन्ह (हो चि मिन्ह भियतनाम कम्युष्टि पार्टीका संस्थापक हुन्, जो पछि भियतनामको निर्वाचित राष्ट्रपति र प्रधानमन्त्री भए) को देश हो। एकैसाथ पाँच देशको भ्रमण। त्यसैले गतवर्षको चीनविरोधी तरंग बिस्तारै शान्त हुँदैछ। करिब एक वर्षजति भारतसँग हाम्रो झगडा भयो। तर हामी अझै पनि मित्र हौँ। साथीसाथी, पतिपत्नी र दाजुभाइबीच प्रायः झगडा भइरहन्छ। तपाईं, बर्मा, सिलोन (अहिलेको श्रीलंका) र कम्बोडियासँग हाम्रो झगडा छैन। संसारमा एक देशसँग मात्रै हाम्रो गम्भीर झगडा छ, त्यो हो- अमेरिका। उसले हाम्रो ताइवान कब्जा गरेर हामीलाई नै ‘आक्रमणकारी’ भन्छ। हामीले पनि उसलाई आक्रमणकारी भन्नुपर्छ। हामीले अमेरिकाको जमिन कहीँ एक इञ्च पनि कब्जा गरेका छैनौँ। यद्यपि चीन र होनोलुलुबीच मिडवे आइल्याण्ड छ। न त हामीले जापान नै कब्जा गरेका छौँ। मलाई थाहा छैन, हामी आक्रमणकारी कसरी भयौँ। र अहिले एउटा देश छ, जो हामीविरुद्ध तपाईंहरुसँग ‘संयुक्त सुरक्षा’ निर्माण गर्न चाहन्छ। यसमा तपाईंहरु सहमत नभएको मैले थाहा पाएँ। यसबाट हामी आनन्दित भयौँ। चीन–भारतबीचको मुद्दा आपसमै सल्टिनुपर्छ र हामी हस्तक्षेप गर्दैनौँ भनेर तपाईंले भन्नुभयो। हामीले नेपालमा आक्रमण गरेको आरोप भारतले लगायो। तर तपाईंहरुले कुनै आक्रमण नगरिएको घोषणा गर्दै वक्तव्य निकाल्नुभयो। हाम्रो सेना तपाईंको देशमा घुसपैठ गरेको हल्ला छ। के कुनै घुसपैठ भएको छ त? बिपीः त्यस्तो भएको छैन, त्यसैले त हामीले वक्तव्य जारी गर्यौं। माओः हाम्रोजस्तो देशले आत्मनिर्भरतालाई मुख्य सिद्दान्त बनाउनुपर्छ। र विदेशी सहायतालाई गौण बनाउने प्रयास गर्नुपर्छ। हामीले विदेशी सहायता लिनै पर्छ। तर मुख्य कुरा के हो, त्यसमा विचार पुर्याउनै पर्छ। आफैँमा निर्भर योजनाहरुलाई तपाईं सहज सञ्चालन गर्न सक्नुहुन्छ। तपाईंहरुको नीति पनि हाम्रोभन्दा खास फरक छैन। १९५० देखि ५९ सम्म हाम्रा ठूला उद्यमहरु सोभियत संघको सहयोगमा डिजाइन र स्थापित गरिएका थिए। त्यो दश वर्षमा हामीले केही प्रगति गर्यौं र अहिले आफैँमा निर्भर हुँदैछौँ। पहिलो पञ्चवर्षीय योजनाको अवधिमा हामीले हरेक कुरा सोभियत संघको नक्कल गर्नुपर्यो, किनभने हामीलाई यसबारे एकदमै कम मात्र थाहा थियो। दोस्रो पञ्चवर्षीय योजना अवधिमा हामीले नक्कल गर्ने काम छोड्यौँ र १९५८ तथा १९५९ मा आफ्नै विधि खोज्यौँ। तपाईंहरु पनि सायद यही प्रक्रियाबाट गुज्रिनुपर्ने हुनसक्छ। सुरुमा विदेशीबाट नक्कल गर्न र निश्चित अवधिपछि नक्कल गर्न बन्द गर्न आवश्यक छ। स्कुल