watch first and then search

watch first and then search

Saturday, October 22, 2016

असोज महिनामा पाटन संग्रहालयमा १३ हजार बढी पर्यटक पुगे


भूकम्प जाँदाको स्मृति र पुननिर्माणप्रतिको अनेक आशंकावीच स्थानीयहरु अनुत्तरित छन् र फुर्सद भुलाइरहेका छन् सम्पदाको सेरोफेरो । ७० नाघेका यी पाका स्थानीयहरु भूकम्प अघिका मन्दिर र संरचनावारे भलाकुसारीमा व्यस्त छन् । पुरानै स्वरुपमा निर्माण हुने÷नहुने द्विविधा र आशंकाले दैनिकजसो पुननिर्माणका गतिविधिहरु नियालिरहेका छन् ।
यो पाटन दरवार परिसरको दृश्य हो, जहाँ दरवार पुननिर्माणमा व्यस्त छन् मजदुर र कलाकर्मीहरु । अर्थात पुननिर्माणले तीव्रता पाएको प्रष्ट देखाउँछ । यिनै कर्म र कर्मशील मानिसहरुप्रति पर्यटकको विश्वास छ । पुननिर्माणको संभाव्यताप्रति ।
अन्य तुलनामा यस सम्पदाको पुननिर्माण तीब्र देखिन्छ । यहाँका अनेक दरवार र क्षतिग्रस्त संरचनाहरुको पुननिर्माण सम्पन्न भैसकेको छ भने केहीको शुरुवात भएको छ । त्यसैले त, दरवार भ्रमण गर्नेहरुको भीड उत्तिकै छन् । बढिरहेको छ । स्वदेशी, सार्क राष्ट्र र अन्य मुलुकहरुको गरी असोज महिनामा मात्र पनि १३ हजार बढीले पाटन दरवार संग्राहलयको भ्रमण गरेको तथ्यांक संग्राहलयसँग छ । ललितपुर उपमहानगरपालिका र संग्रहालयको संयुक्त पहलमा शुरुवात भएको एकद्वार टिकट प्रणलीले पनि पर्यटकहरुका लागि सहज भएको संग्रहालयको भनाई छ ।
काष्ठकला, मुर्तिकला र अन्य विविध पौराणिक कलाहरुको अवलोकनका लागि पर्यटकहरुको आवागमन बढिरहेको छ । ऐतिहासिक सम्पदा र धरोहरहरु ढलेको ढल्यै छन् । कसैलाई रमिता बनेको छ, कसैलाई अवसर ! ढलेका धरोहर उठाउन ढिला भएको हो कि ?

No comments:

Post a Comment

watch first and then search