watch first and then search

watch first and then search

Thursday, July 26, 2018

टेलिफोन र इन्टरनेको सेवा शुल्क नबढ्ने......पुरा पढ्नुहोस् र यो सुचना सबै माझ फैलाउन शेयर गर्नुहोस्

काठमाडौं- दूरसञ्चार संस्थाले बढाउने भनेको टेलिफोन र इन्टरनेट सेवा शुल्क नबढ्ने भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले मोबाइल र इन्टरनेट सेवाको मूल्य नबढ्ने बताए। टेलिकम र इन्टरनेटमा बजेटमार्फत घोषणा गरेकै कर लाग्ने भएतापनि सेवाग्रहीको लागि भने मूल्य नबढ्ने उनले जानकारी दिए।

‘हामीले टेलिकम र इन्टरनेट प्रदायकहरुसँग मूल्य समायोजना गरेको छौं,’ उनले भने ‘सहमतीअनुसार टेलिकम र इन्टरनेट सेवमा मूल्य नबढाउने सहमती भएको हो ।’

उनकाअनुसार असारमा जति टेलिकम र इन्टरनेट सेवाको मूल्य छ अब त्यतिनै पर्नेछ। ‘सेवा शुल्कमा कुनै पनि फेरबदल हुनेछैन,’उनले थपे। सकारले इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदल बनाइ मूल्य समायोजन गरेको मन्त्रालयको भनाइ छ।

सरकारले बजेटमार्फत इन्टरनेट सेवामा १३ प्रतिशत र टेलिकममा ११ प्रतिशतबाट कर बढाएर १३ प्रतिशत पुर्‍याएको थियो।

त्यसपछि इन्टरनेट र दुरसञ्चारप्रदायक कम्पनीहरुले शुल्क बढाएको थियो। बढाएको शुल्कको चौतर्फी विरोध भएपछि सरकार सेवाग्रहीले तिर्ने शुल्क घटाउन बाध्य भएको हो।

सेवाको शुल्क बजेटअघिकै मूल्यमा फर्केको मन्त्रालयले जानकारी दिएको छ।

लोकप्रिय गायक रामजी खाँड र गायिका अनिता चलाउने को तीज कोसेली “नहेर राजै त्यसरी “सार्बजनिक (भिडियोसहित)



गायिका अनिता च लाउनेको तीज गीत’ नहेर राजै त्यसरी लाज लाउछ मलाई बेसरी” को भिडियो हालै सार्वजनिक भएको छ ।रामजी खाँड र अनिता चलाउनेको स्वर समावेश तीज विशेष गीत युट्युवमा सार्वजनिक गीत डान्सिङ फ्लेभरको छ । ‘नहेर राजै त्यसरी’ बोलको गीतमा अभिनेत्री नीता ढुङ्गानाले कम्मर मर्काएकी छिन् ।

तीज गीतमा खासै नृत्यमा नदेखिने नीताले यो पटक भने आफुलाई अघि सारिन् । नीताले रोमान्टिक मुडमा नहेर राजा त्यसरी भन्दा उनलाई साथमा साथ गायक रामजी खाँडले नै दिएका छन् । सुन्दर कोरियोग्राफीमा छायांकन गरिएको गीतका शब्दहरु झट्ट मनमा बस्ने प्रकारका छन् ।

घनश्याम रिजालको शब्द समावेश गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् दुर्गा पौडेलले खिचेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका छन् । गीतमा संगीत गायक तथा मोडल समेत रहेका खाँडको नै छ ।

निगमको इतिहासमै एक महिनाको अवधिमा दुई ठूला जहाज भित्र्यायो : अब नेपाली चन्द्रसूर्य झण्डा बोकेर नेपालको परिचय दिदै संसारका धेरै गन्तव्यमा उडान भर्ने



