watch first and then search

watch first and then search

Friday, October 21, 2016

नवलपरासीमा यस बर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान



दशैँ पर्व सकिए लगतै नवलपरासीका किसानहरु यतिबेला धान काट्न कम्मर कसेर लागिपरेका छन् । धान तयार भएपछि तयार भएका धान बाली भित्राउन किसानहरु लागि परेका हुन् । यस पटक पहाडी क्षेत्र बाहेकका धैरे किसानहरुले धान भित्रयाउने आधुनिक मेसीन प्रयोगमा ल्याउन थालेका छन् । भने धान उत्पादनमा पनि बृद्धि हुने अनुमान गरिएको छ ।


यस बर्ष उपयुक्त बर्षा र प्राप्त मल किसानहरुले सहज रुपमा प्राप्त गरेपछि अघिल्ला बर्षको तुलनामा करिब १५ देखि २० प्रतिशतले धान उत्पादनमा बृद्धि हुने आकलन गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस बर्ष कुल खेती योग्य जमिन मध्ये ४४ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको कार्यालयका योजना अधिकृत श्रीकान्त घिमिरले बताउनुभयो ।
अघिल्लो आर्थिक बर्षमा १ लाख ६७ हजार १ सय ५९ मेट्रिक टन धान उत्पादन भएकोमा सोको तुलनामा १५ देखि २० प्रतिशतले धान उत्पादनमा बृद्धि हुने पक्का छ । अघिल्लो बर्षको तुलनामा धान खेती गर्ने जग्गा मध्ये आवासीय क्षेत्र भएका कारण तुलनात्मक रुपमा धान खेती गर्ने क्षेत्रफलमा सामान्य कमी आएको कार्यालयका बाली संरक्षण अधिकृत श्रीधर पौडेलले बताउनुभयो ।
नवलपरासीमा उत्पादन भएका धान किसानहरुले स्थानीय चामल र चिउरा मिलहरुमा बिक्री गर्दै आएका छन् । धान बाट उत्पादित चिउरा र चामल यस जिल्लाबाहेक काठमाडौ , चितवन , पोखरा , बीरगन्ज लगायतका अन्य बजारहरुमा बिक्री बितरण हुने गर्दछ । कृषिलाई आधुनिकीकरण गर्न राज्यले ध्यान दिनुपर्ने किसानहरुको भनाई छ ।
यस पटक नवलपरासीमा मोटा , चैते दुई , चैते चार , चैते छ , ध्युपुरी र हर्दिनाथ लगायतका अन्यप्रजातीका धान रोपीएको छ । चैते धान जिल्लाको नवलपुर क्षेत्रका बिभिन्न गाविसमा लगाईने गरिन्छ । नवलपरासी जिल्लाका दक्षिणी भाग र भित्रि मधेशको नवलपुर क्षेत्रमा बढि मात्रामा धान खेति गरीदै आएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । नवलपरासी जिल्ला धान खेतिमा अब्बल दर्जामा पर्दछ ।

No comments:

Post a Comment

watch first and then search