watch first and then search

watch first and then search

Saturday, October 22, 2016

नौ सय भूकम्प पिडीतले पुर्ननिर्माण आवास अनुदान रकम पाएनन्



बनेपा, ६ कार्तिक । काभ्रेपलाञ्चोकका नौ सय भूकम्प पिडीतले अझै पुर्ननिर्माण आवास अनुदान रकम पाउन सकेको छैन । जग्गाधनी प्रमाणपूर्जा नभएको, गुठी जग्गामा बसेको, सुकुम्वासी र जग्गा दर्ता छुट भएका भूकम्प पिडीतले आवास अनुदान रकम पाउन नसकेको जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकका योजना अधिकृत धोलकराज ढकालले बताए ।

जग्गाधनी प्रमाणपूर्जा नभएका त्यस्ता भूकम्प पिडीतलाई पुर्ननिर्माण आवास अनुदान रकम उपलब्ध गराउने बिषयमा कुनै कार्यविधि र स्पष्ट निर्देशन नआएको उनले स्पष्ट पारे । बिशेषगरी जिल्लाको फँलाटे र भूम्लुटारवासीको भूकम्प पिडीतको नाममा जग्गाधनीे लालपूर्जा छैन भने कोशिदेखा, सिम्थली लगायतका गाविसमा गुठी र सुकुम्वासी जग्गा सम्बन्धी समस्या देखिएको जिविस काभ्रेपलाञ्चोकले जनाएको छ । जिल्लामा कुल ५८ हजार ६०८ लाभग्राहीको सूचना प्रकासन भएकोमा ५५ हजार ८६५ जनाको लागि बजेट निकासा गर्न कोष तथा लेखा नियन्त्रण कार्यालय, धुलिखेलमा पत्राचार भएको योजना अधिकृत ढकालले बताए ।

जिल्लामा कुल ५७ हजार ८६५ जनाले आवास पुर्ननिर्माणका लागि पहिलो किस्ता वापतको रु। ५० हजार रकम पाउँदै छन । ५७ गाविस र पाँच नगरपालिका रहेको काभ्रेपलाञ्चोकमा हालसम्म कुनै पनि भूकम्प पिडीतले शतप्रतिशत पुर्ननिर्माण आवास अनुदान रकम पाएको छैन् ।

No comments:

Post a Comment

watch first and then search