watch first and then search

watch first and then search

Sunday, January 1, 2017

कैलालीको सामुदायिक वनमा शिशुको शव फेला



धनगढी, १७ पुस । कैलालीको अत्तरिया नगरपालिकाको चाहना सामुदायिक वन क्षेत्रमा शनिबार साँझ दुईवटा शिशुको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय, मालाखेतीका अनुसार प्रहरी टोलीले खाल्टोमा गाडेको अवस्थामा दुई बालिका शिशुको शव फेला परेको जनाएको छ ।

स्थानीयवासीले जङ्गलमा शिशुको शव देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि सेती अञ्चल अस्पताल, धनगढीमा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

No comments:

Post a Comment

watch first and then search