बिभिन्न प्रलोभन देखाएर भारतमा महिलादेखि बालबालिकासम्म पु¥याउने गिरोह नेपालमा पहिल्यैदेखि सक्रिय हुने गरेका छन् । प्रहरी प्रशासन र गैह्रसरकारी संघसंस्थाको सहयोगमा बिभिन्न समयमा उनीहरुको उनीहरुको उद्दार गर्ने गरिए पनि यो क्रम अझै रोकिएको छैन । भारतको एक बाल गृहमा रहेका ३ जना नेपाली बालकलाई उद्धार गरी नेपाल ल्याइएको छ ।
भारतको मुज्जफ्फरपुर जिल्लामा रहेको बालगृहबाट दैलेखका ३ जना बालकहरुलाई नेपाल ल्याइएको हो । उद्दार हुनेहरुमा दैलेख दुल्लु नगरपालिका वडा नम्बर ९ का १५ वर्षीय टिकाराम पुरी, दुल्लु ८ कै १५ वर्षीय सुरज गीरी र सोहि ठाउँ बस्ने १४ वर्षीय सुन्दर वन सन्यासी रहेका छन् । सामाजिक सेवा केन्द्र दैलेखको पहलमा उनीहरुलाई उद्दार गरि नेपालगन्ज ल्याइएको हो ।
गाउँका आफन्तीको लहैहलैमा लागेर एक वर्ष अघि टिकाराम र सुरज भारतमा गएका थिए । सुन्दर वन भने गत जेठ महिनामा गाउँकै दाइ पर्नेसंग घरबाट भागेर भारत गइ एक होटलमा काम गरेको उद्धार गरिएका बालकले बताएका छन् । एउटै होटलमा काम गर्ने उनीहरुलाई भारतीय प्रहरीले प्रक्राउ गरी बालगृहमा राखेको उनीहरुको भनाई छ ।
आफूहरु जस्तै ६ वर्ष देखि १७ वर्ष सम्मका अरु ३२ जना बालकहरु उक्त बालगृहमा रहेको उद्धार गरिएका अर्का बालकले बताएका छन् ।
वाइट…सुन्दर वन सन्यासी, उद्दार गरिएका बालक
भारतीय बाल गृहमा काठमाण्डौं, बीरगन्ज र नेपालगन्जका ३२ जना बालकहरु रहेको आफ्ना छोरालाइ उद्धार गर्नका लागि भारत पुगेका सुन्दर वन सन्यासीका बुवा दल वन सन्यासीले बताउनुभयो । आफूलाइ पनि डोटीकै एक व्यक्तिले खबर गरेपश्चात आफ्नो छोरालाइ उद्धार गर्न सकीएको उहाँको भनाइ छ ।
भारतबाट उद्दार गरिएका ती बालहरुहरुलाई जिल्ला बालकल्याण संघ दैलेखको जिम्मा लगाइने भएको छ ।
No comments:
Post a Comment