watch first and then search

watch first and then search

Saturday, October 22, 2016

जापान जान नेपालीलाई भिसा नचाहिने

जापानले भिसा प्रक्रिया खुकुलो बनाइदिएपछि त्यसतर्फ पढ्नजाने नेपाली विद्यार्थीको संख्या बढ्दो छ ।
शिक्षा मन्त्रालयका अनुसार एक वर्षयता विद्यार्थीको प्रमुख रोजाई जापान बनेको छ ।


केशरमहलमा नोअब्जेक्सन लेटर लिन आएका विराटनगरका सुनिल साहले पढाइका साथै काम गरेरराम्रो कमाउन सकिने भएकाले जापान जान लागेको बताए ।
मन्त्रालयका छात्रवृत्ति शाखाका प्रमुख प्रकाश महर्जनले राम्रो पढाइसँगै कमाई पनि हुने भएकाले जापान जाने विद्यार्थी बढ्दै गएको बताए ।
उनका अनुसार २०७० साउन १ देखि ०७१ असार ३२ सम्ममा ७ हजार ९ सय ३३ विद्यार्थीले जापानमा उच्चशिक्षा हासिल गर्न नो अब्जेक्सन लेटर लिएका छन् । आजको नागरिकमा समाचार छ ।

भारतीय सेनाको गोली लागि आठ पाकिस्तानी रेञ्जरको मृत्यु,जम्मुकास्मिरमा भयो ठुलो भिडन्त ........

Seven Pakistani Rangers were killed and three others injured on Friday as BSF retaliated to mortar shelling and small arms fire from across the International Border at various places in Kathua, Samba and Jammu districts.

Jammu: Mortar shells fired from across the LOC by Pakistan in village Panjgrain, Rajouri district in Jammu on Thursday. PTI Photo(PTI10_20_2016_000063A)

“There is confirmed information of the killing of seven Pak Rangers and serious injury to three others,” a BSF spokesperson said. Quoting the official press release issued by the BSF, the spokesperson added: “One of its brave constable Gurnam Singh of Bhaleshar of Magowali village in R S Pura tehsil got seriously injured when Pakistan targeted a BSF post at Bobiya in Hiranagar sector.

मोदी भन्छन्: महाअभियोग प्रस्ताव दुई तिहाइ मतले पारित हुन्छ

काठमाडौँ- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सांसद तथा महाअभियोग सिफारिस समितिका सदस्य अमनलाल मोदीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव दुई तिहाइ मतले पारित हुने बताएका छन् ।



आज रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले संविधान कार्यान्वयनको प्रमुख पाटोका रुपमा यो प्रस्ताव रहेकाले सर्वसम्मतरुपमा प्रस्ताव पारित हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “ कानुनभन्दा माथि कोही पनि व्यक्ति नभएकाले कानुुनलाई मिचेर अघि बढ्न खोज्नेलाई जनप्रतिनिधिले बहुमतले बिदा गर्ने पक्का छ ।”

नेकपा (एमाले)का सांसद रामेश्वर फुयाँलले कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित हुने ठोकुवा गर्दै काँग्रेससँग सहमति जनाउनुबाहेक अन्य विकल्प नभएको दाबी गरे । उनले भने, “लोकमानविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्नका लागि प्रमुख दलका नेताले राजनेताको भूमिका निर्वाह गर्ने बेला आएकाले सबै दलले एकमत भएर अगाडि बढ्ने समय आएको छ ।”

सांसद फुयाँलले भोलि आइतबार बस्ने संसद् बैठकले प्रस्तावमाथि छलफल थाली एक महिनाभित्र टुङ्गो लगाउने विश्वास व्यक्त गरे । तराई–मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले दलहरु सबैभन्दा ठूलो काम संविधान संशोधनको प्रक्रिया छोडेर महाअभियोग प्रस्तावतिर लाग्नु मधेसका मुद्दाबाट ध्यान हटाउनका लागि भएको आरोप लगाए ।

महाअभियोग प्रस्ताव ल्याउँदा मधेसी मोर्चासँग छलफल नै नगरिकन ल्याएको भन्दै यो प्रस्ताव मधेसी मोर्चाका लागि हर्ष न बिस्मात भएको टिप्पणी गरे ।

“सरकार र दलले हतार गरी महाअभियोग प्रस्ताव ल्याउँदा संविधान संशोधनको प्रक्रिया ओझेल परेको छ”– उनले भने “अहिलेको मुख्य समस्या भनेको संविधान संशोधन हो, संविधान संशोधन गरेर तीनवटै निकायको चुनाव गराउँदै संविधान कार्यान्वयन गराउनु ठूलो कुरा हो तर यहाँ लोकमानको प्रकरण देखाएर मोर्चालाई झुक्याउने काम गरिएको छ ।”

खेलकुद मन्त्रीले समितिमा आफ्ना मान्छे राख्न खोजेपछि सातौ राष्ट्रिय खेलकुद फेरी सर्ने

काठमाडौँ ६ कार्तिक – पटक पटक स्थथित हुँदै आएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरी अन्यौलमा परेको छ । मन्त्रालय र राखेपबीचको आन्तरिक बिबादले पूर्वाञ्चलमा मंसिर ८ गते देखि सुरु हुने भनिएको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा परेको हो । स्रोतका अनुसार राखेप र मन्त्रालयकाबीचमा आपसी तालमेलन नमिल्दा प्रतियोगिताको मिति हेरफेर गर्ने तयारीमा राखेप पुगेको छ ।
सरकार परिवर्तनले गर्दा निर्धारित मितिमा प्रतियोगिता गर्न अप्ठेरो परेको राखेपका एक अधिकारीले बताए । राखेपका सदस्य सचिब केशब कुमार विष्ट र युवा तथा खेलकुद मन्त्री दलजीत विक श्रीपालीबीच राजनीतिक बिचार नमिल्दा त्यसको असर खेलमा परेको छ । जसका कारण सातौ खेलकुद प्रतियोगिता नै प्रभावित हुने देखिएको छ ।
अहिले सातौ राष्ट्रिय खेलकुद आयोजनाकोे तयारीलागि पूर्वाञ्चलमा जोडतोडका साथ काम भइरहेको छ । तर मन्त्री विकले आफू निकटकालाई पनि उपसमितिहरुमा राख्नुपर्ने अडान राखेपछि बिबाद चुलिदै गएको छ स्रोतले भन्यो ।
युवा तथा खेलकुद मन्त्रालयका सहसचिब चुडामणी पौडेलले सातौ राष्ट्रिय खेलकुद यसै आर्थिक बर्षको फागुनसम्ममा सक्ने लक्ष्य लिइएको जानकारी दिनुभयो । उहाँले मंसिर मसान्त देखि फागुन सम्ममा प्रतियोगिता आयोजना गर्ने गरि काम भइरहेको बताउनुभयो । यसअघि सातौ राष्ट्रिय खेलकुद तीन पटक स्थगित भइसकेको छ ।

थाहा पाऊनुहोस्, को थियो धर्तिकै पहिलो मानव, कसरी भएको थियो उसको जन्म



को थियो संसार पहलो व्यक्ति? यो प्रश्न सधै हाम्रो दिमागमा उठ्ने गर्दछ । यो प्रश्न बहुत रोचक छ,किनकी यसको बारेमा हरकोहीले जान्न चाहन्छ जसबाटै यत्रो ठुलो संसार सिर्जित भएको छ । तर यस सवालको जवाबलाई लिएर कयौँ आस्था र मान्यताहरु रहेका छन् ।

पुर्विय सभ्यता अर्थात् हिन्दू धर्मको पुराणको अनुसार दुनियाको पहिलो व्यक्तिको नाम ‘मनु’ थियो । तर पश्चिमी सभ्यताले भन्छ दुनियाको पहिलो व्यक्ति ‘एडेम’ थियो । हिन्दू पुराणमा भनिएको छ की मनुको रचना भगवान ब्रह्माले गरेका थिए। यो मान्य गरिन्छ की भगवान ब्रह्माले दुई मानिस (स्त्री र पुरुष) बनाएका थिए, यसमा एउताको नाम थियो ‘मनु’ र अर्काको नाम थियो ‘शतरूपा’। दुनियामा जति पनि मनिसहरु छन् यी सब मनु र शतरुपाका सन्तानहरु हुन् ।

पुराणहरुमा बताईए अनुसार जब ब्रह्माले देवताहरु, असुरहरु र पित्रहरु निर्माण गरेका थिए । त्यसपछि ब्रह्माले आफुलाई शक्तिहीन महसूस गर्न लागे । त्यसपछि उनलाई कुनै उपाए आइरहेको थिएन कि अब के बनाऊ । त्यसपछि उही समयमै उनको शरिरभित्रबाट एक काया उत्पन्न भयो । त्यो काया उनि जस्तै देखिने छायाँ जस्तै थियो । यसैलाई नै संसारको पहिलो मानव ‘मनु’ भनियो।

पश्चिमी सभ्यताको पहिलो मानव ‘ऐडम’
पश्चिमी सभ्यताका अनुसार बाइबलमा पनि ईश्वरको शरीरबाट एक छायाँको जन्म हुन्छ । र, त्यसको नाम ‘एडेम’ राखिन्छ । एडेमसँगै यता हिन्दु धर्ममा भगवान ब्रह्माले ‘शतरूपा’ बने जस्तै गरी पश्चिमी सभ्यतामा पनि ‘एम्बेला’ अर्थात् (इभ) नामकी एक स्त्रीको जन्म भएको मान्यता छ । एक स्त्रि र पुरुष, यो कुरा दुवै सभ्यतामा समानता नै पाईन्छ ।

सिमेन्टको सही छनोट र प्राविधिक ज्ञानबारे चाचान ग्रुपको प्रशिक्षण



पछिल्लो समय सिमेण्टको नाममा गुणस्तरहिन उत्पादनका साथै अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै नेपालको प्रमुख सिमेन्ट उत्पादन गर्ने औद्योगिक समूह चाचान ग्रुपले यस्को प्रयोग सम्बन्धि प्राविधिक ज्ञान दिने अभियानलाई तीब्र बनाएको छ । महाविनाशकारी भूकम्प र नाकावन्दीको समयमा पनि नेपालीका लागि आवश्यक सिमेन्ट उत्पादन गर्न पछि नपरेको यो समूहले आफ्नो सहयोगीहरुलाई सिमेन्टको गुणस्तरबारे जानकारी समेत गराएको छ ।