काठमाडौं, १० साउन । एक दशक अघि नेपाल वायु सेवा निगमलाई करिब करिब विघटनको संघारमा पुगेको भन्दै खिसीटिउरी गरिन्थ्यो ।
जहाज नभएको निगम भन्दै आलोचना गरिन्थ्यो । जहाज खरिदको निर्णय गर्दा भ्रष्टाचार र अनियमित चलखेल भएको भन्दै विभिन्न निकायमा उजुरी पर्दथ्यो । ठूला जहाज खरिद गर्ने आर्थिक सार्मथ्य नभएको भन्दै सरकारले समेत प्राथमिकतामा राख्न सकेको थिएन निगमलाई ।

भएका दुई वटा पूराना जहाज मार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको थियो । आन्तरिक उडानमा निगमका जहाज कम थिए । तर अहिले अवस्था फेरिएको छ । आक्रामक रुपमा बजार विस्तार गर्ने र नयाँ नयाँ गन्तव्यमा सेवा दिने लक्ष्य लिएर निगमले नयाँ जहाज भित्र्याएको छ । थप दश विमान खरिद गर्ने योजनामा रहेको निगमको इतिहासमै एक महिनाको अवधिमा दुई ठूला जहाज भित्र्याइको यो पहिलो पटक हो ।

निगमसँग अब पर्याप्त जहाज उपलब्ध छन् । त्यसले नेपालको पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्नेछ । यसले निगमप्रति विगतमा गर्ने खिसीटिउरीको अवस्थाको समेत अन्त हुनेछ । त्यसका लागि सरकार र निगम व्यवस्थापनले व्यावसायिक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेछ ।

चुहावट नियन्त्रण र जहाज खाली उडाउने भनेर विगतमा गरिने प्रचारबाट निगमले सुधार गर्नु जरुरी छ ।
देशको राष्ट्रिय ध्वजावाहक निगमले भित्र्याउने नयाँ जहाजको रणनीतिक महत्वलाई आत्मसात् गर्दै निगमको जहाज नेपाली चन्द्रसूर्य झण्डा बोकेर नेपालको परिचय दिदै संसारका धेरै गन्तव्यमा उडान भर्नेछ । दुई वर्ष पहिले दुई वटा न्यारो बडी जहाज ल्याएर बजार विस्तारमा लागेको निगमले एक महिनाको अवधिमा दुई वटा वाइड बडी जहाज भित्र्याएको छ ।

फ्रान्सको तुलुजबाट नौ घण्टाको उडान गरेर निगमको दोस्रो वाइडबडी अर्थात् ‘मकालु’ नाम दिइएको जहाज आज विहान ९ बजेर १६ मिनेटमा अवतरण गरेको हो । जहाज अवतरण हुँदा विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको थियो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको सन्दर्भमा निगमले नयाँ जहाज ल्याएको हो । ‘नाइन एन एएलजेट’ कलसाइनको उक्त जहाजको स्वागत गर्न विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी र निगमका पदाधिकारी उपस्थित थिए ।

वाइड बडी ए ३३०–२०० सिरिजको सो विमान सरकारको जमानीमा निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको करीब रु २४ अर्बमा खरिद गरेको हो । निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ गत असार १४ गते विमानस्थलमा अवतरण गरेको थियो ।

विसं २०७४ वैशाख ७ गते सरकारबाट ग्यारेन्टी स्वीकृत भएपछि खरिदका लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो । जेठ २८ गते नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको थियो ।

दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।

निगमको पहिलो वाइड बडी विमानबाट आगामी साउन १८ (अगष्ट १) देखि कतारको दोहामा व्यावसायिक उडान शुरु गर्ने तयारीमा छ । यही साउन ७ गते निगमको जहाजले भारतको राजधानी नयाँ दिल्लीमा परिक्षण उडान गरेको थियो । आज अवतरण गरेको जहाज सबै प्रक्रिया पूरा गरेर आगामी चार हप्तापछि अन्तर्राष्ट्रिय उडान गर्नेछ ।

जहाज अवतरणपछि विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव देवकोटाले भन्नुभयो ‘ दुई वटा वाइड बडी विमान आइसकेको छ । ती विमान पहिलेकै गन्तव्यमा उडाइन्छ । त्यसपछि जापान, दक्षिण कोरिया र साउदी अरेबियामा उडान गर्ने लक्ष्य राखिएको छ ।’