पढ्दै गर्दा विद्यार्थीले शिक्षकको नक्कल गर्छन्। वर्षौँको शिक्षापछि उनीहरु आफैँ शिक्षक बन्छन्। कुनै न कुनै क्षेत्रमा तपाईं शिक्षक बन्नुहुनेछ। एक सय वा हजार वर्षसम्म कोही सिकारु मात्र भइरहँदैन। हामी विगतमा सिकारु थियौँ, अहिले पनि सिकारु नै छौँ। सोभियत संघ, अमेरिका र बेलायतसँग परिष्कृत विज्ञान र प्रविधि छ, हामीसँग छैन। हामीले उनीहरुबाट सिक्नु पर्छ। हरेक राष्ट्रका आआफ्ना सबल र दुर्बल पक्ष हुन्छन्। यही कुरा तपाईंको देश वा कम्बोडियामा पनि लागू हुन्छ। हरेक ठूला वा साना देशले अर्को देशको सबल पक्षबाट सिक्नुपर्छ। अन्य देशहरुसँग अनुभव साट्नु अत्यन्त राम्रो कुरा हो। हामी पूर्वीयहरुमा हीनताको भाव छ। हामी गोराहरुको सामुन्ने हीनताबोध गर्छौँ। यो त्यस्तो अन्धविश्वास हो, जसलाई तोड्न आवश्यक छ। यो अन्धविश्वास तोड्न पश्चिमबाट सिक्नजत्तिकै आवश्यक छ। अन्धविश्वास तोड्नुसँगै उनीहरुबाट सिक्नु विरोधाभाषी कुरा होइन। उदाहरणका लागि हामी उनीहरुको देशमा विद्यार्थी पठाउन र औजारहरु आयात गर्न सक्छौँ। म पश्चिमको हरेक कुराको विरोधमा छैन। साम्राज्यवादीहरुले गरेको अरुको शोषण र दमनको मात्रै विरोधमा छु। हामीले उनीहरुको संस्कृति र विज्ञानबाट सिक्न जरुरी छ। पूर्वीयहरुले पश्चिमबाट सिक्नुपर्छ तर त्यो सिकाइलाई अन्धविश्वासबिना ग्रहण गरिनुपर्छ। बिपीः नेपाल–चीन सीमाको विषयमा अझै फरक मत छन्। हाम्रो दृष्टिमा विगत ५० वर्षको ऐतिहासिक परिस्थितिलाई आधार मान्दा चार स्थानमा विवाद छ। अब विवाद टुंग्याउने समय हो। माओः राम्रो। प्रधानमन्त्री बिपी र चीनका तत्कालीन प्रधानमन्त्री चाउ एन लाइ बिपीः प्रधानमन्त्री चाउ एन लाइसँगको कुराकानीमा हामीले अनेकौँ सिद्दान्तको कुरा गर्यौं। पहिलो, परम्परागत रुपमा स्वीकार्य विद्यमान सीमा रेखा कोर्ने, दोस्रो, सीमाको दुवैतर्फबाट क्षेत्राधिकारीको व्यवहारिक परिस्थिति मूल्यांकन गर्ने, तेस्रो, केही स्थानमा विवाद समाधान गर्ने र विवाद समाधान हुन नसके संयुक्त समितिमा हस्तान्तरण गर्ने। माओः त्यो राम्रो कुरा हो। बिपीः हामीबीचका खासखास स्थानमा विवाद भएकाले यी सिद्दान्तहरु ठीक छन्। विवादले हामीलाई असहज बनाएको छ। हाङझाउ जाँदा मैले प्रधानमन्त्री चाउ एन लाइलाई भनेँ, म असहज मनस्थिति लिएर हाङझाउ आएको छु। प्रधानमन्त्री चाउले मलाई पूर्ण रुपमा सहज महसुस गर्न भन्नुभयो। माओः निश्चय नै तपाईंले सहज महसुस गर्नुपर्छ। बर्मा पनि हामीसँग डराएको थियो। अहिले हामीले उनीहरुको चित्त शान्त गरिदिएका