चाचान ग्रुपको नारायणी सिमेन्ट प्रालिले शनिवार सिरहाको लहानम एक कार्यक्रमको आयोजना गर्दै गुणस्तरीयता र नियमित आपुर्तिलाई आफ्नो समूहको प्रतिबद्धता भएको बताएको छ । सिरहा तथा सप्तरी क्षेत्रमा आफ्नो सिमेण्ट उत्पादन र बजारीकरण गर्नका लागि समूहद्धारा आयोजित कार्यक्रममा चाचान ग्रुपको उत्पादन त्रिशक्ति सिमेण्ट प्रिमियम ओपिसी, त्रिशक्ति सुपर ओपीसी र बज्रशक्ति सिमेण्टको प्रबद्र्धनको लागि स्थानीय डिलर, मेशन र डिपो प्रमुखहरुलाई जानकारी गराइएको थियो । गुणस्तरहीन सिमेन्टको उत्पादन र प्रयोगको प्रचलन बढेकोले आफ्नो उत्पादनको गुणस्तरको बारे जानकारी दिने र मजदुरहरुलाई सिमेण्ट प्रयोग संबन्धि प्राबिधिक ज्ञान दिनको लागि कार्यक्रमको आयोजना गरिएको समूहको भनाई छ । देशमा गएको विनाशकारी भूकम्प र ६ महिना लामो नाकाबन्दीको जटिल अबस्थामा पनि आफुहरुले उत्पादन दिएर सेवा प्रदान गर्दै आएकाले थप उत्पादन गर्ने तयारीमा रहेको चाचान ग्रुपले जनाएको छ । १३ बर्ष अघि प्रति दिन तीन सय ५० मेट्रिक टन उत्पादन गर्दै आएको सिमेण्टको हाल दैनिक एक हजार पचास अर्थात २१ हजार बोरा प्रति दिन उत्पादन गर्ने गरेको नारायणी सिमेन्ट उद्योग प्रालिका प्रबन्ध संचालक सतिश कुमार चाचानले जानकारी दिनुभयो ।
कार्यक्रममा सिराह र सप्तरी क्षेत्रमा निर्माणमा संलग्न मजदुहरु समेतको उपस्तिति रहेको थियो, पछिल्लो समय सिमेण्टको नाममा गुणस्तरहित उत्पादन गरेर अस्वस्थ प्रतिस्पर्धा गर्ने प्रचलन बढेकाले आफ्नो उत्पादनको गुणस्तरको बारे जानकारी दिने र मजदुरहरुलाई सिमेण्ट प्रयोग संबन्धि प्राबिधिक ज्ञान दिनको लागि कार्यक्रमको आयोजना गरिएको चाचान गु्रपले जनाएको छ । आफुहरुको उत्पादन अन्य कम्पनीको सिमेण्ट भन्दा बढि गुणस्तर रहेकाले बजारमा पछिल्लो समय नारायणी सिमेण्ट प्रालिद्धारा उत्पादित सिमेण्टको माग बढेको कम्पनीका महाप्रबन्धक उमेशचन्द्र ठाकुरले जानकारी दिनुभयो ।
कम्पनीले पश्चिमी क्षेत्रलाई दृष्टिगत गरेर नेपालगंजमा गनापुरमा प्रतिदिन चार सय मेट्रिक टन उत्पादन गर्दै आएको जनाएको छ । कम्पनीले आगामी दिनमा आफ्ना उत्पादनहरुलाई बृद्धि गर्ने योजना राखेको जनाईएको छ । मेशन मिटमा सिराह सप्तरी क्षेत्रका झण्डै डेढ सय मजदुर तथा दुई दर्जन बढि डिलर संचालक, निर्माण व्यवसायी, स्थानीय व्यवसायी, लगायतको सहभागीता रहेकोे थियो । कार्यक्रमका सहभागीहरुलाई प्रबन्ध संचालक सतिश कुमार चाचानले मायाको चिनो प्रदान गर्नु भएको थियो ।

तीन करोड नेपालीको शीर उचो बनाउदै तामाङ दिदी भाइले रचे नयाँ इतिहास,पाकिस्तानलाई फाइनलमा हराउदै जिते स्वर्ण



पाकिस्तानको इस्लामावादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङशलको जोडीले स्वर्ण जितेका छन् ।

शुक्रबार अबेर राति भएको फाइनलमा रत्नजित र नङशलको जोडीले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको जोडीलाई २१–१३ र २१–१५ को सोझो सेटमा पराजित गरी ब्याडमिन्टनमा नेपाललाई ऐतिहासिक सफलता दिलाएको नेपाल ब्याडमिन्टन सङ्घका उपमहासचिव लवभक्त श्रेष्ठले जानकारी दिए। नेपाली ब्याडमिन्टनको इतिहासमा कुनै पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा हालसम्म स्वर्ण जितेका छैनन् । यसअघि दुई भिन्नभिन्नै अन्तर्राष्ट्रिय प्रतियोगितामा सुमिना श्रेष्ठ र पूजा श्रेष्ठले महिला डबल्समा रजत जितेका थिए ।त्यो नै ब्याडमिन्टनले अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सबैभन्दा ठूलो उपलब्धि थियो । नङशलले महिला सिङ्गल्समा पनि काँस्य पदक जितिन् ।

लक्ष्मीपूजाको २ दिनअघि यि ५ कुरा किनेर घरमा ल्याउनुस र समृद्धि प्राप्त गर्नुहोस



भर्खरै बडादशै सकिए लगत्तै महान चाड तिहार तपाई हाम्रो घर आँगनमा आइसकेको छ । नेपालीहरुले हर्षोल्लासका साथ मनाउने तिहार धनतेरसको दिनबाट शुरु हुँदैछ । जुन लक्ष्मीपूजाको २ दिन अघि अर्थात कार्तिक कृष्ण चर्तुदशीका दिन पर्दछ । हाम्रो जीवनमा लक्ष्मी अर्थात धनको जति धेरै महत्व छ, त्यति नै महत्व हाम्रो स्वास्थ्य र समृद्धिको रहेको छ । त्यसैले जीवनभरको सुख समृद्धिका लागि धनतेरसका दिन केहि न केहि किनेर घरमा राख्नुपर्दछ भन्ने आम नेपालीको जनविश्वास रहँदै आएको छ । धनतेरसको दिन चाँदीका भाँडाकुडा खरिद गरि घरमा भित्राएमा शूभ हुने भनिएता पनि सबैको आर्थिक स्थिती चाँदी किन्न सक्ने हुन्न । कसैले तामाको गणेशको मूर्ति त कसैले लक्ष्मीको मूर्ति खरिद गरेर घरमा भित्राउने गर्दछन । त्यो पनि नसक्नेले केहि साना भाँडाकुँडा खरिद गरेर राख्ने परम्परा रहँदै आएको छ । तर,हामिले जानिराख्नु पर्ने कुरा के हो भने हामिले धेरै पैसा खर्च गरेर र महँगा सर सामान खरिद गर्दा मात्र लक्ष्मी खुशी हुने होइनन । थोरै पैसा खर्च गरेर पनि लक्ष्मी खुशी पार्न र समृद्वि प्राप्त गर्न सकिन्छ । जानीराखौ धन तेरसका दिन यि ५ चिज खरिद गरेर घरमा ल्याउँदा समृद्धि प्राप्त हुन्छ ।
lakshmi-puja
१. धनतेरसका दिन ‘चाँदिका सामान’, ‘लक्ष्मी /गणेशको मूर्ति’ लगायतका सामान खरिद गरेर घरमा भित्राउनाले र समृद्धि प्राप्त हुन्छ ।
२. धनतेरसका दिन भगवान धन्वन्तरी र लक्ष्मी मातालाई खुशी पार्नको लागि ‘बोक्रा सहितको धनिया’ किनेर घरमा ल्याउनुहोस । जसले घरमा लक्ष्मीवृद्धि हुने र समृद्धि प्राप्त हुन्छ ।
३. तपाई र तपाई को परिवारको सम्वन्धमा मिठास ल्याउनका लागि ‘बताशा’ किनेर घरमा भित्राउनुहोस । बताशाले सम्वन्धमा मिठास र समृद्धि ल्याउदछ ।
४. धनतेरसका दिन ‘दियो’ खरिद गरेर साँझमा दीपावली गर्नुहोस, जसले गर्दा घर परिवारमा कुनै पनि खालको अकाल मृत्युको भय हुँदैन ।
५. धनतेरसका दिन सुख र समृद्धिका लागि लक्ष्मीको प्रिय वस्तु ‘कुमकुम’ खरिद गर्नुहोस जसले तपाइको घरमा सुख र समृद्धि ल्याउँछ ।

नौ सय भूकम्प पिडीतले पुर्ननिर्माण आवास अनुदान रकम पाएनन्



बनेपा, ६ कार्तिक । काभ्रेपलाञ्चोकका नौ सय भूकम्प पिडीतले अझै पुर्ननिर्माण आवास अनुदान रकम पाउन सकेको छैन । जग्गाधनी प्रमाणपूर्जा नभएको, गुठी जग्गामा बसेको, सुकुम्वासी र जग्गा दर्ता छुट भएका भूकम्प पिडीतले आवास अनुदान रकम पाउन नसकेको जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकका योजना अधिकृत धोलकराज ढकालले बताए ।

जग्गाधनी प्रमाणपूर्जा नभएका त्यस्ता भूकम्प पिडीतलाई पुर्ननिर्माण आवास अनुदान रकम उपलब्ध गराउने बिषयमा कुनै कार्यविधि र स्पष्ट निर्देशन नआएको उनले स्पष्ट पारे । बिशेषगरी जिल्लाको फँलाटे र भूम्लुटारवासीको भूकम्प पिडीतको नाममा जग्गाधनीे लालपूर्जा छैन भने कोशिदेखा, सिम्थली लगायतका गाविसमा गुठी र सुकुम्वासी जग्गा सम्बन्धी समस्या देखिएको जिविस काभ्रेपलाञ्चोकले जनाएको छ । जिल्लामा कुल ५८ हजार ६०८ लाभग्राहीको सूचना प्रकासन भएकोमा ५५ हजार ८६५ जनाको लागि बजेट निकासा गर्न कोष तथा लेखा नियन्त्रण कार्यालय, धुलिखेलमा पत्राचार भएको योजना अधिकृत ढकालले बताए ।