आगामी पाँच वर्ष भित्र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि दश विमान खरिद गर्ने योजना बनाइएको भन्दै उनले निगमका जहाज यूरोपेली देशमा समेत उडान गरिने बताए ।

निगमका महाप्रबन्धक सुगतरत्न कसांकारले निगमका दुवै जहाजलाई पूर्ण रुपमा व्यावसायिक बनाइने र अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिने बताए ।

‘पहिलो बाइड बडी जहाजको उडान अनुमति आज भोलि नै हुन्छ । सबै कागजात बुझाइसकिएको छ । परिक्षण उडान समेत भइसकेको छ ’ महाप्रबन्धक कसांकारले भने “आज अवतरण भएको जहाज बढीमा चार हप्ता भित्र अन्तर्राष्ट्रिय उडान सुरु गर्नेछ ।” केही समय दुवै विमान पुरानै गन्तव्यमा उड्ने र क्रमशः नयाँ गन्तव्यका लागि समेत तम्तयारी अवस्थामा रहेको महाप्रबन्धक कसांकारको भनाइ छ । निगमसँग १३ वटा विमान रहेका छन् ।

चालक व्यवस्थापन गरिदै

निगमका अनुसार दुई वटा वाइड बढी विमानसमेतलाई दृष्टिगत गरी कूल ११६ जना चालक जरुरी पर्दछ । हाल निगमसँग ८८ मात्र चालक छन् । थप २८ चालक सकेसम्म स्वदेशी नभए विदेशी पाइलट करारमा लिएर विमान सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

निगमले नयाँ विमान थप्दै जाँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ हाललाई विदेशी चालक करारमा नियुक्त गर्दै जाने नीति लिएको छ । निगमभित्रका चालकलाई तालीम दिँदै क्रमिकरूपमा नियमानुसार स्तरोन्नति गर्दै लैजाने नीति समेत लिइएको छ । नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ नयाँ जहाज खरिद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

विमान थपेपछि त्यसको व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने बताउँदै आएको निगमले त्यसका लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकेको छ । नयाँ जनशक्ति व्यवस्थापन गर्ने र हवाई सुरक्षाका लागि नविन प्रविधि जडानमा जोड दिइएको छ । निगमले नयाँ वाइड बडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया र लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको भनाइ छ ।

निगमले भारतको नयाँदिल्ली, बेङ्गलोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ ।

एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुई जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो । निगमले आन्तरिकतर्फ नौ वटा विमानबाट सेवा दिइरहेको छ । यी मध्ये चीनबाट ल्याइएका वाई १२ चार वटा, एमए ६० दुई वटा र तीन वटा ट्विनअटर विमान छन् ।

Tuesday, July 24, 2018

बजारमा उमाको ‘भाइरल’ तीज गीत



काठमाडौँ । गायिका उमा श्रेष्ठले ‘भाइरल’ तीज गीत सार्वजनिक गरेकी छन् । सो गीतमा उनलाई स्वरमा साथ दिएका छन्, डीबी लोप्चनले पनि ।

दीपक शर्माको शब्द तथा संगीत रहेको भाइरलमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । विक्रम चौहानले निर्देशन गरेको सो गीतको म्युजिक भिडियोमा मोडल अञ्जली अधिकारी तथा सन्जिव ठकुरीले अभिनय गरेका छन् ।

तीज आउन दुई महिना पनि बाँकी नरहेका बेला तीज गीतहरु सार्वजनिक गर्नेक्रम बढेको छ । नयाँ तथा पुराना गायक गायिकाहरुले तीज सम्बन्धी गीत ल्याएका हुन् ।

भैरहवाको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुसबाटै परीक्षण उडान गरिने



