नेकपा माओवादी केन्द्रकोे बैठकले कार्तिक १० र ११ गते काठमाडौंमा गर्ने भनिएको पार्टीको राष्ट्रिय भेला मंसीर २ गते सार्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल को अध्यक्षतामा बसेको कार्यालयको बैठकले राष्ट्रिय भेला मंसीर २ गते सार्ने निर्णय गरेको हो ।
बैठकले मधेशी, थारु, जनजाति लगायतका शक्तिहरुसँग छलफल र वार्ता गर्नुपर्ने कामको चापलाई मध्यनजर गरी कार्तिक १० र ११ गते गर्ने भनिएको पार्टीको राष्ट्रिय भेला मंसीर २ गते गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकमा चीनका राष्ट्रपति, श्रीलङ्काका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीसँग भेटको कार्यक्रम रहेको जानकारी दिँदै रुसका राष्ट्रपतिसँग भेटको सम्भावना रहेको प्रधानमन्त्री दाहालले जानकारी दिनुभएको थियो ।
No comments:
Post a Comment