जिल्लामा कुल ५७ हजार ८६५ जनाले आवास पुर्ननिर्माणका लागि पहिलो किस्ता वापतको रु। ५० हजार रकम पाउँदै छन । ५७ गाविस र पाँच नगरपालिका रहेको काभ्रेपलाञ्चोकमा हालसम्म कुनै पनि भूकम्प पिडीतले शतप्रतिशत पुर्ननिर्माण आवास अनुदान रकम पाएको छैन् ।

जन्मियो अनौठो बालक : बालकलाई हेर्न आसपासका गाउँबाट लावालस्कर



भारतको रामगढ़मा एक अनौठो किसिमको बालकले जन्म लिएको छ । बालकको जन्म यही १० अगष्टमा भएको हो । अहिले यो बालकलाई हेर्न त्यहा भिड लाग्ने गरेको छ । कारण त्यस बालकको निधार,हात र छातीमा त्रिशुल र स्वस्तिकको चिन्ह् देखिने गरेको छ ।

जसका कारण बालकलाई हेर्नका लागि रामगढ लगायतका आसपासका स्थानबाट मानिसहरुको ओइरो लाग्ने गरेको छ । बालकलाई कसैले दुुर्गाको अवतार त कसैले शिवको अवतार मानिरहेका छन् । स्थानिय अरुण कुवरको घरमा जन्मेको उक्त बालकको निधारमा प्रष्ट रुपमा त्रिशुलको चिन्ह् देख्न सकिन्छ ।

अचम्मको कुरा त के छ भने त्यो आकृति कहिले देखिन्छ कहिले हराएर जान्छ । दिनको उज्यालोमा आकृति प्रष्ट देखिन्छ भने रातीको अँध्यारोमा भने पुुन गायव हुन्छ ।

बालकको यस्तो अनौठो स्थिति देखेर स्थानिय डाक्टरहरु समेत हैरानीमा परेका छन् । उनीहरुका अनुसार हाल बालकको स्वास्थ्यस्थिति ठिक रहेको र जाँचपताल भइरहेको बताएका छन् ।डाक्टरहरुले बालकलाई हिमान्जयोमा नाम गरेको बिरामीका कारण यस्तो भएको हुनसक्ने अनुुमान लगाएका छन् ।

संसारका ७ देश – जहाँ पानी भन्दा पनि सस्ताेमा पाइन्छ पेट्राेल



भेनेजुयला : भेनेजुयला विश्वमै पेट्रोल सस्तो पाइने देश हो । तपाईले कल्पना पनि गर्नुु भएको छैन शायद यहाँ एक लिटर पेट्रोलको मुल्य एउटा सस्तो चक्लेट जति मात्र छ । अर्थात रु २.१८ पैसामा यहाँ एक लिटर पेट्रोल प्राप्त गर्न सकिन्छ ।

कुवेत : कुवेतमा पनि पेट्रोल एकदमै सस्तो दाममा पाईन्छ । नेपालमा २२ रुपैयाले मिनिरल वाटरको एक बोटल पाइन्न भने, कुवेतमा २२ रुपियाको एक लिटर पेट्रोल खरिद गर्न सकिनेछ ।

सउदी अरव : सउदी अरव विश्वकै धनी देशमध्येमा पर्दछ । यहाँ पनि एक लिटर पेट्रोलको २६ रुपियाँमा खरिद गर्न सकिन्छ ।

अल्जिरिया : अल्जिरिया पनि पेट्रोल सस्तो पाइने. देशमध्येमा पर्दछ । यहाँ पनि एक लिटर पेट्रोल ३० रुपियामा खरिद गर्न सकिन्छ ।

तुर्कमेनिस्तान : तुर्कमेनिस्तानमा पनि पेट्रोल सस्तो पाइने. देशमध्येमा पर्दछ । यहाँ पनि एक लिटर पेट्रोल ३० रुपियामा खरिद गर्न सकिन्छ ।

कतार : कतारमा पनि पेट्रोल सस्तो पाइने. देशमध्येमा पर्दछ । यहाँ पनि एक लिटर पेट्रोल ४० रुपियामा खरिद गर्न सकिन्छ ।

इरान : इरानमा पनि पेट्रोल सस्तो पाइने. देशमध्येमा पर्दछ । यहाँ पनि एक लिटर पेट्रोल ४५ रुपियामा खरिद गर्न सकिन्छ ।

विदेशमा अलपत्र पर्नु भयो : यो नम्बरमा फोन गर्नुस : तुरून्तै उद्धार हुनेछ !

काठमाडौं । वैदेशिक रोजगारका क्रममा विदेशमा अलपत्र भए नेपाल प्रहरीले नयाँ हटलाइन नम्बर सुरु गरेको छ। महानगरीय अपराध महाशाखा टेकुले ०१४२४११७७ नम्बर संचालनमा ल्याएको हो। पहिला ०१४२६९७४१ नम्बर उपलब्ध थियो। मानव वेचविखन तथा ओसार पसार र वैदेशिक रोजगारी ठगी तथा वैदेशिक रोजगारको लागि विदेश गई अलपत्र परे हटलाइनमा फोन गर्न सकिने डिएसपी होविन्द्र बोगटीले बताए।

पार्टीमा भूइँचालो नै ल्याउने प्रस्तावसहित किराँतीले दिए माओवादी हेडक्वाटरबाट राजीनामा






काठमाडौं, ६ कात्तिक । माओवादी केन्द्रका नेता गोपाल किरातीले केन्द्रीय कार्यालबाट राजिनामा दिएका छन् । केन्द्रीय कार्यालय चुस्त बनाउन राजिनामा दिएको भन्दै सबै नेताहरुलाई एक तह घटुवा गर्न किरातीले प्रचण्डसँग माग गरेका छन् ।

आफूले भदौं २५ गते नै संगठन विभाग इन्चार्ज बादललाई राजिनामा बुझाए पनि स्विकृत नगरेकाले यसलाई सार्वजनिक गर्नुपरेको किरातीले अनलाइनखबरलाई बताए । ‘मैले भदौं २५ मै संगठन विभाग इन्चार्ज बादललाई राजिनामा बुझाएको थिए, तर स्वीकृत नभएपछि सार्वजनिक गर्नुपर्‍यो’ किरातीले भने । किरातीले सचिवालयमा बसेर प्रदेशको जिम्मेवारी समाल्ने बताएका छन् । राजिनामा सार्वजनिक गर्दै उनले अध्यक्ष प्रचण्ड बाहेका सवै नेताको एक एक तह घटुवाको माग समेत गरेका छन् ।

अझैसम्म पनि आफ्नो राजीनामा स्वीकृत नभएपछि किराँतीले फेसबुकमार्फत आफ्नो राजीनामाबारे जानकारी दिएका हुन् । उनले माग गरेजस्तै सबैको एक–एक तह घटुवा गर्ने हो भने पार्टीमा भूइँचालो नै आउनसक्छ ।

प्रचार प्रसार नहुँदा अाेझेलमा पर्याे तेह्रथुमकाे बनझाक्री गुफा ( फाेटाे सहित )



तेह्रथुम । तेह्रथुमको आम्बुङ ५ मा अबस्थित पखेरे चट्टानको ओडारभित्र प्राकृतिक गुफा फेला परेको छ। जस्लाइ बनझाक्री गुफाकाे नामले यहाका स्थानीयहरुले चिनाउने गर्छन। एक बिसाल चट्टानभित्र करिब ४ फिट लम्बाइ र ४ फिट गोलाइमा खोपिएको गुफामा चट्टलसहित स साना खोपीहरु प्रसस्त रहेको छ।

कतै मानबनिर्मित जस्तै देखिने गुफाको अर्को चट्टानको दाया छेउमा सानो झरना रहेको छ। कृस्ण आम्बुङ्को जग्गामा रहेको सो ओडार आजभन्दा 30 बर्स अघि त्यहा घनाजङ्गल रहेको र बनझाक्रीले मद्यरात तिर ड्याङरो बजाउदै गरेको आवाज सुनेको कुरा त्यहाका अग्रज स्थानियहरु बताउनु हुन्छ ।



उ बेला सानो छदा सो गुफामा हेर्न जादा गडडौला र तरुल भ्याकुरका टुक्राहरु मात्र भेटिने गरेको ४५ बर्सिया कमला आम्बुङ बताउनुनुहुन्छ। घना जङ्गल रहुन्जेल यस्तै ड्याङरोको मद्यरातभरि आवाजमात्र सुनिने गरेको उहाँ बताउनुहुन्छ । उनिभन्दा पहिलाको बुबा पुर्खाहरुले त्यहा बनझाक्री र बनझाक्रीनी बासस्थान हो भनेर सुनाउने गरेकाे पनि बताउनुहुन्छ । एक दिन बनझाक्रीनी बदमास भएकाे त्यसपछि बनझाक्रीले बाहिरी चट्टलमा बाधेर राख्ने गरेको र आफुचाही ड्याङरो ढोकी पुजाआजा गरिरहने किवदन्ती अझै गाउघरमा रहि अाएकाे छ ।



स्थानीय अग्रज 78 बर्सिय श्री जगत बा आम्बुङ ।यथार्थमा जे भएपनी प्राकृतिक सास्कृतिक तथा प्राचिन ढुङ्गे कला सम्पदाहरुको सङ्ग्रक्षण र सम्वर्द्न गरि देसको पर्यट्किय क्षेत्रमा टेवा पुर्याउन भने अवस्य सकिन्छ। यसको लागी सम्बन्धित तथा स्थानिय निकायले सो प्राचिन कला र स्रोत माथि प्रचारप्रसार गरि चासो दिए यस ठाउलाइ सास्कृतिक पर्यट्किय नगरको रुपमा बिकास गर्न धेरै समय कुर्नु पर्दैन।

