watch first and then search

watch first and then search

Saturday, October 22, 2016

खेलकुद मन्त्रीले समितिमा आफ्ना मान्छे राख्न खोजेपछि सातौ राष्ट्रिय खेलकुद फेरी सर्ने

काठमाडौँ ६ कार्तिक – पटक पटक स्थथित हुँदै आएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरी अन्यौलमा परेको छ । मन्त्रालय र राखेपबीचको आन्तरिक बिबादले पूर्वाञ्चलमा मंसिर ८ गते देखि सुरु हुने भनिएको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा परेको हो । स्रोतका अनुसार राखेप र मन्त्रालयकाबीचमा आपसी तालमेलन नमिल्दा प्रतियोगिताको मिति हेरफेर गर्ने तयारीमा राखेप पुगेको छ ।
सरकार परिवर्तनले गर्दा निर्धारित मितिमा प्रतियोगिता गर्न अप्ठेरो परेको राखेपका एक अधिकारीले बताए । राखेपका सदस्य सचिब केशब कुमार विष्ट र युवा तथा खेलकुद मन्त्री दलजीत विक श्रीपालीबीच राजनीतिक बिचार नमिल्दा त्यसको असर खेलमा परेको छ । जसका कारण सातौ खेलकुद प्रतियोगिता नै प्रभावित हुने देखिएको छ ।
अहिले सातौ राष्ट्रिय खेलकुद आयोजनाकोे तयारीलागि पूर्वाञ्चलमा जोडतोडका साथ काम भइरहेको छ । तर मन्त्री विकले आफू निकटकालाई पनि उपसमितिहरुमा राख्नुपर्ने अडान राखेपछि बिबाद चुलिदै गएको छ स्रोतले भन्यो ।
युवा तथा खेलकुद मन्त्रालयका सहसचिब चुडामणी पौडेलले सातौ राष्ट्रिय खेलकुद यसै आर्थिक बर्षको फागुनसम्ममा सक्ने लक्ष्य लिइएको जानकारी दिनुभयो । उहाँले मंसिर मसान्त देखि फागुन सम्ममा प्रतियोगिता आयोजना गर्ने गरि काम भइरहेको बताउनुभयो । यसअघि सातौ राष्ट्रिय खेलकुद तीन पटक स्थगित भइसकेको छ ।

No comments:

Post a Comment

watch first and then search