watch first and then search

watch first and then search

Saturday, October 22, 2016

छालामा दिनहुँ साबुन दल्दा नकारात्मक असर

डा. क्यासे कार्लोस
चर्मरोग विशेषज्ञ
हरेक दिन नुहाउने धेरैको बानी हुन्छ । दिनहुँ नुहाउँदा शारीरिक स्फूर्ति बढ्ने बताइन्छ । तर, दिनहुँ साबुन प्रयोग गरेर नुहाउँदा भने छालामा नकारात्मक असर पर्न सक्ने चेतावनी चर्मरोग विशेषज्ञले दिएका छन् । तर, नुहाउनुअघि र पछि केही सजगता अपनाउन सक्ने हो भने यस्ता असरबाट जोगिन सक्ने तर्क पनि विशेषज्ञको छ । अमेरिकास्थित युनिभर्सिटी अफ क्यालिफोर्निया सान डिएगो स्कुल अफ मेडिसिनकी चर्मरोग विशेषज्ञ डा। क्यासे कार्लोसले दिनहुँ साबुनले नुहाउँदाका बेफाइदा बताएकी छिन् स्
यस्ता बेफाइदा
दिनहुँ साबुन प्रयोग गरेर नुहाउँदा छालामा हुने एक विशेष प्रकारको तैलीय पदार्थलाई नोक्सान गर्छ । हाम्रो शरीरलाई आवश्यक तैलीय पदार्थ कम भएपछि छाला सुक्खा हुने र छालामा विभिन्न समस्या निम्तिने हुन सक्छ । काखी, जाँघ, पैतालालगायतका स्थानमा दिनहुँ साबुन प्रयोग गर्नु अझ घातक हुन सक्छ । शरीरबाट निस्किने तैलीय पदार्थले छालाका कोषिकाहरूलाई सुरक्षित राख्न मद्दत गर्छ । तर, दिनहुँ नुहाएर त्यही तैलीय पदार्थ नष्ट भएपछि विभिन्नखाले छालारोग बढ्ने सम्भावना उच्च रहन्छ । जति बास्नादार साबुन प्रयोग ग¥यो, छालामा उति नै असर पु(याउँछ । बास्नादार साबुनमा केमिकलको मात्रा बढी हुन्छ । केमिकलले छालामा रहेको तैलीय पदार्थलाई दु्रत गतिमा नष्ट गरिदिन्छ ।
दिनहुँ नुहाउनै परे
दिनहुँ नुहाउने व्यक्तिले साबुनको प्रयोग गर्नुपर्छ नै भन्ने छैन । चिसो पानीले हल्का शरीर पखाल्दा पनि स्फूर्ति प्राप्त हुन्छ । साबुन नै प्रयोग गर्ने भए पनि नुहाउनुअघि र पछि केही सजगता अपनाउन सकिन्छ । नुहाउनुअघि र पछि शरीरमा तेल या केही क्रिम लगाउने हो भने छालामा हुने विशेष तैलीय पदार्थ नष्ट हुनबाट जोगिन्छ ।

No comments:

Post a Comment

watch first and then search