फर्निचर उधोगबाट अवैध काठ सहित संचालक प्रहरी नियन्त्रणमा



सिरहा। सिरहा प्रहरीले गोलबजारमा संचालनमा रहेको एक फर्निचर उधोगबाट अवैध काठ बरामद गरेको छ । शुक्रबार राति गोलबजार १० मा संचालनमा रहेको एक फर्निचर उधोगबाट अबैध काठ तथा फर्निचर बनाउने मेशीन बरामद गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रही कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायको कमाण्डमा खटिएको गस्ति टोलीले गोलबजार १० स्थित सोमबहादुर विश्वकर्मा र सुरेश कुमार साहले संचालन गरेको फर्निचर उधोगबाट ९५ हजार २ सय मूल्य बराबरको बिभिन्न साईजका अवैध काठ, काठ चिर्ने मेशीन, फर्निचर बनाउन प्रयोग हुने औजार तथा काठ ओसार्न प्रयोग गरिने साइकल बरामद गरेको हो ।

संचालक साहको घर नजिकै झाडीबाट लुकाई राखेको अवस्थामा २६ हजार मूल्य बराबरको ६ थान काठका चौखट पनि बरामद गरिएको निरीक्षक उपाध्यायले बताए । बरामद काठ सहित दुबै संचालकलाई थप अनुसन्धानका लागी नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

क्यामरुनमा भयानक रेल दुर्घटना : ५५ जनाकाे मृत्यु : ५७५ बढी घाइते



क्यामरुन । क्यामरुनमा शुक्रबार भएको रेल दुर्घटनामा मृत्यु हुने नागरिकको सङ्ख्या ५५ पुगेको क्यामरुनको टेलिभिजनले जनाएको छ । उक्त घटनामा ५७५ जना घाइते भएका बताइएको छ । क्यामरुनको राजधानी याउन्डेबाट यहाँको आर्थिक राजधानी डाउआलाका लागि छुटेको उक्त रेल क्यामरुनको इसेका रेल स्टेसन नजिकै पुग्दा दुर्घटना भएको थियो ।

सिआरटिभीले क्यामरुनी यातायात मन्त्री एडगार एलानलाई उद्धृत गर्दै घटनामा ५५ जनाको मृत्यु भएको, ५७५ जना घाइते भएका र घाइतेमध्ये केहीलाई गम्भीर चोट लागेको बताइएको छ । घटनास्थल याउन्डेबाट १२० किलोमिटर टाढा रहेको समाचारमा जनाइएको छ ।

यसैबीच क्यामरुनी राष्ट्रपति पउल वियाले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाबाट पीडितका परिवारलाई राहत सहयोग प्रदान गर्न र घटनाको छानबिन गर्न शनिबार यहाँको सरकारलाई निर्देशन दिनुभएको छ । यसैबीच क्यामरुनका सूचनामन्त्री इशा चिरोमा बेकरीले घटनामा घाइते भएका मानिसलाई उपचारका लागि अस्पतालसम्म पु¥याउन र अन्य यात्रुलाई उनीहरुको गन्तव्यतर्फ पु¥याउनका लागि अर्को रेलको व्यवस्था गरिसकिएको बताउनुभएको छ ।

जलाउनै लाग्दा लासबाट रगत देखिएपछि श्रीमानको हत्या आरोपमा श्रीमती माथि कर्तव्य ज्यान मुद्दा दर्ता






धनगढी, ६ कात्तिक । श्रीमानको हत्या गरेको आरोपमा धनगढी उपमहानगरपालिका— २ की दुर्गादेवी उपाध्याय र मृतकका साला विमल पौडेल विरुद्ध प्रहरीले शुक्रवार कर्तब्य ज्यान मुद्दा दर्ता गरेको छ ।

मृतकको शवको प्रकृति हेर्दा ज्यान जाने गरी मारेको देखिएकाले बिहीबार पक्राउ परेका दुबैजना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बिहीवार ३९ वर्षीय नारायण उपाध्यायकोे मृत्यु भएपछि उनको शव अन्तिम दाहसंस्कारका लागि मोहना नदीघाटमा लगिएको थियो । मृतककोे नाक र कानवाट रगत देखिएको खबर प्रहरीलाई प्राप्त हुनासाथ चितामा राख्न लागिएको शवलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिई स्वास्थ्य परीक्षणका लागि सेती अञ्चल अस्पताल पुर्याएको थियो ।

मोहना नदीघाट लैजाँदा बाटोमा मृतकको नाक र मुखबाट रगत बगेको तथा घाँटीमा निलडाम देखिएपछि मृतकका दाजु जीवलाल उपाध्यायले प्रहरीमा जाहेरी गरेका थिए ।

नेपालमै केही रोजगार गर्न चाहनुहुन्छ ? यसरी गर्नुस, व्यावसायिक कुखुरा पालन, मनग्य पैसा कमाउनुहोस्



नेपालमा अहिले कुखुरा पालन व्यवसाय फस्टाइरहेको छ । बेला बेलामा बर्ड फ्लु तर्साएपनि किसानहरु व्यवसायबाट हच्चिएका छैनन् । वर्ड फ्लुको हल्ला ताका व्यवसायमा केही असर परेपनि पछि स्थिति सामान्यमा आएपछि व्यवसाय भएपनि राम्रैसँग चल्ने गरेको व्यवसायीहरुले बताएका छन् ।

कुनै एउटा निश्चित सिजनमा कुखुरा पालन गरेर यो व्यवसायबाट खुदमुनाफा लिन नसकिने वरिष्ठ पशु चिकित्सक उमेश दाहालले सेतोपाटीलाई बताए । उनले कुखुरा पालन व्यवसायमा धैर्य र मेहनत आवश्यक भएको बताए ।

कतिपय व्यवसायीहरुले पहिलो लटमा नै नाफा भएमा व्यवसायलाई निरन्तर दिने र घाटा भएमा व्यवसाय नै छोडने गरेका दाहालले बताए। कतिपय व्यवसायीहरुले भने कुखुरा पालन गर्दा सामान्य जानकारी र औषधीको प्रयोग गर्ने विधि नजान्दा पनि व्यवसाय तलतिर झर्ने गरेको उनले सुनाए ।

अहिले नेपालका व्यवसायीक रुपमा गरिएको कुखुरा पालनका लागि आवश्यक ब्रोइलर चल्ला भने केही रुपमा नेपालमा नै उत्पादन भईरहेको छ। तर लेस कुखुराको प्यारेन्टस अझै पनि पुरै रुपमा अन्य देशसँग निर्भर रहनु पर्ने बाध्यता रहेको दाहालले बताए। कुखुरा पालन गर्दा व्यवसायीहरुले प्रयोग गर्ने प्राय जसो औषधिले भने मानव शरीरमा खासै असर नपर्ने र एन्टिबायोटिकको प्रयोग गरिरहेकै समयमा तत्काल बजारमा ल्याउने हो भने यसले मानव शरीरमा असर पुर्‍याउने डा. दाहालले बताए।

उनले भने कुखुरा पालन गर्दा व्यवसायीहरुले कुखुरामा कुनै प्रकारको रोगले सङक्रमण नगरोस भनी भ्याक्सिन र उत्पादन बढाउनका लागि भिटामिनहरुको प्रयोग गर्छन। भूकम्पले अहिले हजारौं कुखुराको खोर नष्ट भएका छन, लाखौं अण्डा क्षति भएका छन र लाखौंको सङ्ख्यामा चल्लाको क्षति भएको पशु निर्देशनालयले जनाएको छ।

सामान्यत बजारमा कुखुराको मासु साउन र माघमा बढी घट्ने गरेको छ। तर अरु महिनामा पनि सामान्यत कुखुराको मासुमा मूल्यमा तलमाथी भईरहेको पनि छ। जव बजारमा माग भए जति कुखुरा व्यवसायीहरुले उपलब्ध गराउन नसक्दा मासुको मूल्य बढने र माग भन्दा बढी बजारमा आउदा मूल्य घट्ने गरेको कुखुरा व्यवसायीहरुले बताए।

डा. उमेश दाहालका अनुसार कुखुरा व्यवसायीहरुले कुखुरा पालन गर्दा सङक्रमण रोगहरुको महामारी नलागोस भनी प्रयोग गरीने भ्याक्सिन, औषधि र भिटामिनको प्रयोग विधिबारे जानकारी लिनै पर्छ ।

प्रयोग गर्ने तरिका र औषधी, भ्याक्सिन र भिटामिनहरु

१. शुन्य दिनदेखि ५ दिन सम्म चल्लालाई इलोक्ट्रोलाइट, गुल्कोज र भिटामिनको प्रगोग गर्ने

२. ५ देखि ७ दिन सम्मका चल्लालाई रानीखेत विरुद्धको एफ १ भ्याक्सिन आँखामा १ थोपा दिने।

३ यदि यो समयमा चल्लाको मूत्युदर बढी भएमा एन्टिबायोटी पनि दिन सकिन्छ। एन्टिभाईटी प्रयोग गरेको समयमानै तत्काल मासु प्रयोगमा ल्याउदा भने मानव शरीरमा असर पु¥याउँछ।

४. ८ देखि १० दिनको समयमा लिच्ची रोग बिरुद्धको लाई ०.२ एमएमको भ्याक्सिन सुई घाँटीको छालामुनी दिने।

५. १२ देखि १४ दिनको बिचमा गमबोरो बिरुद्धको भ्याक्सिन आखाँमा दिने।


६. १९ देखि २१ दिनकोबिचमा गमबोरो विरुद्धकै भ्याक्सिन पानीमा मिलाएर दिने।

७. २५ देखि २८ दिनको बिचमा रानीखेत विरुद्धको लासोटो भ्याक्सिन पानिमा दिने। तर पानीको माध्यमबाट भ्याक्सिन दिदाँ पानी सफा गर्न भनी पानीमा भने कुनै प्रकारको औषधी प्रयोग नगर्ने।

८ २५ दिन देखिबाट भने भिटामिनको प्रयोग गर्न सक्निे र भिटामिन ५ देखि १० एमएल १ हजार कुखुराको लाई दिन सकिन्छ।

यी औषधि र भ्याक्सिनको प्रयोगले कुखुरामा लाग्ने रोग सिआर डी( स्वासनलीको रोय), आई बी( उत्पादन घटाउने र घाटीमा खसखस हुने), हैजा, कोराइजा( ठाउँको सुनिने), दुषित पानीको प्रयोगले आउनसक्ने रोगहरु( तौल नबढ्ने, ज्वरो आउनु र विभिन्न रङमा छेर्ने) जस्ता रोगको प्रयोग गरेका औषधि र भ्याक्सिनले मानव शरीरमा खासै असर भने नगर्ने दाहालले बताए।

व्यवसायीहरुले कुखुरा पालनकोलाई खोर कस्तो बनाउने त?