रूपन्देही-निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो जनवरी १ (पुस तेस्रो साता) परीक्षण उडान गर्नेगरी निर्माणको काम धमाधम भइरहेको छ । विमानस्थल निर्माणका लागि मुख्य कामको रूपमा रहेको धावनमार्गको अन्तिम चरण प्रारम्भ भएको छ । ३ हजार मिटर लम्बाइ रहेको धावनमार्गमा तयार रहेको बेसकोर्समा आइतबारबाट बिटुमिन(अलकत्रा) हाल्ने काम सुरु भएको छ ।




अलकत्रा हालेपछि धावनमार्गलाई कालोपत्रे गर्ने काम सुरु हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले बताए । “अब एक किसिमले धावनमार्ग कालोपत्रे गर्ने काम सुरु भएको मान्न सकिन्छ, यस्तै भयो भने हामी १ जनवरी २०१९ मा यो विमानस्थलबाट परीक्षण उडान सुरु गर्नेछौं,” शर्माले भने । बेसकोर्समा अलकत्रा राखेपछि त्यसमाथि तीन तहको पिच हुने शर्माको भनाइ छ । अहिले राखेको अलकत्राले बेसकोर्स तलका सबैलाई सुरक्षित र मजबुत गर्ने काम गर्छ । राखिएको अलकत्रामाथि अब १ फिटमात्रै उठ्नेछ, जुन धावनमार्गको अन्तिम कार्य हो ।


आयोजना कार्यालयले जतिसक्यो छिटो धावनमार्गको काम सकि त्यहीँबाट आन्तरिक हवाई उडान गर्ने लक्ष्य लिएको छ । अहिलेको विमानस्थलको धावनमार्ग ट्याक्सी वेमा परिणत हुने भएकाले त्यसलाई निर्माण गर्दा आन्तरिक उडान सम्भव नभएकाले पनि अहिलेको धावनमार्गको निर्माण जनवरी १ भित्रै सम्पन्न गरी त्यहिँबाट आन्तरिक उडान सुरु गरी विमानस्थलका बाँकी निर्माण काम गर्ने योजना रहेको आयोजना प्रमुख ओम शर्माले बताए ।

शर्माले जनवरी १ तारिखमा वाइडबडी जेट, एअरबसको परीक्षण उडान गर्ने योजनाअनुसार काम दु्रत गतिमा भइरहेको बताए । शर्माका अनुसार विमानस्थलको सबै काम हेर्दा अहिले आधाभन्दा बढी निर्माणका काम सकिएको छ । भौतिक पूर्वाधारका काम ६० प्रतिशत सकिएको छ । बाँकी पूर्वाधार र अन्य काम पनि समयमै सम्पन्न हुने र सन् २०१९ भित्र विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने दाबी गरे । विमानस्थल निर्माणका क्रममा हुने अप्ठेरा बेसकोर्सका कामहरू सबै सकिएको छ ।

विमानस्थल निर्माण आयोजनाका प्रमुख शर्माका अनुसार विमान पार्किङ क्षेत्रको ७० प्रतिशत काम सम्पन्न भएको छ भने बाँकी रहेको छिट्टै सम्पन्न हुने बताइएको छ । पार्किङमा एकैपटक ५ ठूला विमान पार्किङ गर्न मिल्छ । यस्तै, प्रशासकीय भवन, कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको बताइएको छ । पछिल्ल्लो समय विमानस्थल निर्माणको काम दु्रत गतिमा भइरहेको छ । विमानस्थल निर्माणमा अहिले चीनका दक्ष र अर्धदक्ष गरी करिब ८० कामदार छन् भने थप कामदार चीनबाटै ल्याउने तयारी भइरहेको छ । विमानस्थल क्षेत्रभित्र पर्ने घाघरा नदी डाइभर्सन गर्ने काम २ वर्षअघि नै सम्पन्न भइसकेको छ ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७१ माघबाट चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभियसनले विमानस्थल निर्माण सुरु गरे पनि २०७२ मा आएको भूकम्प, त्यसलगत्तै लामो समय चलेको मधेश आन्दोलन, नाकाबन्दी, नदीजन्य बस्तुको अभावलगायतका कारणले विमानस्थल निर्माण करिब २ दुई वर्ष पछाडि धकेलिएको छ । ६ अर्ब २२ करोड रुपैयाँ लागत रहेको निर्माणधिन विमानस्थलको अहिलेसम्म आधाभन्दा बढी काम सकिएको छ ।

