watch first and then search

watch first and then search

Saturday, October 22, 2016

जलाउनै लाग्दा लासबाट रगत देखिएपछि श्रीमानको हत्या आरोपमा श्रीमती माथि कर्तव्य ज्यान मुद्दा दर्ता






धनगढी, ६ कात्तिक । श्रीमानको हत्या गरेको आरोपमा धनगढी उपमहानगरपालिका— २ की दुर्गादेवी उपाध्याय र मृतकका साला विमल पौडेल विरुद्ध प्रहरीले शुक्रवार कर्तब्य ज्यान मुद्दा दर्ता गरेको छ ।

मृतकको शवको प्रकृति हेर्दा ज्यान जाने गरी मारेको देखिएकाले बिहीबार पक्राउ परेका दुबैजना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बिहीवार ३९ वर्षीय नारायण उपाध्यायकोे मृत्यु भएपछि उनको शव अन्तिम दाहसंस्कारका लागि मोहना नदीघाटमा लगिएको थियो । मृतककोे नाक र कानवाट रगत देखिएको खबर प्रहरीलाई प्राप्त हुनासाथ चितामा राख्न लागिएको शवलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिई स्वास्थ्य परीक्षणका लागि सेती अञ्चल अस्पताल पुर्याएको थियो ।

मोहना नदीघाट लैजाँदा बाटोमा मृतकको नाक र मुखबाट रगत बगेको तथा घाँटीमा निलडाम देखिएपछि मृतकका दाजु जीवलाल उपाध्यायले प्रहरीमा जाहेरी गरेका थिए ।

No comments:

Post a Comment

watch first and then search