watch first and then search

watch first and then search

Tuesday, August 14, 2018

भीर फुटेर खसेको पहिरोले २ वटा घर बगायो, ५ घर उच्च जोखिममा

जाजरकोट । जाजरकोटमा दुईवटा घर पहिरोले बगाएको छ भने पाँचवटा उच्च जोखिममा परेको छ । नलगाड नगरपालिका–१२ ठुलाबगरमा पहिरोले दुईवटा घर बगाएको हो । अविरल वर्षापछि खसेको पहिरोले भविन्द बस्नेत र ककबहादुर बस्नेतको घर पुर्णरूपमा पुरेको हो । यस्तै अन्य ५ जना स्थानीयका घर जोखिममा परेका छन्। घरदेखि माथि भीर फुटेर आएको पहिरोले यहाँका स्थानीयहरुका घर पुर्नुका साथै जोखिममा पारेको स्थानीयले बताएका छन् । यस्तै पहिरोले रुकुमको गोतामकोट र जाजरकोट ठुलोवगर जोड्ने भेरी नदीको पुलसमेत जोखिममा पारेको छ।

watch first and then search