दशैको समयमा भेडाच्याङ्ग्रा बेचेर मुस्ताङवासीले २७ करोड बढी रकम मुस्ताङ भित्रयाएका छन् । दशैं तिहारका लागि भनेर हिमाली जिल्ला मुस्ताङबाट करिव २५ हजारका हाराहारीमा भेडाच्याङ्ग्रा बाहिएका थिए ।
पर्याप्त चरन, बजार मुल्य र जिल्ला पशुसेवा कार्यालयको नियमित प्राविधिकसहित अनुदान सहयोगबाट भेडाच्याङग्रा पालनमा आर्कषित भएका मुस्ताङबासीको आर्कषण देखिएका विगतको बर्षभन्दा धेरै बाहिरिएकाले आम्दानी समेत बढेको हो । जिल्ला विकास समितिको कार्यालय मुस्ताङले म्याग्दीसंग नाका जोडिएको लेते गाविसको घाँसामा राखेको विवरण सङ्कलन काउन्टरबाट असोजको तेसो सातासम्म २१ हजार ४५ भेडाच्याङ्ग्रा बाहिरिएको पशुसेवा कार्यालय मुस्ताङले जनाएको छ । १३ हजार भेडा र ८ हजार ४५ च्याङ्ग्रा बाहिरिएकोमा मुस्ताङमै प्रति भेडा च्याङ्ग्रा १५ हजारसम्म विक्री भएको छ । तिहारसम्म भेडाच्याङ्ग्राको खरिद विक्री हुन्छ । सीमा आसपासका क्षेत्रबाट समेत भेडाच्याङ्ग्रा बाहिरिने भएकाले जिल्लाबाट २५ हजार भेडाच्याङ्ग्राको खरिद विक्री भएको पशुसेवा कार्यालयका कर्मचारीको भनाई छ । गतबर्ष मुस्ताङबाट १९ हजार ३ सय भेडाच्याङग्रा निकासी भएको थियो । भेडापालनलाई प्रमुख पेशा बनाएका कृषकले चरनक्षेत्र सहित चितुवाको आक्रमणबाट जोगाउन धुम्ती चरण र गोठको ब्यवस्था गरेकाले यसबर्ष कम क्षति भएको थियो । मुस्ताङबाट बाहिरिएका भेडाच्याङ्ग्राको मुल्य म्याग्दीमा १३ देखि २५ हजारमा उपभोक्तालाई विक्री गरिएको थियो । विगतमा भन्दा मुल्य बढेपछि ब्यापारीहरु गोठमै ब्यापारी पुगेर खरिद गर्ने गर्दछन् । मुस्ताङमा भेडाको तुलनामा च्याङ्ग्राको संख्या धेरै हुने गरेको छ । विगतमा हिउँ चितुवाको आक्रमणले गोठमै ठुलो संख्यामा भेडाच्याङ्ग्रा मरेपछि निराश भएका कृषकले गोठ समेत परिवर्तन र बस्ती नजिकका साथै सुरक्षाका विभिन्न उपायहरूको प्रयोग गरेका छन् । मासुका पारखीले समेत च्याङ्ग्रा रोज्ने भएकाले पनि कृषकको आर्कषण बढेको थियो ।
No comments:
Post a Comment