watch first and then search

watch first and then search

Saturday, October 15, 2016

भैँसीको निर्यात बढदै



रामपुर पाल्पा, २९ असोज । जिल्लामा पालिएका भैँसी लोप हुने अवस्थामा पुगेका छन् । पछिल्लो समय उन्नत् जातका गाई तर्फ आकर्षण बढ्दै गएपछि भैँसी लोप हुन लागेको हो । भैँसी बाट सोचे अनुरुप उत्पादनलिन नसकिने र उत्पादनलिन लामो समय पर्खनुपर्ने हुँदा जिल्लामा यतिखेर भैँसी पाल्ने किसानको सङ्ख्या न्यून छ ।

उत्पादन दिन छाडेपछि किसानले सस्तो मूल्यमा मासुका लागि भैँसी बिक्री गर्ने गरेका छन् । जिल्लामा हाल उन्नत चार हजार ८२२ र स्थानीय १८ हजार ४२६ बकेर्ना भैँसी रहेका छन् । यहाँबाट बर्सेनि सरदरमा तीनदेखि चार हजारसम्म बकेर्ना भैँसी पोखरा, बुटवल, नवलपरासी, काठमाडौँमा निर्यात हुने गरेको जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत डा चन्द्रबहादुर रानाले बताउनुभयो ।

जिल्लाको कचल, सत्यवती, जुठापौवा गाविसबाट दिनहुँजसो भँैसी बजारमा निर्यात हुने गरेको स्थानीयवासी बताउछन् । सरकारले मुलुकी ऐनलाई संशोधन गरी ०५४ सालमा र ५५ सालमा मासु जाँच ऐन तथा नियमावली ल्याएपछि मासुका लागि भैँसीको प्रयोग गर्न व्यापारी तथा व्यवसायीका लागि बाटो खुलेको छ ।

पाल्पा खस्यौलीका कृष्णबहादुर सुनार आफू यस क्षेत्रको भैँसी एजेन्ट भएको बताउनुहुन्छ । व्यापारी र किसानसँग सम्पर्क मात्र गराउँदा रु एक हजारदेखि रु तीन हजारसम्म कमिसन आउने हँुदा राम्रै कमाई हुने भएपछि दिनहुँजसो गाउँ गाउँमा सम्पर्क गर्ने गरेको उहाँले बताउनुभयो ।

सुनार जस्ता पश्चिमी क्षेत्रमा दशजना भन्दा बढिरहेका छन् । उनीहरु पाल्पा मात्र नभइ छिमेकी जिल्ला गुल्मी, अर्घाखाचीसम्म पुगेर तानसेनका व्यापारीलाई सम्पर्क गराई बिक्री गर्दै आएको बताउँछन् ।

तानसेनका भैँसी व्यापारीले गाउँ गाउँमा एजेन्ट राखेर खरिद गरेको भैँसी पाल्पाबाट हप्तामा दुई ट्रक मासुका लागि पठाउँदै आएको उनीहरु स्वीकार गर्दछन् । व्यापारीले ढुवानी कटाएर प्रति भैँसी रु पाँच हजारदेखि रु आठ हजारसम्म नाफा गर्ने गरेको बताउँछन् ।

सरकारको नियमन गर्ने निकाय नै कमजोर भएका कारण व्यवसायीहरुले मासु जाँच ऐन नियम विपरीत भैँसी खरिद बिक्री मात्र होइन मासुको व्यापार गर्ने गर्दछन ।
मासु जाँच ऐन नियमावलीमा प्रजनन्का लागि अयोग्य पशु चिकित्सकबाट स्वास्थ्य परिक्षण गरेको प्रमाण पत्रको आधारमा ओसारपसार गर्नुपर्ने उल्लेख गरिएको छ । तर व्यापारीले प्रजनन्का लागि अयोग्यको विकल्पमा योग्य भैँसीको प्रयोग बढी गर्दछन् । तानसेन बजारमा दैनिक दुई देखि तीन वटा भैँसी मासुका लागि वध हुने गर्दछ ।

No comments:

Post a Comment

watch first and then search