watch first and then search

watch first and then search

Saturday, October 22, 2016

जय देबकोटाको देउसी भैलो गित “नाच्न त मलाई आउदैन साथी तर पनि नाच्न मन लाईहाल्यो” भिडियो सहित



काठमाडौं ६ कार्तिक । हिन्दुहरुको महान चाड दिपावलीको अवसरमा बजारमा आएको जय देबकोटाको देउसी गितले रिलिजको समय देखि नै अत्याधिक माया पाईरहेको छ ।

“नाच्न त मलाई आउदैन साथी

तर पनि नाच्न मन लाईहाल्यो”

जस्ता टिपीकल शब्दलाई समेटेर बनाईएको उक्त गितमा जय र दिलीसा पुनको स्वर रहेके छ ।

रामसर मिडियाको प्रस्तुती रहेको उक्त गित जयको तिहारको दशै गित हो । करिव साढे चार सय लोक गितहरुमा आवाज दिईसकेका जयका आफ्नै सिर्जनाहरु पनि करिब डेढ सय पुगिसकेका छन् । गला अनि कलाका पारखी उनको सिर्जनाहरु अधिंकाश टिपीकल नेपाली परिवेशका हुन्छन् ।

“यसपालीको तिहारको गितलाई अलि बस्तुपरक बनाउने कोषिस गरेको छु , अरु बेलाका गित भन्दा यसपालीको अझ बढी समसामयिक र जिवनमा बाचुन्जेल रमाईलो गरेर बिताउनु पर्दछ भन्ने सन्देश दिन खोजेको छु अवश्य पनि दर्शकहरु मनपराईदिनु हुनेछ भन्ने आशा लिएको छु,” उक्त गितको बिषयमा गायक तथा सर्जक जय देबकोटा यस्तो प्रतिक्रिया दिन्छन् । । रुदो हो मन बोलको एल्वमा समावेश उक्त गितमा शब्द पनि जयको नै रहेको छ , भने मिडिया हब युटुब च्यानलले यो गितको भिडियो सार्वजानिक गरेको छ ।

No comments:

Post a Comment

watch first and then search