watch first and then search

watch first and then search

Saturday, March 31, 2018

क्रिकेट स्टेडियमको जग्गा खोज्दै मुख्यमन्त्री र धुर्मुस प्रदेश ३ मा हेरियो १२४ रोपनी जग्गा

काठमाडौं : अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउनका लागि प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेलले जग्गा खोजी अभियान तीब्र पारेका छन् ।कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ नेतृत्वको धुर्मुस-सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन पहल थालेलगत्तै प्रदेश ३ का मुख्यमन्त्री पनि जग्गा खोजी अभियानमा जुटेका हुन् । क्रिकेटमा एक दिवसीय मान्यता पाएपछि अन्तर्राष्ट्रियस्तरको स्टेडियम निर्माणका लागि प्रदेश नम्बर ३ का पौडेल र धुर्मुस-सुन्तली पाउण्डेसनले जग्गा खोजी अभियान सुरु गरेका हुन् । यो टोलीले शनिबार भक्तपुरको चाँगुनारायण नगरपालिका-४ स्थित एक सय २५ रोपनी जग्गाको अवलोकन गरेको मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए । यो जग्गामा अन्तर्राष्ट्रियस्तरको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट स्टेडियम निर्माणको सम्भाव्यता टोलीले अध्ययन गरेको हो । जग्गा अवलोकनपछि मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले अन्तराष्ट्रियस्तरको स्टेडियम बनाउन फाउण्डेसनसँग सहकार्य गर्ने बताए । ‘नेपाली क्रिकेटको विकासका लागि क्रिकेट स्टेडियम कोशेढुंगो हुनेछ’, उनले भने, ‘अब यसको थालनी भएको छ, हामी निर्माण गरेरै छाड्छौँ ।’जग्गा हेरेपछि फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले सबै नेपाली खेलप्रेमीका लागि स्टेडियम निर्माण जरुरी भइसकेकाले चुनौतीपूर्ण भए पनि आफूहरुले यसमा हात हालेको बताए ।

बल्ल खुल्यो सरकारको चेत: अत्याधुनिक उपकरणसहित विमानस्थलमा हुँदैछ ब्यापक सुधार (भिडियो)

Tribhuvan International Airport
The Himalaya mountain range alongside which the country is located is home to eight of the world’s tallest peaks, including the iconic Mount Everest. However, even in an age when no corner of the globe seems out of reach, travelling to Nepal is fraught with danger. For those of us willing to brave the journey, there is only one gateway to Nepal’s Himalayan havens: Tribhuvan International Airport (TIA) in Kathmandu. Even though Nepal’s economy depends mostly on foreign aid and tourism, the country’s sole international airport is in a very sorry state. In addition to a lack of infrastructural facilities and equipment, alleged mismanagement by the airport authorities have hampered its operational activities. A 2016 survey by the airport review agency “Sleeping in Airports” ranked Tribhuvan International Airport in Nepal as the second worst airport in Asia, behind only Tashkent International Airport in Uzbekistan. The rankings are based on comfort, services, security and immigration. “Ideally, an international airport must function like a city, where a person can find everything that one needs,” Rajesh Raj Dali, a former director general of the Civil Aviation Authority of Nepal (CAAN), told the Kathmandu Post. “One cannot transform the TIA in a day. The speed at which this target can be met depends on the capability of the management, ability of the country’s economy and available technology. Only then, we can meet the guidelines.”

लोकप्रिय कलाकार शंकर बिसीको ( Shankar Bc) नयाँ लोकदोहोरी गीत " गैरी गाँउको मेला" रंजीत परियार( Ranjit Pariyar) र अमृता श्रीपालको ( Amrita Shreepal) स्वरमा | हेरेर लाइक कमेन्ट अनि शेयर गर्न नभुल्नुहोला !!

