आफूले भदौं २५ गते नै संगठन विभाग इन्चार्ज बादललाई राजिनामा बुझाए पनि स्विकृत नगरेकाले यसलाई सार्वजनिक गर्नुपरेको किरातीले अनलाइनखबरलाई बताए । ‘मैले भदौं २५ मै संगठन विभाग इन्चार्ज बादललाई राजिनामा बुझाएको थिए, तर स्वीकृत नभएपछि सार्वजनिक गर्नुपर्यो’ किरातीले भने । किरातीले सचिवालयमा बसेर प्रदेशको जिम्मेवारी समाल्ने बताएका छन् । राजिनामा सार्वजनिक गर्दै उनले अध्यक्ष प्रचण्ड बाहेका सवै नेताको एक एक तह घटुवाको माग समेत गरेका छन् ।
अझैसम्म पनि आफ्नो राजीनामा स्वीकृत नभएपछि किराँतीले फेसबुकमार्फत आफ्नो राजीनामाबारे जानकारी दिएका हुन् । उनले माग गरेजस्तै सबैको एक–एक तह घटुवा गर्ने हो भने पार्टीमा भूइँचालो नै आउनसक्छ ।
No comments:
Post a Comment