watch first and then search

watch first and then search

Saturday, October 22, 2016

थाहा पाऊनुहोस्, को थियो धर्तिकै पहिलो मानव, कसरी भएको थियो उसको जन्म



को थियो संसार पहलो व्यक्ति? यो प्रश्न सधै हाम्रो दिमागमा उठ्ने गर्दछ । यो प्रश्न बहुत रोचक छ,किनकी यसको बारेमा हरकोहीले जान्न चाहन्छ जसबाटै यत्रो ठुलो संसार सिर्जित भएको छ । तर यस सवालको जवाबलाई लिएर कयौँ आस्था र मान्यताहरु रहेका छन् ।

पुर्विय सभ्यता अर्थात् हिन्दू धर्मको पुराणको अनुसार दुनियाको पहिलो व्यक्तिको नाम ‘मनु’ थियो । तर पश्चिमी सभ्यताले भन्छ दुनियाको पहिलो व्यक्ति ‘एडेम’ थियो । हिन्दू पुराणमा भनिएको छ की मनुको रचना भगवान ब्रह्माले गरेका थिए। यो मान्य गरिन्छ की भगवान ब्रह्माले दुई मानिस (स्त्री र पुरुष) बनाएका थिए, यसमा एउताको नाम थियो ‘मनु’ र अर्काको नाम थियो ‘शतरूपा’। दुनियामा जति पनि मनिसहरु छन् यी सब मनु र शतरुपाका सन्तानहरु हुन् ।

पुराणहरुमा बताईए अनुसार जब ब्रह्माले देवताहरु, असुरहरु र पित्रहरु निर्माण गरेका थिए । त्यसपछि ब्रह्माले आफुलाई शक्तिहीन महसूस गर्न लागे । त्यसपछि उनलाई कुनै उपाए आइरहेको थिएन कि अब के बनाऊ । त्यसपछि उही समयमै उनको शरिरभित्रबाट एक काया उत्पन्न भयो । त्यो काया उनि जस्तै देखिने छायाँ जस्तै थियो । यसैलाई नै संसारको पहिलो मानव ‘मनु’ भनियो।

पश्चिमी सभ्यताको पहिलो मानव ‘ऐडम’
पश्चिमी सभ्यताका अनुसार बाइबलमा पनि ईश्वरको शरीरबाट एक छायाँको जन्म हुन्छ । र, त्यसको नाम ‘एडेम’ राखिन्छ । एडेमसँगै यता हिन्दु धर्ममा भगवान ब्रह्माले ‘शतरूपा’ बने जस्तै गरी पश्चिमी सभ्यतामा पनि ‘एम्बेला’ अर्थात् (इभ) नामकी एक स्त्रीको जन्म भएको मान्यता छ । एक स्त्रि र पुरुष, यो कुरा दुवै सभ्यतामा समानता नै पाईन्छ ।

No comments:

Post a Comment

watch first and then search