सरकारको प्रयास सफल हुँदै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रुप फेरियो …





काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक सुधार भएको स्टाटस शनिबार पोस्ट गर्नुभयो ।

सो स्टाटसमा हालसम्म धेरैले प्रतिक्रिया जनाउनुभएको छ भने ९२ पटक शेयर भएको छ । सो स्टाटसलाई मन पराउनेको संख्या एक हजार २०० छन् । नेता भट्टराईको स्टाटस पढेपछि राससले उहाँलाई सोध्यो–साँच्चीकै विमानस्थल सुधार भएको हो त रु उहाँको प्रतिक्रिया थियो “ विगतमा भन्दा धेरै सुधार भएको छ । त्यो मैले आफँैले अनुभव गरेँ ।”

नेता भट्टराईले मुलुकको आँखीझ्यालका रुपमा रहेको विमानस्थलमा सुधार हुनुलाई वर्तमान सरकार र त्यसका विभागीय मन्त्री रवीन्द्र अधिकारीको प्रयासले सार्थकता पाएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रस्थान र आगमन पत्र भर्न यात्रुलाई झन्झटिलो थियो र त्यसको कुनै उपयोगिता पनि थिएन त्यो हटाएर राम्रो काम भएको छ ।”

सरकारले गत जेठ ७ गतेदेखि विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याएको छ । सोही योजनाको प्रभावले गर्दा विमान उडान र अवतरणमा रहेको एयर ट्राफिकको समस्यामा समेत उल्लेख्य सुधार आएको छ ।

नेता भट्टराईले थप भन्नुभयो, “विमानबाट ओर्लेपछि आधा घण्टाभित्रमा लगेजसमेत लिएर बाहिर निस्किन सक्नु त क्रान्ति नै जिते जस्तो लाग्यो मलाई ।”

विमानस्थलको प्रतिक्षालय, शौचालय पहिलेभन्दा सफा देखिएको उल्लेख गर्दै नेता भट्टराईले सानो प्रयासबाट पनि ठूलै उपलब्धि हासिल हुन सक्ने भन्दै राम्रोलाई राम्रो नै भन्न सक्ने बानी बसाल्नसमेत आग्रह गर्नुभयो ।

नकारात्मक विषयले मात्रै प्राथमिकता पाइरहेका बेला सकारात्मक काम र अभ्यासलाई सबैले साथ दिनु जरुरी देखिएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार र ऊर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेको सानो प्रयासले मुलुकमा लामो समयदेखि जकडिँदै आएको विद्युत्भार कटौतीको समस्याबाट मुलुकले त्राण पाएको थियो । गरे के हुँदो रहेनछ भन्ने एउटा प्रमाण विद्युत्भार कटौती पनि थियो । त्यस्तै प्रयासमा वर्तमान सरकार लागिपरेको छ । विमानस्थल सुधार तथा विकृति विसंगतिको अन्त्यका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले निरन्तर पहल गर्दै आउनुभएको छ ।

मन्त्री अधिकारी भन्नुहुन्छ, “सानो कामबाटै शुरु गरौँ र सेवाग्राहीलाई नै सुधारको अनुभव गराऔँ भन्ने मान्यता छ । सोही आधारमा काम भइरहेको छ ।”

मन्त्री अधिकारीले सार्वजनिक गर्नुभएको कार्ययोजनामा समेत विमानस्थल सुधारको कामलाई प्रमुख प्राथमिकतामा राखिएको छ । विमानस्थलमा हुने सामान्य व्यवहार तथा शिष्टताले पनि ठूलो अर्थ राख्दछ । त्यो राष्ट्रिय प्राथमिकताको विषयसमेत हो ।