New Lok Dohori 2074/2018 | Gairi Gaun ko Mela - Ranjit Pariyar & Amrita Shreepal Ft. Shankar & Elina

धनगढी प्रिमियर लिगः टस हारेको धनगढी चौराहा काठमाडौंविरुद्ध ब्याटिङ गर्दै (लाइभ भिडियो)

काठमाडौं। धनगढी प्रिमियर लिग आजदेखि सुरु भएको छ । लिगको पहिलो खेल आज धनगढी टिम चौराहा र काठमाडौं गोल्डेन्सबीच भइरहेको छ । टस जितेर काठमाडौं गोल्डेन्सले फिल्डिङ रोजेपछि अहिले धनगढीले ब्याटिङ गरिरहेको छ । लाइभ खेल हेर्नुहोस् ।

 click in link for live match
////https://www.facebook.com/iflixNP/videos/2124745191088770/?t=14530

ओखलढुंगाकी २१ बर्षकी शान्ति तामांगको यस्तो भिडियो बाहिरियो

ओखलढुंगाकी २१ बर्षकी शान्ति तामांगको यस्तो भिडियो बाहिरियो 21 Years shanti tamag’s video

राजेशपायल राईको ‘बार लाउ है मायाले’ नयाँ गीत सार्वजनिक (भिडियो सहित)

भर्सटायल गायक राजेशपायल राईको नयाँ गीत सार्वजनिक भएको छ । उनले नयाँ गायिका रेनुका दुमी राईसँग ‘बार लाउ है मायाले’को लोक फ्लेबरको गीत लिएर दर्शकमाझ आएका छन् । शिखर गजरकोटेको रचनामा रहेको पूर्वेली लोक भाकामा प्रियजन राईले लय संयोजन गरेका छन् । पूर्वेली जुनतारा म्युजिक प्रालिको प्रस्तुतिमा रहेको भिडियो म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोमा समिर राई, ऋतु कोईराला र हरिचन्द्र राईले अभिनय गरेका छन् । जनकराज अधिकारीले छायांकन गरेको भिडियोमा मनिष कार्कीको सम्पादन र प्रियजन राईको निर्देशन छ । गायिका रेनुकाले राजेशपायलसँग गीत गाउन पाउनु आफ्नो अहोभाग्य मानेकी छन् ।

चर्चित गायक गायक पुष्कल शर्माको आयो अर्को मार्मिक गीत “बेहुली बनी डोलीमा अन्मिदा” हेर्नुहोस (भिडियोसहित)

काठमाडौं, १६ चैत्र । मान्छेका मनका भावहरु कतिपय अवस्थामा झताभुङग हुँदो रहेछ । आफुले प्राण भन्दा प्यारो ठानेको प्रेमी र प्रेमका विचको सम्वन्ध अन्त्य हुदाँ मन विचलित हुनु स्वभाविक हो ।यस्तै कारुणिक भावहरुलाई समेटेर गीत तयार पार्ने क्रममा प्रियसी म्युजिक प्रालीको प्रस्तुुतिमा रितु जिसी र कृष्ण ढुङगानाको मार्मिक गीत “बेहुली बनी डोलीमा तिमी अन्मिदा” बजारमा आएको छ । बाध्यताले पराइएको डोलीमा अन्मिदा नरमाइलो लागेको कुरा प्रेमीकाले प्रेमीलाई भनेकी छन। चर्चित गायक पुष्कल शर्मा र गायिका रितु जिसीको सुमधुर आवाज रहेको गीतमा जिवन भोगाईलाई चित्रण गरिएको छ । रितु जिसी र कृष्ण ढुङगानाको शब्द तथा कृष्ण ढुङगानाको लय सिर्जना रहेको छ । पछिल्लो समय चर्चामा रहेकी बविता श्रेष्ठले भिडियोलाई निर्देशन गरेकी हुन भने सम्पादन अविनास डिसीले गरेका छन । भिडियोमा आशा खड्का , बुद्धविर र इन्द्र दाहाल शिशिरको अभिनय देख्न सकिन्छ । भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन । हेर्नुहोस भिडियो

watch first and then search