कतै मानबनिर्मित जस्तै देखिने गुफाको अर्को चट्टानको दाया छेउमा सानो झरना रहेको छ। कृस्ण आम्बुङ्को जग्गामा रहेको सो ओडार आजभन्दा 30 बर्स अघि त्यहा घनाजङ्गल रहेको र बनझाक्रीले मद्यरात तिर ड्याङरो बजाउदै गरेको आवाज सुनेको कुरा त्यहाका अग्रज स्थानियहरु बताउनु हुन्छ ।
उ बेला सानो छदा सो गुफामा हेर्न जादा गडडौला र तरुल भ्याकुरका टुक्राहरु मात्र भेटिने गरेको ४५ बर्सिया कमला आम्बुङ बताउनुनुहुन्छ। घना जङ्गल रहुन्जेल यस्तै ड्याङरोको मद्यरातभरि आवाजमात्र सुनिने गरेको उहाँ बताउनुहुन्छ । उनिभन्दा पहिलाको बुबा पुर्खाहरुले त्यहा बनझाक्री र बनझाक्रीनी बासस्थान हो भनेर सुनाउने गरेकाे पनि बताउनुहुन्छ । एक दिन बनझाक्रीनी बदमास भएकाे त्यसपछि बनझाक्रीले बाहिरी चट्टलमा बाधेर राख्ने गरेको र आफुचाही ड्याङरो ढोकी पुजाआजा गरिरहने किवदन्ती अझै गाउघरमा रहि अाएकाे छ ।
स्थानीय अग्रज 78 बर्सिय श्री जगत बा आम्बुङ ।यथार्थमा जे भएपनी प्राकृतिक सास्कृतिक तथा प्राचिन ढुङ्गे कला सम्पदाहरुको सङ्ग्रक्षण र सम्वर्द्न गरि देसको पर्यट्किय क्षेत्रमा टेवा पुर्याउन भने अवस्य सकिन्छ। यसको लागी सम्बन्धित तथा स्थानिय निकायले सो प्राचिन कला र स्रोत माथि प्रचारप्रसार गरि चासो दिए यस ठाउलाइ सास्कृतिक पर्यट्किय नगरको रुपमा बिकास गर्न धेरै समय कुर्नु पर्दैन।
No comments:
Post a Comment