छौँ। हाम्रो मुटु कस्तो छ भन्ने बर्मेलीहरुलाई अहिले थाहा भयो। बिपीः यहाँ आउनुअघि मैले प्रधानमन्त्री ने विन (बर्माका तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्री) लाई भेटेको थिएँ। उहाँले अध्यक्ष माओ र प्रधानमन्त्री चाउ एन लाइसँग स्पष्टसँग कुरा गर्न भन्नुभएको थियो। त्यसैले मैले यी सबै कुराबारे खुलेर बोलेको छु। माओः राम्रो। यी विवादहरु हल गर्न सजिलो छ। हिमालमा मान्छे बस्दैनन्। हिमालको विवाद हल गर्न एक संयुक्त समिति बनाउन सकिन्छ। बिपीः हाल विवादित स्थानहरु तपाईंका लागि महत्वपूर्ण छैनन्। तर हाम्रो लागि ती महत्वपूर्ण छन्। यो प्रतिष्ठको विषय हो। माओः चिन्ता नलिनुस्, ती सबै हल हुन सक्छन्। बिपीः अर्को पनि प्रश्न छ, भावनाको प्रश्न। यसलाई हामी सगरमाथा भन्छौँ, पश्चिमाहरु एभरेस्ट भन्छन्, तपाईंहरु चोमोलोङ्मा भन्नुहुन्छ। यो स्थान सँधै हाम्रो सीमाभित्र छ। तर प्रधानमन्त्री चाउ एन लाइले यो तपाईंहरुको सीमाभित्र पर्छ भन्नुभयो। माओः यो कुरामा तपाईंहरु अप्ठ्यारो नमान्नुहोस्। बिपीः यो भावनात्मक प्रश्न हो। माओः दुवै पक्षलाई आधाआधा गरेर यसको समाधान गर्न सकिन्छ। दक्षिणी भाग तपाईंको, उत्तरी भाग हाम्रो। बिपीः हिमालको चुचुरो चाहिँ? माओः त्यो पनि दुवै पक्षलाई आधाआधा। त्यसो गरे ठीक हुन्छ? यदि अहिले यो कुरा समाधान गर्न सकिन्न भने यो कुरालाई स्थगित गर्न सकिन्छ। यो निकै अग्लो छ र यसले हाम्रो सीमालाई सुरक्षा दिनसक्छ। हामीमध्ये कुनै पनि पक्षले हार बेहोर्नुपर्ने छैन। यो सबै तपाईंहरुलाई दिँदा हामी दुःखी हुन्छौँ। यो सबै हामीलाई दिँदा तपाईंहरु दुःखी बन्नुहुन्छ। हामी यसको शिखरमा सीमा रेखा राख्नसक्छौँ। सूर्यप्रसाद उपाध्याय (गृहमन्त्री):: त्यो कसले गर्ने? माओः साह्रै मुस्किल काम हगि! यसको लिखित अभिलेख राख्न सकिन्छ। हाम्रा मान्छेले तपाईंको तर्फबाट आरोहण गर्न लाग्दा हामी तपाईंहलाई सूचना दिनेछौँ, तपाईंहरुको मान्छे हाम्रो तर्फबाट आरोहण गर्दा तपाईंहरुले हामीलाई सूचना दिनुहुनेछ। सूर्यप्रसाद उपाध्याय: विगतमा हिमाल आरोहीहरुले नेपाली भिसा लिनुपर्थ्यो। माओः तपाईंको देशबाट तेस्रो देशको आरोहीले हिमाल चढ्न खोज्दा तपाईंको देशबाट भिसा लिन सक्छन्। पान जिली (भारत र नेपालका लागि तत्कालीन चिनियाँ राजदूत): विगतमा तिब्बततर्फबाट हिमाल चढ्न चाहनेले स्थानीय सरकारबाट अनुमति लिनुपर्थ्यो। लुओ गुइबो (चीनको परराष्ट्र मन्त्रालयका तत्कालीन उपमन्त्री): विगतमा विदेशी आरोहीले स्वीट्जरल्याण्डस्थित