watch first and then search

watch first and then search

Saturday, March 31, 2018

राजेशपायल राईको ‘बार लाउ है मायाले’ नयाँ गीत सार्वजनिक (भिडियो सहित)

भर्सटायल गायक राजेशपायल राईको नयाँ गीत सार्वजनिक भएको छ । उनले नयाँ गायिका रेनुका दुमी राईसँग ‘बार लाउ है मायाले’को लोक फ्लेबरको गीत लिएर दर्शकमाझ आएका छन् । शिखर गजरकोटेको रचनामा रहेको पूर्वेली लोक भाकामा प्रियजन राईले लय संयोजन गरेका छन् । पूर्वेली जुनतारा म्युजिक प्रालिको प्रस्तुतिमा रहेको भिडियो म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोमा समिर राई, ऋतु कोईराला र हरिचन्द्र राईले अभिनय गरेका छन् । जनकराज अधिकारीले छायांकन गरेको भिडियोमा मनिष कार्कीको सम्पादन र प्रियजन राईको निर्देशन छ । गायिका रेनुकाले राजेशपायलसँग गीत गाउन पाउनु आफ्नो अहोभाग्य मानेकी छन् ।

No comments:

Post a Comment

watch first and then search