वर्तमान सरकारले विमानस्थलको सुधार, सुरक्षा प्रणालीमा रहेको कमजोरीको अन्त्य गर्दै यात्रुलाई सरल र सहजरुपमा सेवा दिने लक्ष्य राखेको छ । सो लक्ष्यलाई पूरा गर्न हरतरहको प्रयास भइरहेको छ र केही सफलतासमेत हासिल भएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पछिल्लो दिनमा गरिएको प्रयासले सार्थकता पाएको बताउनुभयो ।

पर्यटनमन्त्रीका रुपमा अधिकारीले जिम्मेवारी सम्हालेदेखि विमानस्थल सुधार पहिलो प्राथमिकतामा परेको थियो । अहिले अध्यागमनमा विद्युतीयरुपमा नै फारम भर्ने व्यवस्थाले नेपाली यात्रुलाई सहज बनाएको छ । महाप्रबन्धक क्षेत्रीले भन्नुभयो, “यो ठूलो परिवर्तन हो । फारम भर्न नजान्ने, लेखपढ गर्न नजान्ने, शशारीरिकरुपमा अशक्त नागरिका लागि यो व्यवस्था अति उपयोगी देखिएको छ ।”

सरकारको पछिल्लो प्रयासले विमानस्थलको सेवालाई सर्व सुलभ र प्रभावकारी बनाउन बल पुगेको छ । अहिले ४५ मिनेटमा ९९ प्रतिशत लगेज सम्बन्धित यात्रुले लिइसक्छन् । विमानस्थल २१ घण्टा सञ्चालनमा आएपछि सकारात्मक प्रभाव परेको छ ।

हाल एयर ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाइएको छ । हरेक दिन बिहान ६ बजे अगावै आन्तरिकतर्फबाट उडान गरिसक्ने व्यवस्था मिलाइएको छ । विगतमा विमानस्थल ६ बजे खुल्ने गरेकामा हाल बिहान ५ बजे नै खुल्ने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाले उडान र अवतरणको चापमा समेत व्यवस्थापन गर्न बल पुगेको छ ।

विमानस्थल २१ घण्टा सञ्चालनमा आएपछि पछि लामो समय ‘होल्ड’ बस्नुपर्ने बाध्यतासमेत हटेको छ । कहिलेकाहीँ सामान्य प्राविधिक समस्याका कारण उडान तलमाथि हुने विषय फरक भए पनि विमानस्थललाई व्यावसायिक र यात्रुमैत्री बनाउन हदैसम्मको प्रयास गरिएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।

निजी वायु सेवा कम्पनीलाई उडान अनुमतिपत्रमा गरिएको व्यवस्थाअनुसार नै क्षेत्रीय विमानस्थलमा पार्किङ गर्नुपर्ने नीतिलाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याइएको छ । केही विमान सेवा प्रदायकले त्यस्तो प्रक्रिया शुरु गरिसकेका छन् ।

विमानस्थल सुधारमा भइरहेको प्रयासबारे पर्यटनमन्त्री अधिकारीले विमानस्थलका पदाधिकारीलाई धन्यवादसमेत दिनुभएको छ ।

महाप्रबन्धक क्षेत्रीले भन्नुभयो, “आज मन्त्री अधिकारीले टेलिफोन विमानस्थलमा जे जति सुधार देखिएको छ, त्यसप्रति धन्यवाद दिनुभयो । अझै इमान्दार भएर जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिनुभएको छ । यसले हामीलाई थप उत्साहित बनाएको छ ।”

हाल अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक झण्डै ४०० उडान र अवतरण हुने गरेको छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा नै सञ्चालमा ल्याउने तयारी पनि गरिरहेको छ । यस्तै विमानस्थलको धावनमार्ग सुधार तथा अन्य व्यवस्थापनका कामलाई समेत पहिलो प्राथमकितामा राखेको छ ।

धावनमार्गको कालोपत्र उप्कने तथा कहिलेकाहीँ देखिने समस्या समाधानका लागि मन्त्रालय र विमानस्थलले पनि समयमै ध्यान दिने र आवश्यक सुधार गर्न आवश्यक प्रक्रियासमेत अगाडि बढाएको छ ।

watch first and then search