watch first and then search

watch first and then search

Saturday, October 15, 2016

पद्मश्री सम्मान र पुरस्कार बैरागी काइँला र कार्कीलाई



काठमाडौँ, २९ असोज । नेपाली साहित्य तथा संस्कृतिको क्षेत्रमा अमूल्य योगदान पु¥याएबापत पद्मश्री साधना सम्मान–२०७२ वरिष्ठ साहित्यकार बैरागी काइँलालाई प्रदान गरिएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान–२०६२ ले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार–२०७२ भने यसवर्ष ‘चीरहरण’ उपन्यासका लेखिका नीलम कार्की ‘निहारिका’ लाई प्रदान गरिएको छ ।

जनही रु दुई लाख राशिको सम्मान र पुरस्कार यहाँ आज आयोजित एक समारोहका बीच प्रतिष्ठानका संरक्षक जीवा लामिछानेका आमा हरिकला लामिछानेले प्रदान गर्नुभयो ।

सम्मानित वरिष्ठ साहित्यकार काइँलाले साहित्य लेखन स्वतन्त्रताको चेतना बोधले लेखिने हुनाले सदा अन्याय, अत्याचार र असमानताका विरुद्ध लड्छ भन्नुभयो ।

लेखिका कार्कीले ‘चीरहरण’ उपन्यासलाई पुरस्कृत गरेर प्रतिष्ठानले नेपाली साहित्यको क्षेत्रमा थप जिम्मेवारी थपिदिएको छ भन्नुभयो ।
प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले पद्मश्री साहित्य पुरस्कारका लागि पुस्तक वा निवेदन पेस गर्नुपर्ने प्रचलनलाई यस वर्षदेखि हटाइएको बताउनुभयो ।

No comments:

Post a Comment

watch first and then search