watch first and then search

watch first and then search

Saturday, October 22, 2016

मोदी भन्छन्: महाअभियोग प्रस्ताव दुई तिहाइ मतले पारित हुन्छ

काठमाडौँ- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सांसद तथा महाअभियोग सिफारिस समितिका सदस्य अमनलाल मोदीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव दुई तिहाइ मतले पारित हुने बताएका छन् ।



आज रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले संविधान कार्यान्वयनको प्रमुख पाटोका रुपमा यो प्रस्ताव रहेकाले सर्वसम्मतरुपमा प्रस्ताव पारित हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “ कानुनभन्दा माथि कोही पनि व्यक्ति नभएकाले कानुुनलाई मिचेर अघि बढ्न खोज्नेलाई जनप्रतिनिधिले बहुमतले बिदा गर्ने पक्का छ ।”

नेकपा (एमाले)का सांसद रामेश्वर फुयाँलले कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित हुने ठोकुवा गर्दै काँग्रेससँग सहमति जनाउनुबाहेक अन्य विकल्प नभएको दाबी गरे । उनले भने, “लोकमानविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्नका लागि प्रमुख दलका नेताले राजनेताको भूमिका निर्वाह गर्ने बेला आएकाले सबै दलले एकमत भएर अगाडि बढ्ने समय आएको छ ।”

सांसद फुयाँलले भोलि आइतबार बस्ने संसद् बैठकले प्रस्तावमाथि छलफल थाली एक महिनाभित्र टुङ्गो लगाउने विश्वास व्यक्त गरे । तराई–मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले दलहरु सबैभन्दा ठूलो काम संविधान संशोधनको प्रक्रिया छोडेर महाअभियोग प्रस्तावतिर लाग्नु मधेसका मुद्दाबाट ध्यान हटाउनका लागि भएको आरोप लगाए ।

महाअभियोग प्रस्ताव ल्याउँदा मधेसी मोर्चासँग छलफल नै नगरिकन ल्याएको भन्दै यो प्रस्ताव मधेसी मोर्चाका लागि हर्ष न बिस्मात भएको टिप्पणी गरे ।

“सरकार र दलले हतार गरी महाअभियोग प्रस्ताव ल्याउँदा संविधान संशोधनको प्रक्रिया ओझेल परेको छ”– उनले भने “अहिलेको मुख्य समस्या भनेको संविधान संशोधन हो, संविधान संशोधन गरेर तीनवटै निकायको चुनाव गराउँदै संविधान कार्यान्वयन गराउनु ठूलो कुरा हो तर यहाँ लोकमानको प्रकरण देखाएर मोर्चालाई झुक्याउने काम गरिएको छ ।”

No comments:

Post a Comment

watch first and then search