१ पुर्व पश्चिम मोड फर्केको जमिन

२. लम्बाई आवश्यकता अनुसार सयदेखि १ सय ५० मिटर सम्म र चौडाई भने ३० फिटको हाराहारीमा निमार्ण गर्ने ।

३. दुई पाखे खोर छ भने मध्य बिन्दुको धुरी खम्बाको उचाई १३ देखि १५ फिट बनाउने र छेउछाउको उचाई भने ७ देखि ९ फिट सम्मको बनाउने।

४. जमिनको सतहलाई डेढ फिट देखि २ फिट सम्म उठाउने र लामो खोर छ भने बिच बिचमा पाटेसन गर्ने।

५. एक वयस्क बोईलर कुखुरकोलाई एक वर्ग फिट आवश्य पर्ने हुदाँ सोहि अनुरुप निमार्ण गर्ने र ५० कुखुरा बराबर एउटा पानीको भाडा राख्ने।

कहिले जिउदो यार्सागुम्बा देख्नु भएको छ ? यार्सागुम्बा कसरि बन्छ र जिउदो लार्भा कस्तो हुन्छ ?हेर्नुस त थाहा पाउनु हुन्छ-भिडियो सहित ===>


The cash and the prized yarchagumba


Yarchagumba and cash worth Rs. 40 million has been looted at Naure highlands of Phoksundo VDC in Dolpa District this morning, police said.

A group of some 12 armed people looted the cash and the Yarchagumba, caterpillar fungus widely used as herbal aphordisiac, from a tent when the yarsagumba traders and the people who had gone there to collect it had been sleeping.The assailants barged into the tent all of a sudden in the middle of the night and threatened the occupants to lay prostate while they looted the cash and the prized yarchagumba.

A team of the Nepalese Army and another team of 11 police personnel from the District Police Office Dolpa have left for the incident site which is situated inside the Shey-Phoksundo National Park, Chief District Officer (CDO) of Dolpa Krishna Khanal told RSS.

Similarly, the Nepalese Army said that a team has left from its Rigmo post to the incident site soon after getting information about the incident. The incident site is three days’ trek from the district headquarters, Dunai.

जय देबकोटाको देउसी भैलो गित “नाच्न त मलाई आउदैन साथी तर पनि नाच्न मन लाईहाल्यो” भिडियो सहित



काठमाडौं ६ कार्तिक । हिन्दुहरुको महान चाड दिपावलीको अवसरमा बजारमा आएको जय देबकोटाको देउसी गितले रिलिजको समय देखि नै अत्याधिक माया पाईरहेको छ ।

“नाच्न त मलाई आउदैन साथी

तर पनि नाच्न मन लाईहाल्यो”

जस्ता टिपीकल शब्दलाई समेटेर बनाईएको उक्त गितमा जय र दिलीसा पुनको स्वर रहेके छ ।

रामसर मिडियाको प्रस्तुती रहेको उक्त गित जयको तिहारको दशै गित हो । करिव साढे चार सय लोक गितहरुमा आवाज दिईसकेका जयका आफ्नै सिर्जनाहरु पनि करिब डेढ सय पुगिसकेका छन् । गला अनि कलाका पारखी उनको सिर्जनाहरु अधिंकाश टिपीकल नेपाली परिवेशका हुन्छन् ।

“यसपालीको तिहारको गितलाई अलि बस्तुपरक बनाउने कोषिस गरेको छु , अरु बेलाका गित भन्दा यसपालीको अझ बढी समसामयिक र जिवनमा बाचुन्जेल रमाईलो गरेर बिताउनु पर्दछ भन्ने सन्देश दिन खोजेको छु अवश्य पनि दर्शकहरु मनपराईदिनु हुनेछ भन्ने आशा लिएको छु,” उक्त गितको बिषयमा गायक तथा सर्जक जय देबकोटा यस्तो प्रतिक्रिया दिन्छन् । । रुदो हो मन बोलको एल्वमा समावेश उक्त गितमा शब्द पनि जयको नै रहेको छ , भने मिडिया हब युटुब च्यानलले यो गितको भिडियो सार्वजानिक गरेको छ ।

OMG :O कस्तो डरलाग्दो सर्प लाइ झाडीमा पुगेर पनि समात्न सक्ने यी युवक , जस्तुसुकै सर्प | हेर्नुहोस भिडियो =>


A professional snake catching


A professional snake catching company is already receiving two to three calls each day to remove the reptiles from Sydney properties.

The NSW Ambulance Service and Taronga Zoo have also warned the warmer weather — temperatures in Sydney were eight to 12C above average for most of last week — has created increased activity.Even before summer has started, ambulance officers were called to 22 snake bite incidents between July 21 and September 22 this year during a winter in NSW when average daytime termeperaures were 2.5C above average and night time temperatures 1.6C warmer than average.
The youngest victim was a 16-month-old boy who was lucky to survive being bitten by an eastern brown snake at his home at Myall Creek in northern NSW on August 8.

The oldest snake victim was an 81-year-old man bitten on the ankle at the small village of Ashford near Inverell.

Eastern Brown snakes — the second most venomous snake on earth — and red bellied black snakes have been the most common snakes frightened homeowners have called the Sydney Snake Catcher company to remove over the past few weeks.

यो खतरनाक रेस्लिंङ जहाँ अन्डर टेकर र ब्रॉक लेसनर बिचको खेलमा पुरै खुनैखुन भयो , हेर्दै डरलाग्दो | भिडियो हेर्नुहोस


The Undertaker vs Brock Lesna


Undertaker vs. Brock Lesnar is officially booked as the main event for WWE SummerSlam on Sunday, August 23. The announcement came during the July 20 edition of Monday Night Raw, but as fans gear up for what should be an epic showdown, many questions persist.

Why did The Deadman choose now to exact revenge? Why is he after revenge in the first place? Has there been a bigger match in SummerSlam history, and will this event break records for WWE?

As with any other match in Vince McMahon’s company, there are good and bad aspects. The bout is primed with great selling points but also plagued with burning questions.

The pluses and minuses are there, and each side is filling up faster by the day.The most obvious selling point of this match is The Undertaker’s return. WWE fans have grown accustomed to seeing him come back into the fold but only at the beginning of WrestleMania season. Taker’s return this early is a bonus for every fan who did not expect a match of this magnitude to happen right now.

The Phenom is a legend; he’s one of the most decorated and most respected talents in WWE history. At this point, fans would certainly not be surprised if he decided to retire. He’s given everything he has to the business and has nothing left to prove.

But each year brings a new opportunity and a new challenge, and this year is no different. Lesnar is perhaps the toughest competitor Taker has ever faced, and they will lock up for a return bout following what has been hailed by many as the most controversial WrestleMania match ever booked.

निलम्बित अख्तियार प्रमुख कार्कीलाई बचाउन खोजेको भन्दै डा.केसीले भारतलाई दिए यस्तो कडा चेतावनी






काठमाण्डौं, ६ कात्तिक । विगत लामो समयदेखि चिकित्सा क्षेत्रभित्र देखिएको अराजकता र अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति र उनको रवैया विरुद्ध आन्दोलन गर्दै आएका डा. गोविन्द केसीले एमाले र माओवादीले लोकमानतन्त्रको अन्तको लागि चालेको कदमको स्वागत गरेका छन् ।

अख्तियार प्रमुख कार्कीको विरुद्धमा केही दिनअघि संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गराउन दवाव दिने उद्धेश्य शनिबार आयोजित सडक प्रदर्शन र त्यसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सो कदमको स्वागत गरेका हुन् ।

सभालाई सम्बोधन गर्दै डा.केसीले कांग्रेसप्रति भने कडा आक्रोस पोखेका थिए । उनले अख्तियार प्रमुखलाई विदेशीले समेत काखी च्यापेको भन्दै भारतको समेत विरोध गरेका थिए । उनले आक्रोस पोख्दै भने, ‘नेपाल कसैको उपनिवेश होइन, यदि भारतले नेपाललाई चाकडी गराउन खोज्छ भने, लोकमानलाई पनि भारत लिएर जाओस् ।’ डा.केसीले यसअघि प्रधानमन्त्री दाहाललाई महाअभियोगको पक्षमा दह्रोसँग उभिन आग्रह गरेका थिए ।

सर्मथकद्धारा क्रिकेटका नाममा भएको मानव तस्करको प्रतिवेदन सार्वजनिक गर्न माग






काठमाडौं,६ कात्तिक । नेपाली क्रिकेट सर्मथक समाजले क्रिकेटलाई माध्यम बनाई भएको मानव तस्करी घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवलाई ज्ञापन पत्र बुझाएको छ ।

घटनाको छानविन गर्न गठित समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सर्मथक समाजले शनिबार राखेप सदस्य सचिव केशवकुमार विष्टलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै सदस्य सचिव विष्टले मानव तस्करी गर्ने उदेश्यलेनै खेलाडीको नाममा गैरखेलाडी विदेश पुर्‍याउने घटना गम्भीर भएको भन्दै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गत भदौमा जापानमा भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुन गएको टोलीमा नौ जना गैरखेलाडीलाई समेत सहभागी गराइएको र उनीहरूलाई जापानमै लुकेका थिए ।

झाडापाखालाबाट सुत्केरीको मृत्यु



उर्लाबारी मोरङ०, कात्तिक । झाडापाखालाबाट मोरङमा एक सुत्केरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ सोराभाग–९ स्थित सुुकुुम्वासी टोलका २५ वर्षीया चिनियाँ ऋषिदेव रहेकी छिन् । एक हप्तादेखि झाडापाखालाकाबाट सिकिस्त भएकी उनको आफ्नै घरमा गएराति मृत्युु भएको हो ।

ऋषिदेवको एक महिनाको बच्चा रहेको मृतकका बुुबा रामजी ऋषिदेवले बताउनुभयो । झाडापाखालाका कारण सो बस्तीमा अझै आधादर्जन महिला बिरामी परेको स्थानीयवासीले बताए ।

खुसी साट्न यसपटक दशैंमा घर पुग्ने नेपालीले भोग्नुसम्म सास्ती भोगे !