हाम्रो दूतावासबाट भिसा लिएका थिए। बिपीः होइन। माओः लामो समयदेखिको प्रचलित अभ्यास के हो भने तिब्बततिरबाट हिमाल चढ्न चाहनेले स्थानीय सरकारबाट अनुमति लिनुपर्छ। बिपीः अरु विवाद पनि छन्। माओः तिनलाई समाधान गर्न सजिलो छ। तपाईंसँग विवाद समाधान गर्न सजिलो छ। भारतसँगको विवाद जस्तो होइन यो। भारतसँग हाम्रो विवादित क्षेत्र हजारौँ वर्गकिलोमिटर छ। बिपीः हाम्रो त केही वर्ग किलोमिटर मात्रै हो। माओः यो हिमालको नाम फेर्न सकिन्छ। हामीले यसलाई एभरेस्ट भन्नु हुँदैन। त्यो नाम पश्चिमाहरुले दिएका हुन्। न हामीले यसलाई सगरमाथा भन्नु हुन्छ, न चोमोलोङ्मा। यसको नाम चीन–नेपाल मैत्री हिमाल राखौँ। यो शिखर संसारकै सर्वोच्च शिखर हो, जुन ८ हजार ८ सय मिटरभन्दा बढी अग्लो छ। अमेरिका, सोभियत संघ र भारतसँग यति अग्लो हिमाल छैन। मात्र हामी दुई देशसँग छ। तपाईंहरु यसबारे आन्तरिक छलफल गरेर सुझाव दिन पनि सक्नुहुन्छ। यदि कुनै सहमतिमा पुगिएन भने यसलाई भविष्यमा समाधान गर्नेगरी राख्न सकिन्छ। बिपीः ठीक छ। अन्य पाँच विवादित स्थान छन्। जसमध्ये तीन स्थान मुख्य छन्। सूर्यप्रसाद उपाध्याय: प्रश्न भनेको एक माइल दक्षिणतिर वा एक माइल उत्तरतिर सीमा कोर्ने भन्ने हो। माओः त्यसलाई समाधान गर्न गाह्रो छैन। जनसंख्य नभएको स्थानमा यसको समाधान गर्न सहज छ। बिपीः बेइजिङको वार्तामा समाधान गर्न सकिएन भने यो कुरालाई हामी तपाईंसामु कसरी राख्न सक्छौँ? माओः तपाईंले मसँग कुरा गर्नुपर्दैन। बरु प्रधानमन्त्री चाउ एन लाइसँगको कुरालाई निरन्तरता दिनुहोस्। उहाँले तपाईंको देश भ्रमण गर्दा पनि तपाईं यो कुरालाई निरन्तरता दिन सक्नुहुन्छ। टेलिग्राममार्फत् हामी सम्पर्कमा रहनुपर्छ। दुवै पक्ष संयुक्त समितिमार्फत् सहमतिमा पुग्नुपर्छ। यदि सहमत हुनुभएन भने तपाईंहरु जोड गर्नुहोस्। तपाईंले जोड गर्नुभयो भने हामी के गर्न सक्छौँ? के हामी युद्ध लड्न सक्छौँ त? हामी आशावादी छौँ। बिपीः हामी पनि आशावादी छौँ। माओः हामी तपाईंबाट मित्रता चाहन्छौँ। तपाईंहरु पनि हामीबाट मित्रता चाहनुहुन्छ। यो कुराको सार यही हो। यसलाई केन्द्रविन्दु मान्दा हरेक कुरा आफ्नो ठाउँमा रहन जान्छ। त्यसै होइन त? बिपीः सूर्यप्रसाद उपाध्याय: हो। माओः हामी आफ्नो मनस्थिति सहज बनाउन चाहन्छौँ, ताकि हामी चीनलाई आधुनिक उद्योग, कृषि, विज्ञान र राष्ट्रिय सुरक्षासहितको देश बनाउन सकौँ। तपाईंले पनि आफ्नो देशमा त्यस्तै गर्नका लागि सहज महसुस गर्न आवश्यक छ। यो राम्रो कुरा हो। होइन त?

