watch first and then search

watch first and then search

Saturday, October 22, 2016

म्यानमारका राष्ट्रपतिले भियतनामको राजकीय भ्रमण गर्ने



याङयोङ, ६ कात्तिक । म्यानमारका राष्ट्रपति उ तीन च्योले पहिलो पटक भियतनामको राजकीय भ्रमण गर्नुहुने भएको छ ।



अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन उहाँले भियतनामको भ्रमण गर्ने तयारी गर्नुभएको आधिकारीक सञ्चार माध्यमले शनिबार जनाएका छन् । च्यो यही वर्षको अप्रिलमा म्यानमारको राष्ट्रपति बन्नुभएको हो ।

भियतनामका राष्ट्रपति ट्रान दाई क्वाङको निमन्त्रणामा च्योले आफ्नी श्रीमतीसहित भियतनामको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा च्योले कम्बोडिया, लाओस, म्यानमार, भियतनाम सम्मेलनमा सहभागीता जनाउनु हुनेछ । सम्मेलन यही अक्टोबर २४ देखि २६ सम्म हुने कार्यक्रम रहेको छ ।

म्यानमारका लगानी गर्नेहरुमध्ये भियतनाम दशौँ ठुलो लगानीकर्ता हो । दुई देशवीच व्यापारीक र कूटनीतिक सम्वन्ध लामो समयदेखि चल्दै आएको छ ।

No comments:

Post a Comment

watch first and then search