यसपटक दशैंले विदा लिने समयमा नै मनसुनले पनि विदा लियो । दशैं वितेपछि आकाशमा ताराहरु प्रष्ट देखिन थाले । यही मनसुनको मारमा प¥यो धेरै नेपालीको दशैं यसपटक । विशेषत ग्रामीण क्षेत्रमा जथाभावी खनिएका सडक र पहिरोका कारण ठूला राजमार्गहरुले पनि दिनसम्म सास्ती दिए नेपालीलाई । परिवारसंग रमेर दशैं मनाउनुको आम नेपालीका लागि त्यो भन्दा अर्को खुसीको क्षण केही हुँदैन तर सडकले दिनसम्म दिएको दुःख विर्सिनसक्नु बन्यो यपसपटक ।

ठुला ठुला चाडबाडमा आफ्नो परिवारसंग बसेर पर्व मनाउन विदेशबाट नेपाल झर्ने र आफ्नो गाउँ सम्म पुग्ने आम नेपालीको संख्या बढ्नु कुनै नौलो होइन । त्यसमाथि शहरलाई शून्य पारेर गाउँ सम्म पुग्नेहरुको पनि ताँती नै लाग्ने गर्छ दशैंमा । त्यसकारण पनि सवारी साधनको चाप थेग्नै नसक्ने गरी बढछ नेपालका हरेक सडकहरुमा । सडकलाई विकासको महत्वपूर्ण आधार त मानिन्छ र त्यही मान्यताका कारण नेपालका धेरै गाउँहरु सडक सञ्जालमा जोडिएका पनि छन् । तर सडक खन्न न मापदण्ड चाहिन्छ नत इन्जिनियर नै ।


ठेकेदार र गाउँलेले मिलेर रेखा कोरेको र औला तेस्र्याएको भरमा सडक खनिदा धेरै गाउँहरु भूक्षयको जोखिममा छन , त्यसमाथि पनि वातावरणीय प्रभावको मूल्यांकन नगरिदा सडक पुगेका क्षेत्रहरुमा पानी मुल सुकेर विजोगको अवस्था उत्पन्न भएको छ । अझ सडक खन्ने तर कालोपत्र गर्नका लागि बर्षौसम्म कुर्ने प्रवृतिले ग्रामीण सडक कच्चीबाट पक्कीको रुप पाउन निकै मेहनत गर्नुपर्छ ।

यसमाथि ठेकेदारहरुको ठग प्रवृतिले पनि ग्रामीण सडकहरुले ग्रामीण क्षेत्रका नागरिकलाई सास्ती मात्र दिएको छैन धेरै नेपालीको ज्यान अनाहकमा लिएको समेत छ । यसपटक पूर्वको भोजपुरदेखि पश्चिमको पर्वतका मात्र नभई धादिङदेखि गोर्खा हुँदै कर्णालीका ग्रामीण सडकहरुले दशैंमा घर फर्किएका नेपालीलाई निराश नै बनायो । न राज्यको उपस्थिति देखियो सडकमा नत बनाउने ठेकेदार कम्पनीहरुको नै । आक्रोश र असन्तुष्टिबीच घर पुगे धेरै नेपाली यसपटक दशैंमा । त्यसमाथि ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनहरुको दादागिरी र सिण्डिकेटले यात्रुहरु पर्न सम्म कष्टमा परे । घर पुग्न हतारो सबैलाई हुन्छ यही हतारोको फाइदा उठाएर उनीहरुले लुटनसम्म लुटे । सबै भोग्नु पर्ने नेपाली जनताले , नियति नै यस्तै हो की नेपालीको ।

खुसी र सुखको शब्दहरु फुस्कने ओठ समेत सबैको सुके यसपटक । जसरी तसरी यसपटकको दशैं मनाएका नेपालीको कामना छ अर्को दशैंमा यस्तो दशा कुनै नेपालीको नहोस ।
sff


ct_g5gtvuaakrtwctr21xouiaaots3downloadgadi-3gulmi-roadimages-1images-2images-3images-4images-5images-6images-7imagesimg_9772img_3272
फोटो : सामाजिक सञ्जाल

डाबर कम्पनीको शाखा खोल्ने भन्दै रकम ठगेर फरार



कावासोती, ६ कात्तिक । कावासोतीमा डाबर कम्पनीको शाखा खोल्ने भन्दै एक व्यक्ति रकम ठगेर फरार भएका छन् ।


चितवन, गीतानगर घर बताउने मोहन कोइरालाले आफू डाबर कम्पनीको देशीय प्रबन्धक भएको भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाएर फरार भएको पीडितले गुनासो गरेका छन् ।

कावासोती, नवलपुर पम्प अगाडिको एक भवनमा जडिबुटी सङ्कलनका लागि उनले घर भाडामा लिएका थिए । कम्पनीका लागि चौकीदारसमेत नियुक्त गरेका उनी बुधबार एकाएक हराएपछि आफूहरु ठगिएको भन्दै पीडितले प्रहरीलाई जानकारी गराएका थिए ।

जागिर लगाइदिने र सापटी भन्दै उनले १५ जनासँग रु १० हजारदेखि रु दुई लाखसम्मको रकम उठाइसकेका थिए । उनले होटलमा खाना खाएको, मोबाइल र फर्निचरलगायत विभिन्न सामान किनेको रकमको भुक्तानी बाँकी रहेको बताइएको छ ।

सञ्चारमाध्यमलाई विज्ञापन दिने भन्दै एभरेस्ट बैंकको चेकसहित सम्झौतासमेत गरेका उनी फरार भएका हुन् । पीडितले सम्झौतापत्रसहित मौखिक जानकारी प्रहरीलाई गराएकाले अनुसन्धान भइरहेको इप्रका नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

लोकमानसिंह कार्कीलाई झड्का लाग्ने गरि केपी ओलीले यो कडा झटारो हान्दै भने नेपालको


CPN-UML Chairman KP Oli has said that his party will not back
CPN-UML Chairman KP Oli has said that his party will not back down from impeachment motion registered against CIAA Chief Commissioner Lokman Singh Karki.Oli clearly stated that Karki cannot be given immunity as he has breached constitution, rule and procedure. Speaking with joint student association at his residence in Balkot on Saturday morning, the former Prime Minister said, “Parliament cannot turn back now.”Oli claimed that Nepali Congress will sooner or later support the imeachment motion. He said that impeachment is the subject matter of parliament and lawmakers and is not an issue to be decided by any party.“The topic of impeachment did not pop out overnight,” said Oli. “It was under discussion since my cabinet.”

पसलमा आगलागी हुँदा रु ८० लाखभन्दा बढी क्षति



महेन्द्रनगर (धनुषा), ६ कात्तिक । क्षिरेश्वरनाथ नगरपालिकामा गए राति एक कपडा पसलमा आगलागी हुँदा रु ८० लाखभन्दा बढी क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार क्षिनपा – ५ मुख्य बजार महेन्द्रनगरस्थित सत्यनाम वस्त्रालयमा गए राति ८ बजेदेखि भउको भीषण आगलागी स्थानीयवासी, नेपाल प्रहरी र नेपाल सेनाका जवान तथा जनकपुर उपमहानगरपालिकाबाट आएको वारुणयन्त्रको सहयोगमा करिब तीन घन्टाको प्रयासमा नियन्त्रण गरिएको थियो ।

पसलका सञ्चालक महोत्तरी, भङ्गहा– ४ प्रेमनगर निवासी रामउद्गार महतोका अनुसार आगलागीबाट करिब रु ८० लाख बराबरको विभिन्न किसिमका कपडा, साडी, सुट र करिब ६० हजार नगद जलेर क्षति भएको छ ।

डेढ वर्षअघि मात्र सञ्चालमा ल्याइएको सो वस्त्रालयले छोटो समयमा राम्रो बजार समात्न सफल भएको बताउँदै सञ्चालक महतोले तिहार र छठ पर्वलाई ध्यानमा राखी मालसमान गोदाममा राखिएको र पसलसँगै रहेको सो गोदाम समेतमा आगो लागेको हुँदा ठूलो क्षति भएको बताउनुभयो ।

इप्रका महेन्द्रनगर इन्चार्ज प्रहरी निरीक्षक लक्ष्मण सिंहले घटनास्थलको प्रकृति मुचुल्का उठाई आगलागी कसरी भएको भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको बताउनुभयो । पसल सञ्चालक महतोले बाहिरबाट कसैले आगो लगाइदिएको आशङ्का व्यक्त गर्नुभयो ।

असोज महिनामा पाटन संग्रहालयमा १३ हजार बढी पर्यटक पुगे


भूकम्प जाँदाको स्मृति र पुननिर्माणप्रतिको अनेक आशंकावीच स्थानीयहरु अनुत्तरित छन् र फुर्सद भुलाइरहेका छन् सम्पदाको सेरोफेरो । ७० नाघेका यी पाका स्थानीयहरु भूकम्प अघिका मन्दिर र संरचनावारे भलाकुसारीमा व्यस्त छन् । पुरानै स्वरुपमा निर्माण हुने÷नहुने द्विविधा र आशंकाले दैनिकजसो पुननिर्माणका गतिविधिहरु नियालिरहेका छन् ।
यो पाटन दरवार परिसरको दृश्य हो, जहाँ दरवार पुननिर्माणमा व्यस्त छन् मजदुर र कलाकर्मीहरु । अर्थात पुननिर्माणले तीव्रता पाएको प्रष्ट देखाउँछ । यिनै कर्म र कर्मशील मानिसहरुप्रति पर्यटकको विश्वास छ । पुननिर्माणको संभाव्यताप्रति ।
अन्य तुलनामा यस सम्पदाको पुननिर्माण तीब्र देखिन्छ । यहाँका अनेक दरवार र क्षतिग्रस्त संरचनाहरुको पुननिर्माण सम्पन्न भैसकेको छ भने केहीको शुरुवात भएको छ । त्यसैले त, दरवार भ्रमण गर्नेहरुको भीड उत्तिकै छन् । बढिरहेको छ । स्वदेशी, सार्क राष्ट्र र अन्य मुलुकहरुको गरी असोज महिनामा मात्र पनि १३ हजार बढीले पाटन दरवार संग्राहलयको भ्रमण गरेको तथ्यांक संग्राहलयसँग छ । ललितपुर उपमहानगरपालिका र संग्रहालयको संयुक्त पहलमा शुरुवात भएको एकद्वार टिकट प्रणलीले पनि पर्यटकहरुका लागि सहज भएको संग्रहालयको भनाई छ ।
काष्ठकला, मुर्तिकला र अन्य विविध पौराणिक कलाहरुको अवलोकनका लागि पर्यटकहरुको आवागमन बढिरहेको छ । ऐतिहासिक सम्पदा र धरोहरहरु ढलेको ढल्यै छन् । कसैलाई रमिता बनेको छ, कसैलाई अवसर ! ढलेका धरोहर उठाउन ढिला भएको हो कि ?

