सिआरटिभीले क्यामरुनी यातायात मन्त्री एडगार एलानलाई उद्धृत गर्दै घटनामा ५५ जनाको मृत्यु भएको, ५७५ जना घाइते भएका र घाइतेमध्ये केहीलाई गम्भीर चोट लागेको बताइएको छ । घटनास्थल याउन्डेबाट १२० किलोमिटर टाढा रहेको समाचारमा जनाइएको छ ।
यसैबीच क्यामरुनी राष्ट्रपति पउल वियाले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाबाट पीडितका परिवारलाई राहत सहयोग प्रदान गर्न र घटनाको छानबिन गर्न शनिबार यहाँको सरकारलाई निर्देशन दिनुभएको छ । यसैबीच क्यामरुनका सूचनामन्त्री इशा चिरोमा बेकरीले घटनामा घाइते भएका मानिसलाई उपचारका लागि अस्पतालसम्म पु¥याउन र अन्य यात्रुलाई उनीहरुको गन्तव्यतर्फ पु¥याउनका लागि अर्को रेलको व्यवस्था गरिसकिएको बताउनुभएको छ ।
No comments:
Post a Comment