watch first and then search

watch first and then search

Saturday, October 22, 2016

सर्मथकद्धारा क्रिकेटका नाममा भएको मानव तस्करको प्रतिवेदन सार्वजनिक गर्न माग






काठमाडौं,६ कात्तिक । नेपाली क्रिकेट सर्मथक समाजले क्रिकेटलाई माध्यम बनाई भएको मानव तस्करी घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवलाई ज्ञापन पत्र बुझाएको छ ।

घटनाको छानविन गर्न गठित समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सर्मथक समाजले शनिबार राखेप सदस्य सचिव केशवकुमार विष्टलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै सदस्य सचिव विष्टले मानव तस्करी गर्ने उदेश्यलेनै खेलाडीको नाममा गैरखेलाडी विदेश पुर्‍याउने घटना गम्भीर भएको भन्दै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गत भदौमा जापानमा भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुन गएको टोलीमा नौ जना गैरखेलाडीलाई समेत सहभागी गराइएको र उनीहरूलाई जापानमै लुकेका थिए ।

No comments:

Post a Comment

watch first and then search