छालामा दिनहुँ साबुन दल्दा नकारात्मक असर

डा. क्यासे कार्लोस
चर्मरोग विशेषज्ञ
हरेक दिन नुहाउने धेरैको बानी हुन्छ । दिनहुँ नुहाउँदा शारीरिक स्फूर्ति बढ्ने बताइन्छ । तर, दिनहुँ साबुन प्रयोग गरेर नुहाउँदा भने छालामा नकारात्मक असर पर्न सक्ने चेतावनी चर्मरोग विशेषज्ञले दिएका छन् । तर, नुहाउनुअघि र पछि केही सजगता अपनाउन सक्ने हो भने यस्ता असरबाट जोगिन सक्ने तर्क पनि विशेषज्ञको छ । अमेरिकास्थित युनिभर्सिटी अफ क्यालिफोर्निया सान डिएगो स्कुल अफ मेडिसिनकी चर्मरोग विशेषज्ञ डा। क्यासे कार्लोसले दिनहुँ साबुनले नुहाउँदाका बेफाइदा बताएकी छिन् स्
यस्ता बेफाइदा
दिनहुँ साबुन प्रयोग गरेर नुहाउँदा छालामा हुने एक विशेष प्रकारको तैलीय पदार्थलाई नोक्सान गर्छ । हाम्रो शरीरलाई आवश्यक तैलीय पदार्थ कम भएपछि छाला सुक्खा हुने र छालामा विभिन्न समस्या निम्तिने हुन सक्छ । काखी, जाँघ, पैतालालगायतका स्थानमा दिनहुँ साबुन प्रयोग गर्नु अझ घातक हुन सक्छ । शरीरबाट निस्किने तैलीय पदार्थले छालाका कोषिकाहरूलाई सुरक्षित राख्न मद्दत गर्छ । तर, दिनहुँ नुहाएर त्यही तैलीय पदार्थ नष्ट भएपछि विभिन्नखाले छालारोग बढ्ने सम्भावना उच्च रहन्छ । जति बास्नादार साबुन प्रयोग ग¥यो, छालामा उति नै असर पु(याउँछ । बास्नादार साबुनमा केमिकलको मात्रा बढी हुन्छ । केमिकलले छालामा रहेको तैलीय पदार्थलाई दु्रत गतिमा नष्ट गरिदिन्छ ।
दिनहुँ नुहाउनै परे
दिनहुँ नुहाउने व्यक्तिले साबुनको प्रयोग गर्नुपर्छ नै भन्ने छैन । चिसो पानीले हल्का शरीर पखाल्दा पनि स्फूर्ति प्राप्त हुन्छ । साबुन नै प्रयोग गर्ने भए पनि नुहाउनुअघि र पछि केही सजगता अपनाउन सकिन्छ । नुहाउनुअघि र पछि शरीरमा तेल या केही क्रिम लगाउने हो भने छालामा हुने विशेष तैलीय पदार्थ नष्ट हुनबाट जोगिन्छ ।

साउदीमा काम गर्न गएका चम्लागाईंको मृत्यु



काँकडभिट्टा ९झापा०, ६ कात्तिक । साउदी अरबमा रोजगारीका लागि गएका झापा मेचीनगर–१ खयरडाँगीका तेजप्रसाद चम्लागाईंको मृत्यु भएको छ ।




इटहरीको जुपिटर मेनपावरमार्फत एक वर्षअघि वैदेशिक रोजगारीमा साउदीको जेद्दा पुगेका २६ वर्षीय उहाँ त्यहाँको एउटा पोल्टी फार्ममा कार्यरत हुनुहुन्थ्यो ।पोल्टी फार्ममै उहाँको मृत्यु भएको भनी जेद्दामा कार्यरत नेपाली कामदारले खबर पठाएको र इटहरीस्थित मेनपावर कार्यालयले समेत मृत्युको लिखित जानकारी दिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।मृतक तेजप्रसादकी आमा र पत्नी घरमा छन् । उनका बुबाको गत वर्ष निधन भएको थियो ।

मृतकको शव नेपाल ल्याउनका लागि चम्लागाईंको परिवारले मेनपावर कम्पनिलाई आग्रह गरेको छ ।

पहिलो महिला सगरमाथा आरोही तावेईको निधन see more at:-



काठमाडौँ, ६ कात्तिक । पहिलो महिला सागरमाथा आरोही जुन्को तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ ।



जापानको साइटामा क्यान्सर सेन्टरमा उपचारका क्रममा तावेईको निधन भएको जापान माउन्टेनरिङ एसोसिएसनले जनाएको छ । जापानी टेलिभिजन एनएचकेले पनि तावेईको निधन भएको खबर लेखेको छ । तावेईलाई चार वर्षअघि क्यान्सर भएको पत्ता लागेको थियो ।

जापानको फुकुसिमामा जन्मनुभएकी तावेईले सन् १९७५ मा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकी पहिलो महिला आरोही बन्नुभएको थियो ।

तावेईको तीन दिनअघि निधन भएको खबर जापानी माउन्टेनरिङ एसोसिएसन र अल्पाइन क्लबले जानकारी गराएको नेपाल पर्वतारोहण सङ्घ ९एनएमए०का अध्यक्ष आङ्छिरिङ शेर्पाले राससलाई जानकारी दिनुभयो ।

नेपाल र नेपालीलाई धेरै माया गर्ने, पर्वतीय पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नुभएकी तावेईको निधनले नेपालको पर्वतीय पर्यटनमा ठूलो क्षति पुगेको उहाँले बताउनुभयो ।

“आरोहणको क्षेत्रमा उहाँ ९तावेई०ले धेरै राम्रो काम गर्नुभएको छ, वातावरण संरक्षण र पर्वतारोहणमा पनि उहाँको योगदान छ, नेपालले असल मित्र गुमाएको छ, यसले हामीलाई दुःखित तुल्याएको छ” – अध्यक्ष शेर्पाले भन्नुभयो ।

जुनको तावेई गत अप्रिल ३० मा काठमाडौँमा भएको मनास्लु र ल्होत्से हिमालको हीरक महोत्सवमा सहभागी हुन जापानी आरोहीको नेतृत्व गर्दै नेपाल आउनुभएको थियो ।

म्यानमारका राष्ट्रपतिले भियतनामको राजकीय भ्रमण गर्ने



याङयोङ, ६ कात्तिक । म्यानमारका राष्ट्रपति उ तीन च्योले पहिलो पटक भियतनामको राजकीय भ्रमण गर्नुहुने भएको छ ।



अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन उहाँले भियतनामको भ्रमण गर्ने तयारी गर्नुभएको आधिकारीक सञ्चार माध्यमले शनिबार जनाएका छन् । च्यो यही वर्षको अप्रिलमा म्यानमारको राष्ट्रपति बन्नुभएको हो ।

भियतनामका राष्ट्रपति ट्रान दाई क्वाङको निमन्त्रणामा च्योले आफ्नी श्रीमतीसहित भियतनामको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा च्योले कम्बोडिया, लाओस, म्यानमार, भियतनाम सम्मेलनमा सहभागीता जनाउनु हुनेछ । सम्मेलन यही अक्टोबर २४ देखि २६ सम्म हुने कार्यक्रम रहेको छ ।

म्यानमारका लगानी गर्नेहरुमध्ये भियतनाम दशौँ ठुलो लगानीकर्ता हो । दुई देशवीच व्यापारीक र कूटनीतिक सम्वन्ध लामो समयदेखि चल्दै आएको छ ।

साइबेरियामा हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु



मस्को, ६ कात्तिक । रुसको उत्तरपश्चिम क्षेत्रमा पर्ने साइबेरियामा हेलिकोप्टर दुर्घटना हँुदा कम्तीमा १९ जनाको मृत्यु छ ।



शुक्रबार राति २२ जना यात्रु बोकेको एमआई–८ हेलिकोप्टर दुर्घटना हँुदा १९ जना घाइते भएको उद्धारकर्ताले जनाएका छन् । दुर्घटनामा परेको हेलिकोप्टर साइबेरियाको क्रास्नोयार्सकबाट उरेङगेतर्फ जाँदै थियो । आपत्कालिन मन्त्रालयको क्षेत्रीय कार्यालयले दुर्घटनाको कारण स्पष्ट नभएको जनाएको छ । घटनामा परी घाइते भएका तीन जनालाई उद्धार गर्न उद्धारकर्ताहरु सफल भएको मन्त्रालयले जनाएको छ ।

उद्धारकर्ताहरुले चालकहरुको लापर्वाही, यात्रीक समस्या वा अफ्ट्यारो मौसमका कारण दुर्घटना भएको हुन सक्ने बताएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

इराकमा सरकारी सेनाद्धारा ४८ आईएस आक्रमणकारी मारिए



किरकुक ९इराक०, ६ कात्तिक । इराकको किरकुकमा शनिबार भएको सुरक्षा कारवाहीमा परी ४८ जना इश्लामिक इस्टेट९आईएस० आक्रमणकारी मारिएका छन् ।