यस्तो बिजोग हुन्छ भन्ने थाहा हुदा हुदै किन लगाउछन? यी अभिनेत्रीलाई मन्चमा लाज छोप्न धौधौ – पुरा फोटो हेर्नुहोस


ग्ल्यामर वल्र्डमा अनेक चर्चा–परिचर्चा हुनेगर्छ । धेरैजसो चर्चा सेलिब्रेटीको लभ लाइफ, सेक्स स्क्यान्डल आदि बिषमा हुनेगर्छ । कहिले उनीहरुको विवादस्पद बयानले हंगामा मच्याउँछ । कहिले लाजलाग्दो पहिरनले उत्पात मच्याउँछ । सेलिब्रेटी पनि यस्तो चर्चाकै गोलचक्करमा रहन रुचाउँछन् ।
ठूला इभेन्टहरुमा अभिनेत्रीहरु यस्तो गेटअपमा देखिने गर्छन् कि सबैको ध्यान उनीहरुतर्फ खिचिने गर्छ । हुन त उनीहरुले अरुको ध्यान खिच्नकै लागि विचित्रको गेटअप गर्ने गर्छन् ।
अहिले इन्टरनेटमा त्यस्तै अभिनेत्रीको तस्वीर भाइरल भएको छ । अभिनेत्री एरियल विन्टर रिवीलिंग ड्रेसमा एक अवार्ड समारोहमा पुगेकी थिइन् । अवार्ड एक बर्षअघि सम्पन्न भएको हो । तर तस्वीर चाहि अहिले भाइरल भएको छ ।
अवार्ड समारोहमा उनले लाजमर्दो अवस्था व्यहोर्नुप-यो । त्यसबेला चारैतिर उनलाई क्यामेराले घेरेको थियो । एरियल विन्टर एमि अवार्डमा भाग लिदै गर्दाको तस्वीर अहिले भाइरल भएको हो । त्यसबेवला उनले अगाडि खुलेको पहिरन लगाएकी थिइन् ।
जब उनी क्यामेराको अगाडि हिँड्न थालिन्, उनको पहिरन सम्हाल्न सकिएन । नदेखिने कुरा पनि देखियो । जब उनको प्राइभेट पार्ट्स देखियो, उनले हातले लुकाउने कोसिस गरिन् । अमेरिकन अभिनेत्री एरियल विन्टर त्यसबेला ब्वाइफ्रेन्डसँग पुगेकी थिइन् ।
 
साभार – साझापेज

बुढो बिदेशमा बुढी नाठोसंग घरमै मस्त, सासुससुराले प्रहरी बोलाउदा दुनियाले कल्पनै नगर्ने ठाउमा लुकाइन नाठोलाई – बिस्तृत हेर्नुहोस

श्रीमान विदेशमा भएकी महिलालाई लुकीलुकी भेट्न जाने उनका प्रेमी प्रहरीको फन्दामा परेका छन् । ती महिलालाई उनकै घरमा भेट्न गएका प्रेमीलाई महिलाका सासुससुराले देखेपछि उनी पक्राउ परेका हुन् । ती युवकलाई आफ्नी बुहारीसँग यसरी नभेट्न सासुससुराले पहिलेदेखि नै चेतावनी दिँदा पनि युवकले नमानेपछि सासुससुराले प्रहरी बोलाएका हुन् ।
ती महिलाका श्रीमान विदेशमा छन् । ती महिलाले सासु ससुराले विरोध गर्दा पनि प्रेमीलाई लुकिछिपी भेट्न बोलाउँथिन् । आइतबार पनि ती महिलाले प्रेमीलाई घरमै भेट्न बोलाएकी थिइन् । तर, उनले प्रेमीलाई बोलाएको उनका सासुससुराले थाहा पाए । त्यसपछि प्रेमी बुहारीको कोठाभित्र जानासाथ सासुससुराले बाहिरबाट चुकुल लगाइदिए ।
ससुराले तत्काल प्रहरीलाई फोन गरेर घटनाको जानकारी दिए । बुहारीले भने आफू फस्ने डरले प्रेमीलाई यस्तो ठाउँमा लुकाइन् कि प्रहरीलाई पनि भेट्न हम्मे हम्मे पर्यो । प्रहरीले घरमा आएर कोठाको कुनाकाप्चा सबैतिर खोज्दा पनि प्रेमी फेला नपरेपछि हैरान भए । महिलाले प्रेमीलाई टिनको बाकसमा बन्द गरेर बाहिरबाट ताला लगाएकी थिइन् । अन्ततः शंकाको आधारमा प्रहरीले बाकसको ताला फोडेपछि भने प्रेमी भेटिए । प्रहरीले उनलाई पक्राउ गरेको छ । घटना भारतको उत्तर प्रदेश उन्नावको हो ।

आयो साह्रै दुखद खबर – डा उपेन्द्रको दुवै मृगौला फेल – अहिले यस्तो छ अवस्था .

