watch first and then search

watch first and then search

Monday, June 11, 2018

रातभरी अशोकलाई भेट्न जागाराम, अशोक र टंकको झापाको धमाकेदार कार्यक्रममा हजारौको उपस्थिति (भिडियोसहित)

झापा । झापा दमकका अशोक दर्जी पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन् । निम्न वर्ग परिवारमा जन्मिएका दर्जीमा सानो उमेर मै निकै अदभूत गायन क्षमता भएको छ । जसले गर्दा छोटो समयमा नै उनी चर्चामा रहेका छन्। आजभोली दर्जीको चर्चा चुलिएका छन्। आफ्नो प्रतिभा प्रस्तुत गरिरहेको भिडियो मार्फत उनी एकाएक चर्चामा आएका हुन्। दर्जीले बाटोमा, होटलमा दिनभर गीत गाउँथे र जम्मा भएको थोरै रकमले परिवारको सामान्य आवश्यकता धानिरहेका थिए। उनी भाइरल भएपछि थुप्रै मिडियाहरू अन्तर्वार्ता र उनको प्रतिभालाई सबैमाज पु¥याउनको लागि पछि लागेका छन् । अन्तर्वार्तामा उनले आफ्नो प्रतिभापनि देखाउँदै आएका छन् । दर्जीले एक अन्तर्वार्तामा एउटा राज खोले । दर्जीले भने , ‘दिदिले मलाई पढाई दिन्छु भनेर लग्दा बाबाले रातको १२ बजे लिन आउनु भो ।’ पढ्न रूचि देखाएका दर्जी आर्थिक अवस्था कम्जोर भएकै कारण पढ्न नपाएको हो । अहिले दर्जीलाई उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले १० कक्षासम्म निःशुल्क पढ्ने र बस्ने व्यवस्था मिलाइएका छन् । उनी स्कूल पनि जान थालिसकेका छन्। अहिलेको घर नजिकै अशोकको परिवारका लागि नयाँ घर निर्माण गर्न लागिएको हो । घर निर्माणका लागि खरिद गरिएको १० धुर जग्गामा बिहीबार शिलान्यास गरिएको छ । करिव १० लाखको लागतमा ३ कोठे घर निर्माण गर्ने योजना रहेको निर्माण समितिका संयोजक पूर्ण वाईवाले जानकारी दिए । दर्जीको घर आगामी एक महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । घर निर्माणका लागि देशविदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गर्ने कार्य भइरहेको आर्थिक समितिका संयोजक तथा गायक टंक बुढाथोकीले जानकारी दिए ।

No comments:

Post a Comment

watch first and then search