watch first and then search

watch first and then search

Saturday, October 22, 2016

खुसी साट्न यसपटक दशैंमा घर पुग्ने नेपालीले भोग्नुसम्म सास्ती भोगे !



यसपटक दशैंले विदा लिने समयमा नै मनसुनले पनि विदा लियो । दशैं वितेपछि आकाशमा ताराहरु प्रष्ट देखिन थाले । यही मनसुनको मारमा प¥यो धेरै नेपालीको दशैं यसपटक । विशेषत ग्रामीण क्षेत्रमा जथाभावी खनिएका सडक र पहिरोका कारण ठूला राजमार्गहरुले पनि दिनसम्म सास्ती दिए नेपालीलाई । परिवारसंग रमेर दशैं मनाउनुको आम नेपालीका लागि त्यो भन्दा अर्को खुसीको क्षण केही हुँदैन तर सडकले दिनसम्म दिएको दुःख विर्सिनसक्नु बन्यो यपसपटक ।

ठुला ठुला चाडबाडमा आफ्नो परिवारसंग बसेर पर्व मनाउन विदेशबाट नेपाल झर्ने र आफ्नो गाउँ सम्म पुग्ने आम नेपालीको संख्या बढ्नु कुनै नौलो होइन । त्यसमाथि शहरलाई शून्य पारेर गाउँ सम्म पुग्नेहरुको पनि ताँती नै लाग्ने गर्छ दशैंमा । त्यसकारण पनि सवारी साधनको चाप थेग्नै नसक्ने गरी बढछ नेपालका हरेक सडकहरुमा । सडकलाई विकासको महत्वपूर्ण आधार त मानिन्छ र त्यही मान्यताका कारण नेपालका धेरै गाउँहरु सडक सञ्जालमा जोडिएका पनि छन् । तर सडक खन्न न मापदण्ड चाहिन्छ नत इन्जिनियर नै ।


ठेकेदार र गाउँलेले मिलेर रेखा कोरेको र औला तेस्र्याएको भरमा सडक खनिदा धेरै गाउँहरु भूक्षयको जोखिममा छन , त्यसमाथि पनि वातावरणीय प्रभावको मूल्यांकन नगरिदा सडक पुगेका क्षेत्रहरुमा पानी मुल सुकेर विजोगको अवस्था उत्पन्न भएको छ । अझ सडक खन्ने तर कालोपत्र गर्नका लागि बर्षौसम्म कुर्ने प्रवृतिले ग्रामीण सडक कच्चीबाट पक्कीको रुप पाउन निकै मेहनत गर्नुपर्छ ।

यसमाथि ठेकेदारहरुको ठग प्रवृतिले पनि ग्रामीण सडकहरुले ग्रामीण क्षेत्रका नागरिकलाई सास्ती मात्र दिएको छैन धेरै नेपालीको ज्यान अनाहकमा लिएको समेत छ । यसपटक पूर्वको भोजपुरदेखि पश्चिमको पर्वतका मात्र नभई धादिङदेखि गोर्खा हुँदै कर्णालीका ग्रामीण सडकहरुले दशैंमा घर फर्किएका नेपालीलाई निराश नै बनायो । न राज्यको उपस्थिति देखियो सडकमा नत बनाउने ठेकेदार कम्पनीहरुको नै । आक्रोश र असन्तुष्टिबीच घर पुगे धेरै नेपाली यसपटक दशैंमा । त्यसमाथि ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनहरुको दादागिरी र सिण्डिकेटले यात्रुहरु पर्न सम्म कष्टमा परे । घर पुग्न हतारो सबैलाई हुन्छ यही हतारोको फाइदा उठाएर उनीहरुले लुटनसम्म लुटे । सबै भोग्नु पर्ने नेपाली जनताले , नियति नै यस्तै हो की नेपालीको ।

खुसी र सुखको शब्दहरु फुस्कने ओठ समेत सबैको सुके यसपटक । जसरी तसरी यसपटकको दशैं मनाएका नेपालीको कामना छ अर्को दशैंमा यस्तो दशा कुनै नेपालीको नहोस ।
sff


ct_g5gtvuaakrtwctr21xouiaaots3downloadgadi-3gulmi-roadimages-1images-2images-3images-4images-5images-6images-7imagesimg_9772img_3272
फोटो : सामाजिक सञ्जाल

No comments:

Post a Comment

watch first and then search