ब्रिगेडियर जनरल खत्तब ओमर अरेफले सुरक्षा फौज र आक्रमणकारीवीच भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको जानकारी दिनुभयो । घटनामा १३३ भन्दा बढी घाइते भएको बताईएको छ ।

अर्को एक आधिकारीक श्रोतका अनुसार घटनामा अन्य ४६ जना पनि मारिएका छन् । तिनिहरु मध्ये अधिकांश सुरक्षा फौज तर्फका रहेका छन् ।

घटनास्थल इराकको राजधानी बग्दाददेखि २४० किलोमिटर उत्तर तर्फ पर्दछ ।

Friday, October 21, 2016

नवलपरासीमा यस बर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान



दशैँ पर्व सकिए लगतै नवलपरासीका किसानहरु यतिबेला धान काट्न कम्मर कसेर लागिपरेका छन् । धान तयार भएपछि तयार भएका धान बाली भित्राउन किसानहरु लागि परेका हुन् । यस पटक पहाडी क्षेत्र बाहेकका धैरे किसानहरुले धान भित्रयाउने आधुनिक मेसीन प्रयोगमा ल्याउन थालेका छन् । भने धान उत्पादनमा पनि बृद्धि हुने अनुमान गरिएको छ ।


यस बर्ष उपयुक्त बर्षा र प्राप्त मल किसानहरुले सहज रुपमा प्राप्त गरेपछि अघिल्ला बर्षको तुलनामा करिब १५ देखि २० प्रतिशतले धान उत्पादनमा बृद्धि हुने आकलन गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस बर्ष कुल खेती योग्य जमिन मध्ये ४४ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको कार्यालयका योजना अधिकृत श्रीकान्त घिमिरले बताउनुभयो ।
अघिल्लो आर्थिक बर्षमा १ लाख ६७ हजार १ सय ५९ मेट्रिक टन धान उत्पादन भएकोमा सोको तुलनामा १५ देखि २० प्रतिशतले धान उत्पादनमा बृद्धि हुने पक्का छ । अघिल्लो बर्षको तुलनामा धान खेती गर्ने जग्गा मध्ये आवासीय क्षेत्र भएका कारण तुलनात्मक रुपमा धान खेती गर्ने क्षेत्रफलमा सामान्य कमी आएको कार्यालयका बाली संरक्षण अधिकृत श्रीधर पौडेलले बताउनुभयो ।
नवलपरासीमा उत्पादन भएका धान किसानहरुले स्थानीय चामल र चिउरा मिलहरुमा बिक्री गर्दै आएका छन् । धान बाट उत्पादित चिउरा र चामल यस जिल्लाबाहेक काठमाडौ , चितवन , पोखरा , बीरगन्ज लगायतका अन्य बजारहरुमा बिक्री बितरण हुने गर्दछ । कृषिलाई आधुनिकीकरण गर्न राज्यले ध्यान दिनुपर्ने किसानहरुको भनाई छ ।
यस पटक नवलपरासीमा मोटा , चैते दुई , चैते चार , चैते छ , ध्युपुरी र हर्दिनाथ लगायतका अन्यप्रजातीका धान रोपीएको छ । चैते धान जिल्लाको नवलपुर क्षेत्रका बिभिन्न गाविसमा लगाईने गरिन्छ । नवलपरासी जिल्लाका दक्षिणी भाग र भित्रि मधेशको नवलपुर क्षेत्रमा बढि मात्रामा धान खेति गरीदै आएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । नवलपरासी जिल्ला धान खेतिमा अब्बल दर्जामा पर्दछ ।

छक्का पन्जा हेर्नु भएको छैन भने यो भिडियो हेर्नुहोला !! हाहाहा गजब रमाइलो रहेछ :D कति हास्नु


Chhakka Panja Nepali Comedy Video Magne buda
Magne Budo in various comedy scene.Watch another episode of comedy tv show meri bassai. Meri Bassai is comedy program; Today’s Episode you can see Priyanka Karki( Nepali Actress ) for the first time in Meribassai and other guest is child actor.To watch more click on the picture. Meri Bassai is comedy program; Today’s Episode you can see Paras Khadka for the first time in Meribassai. Khadka ji requested Paras to come in Meri Bassai.Magne Budo in various comedy scene.Watch another episode of comedy tv show meri bassai. Meri Bassai is comedy program; Today’s Episode you can see Priyanka Karki( Nepali Actress ) for the first time in Meribassai and other guest is child actor.To watch more click on the picture.

भारतको बालगृहबाट दैलेखका ३ जना बालकहरुको उद्दार



बिभिन्न प्रलोभन देखाएर भारतमा महिलादेखि बालबालिकासम्म पु¥याउने गिरोह नेपालमा पहिल्यैदेखि सक्रिय हुने गरेका छन् । प्रहरी प्रशासन र गैह्रसरकारी संघसंस्थाको सहयोगमा बिभिन्न समयमा उनीहरुको उनीहरुको उद्दार गर्ने गरिए पनि यो क्रम अझै रोकिएको छैन । भारतको एक बाल गृहमा रहेका ३ जना नेपाली बालकलाई उद्धार गरी नेपाल ल्याइएको छ ।


भारतको मुज्जफ्फरपुर जिल्लामा रहेको बालगृहबाट दैलेखका ३ जना बालकहरुलाई नेपाल ल्याइएको हो । उद्दार हुनेहरुमा दैलेख दुल्लु नगरपालिका वडा नम्बर ९ का १५ वर्षीय टिकाराम पुरी, दुल्लु ८ कै १५ वर्षीय सुरज गीरी र सोहि ठाउँ बस्ने १४ वर्षीय सुन्दर वन सन्यासी रहेका छन् । सामाजिक सेवा केन्द्र दैलेखको पहलमा उनीहरुलाई उद्दार गरि नेपालगन्ज ल्याइएको हो ।
गाउँका आफन्तीको लहैहलैमा लागेर एक वर्ष अघि टिकाराम र सुरज भारतमा गएका थिए । सुन्दर वन भने गत जेठ महिनामा गाउँकै दाइ पर्नेसंग घरबाट भागेर भारत गइ एक होटलमा काम गरेको उद्धार गरिएका बालकले बताएका छन् । एउटै होटलमा काम गर्ने उनीहरुलाई भारतीय प्रहरीले प्रक्राउ गरी बालगृहमा राखेको उनीहरुको भनाई छ ।
आफूहरु जस्तै ६ वर्ष देखि १७ वर्ष सम्मका अरु ३२ जना बालकहरु उक्त बालगृहमा रहेको उद्धार गरिएका अर्का बालकले बताएका छन् ।
वाइट…सुन्दर वन सन्यासी, उद्दार गरिएका बालक
भारतीय बाल गृहमा काठमाण्डौं, बीरगन्ज र नेपालगन्जका ३२ जना बालकहरु रहेको आफ्ना छोरालाइ उद्धार गर्नका लागि भारत पुगेका सुन्दर वन सन्यासीका बुवा दल वन सन्यासीले बताउनुभयो । आफूलाइ पनि डोटीकै एक व्यक्तिले खबर गरेपश्चात आफ्नो छोरालाइ उद्धार गर्न सकीएको उहाँको भनाइ छ ।
भारतबाट उद्दार गरिएका ती बालहरुहरुलाई जिल्ला बालकल्याण संघ दैलेखको जिम्मा लगाइने भएको छ ।

दुई साता यता झापाको दमकमा २४ जनामा डेंगुको संक्रमण



झापाको दमक नगरपालिका क्षेत्रमा दुई साता यता २४ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ । दमकमा पछिल्लो समयमा डेंगु रोगको प्रकोप बढेको र यसले भयावहक रुप लिनसक्ने भन्दै सतर्क रहन सर्वसाधारणलाई सचेत गराइएको छ ।


शुक्रबार दमकमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय अन्तर्गत रहेको दमक अस्पताल र दमक नगरपालिकाले सर्वसाधारणलाई डेंगु सक्रमण प्रति सचेत रहन आग्रह गरेका हुन् । दुईसाता यता मात्र दमकमा २४ जनामा बिरामीमा डेंगु रोगको संक्रमण भेटिएको दमक अस्पतालका सिनियर अहेव नगेन्द्र भट्टराईले जानकारी दिनुभयो । दमक आसपासमा रहेका अस्पतालहरु दमक अस्पताल, लाईफलाईन अस्पताल, आम्दा अस्पताल, एडभान्स हेल्थ केयर सेन्टर लगायत अस्पतालमा उपचार गराउन आएका विरामिमा डेंगु भेटिएको हो । अझै केहीको शंकास्पद अवस्थामा उपचार भईरहेको छ । शुक्रबार मात्र ५ जना बिरामीमा डेंगु फेला परेको भट्टराईले बताउनु भयो । डेंगु एक प्रकारको ज्वरो भएका कारण आफुलाई डेंगु लागो भन्दैमा नआत्तिन पनि उहाँले आग्रह गर्नुभयो ।
डेंगु लागेका विरामीलाई उच्च ज्वरो आउने, वान्ता हुने, जोर्नीका हाडहरु दुख्ने, शरीरमा प्लेटलेट्स कम भएपछि निलो, रातो डामहरु देखा पर्ने, खान मन नलाग्ने, शरीरमा तागत कम हुने लगायत लक्षण देखापर्ने गरेको भट्टराईले जानकारी दिनुभयो । कसैलाई उच्च ज्वरो आएमा डाक्टरको सल्लाह विना औषधि प्रयोग नगर्न समेत डाक्टरहरुले आग्रह गरेका छन् । डेंगु लागेमा अन्य औषधि प्रयोग गर्नु खतरा भएको बताईएको छ । यो रोग एडिज एजिप्टाई जातको पोथी लामखुट्टेले टोक्दा हुने गरेको छ । दमक नगरपालिकाले नगर क्षेत्रमा रहेका टायर सेन्टरहरुलाई तत्काल टायर हटाउन आग्रह गरेको छ । लामो समयदेखि जमेका पनिमा लाम्खुट्टेको लार्भा हुने भएकाले घर छेउमा लामो समयदेखि रहेका शुद्ध पानी हटाउन नगरवासीलाई स्थानीय सञ्चार माध्यमबाट आह्वान गरेको दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दहालले जानकारी दिनुभयो ।

watch first and then search