watch first and then search

watch first and then search

Saturday, October 22, 2016

साउदीमा काम गर्न गएका चम्लागाईंको मृत्यु



काँकडभिट्टा ९झापा०, ६ कात्तिक । साउदी अरबमा रोजगारीका लागि गएका झापा मेचीनगर–१ खयरडाँगीका तेजप्रसाद चम्लागाईंको मृत्यु भएको छ ।




इटहरीको जुपिटर मेनपावरमार्फत एक वर्षअघि वैदेशिक रोजगारीमा साउदीको जेद्दा पुगेका २६ वर्षीय उहाँ त्यहाँको एउटा पोल्टी फार्ममा कार्यरत हुनुहुन्थ्यो ।पोल्टी फार्ममै उहाँको मृत्यु भएको भनी जेद्दामा कार्यरत नेपाली कामदारले खबर पठाएको र इटहरीस्थित मेनपावर कार्यालयले समेत मृत्युको लिखित जानकारी दिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।मृतक तेजप्रसादकी आमा र पत्नी घरमा छन् । उनका बुबाको गत वर्ष निधन भएको थियो ।

मृतकको शव नेपाल ल्याउनका लागि चम्लागाईंको परिवारले मेनपावर कम्पनिलाई आग्रह गरेको छ ।

No comments:

Post a Comment

watch first and then search