काठाडौँ । पित्तबाहिनीनलीको क्यान्सरका कारण मृत्युसंग संघर्ष गरिरहेका वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको दुवै मृगौला समेत फेल भैसकेको चिकित्सकहरुले बताएका छन् । पित्तनलीको क्यान्सरका कारण शरीरमा फैलिएको टक्सिनका कारण डाक्टर देवकोटाको मृगौला फेल भएको हो । मृगौला फेल भएपछि डा देवकोटालाई डायलाइसिस गर्न सुरु गरिएको छ । हालसम्म डा देवकोटाको ४ पटक डायलाइसिस भइसकेको समेत चिकित्सकको भनाइ छ। डा देवकोटालाई न्युरो अस्पतालको आइसियुमा नै बनस्थलीस्थित किड्नी सेन्टरबाट आएका टोलीले डायलाइसिस गरिरहेका छन्। मृगौलाको उपचारमा भने किड्नी सेन्टरका डाक्टर ऋषिकुमार काफ्ले र त्रिवि शिक्षण अस्पतालकी डाक्टर दिव्या सिंह शाह संलग्न छन्। मृगौला फेल भएपछि डाक्टर देवकोटाको स्वास्थ्य स्थिति थप गम्भीर बनेको छ । यही कारण उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
३३ बर्षकै उमेरमा १४ सन्तानकी आमा बन्न बाध्य बनेकी रिता नेपालीको भोगाई (पुरा पढ्नुहोस्) गुल्मी । स्वास्थ्य सम्बन्धि चेतनाको अभावमा मुलुकका ग्रामीण क्षेत्रका महिलाहरु कतिसम्म पीडित छन भन्ने उदाहरण बनेकी छिन् गुल्मी छत्रकोटकी रिता नेपाली । परिवार नियोजन, गर्भ निरोधक औषधि र जन्मान्तरको फरकबारे जानकारी नपाउँदा उनी ३३ बर्षको उमेर भित्र १४ सन्तानकी आमा बनिन् । छत्रकोट गाउँपालिका वडा नम्वर ६ की रिता नेपाली १४ सन्तानकी आमा हुन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । अहिले ४० बर्षमा हिड्दै गरेकी उनका जेठा छोराको उमेर १८ वर्षको छ भने सवै भन्दा कान्छी सन्तानको उमेर ७ वर्ष भयो । १४ वर्षको उमेरमा हुँगाका पदम नेपालीसंग विवाह गरेकी नेपालीले १५ वर्षको उमेर देखि सन्तान जन्माउन थालेकी हुन् । १५ देखि ३३ वर्षको उमेर भित्रमा १४ सन्तान जन्माएकी उनी अहिले पनि निरोगी देखिन्छिन् ।
श्रीमान पदम नेपाली शारीरिकरुपमा अशक्त छन् । छोरा वा छोरीको चाहनामा उनले यति धेरै सन्तान जन्माएकी होइनन । उनले न परिवार नियोजनबारे जानकारी पाइन नत गर्भ निरोधक औषधिको बारेमा नै । धेरै सन्तान पाउँदा पर्ने असरको सम्बन्धमा चेतनाको कमी र जन्मान्तरको फरकबारे पनि केही जानकारी नपाउनु रिताको लागि कमजोरी बन्यो । उनका १४ सन्तान मध्ये ७ जनाको मृत्यु भइसकेको छ । ७ वर्षीया कान्छी छोरी कक्षा तीनमा अध्ययनरत छिन् । जेठा छोरा र जेठी छोरीबाट गत वर्ष एक ÷ एक सन्तान जन्मिएपछि हजुरआमा हुन पाएकोमा रिता थप दङ्ग छिन् । जन्मान्तर कम गराउन हालसम्म राज्य र दातृ निकायको करोडौं रकम नेपाली भूभागमा वगिसेको छ । तर सदरमुकाम नजिकैको गाउँमा रहेकी रिता भने यी सबै विषयहरुबाट वेखबर बनिन्, दुर्भाग्य । साभार – न्युज२४

watch first and then search