watch first and then search

watch first and then search

Saturday, October 22, 2016

फर्निचर उधोगबाट अवैध काठ सहित संचालक प्रहरी नियन्त्रणमा



सिरहा। सिरहा प्रहरीले गोलबजारमा संचालनमा रहेको एक फर्निचर उधोगबाट अवैध काठ बरामद गरेको छ । शुक्रबार राति गोलबजार १० मा संचालनमा रहेको एक फर्निचर उधोगबाट अबैध काठ तथा फर्निचर बनाउने मेशीन बरामद गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रही कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायको कमाण्डमा खटिएको गस्ति टोलीले गोलबजार १० स्थित सोमबहादुर विश्वकर्मा र सुरेश कुमार साहले संचालन गरेको फर्निचर उधोगबाट ९५ हजार २ सय मूल्य बराबरको बिभिन्न साईजका अवैध काठ, काठ चिर्ने मेशीन, फर्निचर बनाउन प्रयोग हुने औजार तथा काठ ओसार्न प्रयोग गरिने साइकल बरामद गरेको हो ।

संचालक साहको घर नजिकै झाडीबाट लुकाई राखेको अवस्थामा २६ हजार मूल्य बराबरको ६ थान काठका चौखट पनि बरामद गरिएको निरीक्षक उपाध्यायले बताए । बरामद काठ सहित दुबै संचालकलाई थप अनुसन्धानका लागी नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

No comments:

Post a Comment

watch first and then search