पछिल्लो समय सिमेण्टको नाममा गुणस्तरहिन उत्पादनका साथै अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै नेपालको प्रमुख सिमेन्ट उत्पादन गर्ने औद्योगिक समूह चाचान ग्रुपले यस्को प्रयोग सम्बन्धि प्राविधिक ज्ञान दिने अभियानलाई तीब्र बनाएको छ । महाविनाशकारी भूकम्प र नाकावन्दीको समयमा पनि नेपालीका लागि आवश्यक सिमेन्ट उत्पादन गर्न पछि नपरेको यो समूहले आफ्नो सहयोगीहरुलाई सिमेन्टको गुणस्तरबारे जानकारी समेत गराएको छ ।
चाचान ग्रुपको नारायणी सिमेन्ट प्रालिले शनिवार सिरहाको लहानम एक कार्यक्रमको आयोजना गर्दै गुणस्तरीयता र नियमित आपुर्तिलाई आफ्नो समूहको प्रतिबद्धता भएको बताएको छ । सिरहा तथा सप्तरी क्षेत्रमा आफ्नो सिमेण्ट उत्पादन र बजारीकरण गर्नका लागि समूहद्धारा आयोजित कार्यक्रममा चाचान ग्रुपको उत्पादन त्रिशक्ति सिमेण्ट प्रिमियम ओपिसी, त्रिशक्ति सुपर ओपीसी र बज्रशक्ति सिमेण्टको प्रबद्र्धनको लागि स्थानीय डिलर, मेशन र डिपो प्रमुखहरुलाई जानकारी गराइएको थियो । गुणस्तरहीन सिमेन्टको उत्पादन र प्रयोगको प्रचलन बढेकोले आफ्नो उत्पादनको गुणस्तरको बारे जानकारी दिने र मजदुरहरुलाई सिमेण्ट प्रयोग संबन्धि प्राबिधिक ज्ञान दिनको लागि कार्यक्रमको आयोजना गरिएको समूहको भनाई छ । देशमा गएको विनाशकारी भूकम्प र ६ महिना लामो नाकाबन्दीको जटिल अबस्थामा पनि आफुहरुले उत्पादन दिएर सेवा प्रदान गर्दै आएकाले थप उत्पादन गर्ने तयारीमा रहेको चाचान ग्रुपले जनाएको छ । १३ बर्ष अघि प्रति दिन तीन सय ५० मेट्रिक टन उत्पादन गर्दै आएको सिमेण्टको हाल दैनिक एक हजार पचास अर्थात २१ हजार बोरा प्रति दिन उत्पादन गर्ने गरेको नारायणी सिमेन्ट उद्योग प्रालिका प्रबन्ध संचालक सतिश कुमार चाचानले जानकारी दिनुभयो ।
कार्यक्रममा सिराह र सप्तरी क्षेत्रमा निर्माणमा संलग्न मजदुहरु समेतको उपस्तिति रहेको थियो, पछिल्लो समय सिमेण्टको नाममा गुणस्तरहित उत्पादन गरेर अस्वस्थ प्रतिस्पर्धा गर्ने प्रचलन बढेकाले आफ्नो उत्पादनको गुणस्तरको बारे जानकारी दिने र मजदुरहरुलाई सिमेण्ट प्रयोग संबन्धि प्राबिधिक ज्ञान दिनको लागि कार्यक्रमको आयोजना गरिएको चाचान गु्रपले जनाएको छ । आफुहरुको उत्पादन अन्य कम्पनीको सिमेण्ट भन्दा बढि गुणस्तर रहेकाले बजारमा पछिल्लो समय नारायणी सिमेण्ट प्रालिद्धारा उत्पादित सिमेण्टको माग बढेको कम्पनीका महाप्रबन्धक उमेशचन्द्र ठाकुरले जानकारी दिनुभयो ।
कम्पनीले पश्चिमी क्षेत्रलाई दृष्टिगत गरेर नेपालगंजमा गनापुरमा प्रतिदिन चार सय मेट्रिक टन उत्पादन गर्दै आएको जनाएको छ । कम्पनीले आगामी दिनमा आफ्ना उत्पादनहरुलाई बृद्धि गर्ने योजना राखेको जनाईएको छ । मेशन मिटमा सिराह सप्तरी क्षेत्रका झण्डै डेढ सय मजदुर तथा दुई दर्जन बढि डिलर संचालक, निर्माण व्यवसायी, स्थानीय व्यवसायी, लगायतको सहभागीता रहेकोे थियो । कार्यक्रमका सहभागीहरुलाई प्रबन्ध संचालक सतिश कुमार चाचानले मायाको चिनो प्रदान गर्नु भएको थियो ।
No comments:
Post a Comment